Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms & Condition

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

30/Jul/2025
आज कहाँ कहाँ पर्छ पानी?

काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम...

प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै तथा बाँकी तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

राति देशको पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

3 आज कहाँ कहाँ पर्छ पानी?
  • Share
      message-button
      आज कहाँ कहाँ पर्छ पानी?

      काठमाडौँ। देशभर मनसुनी वायु�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

21/Jun/2025
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सिन्धुपाल्चोकमा कृषक लक्षित बीमा सचेतना कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, चौतारा शाखाको आयोजनामा असार ५ गते सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–४ स्थित कुविण्डेमा निर्जीवन बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कुविण्डे दुग्ध...

संकलन केन्द्रमा आवद्ध करिब २० जना स्थानीय कृषकहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा निर्जीवन बीमाको महत्व, आवश्यक प्रयोग, लाभ र स्थानीय तहमा उपलब्ध बीमालेखहरूको विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको उद्देश्य ग्रामीण तथा कृषक समुदायलाई बीमाप्रति सचेत बनाउँदै उनीहरूको जीवनस्तर सुधारमा टेवा पुर्याउने र जोखिम व्यवस्थापनमा पहुँच सुलभ बनाउने रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा कुविण्डे दुग्ध कृषि सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटाले कृषकहरूको दैनिकी र कृषि पेसामा आउने अनिश्चित जोखिमलाई न्यूनीकरण गर्न बीमाको पहुँच र प्रभावकारीता अपरिहार्य रहेको बताउँदै बीमा कम्पनीहरूले दावी प्रक्रिया सरल, छरितो र किसानमैत्री बनाउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले यस्ता कार्यक्रमहरू भविष्यमा अन्य स्थानीय तहमा समेत सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार र बीमा शिक्षाको अभाव हटाउन निरन्तर योगदान गर्दै जाने योजना अघि सारेको छ।

13 हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सिन्धुपाल्चोकमा कृषक लक्षित बीमा सचेतना कार्यक्रम सम्पन्न
  • Share
      message-button
      हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सिन्धुपाल्चोकमा कृषक लक्षित बीमा सचेतना कार्यक्रम सम्पन्न

      सिन्धुपाल्चोक । हिमालयन एभर�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

19/Jun/2025
देशभर मनसुन सक्रिय, कोशी र गण्डकीसहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुन प्रणाली सक्रिय रहेकाले अधिकांश प्रदेशहरूमा आंशिकदेखि पूर्ण बदलीको स्थिति रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, गण्डकी, बागमती, लुम्बिनी र...

सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिइएको छ। त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

महाशाखाले वर्षाको कारण पहिरो, बाढी तथा खसेका ढुंगा-पत्थरका कारण सडक तथा ग्रामीण यातायात सेवा प्रभावित हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।

मौसमविद्हरूका अनुसार आगामी २४ घण्टासम्म देशका अधिकांश भागमा मनसुनको प्रभाव कायमै रहने भएकाले वर्षा यथावत् रहने सम्भावना छ। विशेष गरी गण्डकी, बागमती, कोशी र लुम्बिनी प्रदेशमा वर्षा बढी हुने अनुमान गरिएको छ।

जनजीवन, यातायात तथा कृषिमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।

7 देशभर मनसुन सक्रिय, कोशी र गण्डकीसहितका प्रदेशमा भारी वर्षाको सम्भावना
  • Share
      message-button
      देशभर मनसुन सक्रिय, कोशी र गण्डकीसहितका प्रदेशमा भारी वर्षाको सम्भावना

      काठमाडौं। हाल देशभर मनसुन प्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

13/Jun/2025
नेपालभरी मनसुन सक्रिय: गण्डकी, बागमती र कोशीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं। देशभर हाल मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी गण्डकी प्रदेशका धेरै स्थानहरूमा, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा...

तथा कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यस्तै, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा समेत भइरहेको मौसम विभागले जनाएको छ।

यस वर्षको मनसुन प्रणाली आज अर्थात् २०८२ असार ३० गते (जुन १२, २०२५) मा कोशी प्रदेशको बाँकी भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको पुष्टि गरिएको छ। नेपालमा यस वर्षको मनसुन प्रवेश भने अघिल्लो हप्ता, अर्थात् २०८२ जेठ १५ गते (मे २९) कोशी प्रदेशबाट भएको थियो।

आगामी २४ घण्टाका लागि मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, यी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना समेत देखिएकाले सतर्क रहन आग्रह गरिएको छ।

त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। यी अवस्थाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रारत र कृषक वर्गलाई विशेष सतर्क रहन तथा आवश्यक पूर्वतयारी गर्न विभागले सुझाव दिएको छ।

2 नेपालभरी मनसुन सक्रिय: गण्डकी, बागमती र कोशीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह
  • Share
      message-button
      नेपालभरी मनसुन सक्रिय: गण्डकी, बागमती र कोशीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

      काठमाडौं। देशभर हाल मौसम आंश�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

20/Jun/2025
आजको विदेशी विनिमय दर: अमेरिकी डलरदेखि जापानी येनसम्मको दर स्थिर, यूरोपियन मुद्रामा सामान्य वृद्धि

काठमाडौं | नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर १३८.४६ रुपैयाँ र बिक्री दर १३९.०६ रुपैयाँ कायम भएको छ।...

पछिल्लो केही दिनयता अमेरिकी डलरको दर स्थिर जस्तै देखिएको छ। त्यस्तै यूरोपियन युरोको खरिद दर १५९ रुपैयाँ र बिक्री दर १५९.६९ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि हो।

बेलायती पाउण्ड स्टर्लिङको दरमा समेत केही सुधार देखिएको छ। यसको खरिद दर १८६.०४ रुपैयाँ र बिक्री दर १८६.८५ रुपैयाँ छ। स्विस फ्र्याङ्कको खरिद दर १६९.३५ र बिक्री दर १७०.०८ रुपैयाँ रहेको छ।

अष्ट्रेलियन डलरको खरिद दर ८९.६० र बिक्री दर ८९.९९ कायम छ भने क्यानाडेली डलर १०१.०३ रुपैयाँ खरिद र १०१.४७ रुपैयाँ बिक्री दरमा कारोबार भइरहेको छ। यसैगरी, सिंगापुर डलरको खरिद दर १०७.५१ र बिक्री दर १०७.९८ रहेको छ।

एशियाली मुद्राहरूमा जापानी येन ९.५१ रुपैयाँ (१० युनिट) खरिद र ९.५५ रुपैयाँ बिक्री दरमा रहेको छ भने चिनियाँ युआन १९.२६ रुपैयाँ खरिद र १९.३५ रुपैयाँ बिक्री दरमा कारोबार भइरहेको छ।

खाडी मुलुकका मुद्राहरू मध्ये साउदी रियाल ३६.९० रुपैयाँ खरिद र ३७.०६ रुपैयाँ बिक्री दरमा, कतारी रियाल ३७.९८ रुपैयाँ खरिद र ३८.१५ रुपैयाँ बिक्री दरमा छ। यूएई दिरहमको खरिद दर ३७.७० रुपैयाँ र बिक्री दर ३७.८७ रुपैयाँ कायम छ।

थाइ बाह्त ४.२२ रुपैयाँ खरिद र ४.२४ रुपैयाँ बिक्री दरमा उपलब्ध छ भने मलेसियाली रिङ्गित ३२.५० रुपैयाँ खरिद र ३२.६४ रुपैयाँ बिक्री दरमा कायम छ। दक्षिण कोरियन वोन १०.०३ रुपैयाँ (१०० युनिट) खरिद र १०.०७ रुपैयाँ बिक्री दरमा कारोबार भइरहेको राष्ट्र बैंकले जानकारी दिएको छ।

7 आजको विदेशी विनिमय दर: अमेरिकी डलरदेखि जापानी येनसम्मको दर स्थिर, यूरोपियन मुद्रामा सामान्य वृद्धि
  • Share
      message-button
      आजको विदेशी विनिमय दर: अमेरिकी डलरदेखि जापानी येनसम्मको दर स्थिर, यूरोपियन मुद्रामा सामान्य वृद्धि

      काठमाडौं | नेपाल राष्ट्र बैंक

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

18/May/2025
काठमाडौंमा भूमिगत पानी पुनर्भरणको नयाँ पहल: वडामा ११ प्रणाली स्थापना, वार्षिक ८,६२४ किलो लिटर पानी रिचार्ज हुने

काठमाडौं। काठमाडौं उपत्यकाका बासिन्दाहरूको प्रमुख खानेपानी स्रोत भूमिगत पानी हो, जसले ढुंगेधारा, इनार र कुवाहरूमार्फत लामो समयदेखि उपत्यकाको आवश्यकता पूरा गर्दै आएको छ। तर पछिल्लो दुई...

दशकमा अत्यधिक भू–जल दोहन, अव्यवस्थित भवन र सडक निर्माणले भूमिगत पानीको स्तरमा गम्भीर गिरावट आएको छ।

यस समस्याको दीर्घकालीन समाधानस्वरूप, बोटलर्स नेपाल लिमिटेड (बीएनएल) र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआईयूडी) ले काठमाडौं महानगरपालिका वडा नं. २२ र २५ मा भूमिगत पानी पुनर्भरण परियोजना कार्यान्वयन गरेका छन्। सार्वजनिक–निजी–साझेदारी (PPP) मोडेलमा आधारित यो परियोजनामा २०८१ सालमा वडा २५ मा ६ र वडा २२ मा ५ गरी कुल ११ वटा पुनर्भरण प्रणालीहरू स्थापना गरिएको हो।

प्रत्येक प्रणालीमा एक पुनर्भरण कुवा र फिल्टर चेम्बर रहेको छ। कुवाहरूको औसत गहिराइ २० फिट रहेको छ। यी प्रणालीहरूले वार्षिक ८,६२४ किलो लिटर पानी पुनः भू-स्तरमा रिचार्ज गर्ने अनुमान गरिएको छ, जसले स्थानीय भू–जल स्तर स्थिर राख्न मद्दत गर्नेछ।

योजना सम्पन्न भएपछि वडा अध्यक्षहरूलाई उपप्रमुख सुनिता डंगोल, वडा सदस्यहरू तथा स्थानीय समूहहरूको उपस्थितिमा प्रणाली हस्तान्तरण गरिएको हो। डंगोलले भनिन्, “काठमाडौँमा पानी रिचार्जको खाँचो छ, त्यसैले हामी विभिन्न वडामा यस परियोजनालाई विस्तार गर्दैछौं। यसको प्रत्यक्ष लाभ समुदायले अनुभूत गरेपछि यसलाई सफल भनिनेछ।”

यस परियोजनामा संकटा क्लब, ग्वाहाली दाबु, आर्यावलोकितेश्वर सुधार समूह, केल अचाजु गुठी, मछिन्द्र क्लब जस्ता स्थानीय समूहहरूले समेत महत्वपूर्ण सहयोग गरेका थिए।

यो परियोजना रानीबारी (वडा ३), बालाजु पार्क (वडा १६), ठिमी नगरपालिका, ललितपुरको राजदल आर्मी ब्यारेक लगायत विभिन्न क्षेत्रमा सफलतापूर्वक कार्यान्वयन भइसकेको अघिल्ला प्रयासहरूको निरन्तरता हो। यस साझेदारीले हालसम्म वार्षिक १,५६,००० किलो लिटर पानी पुनर्भरण गरिरहेको छ।

कोकाकोला बेभरेज नेपाल आफ्नो पेय पदार्थमार्फत उपभोक्तालाई सेवा दिँदै आएको छ। यसले वाटरएड नेपाल, स्मार्टपानी, सीआईयूडी र सप्लायर्सहरूसँग मिलेर पानी संरक्षण, पुनर्भरण, तथा समुदायको जीवनस्तर सुधार गर्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीले आफूलाई "पानी सकारात्मक" बनाउने लक्ष्य राखेको छ।

यसैगरी, डोको रिसाइक्लर्स र खालीसिसी जस्ता संस्थासँग मिलेर २०३० सम्म बेचिने प्रत्येक बोतल संकलन र पुनःप्रयोग गर्ने लक्ष्यमा पनि कोकाकोला बेभरेज नेपाल क्रियाशील छ।

सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (CIUD) ले मानवकेन्द्रित र दिगो शहरी विकासमा काम गर्दै आएको एक गैरसरकारी संस्था हो। यसले नगरपालिका तथा समुदायसँग सहकार्य गर्दै वातावरण, शिक्षा, र सरसफाइजस्ता क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसले ‘बुक फ्री फ्राइडे’, ‘बालबालिका र वातावरण’ जस्ता परियोजनामार्फत ज्ञान विस्तारको अभियान चलाइरहेको छ।

4 काठमाडौंमा भूमिगत पानी पुनर्भरणको नयाँ पहल: वडामा ११ प्रणाली स्थापना, वार्षिक ८,६२४ किलो लिटर पानी रिचार्ज हुने
  • Share
      message-button
      काठमाडौंमा भूमिगत पानी पुनर्भरणको नयाँ पहल: वडामा ११ प्रणाली स्थापना, वार्षिक ८,६२४ किलो लिटर पानी रिचार्ज हुने

      काठमाडौं। काठमाडौं उपत्यकाक

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

16/Jun/2025
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

काठमाडौँ। वीरगञ्ज भन्सार कार्यालयले चालु आ.व.को एघार महिनामा रु १ खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयले सो अवधिमा कूल वार्षिक...

लक्ष्यको ७९ दशमलव प्रतिशत राजस्व सङ्कलन गरेको हो।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि जेठ महिनामा राजस्व सङ्कलन उत्साहप्रद रहेको जानकारी दिएको छ। विगत एघार महिनाको तथ्याङ्क केलाउँदा जेठ महिनामा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। कार्रायालयका अनुसार राजस्व सङ्कलनमा सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात रहेको छ।

कार्यालयले साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिकमा रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो। त्यस्तै पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो।

यस्तै फागुनमा रु १४ अर्ब ६३ करोड राजस्व सङ्कलन गरेको छ भने चैतमा भने रु १५ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको छ। वैशाखमा भने रु १५ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको छ‍। जेठ महिनामा १८ अर्ब १८ करोड राजस्व सङ्कलन गरेको छ। चालु आवको एघार महिनामध्ये जेठमा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको हो।

भन्सार विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ।

6 वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
  • Share
      message-button
      वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

      काठमाडौँ। वीरगञ्ज भन्सार का�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

06/Jul/2025
आज यी प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौँ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोशी, बागमती,...

गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

3 आज यी प्रदेशमा भारी बर्षाको सम्भावना
  • Share
      message-button
      आज यी प्रदेशमा भारी बर्षाको सम्भावना

      काठमाडौँ।  हाल मनसुनको न्य�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

15/May/2025
रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ, चाँदीमा पनि सामान्य गिरावट

काठमाडौँ। नेपाली बजारमा आज अर्थात जेठ १ गते (बिहीबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले घटेको...

हो।

यसअघि बुधबार १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

6 रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ, चाँदीमा पनि सामान्य गिरावट
  • Share
      message-button
      रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ, चाँदीमा पनि सामान्य गिरावट

      काठमाडौँ। नेपाली बजारमा आज अ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

14/Jun/2025
नेपाल पर्यटन बोर्डका सीईओ जोशीको धारणा : राससको पर्वतीय पर्यटन तस्बिर प्रदर्शनी नेपाल चिनाउन प्रभावकारी

काठमाडौं। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित पर्वतीय पर्यटन सम्बन्धी तस्बिर प्रदर्शनी नेपाल चिनाउन र पर्यटन प्रवर्द्धन...

गर्न अत्यन्त महत्वपूर्ण माध्यम भएको बताएका छन्।

‘पर्वतीय पर्यटन : हाम्रो शान, हाम्रो पहिचान’ शीर्षकमा आयोजित प्रदर्शनी अवलोकनपछि सीईओ जोशीले तस्बिरमार्फत नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता उजागर गर्न सकिने धारणा राखेका हुन्। उनका अनुसार यस्ता प्रदर्शनीहरूले केवल दृश्य सामग्री प्रस्तुत गरेर सीमित नहुने, बरु देशको पर्यटन सम्भावना झनै प्रस्ट्याउने काम गर्नेछन्।

“यी तस्बिरहरू अत्यन्त जानकारीमूलक र घुम्न प्रेरणा दिने खालका छन्। अझ धेरै मानिसहरुसम्म पुर्‍याउन बोर्ड सहकार्य गर्न तयार छ,” सीईओ जोशीले बताए। उनले पर्यटन क्षेत्रमा रोजगारी सिर्जना र आर्थिक वृद्धिका सम्भावनाहरूलाई पनि जोड दिएका थिए। “हामीसँग देखाउन सकिने धेरै कुराहरू छन्, यस्ता प्रदर्शनीले युवाहरूलाई देशमै अवसर खोज्न पनि प्रेरित गर्छ,” उनले थपे।

कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनी नेपालका हिमाल, हिमाली जीवनशैली र प्रमुख पर्यटकीय गन्तव्यहरूलाई उजागर गर्न सफल भएको बताए। उनले नेपालका हिमशृङ्खलाहरू, हिमाली जनजीवन, र पूर्वदेखि पश्चिमसम्मका ९६ वटा तस्बिरहरूको समावेशले मुलुकको पर्यटन विविधता सम्पूर्ण रूपमा प्रस्तुत गरेको उल्लेख गरे।

सीईओ जोशीले प्रदर्शनीलाई पुस्तकको रूपमा प्रकाशन गरी अन्तर्राष्ट्रिय फोरमहरूमा प्रस्तुत गर्न सके नेपालको पर्वतीय पर्यटन अझ प्रख्यात हुने विश्वास व्यक्त गरे। राससले आयोजना गरेको यो प्रदर्शनी जेठ ११ गतेदेखि सुरु भएको हो।

आयोजक संस्थाहरूले यस्ता कार्यक्रमले नेपाल–विश्व पर्यटन नक्शामा अझ मजबुत रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

9 नेपाल पर्यटन बोर्डका सीईओ जोशीको धारणा : राससको पर्वतीय पर्यटन तस्बिर प्रदर्शनी नेपाल चिनाउन प्रभावकारी
  • Share
      message-button
      नेपाल पर्यटन बोर्डका सीईओ जोशीको धारणा : राससको पर्वतीय पर्यटन तस्बिर प्रदर्शनी नेपाल चिनाउन प्रभावकारी

      काठमाडौं। नेपाल पर्यटन बोर्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

19/May/2025
एभरेष्ट बैंकको १३२ औं शाखा सिन्धुलीमाढीमा सञ्चालनमा

काठमाडौँ। एभरेष्ट बैंकको १३२ औँ शाखा सिन्धुलीमाढी, सिन्धुलीमा सञ्चालनमा आएको छ। प्रगतिपथमा निरन्तर अघि बढदै एभरेष्ट बैंकले सोमबार अर्थात जेठ ५ गतेबाट गते १३३औँ शाखाको औपचारिक...

रूपमा सञ्चालनमा ल्याएको छ।

बैंकले नयाँ शाखा शुभारम्भको विशेष अफरहरू सार्वजनिक गरेको छ।

१) बचत खाता (न्यूनतम मौज्दात) – १००,

२) चल्ती खाता (न्यूनतम मौज्दात) – २,५००,

३) तलबी बचत खाता – शून्य मौज्दात

४) नारी बचत खाता – १,२५०,

५) डेबिट कार्ड (ए.टी.एम.कार्ड) – पहिलो पटक निःशुल्क

६) SMS Alert सेवा – पहिलो पटक निःशुल्क,

७) मोबाइल बैंकिङ्ग सेवा – पहिलो पटक निःशुल्क,

८) लकर सुविधा – ५०५ छुट पहिलो पटक निःशुल्क सहित यो योजना सीमित अवधिको लागि मात्र लागू हुने बैंकले जनाएको छ।

१२३ औँ शाखा सञ्चालन गरेसँगै अब यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गइ समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

7 एभरेष्ट बैंकको १३२ औं शाखा सिन्धुलीमाढीमा सञ्चालनमा
  • Share
      message-button
      एभरेष्ट बैंकको १३२ औं शाखा सिन्धुलीमाढीमा सञ्चालनमा

      काठमाडौँ। एभरेष्ट बैंकको १३�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

22/Jun/2025
अमेरिकी डलर स्थिर: जान्नुहोस अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज आइतबार, असार ८ गतेका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार विभिन्न प्रमुख मुद्राहरुको खरिद तथा बिक्रीदर निम्न छन्...

भारतीय रुपैयाँ (INR, १०० एकाई): खरिद रु १६० रुपैयाँ र बिक्री रु १६० रुपैयाँ १५ पैसा ।

त्यसैगरी, अमेरिकी डलर खरिददर रु १३८.२४ र बिक्री रु १३८.८४, यूरो खरिददर रु १५९.२० र बिक्री रु १५९.८९, युके पौण्ड स्टर्लिङ खरिददर रु १८६.५१ र बिक्री रु १८७.३२, स्विस फ्र्याङ्क खरिददर रु १६९.०७ र बिक्री रु १६९.८०, अस्ट्रेलियन डलर खरिददर रु ८९.६४ र बिक्री रु ९०.०३, क्यानेडियन डलर खरिददर रु १००.८६ र बिक्री रु १०१.३०, सिङ्गापुर डलर खरिददर रु १०७.५८ र बिक्री रु १०८.०५ को दरमा कारोबार भइरहेको छ ।

त्यसैगरी, जापानी येन खरिददर रु ९.५० र बिक्री रु ९.५४, चिनियाँ युआन खरिददर रु १९.२५ र बिक्री रु १९.३४, साउदी रियाल खरिददर रु ३६.८४ र बिक्री रु ३७.००, कतारी रियाल खरिददर रु ३७.९२ र बिक्री रु ३८.०९, थाइ भाट खरिददर रु ४.२२ र बिक्री रु ४.२४, यूएई दिराम खरिददर रु ३७.६४ र बिक्री रु ३७.८१, मलेसियन रिङ्गेट खरिददर रु ३२.५१ र बिक्री रु ३२.६५, र दक्षिण कोरियन वन खरिददर रु १०.१०र बिक्री रु १०.१५ को दरमा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ।

6 अमेरिकी डलर स्थिर: जान्नुहोस अन्य विदेशी मुद्राको विनिमय दर
  • Share
      message-button
      अमेरिकी डलर स्थिर: जान्नुहोस अन्य विदेशी मुद्राको विनिमय दर

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

30/May/2025
जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ

ललितपुर। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथ बिहीबार अपराह्न ललितपुर महानगरपालिका–६ ईतिटोलबाट तानेर कुमारीपाटी हुँदै जावलाखेल पुर्‍याइएको छ। यहाँ पुर्‍याएपश्चात् ४ दिनपछि भोटो...

जात्रा देखाउने गरिन्छ।

रातो मच्छिन्द्रनाथको रथ यात्राको पहिलो दिन पुल्चोकबाट गाःबहालमा पुर्‍याइएको थियो।

रातो मच्छिन्द्रनाथको रथ यात्रा ललितपुर उपत्यकाको सबैभन्दा भव्यता साथ मनाइने महत्त्वपूर्ण तथ लामो जात्राका रूपमा लिइन्छ।

पौराणिक किंवदन्तीअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरु गराएका थिए। रथलाई गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेल लगिने गरिन्छ।

4 जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ
  • Share
      message-button
      जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ

      ललितपुर।  वर्षा र सहकालका द�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

03/Aug/2025
आज सुनको मूल्य तोलामा रु ३,४ ०० ले वृद्धि, चाँदीमा १५

काठमाडौँ ।आज आइतबारक लागि नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज फाइन गोल्ड (9999 शुद्धता) को...

मूल्य प्रति तोला रु १,९६,५०० निर्धारण गरेको छ। यो मूल्य बिहीबारको मूल्य रु १,९३,१ ०० भन्दा रु ३,४०० ले बढी हो।

त्यस्तै, चाँदीको मूल्य आज प्रति तोला रु २,२५० कायम गरिएको छ, जुन बिहीबारको मूल्य रु २,२३५ भन्दा रु १५ ले बढेको हो।

पछिल्लो केही दिन यता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा चाप देखिएको भए पनि आजको दिन नेपाली बजारमा यसको मूल्य पुनः वृद्धि भएको छ। चाँदीमा भने सानो मात्रामा घटावट आएको देखिन्छ।

3 आज सुनको मूल्य तोलामा रु ३,४ ०० ले वृद्धि, चाँदीमा १५
  • Share
      message-button
      आज सुनको मूल्य तोलामा रु ३,४ ०० ले वृद्धि, चाँदीमा १५

      काठमाडौँ ।आज आइतबारक  लागि �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

24/May/2025
देशभर आंशिक बदली, मेघगर्जनसहित वर्षाको सम्भावना –जान्नुहोस कुन क्षेत्रमा बढी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय छ। यसका कारण आज शनिबार देशका...

विभिन्न भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही कोशी तथा लुम्बिनीका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टासम्म कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। मौसमविद्हरूले विशेष गरी पहाडी र तराईका क्षेत्रहरूमा वर्षा हुने सम्भावना रहेको भन्दै यात्रा र कृषि कार्यमा सावधानी अपनाउन आग्रह गरेका छन्।

7 देशभर आंशिक बदली, मेघगर्जनसहित वर्षाको सम्भावना –जान्नुहोस कुन क्षेत्रमा बढी
  • Share
      message-button
      देशभर आंशिक बदली, मेघगर्जनसहित वर्षाको सम्भावना –जान्नुहोस कुन क्षेत्रमा बढी

      काठमाडौँ । हाल देशमा पश्चिमी

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

28/May/2025
एभरेस्ट समिटियर्स समिट २०२५’ मा मन्त्री पाण्डेद्वारा हिमाल संरक्षणको आह्वान

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले हिमालको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभएको छ। हिजो मंगलबार काठमाडौंमा आयोजित ‘अन्तरराष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५’...

को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले हिमाली संस्कृतिको जगेर्ना र भावी पुस्ताका लागि हिमालको सुरक्षा अपरिहार्य रहेको बताउनुभयो।

मन्त्री पाण्डेले सगरमाथा केवल एक हिमाल नभई नेपालको सांस्कृतिक र प्राकृतिक पहिचानको प्रतीक भएको उल्लेख गर्नुभयो। “हामी यहाँ सगरमाथा आरोहीहरूको साहस र समर्पणको कदर गर्न मात्र होइन, उनीहरूको योगदानबाट प्रेरणा लिन पनि उपस्थित छौं,” उहाँले भन्नुभयो। उहाँले शेर्पा समुदाय, पथप्रदर्शक, उद्धारकर्मी, र हिमाली क्षेत्रमा खटिने सबैलाई विशेष धन्यवाद दिनुभयो।

नेपाल सरकारले पर्वतारोहणलाई सुरक्षित र दिगो बनाउन पूर्वाधार विकास, तालिम, र वातावरण संरक्षणमा जोड दिएको मन्त्री पाण्डेले बताउनुभयो। “हिमालहरू हाम्रो सभ्यता र सहअस्तित्वको सेतु हुन्। यिनको संरक्षण हाम्रो साझा जिम्मेवारी हो,” उहाँले जोड दिनुभयो। जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिका कारण हिमालहरू खतरामा परेको उल्लेख गर्दै उहाँले संरक्षणमा सावधानी र जिम्मेवारीपूर्ण कदम चाल्नुपर्ने बताउनुभयो।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सगरमाथासहितका हिमालहरूले नेपाललाई साहसिक पर्यटनको विश्वव्यापी गन्तव्यका रूपमा स्थापित गरेको बताउनुभयो। सगरमाथा आरोही संघका अध्यक्ष डम्बर पराजुलीले यो समिटले विश्वभरका आरोहीहरूको सम्मान र प्रेरणा बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

एभरेस्ट एलायन्स नेपालद्वारा आयोजित यो पहिलो अन्तरराष्ट्रिय समिटमा २५ देशका ३०० भन्दा बढी पर्वतारोही सहभागी थिए। भारत, चीन, अमेरिका, बेलायत, इटाली, नर्वे, सिंगापुर, अस्ट्रेलिया, र अन्य देशका प्रतिनिधिहरूले समिटमा भाग लिए। आयोजकका अनुसार, समिटले दिगो पर्यटन, हिमाली वातावरण संरक्षण, र स्थानीय समुदायको उत्थानका लागि छलफलको मञ्च प्रदान गरेको छ।

कार्यक्रममा सन् १९५३ मा सर एडमन्ड हिलारीसँगै सगरमाथा आरोहण गर्ने कान्छा शेर्पालाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो। साथै, कीर्तिमानी आरोही मिङ्मा शेर्पा र हरिबहादुर बुढालाई पनि सम्मानित गरिएको थियो।

‘सगरमाथा हाम्रो गौरव र जिम्मेवारी’ भन्ने नारासहित यो समिटले हिमालको पर्यावरणीय संकट, जिम्मेवार पर्वतारोहण, र अन्तरराष्ट्रिय सहकार्यको आवश्यकतामा ध्यान केन्द्रित गरेको छ। आयोजकले यो समिटले नेपाललाई दिगो र सुरक्षित पर्वतारोहण गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

3 एभरेस्ट समिटियर्स समिट २०२५’ मा मन्त्री पाण्डेद्वारा हिमाल संरक्षणको आह्वान
  • Share
      message-button
      एभरेस्ट समिटियर्स समिट २०२५’ मा मन्त्री पाण्डेद्वारा हिमाल संरक्षणको आह्वान

      काठमाडौं। संस्कृति, पर्यटन त�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

27/Jun/2025
देशभर बदली, गण्डकी र बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। आज शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा, बागमती, लुम्बिनी, मधेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र...

कोशी तथा कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यस वर्षको मनसुन प्रणाली जेठ १५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरी हाल देशभर फैलिएको छ। पछिल्ला दिनहरूमा लगातार सक्रिय रहँदै आएको मनसुनले अधिकांश भागमा वर्षा गराइरहेको छ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार:

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थुप्रै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ।

त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात वा हल्का वर्षाको सम्भावनासमेत रहेको बताइएको छ। वर्षाका कारण बाढी, पहिरो, भूक्षयका सम्भावना बढ्न सक्ने भएकाले जनस्वास्थ्य, कृषि, जलस्रोत, यातायात र दैनिक जनजीवनमा असर पर्न सक्ने चेतावनी दिइएको छ।

15 देशभर बदली, गण्डकी र बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना
  • Share
      message-button
      देशभर बदली, गण्डकी र बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

      काठमाडौं। आज शुक्रबार देशभर �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

13/May/2025
रारा क्षेत्रको पर्यटन विकासमा नयाँ ढोका खोल्दै काठमाडौं–रारा पर्यटक बस सेवा तयारी

मुगु । नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटक बस व्यवसायी संघ नेपाल (टीबान) का २२ जना सदस्यहरूको टोलीले रारा क्षेत्रको अवलोकन भ्रमण सम्पन्न गरेको छ। काठमाडौं–रारा नियमित...

पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यसहित टोलीले सोमबार मुगुको शल्लेरीमा स्थानीय सरोकारवालासँग अन्तरक्रिया गरेको हो।

उक्त अन्तरक्रियामा नेपाल पर्यटन बोर्ड, पर्यटक बस व्यवसायी, स्थानीय समुदाय, मुगुका होटल व्यवसायी, रारा राष्ट्रिय निकुञ्जका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

स्थानीय छत्र साउदले रारालाई प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दै यसले स्थानीय जीवनस्तर र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। त्यस्तै, रारामा होटल व्यवसाय गर्दै आएका देबीकृष्ण रोकायाले स्थानीय पर्यटन सेवामा गुणस्तर अभिवृद्धि आवश्यक रहेको बताए। "हामी विकासको चरणमा छौं। तालिम, प्रशिक्षण र स्तरीय होटल पूर्वाधारका लागि सहयोग आवश्यक छ," रोकायाले भने।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले रारा अब पछाडि परेको गन्तव्य नरहेको स्पष्ट पार्दै, यहाँ संरचनागत विकासले गति लिएको बताए। उनले भने, "रारा इको-टुरिजम र चलचित्र छायांकनका लागि उपयुक्त गन्तव्य हो। खाना-बस्नको राम्रो व्यवस्था, नियमित हवाई सेवा र सडक सञ्जालले यसलाई पहुँचयोग्य बनाएको छ।"

उनले रारा क्षेत्रको पर्यटन सम्भावना अझ अन्वेषण गर्दै, मानव स्रोत विकास, तालिम, र प्रचार-प्रसारमा नेपाल पर्यटन बोर्डको लगानी र सहयोग निरन्तर रहने बताए।

पर्यटक बस व्यवसायी संघ नेपाल (टीबान) का अध्यक्ष भिष्म न्यौपानेले रारा क्षेत्रमा पर्यटक बस सञ्चालन गर्दा केही चुनौतीहरू भएपनि संघ त्यसका लागि तयार रहेको बताए। उनले सडक छेउका होटलहरू व्यवस्थित गर्नुपर्ने र स्थानीय बासिन्दाहरूलाई हस्पिटालिटी तालिम आवश्यक रहेको औंल्याए।

नेपाल पर्यटन बोर्डले काठमाडौं–रारा पर्यटक बस सेवा सञ्चालनको सम्भाव्यता अध्ययन, पूर्वाधार विकास र स्थानीय जनशक्ति तालिममा आवश्यक समन्वय गर्न प्रतिबद्धता जनाएको छ। साथै, होटल स्तरोन्नति, पर्यटन सेवा सुधार तथा रारा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्ने अभियानलाई प्राथमिकतामा राखिने जनाएको छ।

10 रारा क्षेत्रको पर्यटन विकासमा नयाँ ढोका खोल्दै काठमाडौं–रारा पर्यटक बस सेवा तयारी
  • Share
      message-button
      रारा क्षेत्रको पर्यटन विकासमा नयाँ ढोका खोल्दै काठमाडौं–रारा पर्यटक बस सेवा तयारी

      मुगु । नेपाल पर्यटन बोर्डको स

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

06/Jul/2025
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १६० रुपैयाँ ५८ पैसा र बिक्री दर १६१ रुपैयाँ २९ पैसा रहेको छ।

त्यसैगरी, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १० पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा रहेको छ।

अष्ट्रेलिएन डलर एकको खरिददर ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा, क्यानडिएन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र बिक्रीदर १०० रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

7 यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
  • Share
      message-button
      यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

      काठमाडौँ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

09/Jun/2025
अमेरिकी डलरको भाउ स्थिर, कति छ आज अन्य विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जअसनुसार, भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा रहेको छ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ९० पैसा र बिक्रीदर १८५ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाक एकको खरिददर १६६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ११ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०० रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ २ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४९ पैसा रहेको छ।

त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा रहेको छ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ १७ पैसा र बिक्रीदर ४ रुपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५ पैसा र बिक्रीदर १० रुपैयाँ ९ पैसा, रहेको राष्ट्र बैंकले जनाएको छ।

3 अमेरिकी डलरको भाउ स्थिर, कति छ आज अन्य विदेशी मुद्राको विनिमय दर?
  • Share
      message-button
      अमेरिकी डलरको भाउ स्थिर, कति छ आज अन्य विदेशी मुद्राको विनिमय दर?

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

12/Jun/2025
यी प्रदेशहरूमा आज भारी बर्षाको सम्भावना

काठमाडौँ। हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यी...

वायुको प्रभावले हाल कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली छ। कोशी, मधेस, बागमती प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका थोरै र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रदेशका एकदुई स्थानमा धेरै वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना छ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै र बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

3 यी प्रदेशहरूमा आज भारी बर्षाको सम्भावना
  • Share
      message-button
      यी प्रदेशहरूमा आज भारी बर्षाको सम्भावना

      काठमाडौँ। हाल देशको पश्चिम र

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

18/May/2025
२५ बुँदे आह्वान गर्दै सकियो सगरमाथा संवाद

काठमाडौँ। नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ।

‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’...

विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो।

सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्व-औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम वृद्धि हुन नदिने अत्यावश्यकतालाई पुनः पुष्टि गरेको छ।

आफ्नो देश विशेष अनुकूलन आवश्यकता पूरा गर्न राष्ट्रिय अनुकूलन योजना विकास र कार्यान्वयन गर्न थप प्रोत्साहित गरिने, विकासशील र विशेष परिस्थितिमा रहेका देशमा जलवायु कार्य कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय वित्तीय सहायताको वृद्धि र परिचालन गर्न आह्वान गरिने उल्लेख छ।

संवादले विकासशील र जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई द्विपक्षीय, बहुपक्षीय र वैकल्पिक स्रोतबाट वित्तीय संयन्त्रका सञ्चालन निकाय र यूएनएफसीसीसी र पेरिस सम्झौताअन्तर्गतका कोषसहित अन्तर्राष्ट्रिय जलवायु वित्तमा समान र सरलीकृत पहुँच सुनिश्चित गर्न सामूहिक प्रयासहरूलाई प्रोत्साहित गर्न आह्वान गरेको छ।

पर्वतीय क्षेत्रहरूमा जलवायु कार्य र दिगो विकासका लागि लक्षित वित्तीय स्रोतहरू परिचालन गर्न पर्वतीय देशको विकासका लागि समर्पित कोष स्थापना गर्ने आह्वानलाई समर्थन गर्ने र मौजूदा तथा नवप्रवर्तनकारी वित्तीय स्रोतहरूको उपयोग गरी पर्वतीय पारिस्थितिक प्रणाली सेवाहरूको मान्यता, सम्मान र पुरस्कृत गर्न प्राथमिकता दिने सगरमाथा कार्य आह्वानमा उल्लेख छ।

दिगो जलवायु कार्यलाई बढावा दिन निजी क्षेत्रको वित्त र कार्बन बजारहरूको भूमिकालाई जोड दिने, जलवायुमैत्री प्रविधिमा पहुँच सहज बनाउन र क्षमता अभिवृद्धि गर्न विश्वव्यापी र क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने संवादको निष्कर्ष छ।

संवादले ग्रामीण र सहरी समुदाय दुवैमा सानादेखि ठूला स्तरका पूर्वाधारसम्म हरित, लचिलो र समावेशी विकास प्रवर्द्धन गर्ने महत्त्वलाई स्वीकार गर्र्दै स्वच्छ ऊर्जा, ऊर्जा दक्षता र न्यायपूर्ण ऊर्जाको महत्वलाई जोड दिने, स्वच्छ ऊर्जाका साथै हरित, चक्रीय र बायो–अर्थतन्त्रमार्फत भविष्यलाई शक्ति प्रदान गर्ने महत्त्वलाई स्वीकार गरेको छ।

जलवायुजन्य विपद्हरूलाई सम्बोधन गर्न र हिमनदी, जलस्रोत, वन र कृषि प्रणालीको संरक्षणका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित समाधानहरूलाई प्रवर्द्धन गर्ने आह्वानमा उल्लेख छ।

“क्षेत्रीय जलवायु, मनसुन, क्रायोस्फियर र जनस्वास्थ्यमा गहिरो प्रभाव पार्ने ट्रिपल प्लानेटरी क्राइसिस र अल्पकालीन जलवायु प्रदूषकहरूमा विशेष ध्यान दिई हिमाल र जलवायु परिवर्तन एजेन्डामा संवादलाई प्रोत्साहित गर्दछौँ। विकासशील देशहरूको आवश्यकता अनुरूप तथ्याङ्क प्रणालीलाई सुदृढ गर्ने, तथ्याङ्क साझेदारी र अन्तरसञ्चालन सुनिश्चित गर्ने र जलवायु एट्रिब्युशन र पूर्वचेतावनी संयन्त्रहरू विकास गर्ने अत्यावश्यकतालाई स्वीकार गर्दछौँ” सगरमाथा कार्य आह्वानका उल्लेख छ।

बालबालिका, युवा, महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरूको सक्रिय सहभागितामार्फत समावेशी जलवायु कार्यहरूलाई बढावा दिन र अन्तर–पुस्ता र अन्तर–पुस्ता समानता कायम राख्दै लैङ्गिक सन्तुलन कायम गर्ने आह्वानमा उल्लेख छ।

पर्वतीय समुदायहरूको आवाजलाई विश्वव्यापी जलवायु प्रक्रियाहरूमा बुलन्द गर्ने उद्देश्यले संवाद, नवप्रवर्तन र सशक्तीकरणका लागि हिमाल र जलवायु परिवर्तनसम्बन्धी बहु–सरोकारवाला अन्तरराष्ट्रिय मञ्चको सिर्जना गर्न आह्वान गरिएको छ।

आह्वानमा भनिएको छ, “स्थानीय र आदिवासी समुदायहरूको जलवायु नीति, कार्यक्रम र कार्यहरूमा, अनुकूलन र संरक्षण पहलसहित भूमिकालाई स्वीकार गर्दछौं। वातावरणीय सेवाहरूको भुक्तानीका लागि संयन्त्रहरू विकास गर्ने आवश्यकतालाई जोड दिने र नवप्रवर्तनकारी जलवायु वित्तपोषण अपनाउन सक्षम बनाउन आह्वान गर्दछौँ।”

ज्ञान केन्द्र विकास, उत्कृष्ट अभ्यासहरू साझा गर्ने र जलवायु नीति, कार्यक्रम र कार्यहरूमा स्थानीय समुदायहरूको भूमिका बढाउने आवश्यकतालाई जोड दिइएको छ। संवादमा सगरमाथादेखि समुद्रसम्म र उच्च भूभागदेखि टापुसम्म गुञ्जिने गरी तत्काल जलवायु कार्यका लागि साझा आवाज बनाउने संकल्प गरिएको छ।

3 २५ बुँदे आह्वान गर्दै सकियो सगरमाथा संवाद
  • Share
      message-button
      २५ बुँदे आह्वान गर्दै सकियो सगरमाथा संवाद

      काठमाडौँ। नेपाल सरकारले पहि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

11/May/2025
बजाज ग्रान्ड एक्सचेन्ज मेला: नागरिकता मात्रैले बाइक पाइने

काठमाडौँ। बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ।

कम्पनिले यही २०८२ वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म...

महाबिर चोक (धरान रोड), विराटनगरमा आयोजना हुने यस मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक किन्न सक्नेछन्, ० प्रतिशत सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप रु १०,००० सम्मको अतिरिक्त भ्यालुएसन, निःशुल्क एक्सेसोरिज र ‘खुशीको मिटर’ योजनाअन्तर्गत नगद र उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

यस पटकको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्च मूल्यांकन गर्न काठमाडौँबाट विशेष भ्यालुएटरहरू पुगेका छन्। यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी थप रु १०,००० सम्मको बोनस भ्यालुए्सन दिनेछन्।

यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ। किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर सरल फाइनान्समार्फत् यो सुविधा लिन सक्नेछन्।

विराटनगरको महाबिर चोकमा आयोजना हुने ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ नेपालको बृहत् मोटरसाइकल एक्सचेन्ज योजना हो। यस योजना अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना बाइकहरूको उच्चतम् भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडेलहरू सजिलै किन्न पाउनेछन्। यसका साथै, ‘खुशीको मिटर’ अन्तर्गत उत्सुक ग्राहकहरूले नगद र उपहार जित्ने मौका समेत पाउनेछन्।

10 बजाज ग्रान्ड एक्सचेन्ज मेला: नागरिकता मात्रैले बाइक पाइने
  • Share
      message-button
      बजाज ग्रान्ड एक्सचेन्ज मेला: नागरिकता मात्रैले बाइक पाइने

      काठमाडौँ। बजाज मोटरसाइकलको �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

18/Jun/2025
बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

काठमाडौं। चीनको नम्बर १ व्यावसायिक ब्रान्ड फोटोनले आफ्नो नयाँ शक्तिशाली पिकअप गाडी फोटोन टुनल्यान्ड G7 नेपालमा सार्वजनिक गर्न लागेको छ। अत्याधुनिक प्रविधिसहितको यो गाडी हिमाली राष्ट्र...

नेपालको भौगोलिक परिवेशमा उत्कृष्ट प्रदर्शन गर्ने गरी निर्माण गरिएको हो। चीनमै पहिलो अटोनोमस कमर्सियल भेहिकल सार्वजनिक गर्ने इतिहास बोकेको फोटोनले प्रविधि र नवीनताको सीमाना निरन्तर फराकिलो बनाइरहेको छ। फोटोन टुनल्यान्ड G7 कम्पनीको यही प्रतिबद्धता र आधुनिक डिजाइनप्रतिको विश्वासको प्रमाण हो।

टुनल्यान्ड G7 उपभोक्ताहरूका लागि बनाइएको हो जो सडकमा उच्च प्रदर्शन क्षमताका साथै इन्टेलिजेन्ट टेक्नोलोजीको चाहना राख्दछन्। नेपालको चुनौतीपूर्ण भूगोलमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम यो गाडीमा १६० हर्सपावरको शक्ति र ३९० एनएम टर्क उपलब्ध छ। २२५ मिमीको प्रशंसायोग्य ग्राउन्ड क्लियरेन्स भएको यो गाडीले असहज बाटो, उकालो–ओरालो र अप्रत्याशित हिमाली बाटाहरू सजिलै पार गर्न सक्नेछ। हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोलजस्ता विशेषताले उकालो चढ्ने वा ओरालो झर्ने अवस्थाहरूमा सुरक्षाको अनुभूति दिलाउँछन् साथै पुस-स्टार्ट इन्जिन बटनले गर्दा सजिलै गाडी स्टार्ट गर्न मिल्छ।

फोटोन टुनल्यान्ड G7 ले मजबुत क्षमतासँगै आरामदायी यात्रा पनि सुनिश्चित गर्छ। क्याबिनभित्र छिरेपछि १२.३ इन्चको इन्फिनिटी स्क्रिनले तपाईंलाई स्वागत गर्नेछ जसले नेभिगेसन र मनोरञ्जनमा सहजता ल्याउँछ। चालक र यात्रु दुवैलाई कुनै पनि मौसममा आरामदायी अनुभव दिनका लागि सिटहरू हीटेड र भेन्टिलेटेड छन्, र तिनीहरू १२ तरिकाले इलेक्ट्रिक रूपमा एड्जस्ट गर्न मिल्ने खालका छन्। प्यानोरामिक सनरूफले आकाशसँगको प्राकृतिक सम्पर्कको अनुभूति गराउने अपेक्षा गराउँदै शक्तिका अलावा खुलापन र सौन्दर्य पनि सँगसँगै उपलब्ध हुन सक्छन् भन्ने अनुभूति दिलाउनेछ। र, स्वचालित एयर कन्डिसनिङ सिस्टमले जुनसुकै मौसममा सहज वातारण सुनिश्चित गर्नेछ।

फोटोनले सधैं उद्देश्यसहितको इनोभेसनमा विश्वास राख्दै आएको छ र टुनल्यान्ड G7 त्यसै विश्वासको नयाँ अध्याय हो, जुन अब नेपाली भावना र आवश्यकता अनुसार प्रस्तुत हुँदैछ। यो गाडी नेपालमा केवल बिक्रीका लागि ल्याइएको होइन, यो त नेपालकै लागि डिजाइन गरिएको हो। यदि तपाईं व्यवसायमा आबद्ध हुनुहुन्छ र यात्राको लागि भरपर्दो सहयात्री चाहनु हुन्छ अथवा विकेन्डमा परिवारसहित पहाडतिर जाने योजनामा हुनुहुन्छ भने फोटोन टुनल्यान्ड G7 तपाईंका ती सबै आवश्यकता पूरा गर्न तयार छ।

14 बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार
  • Share
      message-button
      बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

      काठमाडौं। चीनको नम्बर १ व्या�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

05/Jun/2025
देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं। नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावले गर्दा केही स्थानहरूमा मेघगर्जन, चट्याङ र...

हल्का वर्षा हुने सम्भावना रहेको छ।

बिहानैदेखि काठमाडौं उपत्यकामा आंशिक बदली देखिएको छ भने दिउँसो र बेलुका तिर मौसममा थप बदलीको संभावना रहेको छ। महाशाखाका अनुसार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना छ।

कोशी र लुम्बिनी प्रदेशमा पनि आंशिक बदलीसहित एक–दुई स्थानमा मेघगर्जन र हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। मधेश प्रदेशमा भने मौसम प्रायः सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

कोशी प्रदेशका केही स्थानहरूमा देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। यस कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ ।

4 देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
  • Share
      message-button
      देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

      काठमाडौं। नेपाल मौसम पूर्वा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

21/May/2025
नेपालमा दोस्रो पटक मनाइयो अन्तर्राष्ट्रिय मानव संसाधन दिवस, १०० भन्दा बढी HR पेशाकर्मीहरूको सहभागिता

काठमाडौं। हरेक वर्ष मे २० तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय मानव संसाधन दिवस (International HR Day) यस वर्ष नेपालमा दोस्रो पटक विविध कार्यक्रमको साथ सम्पन्न गरिएको छ।...

मानव संसाधन समाज नेपाल (Human Resource Society Nepal - HRSN) को आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा १०० भन्दा बढी संघसंस्थाका मानव संसाधन (HR) विज्ञहरू सहभागी भएका थिए।

“HumanifyAI Leading HR Together: Leading in a New Way. Leading in a Digital World” भन्ने नारासहित केएल दुगड ग्रुप अफिस, चारखालबाट सुरु भएको पैदल र्याली बागबजार, स्टार मल, सिटी सेन्टर हुँदै पुनः चारखालमै आएर कोणसभासहित सम्पन्न गरिएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य मानव संसाधन दिवसको उत्सव मनाउनुका साथै विभिन्न संघ–संस्थामा कार्यरत HR पेशाकर्मीहरूलाई एकत्रित गर्दै आपसी एकता, सञ्जाल र उत्साह बढाउनु रहेको आयोजकले जनाएका छन्।

कार्यक्रममा वक्ताहरूले संगठनात्मक सफलतामा मानव संसाधनको योगदान उल्लेखनीय रहेको, डिजिटल युगमा HR को भूमिकालाई अझ प्रभावकारी बनाउन सकिने विषयमा जोड दिए। डिजिटल प्रविधिको प्रयोगद्वारा संस्थागत विकासमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा प्रस्तुत गरियो।

मानव संसाधन समाज नेपाल एक गैर-नाफामूलक संस्था हो, जसको स्थापना सन् २०१३ मा वरिष्ठ HR विज्ञहरूले गरेका थिए। HRSN ले मासिक Knowledge Sharing Session (KSS), तालिम, सीप विकास कार्यक्रम र राष्ट्रिय सम्मेलनजस्ता विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। यस संस्थाको भारतको NHRDN सँग अन्तर्राष्ट्रिय सहकार्यसमेत रहेको छ।

पछिल्लो समय डिजिटल युगसँग सुसज्जित मानव संसाधन प्रणाली विकास गर्ने दिशामा HR पेशाकर्मीहरूको साझा पहल र योगदानलाई यो कार्यक्रमले थप सशक्त बनाएको छ।

16 नेपालमा दोस्रो पटक मनाइयो अन्तर्राष्ट्रिय मानव संसाधन दिवस, १०० भन्दा बढी HR पेशाकर्मीहरूको सहभागिता
  • Share
      message-button
      नेपालमा दोस्रो पटक मनाइयो अन्तर्राष्ट्रिय मानव संसाधन दिवस, १०० भन्दा बढी HR पेशाकर्मीहरूको सहभागिता

      काठमाडौं। हरेक वर्ष मे २० तार

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

25/Jul/2025
टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

काठमाडौँ । टिकटकले नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२५ मा यसको एकमात्र मनोरञ्जन पार्टनरको रूपमा रहनेगरी आधिकारिक साझेदारीको घोषणा गरेको छ। यस सहकार्यले स्थानीय प्रतिभालाई...

सशक्त पार्ने, सांस्कृतिक पहिचानको संरक्षण र प्रोत्साहन गर्ने र नेपाली युवाहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने टिकटकको प्रतिबद्धतालाई अझ स्पष्ट बनाएको छ।

प्रत्येक वर्ष आयोजना हुने मिस नेपाल, नेपालको प्रमुख राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो, जसले नेपाली महिलाहरूको नेतृत्व विकास, आत्मविश्वास र अन्तर्राष्ट्रिय पहिचानलाई अगाडि बढाउने अवसर प्रदान गर्दछ। यस सहकार्यमार्फत, टिकटकले यस वर्षका प्रतियोगीहरूका शशक्त कथा, तयारीका क्षणहरू र सिर्जनात्मक अभिव्यक्तिहरूलाई प्रस्तुत गर्दै आफ्नो प्लेटफर्ममा नेपाली समुदायलाई सक्रिय रूपमा संलग्न गराउनेछ।

यो सहकार्य १ जुलाईदेखि १५ सेप्टेम्बर २०२५ सम्म चल्नेछ, जसअन्तर्गत मिस नेपालको एक्सक्लुसिव ब्याकस्टेज मोमेन्ट्सदेखि रेड कार्पेटका झलकहरूसम्मका सम्पूर्ण गतिविधि टिकटकमा एकीकृत गरिनेछ।मिस नेपाल २०२५ लाई आधिकारिक ह्यासट्याग #MissNepal मार्फत टिकटकमा प्रवर्द्धन गरिनेछ जसले कन्टेन्ट डिस्कभरी र राष्ट्रव्यापी सहभागितालाई बढावा दिनेछ।

“मिस नेपालसँगको यो सहकार्य हाम्रो निरन्तर प्रयासको हिस्सा हो, जसले स्थानीय प्रतिभालाई उजागर गर्न र समुदायका कथाहरूलाई सिर्जनात्मक, समावेशी र प्रेरणादायी तरिकाले प्रस्तुत गर्न मद्दत गर्दछ,” टिकटकका दक्षिण एशियाका लागि कन्टेन्ट अपरेशन्स लिड उमाइस नविदले भने, “नेपालको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको मनोरञ्जन पार्टनर बन्दै हामी देशको सांस्कृतिक र सिर्जनात्मक इकोसिस्टममा हाम्रो भूमिकालाई गहन बनाउँदैछौं र नेपाली आवाजलाई स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्किन मञ्च पनि प्रदान गर्दैछौं।”

मिस नेपाल एक्सपिरियन्समा टिकटक क्रिएटरहरूलाई पनि विशेष पहुँच दिइनेछ, जसअन्तर्गत उनीहरूले बिहाइन्ड-द-सीन कन्टेन्ट र कल्चरल कोलाबोरेसनहरू सिर्जना गर्नेछन्, जसले प्रतियोगीका कथाहरूलाई अझ व्यापक दर्शकसम्म पुर्‍याउनेछ र अभियानको पहुँचलाई बढाउनेछ।

“हामी मिस नेपाल २०२५ का लागि टिकटकलाई आफ्नो एकमात्र मनोरञ्जन पार्टनरको रूपमा स्वागत गर्न पाउँदा रोमाञ्चित छौं। यो सहकार्यले विशेषगरी हाम्रो प्लेटफर्म र टिकटक दुवैको केन्द्रमा रहेका युवापुस्तालाई मिस नेपालको अनुभव अझ नजिकबाट नियाल्न मद्दत गर्नेछ। हामीले यस वर्षका प्रतियोगीहरूको विविधता, सिर्जनशीलता र सपनालाई नयाँ र आकर्षक तरिकामा सेलिब्रेट गर्न सँगै अघि बढ्ने विश्वास लिएका छौं,” मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापितले भने।

यो सहकार्यले प्रतियोगीहरूको यात्रालाई दर्शकहरूसम्म अझ नजिक ल्याउने र इन्टरेक्टिभ कन्टेन्ट तथा क्रिएटर-लेड प्रस्तुतिहरू मार्फत व्यापक सहभागितालाई आमन्त्रित गर्नेछ। एक्सक्लुसिव भिडियोहरू आधिकारिक टिकटक अकाउन्टमा उत्पादन र प्रकाशित गरिनेछन्, जसले यस अभियानभर फ्यान र फलोअरहरूका लागि टिकटक मुख्य डिजिटल डेस्टिनेसन बन्नेछ।

4 टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर
  • Share
      message-button
      टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

      काठमाडौँ ।  टिकटकले नेपालक�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

16/Jun/2025
सुन, हिरा लगायत बहुमुल्य पत्थरमा लगाएको विलासिता र मुअकर पुनरवलोकन गर्न महासंघको माग

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत प्रस्तावित २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर अव्यवहारिक भएको भन्दै सुनमा...

लगाइएको विलासिता कर र हिरा लगायत बहुमुल्य पत्थरमा लगाइएको मुल्य अभिवृद्धिकर (भ्याट) पुनरावलोकन गर्न सरकारसंग माग गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ तथा रत्न तथा आभूषण संघको प्रतिनिधीमण्डलबीच आइतवार महासंघ सचिवालयमा यस विषयमा भएको छलफल भएको थियो ।

सुनमा लगाइएको विलासिता कर र हिरा लगायत बहुमुल्य पत्थरमा लगाइएको मुल्य अभिवृद्धिकर (भ्याट) का विषयमा महासंघले यस अघि नै बजेटको प्रतिक्रियामा करका यी प्रावधानले व्यवसाय तथा रोजगारीमा प्रभाव पर्ने औपचारिक धारणा सार्वजनिक गरेको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, रत्न तथा आभूषण संघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले करका यी प्रावधानहरुले व्यवसाय नै धरासायी हुने भन्दै पुनरावलोकन गर्न माग गर्दै आएका छन् । तीन वटै संस्थाका प्रतिनिधीहरुले यस विषयमा आवश्यक पहल गर्न उद्योग वाणिज्य महासंघलाई आग्रह गरे ।

महासंघका अध्यक्ष ढकालले व्यवसायीहरुले उठाएका विषयहरु सान्दर्भिक रहेको उल्लेख गर्दै महासंघको तर्फबाट आवश्यक पहल गर्ने बताउनु भयो । “ व्यवसायीहरुले उठाएको यो विषय आम उपभोक्ता र रोजगारीसंग जोडिएको विषय हो । प्रस्तावित कर नीतिले व्यवसायी र आम उपभोक्तालाई गम्भीर असर पर्ने देखिन्छ । मुअकर पुनरवलोकनको लागि महासंघले सरकारसंग आवश्यक पहल गर्ने छ ।” उहाँले भन्नु भयो ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार ,रत्न तथा आभूषण संघका अध्यक्ष सुमनमान ताम्राकार र नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्यले सुनचाँदी, हिरा, जवाहरात र हस्तकला व्यवसायमा प्रस्तावित करका प्रावधानले व्यवसायी र आम उपभोक्तालाई गम्भीर असर पार्ने बताउनु भयो ।

बजेटमा प्रस्तावित २ प्रतिशत विलासिता करले सुनको कारोबारमा बहुकर प्रणाली (राउन्ड ट्रिपिङ) निम्त्याउने र उपभोक्तालाई ६ प्रतिशतसम्म थप मूल्य तिर्न बाध्य बनाउने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल सुनचाँदी व्यवसायी महासंघको दाबी छ । यसले सुनको बजारमा मन्दी निम्त्याउने, फिर्ता बिक्री (बाईब्याक) प्रणालीमा अवरोध पुग्ने र उपभोक्ताको विश्वास घट्ने खतरा रहेको दुवै महासंघको धारणा छ ।

हिरा तथा बहुमूल्य पत्थरमा लागू गरिएको १३ प्रतिशत भ्याटले सुनका गहनाको मूल्यमा थप १९ प्रतिशतसम्म मूल्यवृद्धि हुने विश्लेषण छ । यसले गहनाको मूल्य बढ्ने, अवैध आयातलाई प्रोत्साहन गर्ने,आम उपभोक्तालाई गम्भीर आर्थिक भार पर्नुका साथै २५ हजार व्यवसायी र १५ लाखभन्दा बढी कालिगड र मजदुरको रोजीरोटीमा असर पर्ने व्यवसायीहरुको दाबी छ ।

दुवै महासंघले सरकारसँग सुन र सुनका गहनामा लागू २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, हिरा र जवाहरात जडित गहनामा लागू १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनचाँदी कारोबारलाई प्रोत्साहन गर्न दीर्घकालीन ऐन, नियम र नीति निर्माण गर्नुपर्ने मागहरू राखेका छन् । यस्तै कर संरचना परिवर्तन गर्नुअघि व्यवसाय र रोजगारीमा पर्ने प्रभावको विस्तृत अध्ययन गर्नुपर्ने, छिमेकी मुलुक भारतमा जस्तै भन्सार दर ६ प्रतिशत कायम गर्नुपर्ने, गुणस्तर प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्नुपर्ने तथा निर्यात ढुवानीमा लाग्ने २.५ प्रतिशत टीडिएस खारेज गर्नुपर्ने माग राखेका छन् ।

5 सुन, हिरा लगायत बहुमुल्य पत्थरमा लगाएको विलासिता र मुअकर पुनरवलोकन गर्न महासंघको माग
  • Share
      message-button
      सुन, हिरा लगायत बहुमुल्य पत्थरमा लगाएको विलासिता र मुअकर पुनरवलोकन गर्न महासंघको माग

      काठमाडौँ । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

17/Jun/2025
नाडा अटो शो २०२५ भाद्र ३ गतेदेखि, उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा हुने

काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) द्वारा आयोजना गरिने १७औं संस्करणको नाडा अटो शो २०२५ आगामी भाद्र ३ गतेदेखि ८ गतेसम्म काठमाण्डौंको भृकुटीमण्डप परिसरमा आयोजना...

हुने भएको छ। कार्यक्रमको प्रमुख अतिथिको रूपमा अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने सुनिश्चित भएको छ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेललाई भद्रतापूर्वक उक्त शोको उद्घाटनका लागि औपचारिक निमन्त्रणा दिएको थियो। उक्त अवसरमा अध्यक्ष चौधरीले हालै आएको बजेटले अटोमोबाइल क्षेत्र लगायत निजी क्षेत्रमैत्री नीतिहरू समेटेको भन्दै अर्थ मन्त्रालयलाई धन्यवाद व्यक्त गरे।

सोही अवसरमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमै पहिलो पटक सिमरामा स्थापना हुन लागेको सवारीसाधन मेनुफ्याक्चरिङ्ग उद्योगको तयारीबारे जानकारी गराउँदै यस्ता उद्योगलाई प्रोत्साहन गर्ने नीतिगत व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गरे। उनले मेनुफ्याक्चरिङ्ग उद्योगहरूलाई थप सुविधा प्रदान गर्न र नीतिगत स्थिरता कायम राख्न सरकारलाई आग्रह गरे।

छलफलमा अर्थमन्त्री पौडेलले नाडाको अनुरोध स्वीकार गर्दै नेपालका अटोमोबाइल व्यवसायीहरूबाट राष्ट्रलाई ठूलो मात्रामा राजस्व प्राप्त हुने हुँदा व्यवसायीहरूले अझ बढी योगदान दिनुपर्नेमा जोड दिए। उनले नाडा अटो शोले उद्योग तथा व्यवसाय प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास पनि व्यक्त गरे।

उक्त भेटघाटमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानको समेत उपस्थिति रहेको थियो।

नाडा अटो शो २०२५ नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीको रूपमा मानिन्छ, जसले नयाँ प्रविधि, सवारीसाधन र सम्बन्धित सेवाहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्छ।

10 नाडा अटो शो २०२५ भाद्र ३ गतेदेखि, उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा हुने
  • Share
      message-button
      नाडा अटो शो २०२५ भाद्र ३ गतेदेखि, उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा हुने

      काठमाडौं । नेपाल अटोमोबाइल ड�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

19/Jul/2025
कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा — कुन क्षेत्रमा कति जोखिम?

काठमाडौं । देशभर मनसुनको सक्रिय प्रभाव कायमै रहेकोले आज शनिबार नेपालका अधिकांश भागहरूमा बदलीसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय...

रेखा सरदर स्थानको नजिकै सक्रिय रहेको र त्यसको प्रभावले विभिन्न प्रदेशमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा केही तराई क्षेत्रहरूमा विहानैदेखि वर्षा जारी रहेको छ। आगामी २४ घण्टाको लागि जारी गरिएको पूर्वानुमान अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै, अन्य प्रदेशका थोरै स्थानहरूमा समेत मेघगर्जन, चट्याङ र क्षणिक तीव्र हावा चल्ने सम्भावना रहेको छ।

भारी वर्षाका कारण भू–क्षय, पहिरो, बाढी तथा डुबानको जोखिम रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। विशेषगरी पहाडी र हिमाली भू–भागमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ। साथै, नदी तथा खोला नालाहरूमा पानीको सतह अचानक बढ्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरिएको छ।

3 कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा — कुन क्षेत्रमा कति जोखिम?
  • Share
      message-button
      कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा — कुन क्षेत्रमा कति जोखिम?

      काठमाडौं । देशभर मनसुनको सक्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

01/Aug/2025
पेट्रोलको मूल्य घट्यो, डिजल र मट्टितेलको बढ्यो

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ। यस्तै, डिजल र मट्टितेलमा भने प्रतिलिटर २ रुपैयाँले...

बढाइएको छ। यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको छ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १५९, डिजल र मट्टितेल प्रतिलिटर १५०, हवाई इन्धन प्रतिलिटर १२८ रुपैयाँ कायम गरिएको निमगले जनाएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ। नयाँ मूल्यसूची आज बिहानदेखि लागू भएको छ ।

3 पेट्रोलको मूल्य घट्यो, डिजल र मट्टितेलको बढ्यो
  • Share
      message-button
      पेट्रोलको मूल्य घट्यो, डिजल र मट्टितेलको बढ्यो

      काठमाडौँ। नेपाल आयल निगमले प�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

27/Jul/2025
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर...

१६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्री दर १३८ रुपैयाँ ७३ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ २१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा रहेको छ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६१ पैसा र बिक्रीदर ९१ रुपैयाँ १ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०८ रुपैयाँ २३ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा रहेको छ।

त्यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ २६ पैसा र बिक्रीदर ४ रुपैयाँ २८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६७ पैसा र बिक्रीदर २१ रुपैयाँ ७७ पैसा रहेको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ८ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६० रुपैयाँ ३३ पैसा तोकेको छ।

4 यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
  • Share
      message-button
      यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

      काठमाडौँ। नेपाल राष्ट्र बैङ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

04/Aug/2025
बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल

काठमाडौं। बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल भएको छ। सूचीमा रहेका कुल ५०० कम्पनीमध्ये चिनियाँ अटोमेकर बीवाईडी पहिलोपटक शीर्ष १०० भित्र परेको हो।...

सन् २०२४ मा १४३औं स्थानमा थियो।

सन् २०२२ यता बीवाईडी फर्च्युन ग्लोबलको सूचीमा लगातार पर्दै आएको छ। गत वर्ष बीवाईडीले आफ्नो ग्रोथमा अप्रत्यासित उछाल देखाएको थियो। बीवाईडीका चार उद्योगको व्यापार चम्किएको थियो। कम्पनीको वार्षिक आम्दानी ७ खर्ब ७७ अर्ब चिनियाँ युआन (१४ खर्ब ३८ अर्ब रुपैयाँ) पुगेको थियो। यो बीवाईडीको आम्दानीमा २९ प्रतिशतको वृद्धि हो।

कम्पनीले सन् २०२४ मा न्यू इनर्जी भेहिकल (एनइभी)को बिक्रीमा पनि नयाँ रेकर्ड हात पारेको थियो। बीवाईडीले गत वर्ष ४२ लाख ७० हजार युनिट न्यू इनर्जी भेहिकल बेचेको थियो। यो भनेको ४१ प्रतिशतको वार्षिक वृद्धि हो। यही व्यापारिक रफ्तारका कारण बीवाईडीले लगातार तेस्रो वर्ष पनि ग्लोबल न्यू इनर्जी पेसेन्जर भेहिकल बिक्रीमा उपाधि जित्न सफल भएको छ। जसका कारण बीवाईडी विश्व अटो बजारमा झन् झन् बलियो प्लेयर बन्दै गइरहेको छ।

बीवाईडीको यस्तो ऐतिहासिक उछालको कारण प्राविधिक इनोभेसनकै कारण सम्भव भएको हो। कम्पनी “प्रविधिमा-आधारित, इनोभेसन केन्द्रित” दर्शनको विकास गर्दै रिसर्च एण्ड डेभलपमेन्टमा गरेको लगानीका कारण नै यी उपलब्धी हासिल गर्न सफल भएकोमा विश्वास गर्छ।

सन् २०२४ मा बीवाईडीले आरएण्डडीमा ५४ अर्ब २० करोड युआन खर्चिएको थियो। अघिल्लो वर्षको तुलनामा यो ३६ प्रतिशत बढी हो।

कम्पनीले गरेको खुद नाफालाई समेत लगानीको यो आँकडालाईसमेत उछिनेको छ। विगत १४ मध्ये १३ वर्ष (सन् २०११ देखि २०२४)मा आरएण्डडीमा गरिएको लगानीले बीवाईडीको खुद नाफालाई उछिनिरहेको छ।

आरएण्डडीमा गरिएको लगानीकै कारण कम्पनीले ब्लेड ब्याट्री, डफआईएसयुएस इन्टेलिजेन्स बडी कन्ट्रोल सिस्टम, मेगावाट फ्ल्यास चार्जिङलगायतका मुख्य प्रविधि आविष्कार गर्न सक्षम भएको छ।

सन् २०२५ मा बीवाईडीले ग्लोबलाइजेसन र लोकलाइजेसनलाई आक्रामक ढंगले विस्तार गर्दै लगेको छ। बीवाईडीले १ करोड ३० लाख युनिट सवारी साधन उत्पादन गरेर एक महत्वपूर्ण कोशेढुंगा (माइलस्टोन) हासिल गरेको छ ।

यो वर्षको पहिलो ६ महिनामा बीवाईडीले उत्पादन गरेका पेसेन्जर भेहिकल र पिकअप ट्रकको ओभरसिज (चीन बाहिर) बिक्री ४ लाख ७० हजार थानभन्दा बढी पुगिसकेको छ। कम्पनीले ओभरसिज लोकलाइजेसन प्रयत्नको रुपमा हङ्गेरीमा युरोपेली मुख्यालय खोल्नुलाई मानेको छ।

यस्तै, ब्राजिलको उद्योगबाट पहिलो गाडी उत्पादन गर्नु र थाइल्याण्डमा ९० हजारभन्दा बढी न्यू इनर्जी भेहिकल डेलिभरी गर्नु पनि बीवाईडीको ओभरसिज लोकलाइजेसनकै प्रयत्न हो।

आजको दिनसम्म बीवाईडीको न्यू इनर्जी भेहिकल विश्वका ११२ देशहरुमा उपलब्ध छ। बीवाईडीले पछिल्लो फर्च्युन ग्लोबल ५०० मा हात पारेको स्थानले नवप्रवर्तन र अन्तर्राष्ट्रियस्तरमा भइरहेको यसको विस्तारप्रतिको प्रतिबद्धतालाई झल्काउँछ।

आगामी दिनमा नवीनतम् प्रविधि र विश्वव्यापी उपस्थितिमार्फत बीवाईडीले कुल द अर्थ बाइ १ डिग्री सेल्सियस महत्त्वपूर्ण लक्ष्यसहित दिगो विकासका लागि प्रयत्नहरु जारी नै राख्नेछ।

1 बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल
  • Share
      message-button
      बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल

      काठमाडौं। बीवाईडी २०२५ फर्च�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

29/Jul/2025
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम...

पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र लुम्बिनीलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यसैगरी, आज राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

3 कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • Share
      message-button
      कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      काठमाडौँ। हाल देशभर मनसुनी व�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

05/Jun/2025
आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्रालाई कति रुपैयाँ पर्ला ?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा रहेकाे छ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६७ रुपैयाँ २६ पैसा रहेकाे छ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८९ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३ पैसा र बिक्रीदर १०० रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा रहेकाे।

यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा रहेकाे छ।

त्यसैगरी, थाई भाट एकको खरिददर ४ रुपैयाँ १९ पैसा र बिक्रीदर ४ रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा तोकिएको छ, यस्तै, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ४ पैसा र बिक्रीदर १० रुपैयाँ ९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ३ पैसा रहेकाे छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ४४ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

3 आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्रालाई कति रुपैयाँ पर्ला ?
  • Share
      message-button
      आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्रालाई कति रुपैयाँ पर्ला ?

      काठमाडौँ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

12/May/2025
९ महिनामा ३२ अर्ब रुपैयाँ घरजग्गा कर्जा प्रवाह, रियल स्टेट क्षेत्रमा लगानी वृद्धिको संकेत

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा ३१ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

साउनदेखि चैतसम्म ९ महिनाको...

अवधिमा २० अर्ब १२ करोड व्यक्तिगत आवासीय घरकर्जा र ११ अर्ब १९ करोड रुपैयाँ रियल इस्टेट कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

हालसम्म (०८१ चैतसम्म) घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जाको कुल आकार ६ खर्ब ८७ अर्ब दुई करोड रुपैयाँ पुगेको छ। जसमध्ये ४ खर्ब ७ अर्ब १४ करोड रुपैयाँ व्यक्तिगत आवासीय घरकर्जा र दुई खर्ब ७९ अर्ब ८८ करोड रियल इस्टेट शिर्षक अन्तर्गतको कर्जा रहेको छ।

चालु आ.व.को ९ महिनामा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढे पनि गत वर्षको सोही अवधिको तुलनामा भने कर्जाको वृद्धिदर घटेको छ।

गत आ.व.को यसै अवधिमा व्यक्तिगत आवासीय घरकर्जा ३८ करोड र रियल इस्टेट कर्जा दुई अर्ब ७६ करोड गरी कुल ४१ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। रियल इस्टेट शिर्षकको कर्जा भने गत वर्षको तुलनामा यस वर्ष धेरै प्रवाह भएको छ।

गत आवको ९ महिनामा २ अर्ब ७६ करोड रियल इस्टेट कर्जा प्रवाह भएकोमा चालु आ.व.को सोही अवधिमा ११ अर्ब १९ करोड प्रवाह भएको जनाइएको छ।

5 ९ महिनामा ३२ अर्ब रुपैयाँ घरजग्गा कर्जा प्रवाह, रियल स्टेट क्षेत्रमा लगानी वृद्धिको संकेत
  • Share
      message-button
      ९ महिनामा ३२ अर्ब रुपैयाँ घरजग्गा कर्जा प्रवाह, रियल स्टेट क्षेत्रमा लगानी वृद्धिको संकेत

      काठमाडौँ। चालु आर्थिक वर्षक�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

26/Jun/2025
डलर साट्दै हुनुहुन्छ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र...

बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।

अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६० रुपैयाँ १८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ १० पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७ पैसा र बिक्रीदर १०० रुपैयाँ ५१ पैसा, सिंगापुर डलर एकको खरिददर १०७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७९ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा रहेको छ।

त्यस्तै, थाई भाट एकको खरिददर ४ रुपैयाँ २१ पैसा र बिक्रीदर ४ रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४ रुपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३८ पैसा र बिक्रीदर २१ रुपैयाँ ४८ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

11 डलर साट्दै हुनुहुन्छ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
  • Share
      message-button
      डलर साट्दै हुनुहुन्छ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

23/May/2025
आजको मौसम: मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । आज देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण अधिकांश प्रदेशहरूमा आंशिकदेखि सामान्य...

बदली रहनेछ। विशेषगरी कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

काठमाडौं उपत्यकामा आंशिकदेखि सामान्य बदली रहनेछ। दिउँसो र साँझतिर मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ। अधिकतम तापक्रम २६°C र न्यूनतम तापक्रम १७°C रहने अनुमान गरिएको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ ।

5 आजको मौसम: मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
  • Share
      message-button
      आजको मौसम: मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

      काठमाडौँ । आज देशभर पश्चिमी र

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

16/Jul/2025
हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ। हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ।

बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ...

जारी गरेको हो। जसअनुसार बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ। बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागेको हो।

यसमा बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। उक्त एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। एफपीओ निष्कासन छिटोमा साउन ४ गते हुनेछ। सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि साउन १४ गतेसम्म लम्बिने जनाइएको छ।

3 हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने
  • Share
      message-button
      हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

        काठमाडौँ। हिमालयन बैंक ल

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

12/Jun/2025
घट्यो अमेरिकी डलर, युरो र पाउन्डको भाउ, हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ पैसा रहेको छ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा रहेको छ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ २ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १० पैसा र बिक्रीदर १८४ रुपैयाँ ९१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६५ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०० रुपैयाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ११ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५७ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा रहेको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ १८ पैसा र बिक्रीदर ४ रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २० पैसा र बिक्रीदर १४ रुपैयाँ २६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९२ पैसा र बिक्रीदर २१ रुपैयाँ १ पैसा रहेको छ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ १ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ६० पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५६ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

3 घट्यो अमेरिकी डलर, युरो र पाउन्डको भाउ, हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
  • Share
      message-button
      घट्यो अमेरिकी डलर, युरो र पाउन्डको भाउ, हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

      काठमाडौँ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

17/May/2025
चीनमा नेपाललाई वर्ष २०२५ को लोकप्रिय सांस्कृतिक गन्तव्य घोषणा

काठमाडौँ । नेपाललाई चीनको गुआंगझोमा सम्पन्न गुआंगझो अन्तर्राष्ट्रिय पर्यटन मेला जीआईटीएफ-२०२५ मा “वर्ष २०२५ को सबैभन्दा लोकप्रिय सांस्कृतिक पर्यटन गन्तव्य” को उपाधि प्रदान गरिएको छ ।

सांस्कृतिक...

प्रस्तुतिबाट प्रभाव पार्दै नेपालले चिनियाँ पर्यटन बजारमा गहिरो छाप छोडेको हो ।

नेपाल पर्यटन बोर्डको नेतृत्वमा, वरिष्ठ निर्देशक सन्तोष पन्त र वरिष्ठ अधिकृत रविन रेग्मी सहितको टोलीले मे १५ देखि १७ सम्म आयोजित मेलामा सहभागी भई नेपालको विविध गन्तव्य, सांस्कृतिक धरोहर, साहसिक पर्यटन, र दिगो विकास अवधारणा प्रस्तुत गरे ।

वरिष्ठ निर्देशक पन्तले भने, "चीन हाम्रो लागि महत्वपूर्ण स्रोत बजार हो। जीआईटीएफ–२०२५ मा नेपालको सहभागिताले संस्कृति, साहसिकता र प्राकृतिक सौन्दर्यको अद्वितीय मिश्रण चिनियाँ दर्शकमाझ प्रभावकारी रूपमा पुर्‍याउन सकेको छ।"

मेलामा नेपाली प्याभिलियनले विश्वविख्यात पदयात्रा मार्ग, युनेस्को सूचीमा परेका सम्पदा, धार्मिक र ग्रामीण पर्यटन अनुभवहरूलाई विशेषरूपमा प्रदर्शन गर्‍यो । सांस्कृतिक नृत्य, बीटुबी व्यापार बैठकहरू र जानकारीमूलक सत्रहरू पनि आयोजना गरिएका छन् ।

नेपालले मेलाका दौरान “नेपाल गन्तव्य सेमिनार” आयोजना गरी चिनियाँ टुर अपरेटर, एशियाली देशका पर्यटन व्यवसायीहरू र सञ्चारकर्मीहरूलाई नेपालको साहसिक र सांस्कृतिक विविधता चिनाउने अवसर बनायो ।

वरिष्ठ अधिकृत रेग्मीले भने, “नेपाललाई एकपटक अवश्य भ्रमण गर्नुपर्ने गन्तव्य बनाउने हाम्रो प्रयासमा जीआटीएफ जस्तो प्लेटफर्म अत्यन्त उपयोगी छ ।” नेपालले यसपटक “दिगो आउटबाउन्ड पर्यटनतर्फको मार्ग” शीर्षकको प्यानल छलफलमा पनि सहभागिता जनायो ।

प्यानलमा युरोप–चीन आयोगका उपमहासचिव डा. पिटर जेंग, श्रीलंका पर्यटन प्रवर्द्धन बोर्डका उपनिर्देशक चिन्थाका लियानाराची, र एनटीबीका वरिष्ठ निर्देशक सन्तोष पन्त सहभागी थिए । छलफलमा चिनियाँ पर्यटक लक्षित रणनीति, प्रवर्द्धन कार्यक्रम, ओभर टुरिज्मका चुनौती र दिगोपनमाथि विस्तृत छलफल गरियो ।

नेपालबाट सहभागी १० निजी क्षेत्रका कम्पनीहरू — नेपाल सोसल ट्रेक्स, माउन्टेन टाइगर नेपाल, नेपाल बिग माउन्टेन ट्राभल, जुगल होलिडेज, पर्ल होलिडेज, ड्र्यागन होलिडेज, एसियन एड्भेन्चर, नस्याना टूर्स सेवा, शुआंग कि टूर्स, र क्यान्टन इन्टरनेशनल ट्राभलले लक्जरी, साहसिक र सांस्कृतिक प्याकेजहरू प्रस्तुत गरे ।

बोर्डले चिनियाँ बजारको आवश्यकता अनुसार नयाँ यात्रा योजना, पूर्वाधार र सेवा सुविधासहितको प्रस्तुत गरेको थियो ।

नेपालको सहभागिता चिनियाँ समुदायसँगको रणनीतिक पर्यटन साझेदारीको सशक्त आधारका रूपमा स्थापित भएको छ ।

पर्यटन बोर्ड र निजी क्षेत्रको सहकार्यमा गरिएको यो पहलले नेपालको दीर्घकालीन पर्यटन प्रवर्द्धन अभियानलाई थप गति दिने विश्वास गरिएको छ ।

3 चीनमा नेपाललाई वर्ष २०२५ को लोकप्रिय सांस्कृतिक गन्तव्य घोषणा
  • Share
      message-button
      चीनमा नेपाललाई वर्ष २०२५ को लोकप्रिय सांस्कृतिक गन्तव्य घोषणा

      काठमाडौँ ।  नेपाललाई चीनको �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

22/May/2025
आजको सुन-चाँदी अपडेट: सुन महँगियो, चाँदी स्थिर

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फाइन गोल्ड (9999 शुद्धता) को मूल्य प्रति तोला रु १,९१,५०० मा कारोबार भइरहेको छ। हिजोको तुलनामा मूल्यमा सामान्य वृद्धि...

देखिएको छ, जसले लगानीकर्ताको ध्यान पुनः सुनतर्फ आकर्षित गराएको छ।

त्यस्तै, चाँदीको मूल्य प्रति तोला रु २,०२५ मा कायम रहेको छ। पछिल्लो केही दिनयता स्थिर देखिएको चाँदीको बजारमा पनि विस्तारै चहलपहल बढ्न थालेको व्यवसायीहरूको भनाइ छ।

बजार विश्लेषकहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको माग उच्च भइरहेका बेला नेपालमा पनि सुनको मूल्यमा उकालो देखिनु स्वाभाविक हो। लगानीकर्ताहरूले सुरक्षित लगानीको माध्यमका रूपमा सुन रोज्ने गरेको कारण मूल्यमा उतारचढाव आउने गरेको छ।

बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर सुनमा लगानी गर्ने प्रवृत्ति बढ्दो छ, जसले बजारमा थप चाप सिर्जना गर्न सक्ने सम्भावना रहेको विश्लेषण गरिन्छ।

4 आजको सुन-चाँदी अपडेट: सुन महँगियो, चाँदी स्थिर
  • Share
      message-button
      आजको सुन-चाँदी अपडेट: सुन महँगियो, चाँदी स्थिर

      काठमाडौं। नेपाल सुनचाँदी व्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

30/May/2025
नयाँ बजेटले अटोमोवाइल व्यवसायको माग समेट्यो, नाडाको उत्साहजनक प्रतिक्रिया

काठमाडौं । नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील र प्रतिस्पर्धात्मक बनाउन सरकारको तर्फबाट विभिन्न नीतिगत निर्णयहरु आएका छन्। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले समयसमयमा नेपाल सरकारका मन्त्रालय र...

विभागहरुसँग नीति र सल्लाह सम्बन्धी सुझावहरु दिएको थियो।

आर्थिक वर्ष २०८२/०८३ को बजेटले नाडाको यस्ता नीतिगत सुझावहरुलाई समेटेर व्यवसायमैत्री नीति ल्याएको छ। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आज एक विज्ञप्ति जारी गर्दै उक्त बजेटप्रति हार्दिक आभार व्यक्त गरेको छ।

नाडाका अनुसार यो बजेटले नेपालको अटोमोवाइल क्षेत्रको वर्षौंदेखिको माग र आवाजलाई सम्बोधन गरेको छ। यसले उद्यमी र व्यवसायीहरुलाई मात्र प्रोत्साहन नगरेर नेपालकै अर्थतन्त्रलाई समेत चलायमान बनाउने विश्वास नाडाले व्यक्त गरेको छ।

नाडाले आगामी मौद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा व्यक्त गर्दै, बजेटमार्फत नाडाको आवाजलाई सम्बोधन गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएको छ।

7 नयाँ बजेटले अटोमोवाइल व्यवसायको माग समेट्यो, नाडाको उत्साहजनक प्रतिक्रिया
  • Share
      message-button
      नयाँ बजेटले अटोमोवाइल व्यवसायको माग समेट्यो, नाडाको उत्साहजनक प्रतिक्रिया

      काठमाडौं । नेपालको अटोमोवाइ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

18/Jun/2025
नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा, चाँदीमा पनि देखियो वृद्धि

काठमाडौं। नेपाली सुनचाँदी बजारमा आज फाइन गोल्ड (९९९९) को मूल्य प्रतितोला १,९५,९०० रुपैयाँ पुगेको छ। हिजोको तुलनामा सुनको मूल्य ९०० रुपैयाँले वृद्धि भएको छ, जुन पछिल्ला...

केही साताका लागि उच्च वृद्धिका रूपमा हेरिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भएको वृद्धिसँगै अमेरिकी डलरको भाउमा आएको सामान्य घटबढका कारण नेपाली बजारमा समेत सुनको मूल्य उच्च देखिएको हो।

त्यस्तै, चाँदीको मूल्य बढेर प्रतितोला २,२२५ रुपैयाँ कायम भएको छ। पछिल्लो केही दिनयता चाँदीको मूल्यमा पनि उल्लेखनीय परिवर्तन देखिएको छ। यद्यपि अन्तर्राष्ट्रिय बजारमा चाँदीको मागमा सामान्य सुधार देखिए पनि त्यसको असर अहिलेसम्म नेपाली बजारमा परेको छैन।

बढ्दो सुनको मूल्यका कारण गहना किन्ने उपभोक्ताहरूले प्रतिक्षा गर्ने रणनीति लिएको सुन व्यवसायीहरूको भनाइ छ। अर्कोतर्फ, लगानीकर्ताहरू भने सुनलाई सुरक्षित विकल्पको रूपमा हेर्दै बजार प्रवेश गरिरहेका छन्। चाँदीको मूल्य यथावत रहँदा दैनिक प्रयोगका सामग्री तथा साना गहनाको बिक्रीमा कुनै खास प्रभाव नपरेको व्यवसायीहरू बताउँछन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आगामी दिनमा समेत अन्तर्राष्ट्रिय बजार, अमेरिकी डलरको भाउ तथा आपूर्तिको अवस्थाका आधारमा सुनचाँदीको मूल्यमा थप उतारचढाव आउन सक्नेछ।

12 नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा, चाँदीमा पनि देखियो वृद्धि
  • Share
      message-button
      नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा, चाँदीमा पनि देखियो वृद्धि

      काठमाडौं। नेपाली सुनचाँदी ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

18/May/2025
आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा पश्चिमी वायु, स्थानीय वायु, र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव छ। आज कोशी,...

बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा मौसम आंशिक बदलीदेखि मुख्य रूपमा सफा रहनेछ।

काठमाडौंमा आज अधिकतम तापमान २५ डिग्री सेल्सियस र न्यूनतम १७ डिग्री सेल्सियस रहने अनुमान छ। उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्छ। मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका मौसम दिउँसो तातो रहेपनि केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

3 आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना
  • Share
      message-button
      आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

      काठमाडौं । जल तथा मौसम विज्ञा

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

30/May/2025
आज कुन विदेशी मुद्रालाई कति पर्ला?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसर, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा...

रहेको छ।

अमेरिकी डलरको भाउ भने बढेको छ। यसअघि एकको खरिददर १३६ रुपैयाँ २८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा कायम गरिएको अमेरिकी डलरको भाउ आज बढेर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा रहेको।

त्यस्तै, युरोपियन युरोको भाउ भने घटेको छ। यसअघि एकको खरिददर १५४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५५ रुपैयाँ रहेको युरोपियन युरोलाई आज युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७५ पैसा रहेको छ।

त्यसैगरी, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६८ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७० पैसा र बिक्रीदर ९९ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३० पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा रहेको छ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ १७ पैसा र बिक्रीदर ४ रुपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६६ पैसा र बिक्रीदर २० रुपैयाँ ७५ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५६ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

5 आज कुन विदेशी मुद्रालाई कति पर्ला?
  • Share
      message-button
      आज कुन विदेशी मुद्रालाई कति पर्ला?

      काठमाडौँ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

23/Jul/2025
देशभर सक्रिय मनसुन : आज कहाँ-कहाँ भारी वर्षाको सम्भावना ?

काठमाडौं, श्रावण ७ । देशभर हाल मनसुनी वायूको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सामान्यतया नेपाल नजिकै रही पश्चिमतर्फ सामान्यभन्दा केही दक्षिणतिर रहेको जल...

तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान देशका अधिकांश पहाडी र मध्य तथा पश्चिमी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भएको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेस प्रदेशमा पनि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

रातिको समयमा समेत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहने सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भेगहरूमा बादल र हल्का वर्षाको सम्भावना कायमै रहेको छ।

अत्यधिक वर्षाको कारण बाढी, पहिरो तथा भू-क्षयको जोखिम रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। तराईका केही स्थानहरूमा अस्थायी डुबानको सम्भावना समेत रहन सक्ने भएकाले नदी किनारका वस्तीहरूमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

4 देशभर सक्रिय मनसुन : आज कहाँ-कहाँ भारी वर्षाको सम्भावना ?
  • Share
      message-button
      देशभर सक्रिय मनसुन : आज कहाँ-कहाँ भारी वर्षाको सम्भावना ?

      काठमाडौं, श्रावण ७ । देशभर हा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

19/Jul/2025
आज शनिबारको विदेशी मुद्रा दर: अमेरिकी डलर र बेलायती पाउन्ड स्थिर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अनुसार, अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८...

रुपैयाँ १४ पैसा रहेको छ भने भारतीय रुपैयाँ (१००) एकैगरी १६० रुपैयाँ खरिद र १६० रुपैयाँ १५ पैसा बिक्रीमा रहेको छ ।

यूरो एकको खरिददर १६० रुपैयाँ १३ पैसा र बिक्रीदर १६० रुपैयाँ ८३ पैसा, बेलायती पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा कायम भएको छ ।

त्यस्तै, स्विस फ्राङ्कको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा, अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा रहेको छ ।

क्यानाडाली डलरको खरिद १०० रुपैयाँ २३ पैसा र बिक्री १०० रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर खरिद १०७ रुपैयाँ १८ पैसा र बिक्री १०७ रुपैयाँ ६४ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ २६ पैसा, बिक्रीदर ९ रुपैयाँ ३० पैसा; चिनियाँ युआन एकको खरिद १९ रुपैयाँ १६ पैसा र बिक्री १९ रुपैयाँ २५ पैसा रहेको छ ।

साथै, साउदी रियाल ३६ रुपैयाँ ६७ पैसा खरिद र ३६ रुपैयाँ ८३ पैसा बिक्री, कतारी रियाल ३७ रुपैयाँ ७३ पैसा खरिद र ३७ रुपैयाँ ९० पैसा बिक्रीमा छ भने यूएई दिराम ३७ रुपैयाँ ४५ पैसा खरिद र ३७ रुपैयाँ ६१ पैसा बिक्री भएको छ।

नेपाली बजारका अधिकांश महत्वपूर्ण मुद्राको आजको विनिमय दर स्थिर रहँदा, केही मुद्रामा स–साना उतारचढाव देखिएको छ। व्यवसायिक व्यापारी र भिसा सेवाग्राहीले गर्दा नजीकको बैंक वा विदेशी मुद्रा कार्यालयमा साप्ताहिक दरसमेत हेर्न सक्नेछन्।

3 आज शनिबारको विदेशी मुद्रा दर: अमेरिकी डलर र बेलायती पाउन्ड स्थिर
  • Share
      message-button
      आज शनिबारको विदेशी मुद्रा दर: अमेरिकी डलर र बेलायती पाउन्ड स्थिर

      काठमाडौँ । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

12/May/2025
काठमाडौँमा सम्पन्न युनियनपे नेपाल फिनटेक फेस्टिवल २०२५, नेपाल फिनटेक क्षेत्रलाई विश्व मञ्चमा उभ्याउने प्रयास

काठमाडौँ । नेपालमा पहिलोपटक आयोजित ‘युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौँ फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा आयोजना गरिएको उक्त महोत्सवले नेपाललाई विश्व...

फिनटेक मञ्चमा उभ्याउने प्रयास गरेको आयोजकले बताएका छन्।

गत बिहीबार सम्पन्न कार्यक्रमले नेपालको फिनटेक उद्योगलाई रणनीतिक संवाद, प्रविधि प्रदर्शनी र डिजिटल वित्तीय रूपान्तरणतर्फ उन्मुख गराउने उद्देश्य राखिएको थियो। कार्यक्रममा करिब ४ सय अन्तर्राष्ट्रिय तथा राष्ट्रिय वित्तीय संस्था, प्रविधि कम्पनी, नियामक निकाय तथा फिनटेक नेताहरुको सहभागिता रहेको थियो।

नेपाल फिनटेक फेस्टिवलको अवधारणा काठमाडौँ फिनटेकका संस्थापक संजिव सुव्बाले ल्याएका हुन्। कार्यक्रममा नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई डिजिटल भुक्तानी विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो।

सिंगापुरस्थित डीबीएस बैंकका पूर्वचिफ इनोभेशन अफिसर नील क्रस, भारत स्थित सूर्योदय स्मल फाइनान्स बैंकका बोर्ड सदस्य दीपक शर्मासहित विभिन्न अन्तर्राष्ट्रिय फिनटेक नेतृत्वकर्ताहरुले फिनटेकमा नविनतम प्रविधि, साझेदारी रणनीति र एआईको भूमिकाबारे प्यानल छलफलमा सहभागिता जनाएका थिए।

युनियनपे साउथ एशिया ब्रान्चका प्रमुख बिङहान हूले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग कार्ड इशुएन्स सम्झौता गरेका थिए। साथै, एनएमबि बैंक, नबिल बैंक, मुक्तिनाथ विकास बैंक, ग्लोबल आइएमई बैंकका सीईओ र उपप्रमुखहरुले समेत कार्यक्रमलाई सम्बोधन गरेका थिए।

यस कार्यक्रमलाई नेपाल क्लियरिङ हाउसले प्रायोजन गरेको थियो भने, विभिन्न अन्तर्राष्ट्रिय फिनटेक संस्थाहरुको सहकार्यमा आयोजना गरिएको थियो। आयोजक संस्थाका अनुसार नेपाल फिनटेक फेस्टिवल २०२५ ले नेपाललाई दक्षिण एसियाली फिनटेक संवादको केन्द्र बनाउने दिशामा नयाँ ढोका खोलेको छ।

3 काठमाडौँमा सम्पन्न युनियनपे नेपाल फिनटेक फेस्टिवल २०२५, नेपाल फिनटेक क्षेत्रलाई विश्व मञ्चमा उभ्याउने प्रयास
  • Share
      message-button
      काठमाडौँमा सम्पन्न युनियनपे नेपाल फिनटेक फेस्टिवल २०२५, नेपाल फिनटेक क्षेत्रलाई विश्व मञ्चमा उभ्याउने प्रयास

      काठमाडौँ । नेपालमा पहिलोपटक �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

13/Jul/2025
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (हेर्नुहोस सूचिसहित)

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ...

१५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ २० पैसा र बिक्रीदर १८६ रुपैयाँ १ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा रहेको छ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २१ पैसा र बिक्रीदर ९० रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६ पैसा र बिक्रीदर १०० रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५० पैसा,जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा रहेको छ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ २२ पैसा र बिक्रीदर ४ रुपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ १ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४६ पैसा र बिक्रीदर २१ रुपैयाँ ५५ पैसा रहेको छ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ २४ पैसा र बिक्रीदर ४५० रुपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

3 यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (हेर्नुहोस सूचिसहित)
  • Share
      message-button
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (हेर्नुहोस सूचिसहित)

      काठमाडौँ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

26/Jun/2025
नेपालमै पहिलोपटक: आइएमई ग्रुपद्वारा डेढ अर्बको लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालन, आयात प्रतिस्थापन र रोजगारीमा ठूलो योगदान

काठमाडौं । नेपालमा निर्माण सामग्री उत्पादनको क्षेत्रमा नयाँ युगको शुरुवात गर्दै आइएमई ग्रुपले डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना गरेको ‘एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग’ आजदेखि सञ्चालनमा...

आएको छ।

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित यो अत्याधुनिक उद्योगको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक विशेष समारोहबीच गरे। उनले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र पूर्ण अटोमेटेड प्रणालीमा आधारित निर्माण सामग्री उत्पादन हुने यस्तो उद्योगको स्थापना नेपालका लागि औद्योगिक उन्नतिका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका संस्थापक चन्द्र प्रसाद ढकालले यो उद्योगले आयात प्रतिस्थापनसँगै निर्माण क्षेत्रमा आत्मनिर्भरता र रोजगारी प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले स्वदेशी स्रोत, सीप र प्रविधिको प्रयोगमार्फत नेपालमै अन्तर्राष्ट्रिय स्तरको उत्पादन सम्भव भएको तथ्यसमेत औंल्याए।

पूर्णतः अटोमेटेड प्रणालीमा सञ्चालन हुने यस उद्योगमा दैनिक ७५ हजार स्क्वायर फिट फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने क्षमता छ। ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएम मोटाइसम्म उपलब्ध यी बोर्डहरू अग्नि–प्रतिरोधी, जल–विरुद्ध प्रतिरोधी, वातावरणमैत्री र दीर्घकालीन टिकाउपनयुक्त छन्।

यी बोर्डहरूको प्रयोग भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचनदेखि आपत्कालीन संरचना निर्माणसम्म विभिन्न प्रयोजनमा सहज रूपमा गर्न सकिन्छ। निर्माणमा इँटा र प्लास्टरको विकल्पका रूपमा समेत उपयोग गर्न सकिने भएकाले समय, लागत र दक्षतामा उच्च प्रभाव पार्ने विश्वास गरिएको छ।

उद्योगमा हाल २०० जना प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न छन्, जसमा ९८% स्थानीय जनशक्ति र ४०% महिला सहभागिता रहेको कम्पनीले जनाएको छ। एभरेष्ट फाइबर सिमेन्ट बोर्डले निकट भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उत्पादन निर्यात गर्ने योजना बनाएको छ।

21 नेपालमै पहिलोपटक: आइएमई ग्रुपद्वारा डेढ अर्बको लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालन, आयात प्रतिस्थापन र रोजगारीमा ठूलो योगदान
  • Share
      message-button
      नेपालमै पहिलोपटक: आइएमई ग्रुपद्वारा डेढ अर्बको लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालन, आयात प्रतिस्थापन र रोजगारीमा ठूलो योगदान

      काठमाडौं । नेपालमा निर्माण स�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

29/Jun/2025
मनसुन सक्रिय : गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका साथै देशका अन्य पहाडी...

भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना रहेको जानकारी महाशाखाले दिएको छ।

महाशाखाले आगामी २४ घण्टाको लागि जारी गरेको चेतावनी अनुसार, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै प्रदेशहरूका थोरै र अन्य पहाडी भेगका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

भारी वर्षाका कारण नदीहरूको जलस्तरमा वृद्धि, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता सम्भावित प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, यातायात र दैनिक जनजीवनमा असुविधा वा जोखिम हुनसक्ने मौसमविद्‌हरूले बताएका छन्।

5 मनसुन सक्रिय : गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
  • Share
      message-button
      मनसुन सक्रिय : गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

      काठमाडौं। हाल देशभर मनसुनी व�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

23/May/2025
स्टेलान्टिसको नेपालमा दोश्रो डिलरशिप उद्घाटन: सिट्रोएन, लिप मोटर र प्यूजो अब एउटै छानामुनि

काठमाडौं | दक्षिण एसियामा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिक योजना अन्तर्गत, विश्वप्रसिद्ध अटो कम्पनी स्टेलान्टिसले नेपालमा आफ्नो दोश्रो डिलरशिपको उद्घाटन गरेको छ। यो नयाँ डिलरशिप गोल्छा...

अर्गनाइजेशन अन्तर्गतको सहायक कम्पनी साङ्ग्रिला मोटर्स प्रा. लि. द्वारा काठमाडौँको उत्तरढोकामा सञ्चालनमा आएको हो।

नयाँ शोरुममा सिट्रोएन, लिप मोटर र प्यूजो ब्रान्डका गाडीहरू एउटै छानामुनि उपलब्ध छन्, जसले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय सेवा र सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

डिलरशिपको उद्घाटन समारोहमा स्टेलान्टिस इन्डियाका सीईओ शैलेश हजेला, साङ्ग्रिला मोटर्सका एमडी हेमन्त गोल्छा र नेपालस्थित फ्रान्सकी राजदूत महामहिम भर्जिनी कोर्तेवालको विशेष उपस्थिति रहेको थियो।

सो अवसरमा हजेलाले भने, “नेपाल हाम्रो लागि रणनीतिक बजार हो। हामी नेपाली ग्राहकलाई प्रविधि सम्पन्न र दिगो मोबिलिटी समाधान उपलब्ध गराउन प्रतिबद्ध छौं।” गोल्छाले पनि “सिट्रोएन, लिप मोटर र प्यूजो एउटै स्थानमा प्रस्तुत गर्नु हाम्रो लगनशील प्रयासको निरन्तरता हो,” भन्दै उच्च ग्राहक सन्तुष्टिको अपेक्षा व्यक्त गरे।

साङ्ग्रिला मोटर्स, गोल्छा समूहको पाँच दशकको अनुभवमा स्थापित कम्पनी हो, जसले नेपालमा विद्युतीय र नवप्रवर्तनशील गाडी प्रवर्द्धनमा अग्रसर भूमिका खेल्दै आएको छ। स्टेलान्टिस ब्राण्डहरूको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ताका रूपमा, कम्पनीले भविष्यमा अझ प्रिमियम र पर्यावरणमैत्री सवारीसाधन बजारमा ल्याउने प्रतिवद्धता जनाएको छ।

3 स्टेलान्टिसको नेपालमा दोश्रो डिलरशिप उद्घाटन: सिट्रोएन, लिप मोटर र प्यूजो अब एउटै छानामुनि
  • Share
      message-button
      स्टेलान्टिसको नेपालमा दोश्रो डिलरशिप उद्घाटन: सिट्रोएन, लिप मोटर र प्यूजो अब एउटै छानामुनि

      काठमाडौं | दक्षिण एसियामा आफ्

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

19/Jun/2025
सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, असार २५ गते साधारणसभा बोलाउने

काठमाडौँ। सिम्रिक एयर लिमिटेडले आफ्ना सेयरधनीहरूलाई बोनस सेयर वितरण र प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित आगामी असार २५ गते वार्षिक साधारणसभा बोलाएको छ।...

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव सभामा पेश गर्ने निर्णय गरेको हो।

सिम्रिक एयरले पुँजी विस्तार तथा वित्तीय अवस्था सुदृढ बनाउन प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गरेको छ। यससँगै कम्पनीले चुक्ता पुँजी वृद्धि गर्ने उद्देश्यले बोनस सेयर वितरणको प्रस्ताव पनि उक्त साधारणसभामा प्रस्तुत गर्ने भएको छ। कम्पनीको हालको वित्तीय स्थिति र बजार मागलाई ध्यानमा राखेर यो निर्णय लिइएको बताइएको छ।

हाल हेलिकोप्टर सेवा प्रदान गर्दै आएको सिम्रिक एयर लिमिटेडले नेपालको दुर्गम तथा पर्यटन सम्भावित क्षेत्रमा उडान भरेर सेवा दिँदै आएको छ। कम्पनीले आगामी दिनमा सेवा विस्तार गर्दै नयाँ हेलिकोप्टर थप्ने योजनासमेत अघि सारेको छ।

कम्पनीका अनुसार साधारणसभामा प्रिमियम मूल्य निर्धारण, बोनस सेयरको प्रतिशत, तथा आगामी आर्थिक वर्षका योजना र नीति सम्बन्धी विषयमा छलफल गरिनेछ। साथै, कम्पनीले सेयरधनीहरूको सुझाव तथा प्रश्नहरूको पनि जवाफ दिने तयारी गरेको छ।

सिम्रिक एयरले आईपीओ निष्कासन र बोनस सेयरमार्फत संस्थागत क्षमता वृद्धि गर्दै नयाँ लगानीकर्तालाई समेत आकर्षित गर्ने लक्ष्य लिएको छ। यसले कम्पनीको पूँजी संरचना थप मजबुत भई प्रतिस्पर्धी क्षमतामा समेत वृद्धि हुने विश्वास गरिएको छ।

15 सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, असार २५ गते साधारणसभा बोलाउने
  • Share
      message-button
      सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, असार २५ गते साधारणसभा बोलाउने

      काठमाडौँ। सिम्रिक एयर लिमिट�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

19/Jun/2025
युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौँ। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ०.५२६३...

प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।

9 युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा
  • Share
      message-button
      युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

      काठमाडौँ। यूनाइटेड अजोड इन्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

29/Jun/2025
विदेशी मुद्राको विनिमय दर सार्वजनिक - डलर घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले असार १५ गते (आज) नेपाली बजारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । सार्वजनिक गरिएको नयाँ विनिमय दर अनुसार अमेरिकी डलर...

(USD) को किन्न दर रु १३६.४७ र बेच्ने दर रु १३७.०७ कायम गरिएको छ ।

त्यस्तै, युरो (EUR) को किन्न दर रु १५९.९० र बेच्ने दर रु १६०.६०, बेलायती पाउण्ड स्टर्लिङ (GBP) किन्न रु १८७.३९ र बेच्ने रु १८८.२२ रहेको छ । स्विस फ्र्याङ्क (CHF) किन्न रु १७०.९०/बिक्री रु १७१.६५, अस्ट्रेलियन डलर (AUD) रु ८९.२०/८९.६०, क्यानाडाली डलर (CAD) रु ९९.९७/१००.४१ मा प्रतिस्थापित भएको छ ।

सिङ्गापुर डलर (SGD) को किन्न दर रु १०६.९९ र बेच्ने रु १०७.४६, जापानी येन (JPY) (१० युनिट) किन्न रु ९.४४/बेच्ने रु ९.४८, चिनियाँ युआन (CNY) किन्न रु १९.०३/बेच्ने रु १९.११ राखिएको छ ।

यस्तै, साउदी रियाल (SAR) किन्न रु ३६.३९/बेच्ने रु ३६.५५ , कतारी रियाल (QAR) रु ३७.३४/३७.५०, थाइ भाट (THB) रु ४.१८/४.२०, युएई दिराम (AED) रु ३७.१६/३७.३२, मलेसियन रिङ्गेट (MYR) रु ३२.२७/३२.४१, दक्षिण कोरियन वन (KRW) (१०० युनिट) रु १०.०३/१०.०८, स्विडिश क्रोना (SEK) रु १४.४०/१४.४६, डेनिश क्रोना (DKK) रु २१.४३/२१.५३, होङकङ डलर (HKD) रु १७.३८/१७.४६, कुवैती दिनार (KWD) रु ४४६.२२/४४८.१८, बहराइनी दिनार (BHD) रु ३६१.७५/३६३.३४, र ओमन रियाल (OMR) रु ३५४.४५/३५६.०१ कायम गरिएको छ ।

6 विदेशी मुद्राको विनिमय दर सार्वजनिक - डलर घट्यो
  • Share
      message-button
      विदेशी मुद्राको विनिमय दर सार्वजनिक - डलर घट्यो

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

17/Jul/2025
आइएमई पे र खल्तीको एकीकृत सेवा ‘खल्ती बाइ आइएमई’ सञ्चालनमा

काठमाडौँ। आइएमई पे र खल्ती वालेट मर्ज भई आज अर्थात साउन १ गतेबाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरू भएको छ। यसरी एउटै एपमा समेटिएपछि...

साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन्।

यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ। यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने छ। यी दुई वालेट मर्जरमा जानु अघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए।

ब्याज दिने एक मात्र वालेटको रूपमा चिनिएको आइएमई पे रेमिटेन्स, इनड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्ना इनोभेटिभ फिचरहरूका कारण युवापुस्तामा धेरै रूचाइएको थियो।

अब यी दुवै वालेट मर्ज भएर आ–आफ्ना उत्कृष्ट सेवाहरूलाई अझ परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा प्रदान गर्नेछन्। साबिक आइएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आइएमई’ मा माइग्रेट हुने सुविधा उपलब्ध छ।

यस प्रक्रियामार्फत आइएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन्।खल्ती प्रयोगकर्ताहरूलेचाहिँ आफ्नो एप अपडेट गरी नयाँ अनुभव लिन सक्ने छन्।

आइएमई पे - आइएमई ग्रुप अन्तर्गत सञ्चालन हुँदै आएको थियो। अर्कोतर्फ, चार जना सह संस्थापकद्वारा स्थापना गरिएको खल्तीमा पछि वल्डलिंक, त्रिवेणी ग्रुप जस्ता कर्पोरेट लगानीकर्ताहरू आबद्ध भएका थिए।

आइएमई डिजिटल सोलुसन्सका अध्यक्ष कृष्ण प्रसाद शर्माले आइएमई पे र खल्ती बिचको मर्जरबाट बनेको आइएमई खल्ती लिमिटेडले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।

खल्तीका अध्यक्ष मनोज कुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि यो मर्जर ऐतिहासिक कदम भएको र आइएमई खल्ती लिमिटेडले देशभर वित्तीय पहुँचको नयाँ युग सुरू गर्ने बताएका छन्।

आइएमई खल्ती लिमिटेड का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजनाहरू रहेको जानकारी दिए।

दुवै कम्पनीले आज विशेष कार्यक्रम आयोजना गरि मर्जरको औपचारिक घोषणा समेत गर्ने छन्। आइएमई पे ले Digital Services ICT Award 2024, HRM Award for Corporate Excellence in the FinTech Category 2023 र Visa Leadership Conclave Nepal 2023 मा Excellence in Fintech Partnership Award प्राप्त गरेको थियो।

त्यस्तै, खल्तीले WITSA Global Innovation & Tech Excellence Awards 2022,२०२३ र २०२४ मा देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने सेवा प्रदायक (NCHL) बाट लगातार २ वर्ष र नेपाल राष्ट्र बैंकबाट डिजिटल कारोबारमा पुर्‍याएको योगदानको उच्च कदरस्वरूप सम्मान प्राप्त गरेको थियो।

3 आइएमई पे र खल्तीको एकीकृत सेवा ‘खल्ती बाइ आइएमई’ सञ्चालनमा
  • Share
      message-button
      आइएमई पे र खल्तीको एकीकृत सेवा ‘खल्ती बाइ आइएमई’ सञ्चालनमा

      काठमाडौँ। आइएमई पे र खल्ती वा

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

28/Jul/2025
महालक्ष्मी विकास बैंकको पोखरा शाखा कार्यालय स्थानान्तरण

काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण भएको छ। बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ६ हल्लनचोक स्थित रहेको शाखा कार्यालय आज अर्थात साउन...

११ गते आइतबार स्थानान्तरण गरेको गरेको छ।

बैंकको उक्त शाखा कार्यालय पोखरा महानगरपालिका वडा नं.६ स्थिति २०० मिटर दक्षिणतर्फ सेन्टर पोइन्ट लेकसाइड पोखरा स्थित अंशुभरा कम्प्लेक्समा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ कारोबार सञ्चालनमा आएको बैंकले जनाएको छ।

3 महालक्ष्मी विकास बैंकको पोखरा शाखा कार्यालय स्थानान्तरण
  • Share
      message-button
      महालक्ष्मी विकास बैंकको पोखरा शाखा कार्यालय स्थानान्तरण

      काठमाडौँ। महालक्ष्मी विकास �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

29/Jul/2025
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७८ पैसा र बिक्रीदर १०१ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०८ रुपैयाँ १९ पैसा, युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा रहेको छ।

यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ७० पैसा र बिक्रीदर १७३ रुपैयाँ ४५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६० पैसा र बिक्रीदर २१ रुपैयाँ ७० पैसा रहेको छ।

त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २९ पैसा र बिक्रीदर १९ रुपैयाँ ३७ पैसा, थाइभाट एकको खरिददर ४ रुपैयाँ २७ पैसा र बिक्रीदर ४ रुपैयाँ २९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा रहेको छ।

साथै, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ७० पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ पाँच पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ १२ पैसा कायम भएको छ।

कुवेती दिनार एकको खरिददर ४५३ रुपैयाँ २७ पैसा र बिक्रीदर ४५५ रुपैयाँ २४ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ९ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६० रुपैयाँ ९५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

3 यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
  • Share
      message-button
      यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

21/Jul/2025
साउनको पहिलो सोमबार : पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौँ। आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्त्व बोकेको दिन। बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको ठूलो घुइँचो लागेको छ। भगवान् शिवको आराधनाका लागि...

विशेष मानिने साउन महिनाको यो पहिलो सोमबारमा देशभरका शिवालयहरू ‘हर हर महादेव’को जयकारले गुञ्जायमान भएका छन्।

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै चारै ढोका खोलिएसँगै दर्शनार्थीहरूको लाम लाग्न सुरु भएको हो। हरियो, पहेँलो र रातो जस्ता शिवप्रिय रङका वस्त्रमा सजिएका भक्तजनहरू, हातमा पूजा सामग्री र बेलपत्र लिएर मन्दिर परिसरमा उपस्थित भएका छन्। विशेषगरी महिलाहरूले विधिपूर्वक व्रत बसेर शिवको पूजा–आराधना र जलाभिषेक गरेर मनोकामना पूरा हुने विश्वासका साथ दर्शनमा आएका छन्।

पशुपति क्षेत्र विकास कोषले भक्तजनको सुविधाका लागि विशेष व्यवस्था गरेको छ। कोषका अनुसार, दर्शनार्थीहरूले लाइनमा बसेको एक घण्टाभित्रै दर्शन गर्न सकिने गरी व्यवस्थापन गरिएको छ। मन्दिर परिसरमा स्वास्थ्य शिविर, शुद्ध खानेपानी र प्राथमिक उपचारको व्यवस्था पनि मिलाइएको छ, जसले गर्दा भक्तजनहरूले सहज र सुरक्षित रूपमा दर्शन गर्न पाएका छन्।

धार्मिक विश्वासअनुसार, साउन महिनामा भगवान् शिवको पूजा–आराधना र जलाभिषेक गर्नाले पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ। “साउनको सोमबारमा पशुपतिनाथको दर्शन गर्न पाउँदा मनमा शान्ति र आनन्दको अनुभूति हुन्छ,” एक दर्शनार्थीले बताए।

यस वर्ष साउन महिनामा चारवटा सोमबार र पाँचवटा शनिबार परेका छन्, जसले गर्दा पशुपति क्षेत्रमा भक्तजनको भीड थप बढ्ने अनुमान गरिएको छ। पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वरलगायत अन्य शिवालयहरूमा पनि दर्शनार्थीको उल्लेख्य उपस्थिति देखिएको छ।

3 साउनको पहिलो सोमबार : पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
  • Share
      message-button
      साउनको पहिलो सोमबार : पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

      काठमाडौँ। आज साउन महिनाको पह�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

26/Jun/2025
विन नेपाल लघुवित्तको कामु सीईओमा दिपेन्द्र खतिवडा नियुक्त

काठमाडौँ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपन्द्र खतिवडालाई नियुक्त गरिएको छ।

कम्पनी सञ्चालक समितिको असार ९ गते बसेको बैठकको निर्णयले...

खतिवडालाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओमा नियुक्त गरिएको हो।

12 विन नेपाल लघुवित्तको कामु सीईओमा दिपेन्द्र खतिवडा नियुक्त
  • Share
      message-button
      विन नेपाल लघुवित्तको कामु सीईओमा दिपेन्द्र खतिवडा नियुक्त

      काठमाडौँ। विन नेपाल लघुवित्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

09/May/2025
NADA Successfully Conducts Occupational Safety and Health (OSH) Training in Collaboration with ENSSURE Project

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर (ENSSURE) परियोजनासँगको सहकार्यमा मिति २०८२ वैशाख २४ र २५ गते व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (Occupational Safety and Health...

– OSH) सम्बन्धी दुईदिने तालिम कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न गरेको छ।

यो तालिम कार्यक्रम अटोमोबाइल वर्कशपहरूमा कार्यस्थलमा सुरक्षाको अवस्था, स्वास्थ्य र कल्याणका विषयमा चेतना अभिवृद्धि गर्दै व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको हो। तालिममा जोखिम व्यवस्थापन, कार्यस्थलमा हुने सम्भावित दुर्घटनाहरूको रोकथाम रणनीति र अटोमोबाइल क्षेत्रमा सुरक्षा संस्कृतिको विकास जस्ता महत्त्वपूर्ण विषयमा जानकारी दिइएको थियो।

तालिममा नाडाका १२ सदस्य कम्पनीहरूबाट २० जना सहभागी भएका थिए। तालिमका प्रशिक्षकका रूपमा नेपालका OSH विज्ञ दिनेशप्रसाद साहले प्रशिक्षण दिनुभएको थियो। नाडाले इन्स्योर परियोजनासँगको सहकार्यमा यो प्रकारको सुरक्षा तथा स्वास्थ्य तालिम पहिलोपटक आयोजना गरेको हो।

नाडाले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा तालिमहरू सञ्चालन गर्दै आएको छ। दुई वर्षदेखि इन्स्योर परियोजनासँगको सहकार्यमा निरन्तर तालिमहरू आयोजना हुँदै आएका छन्। यो कार्यक्रम नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेको हो।

तालिमको अन्तिम दिन नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल र इन्स्योर परियोजनाका डेपुटी टिम लिडर संजिव कुमार राईले सहभागी २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। समापन कार्यक्रममा नाडाका केन्द्रीय कार्यसमिति सदस्य प्रदीपमान प्रधान र इन्स्योरका निजी क्षेत्र संलग्नता विशेषज्ञ लोक राज जोशीको पनि उपस्थिति रहेको थियो। तालिम कार्यक्रमको संयोजन नाडाका तालिम समन्वयक आरजु श्रेष्ठले गर्नुभएको थियो।

यसले अटोमोबाइल क्षेत्रमा सुरक्षाको महत्त्वलाई बढावा दिँदै व्यावसायिक वातावरण सुधारमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

13 NADA Successfully Conducts Occupational Safety and Health (OSH) Training in Collaboration with ENSSURE Project
  • Share
      message-button
      NADA Successfully Conducts Occupational Safety and Health (OSH) Training in Collaboration with ENSSURE Project

      काठमाडौँ । नाडा अटोमोबाइल्स �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

15/Jun/2025
अमेरिकी डलर, कतारी रियालदेखि ओमानी रियालसम्मको मूल्य कति छ आज? हेर्नुहोस् विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५७ पैसा रहेको छ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७३ पैसा र बिक्रीदर १०१ रुपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ १ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४८ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा रहेको छ।

त्यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ २३ पैसा र बिक्रीदर ४ रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २ पैसा र बिक्रीदर १० रुपैयाँ ७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ १९ पैसा र बिक्रीदर २१ रुपैयाँ २८ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ र बिक्रीदर ४५० रुपैयाँ ९६ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ८६ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

4 अमेरिकी डलर, कतारी रियालदेखि ओमानी रियालसम्मको मूल्य कति छ आज? हेर्नुहोस् विनिमय दर
  • Share
      message-button
      अमेरिकी डलर, कतारी रियालदेखि ओमानी रियालसम्मको मूल्य कति छ आज? हेर्नुहोस् विनिमय दर

      काठमाडौँ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

18/Jun/2025
आजको विदेशी मुद्रा विनिमय दर: डलर, युरो स्थिर; पाउण्डमा सामान्य वृद्धि, अन्य मुद्रामा समेत सन्तुलन

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजको लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङलगायत प्रमुख विदेशी मुद्राहरूमा खासै उतारचढाव देखिएको छैन।...

अमेरिकी डलरको खरिद दर १३७.६९ रुपैयाँ र बिक्री दर १३८.२९ रुपैयाँ कायम छ। युरोको विनिमय दर पनि अघिल्ला दिनजस्तै स्थिर रहँदै खरिद दर १५९.२९ रुपैयाँ र बिक्री दर १५९.९९ रुपैयाँ रहेको छ।

बेलायती पाउण्ड स्टर्लिङमा भने सानो मात्रामा वृद्धिको संकेत देखिएको छ। पाउण्डको खरिद दर १८६.७५ रुपैयाँ र बिक्री दर १८७.५६ रुपैयाँ कायम छ। छिमेकी मुलुक भारतको मुद्रासमेत स्थिर छ, जसमा १०० भारतीय रुपैयाँको खरिद दर १६०.०० र बिक्री दर १६०.१५ रुपैयाँ तोकिएको छ।

त्यस्तै, सिंगापुर डलरको खरिद दर १०७.४८ र बिक्री दर १०७.९५ रुपैयाँ रहेको छ। चिनियाँ युआनको दर क्रमशः १९.१७ (खरिद) र १९.२५ (बिक्री) रहेको छ भने जापानी येन १० युनिट बराबर ९.५२ रुपैयाँ खरिद र ९.५६ रुपैयाँ बिक्री दरमा उपलब्ध छ।

मुलुकको विदेशी मुद्रा बजार हाल स्थिर देखिएको छ, जसले आयात–निर्यात व्यवसाय, अन्तर्राष्ट्रिय शिक्षा, वैदेशिक रोजगार तथा अन्तर्राष्ट्रिय भुक्तानीमा संलग्न सर्वसाधारणलाई सहज बनाउने विश्वास गरिएको छ। साथै, व्यवसायिक कारोबार गर्नेहरूका लागि बजार मूल्यको यो स्थायित्वले सकारात्मक संकेत दिएको छ।

विनिमय दरको हालको अवस्था हेर्दा विदेशी लगानीकर्ता तथा पर्यटकहरूका लागि पनि नेपालमा खर्च व्यवस्थापन सरल हुने अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकले नियमित रुपमा यस्ता विनिमय दर सार्वजनिक गर्दै उपभोक्तालाई आधिकारिक जानकारी प्रदान गर्दै आएको छ।

10 आजको विदेशी मुद्रा विनिमय दर: डलर, युरो स्थिर; पाउण्डमा सामान्य वृद्धि, अन्य मुद्रामा समेत सन्तुलन
  • Share
      message-button
      आजको विदेशी मुद्रा विनिमय दर: डलर, युरो स्थिर; पाउण्डमा सामान्य वृद्धि, अन्य मुद्रामा समेत सन्तुलन

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

03/Jul/2025
आज कुन देशको मुद्रलाई कति पर्ला?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर...

१३७ रुपैयाँ ४३ पैसा रहेको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ९५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३७ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र बिक्रीदर १०० रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९२ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५० पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा, थाई भाट एकको खरिददर ४ रुपैयाँ २२ पैसा र बिक्रीदर ४ रुपैयाँ २४ पैसा रहेको छ।

यसैगरी, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५७ पैसा र बिक्रीदर २१ रुपैयाँ ६७ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४५० रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

7 आज कुन देशको मुद्रलाई कति पर्ला?
  • Share
      message-button
      आज कुन देशको मुद्रलाई कति पर्ला?

      काठमाडौँ। नेपाल राष्ट्र बैङ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

17/May/2025
अमेरिकी डलर, जापानी येन, कतारी रियालदेखि कुवेती दिनारसम्मको विनिमय दर कति छ आज?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १ सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर १...

सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १२ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर एक सय ५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर एक सय ८१ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ८२ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ६३ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ६३ रुपैयाँ ८२ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय ५ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ५ रुपैयाँ ५९ पैसा रहेको छ।

जापानी येन १० को खरिदर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा रहेको छ।

थाइ भाट एकको खरिदर चार रुपैयाँ १० पैसा र बिक्रीदर ४ रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिद ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ५ पैसा र डेनिस क्रोनर एकको खरिदर २० रुपैयाँ ५० पैसा र बिक्री दर २० रुपैयाँ ५९ पैसा रहेको छ।

त्यस्तै हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिदर ४ सय ४४ रुपैयाँ १७ पैसा र बिक्रीदर ४ सय ४६ रुपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिदर ३ सय ६२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३ सय ६३ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर ३ सय ५४ रुयैयाँ ६२ पैसा र विक्रिदर तीन सय ५६ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

2 अमेरिकी डलर, जापानी येन, कतारी रियालदेखि कुवेती दिनारसम्मको विनिमय दर कति छ आज?
  • Share
      message-button
      अमेरिकी डलर, जापानी येन, कतारी रियालदेखि कुवेती दिनारसम्मको विनिमय दर कति छ आज?

      काठमाडौँ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

15/May/2025
नेरुडे मिर्मिरे लघुवित्तको साधारण सभा जेठ ५ गते, के-के छन् एजेन्डा?

काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ १० गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ। सभा होटल सारथी, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरू हुनेछ।...

कम्पनीले यसपटक लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन। सभामा आर्थिक वर्ष २०८०–८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारीत गर्ने, आ.व. २०८०–८१ लेखा परिक्षण प्रतिवेदन, वासलात, अन्य वित्तीय विवरणहरु लगायतका संलग्न अनुसूचीहरू समेत पारित गर्ने प्रस्ताव छ।

यसैगरी, कम्पनीले आव २०८१–२०८२ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू समेत पारित गर्ने तयारी गरेको छ।

सभा प्रयोजनका लागि संस्थाले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ। वैशाख २० गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन्।

6 नेरुडे मिर्मिरे लघुवित्तको साधारण सभा जेठ ५ गते, के-के छन् एजेन्डा?
  • Share
      message-button
      नेरुडे मिर्मिरे लघुवित्तको साधारण सभा जेठ ५ गते, के-के छन् एजेन्डा?

      काठमाडौँ। नेरुडे मिर्मिरे ल�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

28/Jun/2025
विदेशी मुद्राको आजको विनिमय दर: नेपाल राष्ट्र बैंक जारी

काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर जारी गरेको छ। यसअनुसार आज १६० रुपैयाँमा भारतीय रुपैयाँ (१००) निश्चित गरिएको छ भने अमेरिकी डलरको...

खरिददर १३६.४७ रुपैयाँ र बिक्रीदर १३७.०७ रुपैयाँ रहेको छ

युरोको खरिददर १५९.९० र बिक्रीदर १६०.६०, बेलायती पाउण्ड स्टर्लिङको खरिद–बिक्री क्रमशः १८७.३९ र १८८.२२ रुपैयाँमा भएको छ । स्विस फ्र्याङ्क खरिद १७०.९० र बिक्री १७१.६५, अस्ट्रेलियन डलर खरिद ८९.२० र बिक्री ८९.६०, क्यानाडेली डलर खरिद ९९.९७ र बिक्री १००.४१, सिङ्गापुर डलर खरिद १०६.९९ र बिक्री १०७.४६ रुपैयाँ रहेको छ ।

जापानी येन (१०) को खरिददर ९.४४ र बिक्रीदर ९.४८ हो भने चिनियाँ युआन (१) खरिददर १९.०३ र बिक्रीदर १९.११ रुपैयाँमा कारोबार भइरहेको छ । साउदी रियाल खरिद ३६.३९ र बिक्री ३६.५५, कतारी रियाल खरिद ३७.३४ र बिक्री ३७.५० रुपैयाँमा रहेको छ ।

थाइ भाटको खरिददर ४.१८ र बिक्री ४.२०, यूएई दिरहम खरिद ३७.१६ र बिक्री ३७.३२, मलेसियन रिङ्गेट खरिद ३२.२७ र बिक्री ३२.४१ छन् । दक्षिण कोरियाली वन (१००) को खरिद–बिक्री क्रमशः १०.०३–१०.०८, स्विडिस क्रोना खरिद १४.४० र बिक्री १४.४६, डेन्मार्की क्रोना खरिद २१.४३ र बिक्री २१.५३ मा कायम राखिएको छ ।

हङकङ डलर खरिद १७.३८ र बिक्री १७.४६, कुवेती दिनार खरिद ४४६.२२ र बिक्री ४४८.१८, बहराइन दिनार खरिद ३६१.७५ र बिक्री ३६३.३४, ओमानी रियाल खरिद ३५४.४५ र बिक्री ३५६.०१ रुपैयाँ रहेको छ ।

यी दरहरू नेपाल राष्ट्र बैंकले मापन गरेको औपचारिक 'फिक्स्ड रेट' र खुल्ला बजार दरलाई समावेश गर्दछ, जसले व्यवसाय, निर्यात–आयात र व्यक्तिगत चलनातमा प्रभाव पार्छ। भविष्यका मितिहरूमा विनिमय दरमा हुने परिवर्तनले नेपालको व्यापारिक गतिविधिमा नवीनता ल्याउन सक्छ।

3 विदेशी मुद्राको आजको विनिमय दर: नेपाल राष्ट्र बैंक जारी
  • Share
      message-button
      विदेशी मुद्राको आजको विनिमय दर: नेपाल राष्ट्र बैंक जारी

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

25/Jul/2025
आज यी क्षेत्रमा हल्का देखि मध्यम बर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

मनसुनी वायु कमजोर हुँदा मधेश प्रदेशलगायत मुलुकका विभिन्न स्थानमा वर्षा कम...

भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यसैगरी राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

3 आज यी क्षेत्रमा हल्का देखि मध्यम बर्षाको सम्भावना
  • Share
      message-button
      आज यी क्षेत्रमा हल्का देखि मध्यम बर्षाको सम्भावना

      काठमाडौँ। हाल देशभर मनसुनी व�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

23/Jun/2025
महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एपमार्फत रेमिट्यान्स सिधैँ खातामा

काठमाडौँ। महालक्ष्मी विकास बैंकले ग्राहकहरूले अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधैँ खातामा प्राप्त गर्न सक्ने भएको छ।

बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने नीति बमोजिम...

बैंकको मोबाइल बैकिङ्ग एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधैँ खातामा प्राप्त सकिने सुविधाको औपचारिक रूपमा सुरूआत गरेको हो।

यसअन्तर्गत नेपाल बाहिरबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर (MTCN) बैंकको मोबाइल बैंकिङ्ग एपमा प्रविष्ट गरेर आफ्नो खातामा सिधै रकम प्राप्त गर्न सकिन्छ।

१०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरूबाट पठाइएको रकम सजिलै प्राप्त गर्न सकिन्छ। यो सुविधाको थप सँगै अब ग्राहकहरू रेमिट्यान्स रकम लिनको लागि रेमिट्यान्स काउन्टर वा पेमेन्ट एजेन्टकोमा जानुपर्ने बाध्यताको अन्त्य हुने, लाइनमा बस्नुनपर्ने साथै समयको समेत बचत हुनेछ।

यो सुविधाको थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकिङ्ग सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्द्रित हुने विश्वास बैंकले लिएको छ।

डिजिटल नवप्रर्वद्धनको क्षेत्रमा नेपालमा रहेको विकास बैंकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक मौबाइल बैकिङ्ग एपमै एकीकृत गरी यस किसिमको विप्रेषण सेवा प्रदान गर्ने विकास बैंकहरूमा पहिलो विकास बैंक बनेको छ।

ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम बैंकले मोबाइल एप्लिकेसनलाई अझै परिेष्कृत गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्दछ।

13 महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एपमार्फत रेमिट्यान्स सिधैँ खातामा
  • Share
      message-button
      महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एपमार्फत रेमिट्यान्स सिधैँ खातामा

      काठमाडौँ। महालक्ष्मी विकास �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

26/May/2025
एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा स्थापना गर्‍यो सबैभन्दा उच्च स्थानमा रहेको पहिलो CCS2 ईभी चार्जिङ स्टेसन

काठमाडौं। एमएडब्लू वृद्धि स्पीड चार्जर्सले नेपालको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। कम्पनीले जोमसोममा CCS2 इलेक्ट्रिक गाडी (ईभी) चार्जिङ स्टेसन औपचारिक रूपमा उद्घाटन गरेको छ, जुन अब...

उच्च भूभागमा रहेका चार्जिङ स्टेसनहरूमा समावेश भएको छ। यो उपलब्धिले दुर्गम र कठिन भौगोलिक स्थानहरूमा पनि ईभी पूर्वाधार विकासमा कम्पनीको महत्वपूर्ण भूमिका पुष्टि गरेको छ।

जोमसोममा स्थापना गरिएको चार्जिङ स्टेसन केवल इन्जिनियरिङ उपलब्धि मात्र नभई, नेपालमा विद्युतीय सवारी साधन (ईभी) विकासको सुरुवाती कदम पनि हो। अब, यस्तो उच्च स्थानसम्म CCS2 चार्जिङ सुविधा पुगेकाले ईभी प्रयोगकर्ताहरूले सुरक्षित रूपमा यात्रा गर्न र ग्रिनर नेपाल निर्माणमा योगदान दिन सक्नेछन्।

एमएडब्लू वृद्धिले हाल नेपालभर ११६ स्थानमा रणनीतिक रूपमा राखिएका CCS2 चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ, जसले सहरभित्र मात्र होइन, जोमसोमजस्ता टाढाका ठाउँहरूमा पनि ईभी प्रयोगकर्ताहरूका लागि भरपर्दो सेवा सुनिश्चित गर्नेछ।

यस पहलले ईभी पूर्वाधार सुदृढ गर्नुका साथै जोमसोमजस्तो लोकप्रिय पर्यटकीय गन्तव्यमा दिगो पर्यटनलाई पनि प्रवर्द्धन गर्छ। जोमसोम नेपालको धेरै यात्रा गरिने ठाउँहरू मध्ये एक हो, जहाँ स्वदेशी र विदेशी पर्यटकहरूको भीड लाग्ने गर्दछ। पर्यावरणप्रेमी यात्रुहरूका लागि वातावरणमैत्री यात्रालाई सहज बनाउने दिशामा यो चार्जिङ स्टेशनको स्थापना एक ठूलो कदम हो।

समग्रमा, इनोभेसन र डिटरमिनेसको उत्कृष्ट समिश्रण देखिने यो उपलब्धिले ईभी प्रयोगकर्ता, वातावरणप्रेमी र सरकारी नीति निर्माताहरूबीच ठूलो विश्वास बढाउनेछ। साथै, एमएडब्लू वृद्धि स्पीड चार्जर्सको जहाँसुकै, जोकोहीका लागि सफा यातायात सम्भव गराउने सपनालाई अझ सहज बनाउने छ।

नेपालको पहिलो विद्युतीय सवारी साधन (EV) चार्जिङ नेटवर्कको रूपमा एमएडब्लू स्पीड चार्जर्सले दिगो मोबिलिटीतर्फ परिवर्तनको नेतृत्व गरिरहेको छ। हाम्रो दृष्टिकोण भनेको ईभी चार्जिङलाई पहुँचयोग्य, भरपर्दो र भविष्यको लागि तयार बनाउनु हो। नेपालभरि स्मार्ट चार्जिङ पूर्वाधार विस्तार गर्ने हाम्रो प्रतिबद्धता अनुरूप हामी हाम्रा घर, व्यवसाय र सार्वजनिक स्थानहरूलाई सुविधाजनक र भरपर्दो ईभी चार्जिङ सोलुसन्स सिर्जना गर्न मद्दत गर्छौं। ईनोभेसनमा आधारित र स्वच्छ ऊर्जाद्वारा संचालित एमएडब्लु स्पीड चार्जर्सले नेपालको ग्रीन ट्रान्जिसनलाई समर्थन गर्नेछ।

3 एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा स्थापना गर्‍यो सबैभन्दा उच्च स्थानमा रहेको पहिलो CCS2 ईभी चार्जिङ स्टेसन
  • Share
      message-button
      एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा स्थापना गर्‍यो सबैभन्दा उच्च स्थानमा रहेको पहिलो CCS2 ईभी चार्जिङ स्टेसन

      काठमाडौं। एमएडब्लू वृद्धि स�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

25/Jun/2025
सुनचाँदीको मूल्यमा गिरावट, कति पुग्यो तोलाको?

काठमाडौँ। आज बुधार (असार ११ गते) सुन चाँदीको भाउमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ।...

यो सँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन तोलाको १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ। यससँगै चाँदी २ हजार १४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।

11 सुनचाँदीको मूल्यमा गिरावट, कति पुग्यो तोलाको?
  • Share
      message-button
      सुनचाँदीको मूल्यमा गिरावट, कति पुग्यो तोलाको?

      काठमाडौँ। आज बुधार (असार ११ ग�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

08/Jun/2025
सुन ओरालो लाग्दै, चाँदीको मूल्यमा वृद्धि – जान्नुहोस् आजको दर

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि सार्वजनिक गरेको दरअनुसार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य उकालो लाग्दै उच्च बिन्दुमा पुगेको छ।

आज २४...

क्यारेटको फाइन गोल्ड (9999) को मूल्य प्रति तोला रु १,९०,७०० कायम गरिएको छ। यो हिजोको तुलनामा रु ३,००० ले घटेको हो, जसले पछिल्ला दिनमा सुनमा देखिएको गिरावटको संकेत गर्छ।

त्यस्तै, चाँदीको मूल्य भने प्रति तोला रु २,१४५ कायम गरिएको छ, जुन हिजोको तुलनामा रु ७० ले वृद्धि भएको हो।

विशेषज्ञहरूका अनुसार अमेरिकी डलरको भाउमा उतारचढाव, अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, र लगानीकर्ताहरूको मनोवृत्तिले सुनको मूल्य घट्न सक्छ भने चाँदीको माग औद्योगिक क्षेत्रमा उच्च रहँदा यसको मूल्यमा वृद्धि भएको हो।

लगनको सिजनसँगै बजारमा सुनचाँदीको कारोबार सामान्य गति लिइरहे पनि, लगातारको मूल्य उतारचढावले उपभोक्तालाई सतर्क गराएको छ। व्यवसायीहरूले खरिदकर्तालाई बजार दरबारे जानकारी लिएर मात्र निर्णय लिन आग्रह गरेका छन्।

5 सुन ओरालो लाग्दै, चाँदीको मूल्यमा वृद्धि – जान्नुहोस् आजको दर
  • Share
      message-button
      सुन ओरालो लाग्दै, चाँदीको मूल्यमा वृद्धि – जान्नुहोस् आजको दर

      काठमाडौं। नेपाल सुनचाँदी व्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

28/Jun/2025
शनिबार देशभर आंशिकदेखि पूर्ण बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज शनिबार देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली रहेको छ। नेपाल जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका...

थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा देखिएको छ।

यद्यपि, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसमविद्‌हरूले आगामी २४ घण्टाको लागि सचेत रहन सुझाव दिएका छन्। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा अन्य बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। वर्षाका कारण नदीहरूको जल सतह बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय तथा अन्य प्राकृतिक प्रकोपको जोखिम रहेकाले जनस्वास्थ्य, कृषि, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता र तयारी अपनाउन समेत अनुरोध गरिएको छ।

7 शनिबार देशभर आंशिकदेखि पूर्ण बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना
  • Share
      message-button
      शनिबार देशभर आंशिकदेखि पूर्ण बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

      काठमाडौं । आज शनिबार देशभरको

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

08/Jul/2025
देशभर मनसुनी प्रभाव कायम, गण्डकी, बागमती र कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव व्यापक रूपमा देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहनुका कारण विशेषगरी पहाडी भेगहरूमा...

आंशिकदेखि साधारणतया बदली र केही स्थानहरूमा वर्षा भइरहेको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहँदा, बाँकी क्षेत्रहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहेको महाशाखाले जनाएको छ। हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आगामी २४ घण्टाका लागि सतर्कता तथा पूर्वानुमान

मौसम विभागले दिएको जानकारीअनुसार, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

4 देशभर मनसुनी प्रभाव कायम, गण्डकी, बागमती र कोशीमा भारी वर्षाको चेतावनी
  • Share
      message-button
      देशभर मनसुनी प्रभाव कायम, गण्डकी, बागमती र कोशीमा भारी वर्षाको चेतावनी

      काठमाडौँ। हाल देशभर मनसुनी व�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

21/May/2025
विदेशी मुद्राको आजको विनिमय दर सार्वजनिक: अमेरिकी डलर १३७.३२, भारतीय रुपैयाँ १६०.१५ कायम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र...

बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा तोकिएको छ। यसका साथै, युरोपियन युरोको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा कायम भएको छ।

युके पाउण्ड स्ट्रलिङको खरिददर १८२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८३ रुपैयाँ ६१ पैसा रहेको छ भने स्वीस फ्र्याङ्कको खरिददर १६४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४८ पैसा तथा सिङ्गापुर डलरको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा तोकिएको छ।

त्यस्तै, साउदी रियालको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।

थाई भाटको खरिददर चार रुपैयाँ १४ पैसा र बिक्रीदर चार रुपैयाँ १६ पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा तोकिएको छ। मलेसियन रिङ्गेटको खरिददर ३१ रुपैयाँ ८० पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।

दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा, स्वीडिस क्रोनरको खरिददर १४ रुपैयाँ १४ पैसा र बिक्रीदर १४ रुपैयाँ २० पैसा, डेनिस क्रोनरको खरिददर २० रुपैयाँ ६२ पैसा र बिक्रीदर २० रुपैयाँ ७१ पैसा रहेको छ।

हङ्कङ डलरको खरिददर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनारको खरिददर ४४५ रुपैयाँ २५ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २१ पैसा, बहराइन दिनारको खरिददर ३६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २३ पैसा तोकिएको छ।

त्यस्तै, ओमानी रियालको खरिददर ३५५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७० पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दर जुनसुकै बेला परिवर्तन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा केही अन्तर हुन सक्ने र अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न सुझाइएको छ।

8 विदेशी मुद्राको आजको विनिमय दर सार्वजनिक: अमेरिकी डलर १३७.३२, भारतीय रुपैयाँ १६०.१५ कायम
  • Share
      message-button
      विदेशी मुद्राको आजको विनिमय दर सार्वजनिक: अमेरिकी डलर १३७.३२, भारतीय रुपैयाँ १६०.१५ कायम

      काठमाडौँ । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

30/Jul/2025
बीबीआईएन देशहरूबीच व्यापार र आर्थिक सहकार्य अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यकः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) देशहरूबीच व्यापार अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा लगानी आवश्यक रहेको बताउनुभएको...

छ ।

३१ औं कार्गो दिवसको अवसरमा नेपाल फ्रेट फर्वार्डस् एसोसिएसनले आयोजना गरेको नेपालको लजिस्टिक्स विकास र बीबीआईएन कनेक्टिभिटी विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधारको समुचित विकासले मात्रै व्यापार र आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । “भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधार विकासले समग्र आर्थिक वृद्धिमा सहयोग पुर्‍याउँछ, उहाँले भन्नुभयो, नेपालमा सडक, रेल, विमानस्थल र गोदाम पूर्वाधार अझै अपर्याप्त छन् । विशेषगरी सीमा नाकाहरू र मुख्य व्यापार मार्गहरूमा लजिस्टिक्स हबहरूको आवश्यकता छ ।” लजिस्टिक्स विकासले नेपालको निर्यात वृद्धि र विदेशी लगानी आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

अध्यक्ष ढकालले प्रभावकारी र डिजिटल लजिस्टिक्स प्रणालीले व्यवसाय र उद्योगहरूको लागत घटाउने र सस्तो आपूर्ति श्रृंखला निर्माण गर्ने बताउनुभयो । नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि समुद्री पहुँचको महत्व पनि उहाँले जोड दिनुभयो । यातायात र ढुवानी क्षेत्रमा निजी क्षेत्रको शतप्रतिशत लगानी रहेको उल्लेख गर्दै उहाँले यो क्षेत्रको विकासको लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । साथै, उहाँले यसको लागि सार्वजनिक निजी साझेदारी मोडलअनुसार काम गर्न चाहे निजी क्षेत्र तयार रहको बताउनु भयो ।

अध्यक्ष्ना ढकालले ढुवानी सेवामा लगाइएको मूल्य अभिवृद्धि करले ढुवानी सेवा प्रभावित भएको र सामानको मूल्यवृद्धि भई उपभोक्ताहरूलाई चर्को मूल्य तिर्नुपर्ने अवस्था आएको बताउँदै यसले नेपालको निर्यात व्यापारमा ह्रास र व्यापार घाटा बढ्ने जोखिम रहेको धारणा राख्नुभयो ।

सरकारको कानूनका गरेका संशोधन,बजेटमा उल्लेख भएका व्यवस्था तथा मौद्रिक नीतिले सम्बोधन गर्नु पर्ने कतिपय विषयहरुको कार्यान्वयनमा समस्या भएको गुनासो गर्दै सरकारलाई विश्वासका साथ काम गर्न आग्रह गर्नुभयो ।

साथै अध्यक्ष ढकालले नेपाल फ्रेट फर्वार्डस् एसोसिएसनले स्थापनाकालदेखि नै कार्गो सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा यसको भूमिका थप प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो ।

3 बीबीआईएन देशहरूबीच व्यापार र आर्थिक सहकार्य अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यकः अध्यक्ष ढकाल
  • Share
      message-button
      बीबीआईएन देशहरूबीच व्यापार र आर्थिक सहकार्य अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यकः अध्यक्ष ढकाल

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

22/Jul/2025
आज कहाँ कहाँ पर्छ पानी?

काठमाडौँ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित छ।

यसको प्रभावले हाल मधेश र बागमती प्रदेश लगायत देशका पहाडी...

भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेशका केही, कोशी प्रदेशका थोरै तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश प्रदेश लगायत देशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

2 आज कहाँ कहाँ पर्छ पानी?
  • Share
      message-button
      आज कहाँ कहाँ पर्छ पानी?

      काठमाडौँ। हाल मनसुनको न्यून�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

26/May/2025
ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, यात्रामा क्यासब्याकसहित आकर्षक छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा नयाँ ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक गरेको छ। आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत...

सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्तरुपमा कार्डको अनावरण गर्नुभएको हो।

नयाँ कार्डमार्फत यती एअरलाइन्सका यात्रुले पहिलो टिकट खरिद गर्दा शतप्रतिशत क्यासब्याक स्वरुप निःशुल्क टिकटको सुविधा प्राप्त गर्नेछन्। साथै, प्रत्येक टिकट खरिदमा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको छुट पाउनेछन्। कार्डबाहकले चेक–इन र बोर्डिङमा प्राथमिकता सेवा पाउने, सामानको तोकिएको तौलभन्दा ५ केजी बढी लैजाने सुविधा, साथै १०० प्वाइन्ट बोनस प्राप्त गर्ने सुविधा पनि उपलब्ध हुनेछ। बोनस प्वाइन्ट विभिन्न छुट तथा सेवामा प्रयोग गर्न सकिनेछ।

ग्लोबल स्काई क्लब कार्डमार्फत गरिएको हरेक १०० रुपैयाँको कारोबारमा १ माइलेज प्वाइन्ट प्रदान गरिने भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका सीईओ रेग्मीले डिजिटल कारोबारलाई अझ सशक्त बनाउन र ग्राहकको अनुभवलाई अझै सन्तोषजनक बनाउन यो सहकार्यले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। त्यस्तै, यती एअरलाइन्सका सीईओ सापकोटाले यस सहकार्यले दुबै संस्था र ग्राहकवर्गलाई फाइदा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ र युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४ अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मान प्राप्त गरेको छ। देशभर ३५४ शाखा, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा लगायत ११०० भन्दा बढी सेवा केन्द्रमार्फत बैंकले उत्कृष्ट सेवा दिइरहेको छ। यस बैंकले संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार लगायत विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

त्यसैगरी, नेपालका प्रमुख आन्तरिक उडान सेवा प्रदायक यती एअरलाइन्सले ७ वटा एटीआर विमानमार्फत देशका सुगम र दुर्गम क्षेत्रहरूमा सेवा विस्तार गर्दै वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ। बैंक र एअरलाइन्स दुवैको सहकार्यले यात्रु र सेवाग्राहीलाई सहज, सुलभ र डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

6 ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, यात्रामा क्यासब्याकसहित आकर्षक छुट
  • Share
      message-button
      ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, यात्रामा क्यासब्याकसहित आकर्षक छुट

      काठमाडौं । ग्लोबल आइएमई बैंक

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

05/Jun/2025
महासंघका अध्यक्ष ढकाल र आइएमएफ नेपाल मिसन प्रमुख बीच भेटवार्ता, नेपालको अर्थतन्त्रबारे छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपाल मिसन प्रमुख डा. सरावत जहानबीच महासंघ सचिवालय टेकु, काठमाडौंमा...

भेटवार्ता भएके छ ।

महासंघ सचिवालय टेकु, काठमाडौंमा भएको यो भेटवार्तामा आर्थिक वर्ष २०८२/८३ को बजेट, मौद्रिक नीति, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाल सरकारसँगको सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो ।

सो अवसरमा बोल्दै महासंघका अध्यक्ष ढकालले चालु आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख चालक शक्तिको रूपमा प्राथमिकता दिएको बताउनु भयो । उहाँले बजेटमा महासंघका सुझावहरू समेटिएको उल्लेख गर्दै कार्यान्वयनमा प्रभावकारिता आवश्यक रहेको जोड दिनु भयो ।

“हामीले बजेटलाई सकारात्मक रुपमा लिएका छौं । बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ, जुन कार्यान्वयनमा इमानदारी भए सम्भव छ । ” ढकालले भन्नु भयो । यद्यपि, उहाँले पर्यटन क्षेत्र र जलविद्युत् विकासमा थप प्राथमिकता आवश्यक रहेको र यस विषयमा सरकारलाई सुझाव दिएको समेत जिज्ञाशा राख्नुभएको थियो ।

अध्यक्ष ढकालले आर्थिक विकास र समृद्धिका लागि सुशासन र नीतिगत स्थायित्व सुनिश्चित गर्न महासंघले सरकारसंग पैरवी गर्दै आइरहेको धारणा राख्नु भयो ।

भेटवार्ताका अवसरमा डा. सरावत जहानले आर्थिक वर्ष २०८२/८३ को बजेटका सन्दर्भमा निजी क्षेत्रको धारणा र सरकारले बजेट मार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य, मौद्रिक नीतिमा निजी क्षेत्रको अपेक्षाका लगायत नेपालको समग्र अथतन्त्रका बारेमा जानकारी लिनुभएको थियो ।

साथै उहाँले नेपाल सरकार र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबीचको सहकार्य तथा आइएमएफले सरकारसंग नयाँ सहकार्यका बारेमा छलफल गरिरहेको जानकारी दिनुभयो ।

6 महासंघका अध्यक्ष ढकाल र आइएमएफ नेपाल मिसन प्रमुख बीच भेटवार्ता, नेपालको अर्थतन्त्रबारे छलफल
  • Share
      message-button
      महासंघका अध्यक्ष ढकाल र आइएमएफ नेपाल मिसन प्रमुख बीच भेटवार्ता, नेपालको अर्थतन्त्रबारे छलफल

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

03/Aug/2025
अमेरिकी डलर उच्च बिन्दुमा स्थिर अन्यमा सामान्य परिवर्तन

काठमाडौँ । आज आइतबार लागि नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा विनिमय दर अनुसार प्रमुख मुद्राहरूको खरिद र बिक्री दरमा सामान्य उतारचढाव देखिएको छ। भारतीय...

रुपैयाँ (INR) को विनिमय दर १०० युनिटको लागि खरिद मूल्य रु. 160.00 र बिक्री मूल्य रु. 160.15 रहेको छ।

अमेरिकी डलर (USD) प्रति युनिट रु. 139.77 मा खरिद तथा रु. 140.37 मा बिक्री भइरहेको छ। युरोपियन युरो (EUR) को विनिमय दर आज रु. 159.51 मा खरिद र रु. 160.20 मा बिक्रीमा छ भने, बेलायती पाउण्ड (GBP) रु. 184.02 मा खरिद र रु. 184.81 मा बिक्री भइरहेको छ। स्विस फ्राङ्क (CHF) को दर रु. 171.28 खरिद र रु. 172.01 बिक्री रहेको छ।

त्यस्तै, अष्ट्रेलियन डलर (AUD) को मूल्य रु. 89.88 खरिद र रु. 90.26 बिक्री छ भने, क्यानाडियन डलर (CAD) रु. 100.77 मा खरिद र रु. 101.20 मा बिक्री भइरहेको छ। सिंगापुर डलर (SGD) रु. 107.67 खरिद र रु. 108.13 बिक्री दरमा रहेको छ।

त्यस्तै, जापानी येन (JPY) को विनिमय दर १० युनिटको लागि रु. 9.30 खरिद र रु. 9.34 बिक्रीमा कायम छ। चिनियाँ युआन (CNY) रु. 19.38 मा खरिद र रु. 19.46 मा बिक्री भइरहेको छ।

त्यस्तै, साउदी रियाल (SAR) को दर रु. 37.26 खरिद र रु. 37.42 बिक्री छ भने, कतारी रियाल (QAR) रु. 38.34 खरिद र रु. 38.51 बिक्री दरमा रहेको छ। युएई दिरहम (AED) को विनिमय दर रु. 38.05 खरिद र रु. 38.22 बिक्रीमा रहेको छ।

त्यस्तै, थाई भाट (THB) रु. 4.26 खरिद र रु. 4.27 बिक्रीमा कारोबार भइरहेको छ। मलेसियन रिंग्गिट (MYR) रु. 32.68 खरिद र रु. 32.82 बिक्री दरमा छ। दक्षिण कोरियन वोन (KRW) १०० युनिटको लागि रु. 9.96 खरिद र रु. 10.00 बिक्री मूल्यमा रहेको छ। स्विडिश क्रोनर (SEK) रु. 14.24 खरिद र रु. 14.30 बिक्री, डेनिस क्रोनर (DKK) रु. 21.37 खरिद र रु. 21.47 बिक्री दरमा कायम छ। हङकङ डलर (HKD) को दर रु. 17.81 खरिद र रु. 17.88 बिक्री रहेको छ।

उच्च मूल्यका खाडी मुलुकका मुद्राहरूमा कुवेती दिनार (KWD) को दर रु. 456.53 खरिद र रु. 458.49 बिक्री रहेको छ। बहराइन दिनार (BHD) रु. 370.74 मा खरिद र रु. 372.33 मा बिक्री भइरहेको छ भने ओमानी रियाल (OMR) रु. 363.02 खरिद र रु. 364.58 बिक्री दरमा रहेको छ।

3 अमेरिकी डलर उच्च बिन्दुमा स्थिर अन्यमा सामान्य परिवर्तन
  • Share
      message-button
      अमेरिकी डलर उच्च बिन्दुमा स्थिर अन्यमा सामान्य परिवर्तन

      काठमाडौँ । आज आइतबार लागि नेप

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

05/Jul/2025
देशभर मनसुनी वायु सक्रिय, केही स्थानहरूमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज असार २१ गते, शनिबार देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा बागमती...

प्रदेशका केही स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ।

कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। काठमाण्डौं उपत्यकामा बिहान केही स्थानमा वर्षा भएको देखिएको छ भने दिउँसो पुनः वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श:

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान गरिएको छ।

यस वर्षाले देशका केही नदीको बहावमा वृद्धि गराउने, पहिरो तथा भू-क्षयको जोखिम बढाउने सम्भावना रहेकाले कृषि, यातायात, स्वास्थ्य तथा जनजीवनमा सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

2 देशभर मनसुनी वायु सक्रिय, केही स्थानहरूमा भारी वर्षाको सम्भावना
  • Share
      message-button
      देशभर मनसुनी वायु सक्रिय, केही स्थानहरूमा भारी वर्षाको सम्भावना

      काठमाडौं । आज असार २१ गते, शनि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

27/Jun/2025
ओरालो लाग्यो सुनचाँदीको मूल्य: एकैदिनमा तोलामा २,९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य उल्लेखनीय रुपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (असार १३ गते) फाइन गोल्ड (९९९९) को मूल्य प्रतितोला १...

लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको छ, जुन हिजोको मूल्य (रु १,९२,३००) भन्दा २ हजार ९ सय रुपैयाँले कम हो।

त्यस्तै, चाँदी को मूल्य पनि सामान्य घटावट आएको छ। आज प्रतितोला २,१६५ रुपैयाँ मा कारोबार भइरहेको छ, जुन हिजोको मूल्य (रु २,१७५) भन्दा १० रुपैयाँले कम हो।

यसरी सुनको मूल्यमा आएको अचानक गिरावटले सुनचाँदी कारोबार र उपभोक्ताको क्रयशक्तिमा तत्कालीन प्रभाव पारेको देखिन्छ। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र अमेरिकी डलरसँगको विनिमय दरमा आएको परिवर्तनले नेपाली बजारमा सुनचाँदीको मूल्यमा असर गरेको हुन सक्छ।

व्यवसायीहरूका अनुसार आगामी दिनमा मूल्य अझै घट्ने वा स्थिर रहने भन्नेबारे अन्तर्राष्ट्रिय बजारको प्रवृत्तिमा भर पर्नेछ।

9 ओरालो लाग्यो सुनचाँदीको मूल्य: एकैदिनमा तोलामा २,९०० रुपैयाँले घट्यो सुनको मूल्य
  • Share
      message-button
      ओरालो लाग्यो सुनचाँदीको मूल्य: एकैदिनमा तोलामा २,९०० रुपैयाँले घट्यो सुनको मूल्य

      काठमाडौं। नेपाली बजारमा आज स�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

20/Jul/2025
युवाहरुलाई स्वदेश मै अवसर सिर्जना गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युवाहरुलाई स्वदेश मै अवसर सिर्जना गर्न आग्रह गर्नु भएको छ ।

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) को...

शुक्रबार राजधानीमा सम्पन्न २१ औं वार्षिक साधारणभामा बोल्दै अध्यक्ष ढकालले नेपालमा पर्याप्त सम्भावना रहेकोले यी सम्भावनाहरुलाई उजागर गर्दै स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न युवाहरुलाई सुझाव दिनु भयो । “नेपालमा धेरै अवसरहरु छन । नेपालमा नै बसेर धेरै गर्न सकिन्छ । रोजगारी सिर्जना गर्न सकिन्छ । म युवाहरुलाई स्वदेशमा नै अवसर सिर्जना गर्न आग्रह गर्दछु । ” उहाँले भन्नु भयो ।

देशको आर्थिक विकासमा युवाहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले देशमा उद्यमशीलताको विकास गर्न स्वदेशी पूँजी परिचालन गर्न सकिने बताउनु भयो ।

स्वदेशमा काम गर्न चाहनेहरुको लागि पूँजी अभाव नहोस भनेर महासंघको अगुवाईमा १० अर्ब रुपैयाको नेपाल पब्लिक लिमिटेड कम्पनी स्थापना गरि काम शुरु गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले युवाहरुका नवप्रर्वतनमा सहयोग गर्न सकिने धारणा राख्नु भयो ।

“ विकासका लागि देशभित्रकै पूँजी परिचालन आवश्यक छ । उहाँले भन्नुभयो , कृषि, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायतका क्षेत्रमा नेपालमै अपार सम्भावना छन् । आवश्यकता केवल सही नीतिगत सहजीकरण र युवाहरुको इनोभेसनलाई प्रोत्साहन गर्ने हो । ”

महासंघले देशको आर्थिक समृद्धिको लागि सरकारसंग नीतिगत बहस पैरवी गरेको र फलस्वरुप ३० भदा बढि कानूनहरु संशोधन भएको भन्दै लगानीको वातावरण बन्दै गईरहेको बताउनु भयो । उहाँले युवाहरुलाई उद्यमशीलता र नवप्रवर्तन आकर्षित गर्ने महासंघ सधैं तयार रहको बताउँदै महासंघको हालै शंसोधित विधानले (एनवाईईएफ) लाई महासंघको पदेन केन्द्रीय सदस्य बन्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) को २१ औं वार्षिक साधारणभाले युवा उद्यमी सुदीप घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

4 युवाहरुलाई स्वदेश मै अवसर सिर्जना गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
  • Share
      message-button
      युवाहरुलाई स्वदेश मै अवसर सिर्जना गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

31/Jul/2025
इनड्राइभका उत्कृष्ट चालकहरू सम्मानित, मोबाइल, मोटरसाइकल र गाडी पुरस्कारस्वरूप वितरण

काठमाडौँ। सार्वजनिक यातायातको विकल्पका रूपमा शहरी क्षेत्रमा लोकप्रिय बन्दै गएको इनड्राइभ सेवा अन्तर्गत कम्पनीले उत्कृष्ट चालकहरूलाई प्लाटिनम ड्राइभर्सको उपाधि प्रदान गर्दै आकर्षक पुरस्कार वितरण गरेको छ।

एक...

विशेष कार्यक्रममा सेवा उत्कृष्टताका आधारमा छनोट गरिएका राइडरहरूलाई सम्मान गरिएको हो। कम्पनीले मोबाइल, मोटरसाइकल र गाडी पुरस्कार स्वरूप वितरण गरेको थियो।

मोबाइल फोन पुरस्कार तीन जना चालकहरूले प्राप्त गरेका छन्। मोटरसाइकल जित्नेमा जित थापा तथा टाटा कम्पनीको गाडी जित्नेमा सुभराज सुवाल विजेता बनेका छन्।

इनड्राइभ कम्पनीले यो कार्यक्रम उत्कृष्ट सेवा प्रवाह गर्ने चालकहरूको मनोबल बढाउने र सेवाको गुणस्तर अझ सुधार गर्ने उद्देश्यले आयोजना गरेको जनाएको छ।

4 इनड्राइभका उत्कृष्ट चालकहरू सम्मानित, मोबाइल, मोटरसाइकल र गाडी पुरस्कारस्वरूप वितरण
  • Share
      message-button
      इनड्राइभका उत्कृष्ट चालकहरू सम्मानित, मोबाइल, मोटरसाइकल र गाडी पुरस्कारस्वरूप वितरण

      काठमाडौँ। सार्वजनिक यातायात

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

22/May/2025
Oration 2025” सम्पन्न: टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को सम्मेलनमा दीप्ति आचार्य क्लब ग्रोथ डाइरेक्टरमा निर्वाचित

काठमाडौँ । नेपाल र उत्तर भारत सम्मिलित डिस्ट्रिक्ट ४१ को वार्षिक तीन दिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा गुरगाउँ, मेरिडियन, दिल्ली एनसिआरबाट डिस्ट्रिक्ट ४१ का...

टोस्टमास्टर्सहरु भेला भएका थिए ।

डिस्ट्रिक्ट ४१ द्वारा आयोजित सम्मेलनमा तीन सयभन्दा बढी सहभागीहरूको उपसस्थिति रहेको थियो । नेपालकी मुनाल प्रधानले डिस्ट्रिक्ट डाइरेक्टरका रुपमा सो सम्मेलनको अध्यक्षता गरेकी थिइन । उक्त सम्मेलनमा सन् २०२५ जुलाईदेखि २०२६ का लागि टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ का लिडरहरूको चयन गरियो । सम्मेलनले क्लब ग्रोथ डाईरेक्टरमा नेपालकी दिप्ती आचार्यलाई निर्वाचित गर्यो । त्यस्तै डिस्ट्रिक्ट डाईरेक्टरमा भारतका गौरव चौधरी र कार्यक्रम गुणस्तर डाईरेक्टरको रूपमा श्वेतांक शर्मा निर्वाचित हुनु भयो ।

उक्त सम्मेलनमा टेवल टपिक्स र अन्तर्राष्ट्रिय बक्तृत्वकला प्रतियोगिताहरू पनि आयोजना गरिएको थियो । टेवल टपिक्स बक्तृत्वकलामा नेपालकी सम्पदा रेग्मी प्रथम, साहिल बराल दोस्रो र देवांश तेस्रो भए । त्यसैगरी अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा, नेपालकी संस्कृति आचार्य प्रथम, श्रेया जैन द्वितीय र प्रसन्न श्रेष्ठ तृतीय भए ।

त्यस्तै कार्यक्रममा सन् १९९९ विश्व पब्लिक स्पिकिंग च्याम्पियन क्रेग भ्यालेन्टाइनले वक्तृत्वकला सम्बन्धित तालिम दिए भने प्राध्यापक डा. नीरजा पाण्डेले “नेतृत्वको जीवनमा महत्व” तथा “प्रभावकारी प्रस्तुति“ सम्बन्धित विषयमा बोल्नु भएको थियो।

प्रेरणादायी मन्तब्यहरु, उच्च क्षमताका प्रतियोगिताहरु र नयाँ नेतृत्व चयनका साथ टोस्टमास्टर्सका सञ्चारसम्बन्धी मूल्यहरूको उच्च सम्मान गर्दै सम्मेलन सम्पन्न भयो ।

नेपालबाट विजयी भएकी संस्कृति आचार्यले अब क्षेत्रीय प्रतिस्पर्धामा भाग लिनेछिन् र सो प्रतिस्पर्धामा विजयी भएमा उनी विश्व वक्तृत्वकलाको फाइनलमा पुग्ने छिन् ।

41 Oration 2025” सम्पन्न: टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को सम्मेलनमा दीप्ति आचार्य क्लब ग्रोथ डाइरेक्टरमा निर्वाचित
  • Share
      message-button
      Oration 2025” सम्पन्न: टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को सम्मेलनमा दीप्ति आचार्य क्लब ग्रोथ डाइरेक्टरमा निर्वाचित

      काठमाडौँ ।  नेपाल र उत्तर भा

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

07/Jul/2025
आज कुन कुन प्रदेशमा भारी बर्षाको सम्भावना?

काठमाडौँ। देशभरको आंशिक देखि साधारणतया बदली रही पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी भागको एकदुई स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

जल तथा...

मौसम विज्ञान विभागको मौसम पुर्वानमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदरपश्चिम प्रदेशको एकदुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

राती कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशको पहाडी भूभागको केही स्थानमा तथा बाँकी भूभागको थोरै स्थानगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाल प्रदेश र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ। सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

6 आज कुन कुन प्रदेशमा भारी बर्षाको सम्भावना?
  • Share
      message-button
      आज कुन कुन प्रदेशमा भारी बर्षाको सम्भावना?

      काठमाडौँ। देशभरको आंशिक देख�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

06/Jun/2025
नबिल बैंकको नयाँ CEO मा मनोज कुमार ज्ञवाली नियुक्त, २६ वर्षे अनुभवसहित नेतृत्वमा उच्च अपेक्षा

काठमाडौं। नबिल बैंक लिमिटेडले श्री मनोज कुमार ज्ञवालीलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको निर्णयअनुसार उनले नबिल बैंकको नेतृत्व सम्हाल्ने...

भएका हुन्। यसअघि उनले कायममुकायम CEO को रूपमा कार्यभार सम्हाल्दै आएका थिए।

बैंकले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, नबिल बैंक परिवारको तर्फबाट श्री मनोज कुमार ज्ञवालीज्यूलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

भारतको प्रतिष्ठित The Institute of Chartered Accountants of India बाट चार्टर्ड एकाउन्टेन्टको उपाधि प्राप्त गरेका ज्ञवालीसँग बैंकिङ तथा पुँजी बजारमा २६ वर्षभन्दा बढीको अनुभव छ। नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल, र ज्योति विकास बैंक लगायतका संस्थाहरूमा उनले उच्च पदमा रहेर कार्य गरिसकेका छन्।

बैंकका अनुसार, उहाँको रणनीतिक दृष्टिकोण, स्पष्ट विचारधारा, र दिगो वित्तीय विकासमा योगदान पुर्‍याउने क्षमता नबिल बैंकको भावी यात्रामा मार्गनिर्देशक हुने विश्वास लिइएको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, ग्राहक सेवा, नवप्रवर्तन र स्थायित्वमा अझ सुदृढ प्रगति गर्ने अपेक्षाका साथ नबिल बैंक उहाँको नेतृत्वमा अगाडि बढ्नेछ।

नबिल बैंक हाल देशभर २८० भन्दा बढी शाखा र सेवा केन्द्रमार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा दिइरहेको छ। नयाँ नेतृत्वसँगै बैंकले सस्टेनेबल फाइनान्स, डिजिटल बैंकिङ, र ग्राहक–केन्द्रित सेवा सुधारमा थप ध्यान दिने संकेत दिएको छ।

ज्ञवालीको नियुक्तिसँगै बैंकिङ क्षेत्रका विश्लेषकहरूले नबिल बैंकको रणनीतिक उचाइ अझ मजबुत हुने अपेक्षा गरेका छन्।

4 नबिल बैंकको नयाँ CEO मा मनोज कुमार ज्ञवाली नियुक्त, २६ वर्षे अनुभवसहित नेतृत्वमा उच्च अपेक्षा
  • Share
      message-button
      नबिल बैंकको नयाँ CEO मा मनोज कुमार ज्ञवाली नियुक्त, २६ वर्षे अनुभवसहित नेतृत्वमा उच्च अपेक्षा

      काठमाडौं। नबिल बैंक लिमिटेड�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

27/May/2025
आजको सुनचाँदीको दर स्थिर: सुन तोलामा १,९०,९०० र चाँदी १,९९५ रुपैयाँ

काठमाडौं। नेपालमा आज मंगलबार (जेठ १३ गते) का लागि सुनचाँदीको दर स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार २४ क्यारेटको फाइन गोल्ड (9999)...

प्रतितोला १,९०,९०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि अघिल्लो दिनको जस्तै प्रतितोला १,९९५ रुपैयाँमा कायम रहेको महासंघले जनाएको छ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा खासै परिवर्तन नआएकाले नेपाली बजारमा समेत मूल्य यथावत रहन पुगेको हो।

अर्थ विश्लेषकहरूले सुनचाँदीको बजारमा सामान्य उतारचढाव भए पनि हालको अवस्थालाई स्थिर बजारको संकेतका रूपमा लिएको बताएका छन्। उनीहरूको भनाइमा वैश्विक आर्थिक अवस्था र मुद्रा विनिमय दरले आगामी दिनमा मूल्यमा असर पार्न सक्ने सम्भावना छ। नेपालमा सुनचाँदीको दर दैनिक रूपमा महासंघले निर्धारण गर्ने गर्दछ ।

3 आजको सुनचाँदीको दर स्थिर: सुन तोलामा १,९०,९०० र चाँदी १,९९५ रुपैयाँ
  • Share
      message-button
      आजको सुनचाँदीको दर स्थिर: सुन तोलामा १,९०,९०० र चाँदी १,९९५ रुपैयाँ

      काठमाडौं। नेपालमा आज मंगलबा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

23/Jun/2025
आज कुन देशको मुद्रालाई कति पर्ला?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५...

पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८२ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८४ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९ पैसा रहेको छ।

त्यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ २१ पैसा र बिक्रीदर ४ रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३५ पैसा र बिक्रीदर २१ रुपैयाँ ४५ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६७ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६० रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

7 आज कुन देशको मुद्रालाई कति पर्ला?
  • Share
      message-button
      आज कुन देशको मुद्रालाई कति पर्ला?

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

23/May/2025
विदेशी मुद्रा विनिमय दर स्थिर, अमेरिकी डलरको माग उच्च

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दरअनुसार अमेरिकी डलरको खरिद दर १३७.३१ रुपैयाँ र बिक्री दर १३७.९१ रुपैयाँ कायम भएको छ। पछिल्ला...

केही दिन यता अमेरिकी डलरको दर स्थिर जस्तै देखिए पनि अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च रहेकाले यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ।

युरोपेली युरोको खरिद दर १५५.२८ रुपैयाँ र बिक्री दर १५५.९६ रुपैयाँ रहेको छ। पाउण्ड स्टर्लिङको विनिमय दर क्रमशः १८४.२५ रुपैयाँ खरिद र १८५.०५ रुपैयाँ बिक्रीमा कायम रहेको छ। जापानी येनको दर ९.५६ रुपैयाँ (१० येन बराबर) खरिद र ९.६० रुपैयाँ बिक्री रहेको छ, जुन तुलनात्मक रूपमा स्थिर रहेको देखिन्छ।

चिनियाँ युआनको खरिद दर १९.०६ रुपैयाँ र बिक्री दर १९.१४ रुपैयाँ कायम भएको छ। भारतीय रुपैयाँ १०० को लागि १६०.०० रुपैयाँ खरिद दर र १६०.१५ रुपैयाँ बिक्री दरमा कारोबार भइरहेको छ।

नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ कि बैंकहरूले खुला बजारमा उद्धृत गर्ने विनिमय दरहरू फरक हुन सक्छन्। त्यसैले, वास्तविक कारोबार गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट अद्यावधिक दरहरू प्राप्त गर्न सल्लाह दिइएको छ।

5 विदेशी मुद्रा विनिमय दर स्थिर, अमेरिकी डलरको माग उच्च
  • Share
      message-button
      विदेशी मुद्रा विनिमय दर स्थिर, अमेरिकी डलरको माग उच्च

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

26/Jun/2025
सुनको मूल्य फेरि बढ्यो, चाँदीमा पनि वृद्धि

काठमाडौं। आज बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज २४ क्यारेटको फाइन गोल्ड (9999) प्रति तोला रु...

१,९२,३०० मा कारोबार भइरहेको छ, जुन हिजोको मूल्य रु १,९२,००० भन्दा रु ३०० बढी हो।

त्यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। आज प्रति तोला चाँदी रु २,१७५ मा कारोबार भइरहेको छ, जुन हिजोको तुलनामा रु ३५ ले वृद्धि भएको हो। हिजो चाँदीको मूल्य रु २,१४० प्रतितोला थियो।

लगातार केही दिनदेखि सुनको मूल्यमा स्थिरता देखिए पनि आज पुनः वृद्धि देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य उतारचढाव भइरहेकै बेला नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको हो।

विशेषज्ञहरूका अनुसार विश्व बजारमा डलरको कमजोरी, मध्यपूर्वको अस्थिरता र केन्द्रीय बैंकहरूले सुनमा लगानी बढाएको जस्ता कारणहरूले सुनचाँदीको मूल्यमा चाप परेको छ। नेपालमा आयात निर्भरता भएका कारण मूल्यहरू अन्तर्राष्ट्रिय बजारसँगै मिल्दोजुल्दो रूपमा परिवर्तन भइरहेका छन्।

महासंघले मूल्य हरेक दिन अन्तर्राष्ट्रिय बजार, आयात मूल्य, भन्सार महसुल र विदेशी विनिमय दरको आधारमा निर्धारण गर्ने गर्दछ।

17 सुनको मूल्य फेरि बढ्यो, चाँदीमा पनि वृद्धि
  • Share
      message-button
      सुनको मूल्य फेरि बढ्यो, चाँदीमा पनि वृद्धि

      काठमाडौं। आज बिहीबार नेपाली �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

19/May/2025
कति छ आज डलरको मूल्य? हेर्नुहोस् विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ २ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६६ पैसा रहेको छ।

त्यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९८ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ३ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४९ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ २ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा रहेको छ।

त्यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ९ पैसा र बिक्रीदर ४ रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४ रुपैयाँ २ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ४३ पैसा र बिक्रीदर २० रुपैयाँ ५२ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ५९ पैसा र विक्रीदर ३५६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

5 कति छ आज डलरको मूल्य? हेर्नुहोस् विनिमय दर
  • Share
      message-button
      कति छ आज डलरको मूल्य? हेर्नुहोस् विनिमय दर

      काठमाडौँ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

09/Jun/2025
“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी

यही जून ७ तारिख शनिबारका दिन बिरगञ्जको बौहरवा भाटीमा “माइलेज च्याम्पियन २०२५“ भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ ।

रिशव इम्पेक्सको आयोजनामा सम्पन्न भएको हो...

उक्त कार्यक्रममा ७० जना प्रतिस्पर्धीले सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रम अवधिभर करिब ४०० भन्दा बढी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त माइलेज प्रतियोगिता सवारी साधनमार्फत इन्धनको अधिकतम उपयोग र दक्षता प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको हो । प्रतिस्पर्धामा सहभागीहरूलाई एक लिटर पेट्रोल उपलब्ध गराई, त्यसमा कसले बढी दूरी तय गर्न सक्छ भन्ने आधारमा विजेता चयन गरिएको थियो ।

प्रतियोगितामा विजेता बनेका प्रिन्स पटेलले एक लिटर पेट्रोलमा ९२ किलोमिटर दूरी पार गर्दै पहिलो स्थान हासिल गरेका थिए । यस्तै, उपविजेता हिराल मुखियाले ८७ किलोमिटर दूरी तय गरेका थिए भने संजित कुमार गुप्ताले ७२ किलोमिटरको माइलेज तय गर्दै दोस्रो उपविजेता बन्न सफल भए ।

रिशव इम्पेक्सका प्रतिनिधिका अनुसार, “यस किसिमका कार्यक्रमहरूले उपभोक्ताहरूमा इन्धन दक्षता, स्मार्ट र दिगो सवारी प्रयोगका उपायहरूबारे जनचेतना अभिवृद्धि गर्नुका साथै ग्राहकहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँछन ।”

रिशव इम्पेक्सले सहभागी, दर्शक, आयोजक टोली तथा सहकार्यकर्ता सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ परिस्कृत तथा प्रभावकारी कार्यक्रमहरूको निरन्तरता रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

4 “माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी
  • Share
      message-button
      “माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी

      यही जून ७ तारिख शनिबारका दिन �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

05/Jun/2025
आज पनि सुनको मूल्यमा वृद्धि कायम, चाँदी यथावत

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनचाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ। आज पनि सुनको मूल्यमा वृद्धि कायम रहँदा चाँदीको मूल्य भने स्थिर रहेको छ।

२४...

क्यारेटको फाइन गोल्ड (9999 शुद्धता) प्रति तोला आज रु १,९३,७०० पुगेको छ, जुन हिजोको तुलनामा रु ५०० ले वृद्धि भएको हो। पछिल्लो दुई दिनमा सुनको मूल्यमा क्रमिक रूपमा बढोत्तरी हुँदै आएको देखिन्छ।

यता चाँदीको मूल्य भने हिजोको जस्तै रु २,०७५ प्रति तोलामा स्थिर छ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको दरमा आएको सुधार, डलरको विनिमय दर र स्थानीय बजारमा मागको चापका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।

विवाह, व्रतबन्धजस्ता पारिवारिक कार्यक्रममा सुनको उच्च प्रयोग हुने भएकाले माग अझै बढ्ने अपेक्षा गरिएको छ। व्यवसायीहरूले उपभोक्तालाई खरिद गर्नु अघि दैनिक दर जानकारी लिएर योजना बनाउन सुझाव दिएका छन्।

4 आज पनि सुनको मूल्यमा वृद्धि कायम, चाँदी यथावत
  • Share
      message-button
      आज पनि सुनको मूल्यमा वृद्धि कायम, चाँदी यथावत

      काठमाडौं। नेपाल सुनचाँदी व्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

16/Jul/2025
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?

काठमाडौँ। नेपाली बजारमा आज असारको अन्तिम दिन (बुधार) सुन चाँदीको भाउमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय...

रुपैयाँले घटेको छ। यो सँगै छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ। यससँगै चाँदी २ हजार २६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।

4 सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?
  • Share
      message-button
      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?

      काठमाडौँ। नेपाली बजारमा आज अ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

03/Jul/2025
नेपालमा लगानी र आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र स्पेनबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र लगानी सहकार्यलाई थप विस्तार गर्ने स्पेनिस व्यवसायीहरुलाई...

आग्रह गर्नु भएको छ ।

बुधबार सपेनको म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका थुप्रै सम्भावना रहेको भन्दै स्पेनी व्यवसायीहरूलाई लगानीका लागि आग्रह गर्नु भयो ।

स्पेन वाणिज्य तथा उद्योग महासंघका सदस्यहरू, व्यापारीक समुदायका अगुवाहरू, नेपाली समुदायका प्रतिनिधिहरू र कूटनीतिक व्यक्तित्वहरू सहभागी कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा दुई देशबीच सहकार्यको बलियो सम्भावना रहेको धारणा राख्नुभयो ।

नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा पर्यटन उद्योग रहेको चर्चा गर्दै अध्यक्ष ढकालले सगरमाथादेखि लिएर भगवान बुद्धको जन्मस्थल लुम्बिनीसम्मका स्थलहरूको विशेष धार्मिक, सांस्कृतिक र प्राकृतिक आकर्षण रहेको बताउनु भयो । उहाँले गुणस्तरीय सेवा र पूर्वाधारमा लगानी गर्न सके नेपालले विश्वभरका पर्यटकहरूलाई थप आकर्षित गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै उहाँले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएको, सरकारले लगानी र कम्पनी दर्तासम्बन्धी प्रक्रिया सहज बनाउन ‘वान–स्टप सर्भिस सेन्टर’ स्थापना गरिसकेको, राष्ट्रिय बजेटले ऊर्जा, कृषि, सूचना प्रविधि, निर्माण र डिजिटल नवप्रवर्तनजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै कर छुट र व्यापार नियमहरू सजिलो बनाएको उल्लेख गर्नुभयो ।

“ नेपालमा व्यवसाय गर्न सजिलो, छिटो र पारदर्शी बनाउने हाम्रो उद्देश्य हो । लगानीको लागि नीतिगत सुधारहरूका लागि महासंघले सरकारसंग निरन्तर पहल गर्‍यो । उहाँले भन्नुभयो, फलस्वरुप लगानीमैत्री वातावरण बनाउन ३० भन्दा बढी व्यापारसम्बन्धी कानूनहरू संशोधन भएका छन् । जसले नेपालमा लगानीको लागी सहज वातावरण बनेको छ ।”

नेपालसंग स्वच्छ ऊर्जामा विशाल सम्भावना रहेको, ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् क्षमताको उपयोग हुन बाँकी रहेको र क्षेत्रीय विद्युत् व्यापार बढाउँदै नयाँ प्रसारण पूर्वाधार निर्माण भइरहेकाले स्पेनी कम्पनीहरूका लागि यो उपयुक्त समय भएको उहाँले बताउनु भयो । स्पेन विश्वकै सफल पर्यटन उद्योगमध्ये एक भएको नेपाली व्यवसायीहरु पनि त्यो अनुभव र प्रविधिबाट सिक्न उत्सुक रहको चर्चा गर्दै स्पेनी व्यवसायिक समुदायलाई नेपाल भ्रमणका लागि लागि आमन्त्रण गर्नुभयो । यस्तै उहाँले सम्बन्धित क्षेत्रहरू पहिचान गर्न, स्थानिय साझेदारहरू भेट्न र प्रक्रिया बुझ्न महासंघले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

लगानीकर्ताहरू स्थिरता, स्पष्ट प्रक्रिया र भरपर्दो प्रणाली खोज्ने उल्लेख गर्दै अध्यक्ष ढकालले नेपाल पछिल्लो समय पूर्वाधार विकास , डिजिटल प्रणाली, भन्सार र वित्तीय पहुँच सुधारमा केन्द्रित भएको बताउनु भयो ।

स्पेनस्थित नेपाली डायस्पोराको भूमिकाबारे चर्चा गर्दै उहाँले नेपाली उत्पादनको प्रवद्र्धन, लगानी आकर्षण र पर्यटन विकासमा नेपालका आर्थिक दूतको रूपमा कार्य गर्न आग्रह गर्नु भयो ।

5 नेपालमा लगानी र आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई महासंघ अध्यक्ष ढकालको आग्रह
  • Share
      message-button
      नेपालमा लगानी र आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई महासंघ अध्यक्ष ढकालको आग्रह

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

18/Jun/2025
देशभर आंशिक बदली, गण्डकी र बागमतीका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं। आज देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी गण्डकी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम...

वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का हिमपात वा वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।

मनसुनको सक्रियता बढेसँगै आज दिउँसो गण्डकी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको पूर्वानुमान गरिएको छ। देशका अन्य भू–भागहरूमा भने आंशिकदेखि सामान्य बदली रहनेछ।

साथै मौसमविद्हरूले मध्य र पश्चिमी भेगका तराई क्षेत्रहरूमा तातो र आर्द्रतायुक्त मौसम रहने भएकाले स्वास्थ्य र तापक्रम सम्बन्धी सावधानी अपनाउन समेत अनुरोध गरेका छन्।

हवाई उडान, सडक यातायात, जल तथा कृषि क्षेत्रमा हल्का असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। पहाडी तथा हिमाली भेगमा यात्रा गर्नेहरूलाई सम्भावित पहिरो तथा भूस्खलनबाट सावधान रहन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

आगामी २४ घण्टासम्म देशका केही स्थानमा मेघगर्जनसहितको वर्षा हुन सक्ने सम्भावना कायम रहने मौसमविद्हरूले जनाएका छन्।

7 देशभर आंशिक बदली, गण्डकी र बागमतीका केही स्थानमा वर्षाको सम्भावना
  • Share
      message-button
      देशभर आंशिक बदली, गण्डकी र बागमतीका केही स्थानमा वर्षाको सम्भावना

      काठमाडौं। आज देशभर आंशिकदेख�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

31/Jul/2025
मनसुनी प्रभाव सक्रिय रहेकोले, केहि स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज बिहीबार, देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपाल नजिक सरदर स्थानको आसपास...

नै सक्रिय रहेकाले देशका विभिन्न भू–भागहरूमा बादल लाग्ने, वर्षा हुने सम्भावना रहेको छ।

हालको मौसमस्थितिमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी लगायतका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको छ। राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि आंशिक बदली रहेको छ भने दिउँसोतिर वर्षाको सम्भावना रहेको छ।

देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। गण्डकी, कर्णाली, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

महाशाखाले बाढी, पहिरो, डुबान, गेग्रान बहावजस्ता प्राकृतिक जोखिमहरूलाई ध्यानमा राखी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यात्रुहरूलाई आवश्यक सतर्कता र सुरक्षाका उपाय अपनाउन, नदी आसपासका क्षेत्रहरूमा बसोबास गर्नेलाई सजग रहन, तथा सडक तथा हवाई यातायातका प्रयोगकर्ताहरूलाई मौसम अनुरूप योजना बनाउन अनुरोध गरिएको छ।

3 मनसुनी प्रभाव सक्रिय रहेकोले, केहि स्थानमा भारी वर्षाको सम्भावना
  • Share
      message-button
      मनसुनी प्रभाव सक्रिय रहेकोले, केहि स्थानमा भारी वर्षाको सम्भावना

      काठमाडौं । आज बिहीबार, देशभर �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

06/Jul/2025
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरू गरिँदै छ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा...

घरघरको तुलसी मोठमा राखिएको दलका बिरूवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा गर्ने गरिन्छ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो भने भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ। एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ।

वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ। तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत रहेको छ।

वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ। तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ।

तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ।

4 आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै
  • Share
      message-button
      आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

      काठमाडौँ। प्रत्येक वर्ष आषा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

11/Jul/2025
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ।

यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स...

म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो। ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो।

विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउँदै यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरु, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गमा खुसी साट्दै हार्दिक आभार व्यक्त गरे।

ग्लोबल फाइनान्स म्यागाजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो। ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो। ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रिय बैंक र वाणिज्य बैंकहरूलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ।

ग्लोबल फाइनान्सले २०२५ को लागि हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको यूओबी मलेशिया, बङ्लादेशको सिटी बैंक, जापानको एसएमबीसी लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको हो।

ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी समयसान्दर्भिक नविनतम् सेवाहरू प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट “नेपालको उत्कृष्ट बैंक” को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरु प्रदान गर्न प्रोत्साहित गर्नेछ।

यस अघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ। बैंकले अहिलेसम्म यस अवार्डसहित बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

3 ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
  • Share
      message-button
      ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

      काठमाडौँ। ग्लोबल आइएमई बैंक �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

25/Jun/2025
एनएमबि लघुवित्तले बोलायो १२औँ वार्षिक साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाडौँ। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३२ गते अर्थात बुधाबार आफ्नो १२औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको १६७औँ बैठकले सभा पोखराकोहोटल...

सिटी स्क्वायरमा बिहान ९ बजे बोलाएको हो।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरू उपर छलफल गरी पारित गर्नेछ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आ.व. २०८१/०८२ को लेखा परीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, संस्थापक तर्फको शेयर स्वामित्व परिवर्तन गरि ५१ प्रतिशत कायम गर्ने सम्बन्धी प्रवन्धपत्रको दफा ६ (ङ) तथा सर्वसाधारण तर्फको शेयर स्वामित्व परिवर्तन गरि ४९ प्रतिशत कायम गर्ने सम्बन्धी प्रवन्धपत्रको दफा ६ (च) तथा संस्थापक समूह अर्न्तगत मनोनित निर्वाचित हुने सञ्चालकको संख्या सम्वन्धी नियमावलीको ३१ (क) संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने छ।

सभाले सञ्चालक समितिको गठन, संख्या र कार्यकाल सम्बन्धी संस्थाको नियमावलीको नियम २७ (२) संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने, यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्नेरगाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अगाडी बढाउन उपयूक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्नेरगाभिने वा प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

13 एनएमबि लघुवित्तले बोलायो १२औँ वार्षिक साधारण सभा, यस्ता छन् प्रस्ताव
  • Share
      message-button
      एनएमबि लघुवित्तले बोलायो १२औँ वार्षिक साधारण सभा, यस्ता छन् प्रस्ताव

      काठमाडौँ। एनएमबि लघुवित्त व�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

28/May/2025
अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्यो, हेर्नुहोस् यस्तो छ आजको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले वुधबार लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५...

पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५५ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३८ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १६५ रुपैयाँ ४३ पैसा कायम रहको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४१ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८० पैसा र बिक्रीदर १०६ रुपैयाँ २७ पैसा रहेको छ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ २ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा रहेको छ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ १६ पैसा र बिक्रीदर ४ रुपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४ रुपैयाँ २९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७३ पैसा र बिक्रीदर २० रुपैयाँ ८२ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ २३ पैसा र बिक्रीदर ४४६ रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९८ पैसा तथा ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ८९ पैसा र विक्रीदर ३५५ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

3 अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्यो, हेर्नुहोस् यस्तो छ आजको विनिमय दर
  • Share
      message-button
      अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्यो, हेर्नुहोस् यस्तो छ आजको विनिमय दर

      काठमाडौँ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

यामाहाद्वारा काठमाडौँमा माइलेज च्यालेन्ज र र्यालीको आयोजना

काठमाडौँका लागि यामाहाको स्कुटर तथा मोटरसाइकलको आधिकारिक बिक्रेता ब्लू स्क्वाएर, नक्सालले यामाहा रेजेडआर हाइब्रिड १२५ सी.सी. सेग्मेन्टको स्कुटरको माईलेज च्यालेन्ज र र्याली सफलतापुर्वक सम्पन्न गरेको छ।

...

यामाहा रेजेडआर हाइब्रिड १२५ सी.सी.लाई नेपालको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माईलेज दिने स्कुटरका रूपमा गरिँदै आएको दाबीलाई सत्य साबित गर्न यस कार्यक्रमको आयोजना गरिएको हो। यामाहा रेजेडआर हाइब्रिड १२५ सी.सी. जस्तोसुकै भू-भागमा पनि सजिलै चलाउन सकिने र अरु कम्पनीका स्कुटरको तुलनामा उच्च माईलेज दिने कुरा प्रमाणित गर्न डिलरले काठमाडौँका आफ्ना २५ जना रेजेडआर हाइब्रिड १२५ सी.सी.का ग्राहकहरुलाई माइलेज च्यालेन्जमा सहभागी गराएको थियो।

कार्यक्रम यामाहा शोरुम ब्लू स्क्वाएर, नक्सालबाट सुरु भई दक्षिणकाली भिलेज रिसोर्टमा पुगेर सम्पन्न भएको थियो। स्कुटरले समतल बाटोमा मात्र नभई उकालो, ओरालो र खाल्डा खुल्डीमा समेत कस्तो पर्फमेन्स दिन्छ र कतिसम्म माइलेज प्रदान गर्छ भन्ने हेतुले उक्त स्थान रोजिएको हो। माईलेज च्यालेन्जमा सहभागी ग्राहकहरुलाई विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाउँदै रेजेडआर हाइब्रिड १२५ सी.सी.का बारेमा जानकारी समेत गराइएको थियो।

स्कुटरका बारेमा जानकारी गराउने क्रममा यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, “रेजेडआर १२५ हाइब्रिड विभिन्न आवश्यकता र सवारहरूको प्राथमिकता पूरा गर्न स्टाण्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस गरी चार स्ट्रिमहरूमा उपलब्ध छ। १४५ एमएमको ग्राउन्ड क्लियरेन्सको साथ मात्र ९९ किलोग्राम तौलको यस हल्का स्कुटरमा युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कट-अफ फङ्सन र २१ लिटर अन्डर-सीट भण्डारण जस्ता सुविधाहरू छन्। स्टप एण्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वतः स्विच अफ गरी मूल्यवान ऊर्जा बचत गरेर इन्धन दक्षता अझ बढाउँछ।”

र्यालीको समापनमा माइलेज च्यालेन्जका विजेताहरूको नाम घोषणा गरिएको थियो जसमा ७३.३३ कि.मि. प्रतिलिटर माईलेजका साथ अनिशा श्रेष्ठ प्रथम, ६४.७२ कि.मि. प्रतिलिटर माईलेजका साथ काजल शाही द्वितीय तथा ५९.७५ कि.मि. प्रतिलिटर माईलेजका साथ शमशेर आलम तृतीय भएका थिए।

यामाहाको यस उत्साहजनक पहललाई साथ दिने सहभागीहरूलाई धन्यवाद तथा विजेताहरूलाई बधाई ज्ञापन गर्दै कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अग्रवालले सेवाग्राहीप्रति आफ्नो उत्पादनको विश्वास बढाउन र सेवाग्राहीका अपेक्षाबारे जानकारी लिन यस किसिमका कार्यक्रमहरू आगामी दिनमा देशैभरि आयोजना गर्ने प्रतिबद्धता दोहोर्याए।

117 यामाहाद्वारा काठमाडौँमा माइलेज च्यालेन्ज र र्यालीको आयोजना
  • Share
      message-button
      यामाहाद्वारा काठमाडौँमा माइलेज च्यालेन्ज र र्यालीको आयोजना

      काठमाडौँका लागि यामाहाको स्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

16/Jul/2025
जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमा उपलब्ध

काठमाडौं। ग्लोबल टेक जायन्ट जेडटीई कर्पोरेसनले आफ्ना ३ मोडेलका स्मार्टफोनहरूमा शून्य प्रतिशत व्याजदरमा किस्तावन्दी योजना ल्याएको छ। यो योजनाअनुसार प्रयोगकर्ताहरूले अत्याधुनिक सुविधायुक्त जेडटीई भी७० म्याक्स र...

प्रिमियम जेडटीई भी७० डिजाइन मोडेलका स्मार्टफोनहरू ६ महिनाको सहज मासिक किस्तामा खरिद गर्न सक्नेछन्। यस किस्ताबन्दी योजना अन्तर्गत इच्छुक खरिदकर्ताले केवल आफ्नो नेपाली नागरिकता प्रमाणपत्रको भरमा नयाँ स्मार्टफोन किन्न सक्नेछन। यस बाहेक यसमा कुनै जटिल कागजी प्रक्रिया नरहेको र व्याज पनि नलाग्ने कम्पनिले जानकारी दिएको छ ।

प्रयोगकर्ताहरूलाई सरल र सहज किनमेल अनुभव प्रदान गर्ने उद्देश्यले जगदम्बा हायर पर्चेजसँगको साझेदारीमा जेडटीईले यस विशेष योजना सार्वजनिक गरेको हो। नेपालमा १५,००० देखि २०,००० रूपैयाँका फोनहरुमा पनि किस्ताबन्दी सुविधा ल्याउने जेडटीई दोस्रो ब्रान्ड बनेको छ, जसले सबै नेपालीका लागि नयाँ प्रविधि अझ पहुँचयोग्य बनाउने कम्पनिको उद्देश्यलाइ सार्थकता प्रदान गरेको छ।

यस शुन्य प्रतिशत व्याजदर किस्ताबन्दि योजना अनुसार १५,९९९ मूल्य रहेको भी७० म्याक्स (६+१२८ जिबी) स्मार्टफोन मोडेल खरिद गर्न चाहनेले रूपैयाँ ६ हजार ४०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक १,६०० किस्तामा तिर्न सकिन्छ। यस्तै, १६,९९९ मूल्य रहेको भी७० डिजाइन (८+१२८ जिवी मोडेलका लागि प्रयोगकर्ताले ६,८०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक १,७०० किस्तामा तिर्न सकिन्छ। अलि बढी स्टोरेज क्षमता भएको फोन खोजिरहेका प्रयोगकर्ताका लागि १८,९९९ मूल्यको भी७० डिजाइन (८२५६ जिवी) स्मार्टफोन मोडेल खरिद गर्दा रूपैयाँ ७,६०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम मासिक १,९०० किस्तामा ६ महिनासम्म तिर्न सकिन्छ।

यस शून्य प्रतिशत ब्याजदरमा किस्तावन्दी योजनामार्फत जेडटीईले अत्याधुनिक प्रविधिलाई अझ पहुँचयोग्य र सर्वसुलभबनाउने प्रयासलाई थप मजबुत बनाएको छ। नयां स्मार्टफोन किन्न चाहने हरेक प्रयोगकर्ताहरूका लागि यो अवसर निकै उपयुक्त र प्रभावकारी सावित हुने विश्वास गरिएको छ।

3 जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमा उपलब्ध
  • Share
      message-button
      जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमा उपलब्ध

      काठमाडौं। ग्लोबल टेक जायन्ट �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

01/Jul/2025
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा न्यौपाने, राई र श्रेष्ठ मनोनीत

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को कार्यकारिणी समितिमा तीन जना अनुभवी व्यवसायीहरूलाई मनोनयन गरिएको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संस्थाको विधानको दफा २९ को...

उपदफा २९.२ को खण्ड (च) अनुसार राजकुमार न्यौपाने, सरस्वती राई र कमल कुमार श्रेष्ठलाई कार्यकारिणी सदस्यमा मनोनीत गर्नुभएको हो।

मनोनित सदस्यमध्ये राजकुमार न्यौपाने महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुनुहुन्छ। यस्तै, कमल कुमार श्रेष्ठ पनि महासंघका पूर्व कार्यकारिणी सदस्य हुनुका साथै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष रहनुभएको छ। सरस्वती राई नेपाल हर्ब्स एण्ड हर्बल उत्पादक संघकी अध्यक्ष तथा महासंघको महिला उद्यमी विकास समितिकी उपसभापति हुनुहुन्छ।

महासंघद्वारा जारी विज्ञप्तिमा अध्यक्ष ढकालले मनोनित तीनै जना सदस्यहरूबाट महासंघको नीति, योजना र कार्यक्रमहरू थप प्रभावकारी ढंगले कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको उल्लेख गरिएको छ। व्यवसायीहरूको व्यापक अनुभव र विविध क्षेत्रको प्रतिनिधित्वले महासंघको कार्यसम्पादनमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।

11 नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा न्यौपाने, राई र श्रेष्ठ मनोनीत
  • Share
      message-button
      नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा न्यौपाने, राई र श्रेष्ठ मनोनीत

      काठमाडौँ । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

05/Jun/2025
नाइमा द्वारा मौद्रिक नीति अघि केहि सुझाव: सवारी कर्जामा ८०/२० अनुपात र युआन एलसी खोल्न माग

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (NAIMA) ले आगामी मौद्रिक नीति तयारीको सन्दर्भमा नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका आवश्यकताहरूलाई समेट्दै नेपाल राष्ट्र बैंकलाई महत्वपूर्ण सुझावहरू...

प्रस्तुत गरेको छ।

गभर्नर डा. विश्वनाथ पौडेललाई बधाईसहित पठाइएको उक्त ज्ञापनपत्रमा नाइमाले कर्जा नीतिमा लचकता, युआन एलसी सम्बन्धी समस्या समाधान, र सवारी साधन कर्जाको जोखिम भार कम गर्ने विषयमा पाँच बुँदे सिफारिस राखेको हो।

नाइमाले सवारी खरिदका लागि हालको ५०:५० कर्जा अनुपातलाई परिमार्जन गरी सबै प्रकारका सवारी साधनमा ८०:२० को कर्जा अनुपात लागू गर्न अनुरोध गरेको छ। यसले उपभोक्ता पहुँच वृद्धि, अटो बजार विस्तार र समग्र आर्थिक वृद्धिमा योगदान दिने विश्वास संस्था राख्छ।

त्यस्तै, हाल चीनबाट आयात हुने सवारीहरूमा केवल चिनियाँ कम्पनीको नाममा मात्र युआनमा एलसी खोल्न पाइने प्रावधानले समस्या सिर्जना गरेको उल्लेख गर्दै नाइमाले उत्पादन, ढुवानी र लाभग्राही फरक देशमा भए पनि युआनमा एलसी खोल्न दिने अनुमति दिन माग गरेको छ।

साथै, सवारी कर्जाको जोखिम भार (Risk-Weighted Asset) अहिलेको १०० प्रतिशतबाट घटाएर ७५ प्रतिशत कायम गर्न अनुरोध गरिएको छ। नाइमाका अनुसार, सवारी कर्जा सुरक्षित र पुनर्बिक्री योग्य सम्पत्ति भएकोले जोखिम कम हुने देखिन्छ।

नाइमाले राष्ट्र बैंकको वित्तीय अनुशासन र दिगो विकासमा देखाएको पहलको सराहना गर्दै अटोमोबाइल क्षेत्रको आवाजलाई मौद्रिक नीतिमा समेटिने आशा व्यक्त गरेको छ।

एसोसिएसनले यी सुझावहरू समावेश भएमा अटो व्यवसाय, कर्जा प्रवाह र समग्र आर्थिक सशक्तीकरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।

4 नाइमा द्वारा मौद्रिक नीति अघि केहि सुझाव: सवारी कर्जामा ८०/२० अनुपात र युआन एलसी खोल्न माग
  • Share
      message-button
      नाइमा द्वारा मौद्रिक नीति अघि केहि सुझाव: सवारी कर्जामा ८०/२० अनुपात र युआन एलसी खोल्न माग

      काठमाडौं। नेपाल अटोमोबाइल इ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

13/Jun/2025
गीताप्रेस नेपालको प्रथम दशकको उत्सव सम्पन्न, नयाँ एप र नेपाली अनुवादित महापुराण विमोचन

काठमाडौं। नेपालमा स्थापित गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंले आफ्नो प्रथम दशकको गौरवमय उत्सव भव्य रूपमा मनाएको छ। कार्यक्रमको अवसरमा श्रीलिङ्ग महापुराण र श्रीमत्स्य महापुराणको नेपाली अनुवाद...

विमोचन गरिएको छ। साथै, गीताप्रेस नेपालको आधिकारिक वेबसाइटहरू (gitapressnepal.org, gitapressnepal.com) र मोबाइल एप्लिकेशन 'Gitapress Nepal' को औपचारिक लञ्च गरिएको छ।

पशुपति क्षेत्रस्थित माधव राज सुमार्गी स्मृति भवनमा आयोजित समारोहमा कार्यक्रमको अध्यक्षता श्री जयकिसन साडाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा गीताप्रेस गोरखपुरका प्रवन्धक डा. श्री लालमणि तिवारी तथा विशिष्ट अतिथिका रूपमा भगवान पशुपतिनाथका मूल भट्ट श्री गणेश रावल भट्ट र मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डन रहनुभएको थियो।

कार्यक्रममा गीताप्रेस नेपालले विगत १० वर्षमा पुर्‍याएको धार्मिक, सांस्कृतिक र आध्यात्मिक योगदानको चर्चा गर्दै अध्यक्ष साडाले भने, “नेपालमा गीताप्रेसको अन्तर्राष्ट्रिय शाखा स्थापना भएको १० वर्ष पूरा भएको छ। अबदेखि मोबाइल एप र वेबसाइटमार्फत नेपाली भाषामा प्रकाशित पुराण, रामायण, उपनिषद्, स्तोत्र, चालिसा र अन्य धार्मिक सामग्रीहरू सर्वसुलभ हुनेछन्।”

गीताप्रेसले सिंगापुर, इन्डोनेसिया, दुबई, अष्ट्रेलिया, अमेरिका लगायतका देशहरूमा समेत पुस्तक वितरण गरिरहेको जानकारी दिइयो। साथै, आगामी दिनमा पशुपति क्षेत्र आसपास गीता भवन निर्माण गरी त्यहाँ थोक तथा खुद्रा पुस्तक विक्री केन्द्र, वितरण कार्यालय, तथा मोबाइल गाडीमार्फत प्रचार-प्रसारको योजना रहेको बताइएको छ।

कार्यक्रममा गीताप्रेस नेपालका उपाध्यक्ष श्री ईश्वरी प्रसाद रिमालले धन्यवाद ज्ञापन गरे भने सञ्चालन श्री यदुनन्दन भारद्वाजले गर्नुभएको थियो।

"घर–घर गीता: हाम्रो अभियान" कार्यक्रम अन्तर्गत हजारौं विद्यार्थीलाई निःशुल्क नेपाली भाषामा सरल गीता वितरण गरिएको जानकारी दिँदै, आगामी दिनमा विभिन्न विद्यालय र गुरुकुलसम्म पुर्याउने लक्ष्य दोहोर्याइएको थियो।

गीताप्रेस नेपालले नेपाली भाषामा ६० भन्दा बढी सत्साहित्यको अनुवाद सम्भव बनाउने विद्वत् व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।

3 गीताप्रेस नेपालको प्रथम दशकको उत्सव सम्पन्न, नयाँ एप र नेपाली अनुवादित महापुराण विमोचन
  • Share
      message-button
      गीताप्रेस नेपालको प्रथम दशकको उत्सव सम्पन्न, नयाँ एप र नेपाली अनुवादित महापुराण विमोचन

      काठमाडौं। नेपालमा स्थापित ग�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

30/May/2025
आज चाँदी रु १५ ले घट्यो सुनको कति ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १६ गते (शुक्रबार) का लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ।

आज ९९९९ शुद्धताका सुनको मूल्य प्रति तोला रु १,८८,५०० कायम...

गरिएको छ। हिजो १५ गते सुनको मूल्य प्रति तोला रु १,८७,८०० थियो। यसअनुसार, आज सुनको मूल्यमा प्रति तोला रु ७०० को वृद्धि भएको छ।

चाँदीको मूल्य पनि हिजोको तुलनामा घटेको देखिन्छ। हिजो प्रति तोला रु १,९९५ रहेको चाँदी आज प्रति तोला रु १,९८० मा झरेको छ। यसअनुसार, चाँदीको मूल्यमा प्रति तोला रु १५ को कमी आएको छ।

व्यवसायीहरूले भने सुनको भाउमा वृद्धिसँगै मागमा अलि कमी आउन सक्ने जनाएका छन्। चाँदीको मूल्यमा भएको सामान्य गिरावटले भने केही राहत दिन सक्ने अनुमान गरिएको छ।

5 आज चाँदी रु १५ ले घट्यो सुनको कति ?
  • Share
      message-button
      आज चाँदी रु १५ ले घट्यो सुनको कति ?

      काठमाडौं । नेपाल सुनचाँदी व्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

23/Jun/2025
देशभर मनसुन सक्रिय : भारी वर्षाको सम्भावना, बाढी र पहिरोको जोखिमबारे सतर्कता

काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसमको अवस्था छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि...

मध्यम वर्षा भइरहेको छ। यस वर्षको मनसुन प्रणाली २०८२ असार ६ गतेका दिन देशभर फैलिसकेको छ, जसले गर्दा वर्षा क्रमशः तीव्र हुने सम्भावना छ।

नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टासम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका केही स्थानहरूमा भने भारीदेखि धेरै भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, देशका उच्च–पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना पनि रहेको छ।

मौसमविद्हरूले वर्षाका कारण नदीहरूको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी तथा पहिरो जस्ता विपद् आउन सक्ने भएकाले सचेत रहन सबैलाई आग्रह गरेका छन्। साथै, जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अतिरिक्त सतर्कता अपनाउन अनुरोध गरिएको छ।

7 देशभर मनसुन सक्रिय : भारी वर्षाको सम्भावना, बाढी र पहिरोको जोखिमबारे सतर्कता
  • Share
      message-button
      देशभर मनसुन सक्रिय : भारी वर्षाको सम्भावना, बाढी र पहिरोको जोखिमबारे सतर्कता

      काठमाडौं । हाल देशभर आंशिकदे�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

01/Jul/2025
सवारी साधनसम्बन्धी प्रस्तावित निर्देशिका : नाडा र यातायात व्यवस्था विभागबीच विस्तृत छलफल

काठमाडौं। नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) र यातायात व्यवस्था विभागबीच सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी प्रस्तावित निर्देशिकाका विषयमा विस्तृत छलफल भएको छ।

नाडाका अध्यक्ष करण चौधरीको...

नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक राजीव पोखरेलसँग मंगलबार काठमाडौंमा भेट गर्दै प्रस्तावित ‘सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२’ का बुँदाहरुबारे विचार–विमर्श गरेको हो।

भेटमा अध्यक्ष चौधरीले निर्देशिका तयार गर्न विभागले गरेको प्रयासको प्रशंसा गर्दै भने, “नीति निर्माण पूर्व सरोकारवालाबीचको संवाद अत्यावश्यक छ। यस्ता निर्देशिकालाई व्यवहारिक र सन्तुलित बनाउन नाडा र विभागबीच सघन छलफल जरुरी छ।”

उपाध्यक्ष राजनबाबु श्रेष्ठले निर्देशिकामा समावेश केही बुँदाहरू थप छलफलसहित पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए। “वास्तविक स्थितिको आधारमा, सिलसिलावार छलफलमार्फत नीतिलाई व्यावहारिक बनाइनुपर्छ,” उनले भने।

महासचिव सुरेन्द्रकुमार उप्रेतीले पनि सरकारको नियमन प्रणाली पारदर्शी र निष्पक्ष हुनुपर्ने धारणा राख्दै नेपालमै बैट्री उत्पादन सुरु भइसकेको जानकारी गराए। उनले सही काम गर्ने उद्योगहरूलाई प्रोत्साहन र अनियमित गतिविधिमा संलग्न हुनेहरूलाई दण्डित गरिनु पर्ने बताए।

छलफलका क्रममा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनको सवारी नीतिबारेको अध्ययनका आधारमा निर्देशिका तयार पार्ने प्रयास भइरहेको जानकारी दिए।

महानिर्देशक पोखरेलले सवारी साधन आयात र उत्पादनमा स्पष्ट नीतिको अभाव रहेको भन्दै, “नाडा जस्ता प्रमुख सरोकारवालासँग सहकार्य गरेर निर्देशिकालाई यथार्थपरक र समन्वित बनाउने हाम्रो लक्ष्य हो,” भन्दै विभागको तयारी अन्तिम चरणमा रहेको बताए।

यो छलफलले नेपालमा सवारी साधन व्यवस्थापनमा स्पष्ट, समन्वित र दीर्घकालीन नीतिगत खाका बनाउन सकारात्मक दिशा दिने अपेक्षा गरिएको छ।

8 सवारी साधनसम्बन्धी प्रस्तावित निर्देशिका : नाडा र यातायात व्यवस्था विभागबीच विस्तृत छलफल
  • Share
      message-button
      सवारी साधनसम्बन्धी प्रस्तावित निर्देशिका : नाडा र यातायात व्यवस्था विभागबीच विस्तृत छलफल

      काठमाडौं। नेपाल अटोमोबाइल्स

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

07/Jun/2025
सीप विकास प्रवर्द्धनका लागि एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाबीच SEEP मेला आयोजना सहकार्य

काठमाडौं। एमएडब्लू इन्टरप्राइजेज प्रा. लि. र काठमाडौं महानगरपालिका (केएमसी) बीच एक औपचारिक सम्झौता सम्पन्न भएको छ, जसअनुसार दुवै पक्ष मिलेर काठमाडौँको टुँडिखेलमा जनशक्तीको निर्माण र विकासमा...

केन्द्रित SEEP मेला आयोजना गर्नेछन्। यो सहकार्यको मुख्य उद्देश्य सीपमूलक व्यवसायिक तालिमको प्रबर्धन गर्दै रोजगारीको अवसर सृजना गर्नु हो।

जेठ ७ बाट सुरु भइसकेको SEEP (Skill and Employment Enhancement Program) मेलाले हाल १० वटा प्रमुख क्षेत्रअन्तर्गत ३७ प्रकारका पेशागत सीप सम्बन्धी तालिमहरू दिइरहेको छ। यसले युवाहरुलाई गुणस्तरीय रोजगारीतर्फ उन्मुख गराउने गरी व्यवहारिक तालिममार्फत आवश्यक ज्ञान र सीप सिकाउने अवसर सिर्जना गरिरहेको छ। साथै, यसले उद्योगहरूलाई आवश्यक जनशक्ति भित्र्याउने क्षमता बढाउन पनि मद्दत पुर्‍याउने छ।

यो साझेदारीले दुवै पक्षको आपसी सम्बन्ध र दिगो विकास लक्ष्य (SDGs) प्रतिको प्रतिवद्धता देखाउँछ, विशेष गरी मर्यादित रोजगारी र आर्थिक वृद्धि सम्बन्धी लक्ष्यप्रति। SEEP मेलाले नेपालमा आत्मनिर्भर र दक्ष जनशक्ति तयार पार्नका लागि विभिन्न सीप विकास कार्यक्रम र श्रम बजारको वास्तविक आवश्यकताबीचको दूरी घटाउने लक्ष्य लिएको छ।

सम्झौता पत्रमा हस्ताक्षरको कार्यक्रम फेयर म्यानेजमेन्ट कमिटीको तर्फबाट गतिशील अभियान नेपालको संयोजनमा सम्पन्न भएको थियो। आयोजकको तर्फबाट रामजी पौडेलले हस्ताक्षर गर्नुभयो। एमएडब्लू इन्टरप्राइजेजका तर्फबाट एमएडब्लू अर्थमुभर्स प्रा. लि. का सीईओ तेजप्रसाद सुवेदी र एमएडब्लू स्किल्स एकेडेमी प्रा. लि. का सीईओ महेश बिष्टले संयुक्त रूपमा सम्झौतापत्रमा हस्ताक्षर आदानप्रदान गर्नुभयो।

SEEP मेला प्रशिक्षण प्रदायक, रोजगारदाता र काम खोज्नेहरूलाई जोड्ने एउटा महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ। मेलाले सबै पक्षलाई एउटै थलोमा ल्याएर काठमाडौं महानगरपालिकाको लक्ष्यअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको आवश्यकता पूरा गर्न सक्षम र आत्मनिर्भर श्रमशक्ति निर्माणमा टेवा पुर्‍याउनेछ।

यस सहकार्यबाट एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाले सार्वजनिक-निजी साझेदारीलाई सशक्त बनाउने, बेरोजगारी घटाउने र नेपालभित्रै जीवनस्तर सुधार गर्ने लक्ष्य लिएका छन्।

4 सीप विकास प्रवर्द्धनका लागि एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाबीच SEEP मेला आयोजना सहकार्य
  • Share
      message-button
      सीप विकास प्रवर्द्धनका लागि एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाबीच SEEP मेला आयोजना सहकार्य

      काठमाडौं। एमएडब्लू इन्टरप्र

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

15/Jun/2025
कोशी र मधेश प्रदेशमा आज भारी बर्षाको सम्भावना

काठमाडौँ। हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको...

पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखका अनुसार देशको कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको एक-दुई स्थानहरुमा हल्का देखी मध्यम वर्षा भईरहेको छ।

आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानहरू, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कर्णाली प्रदेशको एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश र मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

4 कोशी र मधेश प्रदेशमा आज भारी बर्षाको सम्भावना
  • Share
      message-button
      कोशी र मधेश प्रदेशमा आज भारी बर्षाको सम्भावना

      काठमाडौँ।  हाल कोशी प्रदेश,

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

09/Jun/2025
सुनको मूल्य पुनः घट्यो, चाँदी बढ्यो – आजको दर सार्वजनिक

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सार्वजनिक गरेको दरअनुसार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यले नयाँ उच्चता छोएको छ।

आज २४ क्यारेटको फाइन गोल्ड...

(9999) को मूल्य प्रति तोला रु १,९०,६०० निर्धारण गरिएको छ। हिजोको तुलनामा सुनको मूल्य रु १०० ले घटेको हो। यसअघि सुनको मूल्य रु १,९०,७०० मा थियो।

त्यस्तै, चाँदीको मूल्य भने प्रति तोला रु २,१५० पुगेको छ, जुन हिजोको मूल्य (रु २,१४५) भन्दा रु ५ ले बढी हो। चाँदीको मूल्यमा पछिल्ला दिनमा निरन्तर बृद्धि देखिएको छ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनमा देखिएको हल्का कमजोरी, डलरको स्थायित्व र लगानीकर्ता पक्षको पर्खालगर्दा मूल्यमा गिरावट आएको हो। त्यसैगरी, औद्योगिक चाँदीको उच्च माग र बजारको मनोवृत्तिले चाँदीको मूल्यमा सकारात्मक असर परेको बताइन्छ।

2 सुनको मूल्य पुनः घट्यो, चाँदी बढ्यो – आजको दर सार्वजनिक
  • Share
      message-button
      सुनको मूल्य पुनः घट्यो, चाँदी बढ्यो – आजको दर सार्वजनिक

      काठमाडौं। नेपाल सुनचाँदी व्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

21/Jun/2025
आज देशभर बदली रहने, केही स्थानहरूमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभरको मौसम प्रणालीमा मनसुनी वायुको सक्रियता कायम रहेको छ। नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, बागमती,...

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, यी प्रदेशहरुमध्ये कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। देशको अन्य भू-भागमा समेत आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।

मनसुनी प्रणाली यस वर्ष असारको पहिलो सातादेखि सक्रिय भएसँगै विभिन्न स्थानमा लगातार वर्षा भईरहेको छ। पश्चिमी नेपालमा स्थानीय वायु र भारतको पश्चिम बंगाल क्षेत्रबाट सर्ने न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

मौसम विभागले सम्भावित वर्षाको कारण पहिरो, बाढी, सडक अवरुद्ध, हवाई उडानमा असर तथा सामान्य जनजीवनमा अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा समेत हल्का वर्षा र हिमपातको सम्भावना भएकाले यात्रा वा काममा जानेहरूले पूर्व तयारी गर्न अनुरोध गरिएको छ।

7 आज देशभर बदली रहने, केही स्थानहरूमा भारी वर्षाको सम्भावना
  • Share
      message-button
      आज देशभर बदली रहने, केही स्थानहरूमा भारी वर्षाको सम्भावना

      काठमाडौं। हाल देशभरको मौसम प�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

03/Jun/2025
ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको टोखा नगरपालिका र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण गरेको छ।

बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरूमा १००० वटा फलफुलको विरूवाहरू रोपण...

गरेको हो। उक्त बृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रध्यानापक, विद्यालयका प्रतिनिधिहरू र विद्यार्थी सहित स्थानीयहरूको उपस्थिती रहेको थियो।

साथै, बैंकले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडाहरूमा १५०० वटा बाँसका बिरुवाहरू रोपण गरेको छ। बैंकले सञ्चालन गरेको उक्त बृक्षारोपण कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्रमुख, नेपाली आर्मी र नेपाल प्रहरीका जिल्ला नेतृत्व तथा प्रतिनिधिहरू र स्थानीय व्यक्तीहरूको ठूलो उपस्थिति रहेको थियो।

बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा यस आर्थिक वर्षमा मुलुकभर १८ हजार बिरुवा रोपण गर्ने लक्ष्यका साथ विभिन्न स्थानमा बृक्षारोपण गरिरहेको छ।

बैंकले विश्व वातावरण दिवसको अवसर पारेर ७ वटै प्रदेशहरूको विभिन्न स्थानहरूमा बृक्षारोपण गरीरहेको छ। साथै, उक्त बृक्षारोपणले जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरूको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो। साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

3 ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण
  • Share
      message-button
      ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण

      काठमाडौँ। ग्लोबल आइएमई बैंक �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

19/Jun/2025
घट्यो सुनको मूल्य, अब प्रतितोला कति पर्ला?

काठमाडौँ। आज (असार ५ गते) नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन तोलामा ४०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४००...

रुपैयाँले घटेर १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यसका साथै, आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २२ सय रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी प्रतितोला २२ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

13 घट्यो सुनको मूल्य, अब प्रतितोला कति पर्ला?
  • Share
      message-button
      घट्यो सुनको मूल्य, अब प्रतितोला कति पर्ला?

      काठमाडौँ। आज (असार ५ गते) नेपा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

14/Jul/2025
बुङ्गल हाइड्रोको आईपीओ खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि भर्न पाउने

काठमाडौँ। बुङ्गल हाइड्रो लिमिटेडले आइतबार (असार २९ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको छ।

कम्पनीले कुल ८३...

करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये ८ करोड ३० लाख रुपैयाँ बराबरका ८ लाख ३० हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याइएको छ।

आयोजना प्रभावित बासिन्दामध्ये ६५ प्रतिशत शेयर अति प्रभावित क्षेत्र (सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला, बुङ्गल नगरपालिका वडा नं. ६ र ७) का बासिन्दालाई, तथा ३५ प्रतिशत शेयर सामान्य प्रभावित क्षेत्र (बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १० र ११) का बासिन्दालाई बाँडफाँट गरिनेछ।

यसका साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरका २ लाख ७ हजार ५०० कित्ता शेयर निष्काशन गरिएको छ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ आयोजना प्रभावित क्षेत्रका लागि आवेदन छिटोमा साउन ११ गते र ढिलोमा साउन २६ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ११ गतेभित्र आवेदन दिनुपर्नेछ।

4 बुङ्गल हाइड्रोको आईपीओ खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि भर्न पाउने
  • Share
      message-button
      बुङ्गल हाइड्रोको आईपीओ खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि भर्न पाउने

      काठमाडौँ। बुङ्गल हाइड्रो लि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

18/May/2025
ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएसमा प्रमाणीकरण

काठमाडौँ। ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटि स्टान्डर्ड (PCI DSS v4.0.1) मा प्रमाणीकरण भएको छ।

नेटवर्क इन्टेलिजेन्सबाटपीसीआई–डीएसएसमा प्रमाणीकरणसँगै...

बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित भएको हो।

नेटवर्क इन्टेलिजेन्स पीसीआई सेक्युरिटि स्टान्डर्डस् काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटि असेसर (क्यूएसए) हो। यो निजी संस्थाले कार्डको सुरक्षासम्बन्धी विषयहरू मूल्याङ्कन गर्ने गर्दछ। नेटवर्क इन्टेलिजेन्सबाट कार्डको सुरक्षासम्बन्धी मूल्याङ्कन र पीसीआई-डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित हुन्छ।

बैंकले कार्ड प्रयोगकर्ताहरुको डाटाको सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रूपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ।

प्रयोगकर्ताको डाटा सुरक्षामा बैंकले निरन्तर प्रयास जारी राख्नुका साथै आफ्नो प्रतिवद्धतालाई स्वतन्त्र रूपमा प्रमाणित गरेको हो।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो। साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

5 ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएसमा प्रमाणीकरण
  • Share
      message-button
      ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएसमा प्रमाणीकरण

      काठमाडौँ। ग्लोबल आइएमई बैक ल�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

30/Jun/2025
अमेरिकी डलर स्थिर, एशियाली मुद्राहरूमा सामान्य उतार-चढाव

काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकन डलरको खरीददर रु १३६.४७ र बिक्रीदर रु १३७.०७ रहेको छ, जसले स्थानीय बजारमा स्थिरता कायम राखेको...

देखिन्छ ।

युरोपियन युरोको खरीददर रु १५९.९४ र बिक्रीदर रु १६०.६५ कायम भएको छ भने, युके पाउण्ड स्टर्लिङको दर रु १८७.१८ (खरीद) र रु १८८.०० (बिक्री) रहेको छ । अन्य प्रमुख मुद्राहरू यस प्रकार छन्: सुइस फ्र्याङ्क रु १७०.७९/१७१.५४, अस्ट्रेलियन डलर रु ८९.१२/८९.५१, क्यानेडियन डलर रु ९९.७४/१००.१८, र सिंगापुर डलर रु १०६.९६/१०७.४३ ।

एशियाली मुद्राहरूमा पनि सामान्य उतार–चढाव देखिन्छ: जापानी येन (१० तोला) को दर रु ९.४३/९.४७, चिनियाँ युआन रु १९.०३/१९.११, थाइ भाट रु ४.१९/४.२१, र दक्षिण कोरियाली वन (१००) रु १०.००/१०.०४ मा छ ।

गल्फ मुद्रा र खाडी क्षेत्रका मुद्राहरूमा: साउदी रियाल रु ३६.३९/३६.५५, कतारी रियाल रु ३७.३४/३७.५०, युएई दराम रु ३७.१६/३७.३२, र कुवेती दिनार रु ४४७.००/४४८.९७ मा कारोबार भयो ।

युरोपियन र अन्य मुद्रा दरहरूमा भने: स्वीडिस क्रोनर रु १४.३८/१४.४४, डेनिस क्रोनर रु २१.४४/२१.५३ रहेका छन् ।

भारतसँगको सीमित कारोबारमा भारतीय रुपैयाँ (१००) को दर स्थिर भएर रु १६०.०० खरीद र रु १६०.१५ बिक्री कायम छ ।

नेपाल राष्ट्र बैंक अनुसार एशियाली मुद्राहरूमा सामान्य उतार-चढाव रहेको तर गल्फ क्षेत्र, युरोप र एशियाकी मुद्राहरूको दर पनि त्यसैअनुसार कायम छ।

3 अमेरिकी डलर स्थिर, एशियाली मुद्राहरूमा सामान्य उतार-चढाव
  • Share
      message-button
      अमेरिकी डलर स्थिर, एशियाली मुद्राहरूमा सामान्य उतार-चढाव

      काठमाडौं।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

09/Jul/2025
आर्थिक सुधारका लागि मौद्रिक नीतिमा महासंघको सुझाव : लगानी र रोजगारी प्रवर्द्धनमा प्राथमिकता दिन आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पेश गरेको छ । महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको...

नेतृत्वमा महासंघका पदाधिकारीहरुले मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई भेटेर आगामी मौद्रिक नीतिको लागि सुझाव पेश गरेको हो ।

महासंघले अर्थतन्त्रमा देखिएको सिथिलता, वित्तीय क्षेत्रको जोखिम, र अनौपचारिक क्षेत्रको ठूलो हिस्सालाई केन्द्रविन्दुमा राख्दै, सुधारोन्मुख अर्थतन्त्रलाई गति दिन, निजी क्षेत्रको मनोबल बढाउन, र सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिमलाई सम्बोधन गर्ने नीतिगत सुधारहरूको आवश्यकतामा जोड दिएको छ ।

शुसासन र पूर्वाधारको कमीले नीतिगत सुधारको प्रतिफल प्राप्त हुन नसकेको भन्दै महासंघले मौद्रिक नीतिका मुख्य सुझावहरूमा पूर्वाधार निर्माणलाई लक्षित गरी मौद्रिक नीतिगत योजना सञ्चालन गर्नुपर्नेमा जोड दिएको महासंघका कार्यबाहक अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

महासंघले बजेटमा उल्लेखित कर्जा पुनर्तालिकीकरण र पुनरसंरचनाको व्यवस्थालाई कार्यान्वयन गर्न ठोस कार्यक्रम समावेश गर्नुपर्ने र यो सुविधा साना, मझौला, र ठूला सबै उद्योग–व्यवसायका लागि उपलब्ध गराउनुपर्ने, थप कार्यशील पुँजी प्रवाह र व्याज जरिवानामा सहुलियतको व्यवस्थालाई स्पष्ट र प्रभावकारी रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ ।

यस्तै उत्पादनमूलक, पर्यटन, निर्माण उद्योग, र आवास विकास कम्पनीहरूका लागि सरल र सुलभ तरिकाले कार्यशील पुँजी कर्जा उपलब्ध गराउन सहजीकरण गर्नुपर्ने, व्यवसायको प्रकृतिअनुसार चालु पुँजी कर्जाको निर्णय गर्ने अधिकार सम्बन्धित बैंक र ऋणीहरूलाई दिनुपर्ने र अर्थतन्त्रमा उद्योग क्षेत्रको हिस्सा १२.४% मा झरेको सन्दर्भमा उद्योगहरूले प्राप्त गर्ने कर्जाको ब्याजदर व्यापारको तुलनामा १–२% कम हुनुपर्ने सुझावहरु पेश गरिएको कार्यबाहक अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने सन्दर्भमा लघु, घरेलु, साना, र महिलाद्वारा सञ्चालित निर्यातजन्य उद्योगहरूको प्रतिष्पर्धी क्षमता कायमै राख्न सहुलियत कर्जा उपलब्ध गराउने नीतिगत व्यवस्था गर्नुपर्ने, महिला उद्यमशीलता कर्जालाई उत्पादनसँग जोडेर ब्याज अनुदानको व्यवस्थालाई व्यवस्थित गर्नुपर्ने र ५ करोड रुपैयाँसम्मको कर्जामा अधिकतम २% प्रिमियम दरमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने कार्यबाहक अध्यक्ष श्रेष्ठले धारणा राख्नु भयो ।

यसैगरी वाच लिस्ट ९ध्बतअज ीष्कत० को प्रावधानमा सहजीकरण गर्नुपर्ने, युवा उद्यमशीलता प्रवद्र्धनका लागि जेन–जी पुस्तालाई व्यवसायमा आकर्षित गर्न नागरिक एपमार्फत व्यवसाय दर्ता र एक करोड रुपैयाँसम्मको परियोजना कर्जा उपलब्ध गराउनुको साथै यस सम्वन्धमा महासंघले गरेको सम्भाव्यता अध्ययनलाई कार्यान्वयन गर्नुपर्ने सुझाव महासंघको रहेको छ ।

यसैगरी वैदेशिक रोजगारमा रहेकै बखत औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने व्यक्तिको नेपालस्थित आश्रित परिवारलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने पनि महासंघको धारणा छ । हालको लक्षित कर्जा नीतिलाई परिमार्जन गरी उत्पादनमूलक उद्योग, पर्यटन, र पूर्वाधारलाई प्राथमिकतामा राखेर निर्देशित नीति बनाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाको गैर–व्यवसायिक सम्पत्ति बढ्दै गएको सन्दर्भमा सम्पत्ती व्यवस्थापन कम्पनी स्थापना र सञ्चालन गर्नुपर्ने सुझाव पनि महासंघले दिएको छ ।

हाल रेमिट्यान्स कम्पनीमार्पmत आन्तरिक व्रिपेषण पठाउन नपाउने व्यवस्था रहेको र यसले गर्दा न्युन आय वर्ग, विद्यार्थी, अनौपचारिक क्षेत्रमा कार्यरत मजदुर, घर बाहिर काम गरिरहेका कामकाजी र दुर्गम क्षेत्रका बैंक खाता नभएका र स्मार्ट फोनसम्म पहुँच नभएका व्यक्तिहरु सबैभन्दा बढि प्रभावित रहेकाले परिचयपत्र हेरी रेमिट्यान्स कम्पनी मार्पmत विदेशबाट मनी ट्रान्सफर कम्पनी मार्फत नगद भुक्तानी गर्न पाउने रकम सरह कम्तीमा एक लाख रुपैयासम्म आन्तरिक रुपमा पाउने/पठाउने व्यवस्था गर्नुपर्ने महासंघले सुझाव दिएको छ ।

आवासीय घर कर्जाको सीमा २ करोडबाट ३ करोड रुपैयाँ पुर्‍याउन, बजेटमा उल्लेखित केवाईसीलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरी विद्युतीय माध्यमबाट सम्बन्धित निकायले प्राप्त गर्न सक्ने व्यवस्था कार्यान्वयन गर्न र क्युआरको लागि इन्टरअपरेटिविलिट निःशुल्क कार्यान्वयन गर्नुपर्ने पनि महासंघको सुझावमा उल्लेख छ ।

विदेशमा लगानी गर्ने सन्दर्भमा महासंघले नेपाली व्यवसायी/कम्पनीलाई विदेशमा बिक्री शाखा वा प्रशोधन कारखाना खोल्न अनुमति दिने र कुल निर्यातको २५% सम्म विदेशमा लगानी गर्न दिने बजेटको घोषणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि/विशिष्ट सेवा प्रदान गरे बापत स्वेट शेयर लिन पाउने व्यवस्थालाई स्पष्ट गरि मौद्रिक नीतिमा समावेश गर्न महासंघले सुझाव दिएको छ ।

यस्तै प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा बैंकहरूको लगानीमा अतिरिक्त पुँजी शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने, यस्ता कोषहरूमा गरिएको लगानीलाई निर्देशित क्षेत्रमा कर्जा प्रवाह गरे सरहको मान्यता दिनुपर्ने, महासंघले राष्ट्रबैकलाई दिएको सुझावमा उल्लेख छ ।

सो अवसरमा महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले नेपालको अर्थतन्त्रका विद्यमान चुनोतीहरुको समाधान गर्दै अर्थतन्त्र चलायमान हुने गरि प्रभावकारी मौद्रिक नीति ल्याउनु पर्नेमा जोड दिनुभयो ।

3 आर्थिक सुधारका लागि मौद्रिक नीतिमा महासंघको सुझाव : लगानी र रोजगारी प्रवर्द्धनमा प्राथमिकता दिन आग्रह
  • Share
      message-button
      आर्थिक सुधारका लागि मौद्रिक नीतिमा महासंघको सुझाव : लगानी र रोजगारी प्रवर्द्धनमा प्राथमिकता दिन आग्रह

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

02/Jul/2025
अमेरिकी डलर, कतारी देखि ओमनी रियालसम्मको भाउ कति छ आज?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र...

बिक्रीदर १३७ रुपैयाँ १४ पैसा रहेको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३४ पैसा र बिक्रीदर १०० रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा रहेको छ।

यसैगरी, थाइ भाट एकको खरिददर ४ रुपैयाँ २१ पैसा र बिक्रीदर ४ रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४ रुपैयाँ ५३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६१ पैसा र बिक्रीदर २१ रुपैयाँ ७० पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ६४ पैसा र विक्रीदर ३५६ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

5 अमेरिकी डलर, कतारी देखि ओमनी रियालसम्मको भाउ कति छ आज?
  • Share
      message-button
      अमेरिकी डलर, कतारी देखि ओमनी रियालसम्मको भाउ कति छ आज?

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

15/May/2025
गरिमा विकास बैंकको दुई नयाँ शाखा विस्तार

काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले बैशाख ३१ गते बुधबारका दिन स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ।

ग्रामिण भेगदेखि शहरी क्षेत्रसम्म सरल,...

सुरक्षित एवं गुणस्तरीय बैंकिङ् सेवा प्रवाह गर्दै आइरहेको गरिमा विकास बैंकले एकै पटक दुई स्थानमा शाखा सञ्चालन गरेको हो।

विरुवा शाखाको उद्घाटन विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवर र यस विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रूपमा गरे। त्यसैगरी, अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरूङ र यस विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रूपमा गरेका हुन्।

उद्घाटन कार्यक्रमहरूमा गाउँपालिका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजिवीलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरूबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म/कम्पनी तथा अन्य संघसंस्थाहरूलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बैंकले जनाएको छ।

हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मेसिनमार्फत करिब ९ लाख ग्राहकहरूलाई बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको छ।

5 गरिमा विकास बैंकको दुई नयाँ शाखा विस्तार
  • Share
      message-button
      गरिमा विकास बैंकको दुई नयाँ शाखा विस्तार

      काठमाडौँ। गरिमा विकास बैंक ल�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

24/May/2025
आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर, यूरो, पाउन्ड र भारतीय रुपैयाँको नया रेट हेर्नुहोस्

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर रू १३६.०५ र बिक्री दर रू १३६.६५ कायम...

गरिएको छ। त्यसैगरी, १०० युनिट भारतीय रुपैयाँको खरिद दर रू १६०.०० र बिक्री दर रू १६०.१५ रहेको छ।

युरोपेली युरो (EUR) एक युनिटको खरिद दर रू १५४.५१ र बिक्री दर रू १५५.१९ तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङ (GBP) को खरिद दर रू १८३.६७ र बिक्री दर रू १८४.४८ छ। स्विस फ्राङ्क (CHF) को दर खरिदमा रू १६४.८५ र बिक्रीमा रू १६५.५८ रहेको छ।

त्यस्तै, अस्ट्रेलियन डलर (AUD) को खरिद दर रू ८७.९४ र बिक्री दर रू ८८.३३ रहेको छ भने क्यानाडियन डलर (CAD) को खरिद दर रू ९८.५० र बिक्री दर रू ९८.९३ छ। सिंगापुर डलर (SGD) को दर खरिदमा रू १०५.८१ र बिक्रीमा रू १०६.२८ कायम गरिएको छ। जापानी येन (JPY) प्रति १० युनिटको खरिद दर रू ९.५० र बिक्री दर रू ९.५४ छ।

चिनियाँ युआन (CNY) को दर खरिदमा रू १८.९४ र बिक्रीमा रू १९.०२ छ भने साउदी रियाल (SAR) को खरिद दर रू ३६.२७ र बिक्री दर रू ३६.४३ रहेको छ। कतारी रियाल (QAR) को खरिद दर रू ३७.३३ र बिक्री दर रू ३७.४९ छ।

युएई दिरहम (AED) को खरिद दर रू ३७.०४ र बिक्री दर रू ३७.२० रहेको छ। कुवेती दिनार (KWD) को खरिद दर रू ४४३.६१ र बिक्री दर रू ४४५.५६ छ भने ओमानी रियाल (OMR) को खरिद दर रू ३५३.४० र बिक्री दर रू ३५४.९६ निर्धारण गरिएको छ।

नेपाल राष्ट्र बैंकको अनुसार, खुला बजारमा बैंकहरूद्वारा तोकिएको विनिमय दरहरूमा केही अन्तर हुन सक्ने हुँदा कारोबार गर्नुअघि सम्बन्धित बैंकको दर जानकारी लिन सल्लाह दिइएको छ।

7 आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर, यूरो, पाउन्ड र भारतीय रुपैयाँको नया रेट हेर्नुहोस्
  • Share
      message-button
      आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर, यूरो, पाउन्ड र भारतीय रुपैयाँको नया रेट हेर्नुहोस्

      काठमाडौँ । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

07/Jul/2025
प्रभु बैंकको २१ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौँ। प्रभु बैंक लिमिटेडले २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यसअघि बैंककै विद्यमान...

संस्थापक शेयरधनीलाई प्राथमिकता दिइएकोमा आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले अबको १५ दिनभित्र काठमाडौँको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सकिने छ।

8 प्रभु बैंकको २१ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
  • Share
      message-button
      प्रभु बैंकको २१ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

      काठमाडौँ। प्रभु बैंक लिमिटे�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

21/May/2025
दाङ जग्गा तथा आवास विकास संघको प्रथम साधारण सभा सम्पन्न, १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन

काठमाडौँ । दाङको घोराहीस्थित होटेल माला इनमा शनिवार दाङ जग्गा तथा आवास विकास संघको प्रथम साधारण सभा सम्पन्न भएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघका...

अध्यक्ष विष्णुप्रसाद घिमिरेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि घिमिरेले तीन वर्षअघि महासंघको पहलमा तदर्थ समिति बनाई स्थापना गरिएको संघले पहिलो साधारण सभा सम्पन्न गरेकोमा गर्व लागेको प्रतिक्रिया दिनुभयो।

उहाँले ठूलो लगानी आवश्यक पर्ने रियलस्टेट क्षेत्रमा लगानी जुटाउने उद्देश्यले नेपाल अर्बान इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी दिनुभयो। साथै, सम्पूर्ण रियलस्टेट व्यवसायीहरूलाई कम्पनीमा लगानी गर्न आह्वान गर्दै आयोजक संघलाई धन्यवाद र नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभयो।

कार्यक्रममा महासंघका उपाध्यक्ष दीपक कुँवरले रियलस्टेटलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा परिभाषित गर्नुभयो। उहाँले समाजमा यसप्रति सकारात्मक दृष्टिकोण विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै, कृषियोग्य बाहेकका जग्गामा विकास कार्य गर्न हदबन्दी छुट दिनुपर्नेमा जोड दिनुभयो।

उहाँले “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने नारालाई व्यवहारमा उतार्न जरुरी रहेको उल्लेख गर्दै, महासंघको सबल नेतृत्वमा तयार गरिएको अवधारणालाई कार्यान्वयन गर्न देशभर भ्रमण भइरहेको बताउनुभयो। काठमाडौँको नयाँ बसपार्कजस्तै पीपीपी मोडेलमा ठूला आयोजना निर्माण गर्न सकिने उदाहरण प्रस्तुत गर्दै, नेपाल अर्बान इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीमार्फत देशभरका व्यवसायीलाई समेट्ने योजना रहेको बताउनुभयो।

साथै, लुम्बिनी प्रदेश र विशेषगरी दाङका व्यवसायीसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै, सातै प्रदेशमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी लगानी आकर्षित गर्ने योजना रहेको जानकारी दिनुभयो।

साधारण सभाले रामप्रसाद पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।

नवगठित कार्यसमितिले दाङ जिल्लामा आवास तथा जग्गा विकासको पारदर्शी र व्यवस्थित अभ्यासलाई प्रवर्द्धन गर्ने, रियलस्टेट क्षेत्रलाई अझ व्यावसायिक बनाउने, तथा प्रदेशस्तरीय सहकार्य विस्तार गर्ने लक्ष्य लिएको जनाइएको छ।

8 दाङ जग्गा तथा आवास विकास संघको प्रथम साधारण सभा सम्पन्न, १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन
  • Share
      message-button
      दाङ जग्गा तथा आवास विकास संघको प्रथम साधारण सभा सम्पन्न, १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन

      काठमाडौँ । दाङको घोराहीस्थि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

11/Jul/2025
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा...

रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा रहेको छ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २२ पैसा र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३३ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, थाइ भाट एकको खरिददर ४ रुपैयाँ २० पैसा र बिक्रीदर ४ रुपैयाँ २२ पैसा रहेको छ।

त्यसैगरी, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ १ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४७ पैसा र बिक्रीदर २१ रुपैयाँ ५७ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ५० पैसा र बिक्रीदर ४४९ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

3 यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
  • Share
      message-button
      यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

      काठमाडौँ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

22/Jul/2025
आजको विदेशी मुद्राको विनिमय दर कुनको कति?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ५१ पैसा र बिक्रीदर १०० रुपैयाँ ९५ पैसा रहेको छ।

त्यसैगरी, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९४ पैसा, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३७ पैसा रहेको छ।

यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६२ पैसा रहेको छ।

साथै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, थाई भाट एकको खरिददर ४ रुपैयाँ २६ पैसा र बिक्रीदर ४ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपियाँ ९९ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७ रुपैयाँ ६३ पैसा रहेको छ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा रहेको छ।

त्यस्तै, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ७ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ४ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ पाँच पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ४२ पैसा रहेको छ।

3 आजको विदेशी मुद्राको विनिमय दर कुनको कति?
  • Share
      message-button
      आजको विदेशी मुद्राको विनिमय दर कुनको कति?

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

08/Jun/2025
ट्राभल इन्स्योरेन्सको महत्व: बिरामी, दुर्घटना वा लगेज हराउँदा कसरी गर्छ सहायता?

आजको व्यस्त जीवनशैली र विश्वव्यापी आवागमनको युगमा, यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ले यात्रुहरूको लागि सुरक्षा कवचको भूमिका खेल्न थालेको छ। चाहे व्यापारिक भ्रमण होस् वा मनोरञ्जनात्मक...

अवकाश, यात्राको क्रममा सानो गल्ती वा अप्रत्याशित घटनाले ठूलो समस्या निम्त्याउन सक्छ। त्यसैले, यात्रा सुरु गर्नु अघि ट्राभल इन्स्योरेन्स अनिवार्य बन्न थालेको छ।

ट्राभल इन्स्योरेन्स एउटा यस्तो बीमा हो जसले यात्राका क्रममा सम्भावित जोखिम र घटनाहरू (जस्तैः बिरामी, दुर्घटना, लगेज हराउने, यात्रा रद्द हुने वा ढिलाइ हुने) मा यात्रुलाई आर्थिक सुरक्षा प्रदान गर्छ। विशेषगरी अन्तर्राष्ट्रिय यात्रामा यस्तो बीमाको महत्व झनै बढेको देखिन्छ। युरोपेली देशहरू लगायतका धेरै मुलुकहरूले त ट्राभल इन्स्योरेन्स अनिवार्य गरिसकेका छन्।

विभिन्न घटनाहरुले देखाउँछ कि जति नै तयारीसाथ यात्रा गरिए पनि संकट आइपर्न सक्छ। यस्तै अवस्थामा ट्राभल इन्स्योरेन्सले उपचार खर्च, टिकट परिवर्तन, होटेल बुकिङको क्षतिपूर्ति जस्ता आवश्यक सेवा र राहत दिन सक्छ।

नेपालमा हाल १४ वटा निर्जीवन बीमा कम्पनीहरू ट्राभल इन्स्योरेन्स प्रदान गरिरहेका छन्।

ट्राभल इन्स्योरेन्समा समेटिने मुख्य लाभहरूमा निम्न समावेश छन्:

आकस्मिक बिरामी वा अस्पताल भर्ना खर्चको व्यवस्थापन, उडान ढिलाइ वा रद्द भएमा खर्चको क्षतिपूर्ति, लगेज हराउँदा वा ढिलो आइपुग्दा भोगिने असुविधाको राहत, यात्रा रद्द गर्नुपर्ने विशेष कारणहरू (जस्तै, स्वास्थ्य, मृत्यु, पारिवारिक आपत्) का लागि क्षतिपूर्ति, दुर्घटना, मृत्यु वा स्थायी अपांगताको अवस्था ।

यात्रा बीमा भनेको बीमा कम्पनीले समस्याबाट बचाउने होइन, समस्या परेपछि आर्थिक राहत दिने माध्यम हो। बीमा कम्पनी डाक्टर वा पासपोर्ट अफिस होइन, तर यसले तपाईलाई त्यो क्षणको तनाव घटाउने भरपर्दो सहयोग अवश्य गर्छ।

अब नेपालका आम यात्रुहरूबीच पनि ट्राभल इन्स्योरेन्सप्रति रुचि बढ्दो छ। छोटो यात्राका लागि पनि अब बीमा गराउन सकिने भएकाले सजग यात्रुको लागि यो नयाँ आवश्यकताको रूपमा स्थापित हुँदैछ। आजको दिनमा सुरक्षा मात्र होइन, जिम्मेवार यात्राको चिन्ह पनि बन्न थालेको छ ट्राभल इन्स्योरेन्स।

6 ट्राभल इन्स्योरेन्सको महत्व: बिरामी, दुर्घटना वा लगेज हराउँदा कसरी गर्छ सहायता?
  • Share
      message-button
      ट्राभल इन्स्योरेन्सको महत्व: बिरामी, दुर्घटना वा लगेज हराउँदा कसरी गर्छ सहायता?

      आजको व्यस्त जीवनशैली र विश्व�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

19/May/2025
सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदी स्थिर

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (सोमबार) फाइन गोल्ड (९९९.९) को मूल्य प्रति तोला रु १,८४,८०० कायम गरिएको छ, जुन हिजोको तुलनामा रु ६००...

ले वृद्धि भएको हो।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आजको दर अनुसार, चाँदी प्रति तोला रु १,९४५ मा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएकाले यसको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्। अहिले विवाहको सिजन नजिकिँदै गर्दा सुनको गहनाको माग समेत बढ्ने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्र बैंकको सुन आयात नीतिमा भइरहेको छलफल दीर्घकालमा बजारलाई प्रभावित गर्ने सम्भावनामा विश्लेषकहरूको ध्यान गएको छ। त्यसैले लगानीकर्तालाई मूल्यको उतार-चढावलाई नजिकबाट हेर्नु र आवश्यक सतर्कता अपनाउनु सुझाव दिइएको छ।

साथै, खरिद गर्नुअघि महासंघद्वारा सार्वजनिक गरिने मूल्य सूची र पसलको विश्वसनीयता अनिवार्य रूपमा जाँच गर्नु उपयुक्त हुनेछ।

22 सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदी स्थिर
  • Share
      message-button
      सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदी स्थिर

      काठमाडौं । नेपाल सुनचाँदी व्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

21/May/2025
गभर्नर पौडेलसँग महासंघको प्रतिनिधिमण्डलको भेट: नीतिगत स्थायित्व र लगानीमैत्री वातावरणमा छलफल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरुसंगको छलफलका आधारमा मौद्रिक लगायत केन्द्रीय बैंकका नीति तय गरिने बताउनु भएको छ ।

निजी...

क्षेत्रको प्रतिनिधीमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसंग बुधबार राष्ट्र बैंकमा भएको भेटमा गभर्नर डा. पौडेलले केन्द्रीय बैंकका निर्णयहरु पूर्वानूमानयोग्य हुने बताउनु भयो । “निजी क्षेत्र अर्थतन्त्रको सम्वाहक हो । अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ । निर्णयहरु पूर्वानूमानयोग्य हुनु पर्दछ । बैकिङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नु भन्दा सरोकारवालाहरुसंग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हो ।” उहाँले भन्नु भयो । गभर्नर पौडेलले राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताउनु भयो ।

नवनियुक्त गभर्नरलाई बधाई तथा शुभकामना दिंदै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले केन्द्रीय बैंकलाई लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउन सुझाव दिनु भयो । उहाँले राष्ट्र बैंकले लगानीमैत्री वातावरण निर्माण गर्दै देशको आर्थिक समृद्धिका लागि भूमिका खेल्नु पर्ने बताउनु भयो । “चालु आ.व. मा कर्जाको व्याजदर न्यून हुँदा समेत कर्जा विस्तार हुन नसकेको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउन मौद्रिक र गैर मौद्रिक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ । नीतिगत अस्थीरता लगानीको मुख्य बाधक रहेको सन्दर्भमा हामीले लगानी दशक घोषणा गर्दै एकीकृत नीति र १० वर्षसम्म स्थीर नीतिको माग गरिरहेका छौं । केन्द्रीय बैंकका निितहरु प्नि स्थीर हुन आवश्यक छ । ” अध्यक्ष ढकालले भन्नु भयो ।

उहाँले देशको समग्र अर्थतन्त्र चलायमान हुन ग्रामिण अर्थतन्त्र चलायमान हुनु पर्ने उल्लेख गर्दै विप्रेषण आप्रवाह खुला र सहज बनाउनु पर्ने सुझाव दिनुभयो । अध्यक्ष ढकालले बजार चलायमान हुन नसक्नुको अर्को मुख्य कारण चालु पूंजी कर्जा सम्बन्धि मार्ग दर्शन रहेको हँुँदा यसलाई क्षेत्र हेरि सहज बनाउनु पर्ने बताउनु भयो ।

महासंघले विगत वर्षहरुमा उच्च व्याजदरका कारण व्यवसायी एवं सर्वसाधारण समेतले कर्जाको किस्ता तिर्न नसक्दा चालु आ.व.मा खराब कर्जा बढ्दै गएको उल्लेख गर्दै कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव गर्भनरलाई दिएको छ ।

सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हँुदा पनि देशको समग्र अथतन्त्र चलायमान हुन नसकेको उल्लेख गर्दै समग्र अर्थतन्त्र चलायमान हुनेगरि केन्द्रीय बैंकले भूमिका खेल्नु पर्ने बताउनु भयो ।

यस्तै वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैंकमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तथा उद्योग र व्यापारलाई दिइने कर्जाको व्याजमा अन्तर गर्नु पर्ने सुझाव दिनु भयो ।

सो अवसरमा महासंघका उपाध्यक्षहरु हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यष भरतराज आचार्यले केन्द्रीय बैंकले अवलम्बन गर्ने मौद्रिक उपकरणहरु बजारमा माग सिर्जना गर्न लक्षित हुनुपर्ने सुझाव दिनु भयो ।

यस्तै महासंघको प्रतिनिधीमण्डलले गभर्नर पौडेललाई सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागु गर्नुपर्ने, साना तथा मझौला उद्यमीलाई पुर्नकर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने तथा परियोजनाको सम्भाव्यताको आधारमा परियोजना कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था हुनुपर्ने लगायतका सुझाव दिएको छ ।

6 गभर्नर पौडेलसँग महासंघको प्रतिनिधिमण्डलको भेट: नीतिगत स्थायित्व र लगानीमैत्री वातावरणमा छलफल
  • Share
      message-button
      गभर्नर पौडेलसँग महासंघको प्रतिनिधिमण्डलको भेट: नीतिगत स्थायित्व र लगानीमैत्री वातावरणमा छलफल

      काठमाडौं । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

11/Jun/2025
यी स्थानमा आज मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

काठमाडौँ। देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...

जनाएक छ।

बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार देशका उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। बुधबार राति देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

5 यी स्थानमा आज मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना
  • Share
      message-button
      यी स्थानमा आज मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

      काठमाडौँ। देशको पश्चिम र मध्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

30/Jun/2025
देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायूको प्रभाव सक्रिय देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ सर्ने क्रममा पश्चिम नेपालको केही भूभागसम्म...

पुगेको छ, जसले मौसममा सक्रियता थपाएको छ।

हालको अवस्थाबारे विश्लेषण गर्दा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको अवस्था देखिएको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। विशेषगरी सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसका अतिरिक्त, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ।

देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना समेत रहेकोले सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्। यसले गर्दा नदीहरूको जलस्तरमा वृद्धि, पहिरो, भूक्षय, बाढी तथा गेज्रा बहाव जस्ता सम्भावित जोखिम बढ्न सक्ने भएकाले कृषि, स्वास्थ्य, यातायात तथा दैनिक जनजीवनमा सावधानी अपनाउन सल्लाह दिइएको छ।

3 देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
  • Share
      message-button
      देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

      काठमाडौं। हाल देशभर मनसुनी व�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

03/Jun/2025
पर्यटन बोर्डद्वारा सचिव मैनालीको स्वागत, नवनियुक्त बोर्ड सदस्यको शपथ

काठमाडौं । नेपाल पर्यटन बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको स्वागत गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरुवा भएर आएका सचिव...

मैनालीको मंगलबार बोर्डमा एक कार्यक्रम गरी स्वागत गरिएको हो ।

यसैबीच बोर्डका अध्यक्षसमेत रहेका सचिव मैनालीले नवनियुक्त सदस्यहरू नरेन्द्र देव भट्ट र कुमारमणि थपलियालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । वरिष्ठ पर्यटन व्यवसायी तथा लग्जरी एड्भेन्चर पर्यटनका अगुवा भट्ट र नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्ट्स (नाट्टा) का अध्यक्ष थपलियाको पर्यटन क्षेत्रमा नविन सोच, अनुभव र उर्जा थपिएको अपेक्षा गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताएका छन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बोर्डको हालका गतिविधि, बोर्डले अख्तियार गरेको रणनीति तथा आगामी योजना प्रस्तुत गर्दै, नयाँ नेतृत्वसँग सहकार्य गर्दै पर्यटन क्षेत्रको दिगो र समुन्नत विकासमा केन्द्रित हुने बताएका छन् ।

उनले भने, "सचिव मैनालीको मार्गदर्शन र दुई नव नियुक्त सदस्यहरूको विविध अनुभवले बोर्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी निर्माणमा सशक्त बनाउने छ । हामी सहकार्यमा आधारित परिवर्तन ल्याउने योजनामा छौं ।"

कार्यक्रममा बोल्दै सचिव मैनालीले पर्यटन बोर्डका गतिविधिबारे प्रत्यक्ष जानकारी लिन पाउँदा खुसी लागेको बताए । उनले भने, "नेपालको समृद्धिको आधार पर्यटन हो । यसले रोजगारी सिर्जना गर्छ, आय आर्जन गर्छ, राष्ट्रिय पहिचान विश्वमा फैलाउँछ ।"

उनले आफू प्रशासनिक नेतृत्वकर्ता भएको उल्लेख गर्दै थपे, "मैले नीतिगत सहजीकरण गर्नेछु, समस्या समाधानमा साथ दिनेछु । हामी सधैंभरी यस्ता जिम्मेवारीमा रहिरहन सक्दैनौं, तर यस कार्यकालमा गरिने कामले भविष्यमा आत्मसन्तुष्टि मिलोस् र राष्ट्रको पर्यटनमा योगदान पुगोस् भन्ने मेरो चाहना हो ।"

सचिव मैनालीले बोर्डका सदस्यहरूको अनुभव र उर्जाको संयोजनबाट देखिने र महसुस हुने नतिजा दिन सकिने विश्वास व्यक्त गर्दै सहकार्यको प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा मन्त्रालयका सहसचिव इन्दु घिमिरे पदाधिकारी, पर्यटन बोर्डका सदस्य तथा कर्मचारीको सहभागिता रहेको थियो ।

4 पर्यटन बोर्डद्वारा सचिव मैनालीको स्वागत, नवनियुक्त बोर्ड सदस्यको शपथ
  • Share
      message-button
      पर्यटन बोर्डद्वारा सचिव मैनालीको स्वागत, नवनियुक्त बोर्ड सदस्यको शपथ

      काठमाडौं । नेपाल पर्यटन बोर्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

11/Jun/2025
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको सभा सोमबार कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको हो।

काठमाडौँमा सम्पन्न...

सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ।

सभाले सेयरधनीहरूलाई आर्थिक वर्ष २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बोनस सेयर वितरणसँगै नियमकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम तोकिएको न्यूनतम चुक्ता पूँजी पुग्नेछ। सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ।

6 प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
  • Share
      message-button
      प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

      काठमाडौँ। प्रभु महालक्ष्मी �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

24/Jul/2025
नेपाल आउँदै IOE महासचिव सान्तोस: अन्तर्राष्ट्रिय निजी क्षेत्रको सञ्जालसँगको सहकार्यमा नयाँ आयाम थपिने आशा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको निमन्त्रणामा रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन आइओइका महासचिव रोबर्टो सुवारेज सान्तोस तीन दिने नेपाल भ्रमणमा आउन लाग्नु भएको...

छ ।

विश्वभरका रोजगारदाताहरुको अन्तराष्ट्रिय संस्था आइओइका महासचिव सम्भवतः पहिलो पटक नेपाल भ्रमणमा आउन लाग्नु भएको हो । सान्तोस २०८२ साउन ८ देखि १० गते (२४–२६ जुलाई २०२५) सम्मको नेपालको भ्रमणमा रहनु हुनेछ ।

यसै वर्ष जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Conference) मा अध्यक्ष ढकाल र महासचिव सान्तोसबीच भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले महासचिव सान्तोसलाई नेपाल भ्रमणको निम्तो दिनु भएको थियो ।

१९२० मा स्थापना भई जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय रोजगारदाताहरुको संगठन (आइओई) विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको सञ्जाल हो । जसले १४० भन्दा बढी देशहरूमा रहेका १५० भन्दा धेरै रोजगारदाताहरुको संगठनहरूलाई प्रतिनिधित्व गर्छ । नेपालमा महासंघ आइओइको सदस्य हो ।

नेपालमा रहँदा सान्तोसले महासंघ अध्यक्ष लगायत पदाधिकारीसंग छलफल गर्नु हुनेछ । यसैगरि नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुसंग पनि सान्तोसको भेटघाटको कार्यक्रम तय भएको छ ।

अध्यक्ष ढकालका अनुसार यस भ्रमणले महासंघ र आइओइबीचको सम्बन्ध थप सुदृढ हुनाको साथै नीतिगत सहकार्य सुदृढ हुने महासंघले विश्वास लिएको छ ।

छलफलका क्रममा नेपालको २०२६ मा हुने एलडीसी स्तरोन्नती र यसले नेपालको अन्तरराष्ट्रिय व्यापारमा पार्ने प्रभाव र निजी क्षेत्रको प्रतिस्पर्धात्मकत्मक क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल हुने महासंघका अध्यक्ष ढकालले बताउनु भयो ।

3 नेपाल आउँदै IOE महासचिव सान्तोस: अन्तर्राष्ट्रिय निजी क्षेत्रको सञ्जालसँगको सहकार्यमा नयाँ आयाम थपिने आशा
  • Share
      message-button
      नेपाल आउँदै IOE महासचिव सान्तोस: अन्तर्राष्ट्रिय निजी क्षेत्रको सञ्जालसँगको सहकार्यमा नयाँ आयाम थपिने आशा

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

20/Jun/2025
इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु, ड्राइभरलाई कार र मोटरसाइकल जित्ने अवसर

काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ। अघिल्लो संस्करणको सफलतापछि कम्पनीले यसपटक अझ आकर्षक पुरस्कारसहित यो क्याम्पेन...

ल्याएको हो। क्याम्पेन अन्तर्गत सहभागी ड्राइभरहरूले ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टीभीएस रेइडर मोटरसाइकल तथा विभिन्न स्मार्ट ग्याजेटहरू जित्ने अवसर पाउनेछन्।

कम्पनीले जानकारी गराए अनुसार, आगामी जुन १६ देखि जुन २२, २०२५ सम्म ड्राइभरहरूले कम्तीमा ३५ ओटा राइड पूरा गरी प्लेटिनम स्ट्याटस हासिल गरेपछि गिभअवे क्याम्पेनमा भाग लिन योग्य हुनेछन्। त्यसपछि, जुन २३ देखि जुलाई १३ सम्म ड्राइभरहरूले विक्ली च्यालेन्जहरूमा सहभागिता जनाउन पाउनेछन्, जसमा साप्ताहिक पुरस्कारहरू जित्ने अवसरसमेत हुनेछ।

तीन सातासम्म चल्ने यस क्याम्पेनमा हरेक हप्ताका विजेता घोषणा गरिनेछ भने ग्राण्ड प्राइज विजेताको घोषणा आगामी जुलाई १७ मा गरिने बताइएको छ। क्याम्पेनका ग्रान्ड प्राइजहरूमा क्याब ड्राइभरका लागि टाटा एक्सप्रेस ईभी कार र बाइक राइडरका लागि टीभीएस रेइडर मोटरसाइकल रहेको छ। साथै, १५ स्मार्टफोन, ३० स्मार्टवाच र ३० इयरबड्स समेत उपहारस्वरूप प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।

इनड्राइभ साउथ एसियाका रीजनल ड्राइभर अपरेसन टिम लिडर डिमित्री ओख्लोप्कोभले क्याम्पेनबारे प्रतिक्रिया दिंदै भने, "हाम्रो सफलताका मुख्य आधार ड्राइभरहरू नै हुन्। यो कार्यक्रम उनीहरूको कडा परिश्रम र समर्पणलाई कदर गर्ने हाम्रो प्रयास हो।"

त्यस्तै, इनड्राइभ नेपालकी ड्राइभर अपरेशन स्पेसलिस्ट सुनिता जीमी राईले पनि कार्यक्रममा उत्साह व्यक्त गर्दै ड्राइभरहरूको योगदानलाई सम्मान गर्ने यो सुनौलो अवसर नछुटाउन आग्रह गरेकी छन्।

यस क्याम्पेनमार्फत इनड्राइभले नेपालको ड्राइभर समुदायलाई थप प्रेरित गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

11 इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु, ड्राइभरलाई कार र मोटरसाइकल जित्ने अवसर
  • Share
      message-button
      इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु, ड्राइभरलाई कार र मोटरसाइकल जित्ने अवसर

      काठमाडौं। विश्वव्यापी मोबिल

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

28/Jun/2025
महासंघका अध्यक्ष ढकाल र चीनको ग्वाङ्दोङ डिपार्टमेन्टका मन्त्री वाङ शीबीच भेटवार्ता, प्रविधि र नवप्रर्वतनमा सहकार्यका लागि अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ शीसँग भेटवार्ता गएको छ ।

चीनको...

ग्वाङ्दोङ प्रान्तीय पार्टी समितिका स्थायी समिति सदस्य समेत रहेका सिसंग महासंघ सचिवालय टेकुमा शुक्रबार भेटवार्ता भएको हो । भेटका अवसरमा दुवे देशको आर्थिक तथा कुटनतिक सम्बन्ध,व्यापार लगान ितथा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा महासंघका अध्यक्ष ढकालले नेपाल र चीनबीच लामो र विश्वासिलो सम्बन्ध रहेको चर्चा गर्दै प्रविधि र नवप्रर्वतनका क्षेत्रमा सहकार्यका लागि आग्रह गर्नु भयो । पर्यटन, पूर्वाधार, ऊर्जाजस्ता क्षेत्रमा चीनको सहयोगले नेपालको विकासमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गर्दै अध्यक्ष ढकालले व्यापार तथा लगानीका क्षेत्रमा नेपाल र ग्वाङ्दोङबीच सहकार्यको सम्भावना रहेको बताउनु भयो । “ ग्वाङ्दोङसंग व्यापार तथा लगानीको सम्भावना साथै विज्ञान र प्रविधिको क्षेत्रमा भएको अनुभव, र अहिले अन्तर्राष्ट्रिय तथा आन्तरिक साझेदारीहरू निर्माणमा देखाइएको सक्रियताले नेपाल र गुआङ्दोङबीच नयाँ सहकार्यका ढोका खोल्नेछ,” अध्यक्ष ढकालले भन्नुभयो ।

नेपालकोे निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघले व्यवसाय गर्न सहज वातावरण निर्माण गर्न गरेको पहलकाबारे जानकारी दिँदै अध्यक्ष ढकालले महासंघको सक्रियतामा सरकारले हालै ३० भन्दा बढी कानुन संशोधन तथा परिमार्जन गरेको जानकारी दिनुभयो । नेपाल र चीनबीच द्विपक्षीय लगानी सम्झौताको आवश्यकतामा जोड दिँदै ढकालले भन्नु भयो, “यस्तो सम्झौताले कानुनी र संस्थागत संरचनालाई बलियो बनाउनेछ र चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रेरित गर्नेछ ।”

ऊर्जा, निर्माण, सूचना प्रविधि, पर्यटन, र कृषि प्रशोधनजस्ता क्षेत्रमा नेपालमा लगानीका राम्रो अवसरहरू रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले ग्वाङ्दोङ सरकारसँग ती क्षेत्रका सम्भावित लगानीकर्ता र संघसंस्थासँग जोडिन सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले संयुक्त उद्यम, व्यापार भ्रमण र ज्ञान आदानप्रदान कार्यक्रमहरूमा सहकार्य गर्न महासंघ तयार रहको बताउनु भयो ।

सो अवसरमा बोल्दै ग्वाङ्दोङ प्रान्तीय पार्टी समितिका स्थायी समिति सदस्य तथा युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ शीले नेपाल चीनबीच लामो आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहको चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीन सधैं सकारात्मक रहेको बताउनु भयो ।

उहाँले चीनले प्रविधि तथा नवप्रर्वतनको क्षेत्रमा गरेको सफलतालाई नेपालको विकासमा साझेदारी गर्न आफुहरु तयार रहेको बताउनु भयो । चीनले प्रविधि तथा नवप्रर्वधनका क्षेत्रमा धेरै काम गरेको छ । “हाम्रो यो अनुभवबाट नेपालले पनि धेरै गर्न सक्छ । त्यो सहकार्यका लागि हामी तयार छौं । ”उहाँले भन्नु भयो । मन्त्री वाङ शीले नेपालको खाद्य प्रशोधन,कृषि तथा पर्यटनमा सहकार्य गर्न सकिने बताउँदै नेपाल–ग्वाङ्दोङ आर्थिक सहकार्यको लागि आफुले पहल गर्ने बताउनु भयो ।

6 महासंघका अध्यक्ष ढकाल र चीनको ग्वाङ्दोङ डिपार्टमेन्टका मन्त्री वाङ शीबीच भेटवार्ता, प्रविधि र नवप्रर्वतनमा सहकार्यका लागि अध्यक्ष ढकालको आग्रह
  • Share
      message-button
      महासंघका अध्यक्ष ढकाल र चीनको ग्वाङ्दोङ डिपार्टमेन्टका मन्त्री वाङ शीबीच भेटवार्ता, प्रविधि र नवप्रर्वतनमा सहकार्यका लागि अध्यक्ष ढकालको आग्रह

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

28/May/2025
एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय काठमाडौँको कमलादीस्थित आफ्नै भवनमा स्थानान्तरण

काठमाडौँ। एनआइसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादी, काठमाडौँ-२८ स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ।

उक्त नवनिर्मित भवन वैदिक सनातन विधिपूर्वक पूजा अर्चना गरी बैंक सञ्चालक समितिका...

अध्यक्ष तुलसीराम अग्रवालले जेठ १० गते उद्घाटन गरेका हुन्।

सो समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा बैंकका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी यस अघि रहेको थापाथली, काठमाडौँ–११ स्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरूको कार्यालय लगायत विभिन्न विभागहरू आफ्ना सम्पूर्ण सेवा तथा सुविधाहरू कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्ने गरी कर्पोरेट कार्यालय स्थानान्तरण भएको हो।

कार्यालय स्थानान्तरण भएसँगै आदरणीय ग्राहकहरू तथा सरोकारवालाहरूले उक्त स्थानबाट बैंकले प्रदान गर्ने सम्पूर्ण सेवाहरू थप सहजताका साथ प्राप्त गर्नुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ।

एन आई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।

साथै, बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत आफ्नो सेवा विस्तार गरेको छ।

2 एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय काठमाडौँको कमलादीस्थित आफ्नै भवनमा स्थानान्तरण
  • Share
      message-button
      एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय काठमाडौँको कमलादीस्थित आफ्नै भवनमा स्थानान्तरण

      काठमाडौँ।  एनआइसी एशिया बै�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

11/Jul/2025
वास्तु अनुसार घरमा प्रयोग गर्न सकिने पाँच रंगहरू

काठमाडौँ। घर निर्माण गरेपश्चचात घरमा कुन वा कस्तो रङ लगाउने भन्ने बारे दुविधामा पर्ने गरेका हुन्छौँ। आजको लेखमा वास्तुअनुसार घरमा प्रयोग गर्न सकिने पाँच रङहरू बारे...

चर्चा गर्ने छौँ।

वास्तुअनुसार घरमा प्रयोग गर्न सकिने यी उपयुक्त पाँच रंगहरू

१. सेतो रंगलाई शान्ति र शुभ्रताको प्रतीक मानिन्छ। यसले मनस्थितिलाई शान्त बनाउने हुँदा घरबाट नकारात्मक ऊर्जालाई टाढा राख्न मद्दत गर्दछ।

२. हल्का रातो रंगलाई क्रान्तिको प्रतीक मानिने हुँदा यो पनि घरमा प्रयोग गर्नु राम्रो मानिन्छ।

३. सिम्रीक रंगलाई सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ। यो रंगको प्रयोगले घरमा शान्तिलाई कायम राख्छ।

४. बैजनी रंगलाई समृद्धि र गरिमाको प्रतीक मानिन्छ। यो रंगलाई विलासिता र प्रतिष्ठा देखाउन प्रयोग गर्ने गरिन्छ।

५. हल्का पहेँलो रंगलाई घरमा प्रयोग गर्नु शुभ मानिन्छ। यो रंग समृद्धि र आनन्दको प्रतीक पनि हो। यसले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्दछ।

त्यस्तै; घरका झ्यालढोकाको सन्दर्भमा खैरो रंगको प्रयोग गर्नु शुभ मानिन्छ। कालो रंगले शनिलाई आकर्षण गर्ने हुँदा सकेसम्म घरमा कालो रङ प्रयोग नगरेको राम्रो। यद्यपि धेरैजसो घरको झ्याल ढोकामा कालो रंगको प्रयोग गर्ने गरेको हामीले देखिरहेका हुन्छौँ।

7 वास्तु अनुसार घरमा प्रयोग गर्न सकिने पाँच रंगहरू
  • Share
      message-button
      वास्तु अनुसार घरमा प्रयोग गर्न सकिने पाँच रंगहरू

      काठमाडौँ। घर निर्माण गरेपश्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

17/May/2025
श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद् डा.शशांक कोइरालाले लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्बिर’को लोकर्पण गर्नुभयो । महाराजगञ्ज स्थित निवासमा एक...

कार्यक्रमका बीच नियात्रा सङ्ग्रहको विमोचन गर्नुभएको हो । श्रेष्ठले विभिन्न क्षेत्रको भ्रमणका क्रममा देखे भोगेका अनुभव अनुभूतिहरुलाई नियात्राको रुपमा तयार पारिएका १७ शीर्षकका नियात्रा ‘यात्राको तस्बिर’ भित्र प्रस्तुत गरिएको छ । ‘यात्राको तस्बिर’ श्रेष्ठका २७ औं प्रकाशित कृति हो । यसअघि पहिलो नियात्रा सङ्ग्रह ‘अनुभूति अनेक–२०७०,’ प्रकाशित थियो । उक्त कृति नुवाकोट साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो । नुवाकोटको विदुरमा वि.सं २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापानिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरु प्रकाशित छन् ।

5 श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक
  • Share
      message-button
      श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक

      काठमाडौं । नेपाली कांग्रेसक�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

30/May/2025
युवाहरुलाई आफ्‌नै देशमा सम्भावना खोज्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युवाहरुलाई आफ्‌नै देशमा सम्भावना खोज्न आग्रह गर्नु भएको छ ।

शुक्रवार देखि देखि काठमाडौंमा सुरु भएको...

नेपाल जेसीज युवा समिट तथा नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलन २०८२ उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले नेपाल सम्भावना नै सम्भावनाको देश रहेकोले यहाँ केही छैन भन्ने भाष्य परिवर्तन गर्नु पर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ढकालले हातमा सीप भएका र केही गर्छु भन्ने जाँगर भएका हरुलाई लगानीको लागि बंैक तथा वित्तीय संस्थाहरु र अन्य सहकार्यका लागि साझेदारहरु रहेको बताउनु भयो । “ म भन्छु ,नेपालमा जति सम्भावना अन्त कतैं छैन् । इमान्दारिताको साथ काम गरे नेपालमा हरेक क्षेत्रमा सम्भावनाहरु रहेका छन् । ती सम्भावनाहरु उजागर गर्न सक्नु पर्दछ । हामीले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्दै यही माटोमा सम्भावना खोज्नु पर्दछ । ” उहाँले भन्नु भयो ।

युवा शक्ति देशको मेरुदण्ड भएको र नेपालको कुल जनसंख्याको ठूलो हिस्सा ओगट्ने १८ देखि ४० वर्ष उमेर समूहका युवाहरू ऊर्जा, जोश, सिर्जनशीलता र नवीन सोचले भरिपूर्ण रहेकोले जेसीजले युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकाससंगसंगै उद्यमशीलताको क्षेत्रमा पनि अगाडी बढाउँदै लैजानु पर्ने बताउनु भयो ।

उहाँले युवाहरूको नेतृत्व विकास तथा सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्ने नेपाल जेसीजको प्रयास अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्द नवप्रवर्तन, उद्यमशीलतामार्फत नेपाललाई समृद्ध, आत्मनिर्भर र गतिशील राष्ट्र बनाउन दिशामा काम गर्न युवाहरुलाई आग्रह गर्नु भयो ।

3 युवाहरुलाई आफ्‌नै देशमा सम्भावना खोज्न महासंघ अध्यक्ष ढकालको आग्रह
  • Share
      message-button
      युवाहरुलाई आफ्‌नै देशमा सम्भावना खोज्न महासंघ अध्यक्ष ढकालको आग्रह

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

16/Jul/2025
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ छ। यसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम...

पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती प्रदेशको केही स्थानहरूमा साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।

राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

4 आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
  • Share
      message-button
      आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

      काठमाडौँ। हाल मनसुनको न्यून�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

10/Jun/2025
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ...

१५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा रहेको छ। युरोपिएन युरो एकको खरिददर १५६ रुपैयाँ ६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा रहेको छ।

त्यसैगरी, युके पाउण्ड स्टर्लिङ १८५ रुपैयाँ ५४ पैसा र बिक्री दर १८६ रुपैयाँ १६ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३२ पैसा रहेको छ।

त्यस्तै,अष्ट्रेलिएन डलर एकको खरिद दर ८९ रुपैयाँ १८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५७ पैसा, क्यानडिएन डलर एकको खरिददर ९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०० रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०६ रुपैयाा ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

3 यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
  • Share
      message-button
      यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

01/Jul/2025
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपियाँ १५ पैसा रहेको छ।

जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ९२ पैसा र बिक्री दर १३७ रुपैयाँ ५२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १५ पैसा र बिक्रीदर १०० रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९३ पैसा रहेको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४ रुपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६२ पैसा रहेको छ।

साथै, जापानी येन १० को खरिददर ९ रुपियाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, थाइ भाट एकको खरिददर ४ रुपैयाँ २१ पैसा र बिक्रीदर ४ रुपैयाँ २३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७ रुपैयाँ ५२ पैसा रहेको छ।

त्यस्तै, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ८५ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १८ पैसा रहेको छ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

7 यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
  • Share
      message-button
      यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

07/Jul/2025
आज कुन देशको मुद्राको सटही दर कति?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ पैसा रहेको छ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ १५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ७० पैसा र बिक्रीदर १७२ रुपैयाँ ४६ पैसा रहेको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २२ पैसा र बिक्रीदर १०० रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ३ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा रहेको छ।

त्यसैगरी, थाइ भाट एकको खरिददर ४ रुपैयाँ २१ पैसा र बिक्रीदर ४ रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १ पैसा र बिक्रीदर १० रुपैयाँ ५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६२ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ १६ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ५९ पैसा र विक्रीदर ३५६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

8 आज कुन देशको मुद्राको सटही दर कति?
  • Share
      message-button
      आज कुन देशको मुद्राको सटही दर कति?

      काठमाडौँ। नेपाल राष्ट्र बैङ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

24/May/2025
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेट, नीतिगत सुधारका लागि पाँच बुँदे सुझाव

काठमाडौं। नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरी नेपालको अटोमोबाइल क्षेत्रमा देखिएका...

मौद्रिक नीतिसम्बन्धी विभिन्न समस्याहरूको विषयमा विस्तृत छलफल गरेको छ। उक्त छलफलमा अध्यक्ष चौधरीले नेपालका अटोमोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल लागू गर्न सकिने पाँच बुँदे सुझावहरू प्रस्तुत गरेका थिए।

भेटमा अध्यक्ष चौधरीले बैंकको ऋण नीतिको कठोरताका कारण विद्युतीय तथा प्रिमियम सवारी साधनमा लगानीमा देखिएको समस्या, वित्तीय पहुँचको अभाव, ऋण प्रवाहको अव्यवस्था, र एक न्यायपूर्ण वित्तीय प्रणालीको आवश्यकतालाई प्रमुख रूपमा उठान गरेका थिए।

नाडाले प्रस्तुत गरेका पाँच प्रमुख सुझावहरू यसप्रकार छन्:

१. अटोमोबाइल क्षेत्रमा ऋण प्रवाहको व्यवहारिक कार्यान्वयन – एक वर्षअघि नेपाल राष्ट्र बैंकले अटो ऋण खोल्ने निर्णय गरेको भए पनि हालसम्म व्यवहारिक रूपमा बैंकहरूले ऋण प्रवाह नगरेको भन्दै तत्काल स्पष्टता र कार्यान्वयनको माग गरिएको छ।

२. Loan-to-Value (LTV) अनुपात न्यूनतम ७०% बनाइयोस

हालको ५०% (LTV) सीमाले ग्राहक तथा व्यवसाय दुवैलाई अवरोध सिर्जना गरेकोले सम्पूर्ण अटोमोबाइल्स सेगमेंटका लागि (LTV) लाई बढाएर यथार्थपरक स्तरमा ल्याउन आग्रह गरियो।

३. ऋण सुविधाका प्रक्रियामा लचकता – कडा नीतिका कारण मध्यमवर्गीय तथा तलबआधारित ग्राहकहरूले ऋण लिन असहज भएको भन्दै लचकता आवश्यक रहेको औंल्याइएको छ।

४. विद्युतीय र हाइब्रिड सवारीका लागि लक्षित ऋण योजना – दिगो ऊर्जा र वातावरणीय लक्ष्यलाई सघाउन विशेष ऋण, पुनःवित्तीयकरण र प्रोत्साहन कार्यक्रम ल्याउन सिफारिस गरिएको छ।

५. वित्तीय प्रणालीमा निष्पक्षता सुनिश्चित गर्न कडा नियमन – निश्चित डिलरहरूमा मात्रै ऋण लिन ग्राहकमाथि दबाब सिर्जना गर्ने र प्रतिस्पर्धी संस्थालाई अवरोध गर्ने व्यवहार अन्त्य गर्न राष्ट्र बैंकले कडा नियमन ल्याउन माग गरिएको छ।

छलफलमा अध्यक्ष चौधरीले अटोमोबाइल उद्योगले नेपालका राजस्व, रोजगारी, प्रविधि हस्तान्तरण र दिगो विकास लक्ष्यसँग प्रत्यक्ष सम्बन्ध राखेको भन्दै नीति, वित्त र व्यवहारबीचको सन्तुलन कायम गर्नुपर्ने बताए। नाडाका उपाध्यक्ष राजन बाबु श्रेष्ठले दीर्घकालीन आर्थिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा सञ्चालन गर्ने प्रस्ताव राखेका थिए।

छलफलको अन्त्यमा गभर्नर डा. पौडेलले नाडाका सुझावहरूलाई गम्भीरतापूर्वक लिने र आवश्यक विषयमा छलफल र समन्वय गर्ने आश्वासन दिएका छन्। कार्यक्रममा नाडाका महासचिव विक्रम सिंघानिया, कोषाध्यक्ष मिलन बाबुमल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्य यमनु श्रेष्ठ र दिपेन्द्रकुमार मिश्रको उपस्थिति थियो।

5 नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेट, नीतिगत सुधारका लागि पाँच बुँदे सुझाव
  • Share
      message-button
      नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेट, नीतिगत सुधारका लागि पाँच बुँदे सुझाव

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

14/May/2025
बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’ अन्तर्गत भाग्यशाली विजेताहरूको घोषणा

काठमाडौं। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’ का भाग्यशाली...

विजेताको घोषणा गरेको छ। हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले आयोजना गरेको यो क्याम्पेनमा देशभरबाट हजारौं उत्साही सहभागीहरूले सहभागिता जनाएका थिए।

सहभागीहरु मध्येबाट, लक्की ड्र मार्फत यस एण्ड ब्रदर्स अटो प्रा. लि., विराटनगरका मोसीम आलमले एक लाख नगद पुरस्कार जित्न सफल भएका हुन । यो क्याम्पेनले गेमिङको रमाइलोर मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको थियो । जस अन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत रु. १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरु समेत जित्ने अवसर पाएका थिए ।

बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको थियो । जसअन्तर्गत सहभागीहरुले घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरु जित्न सफल भएका छन् । ग्राहकहरुले उक्त उपहारहरु प्राप्त गर्न बजाज मोटरसाइकलको टेस्ट राइडमा पनि उल्लेखनीय सहभागिता जनाएका थिए ।

सबै सहभागीहरूका लागि समान अवसर सुनिश्चित गर्दै निष्पक्ष र पारदर्शी लक्की ड्र प्रक्रिया मार्फत विजेताको छनोट गरिएको थियो । विजेता आलमले१५० सिसि पल्सर मोटरसाइकल खरिद गरेका थिए ।

“‘खुसीको मिटर’ क्याम्पेन केवल एक प्रचारको लागि मात्र नभइ यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने प्रयास थियो, साथै हामीले हाम्रा ग्राहकहरूलाई उनीहरूको निरन्तर विश्वासको लागि धन्यवाद दिन र वर्षको सुरुवातलाई साँच्चै विशेष बनाउन ‘खुसीको मिटर’ सुरु गरेका थियौं, हामी श्री मोसीम आलमलाई विजेताको रुपमा हार्दिक बधाई दिन्छौं । साथै सम्पूर्ण सहभागीहरुलाई पनि धन्यवाद दिन चाहन्छौं ।” कम्पनीमा मार्केटिङ

हेड अमितराज चालिसेले भने ।

त्यस्तै नगद एक लाख विजेता श्री मोसीम आलमले आफ्नो जितको बारेमा थाहा पाएपछि आफ्नो खुशी र कृतज्ञता व्यक्त गर्दै भने, “मलाई सुरुमा त विश्वासै लागेन । पक्का भएपछि अतिनै खुसी लाग्यो । बजाज सधैं एक विश्वसनीय ब्रान्ड रहेको छ, र रही रहने छ भन्ने विश्वास गरेको छु ।

‘खुशीको मिटर’ अभियान मार्फत जित्नुले यसलाई अझ विशेष बनाएको छ । यो खुसीमा म सम्पूर्ण बजाज परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

#khushikometer
3 बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’ अन्तर्गत भाग्यशाली विजेताहरूको घोषणा
  • Share
      message-button
      बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’ अन्तर्गत भाग्यशाली विजेताहरूको घोषणा

      काठमाडौं। नेपालका लागि बजाज �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

31/May/2025
बजेट र मौद्रिक नीतिबीच तालमेल अपरिहार्य: महासंघ अध्यक्ष ढकालको सुझाव

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नयाँ आर्थिक वर्षको बजेट र मौद्रिक नीतिबीच तालमेल हुनुपर्नेमा जोड दिनुभएको छ। शनिबार नेपाल आर्थिक पत्रकार संघ...

(नाफिज) द्वारा आयोजित पोस्ट बजेट छलफल कार्यक्रममा उहाँले यसबारे धारणा राख्दै बजेटले अपेक्षित नतिजा ल्याउन यी दुई नीतिबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

अध्यक्ष ढकालले बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख प्रेरक शक्तिका रूपमा चिनाए पनि अझै पनि केही विषय छुटेको भन्दै पुनरावलोकनको आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “बजेट तुलनात्मक रुपमा राम्रो आएको छ। तर निजी क्षेत्रका केही माग अझै छुटेका छन्, ती कुराहरुलाई अर्थमन्त्रीज्यूले पुनरावलोकन गर्नुपर्छ।”

खनिजजन्य र नदिजन्य स्रोतको उत्खनन, पर्यटन क्षेत्रलाई प्राथमिकता र वैकल्पिक ऊर्जा तथा विशेष आर्थिक क्षेत्रमा सहुलियतको व्यवस्था स्वागतयोग्य रहेको बताउँदै अध्यक्ष ढकालले भने, “टिडिएस र करले पर्यटन क्षेत्रमा लागत बढ्ने भएकाले सहजिकरण आवश्यक छ।”

कृषि, उद्योग, सूचना प्रविधि, र उत्पादनमूलक क्षेत्रमा बजेटको सकारात्मक प्रभाव पर्ने अध्यक्ष ढकालको भनाइ थियो। विदेशी लगानी सहजीकरणका लागि लगानी बोर्डलाई अधिकारसम्पन्न बनाइनु राम्रो भए पनि एकीकृत कानुन र प्रभावकारी संयन्त्र आवश्यक रहेको उहाँले बताउनुभयो।

बजेटमा उल्लेखित ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव हुने अपेक्षा व्यक्त गर्दै अध्यक्ष ढकालले सुशासनको प्रत्याभूति पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सरकारको राम्रो निर्णयमा निजी क्षेत्र सधैं साथ रहने आश्वासन पनि दिनुभयो।

10 बजेट र मौद्रिक नीतिबीच तालमेल अपरिहार्य: महासंघ अध्यक्ष ढकालको सुझाव
  • Share
      message-button
      बजेट र मौद्रिक नीतिबीच तालमेल अपरिहार्य: महासंघ अध्यक्ष ढकालको सुझाव

      काठमाडौं। नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

17/May/2025
आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई बजेटको प्राथकितामा राख्न महासंघका अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई बजेटको प्राथकितामा राख्न आग्रह गर्नु भएको छ ।

नेपाल निर्यात व्यवसायी महासंघ...

(फिन) को पाँचौँ वार्षिक साधारण सभा तेस्रो अधिवेशनका अवसरमा बोल्दै अध्यक्ष ढकालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपाली उत्पादनहरू जस्तै हस्तकला, पश्मिना, गलैँचा, हर्बल उत्पादन, कृषिजन्य वस्तुको अन्तरराष्ट्रिय बजारमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै यी वस्तुको निर्यात प्रवर्द्धनमा सहयोग गर्ने गरि बजेटमा सम्बोधन हुनु पर्ने बताउनु भयो ।

यस्तै अध्यक्ष ढकालले वातावरणमा नकारात्मक असर नगर्ने गरि खनिजजन्य वस्तुको निर्यात खोल्नु पनि सुझाव दिनु भयो । “हामीले लामो समय देखि खनिजजन्य वस्तुको निर्यात खुलाउनु पर्छ भन्यौं । एकदुई पटकको बजेटमा त्यो विषय आयो पनि । तर कार्यान्वयन भएन् । वातावरणमा प्रतिकुल असर नपर्ने गरि हामीसंग भएको खनिजजन्य सामग्रीको निर्यात गर्न सके यसले छिमेकी मुलुकसंगको व्यापार घाटा कम गर्न सहयोग गर्छ । म सरकारलाई अहिलेको बजेटमा यो विषयलाई प्राथमिकताा राख्न आग्रह गर्दछु ” उहाँले भन्नुभयो ।

यस्तै उहाँले हरेक दुई वर्षमा उद्योगी व्यवसायीहरुलाई दिइने “सिआइपी” दिन ढिला भएको उल्लेख गर्दै सिआइपी डे घोषणा गरेर निश्चित समयमा दिने व्यवस्था मिलाउन पनि आग्रह गर्नु भयो ।

निर्यात प्रवर्द्धनका लागि फिनले छोटो सयमा गरेको प्रयासको प्रशंसा गर्दै अध्यक्ष ढकालले महासंघले फिनजस्ता वस्तुगत संघहरूसँग सधैं सहकार्य गर्ने धारणा राख्नुभयो । अध्यक्ष ढकालले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण, रुग्ण उद्योगको पुनरुत्थान र घरेलु उद्योग सुदृढीकरणमा महासंघले पहल गरिरहेको समेत बताउनु भयो ।

4 आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई बजेटको प्राथकितामा राख्न महासंघका अध्यक्ष ढकालको आग्रह
  • Share
      message-button
      आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई बजेटको प्राथकितामा राख्न महासंघका अध्यक्ष ढकालको आग्रह

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

29/Jun/2025
दोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२: कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको हब बनाउन जोड

कोशी। झापाको बिर्तामोडमा आयोजित दोस्रो संस्करणको स्वास्थ्य पर्यटन मार्ट-२०८२ मा कोशी प्रदेश स्वास्थ्य पर्यटनका लागि प्रचुर सम्भावना भएको बताइएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा शनिबार...

झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा भएको दोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२ मा कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको हब बनाउने विषयमा जोड दिइएको हो ।

कार्यक्रममा बोल्दै कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरणमन्त्री सडानन्द मण्डलले कोशी प्रदेशको समद्धिका लागि पर्यटन नै एक मात्र विकल्प भएको बताएका हुन् । उनले भने, "हामी पर्यटन प्रवद्र्धनबाट कोशी प्रदेशको समृद्धि हुन्छ भन्ने कुरामा विश्वास राख्छौं र यसै अनुसार अघि बढिरहेका छौं ।"

कोशी सरकार प्रकृति, संस्कृति र पर्यटनलाई मुल आधार बनाएर अघि बढिरहेको मन्त्री मण्डलले बताएका छन् । उनले थपे, "भारतबाट उपचारका लागि आउनेहरुका लागि कुनै समस्या आउन नदिनका लागि सरकार प्रतिबद्ध छ । हामीसँग भएका कमीकमजोरी सुधार गर्न सरकार तत्पर छ । भारतको ठूलो जनसंख्याको लाभ नेपालले लिन सक्नुपर्छ। यसका लागि हामी काम‌ गरिरहेका छौं ।"

चिकित्सा उपचार मात्र नभएर आयुर्वेदिक उपचारका लागि पनि नेपाल उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै उनले थपे, "कयौं विरामीहरु यहाँको वातावरण र हावापानीले नै निको हुन्छ। ‌ स्वास्थ्य पर्यटन प्रबद्र्धन र सेवा विस्तारका लागि कोशी सरकार तत्पर छ । उपचारका लागि आउने भारतीयहरुले पाँच लाखसम्म ल्याउन मिल्ने गरी व्यवस्था गरिरहेका छौं ।"

त्यसैगरी पर्यटन बोर्डका निमित्त निर्देशक रोहिणी खनालले स्वास्थ्य पर्यटन नयाँ क्षेत्र भएकाले यसमा हामी थप नीतिगत सुधार गर्दै पर्यटन प्रबर्द्धन गर्न लाग्‍नुपर्ने बताएका छन् । उनले भने, "हाम्रा पूर्वधार र गुणस्तरलाई मार्केटिङ गर्दै कोशी प्रदेशको स्वास्थ्य पर्यटन प्रबर्द्धन गर्न सरकारी तथा नीजी क्षेत्र सहकार्य गरेर अघि बढ्नुपर्नेछ । नेपालको वातावरण र हाम्रा हिमालहरु हेरेर नै धेरै रोगहरु हिलिङक गर्न सकिन्छ । यसका लागि ठूलो जनसंख्या भएको भारतमा हामीले विश्‍वसनीयताको वातावरण सिर्जना गर्नुपर्दछ ।"

मार्टमा नेत्र, दन्त, छालालगायत विशेषज्ञ सेवा दिने अस्पताल, आयुर्वेद औषधालय, होटल व्यवसायी र पर्यटन व्यवसायी गरी ४८ स्टलहरुमार्फत् कोशी प्रदेशको स्वास्थ्य पर्यटनको प्रदर्शनी राखिएको थियो । सोही क्रममा कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरुको फोटो प्रदर्शनीसमेत गरिएको छ ।

स्वास्थ्य पर्यटनको सम्भावना र आवश्यकतामाथि बहस गर्न मार्ट अन्तर्गत दुईवटा प्यानल डिस्कसन आयोजना गरिएको थियो । पहिलो सत्रमा 'स्वास्थ्य पर्यटन' को अवस्था, सम्भावना र चुनौतीका विषयमा छलफल गरिएको थियो । जसमा आँखा रोग विशेषज्ञ डा. अजितकुमार ठाकुर, क्यान्सर रोग विशेषज्ञ डा. विरेन्द्रकुमार शर्मा, नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक रोहिणी खनाल, इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर्स एसोसिएसनका महासिव देवाशिष चक्रवर्तीले स्वास्थ्य सेवा र पर्यटनको संयुक्त प्रवर्द्धनबारे आफ्नो धारणा प्रस्तुत गरे।

त्यसैगरी बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले मध्यस्ता गरेको ‘सीमापार पर्यटन’ शीर्षकको छलफलमा नेपाल कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङ, नाटा कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठ, एचएचटीडीएनका महासचिव सम्राट सिग्देल विज्ञको रुपमा सहभागी भएका थिए । जसमा सीमा पार पर्यटनका अवसर, नीतिगत सुधारका आवश्यकता, पूर्वाधार विकास र सहकार्यका सम्भावनाहरूबारे विज्ञहरुले आफ्नो धारणा राखेका थिए ।

यसै क्रममा नेपालका पर्यटन व्यवसायीहरू र भारतबाट आएका प्रतिनिधिहरूबीच बीटुबी बैठकसमेत आयोजना गरिएको थियो । जसमा दुबै पक्षबीच स्वास्थ्य पर्यटनका साझा योजना, सम्भावित लगानी र सहकार्यबारे सकारात्मक संवाद भएको बोर्डले जानकारी गराएको छ ।

स्वदेशी तथा विदेशी स्वास्थ्यकर्मी, पर्यटन व्यवसायी, मिडिया प्रतिनिधि, र सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्‍न यस कार्यक्रममा भारतबाट २५ भन्दा बढी पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो। भारतसँगको सीमा नजिकको भौगोलिक र सामाजिक सम्बन्धलाई उपयोग गर्दै नेपालको स्वास्थ्य पर्यटनलाई विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको यो मार्ट सफल र प्रभावकारी रूपमा सम्पन्न भएको बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले स्वास्थ्य पर्यटन नेपालको आगामी आर्थिक विकासको रणनीतिक मार्ग बन्न सक्ने उल्लेख गर्दै निजी र सार्वजनिक क्षेत्रको सहकार्य अझ बलियो बनाउने प्रतिबद्धता जनाएका छन् ।

7 दोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२: कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको हब बनाउन जोड
  • Share
      message-button
      दोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२: कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको हब बनाउन जोड

      कोशी।  झापाको बिर्तामोडमा �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

17/Jul/2025
आर्थिक बर्षको पहिलो दिन सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन आज अर्थात साउन १ गते नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...

तीन सय रुपैयाँले बढेको हो।

सुन बुधबार १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार २ सय ६५ रुपैयाँ कायम भएको छ।

2 आर्थिक बर्षको पहिलो दिन सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?
  • Share
      message-button
      आर्थिक बर्षको पहिलो दिन सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

      काठमाडौँ। आर्थिक वर्ष २०८२/८�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

16/Jul/2025
एमआरपी लेबल अनिवार्य गर्ने सरकारी निर्णयमाथि व्यवसायी संघहरूको आपत्ति, तत्काल छलफल र ऐन संशोधनको माग

काठमाडौं। नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रावण १ गतेदेखि सबै वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सहितको लेबल अनिवार्य गराउने तयारी गरेपछि देशभरका उद्योग...

वाणिज्य संघ तथा व्यवसायी प्रतिनिधिहरूले उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्।

हालै सम्पन्न एक छलफल तथा परामर्श कार्यक्रममा डिलर, थोक तथा खुद्रा व्यवसायीहरूको प्रतिनिधित्व गर्ने संघसंस्थाहरूले उपभोक्ता संरक्षण ऐन २०७५ अन्तर्गत एमआरपी लेबल अनिवार्य गर्ने निर्णय व्यवहारिक नहुने स्पष्ट पारेका छन्। उनीहरूले सम्पूर्ण वस्तुहरूमा एकैपटक एमआरपी लागू गर्नु तत्काल सम्भव नरहेको भन्दै यसको कार्यान्वयनले व्यवसायमा अन्योल र दबाब सिर्जना गर्ने बताएका छन्।

व्यवसायी प्रतिनिधिहरूको तर्क छ—२०७३ सालमा बनेको ऐनका धेरै प्रावधानहरू कार्यान्वयन गर्न कठिन छन् र ती खुला बजार अर्थतन्त्रसँग मेल खाँदैनन्। यसले उपभोक्ताको हितभन्दा बढी व्यवसायीहरूलाई असहज बनाउने खतरा रहेको उनीहरूको भनाइ छ।

व्यवसायी संघहरूले अनिवार्य एमआरपी लागू गर्नुभन्दा पहिले वस्तुहरूको वर्गीकरण गर्नुपर्ने माग गरेका छन्। प्रारम्भमा अत्यावश्यक उपभोग्य वस्तुहरूमा मात्र अनिवार्य व्यवस्था लागू गरी अन्य वस्तुहरूमा समन्वय र परामर्शका साथ चरणबद्ध रूपमा अघि बढ्नुपर्ने उनीहरूको सुझाव छ। विलासिता वर्गका वस्तुहरूमा एमआरपी लागू गर्ने व्यवस्था स्वैच्छिक हुनु पर्ने तर्क पनि उनीहरूले उठाएका छन्।

व्यवसायी संघहरूको भनाइमा, विदेशी विनिमय दर, भन्सार मूल्यांकन, ढुवानी खर्च आदि विभिन्न कारणले तेस्रो मुलुकबाट आयात गरिने वस्तुहरूको एमआरपी निर्धारण जटिल हुन्छ। यस्तो अवस्थामा अनधिकृत व्यापारीहरूले बजारमा प्रश्रय पाउने, जबकि अधिकृत व्यवसायीहरू डर र त्रासमा व्यापार त्याग्न बाध्य हुने जोखिम रहेको उनीहरूले बताएका छन्।

संघहरूले हाल चाडपर्व नजिकिँदै गर्दा एमआरपी नीतिको कडाइको नाममा व्यापारीहरूमाथि छापा, जरिवाना, धम्की जस्ता कार्यले नकारात्मक वातावरण सृजना गर्ने र व्यवस्थित व्यापार प्रणालीमा आघात पुर्‍याउने सम्भावनामा चिन्ता व्यक्त गरेका छन्।

सम्बन्धित सरोकारवाला निकायहरूबाट पर्याप्त छलफल बिना गरिने अनुगमन तत्काल स्थगन गर्नुपर्ने माग संघहरूले गरेका छन्। उनीहरूले ऐन र नियमावलीलाई व्यवहारिक, कार्यान्वयन योग्य र खुला बजार अर्थतन्त्रसँग समन्वयमा रहेर तत्काल संशोधन गर्न वाणिज्य मन्त्रालयलाई आग्रह गरेका छन्।

विज्ञप्तिमा व्यवसायी संघहरूले नीति निर्माण प्रक्रियामा सहभागी गराई दीर्घकालीन समाधान निकाल्न सुझाव दिएका छन्। डर र त्रास फैलाएर होइन, सरोकारवाला बीच समन्वयात्मक संवादमार्फत समाधान खोज्नुपर्ने उनीहरूको धारणा छ।

3 एमआरपी लेबल अनिवार्य गर्ने सरकारी निर्णयमाथि व्यवसायी संघहरूको आपत्ति, तत्काल छलफल र ऐन संशोधनको माग
  • Share
      message-button
      एमआरपी लेबल अनिवार्य गर्ने सरकारी निर्णयमाथि व्यवसायी संघहरूको आपत्ति, तत्काल छलफल र ऐन संशोधनको माग

      काठमाडौं। नेपाल सरकार, वाणिज�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

22/May/2025
आज देशभर आंशिकदेखि सामान्य बदली, केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं। हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ। यो मौसमी प्रणालीका कारण आज देशका...

अधिकांश भागहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ। विशेषगरी कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भएको र कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आगामी २४ घण्टासम्म कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तो मौसमले कृषि, यातायात तथा जनजीवनमा असर पुर्‍याउन सक्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

जलवाष्पयुक्त हावाको प्रभाव कायमै रहेकोले आगामी दिनहरूमा समेत मौसम यस्तै अस्थिर रहन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

15 आज देशभर आंशिकदेखि सामान्य बदली, केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना
  • Share
      message-button
      आज देशभर आंशिकदेखि सामान्य बदली, केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

      काठमाडौं। हाल देशमा पश्चिमी �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

25/May/2025
आजको मौसम पूर्वानुमान: आइतबार देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा मेघ गर्जनसहितको वर्षा

काठमाडौं । आज आइतबार, देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विशेष गरी देशका पहाडी भेगहरूमा मेघ गर्जनसहित हल्का वर्षाको...

सम्भावना रहेको छ। दिउँसोको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहितको पानी पर्न सक्छ। काठमाडौं उपत्यकामा बिहानको समयमा हल्का बदली देखिएको छ भने दिउँसोबाट आंशिक बदली रहने अनुमान गरिएको छ। दिउँसोको तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म रहने देखिएको छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरमा मेघगर्जन/चट्याङ सहित हल्का बर्षा भइरहेको छ। हाल मनसुनको अवस्थाः बंगालको खाडिको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू-भागतर्फ मनसुन अगाडि बढने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

4 आजको मौसम पूर्वानुमान: आइतबार देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा मेघ गर्जनसहितको वर्षा
  • Share
      message-button
      आजको मौसम पूर्वानुमान: आइतबार देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा मेघ गर्जनसहितको वर्षा

      काठमाडौं । आज आइतबार, देशभर आ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

24/Jun/2025
नेपालमा फोटोन टुनल्याण्ड G7 को औपचारिक सुरुवात, २३ दिनमै विश्वकै ८ अग्ला अफ-रोड पार गर्ने पहिलो पिकअप

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ इतिहास रच्दै फोटोनको प्रमुख पिकअप ‘टुनल्याण्ड G7’ नेपालमा औपचारिक रुपमा सार्वजनिक गरिएको छ। काठमाडौंको पुलचोकस्थित ‘द प्लाजा’ मा आयोजित एक...

विशेष समारोहमा यो शक्तिशाली र आधुनिक पिकअपको भव्य उद्घाटन गरिएको हो।

यसअघि नै ‘टुनल्याण्ड G7’ ले २३ दिनको अवधीमा विश्वका ८ अग्ला र कठिन अफ-रोड भूभागहरू सफलतापूर्वक पार गर्दै ‘विश्वकै पहिलो पिकअप’ बन्ने गौरव प्राप्त गरिसकेको छ। नेपालमा सार्वजनिक हुनुअघि यो पिकअपले १५ हजार किलोमिटरको अफ-रोड र कठिन परीक्षण पूरा गरिसकेको थियो।

उक्त सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, फोटोन इन्टरनेशनल साउथ एसियाका प्रबन्ध निर्देशक एरिक वाङ, फोटोनका पीआर निर्देशक ली जुओचेंग, सीनियर मार्केटिङ म्यानेजर एमिली डिङलगायतको उपस्थिति थियो।

सो अवसरमा विवेक सिकारियाले भने, “नेपालका चुनौतीपूर्ण भूगोललाई ध्यानमा राखेर फोटोनसँग सहकार्य गर्ने निर्णय आज सार्थक बनेको छ। पछिल्ला ५–६ वर्षमा नेपालभर १५०० भन्दा बढी फोटोन सवारी साधन बिक्री भइसकेका छन्, जसमध्ये ५०० भन्दा बढी पिकअप छन्।” उनले थपे, “टुनल्याण्ड G7 को मर्मत खर्च बजारमा उपलब्ध अन्य पिकअपहरूको तुलनामा २० प्रतिशतले कम छ।”

हिमालयका लागि विशेष डिजाइन

फोटोन टुनल्याण्ड G7 ले १६० एचपी पावर र ३९० एनएम टर्क जस्ता शक्तिशाली विशेषताहरू समेटेको छ। २२५ मिलिमिटर ग्राउन्ड क्लियरेन्सका साथ, नेपालको पहाडी तथा हिमाली मार्गहरू सजिलै पार गर्न सक्ने क्षमता यसमा छ। साथै, हिल होल्ड कन्ट्रोल, हिल डिसेण्ट कन्ट्रोलजस्ता सुरक्षात्मक फिचरहरू पनि दिइएका छन्।

आधुनिक सुविधाले भरिपूर्ण G7 मा १२.३ इन्च इन्फिनिटी स्क्रिन, इलेक्ट्रिक एड्जस्टेबल सिट, प्यानोरामिक सनरूफ, अटोमेटिक एसी, पुश स्टार्ट बटनलगायत सुविधा छन्।

सुरुवाती मूल्य र मोडेलहरू

टुनल्याण्ड G7 तीन फरक भेरियन्टमा उपलब्ध छ—एलिट (५१.९९ लाख), लक्जरी (६५.४० लाख) र फ्ल्यागशिप (६९.९९ लाख) रुपैयाँ। ग्राहकहरूको रोजाइ अनुसार २.० लिटर डिजेल इन्जिनयुक्त 4x2 MT Comfort र 4x4 MT Comfort मोडेलहरू उपलब्ध छन्।

यस गाडीमा १०.२५ इन्च इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, रियर-भ्यू क्यामेरा, डुअल एयरब्याग, एबीएस विथ ईबीडी, हिल होल्ड असिस्ट र इलेक्ट्रोनिक डिफरेन्सियल लक जस्ता विशेषता पाइन्छन्।

एमएडब्लू वृद्धि कमर्सियल भेइकल प्रा.लि.मार्फत आधिकारिक रूपमा उपलब्ध G7 ले नेपाली अटो बजारमा बलियो, भरपर्दो र इनोभेटिभ मोबिलिटी सोलुसनको नयाँ परिभाषा कोरेको कम्पनीको दाबी छ।

17 नेपालमा फोटोन टुनल्याण्ड G7 को औपचारिक सुरुवात, २३ दिनमै विश्वकै ८ अग्ला अफ-रोड पार गर्ने पहिलो पिकअप
  • Share
      message-button
      नेपालमा फोटोन टुनल्याण्ड G7 को औपचारिक सुरुवात, २३ दिनमै विश्वकै ८ अग्ला अफ-रोड पार गर्ने पहिलो पिकअप

      काठमाडौं । नेपालको अटोमोबाइ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

19/Jul/2025
नेपालमा लगानीको उपयुक्त समय: युएई लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित "युएई आर्थिक...

प्रवर्द्धन कार्यक्रम" मा बोल्दै अध्यक्ष ढकालले नेपालको पछिल्लो समयको आर्थिक सुधार, लगानीमैत्री वातावरण र स्थायित्वलाई युएईका लगानीकर्ताहरूका लागि सुनौलो अवसरको रूपमा प्रस्तुत गरे।

अध्यक्ष ढकालले आफ्नो सम्बोधनमा ३० भन्दा बढी कानुन संशोधन भइसकेको र द्विपक्षीय लगानी सम्झौता अन्तिम चरणमा पुगेको जानकारी दिँदै उर्जा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधि जस्ता क्षेत्रमा युएईका लगानीकर्तासँग सहकार्यको ठूलो सम्भावना रहेको बताए।

"नेपाल अहिले स्थायित्व र सम्भावनाको चरणमा छ," अध्यक्ष ढकालले भने, जलविद्युत, सौर्य उर्जा, प्रसारण लाइन, रिसोर्ट, साहसिक पर्यटन, कृषि उत्पादन प्रशोधन तथा आइसीटी आउटसोर्सिङजस्ता क्षेत्रमा संयुक्त लगानीका लागि उपयुक्त समय हो।

उनले युएईलाई नेपालको विश्वासिलो मित्रको रूपमा स्मरण गर्दै, रोजगारीमार्फत नेपाललाई सामाजिक–आर्थिक योगदान पु¥याउँदै आएकोमा धन्यवाद दिए। साथै, युएईमा कार्यरत ३ लाखभन्दा बढी नेपालीलाई लक्षित गर्दै वित्तीय सेवा, सीप विकास, तालिम केन्द्र स्थापना लगायत क्षेत्रमा लगानी गर्न पनि अनुरोध गरे।

महासंघ युएईका लगानीकर्ताहरूका लागि आवश्यक सम्पर्क, मार्गदर्शन र सहजीकरण गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले दुबई चेम्बर अफ कमर्ससँगको सहकार्यलाई थप सशक्त बनाउँदै संयुक्त सम्मेलनहरू आयोजना गर्ने योजना पनि सार्वजनिक गरेका छन्।

यस कार्यक्रमले नेपाल–युएईबीचको आर्थिक सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

3 नेपालमा लगानीको उपयुक्त समय: युएई लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह
  • Share
      message-button
      नेपालमा लगानीको उपयुक्त समय: युएई लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

      काठमाडौं। नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

19/May/2025
आजको मौसम: कोशी र गण्डकीमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा पश्चिमी वायु, स्थानीय वायु, र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव कायम छ।

आज कोशी, बागमती, र गण्डकी...

प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा मौसम आंशिक बदलीदेखि मुख्य रूपमा सफा रहनेछ।

काठमाडौंमा आज अधिकतम तापमान २५ डिग्री सेल्सियस र न्यूनतम १६ डिग्री सेल्सियस रहने अनुमान छ। मधेश र लुम्बिनीका तराई क्षेत्रमा दिउँसो गर्मी बढ्न सक्छ। उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ।

7 आजको मौसम: कोशी र गण्डकीमा चट्याङसहित हल्का वर्षाको सम्भावना
  • Share
      message-button
      आजको मौसम: कोशी र गण्डकीमा चट्याङसहित हल्का वर्षाको सम्भावना

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

10/Jul/2025
आज कुन देशको मुद्रालाई कति पर्ला?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। जसअनुसार,आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ७८ पैसा र...

बिक्री दर १३७ रुपैयाँ ३८ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ८ पैसा र बिक्रीदर १६० रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४४ पैसा रहेको छ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०० रुपैया ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा रहेको छ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा,थाई भाट एकको खरिददर ४ रुपैयाँ १८ पैसा र बिक्रीदर ४ रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २१ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

3 आज कुन देशको मुद्रालाई कति पर्ला?
  • Share
      message-button
      आज कुन देशको मुद्रालाई कति पर्ला?

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

10/Jun/2025
आज कहाँ कहाँ बर्षाको सम्भावना?

काठमाडौँ। हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। कोशी प्रदेशका अधिकांश भूभागमा भने मनसुनी वायुको प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार...

यी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली छ।

दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

5 आज कहाँ कहाँ बर्षाको सम्भावना?
  • Share
      message-button
      आज कहाँ कहाँ बर्षाको सम्भावना?

      काठमाडौँ।  हाल देशको पश्चि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

04/Jul/2025
नेपाल–मलेसिया लगानी प्रवद्र्धनबारे छलफल आपसी सहकार्यका लागि महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र मलेसिया–नेपाल व्यापार परिषद् (एमएनबीसी) बीच नेपाल–मलेसिया व्यापारिक सम्बन्ध विस्तार तथा लगानी र आसपी सहकार्यका विषयमा छलफल भएको छ...

।

महासंघ सचिवालय टेकु काठमाडौंमा बिहिबार भएको छलफलमा दुवै पक्षबीच नेपाल–मलेसिया द्विपक्षीय व्यापार, लगानी प्रवद्र्धन, पर्यटन विस्तार, निर्माण, कृषि, ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रको विकासमा सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो । सो अवसरमा महासंघका पदाधिकारीहरूले नेपाल र मलेसियाबीच सहकार्य विस्तार गर्न सकिने सम्भावना र अवसरबारे जानकारी गराएका थिए ।

सो अवसरमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालले बिमस्टेक र सार्क जस्ता क्षेत्रीय संगठनहरूमार्फत् क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गर्दै मलेसियासँगको व्यापार घाटा कम गर्न नेपालले निर्यात वृद्धि र मलेसियाबाट थप लगानी भित्र्याउन चाहेको बताउनु भयो । उहाँले नेपाललाई एसियाली राष्ट्रहरूको आर्थिक समुह आसियानसँग जोड्न मलेसियाली निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भयो ।

नेपालमा लगानीका लागि अनुकूल वातावरण रहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले विदेशी लगानीलाई प्रोत्साहन गर्न नीतिगत सुधारहरू गरिरहेको जानकारी गराउनु भयो । “नेपाल सरकारले हालै आठवटा लगानीसम्बन्धी ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाएको छ । द्विपक्षीय लगानी सम्झौताका लागि मन्त्रिपरिषद्ले ढाँचा स्वीकृत गरेको छ । विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताउनु भयो । यो अवस्थामा नेपालमा लगानी गर्न र सोको लागि सहजिकरण गर्न महासंघ तयार छ ।” उहाँले भन्नुभयो ।

महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपाल र मलेशिया बचि पर्यटन, कृषि, स्वास्थ्य,शिक्षा, मानव स्रोत र सूचना प्रविधिमा सहकार्यको सम्भावना रहको बताउनु भयो । यस्तै महासंघका कोषाध्यक्ष भरतराज आचार्यले नेपाल सरकारले लगानीसम्बन्धी विभिन्न ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै मलेसियन व्यवसायीहरूलाई नेपालमा लगानी तथा व्यापार विस्तारका लागि सहयोग गर्न महासंघ सधैं तयार रहेको बताउनु भयो ।

कार्यक्रममा मलेसिया–नेपाल व्यापार परिषद् (एमएनबीसी) का अध्यक्ष डाटो प्रदीप कुमार कुकरेजाको नेतृत्वमा आएको मलेसियन प्रतिनिधिमण्डल सहभागी भएको थियो । सो अवसरमा एमएनबीसीका अध्यक्ष डा.कुकरेजाले नेपाल र मलेशिया बीच लगानी तथा व्यापारको पर्याप्त सम्भावना रहेको बताउनु भयो ।

“ म नेपाल र मलेशियाबीच व्यापार तथा लगानीका थुप्रै सम्भावनाबारे अवगत छु । मलेशियाले पछिल्लो समय पूर्वाधार विकास, सूचना प्रविधि र पर्यटन लगायतका क्षेत्रमा क्षेत्रमा थुप्रै प्रगती गरेको छ । यस विषयमा नेपालसंग सहकार्य हुन सक्छ । यहाँको सरकार र व्यवसायीहरुले चाहेमा आवश्यक सहजिकरणका लागि एमएनबीसी तयार छ ।” डा.कुकरेजाले भन्नुभयो ।

सो अवसरमा नेपाली उद्योगी व्यवसायीहरुले मलेसियाली लगानीकर्ताहरूलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र रणनीतिक अवस्थितिको फाइदा उठाउँदै पर्यटन र पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए । भने मलेसियन डेलिगेशनका प्रतिनिर्धहरुले नेपालको पर्यटन क्षेत्रको सम्भावना र मलेसियाली प्रविधि तथा अनुभवलाई नेपालमा भित्र्याउन सकिने कुरामा जोड दिए ।

3 नेपाल–मलेसिया लगानी प्रवद्र्धनबारे छलफल आपसी सहकार्यका लागि महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठको आग्रह
  • Share
      message-button
      नेपाल–मलेसिया लगानी प्रवद्र्धनबारे छलफल आपसी सहकार्यका लागि महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठको आग्रह

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

04/Aug/2025
प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

काठमाडौं। नेपालको प्रतिष्ठित रचनात्मक एजेन्सी प्रिज्मा एड्भर्टाइजिङ ले सिंगापुरमा आयोजित ब्रान्डलरेट स्पेशल लिमिटेड एडिसन बेस्ट ब्रान्ड्स अवार्ड २०२५ जित्दै अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हात पारेको छ।...

कम्पनीले ब्रान्ड इन्फ्लुएन्सर, क्रिएटिभ एन्ड ब्रान्डिङ सोलुसन्स श्रेणीमा सम्मान प्राप्त गरेको हो।

३१ जुलाई २०२५ मा सिंगापुरको सांग्रीला होटलमा आयोजित समारोहमा प्रिज्मा एड्भर्टाइजिङ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य र महाप्रबन्धक शरद शाहीले यो प्रतिष्ठित अवार्ड ग्रहण गरेका थिए।

विश्व ब्रान्ड्स फाउन्डेसन द्वारा आयोजना गरिएको यो अवार्डले रणनीतिक ब्रान्डिङ, रचनात्मकता र सांस्कृतिक रूपमा प्रभावशाली कथावस्तुको मूल्याङ्कन गर्दै विश्वभरका उत्कृष्ट ब्रान्ड तथा एजेन्सीहरूलाई सम्मानित गर्छ।

ब्रान्डलरेट अवार्डको २०औँ संस्करण अन्तर्गत प्राप्त यो उपाधिले प्रिज्मा एड्भर्टाइजिङ लाई नेपालबाट यस अवार्ड जित्ने पहिलो कम्पनी बनाएको छ। अघिल्ला विजेतामा कोका–कोला, नेस्ले, युनिलिभर, सामसङ, टोयोटा, आइबीएम, र जिमी चू जस्ता ब्रान्डहरू, साथै ओगिल्वी मलेसिया, डेन्ट्सु सिङ्गापुर, लियो बर्नेट भियतनाम र क्रिस्टियानो रोनाल्डो, नास डेली लगायत प्रभावशाली व्यक्तित्वहरू रहेका छन्।

सीईओ रञ्जित आचार्यले भने, “यो अवार्ड हाम्रो टिमको सिर्जनात्मक सोच, निरन्तर मेहनत र अन्तर्राष्ट्रिय स्तरमा नेपाली ब्रान्डलाई पुर्याउने प्रतिबद्धताको प्रमाण हो। हामी प्रामाणिकता र साहसमा आधारित दृष्टिकोणलाई विश्वव्यापी बनाउने प्रयासमा निरन्तर लागिरहनेछौं।”

महाप्रबन्धक शरद शाहीले भने, “यो पुरस्कार ३५ वर्षको हाम्रो समर्पित यात्राको सम्मान हो, जुन नेपालबाट विश्वसम्म पुग्ने हाम्रो सपना र प्रयासको परिणाम हो।”

सन् १९९१ मा स्थापना भएको प्रिज्मा एड्भर्टाइजिङ एक ३६० डिग्री रचनात्मक एजेन्सी हो जसले ब्रान्डिङ, डिजाइन, डिजिटल मार्केटिङ र जनसम्पर्क क्षेत्रमा विशेषज्ञता राख्दछ। यसको पोर्टफोलियोमा कोका–कोला, नेस्ले, बजाज मोटरसाइकल, एनसेल, वेस्टर्न युनियन लगायतका ब्रान्डहरू छन्। एजेन्सीले "मेरो मोबाइललाई एनसेलमा रूपान्तरण", "राष्ट्र बैंक", "अन्नपूर्ण फाइनान्स" जस्ता प्रमुख क्याम्पेन्सको नेतृत्व गर्दै आएको छ।

यो उपलब्धिले न केवल प्रिज्मा एड्भर्टाइजिङ को अन्तर्राष्ट्रिय उपस्थिति बलियो बनाएको छ, बरु नेपाली रचनात्मक उद्योगका लागि पनि महत्वपूर्ण कोसेढुङ्गा सावित भएको छ।

3 प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५
  • Share
      message-button
      प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

      काठमाडौं। नेपालको प्रतिष्ठि

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

06/Jun/2025
देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं। नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको...

छ, जसका कारण विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ र हल्कादेखि मध्यम वर्षासमेत हुने सम्भावना छ।

बिहानैदेखि काठमाडौं उपत्यकामा आंशिक बदली देखिएको छ भने दिउँसो र साँझतिर मौसममा थप बदली र छिटपुट वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना बलियो देखिएको छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

महाशाखाले कोशी प्रदेशका केही स्थानहरूमा बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

6 देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
  • Share
      message-button
      देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

      काठमाडौं। नेपाल मौसम पूर्वा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

05/Jul/2025
नेपाल–यूके टेक फोरममा अध्यक्ष ढकालको सम्बोधन: डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ ।

बेलायत स्थित...

नेपाली दूतावासले लन्डनमा आयोजना गरेको “नेपाल–यूके टेक फोरम”लाई सम्बोधन गर्दै उहाँले नेपालमा प्रविधि तथा डिजिटल सेवामा लगानीको सम्भावना औंल्याउँदै सूचना प्रविधि, ई–गभर्नेन्स, फिनटेक, एजु–टेक लगायतका क्षेत्रमा संयुक्त लगानी, स्टार्टअप एक्सचेन्ज र दीर्घकालीन सहकार्यको लागि आग्रह गर्नु भएको हो ।

अध्यक्ष ढकालले नेपालको लगानी वातावरणमा भइरहेको रूपान्तरण र प्रविधिमैत्री नीतिहरूका बारेमा जानकारी गराउँदै सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने अनुकुल समय भएको धारणा राख्नु भयो । “ नेपालले लगानीमैत्री वातावरण बनाउन कानुनी सुधारमा विशेष ध्यान दिएको छ । विगत एक वर्षमा ३० भन्दा बढी कानुन संशोधन भइसकेका छन् । जसले व्यवसाय र लगानी प्रक्रिया सजिलो बनाएको छ । उहाँले भन्नुभयो, लगानीकर्तालाई सहजीकरण गर्न महासंघले “एफडीआई सपोर्ट डेस्क” स्थापना गरेको छ र राष्ट्रिय नागरिक एपमार्फत व्यवसाय दर्ता तथा व्यवस्थापन प्रक्रिया डिजिटल बनाइएको छ ।”

नेपालको डिजिटल पूर्वाधार विकास, अनलाइन प्रणालीको प्रवद्र्धन र विश्वव्यापी प्रतिस्पर्धा गर्न आवश्यक प्राविधिक मापदण्ड तथा पूर्वाधार सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकतामा जोड दिंदै अध्यक्ष ढकालले नेपाल सन् २०२६ पछि अति कम विकसित मुलुकबाट (एलडीसी) स्तरोन्नती हुने तयारीमा रहेको सन्दर्भमा डिजिटल व्यापार र सेवाक्षेत्रलाई विश्व बजारसँग प्रतिस्पर्धी बनाइनु पर्ने बताउनु भयो ।

नेपालको निजी क्षेत्रले कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ८० प्रतिशतभन्दा बढी योगदान पु¥याएको र रोजगार सिर्जनामा पनि प्रमुख भूमिका खेलेको उल्लेख गर्दै उहाँले नेपालको निजी क्षेत्र डिजिटल अर्थतन्त्र निर्माणमा नेतृत्व गर्न तयार रहेको बताउनु भयो । “ नेपालको निजी क्षेत्र डिजिटल अर्थतन्त्र निर्माणमा नेतृत्व गर्न तयार रहेको छ । नेपालले लगानी कानुनलाई वातावरण, भूमि, श्रम र कर सम्बन्धी व्यवस्थासँग समन्वय गर्ने प्रयास गरेको छ र आगामी १० वर्षसम्म नीतिगत स्थिरता कायम राख्न माग गर्दै आएको छ, जसले स्वदेशी तथा विदेशी लगानीकर्तालाई विश्वसनीयता प्रदान गर्नेछ । ” उहाँले भन्नुभयो ।

बेलायत स्थित प्राविधिक क्षेत्रका विज्ञ, लगानीकर्ता र कूटनीतिक समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको सो कार्यक्रममा नेपाल–बेलायतबीच डिजिटल व्यापार र प्रविधि साझेदारीलाई कसरी थप गहिरो बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

3 नेपाल–यूके टेक फोरममा अध्यक्ष ढकालको सम्बोधन: डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यको आह्वान
  • Share
      message-button
      नेपाल–यूके टेक फोरममा अध्यक्ष ढकालको सम्बोधन: डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यको आह्वान

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

03/Jul/2025
MG Windsor EV अब नेपालमा — 332KM Range, Premium Features र IP67 सेफ्टी स्ट्यान्डर्डसहित

काठमाडौं। नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रा. लि. ले नयाँ इलेक्ट्रिक बहुप्रतीक्षित मोडल एमजी विन्डसर इभी (MG Windsor EV) को भव्य...

सार्वजनिक लन्च राजधानीको हायात रीजेन्सी, काठमाडौं मा सम्पन्न गरेको छ।

एमजी विन्डसर इभीको नेपाल आगमनसँगै एमजीले आफ्नो इलेक्ट्रिक मोबिलिटीको पोर्टफोलियो थप मजबुत बनाएको छ। भारतमा निर्मित यो गाडी व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनको उत्कृष्ट संयोजन हो, जसले नेपाली बजारमा व्यवसायिक प्रयोजन र ठूला परिवारका लागि नयाँ विद्युतीय समाधान प्रस्तुत गर्छ।

यस गाडीमा विशेष रूपमा १३५ डिग्रीसम्म रेक्लाइन हुने एरो लाउन्ज सिट, ६०४ लिटरको विशाल बुट स्पेस, र १५.६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले जस्ता आकर्षक फिचरहरू समावेश छन्, जसले यात्राको अनुभवलाई नयाँ स्तरमा पुर्‍याउँछ।

विन्डसर इभीमा ३८ किलोवाट आवरको ब्याट्री राखिएको छ, जसले ३३२ किलोमिटरको रियल ड्राइभिङ रेन्ज सुनिश्चित गर्छ। यसमा रहेको शक्तिशाली मोटर पावर ले शहर र हाइवे दुवैका लागि उपयुक्त बनाउँछ। साथै, वायरलेस चार्जिङ, एप्पल कारप्ले, एन्ड्रोइड अटो इन्टिग्रेशन, लेदरेट सिट र स्मार्ट फ्लश डोर ह्यान्डल जस्ता प्रिमियम फिचरहरू समेत उपलब्ध छन्।

सुरक्षाका दृष्टिकोणले पनि गाडी उत्कृष्ट मानिन्छ। यसमा ६ वटा एयरब्याग, IP67 रेटिङको वाटर/डस्ट प्रोटेक्सन, र ३९ वटा सेफ्टी टेस्ट पार गरेको प्रमाणित गरिएको छ। साथै, १८६ मिमि ग्राउन्ड क्लियरेन्स ले नेपाली भू–भागमा सहज र सुरक्षित ड्राइभ सुनिश्चित गर्छ।

लन्च कार्यक्रममा बोल्दै एमजी मोटर्स नेपालका प्रवक्ता सुनीलबहादुर क्षेत्रीले भन्नुभयो, “एमजी विन्डसर इभी ले स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरूलाई एउटै विद्युतीय अनुभवमा समेटेको छ। हामी विश्वास गर्छौं कि यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ युग सुरु गर्नेछ।”

पारामाउन्ट मोटर्स ले उच्चस्तरीय ग्राहक सेवा, बिक्रीपछिको भरपर्दो सपोर्ट नेटवर्क, र दिगो अटोमोटिभ समाधानप्रति निरन्तर प्रतिबद्धता जनाउँदै आएको छ। नेपालमा एमजी ब्रान्डअन्तर्गत एमजी ४ इभी, कोमेट इभी, जेडएस इभी, र एस५ इभी समेत बिक्रीमा छन्।

17 MG Windsor EV अब नेपालमा — 332KM Range, Premium Features र IP67 सेफ्टी स्ट्यान्डर्डसहित
  • Share
      message-button
      MG Windsor EV अब नेपालमा — 332KM Range, Premium Features र IP67 सेफ्टी स्ट्यान्डर्डसहित

      काठमाडौं। नेपालका लागि एमजी �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

30/May/2025
यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौँ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम...

प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ।

कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भेगमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भेगका थोरै र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। कोशी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

5 यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा
  • Share
      message-button
      यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा

      काठमाडौँ।  हाल देशमा पश्चि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

17/Jul/2025
नयाँ आर्थिक बर्षको सुरूवातमा कुन देशको मुद्राको बिक्री विनिमय दर कति छ?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५...

पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ एक पैसा र बिक्रीदर १७१ रुपैयाँ ७६ पैसा रहेको छ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०० रुपैयाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०७ रुपैयाँ २५ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा,थाई भाट एकको खरिददर ४ रुपैयाँ २२ पैसा र बिक्रीदर ४ रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ७ पैसा र बिक्रीदर १४ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३५ पैसा र बिक्रीदर २१ रुपैयाँ ४४ पैसा रहेको छ।

त्यस्तै,हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४५० रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुयैयाँ ३८ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

3 नयाँ आर्थिक बर्षको सुरूवातमा कुन देशको मुद्राको बिक्री विनिमय दर कति छ?
  • Share
      message-button
      नयाँ आर्थिक बर्षको सुरूवातमा कुन देशको मुद्राको बिक्री विनिमय दर कति छ?

      काठमाडौँ। नेपाल राष्ट्र बैङ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

24/Jul/2025
आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

हाल कोशी, बागमती र गण्डकीलगायत बाँकी प्रदेशका...

पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ। बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति कोशी, मधेस र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

2 आज चार प्रदेशमा भारी वर्षाको सम्भावना
  • Share
      message-button
      आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

      काठमाडौँ।  हाल देशभर मनसुन�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

04/Aug/2025
बजाज अटोले नेपालमा ल्यायो नयाँ इलेक्ट्रिक स्कूटर 'चेतक 3501', १५३ किमिको रेन्ज र अत्याधुनिक फिचरसहित

काठमाडौं । विश्वकै सबैभन्दा ठुलो दुईपांग्रे र तीनपांग्रे सवारी निर्माता बजाज अटो लिमिटेड ले नेपालमा आफ्नो अत्याधुनिक इलेक्ट्रिक स्कूटर Chetak 3501 को भव्य लन्च गरेको छ।...

यो स्कूटर भारतबाहिर चेतकको पहिलो अन्तर्राष्ट्रिय सार्वजनिक अनावरण हो, जसले नेपालको इलेक्ट्रिक मोबिलिटीको युगलाई नयाँ दिशातर्फ डोर्याउने अपेक्षा गरिएको छ।

Chetak 3501 मा 3.5 kWh क्षमताको ब्याट्री छ, जसले एक पटक चार्जमा १५३ किमिसम्म यात्रा गर्न सकिन्छ। यो लामो शहरी वा उपशहरी यात्रा गर्ने नेपाली प्रयोगकर्ताहरूका लागि अत्यन्त उपयोगी छ। यसको फास्ट चार्जिङ प्रविधिले केवल ३ घण्टामै ८०% चार्ज गर्न सक्ने क्षमता राख्दछ।

पानी प्रतिरोधी (IP67 रेटिङ) पूर्ण मेटल बडी भएको चेतक 3501 ले हरेक मौसममा भरपर्दो प्रदर्शन दिन्छ। ३५ लिटरको अन्डर सिट स्टोरेजले यसलाई EV सेग्मेन्टमा सबैभन्दा ठूलो बनाएको छ।

TecPac एडअनसहित यो स्कूटरमा स्मार्ट TFT टचस्क्रिन डिस्प्ले, म्याप्स, संगीत नियन्त्रण, कागजात भण्डारण, कल ह्यान्डलिङ, र अन्य सुरक्षा फिचरहरू जस्तै जिओ-फेन्सिङ, गाइड-मी-होम लाइट, रिमोट इम्मोबिलाइजेसन, र दुर्घटना पहिचान प्रणाली उपलब्ध छन्।

Chetak 3501 अब काठमाडौंको नक्सालस्थित चेतक कस्टमर एक्सपेरियन्स जोन मा बुकिङ खुला गरिएको छ। यसको मूल्य रु. ३,२४,९०० निर्धारण गरिएको छ। यो स्कूटर साउन २२ गतेदेखि सुरु हुने NAIMA AutoShow मा सार्वजनिक प्रदर्शन गरिनेछ (Stall R3B)।

बजाज अटोका एसिया क्षेत्र उपाध्यक्ष मनिष थापरले भने, "नेपालमा चेतक 3501 को सुरुवात हाम्रो ग्लोबल EV यात्राको महत्वपूर्ण हिस्सा हो। यो मोडेल टेक-सेवी नेपाली युवा पुस्ताका लागि लक्षित गरिएको छ।"

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “यो स्कूटर स्मार्ट टेक्नोलोजी, उत्कृष्ट निर्माण र वातावरणीय उत्तरदायित्वको सन्तुलन हो, जसले नेपालको शहरी यातायात प्रणालीलाई परिवर्तन गर्नेछ।”

4 बजाज अटोले नेपालमा ल्यायो नयाँ इलेक्ट्रिक स्कूटर 'चेतक 3501', १५३ किमिको रेन्ज र अत्याधुनिक फिचरसहित
  • Share
      message-button
      बजाज अटोले नेपालमा ल्यायो नयाँ इलेक्ट्रिक स्कूटर 'चेतक 3501', १५३ किमिको रेन्ज र अत्याधुनिक फिचरसहित

      काठमाडौं । विश्वकै सबैभन्दा �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

11/Jul/2025
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर...

आंशिकदेखि साधारणतया बदली छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

3 यी प्रदेशमा आज भारी वर्षाको सम्भावना
  • Share
      message-button
      यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

      काठमाडौँ। हाल देशभर मनसुनी व�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

16/May/2025
आज यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना, उच्च पहाडी क्षेत्रमा हिमपात हुन् सक्ने

काठमाडौँ। हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका पहाडी भूभागमा...

आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहने जनाइएको छ। यिनै प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ।

रातिको समय पनि सक्रिय मौसमी प्रणालीको प्रभाव कायमै रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूले मौसमको अस्थिर अवस्थाका कारण यात्रुहरू, कृषकहरू र सर्वसाधारणले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। मेघगर्जन, चट्याङ र हिमपातका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले सावधानी अपनाउन विशेष सुझाव दिइएको छ।

3 आज यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना, उच्च पहाडी क्षेत्रमा हिमपात हुन् सक्ने
  • Share
      message-button
      आज यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना, उच्च पहाडी क्षेत्रमा हिमपात हुन् सक्ने

      काठमाडौँ। हाल देशभर पश्चिमी �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

01/Jun/2025
आजको मौसम अपडेट: देशभर आंशिक बदली, कतै कतै हल्का वर्षाको सम्भावना

काठमाडौं। आज आइतबार बिहानैदेखि देशका धेरैजसो भू–भागमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानमा मेघगर्जन...

र हल्का वर्षा हुने सम्भावना रहेको छ।

काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का बदली देखिएको छ भने दिउँसो र साँझतिर मौसममा थप बदली हुनसक्ने अनुमान गरिएको छ। तापक्रम पनि २६ देखि २८ डिग्री सेल्सियसको आसपास रहनेछ।

मौसमविद्हरूका अनुसार पश्चिमी तथा मध्य क्षेत्रका पहाडी भू–भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, पूर्वी भागमा पनि आंशिक बदली रहने देखिएको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। यस कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन महाशाखाले जनाएको छ ।

4 आजको मौसम अपडेट: देशभर आंशिक बदली, कतै कतै हल्का वर्षाको सम्भावना
  • Share
      message-button
      आजको मौसम अपडेट: देशभर आंशिक बदली, कतै कतै हल्का वर्षाको सम्भावना

      काठमाडौं। आज आइतबार बिहानैद�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

20/May/2025
महासंघद्वारा नेपाल हज समितिलाई औषधीजन्य सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आज नेपाल हज समितिलाई औषधीजन्य सामग्री हस्तान्तरण गरेको छ । हज यात्रामा जाने नेपाली तीर्थयात्रीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी महासंघले...

सो सहयोग सामग्री हस्तान्तरण गरेको हो ।

महासंघका कोषाध्यक्ष भरतराज आचार्य तथा महासंघ कार्यकारिणी सदस्य सदस्य जमशेर मियाँले हज समितिका कार्यवाहक अध्यक्ष जबुल मियाँ तथा हज समितिका सदस्य सचिव भंmकनाथ ढकाललाई महासंघ सचिवालय टेकु काठमाडौंमा औषधीजन्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण गरिएका सामग्रीमा आधारभूत औषधि, प्राथमिक उपचारका सामग्री र अन्य स्वास्थ्य सम्बन्धी आवश्यक वस्तुहरू समावेश छन ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कोषाध्यक्ष आचार्यल हज यात्रा एक पवित्र धार्मिक कार्य भएको र तीर्थयात्रीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै महासंघले औषधीजन्य सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो । यस्ता सहयोगले उनीहरूको यात्रालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको कोषाध्यक्ष आचार्यले बताउनु भयो ।

हज समितिका कार्यवाहक अध्यक्ष जबल मियाँले महासंघको यो सहयोगप्रति आभार व्यक्त गर्दै यसले तीर्थयात्रीहरूको स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले महासंघको सहयोगले तीर्थयात्रीहरूलाई हज यात्रामा थप आत्मविश्वास प्रदान गर्ने धारणा राख्नु भयो ।

यसैबीच हज यात्रामा सहभागी हुन जान लाग्नु भएका नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य जमशेर मियाँलाई महासंघमा विदाई गरिएको थियो ।

नेपालबाट प्रत्येक वर्ष सयौं मुस्लिम तीर्थयात्रीहरू हजका लागि साउदी अरब जाने गर्छन । यो वर्ष नेपालबाट १ हजार एक सय ७१ जना हजयात्रीहरु सहभागी हुने सदस्य सचिव ढकालले जानकारी दिनुभयो ।

18 महासंघद्वारा नेपाल हज समितिलाई औषधीजन्य सामग्री हस्तान्तरण
  • Share
      message-button
      महासंघद्वारा नेपाल हज समितिलाई औषधीजन्य सामग्री हस्तान्तरण

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

27/Jun/2025
एलजी नेपालले ल्यायो “Affectionate Intelligence” प्रदर्शनी, प्रविधि र मानवीय संवेदनाको अद्वितीय संगम

काठमाडौं । प्रविधि केवल सेवा गर्ने होइन, बुझ्ने र ख्याल गर्ने युगको सुरुवात भएको छ। यही सन्देश बोकेर एलजी नेपालले आफ्नो विश्वव्यापी नवप्रवर्तन अभियान “Affectionate Intelligence”...

नेपालमा सार्वजनिक गर्दैछ। सिंगापुर र मलेसियामा सफलता प्राप्त गरिसकेको यो इनिसिएटिभ अब नेपालमा पनि भव्य प्रदर्शनीमार्फत प्रस्तुत गरिने भएको छ।

दुई दिने यो विशेष प्रदर्शनी कार्यक्रम असार १३ गते डिलरहरूका लागि र असार १४ गते शनिबार सर्वसाधारणका लागि ललितपुरको ‘द प्लाजा’ मा आयोजना गरिनेछ। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने प्रदर्शनीमा सहभागीहरूले एलजीको नयाँ पुस्ताको एआई (AI) प्रविधि प्रत्यक्ष अनुभव गर्न पाउनेछन्।

“Affectionate Intelligence” केवल उत्पादनको प्रदर्शनी मात्र नभएर, मानिस र प्रविधिबीचको सम्बन्धमा नयाँ क्रान्तिको प्रतिनिधि हो। एलजीले यस अवधारणामार्फत प्रयोगकर्ताको व्यवहार, भावना र आवश्यकतालाई बुझ्न सक्ने स्मार्ट प्रविधिलाई अगाडि ल्याउन खोजेको हो।

चौधरी ग्रुपका मार्केटिङ प्रमुख गौरव हमालका अनुसार, “हाम्रो लागि यो निकै गर्वको क्षण हो। एलजीसँगको सहकार्य गोल्ड स्टारको समयदेखि सुरु भएको हो। अब ‘Affectionate Intelligence’ मार्फत हामी त्यस्तो प्रविधि भित्र्याउँदैछौं, जसले हाम्रो दैनिक जीवनमा संवेदनशीलता र समझदारीको अनुभूति दिलाउनेछ।”

एलजी र सीजीबीचको चार दशक लामो सहकार्यले नेपाली बजारमा नवप्रवर्तन, भरोसा र अन्तर्राष्ट्रिय गुणस्तर ल्याउन निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

यो प्रदर्शनीले भविष्यको प्रविधि कस्तो मानवीय र प्रयोगकर्ता-मैत्री हुन सक्छ भन्ने प्रष्ट झल्को दिनेछ। आयोजकले सबै प्रविधिप्रेमी र उपभोक्तालाई असार १४ गते ‘द प्लाजा’ मा उपस्थित भई यो अद्वितीय अनुभवको भागीदार बन्न निमन्त्रणा गरेका छन्।

21 एलजी नेपालले ल्यायो “Affectionate Intelligence” प्रदर्शनी, प्रविधि र मानवीय संवेदनाको अद्वितीय संगम
  • Share
      message-button
      एलजी नेपालले ल्यायो “Affectionate Intelligence” प्रदर्शनी, प्रविधि र मानवीय संवेदनाको अद्वितीय संगम

      काठमाडौं । प्रविधि केवल सेवा

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

17/Jun/2025
असार २ गते देखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

काठमाडौँ। नेपाल राष्ट्र बैंकले असार २ गते देखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ। बैंकले सावर्जनिक सूचना जारी गर्दै, सोमबारदेखि १० रुपैयाँ दरका नयाँ...

नोट प्रचलनमा ल्याएको जनाएको हो।

“साविककै आकार तथा रङ्गमा सङ्केत नं. ०००००१ देखि, ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० (रुपैयाँ दश) तुरुन्त पाइने छ।” भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ नोट प्रचलनमा ल्याउन ल्याइएको राष्ट्र बैंकले सूचनामार्फत जनाएको छ।

नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ। नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ। नोटका तल्लो भागको बोर्डरमा नोटको क्रम नम्बर नेपालीमा वि.स. २०८१ लिखिएको हुनेछ।

त्यसैगरी, नोटको पृष्ठ भागमा भने नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको हुनेछ।

मध्य भागमा कृष्णसारको चित्र रहेको हुनेछ, तल्लो भागको बोर्डरमा अंग्रेजीमा दश रुपैयाँ लेखिएको हुनेछ। नोटको तल्लो भागको बोर्डरमा नोटको क्रम सङ्ख्या अंग्रेजीमा सन् २०२४ मा लेखिएको हुनेछ।

3 असार २ गते देखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा
  • Share
      message-button
      असार २ गते देखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

08/Jul/2025
विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य उतारचढाव

काठमाडौं। नेपाल राष्ट्र बैंक (एनआरबी) ले आज (आइतवार, असार २४) १५–२० वटा प्रमुख विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिद दर रु...

१३७.०७ र बिक्री दर रु १३७.६७ कायम गरिएको छ, जुन अघिल्लो मूल्यभन्दा स्थिर रहेको छ ।

युरोको खरिद दर रु १६०.७३ र बिक्री दर रु १६१.४३ रहेको छ भने, बेलायती पाउण्ड स्थिर रहँदै खरिद रु १८६.५८ र बिक्री रु १८७.४० मा रह्यो । स्विस फ्रेंक रु १७१.९२ मा खरिद र रु १७२.६७ मा बिक्री भइरहेको छ ।

अष्ट्रेलियन डलरको खरिद दर रु ८९.१० र बिक्री रु ८९.४९ कायम भइरहेको छ , भने क्यानाडेली डलर खरिद रु १००.३१ र बिक्री रु १००.७५ मा कारोबार भइरहेको छ । सिंगापुर डलर रु १०७.१७ (खरिद) र रु १०७.६४ (बिक्री) मा रहेको छ ।

अन्य एशियाली मुद्राको दर यस्तो छ: जापानी येन (१० येन) खरिद रु ९.४३ र बिक्री रु ९.४७, चिनियाँ युआन रु १९.११–१९.१९, साउदी रियाल रु ३६.५५–३६.७१, कतारी रियाल रु ३७.६१–३७.७७, थाई भाट रु ४.२१–४.२२, र यूएई दिराम रु ३७.३२–३७.४८ रहे ।

मलेसियन रिङ्गेट खरिद रु ३२.३७ र बिक्री रु ३२.५१ भए । दक्षिण कोरियाली वन (१०० वन) खरिद रु १०.०२ र बिक्री रु १०.०७, स्वीडिस क्रोना रु १४.४०–१४.४६, डेनिश क्रोना रु २१.५४–२१.६४, र हङकङ डलर रु १७.४६–१७.५४ मा कायम छन् ।

गल्फ मुद्रामा कुवेती दिनार रु ४४८.८८–४५०.८४, बहरेनी दिनार रु ३६३.६१–३६५.२०, र ओमानि रियाल रु ३५६.०३–३५७.५८ रहेको छ ।

यो विनिमय दर आजका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आधिकारिक मूल्य हो । बजारका व्यावसायिक बैंक र डिलरहरूले यस दरमा सानोतिनो भिन्नता देखाउन सक्ने देखिन्छ, यसको सावधानीपूर्वक अवलोकन गर्दै व्यवहार गर्नु उपयुक्त हुन्छ ।

6 विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य उतारचढाव
  • Share
      message-button
      विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य उतारचढाव

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

16/May/2025
अमेरिकी डलरको मूल्य बढ्यो, अन्य कुन मुद्रा कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज शुक्रबार (जेठ २ गते) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैयाँ...

र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा रहेको छ। युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८२ रुपैयाँ २६ पैसा रहेको छ।

त्यसैगरी, स्वीस फ्र्याङ्क एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ १८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा रहेको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ १० पैसा र बिक्रीदर ४ रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३ पैसा रहको राष्ट्र बैंकले जनाएको छ।

7 अमेरिकी डलरको मूल्य बढ्यो, अन्य कुन मुद्रा कतिमा हुँदैछ कारोबार?
  • Share
      message-button
      अमेरिकी डलरको मूल्य बढ्यो, अन्य कुन मुद्रा कतिमा हुँदैछ कारोबार?

      काठमाडौँ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

14/May/2025
१९ दिनका लागि बन्द हुँदै कुलेखानी-कलंकी सडक, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह

काठमाडौँ। हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने मुख्य वैकल्पिक मार्ग कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै...

जेठ २ गतेदेखि २० गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेँलद्वारा हस्ताक्षरित सूचनामा सडक कालोपत्र गर्ने कार्यका लागि इन्द्रसरोवर गाउँपालिकाभित्र पर्ने उक्त सडकखण्डमा यातायात पूर्णरूपमा रोक लगाइएको जनाइएको छ।

कार्यलयका अनुसार पूर्वाधार विकास कार्यालय हेटौँडाको अनुरोधमा सडक लोपत्रेको काम सम्पन्न नहुञ्जेलसम्मका लागि बाटो बन्द गर्न लागिएको हो।

प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न अनुरोध गरेको छ।

#arthadrishti
3 १९ दिनका लागि बन्द हुँदै कुलेखानी-कलंकी सडक, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह
  • Share
      message-button
      १९ दिनका लागि बन्द हुँदै कुलेखानी-कलंकी सडक, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह

      काठमाडौँ। हेटौँडाबाट काठमाड

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

15/May/2025
विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५...

पैसा तोकिएको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ १४ पैसा र बिक्री दर १३६ रुपैयाँ ७४ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ।

त्यस्तै, केन्द्रीय बैङ्कले जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा रहेको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ १० पैसा र बिक्री दर ४ रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७ पैसा र बिक्रीदर ३७ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ४८ पैसा र बिक्रीदर २० रुपैयाँ ५७ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७३ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

1 विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजको विनिमय दर
  • Share
      message-button
      विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजको विनिमय दर

      काठमाडौँ। नेपाल राष्ट्र बैङ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

07/Jul/2025
माबिलुङ्ग इनर्जीको आईपीओमा असार २२ देखि आवेदन खुला

काठमाडौँ। माबिलुङ्ग इनर्जी लिमिटेडले असार २२ गतेदेखि प्रथम चरणको प्रारम्भिक निष्कासन (आईपीओ) तथा बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १८ लाख ९० हजार...

५३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

जसमध्ये प्रथम चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र १ लाख ५० हजार ४७१ कित्ता आईपीओ नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरेको हो।

आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा संखुवासभाको मादी नगरपालिकाको वडा नम्बर ७, ८, ९ र चैनपुर नगरपालिकाको वडा नम्बर २, ३, ७, ८, ९ मा स्थानी बसोबास गर्ने नागरिकले आवेदन दिन सक्नेछन्।

यसमा आवेदन दिंदा घटीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा ५० हजार कित्तासम्म माग गर्न सकिनेछ। आवेदन दिने अन्तिम मिति साउन ४ गते रहेको छ। आयोजना प्रभावितबाट पूर्ण आवेदन प्राप्त नभएमा असार १९ गतेसम्म लम्बिन सक्नेछ तर वैदेशिक रोजगारीमा रहेकाको अवधि लम्बिने छैन।

यसमा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका साथै ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, हिमालयन बैंकको मादी नगरपालिका शाखा, लक्ष्मी सनराइज बैंकको खादबारी शाखा र आयोजनाको पावरहाउस रहेको कार्यालयबाट आवेदन दिन सकिनेछ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय र मेरो शेयर प्रयोग गरी आवेदन दिन सकिनेछ।

प्रथम चरणको आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ जारी गरिने कम्पनीले जानकारी दिएको छ।

7 माबिलुङ्ग इनर्जीको आईपीओमा असार २२ देखि आवेदन खुला
  • Share
      message-button
      माबिलुङ्ग इनर्जीको आईपीओमा असार २२ देखि आवेदन खुला

      काठमाडौँ। माबिलुङ्ग इनर्जी �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

13/Jul/2025
देशभर मनसुनी सक्रियता, जान्नुहोस् कुन स्थानमा हुनेछ आज धेरै वर्षा

काठमाडौं । देशभर सक्रिय रहेको मनसुनी वायुको प्रभावका कारण आज आइतबार नेपालका विभिन्न भागहरूमा बदली र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार,...

मनसुनको न्यून चापीय रेखा पूर्वी भूभागमा सरदर स्थानको आसपास र पश्चिमतिर सरदरभन्दा केही उत्तरतिर सरेको छ, जसको असर विभिन्न प्रदेशमा देखिएको छ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू–भागहरूमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य भागहरूमा आंशिक बदलीको अवस्था छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आगामी २४ घण्टाको लागि जारी पूर्वानुमान अनुसार, देशभरका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागहरूमा समेत हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना देखिएको छ।

सम्भावित भारी वर्षाका कारण भू–क्षय, बाढी, डुबान, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम उच्च रहेको जनाइएको छ। यसका साथै, नदी नाला र खोलाहरूको जल सतहमा उल्लेख्य वृद्धि हुन सक्ने भएकाले नदी किनार तथा बस्ती नजिकका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

3 देशभर मनसुनी सक्रियता, जान्नुहोस् कुन स्थानमा हुनेछ आज धेरै वर्षा
  • Share
      message-button
      देशभर मनसुनी सक्रियता, जान्नुहोस् कुन स्थानमा हुनेछ आज धेरै वर्षा

      काठमाडौं । देशभर सक्रिय रहेक�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

10/May/2025
Significant Public Participation at Nepal International Trade Fair on Saturday; Observed by Industry Minister and FNCCI President

काठमाडौं । भुकृटीमण्डपमा शुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा शनिवार उल्लेख्य दर्शकले मेला अवलोकन गरेका छन् । शनिवार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर...

भण्डारी तथा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि मेला अवलोकन गर्नु भएको थियो ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/ व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा सुरु भएको मेलाको वैशाख २५ गतेबाट मन्त्री भण्डारीले नै उद्घाटन गर्नु भएको थियो ।

विभिन्न स्टलहरुको अवलोकन गर्दै मन्त्री भण्डारीले नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादनको प्रवद्र्धन तथा बजारिकरणमा मेला सहयोगी देखिएको प्रतिक्रिया दिनुभयो । मन्त्री भण्डारीले स्वदेश ितथा विदेशी स्टलहरुमा पुगी वस्तुको उत्पादन तथा बजारको बारेमा व्यवसायीहरको प्रतिक्रिया लिनुभएको थियो ।

यस्तै महासंघका अध्यक्ष ढकालले पनि मेला अवलोकन गर्दै मेलामा नेपाली स्वदेशी तथा विदेशी वस्तुहरुको खरिदमा दर्शकहरुको चासो देखिएको बताउनु भयो ।

नेपाल, चीन र बंगलादेशका गरि १२० बढि स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल भएको छ । महासंघले वार्षिक क्यालेन्डर कायृक्रमका रुपमा आयोजना गरिएको मेला वैशाख २९ गतेसम्म चल्नेछ ।

7 Significant Public Participation at Nepal International Trade Fair on Saturday; Observed by Industry Minister and FNCCI President
  • Share
      message-button
      Significant Public Participation at Nepal International Trade Fair on Saturday; Observed by Industry Minister and FNCCI President

      काठमाडौं । भुकृटीमण्डपमा शु�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

02/Jun/2025
आजको विदेशी विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य उतारचढाव

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जारी दर अनुसार अमेरिकी डलरको खरिद दर रु १३६.६३ र बिक्री दर...

रु १३७.२३ कायम भएको छ। युरोपेली युरोको खरिद दर रु १५५.०५ र बिक्री दर रु १५५.७३ रहेको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिद दर रु १८३.९१ र बिक्री दर रु १८४.७२ मा कारोबार भइरहेको छ।

अन्य प्रमुख मुद्राहरूमा स्विस फ्राङ्कको खरिद दर रु १६६.११ र बिक्री दर रु १६६.८३ रहेको छ। अष्ट्रेलियन डलरको खरिद दर रु ८७.८७ र बिक्री दर रु ८८.२६ कायम भएको छ। क्यानाडियन डलरको खरिद दर रु ९९.४४ र बिक्री दर रु ९९.८७ रहेको छ भने सिंगापुर डलरको खरिद दर रु १०५.८२ र बिक्री दर रु १०६.२९ मा कारोबार भइरहेको छ।

जापानी येन (१० युनिट) को खरिद दर रु ९.४८ र बिक्री दर रु ९.५३ कायम छ भने चिनियाँ युआनको खरिद दर रु १८.९८ र बिक्री दर रु १९.०६ रहेको छ। साउदी रियालको खरिद दर रु ३६.४० र बिक्री दर रु ३६.५६ रहेको छ। भारतीय रुपैयाँ (१०० युनिट) को खरिद दर रु १६०.०० र बिक्री दर रु १६०.१५ कायम भएको छ।

नेपाल राष्ट्र बैंकले नियमित रुपमा विदेशी विनिमय दर अद्यावधिक गर्दै आएको छ। विदेशी मुद्रा कारोबारमा संलग्न व्यवसायी तथा सेवाग्राहीलाई राष्ट्र बैंकको वेबसाइटमा अद्यावधिक दर जानकारीका लागि नजर राख्न सल्लाह दिइएको छ।

8 आजको विदेशी विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य उतारचढाव
  • Share
      message-button
      आजको विदेशी विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य उतारचढाव

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

14/May/2025
१६ घण्टापछि हट्यो अवरोध, बिपी राजमार्ग पुनः सञ्चालनमा

काठमाडौँ। अवरूद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको छ। बैशाख २९ गते (सोमबार) रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ माम्तीमा डाइभर्सन बगाएपछि बिपी राजमार्ग...

अवरूद्ध भएको थियो।

सडक खुलेसँगै आज दिउँसोदेखि यातायातका सम्पूर्ण साधन दुईतर्फी सञ्चालन भएको काभ्रे जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रोशी खोलामा बाढी आएपछि सोमवार रातीदेखि सडक अवरूद्ध भएको हो।

सडक डिभिजन कार्यालय भक्तपुरको पहलमा प्रहरी र स्थानीयको सहयोगमा अवरूद्ध सडक खुलाइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।

यसअघि गत वर्ष असोज १० देखि १२ गतेसम्म रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको विभिन्न ठाउँमा क्षति पुगेको थियो।

त्यसपछि सडक डिभिजन कार्यालयले खोलाको किनारै किनार भएर अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरेको थियो।

7 १६ घण्टापछि हट्यो अवरोध, बिपी राजमार्ग पुनः सञ्चालनमा
  • Share
      message-button
      १६ घण्टापछि हट्यो अवरोध, बिपी राजमार्ग पुनः सञ्चालनमा

      काठमाडौँ। अवरूद्ध बिपी राजम�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

14/Jun/2025
‘सिप मेला २०८२’ मा विविध आकर्षक सत्र: रक्तदानदेखि ड्रोन प्रदर्शनसम्मको अवसर

काठमाडौं। सिप विकास, नवप्रवर्तन र समुदाय संलग्नतामा केन्द्रित सिप मेला २०८२ ले आजका लागि विशेष कार्यक्रमहरू तय गरेको छ। मेलाका आयोजकहरूका अनुसार आजका सबै नियमित तालिम...

कक्षाहरू स्थगित गरी सरोकारवाला, सहभागि र अवलोकनकर्ताहरूका लागि शिक्षामूलक सत्रहरू, कार्यशाला र प्रदर्शनी सञ्चालन गरिँदैछ।

आजको कार्यक्रमको पहिलो आकर्षण “बिक्री तथा स्वरोजगार कार्यशाला” हो, जसमा नेपाल लाइफ इन्स्योरेन्सको सहकार्यमा बिहान १०:०० बजेदेखि ७ वटा सत्र सञ्चालन हुनेछ। सहभागीहरूले यहाँ उद्यमशीलता र स्वरोजगारसम्बन्धी व्यवहारिक ज्ञान हासिल गर्न सक्नेछन्।

विश्व रक्तदान दिवसको अवसर पारेर मेलामा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ। आयोजकहरूले सबै योग्य रक्तदाताहरूलाई सहभागिताका लागि आग्रह गरेका छन्।

दिउँसो १:०० बजेपछि अवलोकन तथा भ्रमण सत्र सुरु हुनेछ, जहाँ आगन्तुकहरूले विभिन्न नवप्रवर्तन परियोजना र प्रदर्शनीहरू प्रत्यक्ष अवलोकन गरी जानकारी लिन पाउनेछन्। साथै करियर काउन्सिलिङ तथा सिप परीक्षण सत्रहरू पनि सँगसँगै सञ्चालन हुनेछन्, जसले सहभागीहरूलाई आफ्नो दक्षता मूल्यांकन र भविष्य योजना बनाउन सहयोग पुर्याउनेछ।

यही क्रममा अध्ययन संस्कृतिलाई प्रवर्द्धन गर्न पठन संस्कृति कर्नर (Reading Culture Corner) सञ्चालनमा ल्याइएको छ। यहाँ सहभागीहरूले विविध पुस्तक तथा अध्ययन सामग्रीहरूको जानकारी पाउनेछन्।

आजको मुख्य आकर्षणमध्ये अर्को महत्त्वपूर्ण कार्यक्रम ड्रोन उडान प्रदर्शन हो, जसले दिउँसो १:०० बजेपछि आगन्तुकलाई ड्रोन उडाउन सिकाउने तथा नयाँ प्रविधिको प्रत्यक्ष अनुभव दिनेछ।

आयोजकका अनुसार, सिप मेला २०८२ ले सिप विकास, उद्यमशीलता र सामाजिक सहकार्यलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। आयोजकहरूले सबै इच्छुक व्यक्तिहरूलाई यी कार्यक्रमहरूमा सहभागी हुन आग्रह गरेका छन्।

7 ‘सिप मेला २०८२’ मा विविध आकर्षक सत्र: रक्तदानदेखि ड्रोन प्रदर्शनसम्मको अवसर
  • Share
      message-button
      ‘सिप मेला २०८२’ मा विविध आकर्षक सत्र: रक्तदानदेखि ड्रोन प्रदर्शनसम्मको अवसर

      काठमाडौं। सिप विकास, नवप्रवर�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

20/May/2025
अमेरिकी डलर रु १३६.९५, अन्य लाई कति हेर्नुहोस् पूर्ण विवरण

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकको खुला बजार दर अनुसार, १ अमेरिकी डलरको खरिद दर रु १३६.३५ र...

बिक्री दर रु १३६.९५ कायम छ।

युरोपेली युरो १ को खरिद दर रु १५३.६५ र बिक्री दर रु १५४.३२ छ। बेलायती पाउन्ड स्टर्लिङ १ को बिक्री दर रु १८३.२६ र भारतीय रुपैयाँ १०० को बिक्री दर रु १६०.१५ स्थिर रहेको छ। यी दरहरू घरजग्गा लगानी, आयात–निर्यात, र विदेश यात्रा गर्ने नेपालीका लागि महत्त्वपूर्ण छन्।

अन्य प्रमुख मुद्राहरूमा, अष्ट्रेलियाली डलर १ को बिक्री दर रु ८८.२९, क्यानेडियाली डलर रु ९८.१८, र जापानी येन १० को बिक्री दर रु ९.४५ छ। चिनियाँ युआन रु १८.९९, साउदी रियाल रु ३६.५१, र कतारी रियाल रु ३७.५८ मा कारोबार भइरहेको छ। मलेसियाली रिङ्गिट रु ३१.९२, दक्षिण कोरियाली वन १०० को रु ९.८५, र कुवेती दिनार रु ४४५.८७ मा उपलब्ध छ।

नेपाल राष्ट्र बैंकले यी दरहरू खुला बजारमा आधारित भएको र फरक बैंकहरूमा सामान्य भिन्नता हुन सक्ने जनाएको छ।

5 अमेरिकी डलर रु १३६.९५, अन्य लाई कति हेर्नुहोस् पूर्ण विवरण
  • Share
      message-button
      अमेरिकी डलर रु १३६.९५, अन्य लाई कति हेर्नुहोस् पूर्ण विवरण

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

27/May/2025
आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर स्थिर, पाउण्ड स्टर्लिङ र युरोमा सामान्य गिरावट

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज मिति २०८२ जेष्ठ १३ (२०२५ मे २७) का लागि तोकेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर रु १३६.44...

र बिक्री दर रु १३५.84 कायम भएको छ। डलरको दरमा हालसम्म स्थिरता देखिएको छ। युरोको खरिद दर रु १५५.27 र बिक्री दर रु १५४.59 मा झरेको छ भने पाउण्ड स्टर्लिङको खरिद दर रु १८५.00 र बिक्री दर रु १८४.19 मा केही घटेको देखिन्छ।

क्यानाडियन डलरको खरिद दर रु ९९.४९ र बिक्री दर रु ९९.०५ कायम रहेको छ। अष्ट्रेलियन डलरको खरिद दर रु ८८.८० र बिक्री दर रु ८८.४१ मा रहेको छ। चिनियाँ युआनको खरिद दर रु १८.९८ र बिक्री दर रु १८.९० छ भने जापानी येन १० इकाईको खरिद दर रु ९.५५ र बिक्री दर रु ९.५० कायम भएको छ।

साउदी रियालको खरिद दर रु ३६.३८ र बिक्री दर रु ३६.२२ कायम छ। सिंगापुर डलरको खरिद दर रु १०६.२८ र बिक्री दर रु १०५.८१ रहेको छ भने कतारी रियालको खरिद दर रु ३७.४४ र बिक्री दर रु ३७.२७ छ। युएई दिर्हामको खरिद दर रु ३७.१५ र बिक्री दर रु ३६.९८ कायम रहेको छ।

बहराइन दिनारको खरिद दर रु ३६१.९१ र बिक्री दर रु ३६०.३२ रहेको छ भने कुवेती दिनारको खरिद दर रु ४४५.२० र बिक्री दर रु ४४३.२४ कायम भएको छ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको यो दरले आजको व्यापारिक कारोवारमा विदेशी मुद्रा सटहीलाई सहज तुल्याउने अपेक्षा गरिएको छ। विदेशी मुद्रा बजारको चहलपहलमा यस्ता दर परिवर्तनले प्रत्यक्ष प्रभाव पार्ने हुँदा कारोबार गर्नुअघि दर जानकारी लिनु आवश्यक हुन्छ।

4 आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर स्थिर, पाउण्ड स्टर्लिङ र युरोमा सामान्य गिरावट
  • Share
      message-button
      आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर स्थिर, पाउण्ड स्टर्लिङ र युरोमा सामान्य गिरावट

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

27/Jun/2025
आजको विनिमय दर सार्वजनिक, अमेरिकी डलर रु. १३६.८४ मा स्थिर अन्यलाई कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (आजका लागि) विदेशी मुद्राको आधिकारिक खरिद तथा बिक्री दर अपडेट गरेको छ। सोअनुसार अमेरिकी डलरको खरिददर रु. १३६.८४ तथा बिक्रीदर रु. १३७.४४...

कायम गरिएको छ भने यूरोपेली युरोको खरिददर रु. १६०.१४ र बिक्रीदर रु. १६०.८४ रहेको छ। युकेको पाउण्ड स्टर्लिङ रु. १८७.६१ मा खरिद र रु. १८८.४४ मा बिक्री भइरहेको छ ।

स्वीस फ्र्याङ्क रु. १७०.६७ खरिद र रु. १७१.४१ बिक्री, अष्ट्रेलियन डलर रु. ८९.४१ खरिद र रु. ८९.८० बिक्री, क्यानाडेली डलर रु. १००.०० खरिद र रु. १००.४३ बिक्री, सिङ्गापुर डलर रु. १०७.२९ खरिद र रु. १०७.७६ बिक्रीमा रहेको छ ।

जापानी येन (१०) खरिद रु. ९.४८ र बिक्री रु. ९.५२, चिनियाँ युआन रु. १९.०८ खरिद र रु. १९.१७ बिक्रीमा कारोबार भइरहेकाले , हङकङ डलर रु. १७.४३ खरिद र रु. १७.५१ बिक्रीमा रहेको छ।

थाइ भाट रु. १४.४६ खरिद र रु. १४.५२ बिक्री, मलेशियन रिङ्गेट रु. ३२.३६ खरिद र रु. ३२.५० बिक्री, कतारी रियाल रु. ३७.५४ खरिद र रु. ३७.७१ बिक्री, साउदी रियाल रु. ३६.४९ खरिद र रु. ३६.६५ बिक्रीमा रहेको छ ।

कुवेती दिनार रु. ४४७.६७ खरिद र रु. ४४९.६४ बिक्री, स्वीडिस क्रोनर रु. १४.४६ खरिद र रु. १४.५२ बिक्री रहेको जानकारी नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकले भनेको छ कि यी दरहरू आधिकारिक बैंकहरूको विनिमय मूल्याङ्कनको आधार हुन् र वाणिज्य बैंकहरूले आफ्ना खुद्रा दरहरू अलिकति फरक राख्न सक्नेछन्।

14 आजको विनिमय दर सार्वजनिक, अमेरिकी डलर रु. १३६.८४ मा स्थिर अन्यलाई कति ?
  • Share
      message-button
      आजको विनिमय दर सार्वजनिक, अमेरिकी डलर रु. १३६.८४ मा स्थिर अन्यलाई कति ?

      काठमाडौं । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

16/Jun/2025
आज यी प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौँ। हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भागमा पश्चिमी...

तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

3 आज यी प्रदेशमा भारी बर्षाको सम्भावना
  • Share
      message-button
      आज यी प्रदेशमा भारी बर्षाको सम्भावना

      काठमाडौँ। हाल कोशी, मधेस, बाग�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

04/Aug/2025
देशभर वर्षा, केही स्थानमा मध्यम देखि भारी वर्षाको सम्भावना

काठमाडौँ । सोमबार देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई नजिकै रहेकाले आज देशभर आंशिकदेखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा...

मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो र रातिको समयसम्म कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सबै प्रदेशका हिमाली, पहाडी र तराई भूभागहरूमा व्यापक वर्षाको सम्भावना रहेको छ। कतिपय स्थानहरूमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी २४ घण्टाका लागि विशेष गरी बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानहरू तथा कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तो अवस्थामा बाढी, पहिरो, डुबान, तथा यातायातमा अवरोध आउने सम्भावना उच्च भएकाले सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई अनुरोध गरिएको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

सबै प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन सक्रिय रहिरहने देखिएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन अनुरोध छ।

3 देशभर वर्षा, केही स्थानमा मध्यम देखि भारी वर्षाको सम्भावना
  • Share
      message-button
      देशभर वर्षा, केही स्थानमा मध्यम देखि भारी वर्षाको सम्भावना

      काठमाडौँ । सोमबार देशभर मनसु�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

07/Jul/2025
बुङ्गल हाइड्रोले असार २९ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौँ। बुङ्गल हाइड्रो लिमिटेडले यही असार २९ गतेदेखि प्रथम चरणको प्रारम्भिक निष्कासन (आईपीओ) गर्ने भएको छ।

कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९...

लाख ५ हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट केही दिन अघि मात्रै अनुमति पाएको हो।

अनुमति पाएसँगै कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रथम चरणमा आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ८ लाख ३० हजार कित्ता आईपीओ र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

आयोजना प्रभावितलाई छुट्याइएको शेयरमध्ये पनि ५ लाख ३९ हजार ५०० कित्ता आईपीओमा आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाले आवेदन दिन सक्नेछन्। यसमा बझाङको बुंगल नगरपालिका वडा नम्बर ६ (साविक पिपलकोट गाविस वडा नम्बर ४, ५ र ७) र वडा नम्बर ७ (साविक कफल्सेरी गाविस वडा नम्बर १) का स्थानीय बासिन्दा रहेका छन्।

त्यस्तै २ लाख ९० हजार ५०० कित्ता आईपीओमा आयोजना सामान्य प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। यसमा बझाङको बुंगल नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ८, ९, १० र ११ का स्थानीय बासिन्दा रहेका छन्।

आवेदन दिंदा कम्तीमा १० कित्ता आईपीओका लागि आवेदन दिनु पर्नेछ भने बढीमा २० हजार कित्तासम्म माग गर्न सकिने छ। आवेदन दिने अन्तिम मिति साउन ११ गते रहेको छ तर यो अवधिभित्र आयोजना प्रभावितबाट पर्याप्त आवेदन नपरेमा साउन २६ गतेसम्म कायम रहने जनाइएको छ।

7 बुङ्गल हाइड्रोले असार २९ गतेदेखि आईपीओ निष्कासन गर्ने
  • Share
      message-button
      बुङ्गल हाइड्रोले असार २९ गतेदेखि आईपीओ निष्कासन गर्ने

      काठमाडौँ। बुङ्गल हाइड्रो लि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

31/May/2025
रेड्मी नोट १४ प्रो+ ५जी: टिकाउपन र प्रदर्शनको नयाँ परिभाषा

काठमाडौं। स्मार्टफोन बजारमा नयाँ आयाम थपिएको छ– रेड्मी नोट १४ प्रो+ ५जी स्मार्टफोनले। यो फोन टिकाउपन र कार्यक्षमताको उत्कृष्ट सन्तुलनका साथ नेपाली बजारमा प्रवेश गरेको छ।

टिकाउपनको...

कुरा गर्दा, रेड्मी नोट १४ प्रो+ ५जी मा १.५के रिजोल्युसनसहितको एमोलेड डिस्प्ले र गोरिल्ला ग्लास भिक्टस २ जडान गरिएको छ। यसको IP68 डस्ट र वाटर रेजिस्टेन्सले धुलो र पानीको क्षति न्युनीकरण गर्न मद्दत पुर्याउँछ।

स्मार्टफोनको फास्ट परफर्मेन्सका लागि स्न्यापड्रागन ७ एस जेन ३ चिपसेटको प्रयोग गरिएको छ, जसले गेमिङ र मल्टिटास्किङलाई सहज बनाउँछ। यसमा ८ जीबी + २५६ जीबी र १२ जीबी + ५१२ जीबी भेरियन्ट उपलब्ध छन्, जसले स्टोरेज समस्या हटाउँछ।

क्यामरा सेग्मेन्टमा, रेड्मीले २०० मेगापिक्सेलको मुख्य क्यामरासहित, ८ एमपी अल्ट्रा–वाइड, २ एमपी म्याक्रो, र २० एमपी सेल्फी क्यामरा दिएको छ। डायनामिक शट्स, मोशन ट्र्याकिङ, र डुअल भिडियो मोडले फोटो अनुभवलाई नयाँ उचाइमा पुर्याउँछ।

५११० एमएएच ब्याट्री र १२० वाटको हाइपरचार्जले ‘फास्ट चार्जिङ’को आवश्यकता पूरा गर्दै जीवनशैलीलाई सहजीकरण गर्छ। ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लु, र मिडनाइट ब्ल्याकका आकर्षक रंगहरूले फोनलाई शैलीपूर्ण बनाएको छ।

नेपालमा यसको मूल्य रु ४९,९९९ देखि रु ५४,९९९ सम्म छ, जसले बजेटअनुसारको विकल्प दिन्छ। EMI योजना पनि उपलब्ध भएकोले बजेटको चिन्ता कम हुने देखिन्छ।

विशेषज्ञहरूको भनाइ छ, यो फोनले टिकाउपन, सुन्दरता र प्राविधिक दक्षताको सन्तुलन खोज्ने प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्नेछ। रेड्मी नोट १४ प्रो+ ५जी स्मार्टफोन अब नेपाली बजारमा बलियो विकल्पको रूपमा देखा परेको छ।

3 रेड्मी नोट १४ प्रो+ ५जी: टिकाउपन र प्रदर्शनको नयाँ परिभाषा
  • Share
      message-button
      रेड्मी नोट १४ प्रो+ ५जी: टिकाउपन र प्रदर्शनको नयाँ परिभाषा

      काठमाडौं। स्मार्टफोन बजारमा

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

01/Aug/2025
बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको विनिमय दर कति पुग्यो?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ पैसा रहेको छ।

अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८० पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ८० पैसा र बिक्रीदर १०८ रुपैयाँ २६ पैसा रहेको छ।

त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा रहेको छ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ २८ पैसा र बिक्रीदर ४ रुपैयाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८ पैसा र बिक्रीदर ३८ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३ पैसा र बिक्रीदर १० रुपैयाँ ७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४४ पैसा र बिक्रीदर २१ रुपैयाँ ५३ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ १८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

3 बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको विनिमय दर कति पुग्यो?
  • Share
      message-button
      बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको विनिमय दर कति पुग्यो?

      काठमाडौँ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

23/Jun/2025
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी CEO अन्जु श्रेष्ठलाई अन्तर्राष्ट्रिय ‘Best Woman CEO in Strategic Leadership’ सम्मान

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (CEO) अन्जु श्रेष्ठलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान प्रदान गरिएको छ। श्रेष्ठलाई बेलायतमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय सञ्चार...

संस्था Women’s Tabloid "The Voice of the Women" द्वारा "Best Woman CEO in Strategic Leadership-General Insurance 2025" अवार्डबाट सम्मानित गरिएको हो।

उक्त विशिष्ट सम्मान प्राप्त गरेपछि श्रेष्ठले यो उपलब्धिलाई व्यक्तिगत मात्र नभई सम्पूर्ण नेपाली बीमा उद्योग र यस क्षेत्रमा सक्रिय सम्पूर्ण महिलाको सामूहिक पहिचानको रूपमा लिएको बताइन्। उनले सफलताको मूल आधारका रूपमा आफ्नो टिमको निरन्तर साथ, परिश्रम र प्रतिबद्धतालाई उल्लेख गरिन्।

Women’s Tabloid प्रत्येक वर्ष विश्वभरका उद्यमशील, प्रभावशाली र प्रेरणादायी महिलाहरूलाई विविध विधामा सम्मान गर्दै आएको संस्था हो। यस वर्ष बीमा क्षेत्रतर्फको सर्वोच्च नेतृत्व अवार्ड श्रेष्ठले हात पार्न सफल भएकी हुन्।

संस्थाका व्यवसाय विकास प्रबन्धक ड्यानियल डी’कोस्टाले भने, "महिलाहरूले व्यवसाय र नेतृत्वमा पु¥याएको योगदान अतुलनीय छ। हामी उनीहरूको मेहनत र उपलब्धिलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न प्रतिबद्ध छौं।"

श्रेष्ठको नेतृत्वमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा क्षेत्रमा नवप्रवर्तन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवामा उल्लेखनीय सुधार ल्याएको छ। रणनीतिक योजना, डिजिटल प्रविधिको प्रभावकारी प्रयोग तथा संस्थागत सुशासनका आधारमा कम्पनीले पछिल्ला वर्षहरूमा उल्लेख्य प्रगति हासिल गर्दै आएको छ।

उक्त सम्मान श्रेष्ठको रणनीतिक सोच, दूरदृष्टि र नेतृत्व क्षमताको मात्र नभई नेपाली बीमा उद्योगको समग्र प्रगतिको पनि अन्तर्राष्ट्रिय स्तरमा सन्देश पुर्याउने खालको भएको कम्पनीले विश्वास व्यक्त गरेको छ।

10 हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी CEO अन्जु श्रेष्ठलाई अन्तर्राष्ट्रिय ‘Best Woman CEO in Strategic Leadership’ सम्मान
  • Share
      message-button
      हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी CEO अन्जु श्रेष्ठलाई अन्तर्राष्ट्रिय ‘Best Woman CEO in Strategic Leadership’ सम्मान

      काठमाडौं । हिमालयन एभरेष्ट इ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

27/May/2025
राष्ट्रिय पर्यटन संवाद : क्षेत्रगत समस्याको पहिचान गरी समाधानमा जोड

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको 'राष्ट्रिय पर्यटन संवाद'मा नेपालको पर्यटन क्षेत्रभित्र देखिएका क्षेत्रगत समस्या पहिचान गरी तिनको...

समाधानमा एकीकृत प्रयास गर्नुपर्नेमा जोड दिइएको छ ।

संवादमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि विगतमा प्रयास भए पनि वर्तमान समयका लागि पर्याप्त हुन नसकेको बताउनुभएको छ । उहाँले भन्‍नुभयो, 'जसरी अहिले प्रचार गरिँदैछ, त्यस अनुसार काम नै नभएको भन्‍ने होइन, अझै धेरै गर्न बाँकी छ । हामीले गर्नुपर्छ ।" प्रधानमन्त्री ओलीले अब नेपाल दुर्गम नरहेकोसमेत उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, “नेपाल अब दुर्गम रहेन । सडक सञ्‍जालहरू विगत गाउँसम्म पनि पुगेका छन् । अब केही भएन भनेर बस्‍ने अवस्था छैन।"

त्यसैगरी प्रधानमन्त्री ओलीले पर्यटन विकास, प्रबर्द्धन र प्रचारका लागि प्रशासनिक झन्झट हटाउनु जरूरी औंल्याउनुभएको छ । उहाँले थप्‍नुभयो, "नेपाल वायु सेवा निगमको पुनःसंरचना आवश्यक छ र त्यसको लागि सरकार जिम्मेवार छ । यो काम सरकारले चाँडै गर्छ । अर्को कुरा भनेको हामीले र हाम्रा संरचनाहरुले पर्यटकलाई दुःख दिने काम बन्द गर्नुपर्छ। उहाँहरुलाई सहजीकरण गर्नतर्फ केन्द्रित हुनुपर्छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासमा देखिएका प्रमुख समस्या पहिचान गरी समाधानमा केन्द्रित योजना अघि सार्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “नेपालको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा पर्यटन क्षेत्र रहेको छ । सरकार विभिन्‍न नीतिगत सुधार गर्दै नवप्रवर्तनमूलक कार्यक्रम कार्यान्वयनमा ल्याइरहेको छ । निजी क्षेत्रको प्रयास पनि अत्यन्तै सराहनीय छ । तर, अपेक्षाअनुसार लाभ लिन नसकेको अवस्था छ । जनशक्तिको अभाव, नीति कार्यान्वयनको कमजोरी, लगानीको खण्डिकरणजस्ता समस्या समाधान गर्नु अपरिहार्य छ।”

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले 'नेपालको पर्यटन सम्भावनाको उजागर' शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको पर्यटन विकास, नीति तथा कानुनी अड्चन, चीन र भारतजस्ता ठूलो पर्यटक बजारबाट लाभ उठाउने रणनीति, तथा प्रकृति र संस्कृति आधारित गन्तव्यहरूको प्रवर्द्धनको आवश्यकता औंल्याउनुभएको हो ।

कार्यक्रममा संघ सरकारबाट पर्यटनमन्त्रीसहित सात जना मन्त्रीहरुको सहभागिता रहेको थियो । जसमा सूचना तथा सञ्‍चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको हवाई सेवा निकै कमजोर रहेको र प्रतिबन्धित विदेशी उडानहरुलाई अनुमति दिनुपर्ने बताउनुभयो । गृहमन्त्री रमेश लेखकले शान्ति, सुरक्षा र सीमाको सुरक्षालाई प्राथमिकता दिइने स्पष्ट पार्नुभयो ।

श्रममन्त्री शरद सिंह भण्डारीले पर्यटन भनेको व्यवसायिक गतिविधि भएकोले निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्ने बताउनुभएको छ। उहाँले छिमेकी देशहरूमा ठूलो पर्यटन बजार छ, त्यसको लाभ उठाउन रणनीति सुधार आवश्यक रहेकोसमेत औंल्याउनुभयो ।

परराष्ट्र मन्त्री आरजु राणा देउवाले पछिल्लो समय आफू पर्यटन कूटनीतिमा सक्रिय रहेको उल्लेख गर्दै विदेशी लगानी र पर्यटक भित्र्याउने कुरामा सरकार लागिरहेको जानकारी गराउनुभयो । उहाँले सातवटै प्रदेशबाट समेटेर पर्यटन गुरुयोजना तयार गर्नु आवश्यक रहेकोसमेत बताउनुभएको छ ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पर्यटन पूर्वाधार निर्माणमा प्राथमिकता दिइने र सडक संरचना सुधार चाँडै गरिने जानकारी दिनुभयो । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले पर्यटकको रोजाई प्रकृति र राष्ट्रिय निकुञ्‍जहरु पर्ने भएकोले यसको सहजीकरणका लागि कानुनी अड्चनहरू हटाउन मन्त्रालय सक्रिय रहेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी, कोशी र लुम्बिनी प्रदेशमा पर्यटनमन्त्रीहरुको पनि सहभागिता रहेको थियो । जसमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटनबाट उठेको राजस्वको वितरण नीति स्पष्ट पार्नुपर्ने, प्रदेशमा कम्पनी दर्ता कार्यालय स्थापना गर्नुपर्ने, उद्धार व्यवस्थापनको दायित्व पनि प्रदेशलाई दिनुपर्ने बताउनुभयो ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सडानन्द मण्डलले अन्तर-प्रदेश हवाई सम्पर्क आवश्यक रहेको र संघ सरकारले त्यसका लागि सहजीकरण गर्नुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पर्यटकीय गन्तव्यहरुको सही तरिकाले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै सीमामा पर्यटकलाई सास्ती भोग्नुपर्ने अवस्था हटाउनुपर्ने, पूर्वाधार विकास गर्नुपर्ने र नीति सुधार आवश्यक रहेको बताउनुभयो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पोखराबाट मुक्तिनाथसम्म केवलकार सञ्चालनको तयारी भइरहेको तर हवाई सेवामा प्रगति गर्न नसकेको जानकारी दिनुभयो । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले प्रक्रियागत झन्झट हटाई निजी क्षेत्रलाई सजिलो बनाउनेतर्फ सरकार क्रियाशील रहेको र प्रत्येक प्रदेशमा एउटा प्रमुख गन्तव्य घोषणा गर्न अनुरोध गर्नुभयो ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाले स्थलमार्गको प्रयोग गरी पर्यटन प्रवर्द्धन सम्भव भएको उल्लेख गर्दै सडक सञ्‍जालको स्तरोन्‍नतीमा जोड दिनुभयो । यसका साथै उहाँले नेपालको ठूलो जनसंख्या तराई क्षेत्रमा बसोबास गर्ने भएकाले तराई क्षेत्रका पर्यटकीय गन्तव्यहरुको विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभिन्‍न निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । उहाँहरुले नीतिगत सुधारका सुझावहरू प्रस्तुत गर्नुभएको छ । नेपाल एसोसियसन फर टुर एण्ड ट्राभल एजेन्ट (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले पर्यटनमा मूल्य अभिवृद्धि कर हटाउन, पर्यटकीय बसपार्क स्थायी रूपमा निर्माण गर्न र विमान भाडामा लिन वा किन्न दिन सरकारले पहल गर्नुपर्ने बताउनुभयो । ट्रेकिङ एजेन्सी संघ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले कोरला नाका खोल्न पहल गर्नुपर्ने, नेपाल वायुसेवा निगमलाई सुदृढ गर्नुपर्ने सुझाव दिनुभयो ।

होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले २६ वटा पाँचतारे होटल सञ्चालनमा रहेको उल्लेख गर्दै विश्वका नाम चलेका होटल नेपालमा आइसकेको, तर सरकारद्वारा तोकिएको मापदण्ड अनुगमन आवश्यक रहेको बताउनुभयो । साथै, पर्यटक इको-पर्यटन खोजिरहेकाले होटेलहरूमा बिजुलीबाट सञ्चालित गाडी र भान्सा हुनुपर्ने तथा सिपयुक्त जनशक्तिको अभाव सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले पर्यटन विकासको लागि यातायात, विशेष गरी हवाई र सडक यातायात सुधार्नुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउनु पर्ने बताउनुभयो । नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष निमा नुरु शेर्पाले हिमाल चढ्ने शुल्क धेरै भएको, एकद्वार प्रणाली आवश्यक रहेको र पर्वतारोहणको लागि पीक प्रोफाइल तयार पार्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले सीमा नाकामा समस्या रहेको, नगद कारोबारमा अवरोध रहेको, बेरोजगारी बढ्दै गएको तर सिपयुक्त जनशक्ति अभाव रहेको र सरकारबाट नीतिगत वातावरण आवश्यक रहेको बताउनुभयो । पूर्व पर्यटन सचिव दिपेन्द्र पुरुष ढकालले नेपालको हवाई क्षेत्र युरोपेली सङ्घको कालोसूचीबाट हट्नुपर्ने, हवाई सेवामा सुधार गर्नुपर्ने र नेपाल वायुसेवा निगमलाई बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

राष्ट्रिय पर्यटन संवादले नेपालको पर्यटन क्षेत्रमा विद्यमान बहुआयामिक समस्या पहिचान गरी, तिनको दीर्घकालीन समाधानका लागि समन्वित प्रयास र स्पष्ट रणनीतिको आवश्यकता औँल्याएको छ । प्रधानमन्त्री ओलीले पहिचान भएका समस्यालाई साउन १ गतेबाट नै कार्यान्वयनमा ल्याउने गरी कार्ययोजना बनाउनसमेत सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

4 राष्ट्रिय पर्यटन संवाद : क्षेत्रगत समस्याको पहिचान गरी समाधानमा जोड
  • Share
      message-button
      राष्ट्रिय पर्यटन संवाद : क्षेत्रगत समस्याको पहिचान गरी समाधानमा जोड

      काठमाडौं। प्रधानमन्त्री केप

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

25/May/2025
पल्सर N125 नेपालगञ्जमा सांगीतिक कार्यक्रम सहित लन्च हुदै

काठमाडौं। नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.ले नेपालगञ्जमा पल्सर N125 को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ।

बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका...

लागि परिचित छ, र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर N125 को लन्च संगीतमय साँझ मार्फत गरिँदैछ।

जेठ ११ गते साँझ ६:३० बजेदेखि नेपालगञ्ज, बागेश्वरी मन्दिरको पूर्व तर्फ हुन गईरहेको यस कार्यक्रममा प्रवेश निशुल्क हुनेछ। कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र चक्र बमको लाइभ प्रस्तुति रहनेछ। कार्यक्रमको संचालन एम्सी अनु मानन्धरले गर्नुहुनेछ ।

कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर N125 हो, जसमा १२४.५८०० एयर-कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ kW पावर र ११ Nm टर्क उत्पादन गर्दछ। यो १२५८८ सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. का मार्केटिङ प्रमुख अमितराज चालिसेले भन्नुभयो "N125 लाई नेपालगञ्जमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ " बताउनुभयो।

6 पल्सर N125 नेपालगञ्जमा सांगीतिक कार्यक्रम सहित लन्च हुदै
  • Share
      message-button
      पल्सर N125 नेपालगञ्जमा सांगीतिक कार्यक्रम सहित लन्च हुदै

      काठमाडौं। नेपालमा बजाज मोटर�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

30/Jun/2025
अन्डरग्राउन्ड रिजर्भ ट्याङ्की बनाउँदा ध्यान दिनुपर्ने प्रमुख कुराहरू

घर वा कुनै पनि भवनमा पानी भण्डारणको दीर्घकालीन समाधानका रूपमा अन्डरग्राउन्ड रिजर्भ ट्याङ्की (Underground Reserve Tank) एक प्रभावकारी उपाय हो। तर, यसको निर्माण गर्दा यदि आवश्यक...

सावधानी अपनाइएन भने, भविष्यमा पानी चुहिने (seepage), गन्ध आउने, ढल मिसिनेजस्ता समस्याहरू निम्तिन सक्छन्। यस्ता जोखिमहरूबाट जोगिनका लागि ट्याङ्की निर्माणको हरेक चरणमा ध्यान दिनुपर्ने केही महत्वपूर्ण पक्षहरू यस्ता छन्:

१. स्थान छनोट:

ट्याङ्की निर्माण गर्ने स्थान चुन्नु सबभन्दा पहिलो र महत्त्वपूर्ण कार्य हो। यस्तो स्थान छनोट गर्नुहोस्:

जुन ठाउँ सधैं पानी जम्ने ठाउँ नहोस्।

माटोको किसिम परीक्षण गरेर मात्रै ट्याङ्कीको गहिराइ निर्धारण गर्नुहोस्।

ट्याङ्की अन्य संरचनाको फाउन्डेशनमा असर नपार्ने गरी राखिनुपर्छ।

२. डिजाइन र साइज:

दैनिक पानीको खपतअनुसार ट्याङ्कीको साइज निर्धारण गर्नुहोस्। सामान्यतया, परिवारको सदस्य संख्याअनुसार १००० देखि ५००० लिटर वा अझ बढी क्षमताका ट्याङ्की बन्न सक्छन्।

छानाबाट आउने पानी, नली, ओभरफ्लो पाइप आदिको व्यवस्थालाई समेत ध्यानमा राखेर डिजाईन गर्नुपर्छ।

३. सुदृढ संरचना निर्माण:

कन्क्रिट मिसाउँदा वाटरप्रूफिङ केमिकल अनिवार्य रूपमा हाल्नुहोस्।

रडको सही दूरी र आकार मिलाएर, राम्रो ग्रेडको सिमेन्ट प्रयोग गर्नुहोस्।

काम सुरु गर्नु अगाडि ढल निकासको व्यवस्थालाई सुनिश्चित गर्नुहोस्।

४. वाटरप्रूफिंग र सिपेज नियन्त्रण:

ट्याङ्कीको भित्तामा वाटरप्रूफ कोटिङ वा सीलन्ट लगाउनुहोस्।

जोइन्टहरू (Construction Joints) मा वाटर स्टप लगाउनाले चुहावटको सम्भावना घट्छ।

ट्याङ्कीको भित्री भागमा दुई या तीन तहमा वाटरप्रूफ लेयर लगाउनु उपयुक्त हुन्छ।

५. स्लोप र ड्रेनेज सिस्टम:

ट्याङ्कीको छानोतर्फ न्यूनतम स्लोप दिनुहोस् ताकि पानी जम्मा नहोस।

वरपरको पानी ट्याङ्कीभित्र प्रवेश नगरोस् भन्नका लागि फ्रेन्च ड्रेनजस्ता प्रणाली निर्माण गर्नुहोस्।

६. परीक्षण (Testing):

ट्याङ्की बनिसकेपछि पानी भरि कम्तीमा ७ दिनसम्म राखी परीक्षण गर्नुहोस्।

यदि पानी चुहिएको देखियो भने सम्बन्धित ठाउँ तुरुन्त मर्मत गर्नुहोस्।

७. सफा र सजिलो पहुँच हुने बनावट:

भविष्यमा सरसफाई गर्न सकिने गरी उचित ढोका (manhole) राख्नुहोस्।

छानाको भागमा हावा र गन्धका लागि वेन्टिलेसन प्वाल अनिवार्य बनाउनुहोस्।

८. सजगता र नियमित निरीक्षण:

हरेक वर्ष कम्तीमा एकपटक ट्याङ्की सफा गर्नुहोस्।

कुनै पनि चिरा वा सिपेज देखिएमा तुरुन्त मर्मत गर्नुहोस्।

अन्डरग्राउन्ड रिजर्भ ट्याङ्की एकपटक राम्रोसँग बनाइयो भने दशकौंसम्म सेवा दिन सक्छ। त्यसैले प्रारम्भिक चरणमै स्थान छनोट, डिजाइन, वाटरप्रूफिंग, सिपेज नियन्त्रण, ढल व्यवस्थापन जस्ता कुरामा ध्यान दिनु जरुरी हुन्छ।

पानी हाम्रो अमूल्य सम्पत्ति हो—त्यसैले यसको भण्डारण जबजस्तो बनाइयोस्, दीर्घकालीन, सुरक्षित र चुहावटरहित बनाइयोस्।

8 अन्डरग्राउन्ड रिजर्भ ट्याङ्की बनाउँदा ध्यान दिनुपर्ने प्रमुख कुराहरू
  • Share
      message-button
      अन्डरग्राउन्ड रिजर्भ ट्याङ्की बनाउँदा ध्यान दिनुपर्ने प्रमुख कुराहरू

      घर वा कुनै पनि भवनमा पानी भण्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

24/Jul/2025
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ ९६ पैसा र बिक्री दर १३८ रुपैयाँ ५६ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिद दर १६१ रुपैयाँ ७८ पैसा र बिक्री दर १६२ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८६ रुपैयाँ ७० पैसा र बिक्री दर १८७ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १७३ रुपैयाँ ८६ पैसा र बिक्री दर १७४ रुपैयाँ ६२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ र बिक्रीदर १०८ रुपैयाँ ४७ पैसा रहेको छ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैयाँ एक पैसा रहेको छ।

यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ २९ पैसा र बिक्रीदर ४ रुपैयाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३ पैसा र बिक्रीदर १० रुपैयाँ ७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४ रुपैयाँ ५७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६७ पैसा र बिक्रीदर २१ रुपैयाँ ७७ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७ रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ११ पैसा र बिक्रीदर ४५४ रुपैयाँ सात पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

3 यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
  • Share
      message-button
      यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

      काठमाडौँ। नेपाल राष्ट्र बैङ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

03/Jul/2025
जगदम्बा स्टिलमा विस्फोट हुँदा एक जना घाइते, आगो नियन्त्रणमा

काठमाडौँ। जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ। इलाका प्रहरी कार्यालय सिमराका अनुसार राति करिब ९ः१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट...

भएको हो।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार बेलुकी सवा ९ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो। घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीका अनुसार आगो राति नै नियन्त्रणमा आइसकेको छ।

विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन। घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

12 जगदम्बा स्टिलमा विस्फोट हुँदा एक जना घाइते, आगो नियन्त्रणमा
  • Share
      message-button
      जगदम्बा स्टिलमा विस्फोट हुँदा एक जना घाइते, आगो नियन्त्रणमा

      काठमाडौँ।  जितपुर सिमरा उप�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

14/Jun/2025
आइसमेक र आरएम एग्रोटेकबीच सहकार्य : अब नेपालमै गुणस्तरीय कोल्ड स्टोर र चिलिङ प्लान्ट उपलब्ध

काठमाडौं। विश्वप्रसिद्ध रेफ्रिजेरेसन उपकरण निर्माता कम्पनी आइसमेक रेफ्रिजेरेसन इन्डिया को आधिकारिक वितरकको रूपमा नेपालमा आरएम एग्रोटेक नियुक्त भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डा स्थित आरएम एग्रोटेकले लामो...

समयदेखि नेपाली कृषकहरूलाई विभिन्न कृषि उपकरणहरू, प्रविधिहरू र परामर्श सेवा प्रदान गर्दै आएकोमा अब गुणस्तरीय कोल्ड स्टोर र चिलिङ प्लान्टसमेत उपलब्ध गराउने भएको हो।

आइसमेक इन्डिया विगत ३२ वर्षदेखि अन्तर्राष्ट्रिय स्तरमा रेफ्रिजेरेसन फ्रिजर, कोल्ड स्टोर, ट्रान्सपोर्ट रेफ्रिजेरेसन, चिलिङ प्लान्ट लगायतका सामग्री उत्पादन गर्दै आएको कम्पनी हो। कम्पनीले भारतमा दुईवटा विशाल प्लान्टमार्फत उत्पादन गरिरहेका यी उपकरण विश्वका कैयौँ देशमा निर्यात हुँदै आएका छन्।

आरएम एग्रोटेकका प्रबन्धक प्रकाश मेहताका अनुसार अबदेखि आइसमेक इन्डियाद्वारा उत्पादित सम्पूर्ण उत्पादनहरू नेपालभर आरएम एग्रोटेकमार्फत बिक्री वितरण गरिनेछ। उनले भने, "हामी किसानहरूको उत्पादनको संरक्षण र मूल्य अभिवृद्धिमा योगदान पुर्याउने उद्देश्यले आइसमेकसँग सहकार्यमा अघि बढेका छौँ।"

कृषकहरूले उत्पादन गरेको तरकारी, फलफूल, दुग्ध पदार्थ आदि लामो समयसम्म भण्डारण गर्न सक्ने गुणस्तरीय कोल्ड स्टोर प्रविधिको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले यो सहकार्य सुरु गरेको हो। हालसम्म पनि आरएम एग्रोटेकले किसानहरूका लागि विविध कृषि उपकरण तथा प्रविधिहरू उपलब्ध गराउँदै आएको छ।

कम्पनीको लक्ष्य किसानको घरदैलोमै परामर्श तथा सेवा पुर्याउनु रहेको छ, जसले कृषि उत्पादनको दीर्घकालीन भण्डारण र बजारीकरणमा सहजता ल्याउनेछ। अब नेपालमा समेत आइसमेकका ५० भन्दा बढी उत्पादनहरू उपलब्ध गराइनेछ, जसले कृषकहरूको श्रम र लगानी सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ।

19 आइसमेक र आरएम एग्रोटेकबीच सहकार्य : अब नेपालमै गुणस्तरीय कोल्ड स्टोर र चिलिङ प्लान्ट उपलब्ध
  • Share
      message-button
      आइसमेक र आरएम एग्रोटेकबीच सहकार्य : अब नेपालमै गुणस्तरीय कोल्ड स्टोर र चिलिङ प्लान्ट उपलब्ध

      काठमाडौं। विश्वप्रसिद्ध रेफ

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

21/May/2025
नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बुकिङ बन्द, ४८ आवेदनपछि नयाँ स्टल थपियो

काठमाडौं। Mobility मार्फत समृद्धिको यात्रा” भन्ने सन्देशका साथ नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले आयोजना गर्न लागेको नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बुकिङ...

अब बन्द गरिएको छ। साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६–१०, २०२५) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यस एक्सपोका लागि ४४ स्टलका लागि ४८ वटा आवेदन प्राप्त भएपछि थप स्टल स्पेस निर्माण गरिएको आयोजकले जानकारी दिएको छ।

नेपालको अटोमोबाइल उद्योगप्रतिको उत्साहजनक सहभागिताले हामीलाई थप स्टल बनाउनु पर्ने भयो, नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) की अध्यक्ष रितु सिंह वैद्य ले भन्नुभयो ।

NAIMA ले नेपालको मोबिलिटी क्षेत्रको सामूहिक आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न, रणनीतिक सहकार्य गर्न र दीगो विकासमा टेवा पुर्‍याउन साझा मञ्चको रुपमा कार्य गर्दै आएको छ।

यस संस्करणको मोबिलिटी एक्सपोले परम्परागत अटो शोभन्दा फरक र नयाँ अनुभव दिने उद्देश्य राखेको छ। भिजिटर र प्रदर्शक दुवैका लागि अझ ठूलो मूल्य र अनुभव प्रदान गर्ने लक्ष्य लिइएको छ। नेपालमा विकास भइरहेको मोबिलिटी संस्कृतिको झल्को दिन तथा अत्याधुनिक प्रविधियुक्त सवारी साधनहरू प्रस्तुत गर्न यो प्रदर्शनीले ऐतिहासिक मोड लिने अपेक्षा गरिएको छ।

यस प्रदर्शनीको सम्पूर्ण व्यवस्थापन तथा संयोजन मिडिया स्पेस सोलुसन प्रा.लि. ले गर्नेछ।

प्रदर्शनीमा सहभागिता जनाउने प्रमुख ब्राण्डहरू मध्ये चार पांग्रे सवारी ब्राण्डहरू:

BYD, Citroen, Forthing, Great Wall Motors, Henrey Volts, Hyundai, Kaiyi, KIA, Leapmotor, LEV 1, Mahindra, Maxus, Mazda, MG, Mitsubishi, Nissan, Omoda & Jaecoo, Peugeot, Proton, Renault, Toyota, Volkswagen, Zeekr.

र दुई पांग्रे सवारी ब्राण्डहरू: Ampere, Ather, Bajaj, Benelli, CFMoto, Gogoro, Honda, KTM, Mahindra, NIU, Revolt, Royal Enfield, Segway-Ninebot, Suzuki, Triumph, TVS, Ultraviolette, Yadea, Zeeho साथै व्यावसायिक सवारी ब्राण्डहरू Chery Wanda, Dongfeng, Farizon, Huazi, Kama, Karry, Kinglong, Sunlong रहेका छन ।

3 नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बुकिङ बन्द, ४८ आवेदनपछि नयाँ स्टल थपियो
  • Share
      message-button
      नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बुकिङ बन्द, ४८ आवेदनपछि नयाँ स्टल थपियो

      काठमाडौं। Mobility मार्फत समृद्धि

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

06/Jun/2025
लन्डनमा कञ्चनजंघा आरोहणको ७० वर्ष स्मरण, दिगो हिमाली पर्यटनप्रति प्रतिबद्धता व्यक्त

काठमाडौं। संयुक्त अधिराज्य बेलायतको राजधानी लन्डनमा विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजंघा हिमालको पहिलो सफल आरोहणको ७० औं वार्षिकी विशेष कार्यक्रममार्फत मनाइएको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा...

लन्डनको Royal Geographical Society को सभाहलमा आयोजित कार्यक्रममा सन् १९५५ मा बेलायती टोलीद्वारा गरिएको सफल आरोहणको स्मरण गरिएको हो।

कार्यक्रममा कञ्चनजंघा आरोहण गरिसकेका अनुभवी पर्वतारोहीहरूका प्रेरणादायी अनुभव, संघर्ष र भावना सुनाइयो। विशेष गरी नेपालका प्रसिद्ध पर्वतारोही मिङ्मा डेभिड शेर्पाले आफ्नो साहसिक शिखर यात्रा बारे बोल्दा सभाहल तालीले गुञ्जायमान बनेको थियो। उनले हिमाली पारिस्थितिक प्रणालीप्रति सम्मान गर्न, जलवायु संकट न्यूनीकरण गर्न र दिगो भविष्यका लागि विश्व समुदाय एकजुट हुन आह्वान गरे।

कार्यक्रममा कञ्चनजंघा क्षेत्रका स्थानीय समुदायको योगदानलाई पनि विशेष रूपमा उजागर गरियो। पर्यटन प्रवर्द्धनमा उनीहरूको भूमिका, परम्परागत संस्कृति र दिगोपनप्रति समर्पणलाई सम्मान गरिएको थियो।

उक्त अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (CEO) दीपक राज जोशीले कञ्चनजंघालाई "हिमाल मात्र नभई जीवित सम्पदा" को रूपमा व्याख्या गर्दै भने, "यसले समुदायलाई जोड्छ, साहसिक पर्यटकलाई प्रेरणा दिन्छ, र हामी सबैलाई प्रकृति संरक्षणप्रति उत्तरदायी बनाउँछ।" उनले नेपाल–बेलायत मित्रता यस्ता कार्यक्रममार्फत अझ बलियो हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा बेलायतका एडिनबरा ड्युक, राजकुमार एडवर्डको समेत उपस्थिति रहेको थियो, जसले नेपाल–बेलायत सम्बन्धलाई अझै जनस्तरसम्म फैलिएको मित्रताको प्रतिकका रूपमा चित्रित गर्यो।

नेपाल पर्यटन बोर्डका प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूतावासका पदाधिकारी, नेपाली समुदायका सदस्य तथा पर्वतारोहणप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रमले दिगो, उत्तरदायी र समावेशी हिमाली पर्यटनप्रति सबैको साझा प्रतिबद्धता दर्शाएको आयोजकले जनाएका छन्।

5 लन्डनमा कञ्चनजंघा आरोहणको ७० वर्ष स्मरण, दिगो हिमाली पर्यटनप्रति प्रतिबद्धता व्यक्त
  • Share
      message-button
      लन्डनमा कञ्चनजंघा आरोहणको ७० वर्ष स्मरण, दिगो हिमाली पर्यटनप्रति प्रतिबद्धता व्यक्त

      काठमाडौं। संयुक्त अधिराज्य �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

23/May/2025
स्थिर अन्तर्राष्ट्रिय बजारबीच नेपालमा सुनको मूल्य घट्यो, चाँदी पनि सस्तो

काठमाडौं | पछिल्लो केही दिन यता स्थिर जस्तो देखिएको बहुमूल्य धातु बजारमा आज केही गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९९.९९ शुद्धताका छापावाला...

सुन (फाइन गोल्ड) को मूल्य प्रतितोला रु १,९०,४०० मा झरेको छ। अघिल्लो दिनको तुलनामा यो दरमा करिब १,१०० रुपैयाँको गिरावट आएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि घट्दै प्रतितोला रु २,००५ मा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको दरमा देखिएको मजबुती, पेट्रोलियमको स्थिर मूल्य, र सुरक्षित लगानीको मागमा आएको समायोजनका कारण बहुमूल्य धातुको मूल्यमा कमी आएको बताइएको छ।

बजार विश्लेषकहरूका अनुसार, अमेरिकी फेडरल रिजर्भको नीति स्थिर रहने सम्भावनाले लगानीकर्ता अन्य वैकल्पिक साधनतर्फ फर्कँदा सुनको मूल्यमा केही दबाब परेको हो। नेपालमा सुन आयात भारतीय बजारबाट निर्भर हुने हुँदा त्यहाँको मूल्य परिवर्तनको असर नेपाली बजारमा प्रत्यक्ष देखिने गरेको छ।

स्थानीय व्यवसायीहरूका अनुसार, मूल्यमा आएको गिरावटको कारण उपभोक्ताहरूबीच सुन खरीदमा केही चासो बढ्न थालेको छ। विशेषतः विवाह तथा चाडपर्व नजिकिँदै गर्दा माग पुनः बढ्ने अनुमान गरिएको छ।

5 स्थिर अन्तर्राष्ट्रिय बजारबीच नेपालमा सुनको मूल्य घट्यो, चाँदी पनि सस्तो
  • Share
      message-button
      स्थिर अन्तर्राष्ट्रिय बजारबीच नेपालमा सुनको मूल्य घट्यो, चाँदी पनि सस्तो

      काठमाडौं | पछिल्लो केही दिन य�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

01/Jul/2025
यी चार प्रदेशमा आज भारी बर्षाको सम्भावना

काठमाडौँ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर साधारणतया बदली रहनेछ।

बागमती,...

गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा अन्य भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेका महाशाखाले जनाएको छ।

6 यी चार प्रदेशमा आज भारी बर्षाको सम्भावना
  • Share
      message-button
      यी चार प्रदेशमा आज भारी बर्षाको सम्भावना

      काठमाडौँ। हाल मनसुनको न्यून�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

04/Jun/2025
नेपाल पर्यटन बोर्डद्वारा 'नेपाल ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम सार्वजनिक

काठमाडौं। नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) नेपालसँगको सहकार्यमा ‘नेपाल ट्राभल स्पेसलिस्ट – बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ । पाटा नेपाल र...

नेपाल एयरलाइन्स अन्य निजी क्षेत्रको सहकार्यमा बोर्डले आयोजना गरेको हिमालयन ट्राभल मार्टको उद्घाटन सत्रका अवसरमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले 'क्यूआर' सार्वजनिक गर्दै अनलाइन तालिमको औपचारिक शुभारम्भ गरेका हुन् ।

यसले नेपालका पर्यटन पेशाकर्मीहरूको ज्ञान, दक्षता र सेवा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित सुरु गरिएको यो अनलाइन तालिमले नेपालको पर्यटन उद्योगलाई दिगो, समावेशी र व्यावसायिक बनाउन सहयोग पुर्‍याउने मन्त्री पाण्डेको बताएका छन् ।

‘सस्टेनेबल टुरिज्म प्रोजेक्ट (एसटीपी)’ अन्तर्गत तयार पारिएको यो तालिम नेपाल पर्यटन बोर्डको इ–लर्निङ्ग प्लेटफर्म मार्फत निःशुल्क रूपमा प्रदान गरिने भएको छ । पाठ्यक्रममा नेपालका भौगोलिक, सांस्कृतिक र जैविक विविधता, प्रमुख पर्यटन उत्पादनहरू जस्तै ट्रेकिङ्ग, साहसिक यात्रा, सांस्कृतिक सम्पदा र वेलनेस पर्यटन, दिगो पर्यटनका सिद्धान्त र गन्तव्य संरक्षण, जिम्मेवार यात्रा अभ्यास, जलवायु लचकता, ग्राहक सेवा सीप र आगन्तुकसँगको प्रभावकारी संलग्नता जस्ता विषयवस्तु समावेश गरिएका छन् ।

यस कार्यक्रममा विशेषतः ट्राभल एजेण्ट, गाइड, टुर अपरेटर, ट्रेकिङ्ग कम्पनी तथा पर्यटन विषय अध्ययन गरिरहेका विद्यार्थीहरूलाई लक्षित गरिएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यस कार्यक्रमले पर्यटन क्षेत्रका पेसाकर्मीहरुलाई डिजिटल क्षमताको विकासमा एउटा कोसेढुंगा हुने बताएका छन् । उनले थपे, "यूएनडीपीसँगको सहकार्यमार्फत हामी केवल ज्ञान आदान–प्रदान गरिरहेका छैनौं, हामी दिगो, समावेशी र पेशागत पर्यटन उद्योगको जग बलियो बनाउँदैछौं ।”

यही सन्दर्भमा नेपालकी रेसिडेन्ट रिप्रिजेन्टेटिभ क्योको योकोसुकाले भनिन्, “यो तालिमले पर्यटनमार्फत् जीविकोपार्जनको अवसर विस्तार गर्ने हाम्रो साझा प्रतिबद्धताको प्रतिनिधित्व गर्छ । डिजिटल शिक्षाको माध्यमबाट ग्रामीण क्षेत्रका युवायुवती तथा पर्यटन व्यवसायीहरूलाई सीप र ज्ञानमा पहुँच पुर्‍याउन सकिने सम्भावनालाई हामीले आत्मसात् गरेका छौं ।”

यो पाठ्यक्रम आफैंले समय मिलाएर सिक्न सकिने ‘सेल्फ–पेस्ड’ अनलाइन मोड्युलमा आधारित छ । यसको सामग्रीहरू भिडियो, क्विज तथा दृश्यात्मक माध्यममा अन्तक्रियात्मक रूपमा तयार गरिएको छन् । सहभागीहरूले तालिम पूरा गरेपछि प्रमाणपत्र प्राप्त गर्नेछन्, जसले उनीहरूको व्यावसायिक विश्वासनीयता अभिवृद्धि गर्न सहयोग गर्नेछ ।

नेपाल सरकारले घोषणा गरेको ‘पर्यटन दशक’ रणनीतिअनुसार सन् २०३२ सम्म ३५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई ध्यानमा राखेर मानव संसाधन विकासमा लगानी गरिँदै आएको छ । यसै सन्दर्भमा नेपाल पर्यटन बोर्डले यूएनडीपीसँगको सहकार्यमा सन् २०२५ देखि २०२८ सम्म सञ्चालन हुने ‘सस्टेनेबल टुरिज्म प्रोजेक्ट’ले २,५०० रोजगारी सिर्जना गर्ने तथा ५,००० जनालाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि तालिम दिने लक्ष्य लिएको छ ।

विशेष गरी महिला र सीमान्तकृत समुदायहरूलाई लक्षित गरी स्थानीय तहमा पूर्वाधार सुधार, डिजिटल नवप्रवर्तन र गन्तव्यहरूको क्षमता विकासमार्फत यो परियोजना कार्यान्वयन गरिने बोर्डले जनाएको छ । परियोजनाले दिगो, समावेशी र स्थानीय स्रोतमा आधारित पर्यटन प्रवर्द्धन गर्दै आर्थिक वृद्धिमा टेवा पुर्‍याउने बोर्डको विश्‍वास छ ।

6 नेपाल पर्यटन बोर्डद्वारा 'नेपाल ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम सार्वजनिक
  • Share
      message-button
      नेपाल पर्यटन बोर्डद्वारा 'नेपाल ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम सार्वजनिक

      काठमाडौं। नेपाल पर्यटन बोर्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

13/Jul/2025
NAIMA ले मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको सुझाव समावेश नगरेकोप्रति गम्भीर ध्यानाकर्षण गर्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका महत्वपूर्ण सुझावहरू समावेश नगरिएकोप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA)...

ले गम्भीर आपत्ति जनाएको छ।

NAIMA का अनुसार, नीति निर्माणको पूर्वतयारी चरणमै प्रस्तुत गरिएका विषयहरू — जस्तै कर्जा अनुपात (Loan to Value ratio) लाई सवारीको प्रकृति र बजारको मागअनुसार पुनरावलोकन गर्नुपर्ने, सवारी कर्जाको पहुँचलाई सहज बनाउने स्पष्ट र लक्षित व्यवस्था गर्नुपर्ने, र अटो कर्जालाई सुरक्षित कर्जाको रूपमा परिभाषित गर्दै यसको जोखिम भारित सम्पत्ति (Risk-Weighted Asset) को दर १००% बाट घटाई ७५% कायम गर्नुपर्ने — जस्ता सुझावहरूलाई बेवास्ता गरिएको छ।

संस्थाका अनुसार, अटोमोबाइल क्षेत्रका लागि सबै खालका सवारीहरूमा ८०–२० प्रतिशत कर्जा अनुपात लागू गर्नुपर्ने प्रस्ताव गरिएको थियो। तर, सार्वजनिक मौद्रिक नीतिमा यसबारे कुनै उल्लेख नभएको जनाइएको छ। साथै, चिनमा उत्पादित सवारीहरू आयात गर्दा युआनमा प्रतीतपत्र (LC) खोल्न अनुमति दिने प्रावधान समेत मौद्रिक नीतिमा समावेश नगरिएकोमा असन्तोष व्यक्त गरिएको छ।

NAIMA ले त्रिपक्षीय अन्तर्राष्ट्रिय व्यापार अभ्यासलाई मध्यनजर गर्दै, लाभग्राही कम्पनी जुनसुकै देशको भए पनि यदि सामान चीनबाट उत्पादित र ढुवानी भएको हो भने त्यसमा युआनमा LC खोल्न दिने व्यवस्था गरिनुपर्ने प्रस्ताव गरेको थियो। तर, यस्तो व्यवहारिक प्रस्तावलाई नीतिमा स्थान नदिएको उल्लेख छ।

यद्यपि, मौद्रिक नीतिले समग्र कर्जा प्रवाहलाई वृद्धि गर्ने लक्ष्य लिएको पक्षलाई भने NAIMA ले सकारात्मक रूपमा लिएको जनाएको छ। संस्था अनुसार, कर्जा आपूर्तिको सहजताले सैद्धान्तिक रूपमा अटो कर्जाको उपलब्धता विस्तार गर्न सक्ने सम्भावना रहेको छ।

NAIMA ले अन्त्यमा भनेको छ, देशको आर्थिक वृद्धिमा अटोमोबाइल क्षेत्रको योगदान र सम्भावनालाई मध्यनजर गर्दै, नेपाल राष्ट्र बैंकले हामीले प्रस्तुत गरेका सुझावहरूलाई प्राथमिकताका साथ पुनर्विचार गरी आवश्यक नीति समायोजन गर्नुपर्छ।

यस मागले आगामी संशोधन प्रक्रियामा अटो उद्योगको स्वर अझ मजबुत रूपमा समेटिने अपेक्षा गरिएको छ।

3 NAIMA ले मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको सुझाव समावेश नगरेकोप्रति गम्भीर ध्यानाकर्षण गर्यो
  • Share
      message-button
      NAIMA ले मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको सुझाव समावेश नगरेकोप्रति गम्भीर ध्यानाकर्षण गर्यो

      काठमाडौं । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

14/May/2025
आज कुन-कुन ठाउँमा पर्छ वर्षा? मौसम विभागको पूर्वानुमान यस्तो छ

काठमाडौँ। पश्चिमी तथा स्थानीय वायुको प्रभावले गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली छ।

गण्डकी प्रदेशका थोरै तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको...

एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

6 आज कुन-कुन ठाउँमा पर्छ वर्षा? मौसम विभागको पूर्वानुमान यस्तो छ
  • Share
      message-button
      आज कुन-कुन ठाउँमा पर्छ वर्षा? मौसम विभागको पूर्वानुमान यस्तो छ

      काठमाडौँ। पश्चिमी तथा स्थान�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

25/Jul/2025
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ८% ऋणपत्र सफलतापूर्वक बाँडफाँट सम्पन्न

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले जारी गरेको १० वर्षको अवधि रही वार्षिक ८ प्रतिशत ब्याजदर भएको “शाइन रेसुङ्गा डिवेञ्चर” नामको रु.१ अर्व रकम बराबरको १०,००,०००...

कित्ता ऋणपत्रहरु आज निष्काशन तथा बिक्री प्रबन्धक श्री एनआइएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा सफलतापूर्वक बाँडफाँट सम्पन्न भएको छ ।

उक्त ऋणपत्र खरिदका लागि उत्साहजनक रुपमा ५.९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो । जसले नेपाली बजारको वित्तीय दृष्टिकोण प्रति उच्च विश्वास प्रतिविम्वित गर्दछ । कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर ९एचष्खबतभ एबिअझभलत० र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि मिति २०८२/०३/३२ गतेदेखि २०८२/०४/०४ गतेसम्म निष्काशन गरिएको थियो । उक्त निष्काशनमा विभिन्न संघ संस्था तथा सर्वसाधारणहरुमार्फत्उत्साहजनक सहभागिता रहेको थियो ।

हालका दिनहरुमा सर्वसाधारण लगानीकर्ताहरु द्वारा ऋणपत्रमा उत्साहजनक सहभागिता जनाइरहेको छ, जसले नेपालको पूँजी बजारप्रतिको सर्वसाधारणहरुको बढ्दो जागरुकता र विश्वासलाई स्पष्ट रुपमा उजागर गरेको छ ।

यस ऋणपत्र निष्काशनको सफलतासँगै बैंकले आफ्नो पुँजी संरचना थप सुदृढ गर्दै देशभरिका ग्राहकहरुलाई अझ प्रभावकारी, भरपर्दाे र नविन वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता पुनः दोहो¥याएको छ ।

उक्त ऋणपत्रको निष्काशन कार्य सम्पन्न भैसकेको सन्दर्भमा यस प्रकृयामा सहयोग पु¥याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, कम्पनीका सहयोगीहरु तथा पत्रकार वृत्त लगायत सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै बाँडफाँड कार्यक्रम सम्पन्न भएको थियो ।

10 शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ८% ऋणपत्र सफलतापूर्वक बाँडफाँट सम्पन्न
  • Share
      message-button
      शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ८% ऋणपत्र सफलतापूर्वक बाँडफाँट सम्पन्न

      काठमाडौं। शाइन रेसुङ्गा डेभ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

02/Jun/2025
आजको मौसम अपडेट: देशभर आंशिक बदली, कतै कतै हल्का वर्षाको सम्भावना

काठमाडौं। आज सोमबार बिहानैदेखि देशका धेरैजसो भू–भागमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावले गर्दा केही पहाडी क्षेत्रमा हल्का...

वर्षाको सम्भावना देखिएको छ।

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ ।

काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का बदली छाएको छ भने दिउँसो र साँझतिर मौसममा थप बदली हुनसक्ने अनुमान गरिएको छ। आज तापक्रम २६ देखि २८ डिग्री सेल्सियसको आसपास रहने अपेक्षा गरिएको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। यस कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन मौसम पूर्वानुमान महाशाखालको अनुरोध छ ।

3 आजको मौसम अपडेट: देशभर आंशिक बदली, कतै कतै हल्का वर्षाको सम्भावना
  • Share
      message-button
      आजको मौसम अपडेट: देशभर आंशिक बदली, कतै कतै हल्का वर्षाको सम्भावना

      काठमाडौं। आज सोमबार बिहानैद�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

10/Jul/2025
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा स्थानान्तरण हुने

काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुनर्वास शाखा कार्यालय स्थानान्तरण हुने भएको छ।

अगामी साउन १ गतेबाट कञ्नपुर जिल्लाको साबिक पुनर्वास नगरपालिका वडा नं. ६ मा रहेको...

शाखा कार्यालय पुनर्वास शाखा पुनर्वास नगरपालिका वडा नं. ३ कञ्चनपुरमा स्थानान्तरण हुने भएको कम्पनीले जनाएको छ।

3 सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा स्थानान्तरण हुने
  • Share
      message-button
      सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा स्थानान्तरण हुने

      काठमाडौँ। सूर्यज्योति लाइफ �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

27/May/2025
सार्वजनिक यातायात बचाउ संघर्ष समितिले सात बुँदे मागपत्रसहित आन्दोलनको घोषणा

काठमाडौं। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सात बुँदे मागपत्रसहित आन्दोलनको घोषणा गरेको छ। समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्याको समाधानको माग...

गर्दै चेतावनी दिएको हो। समितिले प्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, सरोकार मन्त्रालय तथा प्रमुख राजनीतिक दलहरुलाई मागपत्र बुझाएको छ।

समितिको पहिलो माग : निजी सवारी संचालन नियमावली २०८२ खारेज गरियोस् - समितिले गण्डकी प्रदेश सरकारले ल्याएको निजी सवारी (रातो प्लेट) सञ्चालन नियमावली २०८२ दफा २ को 'ज' तत्काल खारेज गर्न माग गरेको छ।

दोस्रो माग : सर्वोच्च अदालतको परमादेश तत्काल कार्यान्वयन गरियोस् - सर्वोच्च अदालतले संघ संस्था दर्ता ऐन २०३४ अन्तर्गत रहेका समिति नविकरणसम्बन्धी मिति २०८०/१२/२० को परमादेश तत्काल कार्यान्वयन गर्न समितिको माग छ।

तेस्रो माग : सवारी ऐन संशोधन प्रक्रियामा पुराना सम्झौता र सुझाव लागू गरियोस्

सवारी ऐन २०४९ संशोधन प्रक्रियामा सरकारले यातायात व्यवसायी महासंघ तथा मजदुर संघसँग गरेका सम्झौता र कार्यदलका सुझावहरू तत्काल कार्यान्वयन गर्न समितिले जोड दिएको छ।

चौथो माग : भारवहन क्षमता कडाईका साथ लागू गरियोस् -मालवाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ को दफा १३ बमोजिम स्वदेशी तथा विदेशी सवारी साधनको भारवहन क्षमता कडाईका साथ लागू गर्न माग गरिएको छ।

पाँचौ माग : सामाजिक सुरक्षा कोष अनिवार्य लागू गरियोस् - सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य रूपमा लागू गर्नुपर्ने माग समितिको रहेको छ।

छैठौं माग : दुर्घटना राहतकोष स्थापना र बीमा अनिवार्य गरियोस् - बीमा दर निर्देशिका २०७३ लाई संशोधन गरी दुर्घटना राहतकोष स्थापना गरी ढुवानी ऐन लागू गरेर मालवस्तुको अनिवार्य बीमा गर्नुपर्ने समितिको माग छ।

सातौं माग : छिमेकी मुलुकका सवारी साधनको ७२ घण्टे सुविधा असमान नीतिको अन्त्य गरियोस् - छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्ने मालवाहक तथा यात्रुबाहक सवारी साधनले ७२ घण्टे सुविधा पाउने असमान नीति तत्काल संशोधन गर्न समितिले जोड दिएको छ।

माग पुरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रमसहित सवारी साधन ग्यारेजमा थन्क्याउन बाध्य हुने चेतावनी समितिले दिएको छ।

6 सार्वजनिक यातायात बचाउ संघर्ष समितिले सात बुँदे मागपत्रसहित आन्दोलनको घोषणा
  • Share
      message-button
      सार्वजनिक यातायात बचाउ संघर्ष समितिले सात बुँदे मागपत्रसहित आन्दोलनको घोषणा

      काठमाडौं। सार्वजनिक यातायात

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

28/Jul/2025
नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्‌याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना गर्न लागिएको "नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ "को पत्रकार सम्मेलन सोमबार सफलतापूर्वक सम्पन्न भएको छ...

।

कार्यक्रमको सञ्चालन नाइमाका कार्यकारी निर्देशक, राज कुमार दुलालले गरेका थिए भने अटो एक्स्पो समितिका सदस्य गैरव सारडाले उद्घाटन मन्तव्यमा एक्स्पोको विशेषता, लक्ष्य तथा दृष्टिकोणवारे जानकारी दिदै कार्यक्रममा उपस्थित पत्रकार, प्रायोजक, सदस्य, तथा साझेदारहरुलाई धन्यवाद ज्ञापन गरे।

सोल्टी होटलको सुरसुधा हलमा आयोजित सम्मेलनमा कार्यक्रमको बारेमा विस्तृत जनकारी दिदै अटो एक्स्पो समिति प्रमूख शिरीष कुमार मुरारकाले यसपटकको एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुदै गरेको र त्यहांको भौतिक पूर्वाधारमा गरिएको सुधार-विशेषतः जल निकासी, अपाङ्ग मैत्री पूर्वाधार जस्ता व्यवस्था उल्लेखनीय रहेको बताए ।

उनले यसपालि नयां प्रविधि र मोडलहरू सार्वजनिक हुने, विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने जानकारी पनि दिए। प्रर्दशनीमा १५ वटा दुई पाने, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मसियल गाडीहरु सार्वजनिक हुने जानकारी गराईयो ।

त्यसपश्चात् मूख्य प्रायोजक संस्थाहरू एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा संगै काम गर्ने प्रतिबद्धता जनाए।

एभरेष्ट बैंक र नेशनल इन्श्योरेन्स प्रमूख प्रायोजक रहेको प्रर्दशनीमा टिकेटिङ्ग पार्टनरको रुपमा खल्ती बार्ड आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, विङ्ग पार्टनरमा हिमालयन जाभा, राईड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वर्ल्ड लिङ्ग, हस्पिट्‌यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हस्पिटल, टेलिकम पार्टनरमा एन्सेल, र म्यानेज्मेण्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।

प्रर्दशनीका आगन्तुकहरुलाई प्रायोजक कम्पनीहरुले पनि विशेष प्रावधानको व्यवस्था गरेको छ। राईड पार्टनर पठाओले प्रर्दशनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राईडहरुमा ३० प्रतिशत सम्मको छुट दिदै छ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रर्दशनी स्थलमा चौबिसै घण्टा एम्बुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सासेवा प्रदान गर्ने भएको छ।

यस बाहेक संस्थाले प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाईन प्रतियोगिता पनि सार्वजनिक गरेकी छ। यो प्रतियोगितामा २१ धावण सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक मजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिश्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येक लाई रु १०,००० नगद पुरस्कार प्रदान गरिने छ ।

कार्यक्रमको समापन नाइमाका अध्यक्ष रितु शिंह वैद्यले गरिन् । उनले मिडिया तथा साझेदारहरूलाई धन्यबाद दिदै "नाइमा मोबिलिटी एक्स्पो २०२५ नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास व्यक्त गरिन् । यसका साथै प्रर्दशनीको पाँचौ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने प्यानल डिस्कसनको बारेमा पनि जानकारी दिईन)

प्रर्दशनीको पहिलो दिन अनिल केशरी शाहले २ वजे देखि ५ बजे सम्म " मोबिलिटी हिजी, आज, र भोलि" विषयमा ज्ञानवर्धक सत्र संचालन गर्दै छन् भने अरु दिनको सत्रहरुमा त्रिभुवन विश्वविद्यलय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतकी इस्टीच्यूट अफ रोड ट्राफिक एजुकेशन जस्ता विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संस्थाहरुका दक्ष तथा विज्ञ व्यक्तित्वहरुको उपस्थिती रहने छ ।

"नाइमा मोबिलिटी एक्स्पो २०२५ श्रावण २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौमा आयोजना हुँदैछ जहां ५० भन्दा बढी बाण्डहरू सहभागी हुनेछन्। प्रर्दशनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विक्री भएका टिकटहरुको पांच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्‌को सहकार्यमा विद्यार्थीहरुलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशिपहरु प्रदान गरिनेछ ।

3 नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै
  • Share
      message-button
      नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै

      काठमाडौं । नेपाल अटोमोबाइल इ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

04/Aug/2025
अमेरिकी डलर रु १४०.३७ मा स्थिर,अन्य मुद्राहरुमा थोरै उतार चडाव

काठमाडौँ । आज सोमबार, श्रावण १९ गतेका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलर (USD) को खरिददर १३९.७७ रुपैयाँ र बिक्रीदर १४०.३७ रुपैयाँ...

कायम गरिएको छ। भारतीय रुपैयाँ (INR) प्रति १०० युनिटको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ रहेको छ।

त्यस्तै, युरो (EUR) को दर खरिदमा १६१.९३ रुपैयाँ र बिक्रीमा १६२.६३ रुपैयाँ पुगेको छ भने ब्रिटिश पाउन्ड (GBP) को खरिददर १८५.६१ र बिक्रीदर १८६.४० रुपैयाँ रहेको छ। स्विस फ्राङ्क (CHF) को खरिद १७३.८४ र बिक्री १७४.५९ रुपैयाँमा तय गरिएको छ भने क्यानाडियन डलर (CAD) को खरिददर १०१.३७ र बिक्रीदर १०१.८१ रुपैयाँ रहेको छ ।

त्यस्तै,अष्ट्रेलियन डलर (AUD) को दर क्रमशः ९०.५३ र ९०.९२ रुपैयाँ छ। सिंगापुर डलर (SGD) खरिदमा १०८.४६ र बिक्रीमा १०८.९२ रुपैयाँमा कारोबार भइरहेको छ। जापानी येन (JPY) १० युनिटको खरिददर ९.४८ र बिक्रीदर ९.५२ रुपैयाँ रहेको छ। यस्तै, दक्षिण कोरियन वन (KRW) १०० युनिटको खरिददर १०.०६ र बिक्रीदर १०.११ रुपैयाँ रहेको छ।

अन्य प्रमुख मुद्राहरू जस्तै चिनियाँ युआन (CNY) को खरिद दर १९.३८ र बिक्रीदर १९.४६, साउदी रियाल (SAR) को खरिद दर ३७.२६ र बिक्रीदर ३७.४२, कतारी रियाल (QAR) को खरिद दर ३८.२४ र बिक्रीदर ३८.४०, थाई भाट (THB) को खरिद दर ४.३० र बिक्रीदर ४.३२, युएई दिराम (AED) को खरिद दर ३८.०५ र बिक्रीदर ३८.२२, र मलेसियन रिङ्गिट (MYR) को खरिद दर ३२.६८ र बिक्रीदर ३२.८२ रुपैयाँमा कारोबार भइरहेको छ।

मध्यपूर्वका प्रमुख मुद्राहरू मध्ये कुवेती दिनार (KWD) को खरिद दर ५७.३६ र बिक्रीदर ४५९.३३, बहरैनी दिनार (BHD) को खरिद दर ३७०.७४ र बिक्रीदर ३७२.३३, र ओमानी रियाल (OMR )को खरिद दर ३६३.०२ र बिक्रीदर ३६४.५८ रुपैयाँमा कायम गरिएको छ। यस दरअनुसार आजको दिनमा विदेशी मुद्रा कारोबार गर्ने क्रममा बैंकहरूले आ-आफ्नो दर फरक फरक तोक्न सक्ने व्यवस्था रहेको छ।

3 अमेरिकी डलर रु १४०.३७ मा स्थिर,अन्य मुद्राहरुमा थोरै उतार चडाव
  • Share
      message-button
      अमेरिकी डलर रु १४०.३७ मा स्थिर,अन्य मुद्राहरुमा थोरै उतार चडाव

      काठमाडौँ । आज सोमबार, श्रावण �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

29/Jun/2025
असार १५: राष्ट्रिय धान दिवस र दही–चिउरा पर्वको सांस्कृतिक महत्त्व

असार १५ गते, नेपाली कृषक समुदायका लागि मात्र नभई सम्पूर्ण नेपालीहरूका लागि विशेष दिन हो। यो दिनलाई 'राष्ट्रिय धान दिवस' को रूपमा मनाइन्छ। यसै अवसरमा दही–चिउरा...

खाने परम्परा पनि देशभर उल्लासपूर्वक मनाइन्छ। कृषिमा आधारित हाम्रो समाजमा वर्षा र रोपाइँको सुरुवातसँगै जुडिएको यो दिन प्राकृतिक, सांस्कृतिक र कृषिक महत्वले भरिपूर्ण छ।

नेपालको कृषि प्रणालीमा धान प्रमुख खाद्यान्न हो। वर्षाको सुरुमा असार महिनामा रोपाइँ सुरु गरिन्छ, र त्यसको पहिलो प्रतीकात्मक दिनको रूपमा असार १५ लाई धान दिवस मनाउने गरिएको हो। २०६१ सालदेखि नेपाल सरकारले यो दिनलाई राष्ट्रिय धान दिवसका रूपमा मान्यता दिएको हो। कृषकले खेतमा धान रोप्दै माटोसँग रमाउँदै, नाचगान र परम्परागत गीतहरू गाउँदै यो दिनलाई उत्सवमा परिणत गर्छन्।

असार १५ को विशेषता भनेकै दही र चिउरा खाने चलन हो। दहीलाई समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ भने चिउरा परम्परागत कृषक भोजनको एक अभिन्न अङ्ग हो। यस दिन कृषक परिवारहरूले काम सँगसँगै दही–चिउरा खाएर श्रमको सम्मान गर्छन्। अहिले भने यो परम्परा शहर–बजारसम्म फैलिएको छ, र होटल–रेस्टुरेन्टहरूमा पनि विशेष मीनुका रूपमा दही–चिउरा राखिन्छ।

असार १५ ले खेतीप्रति प्रेम र श्रमप्रति सम्मान व्यक्त गर्छ। कृषक वर्गप्रति कृतज्ञता प्रकट गर्दै कृषि व्यवसायलाई प्रवर्द्धन गर्ने सन्देश दिन यो पर्वले महत्वपूर्ण भूमिका खेलेको छ। नयाँ पुस्तामा कृषिप्रति आकर्षण, माटोप्रेम र आत्मनिर्भरता को भावना जगाउन पनि यो दिनले सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ।

असार १५ केवल दही–चिउरा खाएर रमाउने दिन मात्र होइन, यो दिन हाम्रो मौलिक कृषि संस्कृतिको गौरवपूर्ण उत्सव हो। जलवायु परिवर्तन, कृषिमा आधुनिकीकरण र युवा सहभागिताजस्ता विषयमा पनि यस दिन विशेष कार्यक्रम आयोजना गरिन्छ।

9 असार १५: राष्ट्रिय धान दिवस र दही–चिउरा पर्वको सांस्कृतिक महत्त्व
  • Share
      message-button
      असार १५: राष्ट्रिय धान दिवस र दही–चिउरा पर्वको सांस्कृतिक महत्त्व

      असार १५ गते, नेपाली कृषक समुद�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

21/Jun/2025
काठमाडौंमा जे एण्ड को को नयाँ लक्जरी स्टोर उद्घाटन, एम्पोरियो अरमानी पहिलोपटक नेपालमा, बाली पुनः लन्च

काठमाडौं । नेपालको अग्रणी लक्जरी रिटेलर जे एण्ड कोले काठमाडौंको दरबारमार्गमा आफ्नो नयाँ फ्ल्यागशिप लक्जरी स्टोरको भव्य उद्घाटन गरेको छ। यससँगै कम्पनीले पहिलो पटक नेपालमा विश्वप्रसिद्ध...

इटालियन फेसन ब्रान्ड एम्पोरियो अरमानी (Emporio Armani) ल्याएको छ भने स्विस लक्जरी ब्रान्ड बाली (Bally) लाई नयाँ शैली र अवधारणासहित पुनः लन्च गरेको छ।

सो स्टोरको उद्घाटन नेपालका प्रतिष्ठित उद्योगपति राजेन्द्र खेतान र श्रीमती आइरा झुनझुनवालाले संयुक्त रूपमा गर्नुभएको थियो। समारोहमा नेपालका व्यवसायी, फेसन डिजाइनर, जीवनशैली विज्ञ लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

जे एण्ड कोका प्रबन्ध निर्देशक पंकज झुनझुनवालाले उद्घाटन समारोहमा बोल्दै नेपालको लक्जरी रिटेल बजारमा नयाँ अध्याय सुरु भएको बताउनुभयो। उहाँका अनुसार, एम्पोरियो अरमानीले नेपालमा पहिलो पटक इटालियन परिष्कृत डिजाइन, न्यूनतावाद र आधुनिक सौन्दर्य प्रस्तुत गर्दैछ, जुन विशेष गरी आधुनिक युवा पुस्तालाई लक्षित गरिएको छ।

त्यस्तै, स्विस ब्रान्ड बालीले आफ्नो समृद्ध परम्परा र हस्तकला कौशललाई समेटेर नयाँ डिजाइन दृष्टिकोणसहित नेपाली बजारमा पुनः प्रवेश गरेको छ। आधुनिक र आकर्षक इन्टेरियरले सुसज्जित स्टोरले अन्तर्राष्ट्रिय स्तरको किनमेल अनुभव प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

जे एण्ड को नेपालमा लक्जरी खुद्रा व्यापारमा स्थापित नाम हो, जसले विश्वका चर्चित घडी, फेसन तथा जीवनशैली ब्रान्डहरूको आधिकारिक विक्रेताको रूपमा काम गर्दै आएको छ। कम्पनीले आफ्ना ग्राहकलाई नयाँ अनुभव दिने तथा लक्जरी रिटेल क्षेत्रमा नवीनतम मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

उक्त भव्य उद्घाटनसँगै जे एण्ड को नेपालमा लक्जरी खुद्रा बजारको अग्रणी र ट्रेन्डसेटरको रूपमा स्थापित भएको छ।

32 काठमाडौंमा जे एण्ड को को नयाँ लक्जरी स्टोर उद्घाटन, एम्पोरियो अरमानी पहिलोपटक नेपालमा, बाली पुनः लन्च
  • Share
      message-button
      काठमाडौंमा जे एण्ड को को नयाँ लक्जरी स्टोर उद्घाटन, एम्पोरियो अरमानी पहिलोपटक नेपालमा, बाली पुनः लन्च

      काठमाडौं । नेपालको अग्रणी लक�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

14/Jul/2025
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल मनसुनको न्यूनचापीय रेखापूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश,...

बागमती, गण्डकी र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

देशको उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

3 आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
  • Share
      message-button
      आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

      काठमाडौँ।  हाल मनसुनको न्य�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

02/Jun/2025
बढ्यो सुनको मुल्य: सुनको नयाँ मूल्य सार्वजनिक

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनचाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ। आज २४ क्यारेटको फाइन गोल्ड (९९९९ शुद्धता) प्रति तोला रु १,८९,८०० मा...

कारोबार भइरहेको छ।

२४ क्यारेटको फाइन गोल्ड (९९९९ शुद्धता) प्रति तोला आज रु १,८९,८०० मा कारोबार भइरहेको छ। हिजोको तुलनामा आज सुनको मूल्यमा १,००० रुपैयाँको वृद्धि भएको छ।

हिजो यसको मूल्य रु १,८८,८०० रहेको थियो। चाँदीको मूल्य भने रु ५ बढेर प्रतितोला रु १,९९० मा कायम भएको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग तथा आपूर्तिको अवस्थालाई ध्यानमा राखेर नेपालमा सुनचाँदीको मूल्य निर्धारण हुने गर्दछ।

2 बढ्यो सुनको मुल्य: सुनको नयाँ मूल्य सार्वजनिक
  • Share
      message-button
      बढ्यो सुनको मुल्य: सुनको नयाँ मूल्य सार्वजनिक

      काठमाडौं। नेपाल सुनचाँदी व्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

28/Jul/2025
सुनको मूल्य स्थिर, चाँदी पाँच रुपैयाँले बढ्यो – आजको सुनचाँदी बजार

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु. १,९३,६०० मा...

कारोबार भइरहेको छ, जुन मूल्य आइतबारको तुलनामा अपरिवर्तित हो। लगातार दुई दिनसम्म सुनको मूल्यमा कुनै फेरबदल नदेखिएको हो।

चाँदीको मूल्यमा भने आज रु. ५ ले वृद्धि भएको छ। आइतबार रु. २,२९० मा कारोबार भएको चाँदी आज बढेर रु. २,२९५ मा पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटबढले नेपाली बजारमा पनि असर पार्ने गरेको छ। आगामी दिनमा बजार स्थिर रहने वा फेरि उतारचढाव आउने भन्नेबारेमा भने स्पष्ट अनुमान गर्न कठिन रहेको व्यवसायीहरूको भनाइ छ।

7 सुनको मूल्य स्थिर, चाँदी पाँच रुपैयाँले बढ्यो – आजको सुनचाँदी बजार
  • Share
      message-button
      सुनको मूल्य स्थिर, चाँदी पाँच रुपैयाँले बढ्यो – आजको सुनचाँदी बजार

      काठमाडौं। सोमबार नेपाली बजा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

30/Jul/2025
आजका लागि विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ पैसा रहेको छ।

आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६० रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ ८० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ १५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९० पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २० पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ १० पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३ पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा रहेको छ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ २७ पैसा र बिक्रीदर ४ रुपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४८ पैसा र बिक्रीदर २१ रुपैयाँ ५७ पैसा पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७ रुपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४५३ रुपैयाँ ७० पैसा र बिक्रीदर ४५५ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ २ पैसा र विक्रीदर ३६१ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

3 आजका लागि विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
  • Share
      message-button
      आजका लागि विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

14/Jul/2025
अमेरिकी डलरको भाउ स्थिर रहँदा सस्तियो युरोदेखि पाउन्डसम्मको भाउ, आज कुन मुद्रालाई कति पर्ला?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९...

पैसा र बिक्री दर १३७ रुपैयाँ ५९ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिदर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७५ पैसा रहेको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ १४ पैसा र बिक्रीदर ९० रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ६ पैसा र बिक्रीदर १०० रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिदर १०६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा रहेको छ।

त्यसैगरी, जापानी येन १० को खरिदर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा रहेको छ।

युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिद ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

4 अमेरिकी डलरको भाउ स्थिर रहँदा सस्तियो युरोदेखि पाउन्डसम्मको भाउ, आज कुन मुद्रालाई कति पर्ला?
  • Share
      message-button
      अमेरिकी डलरको भाउ स्थिर रहँदा सस्तियो युरोदेखि पाउन्डसम्मको भाउ, आज कुन मुद्रालाई कति पर्ला?

      काठमाडौँ। नेपाल राष्ट्र बैङ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

03/Jun/2025
अमेरिकी डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५...

पैसा रहेको छ।

आज अमरेकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९२ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा रहेको छ। युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८५ रुपैयाँ ४० पैसा रहेको छ।

त्यसैगरी, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५१ पैसा, अष्ट्रेलिएन डलर एकको खरिददर ८८ रुपैयाँ ४१ पैसा बिक्रीदर ८८ रुपैयाँ ८० पैसा, क्यानडिएन डलर एकको खरिददर ९९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९३ पैसा रहेको छ।

सिङ्गपुर डलर एकको खरिददर १०५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा, जापानिज येन १० खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

3 अमेरिकी डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति?
  • Share
      message-button
      अमेरिकी डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति?

      काठमाडौँ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

18/Jul/2025
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। यसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा...

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षासहित हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

राति कोशी प्रदेशका केही, मधेश प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षासहित हिमपातको सम्भावना महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

5 यी प्रदेशमा आज भारी वर्षाको सम्भावना
  • Share
      message-button
      यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

      काठमाडौँ।  हाल मनसुनको न्य�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

13/May/2025
मौलाकालीमा सुरु भयो आइएमई ग्रुपको 'इला होटल', लगानी, सेवा र विशेषता यस्तो छ

काठमाडौँ। आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट सञ्चालनमा आएको छ।

सोमबार अर्थात आज (बैशाख २९ गते) औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा...

आएको हो। होटलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उद्घाटन गरे।

मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्यांक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायतका विभिन्न सुविधाहरू उपलब्ध रहेको छन्।

केबलकार सहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्‍याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ।

आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ। हालसम्म तीन वटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन।

9 मौलाकालीमा सुरु भयो आइएमई ग्रुपको 'इला होटल', लगानी, सेवा र विशेषता यस्तो छ
  • Share
      message-button
      मौलाकालीमा सुरु भयो आइएमई ग्रुपको 'इला होटल', लगानी, सेवा र विशेषता यस्तो छ

      काठमाडौँ। आइएमई ग्रुपको लगा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

02/Jul/2025
आज कहाँ-कहाँ भारी वर्षाको सम्भावना?

काठमाडौँ। नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ। यसैको प्रभावले हाल सुदूरपश्चिम प्रदेशका पहाडी भूभागलगायत बाँकी प्रदेशमा साधरणतया बदली छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी...

प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानमा तथा बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ।

आज राति देशभर साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

7 आज कहाँ-कहाँ भारी वर्षाको सम्भावना?
  • Share
      message-button
      आज कहाँ-कहाँ भारी वर्षाको सम्भावना?

      काठमाडौँ। नेपालमा मनसुनको न�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

24/Jun/2025
प्रभु इन्स्योरेन्सको बोनस शेयर घोषणा

काठमाडौँ। प्रभु इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर वितरण गर्ने भएको छ।

कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको ४४९ औं समितिको बैठकले बोनस शेयर वितरण...

गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित बोनस शेयर नियामक नेपाल बिमा प्रधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

8 प्रभु इन्स्योरेन्सको बोनस शेयर घोषणा
  • Share
      message-button
      प्रभु इन्स्योरेन्सको बोनस शेयर घोषणा

      काठमाडौँ।  प्रभु इन्सुरेन्

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

28/May/2025
तीन वायुको प्रभावले आज यी स्थानमा चट्याङसहित वर्षा

काठमाडौं। देशमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यी तीन...

वायुको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका ‍एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

3 तीन वायुको प्रभावले आज यी स्थानमा चट्याङसहित वर्षा
  • Share
      message-button
      तीन वायुको प्रभावले आज यी स्थानमा चट्याङसहित वर्षा

      काठमाडौं। देशमा हाल पश्चिमी �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

23/Jun/2025
नेपालमा बीवाईडी डल्फिन २०२५ सार्वजनिक, ३४० किमी रेन्ज र ३० मिनेट चार्ज क्षमता सहित

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले नयाँ संस्करणको बीवाईडी डल्फिन २०२५ सार्वजनिक गरेको छ। नेपालका लागि विद्युतीय ह्याचब्याक बजारको...

नयाँ परिभाषा ल्याउने उद्देश्यसहित आएको यो कारमा उद्योगमै पहिलो पटक प्रयोग गरिएको एलएफपी (लिथियम आइरन फस्फेट) लो भोल्टेज ब्याट्रीको विशेषता छ।

यो ब्याट्री परम्परागत लिड–एसिड ब्याट्रीभन्दा ६ गुणा हल्का र ५ गुणा कम सेल्फ डिस्चार्ज हुने क्षमता राख्दछ। १५ वर्षसम्मको आयुसहितको यो ब्याट्रीमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी दिएको छ। यसले लो–भोल्टेज इनर्जी स्टोरेज र विश्वसनियतामा नयाँ मापदण्ड स्थापित गरेको साइमेक्स इंक प्रा.लि.ले जनाएको छ।

बीवाईडी डल्फिन २०२५ मा बीवाईडी ई–प्लेटफर्म ३.० र सुरक्षित ब्लेड ब्याट्री प्रविधि जडान गरिएको छ, जसले ३४० किमी डब्लुएलटीपी रेन्ज प्रदान गर्छ। डीसी चार्जिङ प्रणालीमार्फत यो गाडीको ब्याट्री ३० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिने छ।

यो संस्करणमा नेपालका विविध भौगोलिक अवस्थालाई मध्यनजर गर्दै स्पोर्टी सस्पेन्सन, एलईडी हेडलाइट्स, सुधारिएको कुलिङ/हीटिङ एसी सिस्टम, मोबाइल फोन एनएफसी की, ब्लुटुथ की, प्यासेन्जर डोर स्विच लगायतका सुविधा थपिएका छन्। साथै, नयाँ एटलान्टिस ग्रे कलरसहित अब तीन विकल्पमा—एटलान्टिस ग्रे, अर्बन ग्रे र स्की ह्वाइटमा उपलब्ध छ।

यस अत्याधुनिक सुविधायुक्त बीवाईडी डल्फिन २०२५ को मूल्य नेपाली बजारमा प्रतिस्पर्धात्मक रुपमा ४१ लाख १५ हजार रुपैयाँ निर्धारण गरिएको छ। साथमा ग्राहकलाई ७ किलोवाटको होम चार्जर निःशुल्क उपलब्ध गराइने छ।

उक्त कार्यक्रममार्फत बीवाईडी डल्फिनको विश्वव्यापी ८ लाख ३० हजार युनिट बिक्री उपलब्धि र नेपालमा २ हजार ४९० युनिट डेलिभरी पुगेको जानकारी पनि दिइयो। नेपालमा बीवाईडी डल्फिन सबैभन्दा धेरै बिक्री हुने ईभी ह्याचब्याक बनिसकेको कम्पनीको दाबी छ।

सो अवसरमा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले टिकाउ मोबिलिटी र हरित भविष्यप्रति कम्पनीको प्रतिबद्धता दोहोर्‍याउनुभयो भने सीईओ साहिल श्रेष्ठले स्वदेशी ऊर्जाको प्रयोग, शून्य उत्सर्जन र सन्तोषजनक ग्राहक सेवाको वाचा गर्नुभयो।

21 नेपालमा बीवाईडी डल्फिन २०२५ सार्वजनिक, ३४० किमी रेन्ज र ३० मिनेट चार्ज क्षमता सहित
  • Share
      message-button
      नेपालमा बीवाईडी डल्फिन २०२५ सार्वजनिक, ३४० किमी रेन्ज र ३० मिनेट चार्ज क्षमता सहित

      काठमाडौं । नेपालमा बीवाईडी अ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

26/May/2025
व्यवसायमा मानव अधिकारको सम्मान सम्बन्धी अन्तरक्रिया सम्पन्न, सरोकारवालाले मानव अधिकार र व्यवसायलाई संगसंगै लैजानुपर्नेमा जोड

काठमाडौं । व्यवसाय र मानव अधिकारको विषयलाई संगसंगै लैजानु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)...

र स्वीस सरकार विकास सहयोग (एसडीसी) को सहयोगमा व्यवसायमा मानव अधिकार सम्मान सम्बन्धी काठाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन् ।

सो अवसरमा कार्यक्रमका वक्ता तथा सहभागिहरुले राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा सबैको समन्वयात्मक भूमिका आवश्यक रहने समेत बताए । नेपाल सरकारले “व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना” तर्जुमा गरी गत वर्षदेखि लागु गरेको छ ।

यस कार्ययोजनामा श्रमिकको अधिकार, महिला तथा बालबालिकाको अधिकार, उपभोक्ताको अधिकार, समानता र भेदभावविरुद्धको अधिकार लगायतका विषयलाई समावेश गरिएको छ ।

कार्यक्रमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा.कृष्णहरि पुस्करले यो कुनै नयाँ नीति वा कानुन नभई मानव अधिकार संरक्षण सम्बन्धी बनेका अन्य नीति तथा कानुन पालना गराउन बनेको कार्ययोजना भएको बताउनु भयो ।

उहाँले मानव अधिकार संरक्षण राज्यको मुल दायित्व भएपनि विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानूनका हिसाबले अन्य सरोकारवालाहरुको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहने बताउनु भयो । “मुलुकको आर्थिक र सामाजिक विकासमा व्यवसायिक क्षेत्रको प्रभाव र भूमिका बढ्दै गएको छ । यस सन्दर्भमा व्यवसायिक क्षेत्रको पनि जिम्मेवारी बढ्दो छ । यसको कार्यान्वयनको भूमिकामा सबै सरोकारवालाहरु जिम्मेवार बन्न सक्नु पर्छ । तबमात्र यसको कार्यान्वयन सहज हुन्छ । ”उहाँले भन्नु भयो ।

यस्तै महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्योग/व्यवसाय क्षेत्रले व्यवसाय र मानव अधिकारप्रतिको सजगता अपनाउँँदा आफ्नो व्यवसाय सञ्चालनबाट हुन सक्ने सम्भावित जोखिम पहिचान गर्न मद्दत पुग्ने बताउनु भयो । यस्तै उहाँले व्यवसायले मानव अधिकारलाई आफ्नो व्यवस्थापन प्रणालीमा समाहित गर्दा कम्पनीको सुशासनमा सुधार र नयाँ अवसर सिर्जना हुन सक्ने धारणा राख्नुभयो । उपाध्यक्ष वैद्यले व्यवसाय तथा मानव अधिकार राष्ट्रिय कार्ययोजनालाई कार्यान्वयन गर्नमा पनि सकृय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

युएनडीपीका पोर्टफोलियो म्यानेजर टेक टमाटाले व्यवसाय र मानव अधिकारको क्षेत्र बहुसरोकारको विषय भएको बताउँदै यसको कार्यान्वयनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहने बताउनु भयो ।

उहाँले नेपाल विश्व बजारमा प्रवेश गर्दै गर्दा व्यवसाय र मानवअधिकार (विप्लस एचआर) लागु भएका देशहरुमा हाम्रो व्यापार व्यवसाय विस्तार गर्दा यो विषय आवश्यक पर्ने धारणा राख्नुभयो । यस्तै उहाँले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि विकास साझेदारहरुको भूमिका पनि महत्वपूर्ण हुने बताउनु भयो ।

महासंघले व्यवसाय र मानव अधिकारका विषयमा जानकारी गराउन सातै प्रदेशमा सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिसकेको छ । नेपालमा रोजगारदाता संस्थाको रुपमा कार्य गरिरहेको सन्दर्भमा महासंघले नेपाल सरकार, रोजगारदाता र ट्रेड युनियनसंग त्रिपक्षीय सहमति र साझेदारीमा श्रम र श्रमिकसंग सम्बन्धित विभिन्न कार्य गर्दै आइरहेको छ ।

10 व्यवसायमा मानव अधिकारको सम्मान सम्बन्धी अन्तरक्रिया सम्पन्न, सरोकारवालाले मानव अधिकार र व्यवसायलाई संगसंगै लैजानुपर्नेमा जोड
  • Share
      message-button
      व्यवसायमा मानव अधिकारको सम्मान सम्बन्धी अन्तरक्रिया सम्पन्न, सरोकारवालाले मानव अधिकार र व्यवसायलाई संगसंगै लैजानुपर्नेमा जोड

      काठमाडौं । व्यवसाय र मानव अधि

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

20/Jul/2025
अमेरिकी डलर स्थिर, अन्य प्रमुख मुद्रामा सामान्य उतार–चढाव

काठमाडौँ । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको दर अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ भने अन्य प्रमुख...

मुद्राहरूमा सामान्य उतार–चढाव देखिएको छ।

अमेरिकी डलरको खरिद दर १३७ रुपैयाँ ५४ पैसा र बिक्री दर १३८ रुपैयाँ १४ पैसा कायम गरिएको छ। युरोपेली युरोको दरमा सामान्य वृद्धि देखिँदै खरिद दर १६० रुपैयाँ १३ पैसा र बिक्री दर १६० रुपैयाँ ८३ पैसा पुगेको छ।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १८५ रुपैयाँ ५ पैसा र बिक्री दर १८५ रुपैयाँ ८५ पैसा रहेको छ। स्विस फ्र्याङ्कको खरिद दर १७१ रुपैयाँ ६१ पैसा र बिक्री दर १७२ रुपैयाँ ३६ पैसा रहेको छ भने अष्ट्रेलियन डलर ८९ रुपैयाँ ७१ पैसा खरिद र ९० रुपैयाँ १० पैसा बिक्री दरमा कायम छ। क्यानाडेली डलर १०० रुपैयाँ २३ पैसा खरिद र १०० रुपैयाँ ६७ पैसा बिक्री दरमा रहेको छ। जापानी येन (१० को दर) को खरिद दर ९ रुपैयाँ २६ पैसा र बिक्री दर ९ रुपैयाँ ३० पैसा छ भने चिनियाँ युआन १९ रुपैयाँ १६ पैसा खरिद र १९ रुपैयाँ २५ पैसा बिक्री दरमा उपलब्ध छ।

खाडी मुलुकहरूका मुद्रामा युएई दिराम ३७ रुपैयाँ ४५ पैसा खरिद र ३७ रुपैयाँ ६१ पैसा बिक्री दरमा रहेको छ। साउदी रियाल ३६ रुपैयाँ ६७ पैसा खरिद र ३६ रुपैयाँ ८३ पैसा बिक्री दरमा छ भने कतारी रियाल ३७ रुपैयाँ ७३ पैसा खरिद र ३७ रुपैयाँ ९० पैसा बिक्री दरमा उपलब्ध छ। बहराइनी दिनारको खरिद दर ३६४ रुपैयाँ ८० पैसा र बिक्री दर ३६६ रुपैयाँ ३९ पैसा रहेको छ भने कुवेती दिनार ४५० रुपैयाँ १५ पैसा खरिद र ४५२ रुपैयाँ १२ पैसा बिक्री दरमा रहेको छ। ओमानी रियाल ३५७ रुपैयाँ २४ पैसा खरिद र ३५८ रुपैयाँ ८० पैसा बिक्री दरमा छ।

त्यसैगरी, दक्षिण कोरियन वन (१०० को दर) को खरिद दर ९ रुपैयाँ ८९ पैसा र बिक्री दर ९ रुपैयाँ ९४ पैसा छ भने थाई भाटको खरिद दर ४ रुपैयाँ २५ पैसा र बिक्री दर ४ रुपैयाँ २७ पैसा रहेको छ। हङकङ डलर १७ रुपैयाँ ५२ पैसा खरिद र १७ रुपैयाँ ६० पैसा बिक्री दरमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।

2 अमेरिकी डलर स्थिर, अन्य प्रमुख मुद्रामा सामान्य उतार–चढाव
  • Share
      message-button
      अमेरिकी डलर स्थिर, अन्य प्रमुख मुद्रामा सामान्य उतार–चढाव

      काठमाडौँ । आज आइतबारका लागि न

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

17/May/2025
आइडाले निम्त्यायो अजरबैजानलाई जलविद्युतमा लगानी गर्न

काठमाडौं। एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स (आइडा) का संस्थापक सुनील केसीले जलवायु सम्बन्धी विषयमा अजरबैजान गणतन्त्रका राष्ट्रपतिको प्रतिनिधि तथा COP29 का अध्यक्ष मुक्तार बाबायेभलाई...

नेपालमा जलविद्युत क्षेत्रमा लगानी गर्न अनुरोध गरेका छन्।

अजरबैजानबाट बाबायेभको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको भेटमा, केसीले दुवै मुलुकबीच आर्थिक सम्बन्ध विस्तार गर्न आग्रह गर्दै यसबाट दुबै मुलुकलाई फाइदा हुने पनि उल्लेख गरे।

भेटघाटका क्रममा नेपालको कृषिमा आस्रित अर्थतन्त्रलाई सघाउन मल आयात गर्ने बारेमा पनि छलफल भएको थियो। केसीले अजरबैजानबाट नेपाललाई आवश्यक पर्ने मल सिधै आयात गर्ने सम्भावनाबारे पनि छलफल गरेका थिए।

केसीले नेपालको हरित ऊर्जामा भएको विकासलाई जोड दिँदै अजरबैजानी उच्च प्रतिनिधिलाई नेपाली जलविद्युत विज्ञहरूलाई अतिथिका रूपमा आमन्त्रण गर्न र ज्ञान आदानप्रदान गर्न सुझाव पनि दिए।

यसमा प्रतिक्रिया दिँदै बाबायेभले भने, “अजरबैजानले सन् २०२७ सम्ममा आफ्नो कुल विद्युत आवश्यकताको ३० प्रतिशत जलविद्युत, सौर्य र हावा जस्ता नवीकरणीय उर्जा स्रोतबाट आपूर्ति गर्ने लक्ष्य राखेको छ, र यसमा नेपालको विशेषज्ञता उपयोगी हुन सक्छ।”

बाबायेभले नविकरणीय ऊर्जालाई राष्ट्रिय एजेन्डा बनाउने अजरबैजानको नीतिबारे पनि जानकारी गराए र नविकरणीय ऊर्जातर्फको संक्रमणलाई अजरबैजान प्राथमिकता दिइएको पनि उनले जानकारी दिए।

“सबै सम्बन्धको आधार राम्रो व्यापारिक सम्बन्ध हो,” बाबायेभले बताए, “जति व्यापार र आर्थिक सम्बन्ध बढ्छ, उति नै द्विपक्षीय सम्बन्ध बलियो हुन्छ। त्यसैले, नेपाल सरकारका अधिकारीबाहेक निजी क्षेत्र र व्यवसायीहरूसँग भेटेर म खुशी छु।”

नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवादको अवसरमा भएको उक्त भेटमा दुई देशबीच व्यापार तथा व्यवसायका विभिन्न सम्भावना र आइडासँगको भविष्यको सहकार्यबारेमा पनि छलफल भएको थियो। साथै, भेटमा नेपाल र अजरबैजानबिच ऊर्जा पूर्वाधार, जलविद्युत् र पर्यटन प्रबद्र्धनजस्ता क्षेत्रमा सहकार्य गर्न सकिने प्रसस्त संभावनाका बारेमा पनि छलफल भएको थियो।

बाबायेभ सगरमाथा संवादको पहिलो संस्करणमा प्रमुख वक्ताका रूपमा नेपाल आएका हुन्। उनले शुक्रबार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन भएको कार्यक्रममा उद्घाटन सत्रमा आफ्नो मन्तव्य दिएका थिए।

3 आइडाले निम्त्यायो अजरबैजानलाई जलविद्युतमा लगानी गर्न
  • Share
      message-button
      आइडाले निम्त्यायो अजरबैजानलाई जलविद्युतमा लगानी गर्न

      काठमाडौं। एशियन इन्स्टिच्यु

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

09/Jul/2025
देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ...

भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा बिहानैदेखि वर्षा शुरु भइसकेको छ।

अगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको छ। पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपात वा वर्षा हुने सम्भावना छ। बाढी, पहिरो, भू–क्षय, गेग्रान बहाव जस्ता प्रकोपको जोखिम रहेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ।

नदी तथा खोल्साहरूको जल सतह बढ्न सक्ने, शहरी क्षेत्रमा डुबान तथा सडक यातायातमा अवरोध हुन सक्ने सम्भावनालाई ध्यानमा राखी पूर्व तयारी गर्न मौसम विभागले सल्लाह दिएको छ।

3 देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
  • Share
      message-button
      देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

      काठमाडौं । देशभर मनसुनी वायु�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

24/Jun/2025
आज कुन कुन मुद्राको भाउ घट्यो? हेर्नुहोस् यस्तो छ विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ...

१५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ २९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९३ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ४८ पैसा र बिक्रीदर १०० रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ १२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ १६ पैसा रहेको छ।

त्यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ २० पैसा र बिक्रीदर ४ रुपैयाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

3 आज कुन कुन मुद्राको भाउ घट्यो? हेर्नुहोस् यस्तो छ विनिमय दर
  • Share
      message-button
      आज कुन कुन मुद्राको भाउ घट्यो? हेर्नुहोस् यस्तो छ विनिमय दर

      काठमाडौँ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

18/May/2025
विदेशी मुद्रा खरिद बिक्री गर्दै हुनुहुन्छ? हेर्नुहोस् यस्तो छ आजको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज जेठ ४ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा...

र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा रहको छ।

युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ ५० पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६३ रुपैयाँ ११ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८२ पैसा रहको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २० पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५९ पैसा रहेको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा रहेको छ।

त्यस्तै, थाइ भाट एकको खरिदर ४ रुपैयाँ १० पैसा र बिक्रीदर ४ रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४ रुपैयाँ ५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५० पैसा र बिक्रीदर २० रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

4 विदेशी मुद्रा खरिद बिक्री गर्दै हुनुहुन्छ? हेर्नुहोस् यस्तो छ आजको विनिमयदर
  • Share
      message-button
      विदेशी मुद्रा खरिद बिक्री गर्दै हुनुहुन्छ? हेर्नुहोस् यस्तो छ आजको विनिमयदर

      काठमाडौँ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

05/Jul/2025
विदेशी मुद्रा अपडेट: डलर स्थिर, युरो, अन्य प्रमुख मुद्रामा उतारचढाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यहाँ तपाईँले प्रमुख १५ वटा मुद्राको खरिद–बिक्री दर एकैसाथ प्रस्तुत गरिएको छ।

एक...

अमेरिकी डलरको खरिददर रु १३६.३४ र बिक्रीदर रु १३६.९४ रहेको छ। युरोको खरिदहुने दर रु १६०.५८ र बिक्री दर रु १६१.२९ तोकिएको छ। युके पाउण्ड स्टर्लिङको खरिद  रु १८६.१० र बिक्री  रु १८६.९२ रहेको छ। स्वीस फ्र्याङ्क खरिद रु १७१.८३ र बिक्री  रु १७२.५९ रहेको छ।

अस्ट्रेलियन डलर खरिद रु ८९.४३ र बिक्री रु ८९.८२ र कनाडेली डलर खरिद रु १००.३१ र बिक्री रु १००.७५ मा कारोबार भइरहेको छ। सिङ्गापुर डलर खरिद रु १०७.०५ र बिक्री रु १०७.५२, जबकि जापानी येन (१० इकाई) को खरिद रु ९.४५ र बिक्री रु ९.४९ छ।

चिनी युआन खरिद रु १९.०४ र बिक्री रु १९.१२ मा कारोबार भइरहेको छ। साउदी रियाल खरिद रु ३६.३५ र बिक्री रु ३६.५१, कतारी रियाल खरिद रु ३७.४१ र बिक्री रु ३७.५७ रहेको छ।

थाइ भाट खरिद रु ४.२२ र बिक्री रु ४.२४, युएई दिराम खरिद रु ३७.१२ र बिक्री रु ३७.२८, मलेशियाली रिङ्गिट खरिद रु ३२.३० र बिक्री रु ३२.४४ रहेको छ।

दक्षिण कोरियाली वन (१०० इकाई) को खरिद रु १०.०० र बिक्री रु १०.०५, स्विडिस क्रोना खरिद रु १४.२७ र बिक्री रु १४.३४, डेनिश क्रोना खरिद रु २१.५२ र बिक्री रु २१.६२ रहेको छ।

हङकङ डलर खरिद रु १७.३७ र बिक्री रु १७.४५, कुवेती दिनार खरिद रु ४४६.६७ र बिक्री रु ४४८.६४, बहराईनी दिनार खरिद रु ३६१.६७ र बिक्री रु ३६३.२६, ओमानी रियाल खरिद रु ३५४.१३ र बिक्री रु ३५५.६९ रहेको छ।

नेपाल राष्ट्र बैंकले यो विनिमय दरमा आवश्यक परेमा परिमार्जन गर्न सक्ने स्पष्ट पारेको छ।

3 विदेशी मुद्रा अपडेट: डलर स्थिर, युरो, अन्य प्रमुख मुद्रामा उतारचढाव
  • Share
      message-button
      विदेशी मुद्रा अपडेट: डलर स्थिर, युरो, अन्य प्रमुख मुद्रामा उतारचढाव

      काठमाडौं । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

16/Jun/2025
विदेशी मुद्रा खरिद बिक्री गर्दै हुनुहुन्छ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८७ रुपैयाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ १६ पैसा रहेको छ।

त्यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७० पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा रहेको छ।

त्यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ २४ पैसा र बिक्रीदर ४ रुपैयाँ २६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४ रुपैयाँ ५७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ २९ पैसा र बिक्रीदर २१ रुपैयाँ ३८ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ १५ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ६ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

3 विदेशी मुद्रा खरिद बिक्री गर्दै हुनुहुन्छ? यस्तो छ आजको विनिमय दर
  • Share
      message-button
      विदेशी मुद्रा खरिद बिक्री गर्दै हुनुहुन्छ? यस्तो छ आजको विनिमय दर

      काठमाडौँ। नेपाल राष्ट्र बैङ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

11/Jun/2025
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८५ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १५ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०० रुपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ २९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७६ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा रहेको छ।

त्यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ १९ पैसा र बिक्रीदर ४ रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ २ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ १ पैसा र विक्रीदर ३५६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

4 यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
  • Share
      message-button
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

      काठमाडौँ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

09/Jun/2025
यी प्रदेशहरूमा आज मेघगर्जन र चट्याङसहित हल्का बर्षाको सम्भावना

काठमाडौँ। हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान...

महाशाखाले जनाएको छ।

कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

राती कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

3 यी प्रदेशहरूमा आज मेघगर्जन र चट्याङसहित हल्का बर्षाको सम्भावना
  • Share
      message-button
      यी प्रदेशहरूमा आज मेघगर्जन र चट्याङसहित हल्का बर्षाको सम्भावना

      काठमाडौँ। हाल देशको पश्चिम र

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

26/Jun/2025
आज यी चार प्रदेशमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक...

बदलीदेखि मौसम मुख्यतया सफा छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

सबै प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराई भूभागका तथा मधेश प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराई भूभागका तथा मधेश प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

यसका साथै कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

11 आज यी चार प्रदेशमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना
  • Share
      message-button
      आज यी चार प्रदेशमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना

      काठमाडौँ। हाल देशभर मनसुनी व�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

27/May/2025
आजको मौसम अपडेट: पश्चिमी भू–भागमा वर्षाको सम्भावना, पूर्वी क्षेत्रमा आंशिक बदली

काठमाडौं। नेपालमा आज बिहानदेखि आंशिक बदलीको अवस्था देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशको पश्चिमी तथा मध्य भू–भागमा बदलीको अवस्था छ भने पूर्वी...

भागमा मौसम खुलेको देखिन्छ। दिनभरि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाले जानकारी दिएको अनुसार, दोपहरतिर पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभावका कारण वर्षा हुने सम्भावना छ। यस क्रममा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

देशका पहाडी तथा हिमाली क्षेत्रमा हावाहुरीको पनि सम्भावना रहेको छ। मधेस र तराई भू–भागमा भने गर्मी कायम रहनेछ। सामान्यतया, आजको तापक्रम काठमाडौं उपत्यकामा १७ देखि ३० डिग्री सेल्सियसको आसपास रहनेछ।

हाल मनसुनको अवस्थाः अरब सागरको मध्य भू-भाग, साथै महाराष्ट्राका केही भू-भाग, मुम्बई, कर्नाटका, बेंगलुरु, तमिलनाडुको बाँकी रहेको भू-भाग, तेलाङ्गना र आन्ध्रा प्रदेशका केही भू-भाग, पश्चिम-मध्य र उत्तरी बंगालको खाडिको केही क्षेत्रका साथै त्रिपुरा, मनिपुर, नागाल्याड, अरुणाचल प्रदेश, आसाम र मेधालयका केही भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडी र उत्तरपूर्वी भू- भागका बाँकी भू-भाग तथा पश्चिम बंगाल र सिक्किमका केही भू-भागतर्फ मनसुन अगाडि बढने क्रममा रहेको छ।

4 आजको मौसम अपडेट: पश्चिमी भू–भागमा वर्षाको सम्भावना, पूर्वी क्षेत्रमा आंशिक बदली
  • Share
      message-button
      आजको मौसम अपडेट: पश्चिमी भू–भागमा वर्षाको सम्भावना, पूर्वी क्षेत्रमा आंशिक बदली

      काठमाडौं। नेपालमा आज बिहानद�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

16/Jul/2025
अमेरिकी र अष्ट्रेलियन डलर लगायत अधिकांश मुद्राको भाउ घट्यो, कस्तो छ आजको विनिमय दर?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ र बिक्रीदर १३७...

रुपैयाँ ६० पैसा रहेको छ।

यसैगरी आज युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६० रुपैयाँ ५१ पैसा, युके पाउण्डस्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९० रुपैयाँ २९ पैसा रहेको छ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८ पैसा र बिक्रीदर १०० रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ९० पैसा र बिक्रीदर १०७ रुपैयाँ ३७ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ १० पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा रहेको छ।

यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा, थाइभाट एकको खरिददर ४ रुपैयाँ २२ पैसा र बिक्रीदर ४ रुपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २० पैसा र बिक्रीदर १४ रुपैयाँ २६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४३ पैसा र बिक्रीदर २१ रुपैयाँ ५२ पैसा रहेको छ।

हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ४० पैसा र बिक्रीदर ४५० रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९९ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

3 अमेरिकी र अष्ट्रेलियन डलर लगायत अधिकांश मुद्राको भाउ घट्यो, कस्तो छ आजको विनिमय दर?
  • Share
      message-button
      अमेरिकी र अष्ट्रेलियन डलर लगायत अधिकांश मुद्राको भाउ घट्यो, कस्तो छ आजको विनिमय दर?

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

10/Jul/2025
आज गुरु पूर्णिमा पर्व मनाइँदै

काठमाडौँ। आषाढ शुक्ल पूर्णिमाका दिन आज शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ।...

ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको पाइन्छ।

यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः।

गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ।

गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन्।

व्यास जयन्ती

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी ४ भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो।

व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोजेका छन्

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम्।

परोपकार पुण्याय, पापाय परपीडनम्।।

अर्थात् अरूको उपकार गरे धर्म हुन्छ, अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन्। पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन्। यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं सङ्घ संस्थाले पनि गुरु पूर्णिमा पर्व मनाउने जनाइएको छ।

3 आज गुरु पूर्णिमा पर्व मनाइँदै
  • Share
      message-button
      आज गुरु पूर्णिमा पर्व मनाइँदै

      काठमाडौँ। आषाढ शुक्ल पूर्णि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

22/May/2025
'राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विषयगत समितिको तेस्रो बैठकले देशभरका पदमार्गहरू एउटै राष्ट्रिय मापदण्ड अनुसार निर्माण गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा...

नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा बुधवार काठमाडौंमा बसेको विषयगत समितिको तेस्रो बैठकले सबै तहका सरकारले‘राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ लागू गर्ने निर्णय गरेको हो ।

यस बैठकले पर्यटन विकासका लागि विभिन्न सातवटा निर्णय गरेको छ । जसमा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी ठानिएको ‘होमस्टे सञ्चालन मापदण्ड’लाई पनि सबै तहमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

यसका साथै प्रदेश र स्थानीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउँदा केन्द्र सरकारसँग तादाम्यता मिलाउने, संस्कृति तथा पर्यटन क्षेत्र मा स्थानीय तहको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकारले सहयोग गर्ने निर्णयसमेत गरेको छ । यससँगै पहिचान गरिएका पर्यटकीय गन्तव्यहरूको सौन्दरीकरण, प्रचारप्रसार तथा मर्मत सम्भारमा तीनै तहका सरकारले प्राथमिकता दिने, पर्यटनमा निजी क्षेत्रको लगानी आकर्षणका लागि वातावरण निर्माण गर्ने र अघिल्ला बैठकका निर्णयहरू कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बैठकमा संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेसँगै प्रदेशका पर्यटन मन्त्रीहरु र समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

बैठकमा बोल्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा तीन तहबीच समन्वय र साझेदारी आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, हामीकहाँ नीति निर्माणदेखि कार्यान्वयनसम्म टुक्राटुक्रामा हुने प्रवृत्तिले प्रभावकारी परिणाम आउन सकेको छैन । अब साझा मापदण्ड र स्पष्ट कार्यविभाजनका साथ अघि बढ्नुपर्छ ।

19 'राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
  • Share
      message-button
      'राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने

      काठमाडौं । संस्कृति, पर्यटन त

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

05/Jun/2025
बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अध्यक्ष ढकालको धारणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्ने बताउनु भएको छ...

।

काठमाडौंमा आयोजित तेस्रो संस्करणको नेशनल बैंकिङ्ग डिस्कोर्श, २०२५ को उद्घाटन सत्रमा बोल्दै ढकालले संसद्मा विचाराधीन अवस्थामा रहेको ऐनको संशोधन जस्ताको त्यस्तै पारित भएमा आर्थिक गतिविधि नै प्रभावित बन्ने धारणा राख्नु भयो ।

बाफियासँग सम्बन्धित ऐन संशोधन गर्न संसद्मा प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुट्याउने प्रस्ताव गरिएको अवस्थामा यो विषयलाई गम्भीर रुपमा लिनु पर्ने उहाँको तर्क थियो । “व्यवसायी र बैंकर छुट्याउने भन्ने जुन विषय छ । यसले अर्थतन्त्रमा समस्या पार्न सक्छ । एकातिर प्रमोटरलाई उत्तरदायी बनाउने भन्दै ५१ प्रतिशत शेयर संस्थापकलाई दिने भनिएको छ । यसबाहेक, सम्बद्ध पक्ष भनेर परिभाषित गरिएको छ । यो व्यवस्थाअनुसार १ प्रतिशतभन्दा बढी शेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने हो भने सबैजसो उद्योगधन्दा व्यवसाय बन्द हुने जोखिम छन् । ” ढकालले भन्नुभयो ।

उहाँले बजेट कार्यान्वयन गर्न सके नेपालले लिएको आर्थिक विकासको लक्ष्य पुरा गर्न सकिने समेत बताउनु भयो ।

यस्तै अध्यक्ष ढकालले वातावरणलाई असर नपर्ने गरी खनिजजन्य पदार्थको आन्तरिक प्रयोग र निर्यात गर्न सकिने बजेटको व्यवस्था सकारात्मक भएको बताउनु भयो । मध्यपूर्वको उदाहरण दिंदै अध्यक्ष ढकालले भन्नु भयो । “यदी मध्यपूर्वका देशहरुलाई आफुसंग भएको पेट्रलियम पदार्थको निर्यात नगरेको भए वा निर्यात गर्न नदिइएको भए मध्यपूर्वका देशहरु आजको अवस्थामा रहने थिएनन् । तसर्थ हामीले पनि वातावरणमा नकारात्मक असर नपर्ने गरी नेपालमा भएको प्राकृतिक स्रोतको प्रयोग र निर्यातलाई सहजिकरण गर्नु पर्दछ । ” उहाँले भन्नुभयो ।

5 बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अध्यक्ष ढकालको धारणा
  • Share
      message-button
      बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अध्यक्ष ढकालको धारणा

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

03/Jun/2025
निजी क्षेत्रमैत्री बजेट आयो: कार्यान्वयनमा चुक्नुभएन – चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष तथा ग्लोबल आइएमई बैंक, आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेटले निजी क्षेत्रका धेरैजसो सुझावहरु समेटेको बताएका छन्...

।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको ‘बजेट अ होलिस्टीक डिस्कोर्स’मा बोल्दै उनले निजी क्षेत्रका धेरैजसो सुझावहरुलाई आगामी आर्थिक बर्ष २०८२/८३ को बजेटले समेटेको बताए ।

कार्यक्रममा बोल्दै उनले बजेट निजी क्षेत्रको ‘कि ड्राईभर’को रुपमा आएकाले निजी क्षेत्रलाई उत्साहित बनाएको बताए ।

‘हामी आफ्ना फाईदाका लागि मात्रै नभई समग्र अर्थतन्त्रको सुधारका लागि माग राख्दै आएका छौं,’ कार्यक्रममा बोल्दै उनले भने, ‘सोही सुझावहरुलाई सरकारले यसपाली कानुन र बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउनेगरी व्यवस्था गरिदिएको छ ।

निजी क्षेत्रले दिएका धेरै सुझावहरु बजेटमा समेटिँदै गर्दा यसमा समेटिएका सुझावहरुलाई कार्यान्वयनमा भने सरकार चुक्न नहुने उनले बताए ।

यसअघि पनि निजी क्षेत्रले समग्र अर्थतन्त्र उन्नयनका लागि माग गरेका बिषयहरु बजेटमा समेटिएपनि सोही अनुसार कार्यान्वयन नहुने भएपछि भने निजी क्षेत्र जहिले निरुत्साहित हुँदै आएको बताए ।

आगामी आवको बजेटले नयाँ आँट गरेको पनि उनले बताए । ‘हामीले पहिलेदेखि नै भन्दै आएको नेपालको खनिज पदार्थ निर्यात गर्न दिनुपर्छ भन्ने माग बजेटले समेटेकोमा हामी उत्साहित छौँ, उनले भने, ‘उद्योगले गर्नुपर्ने सबै प्रक्रिया पुरा गरेर खनिजजन्य वस्तुहरु निर्यात गर्न सकिने व्यवस्था माग गर्दै आएका थियौं यसपल्ट बजेटमा समेटिएकाले यो व्यवस्था कार्यान्वयनमा पछि पर्नुहुँदैन ।

मध्यपूर्वमा खनिजजन्य पदार्थका रुपमा मानिएको पेट्रोेलियम पदार्थ बाहिर ननिकालेको भए या प्रशोधन नगरी जमिनभित्रै राख्नुपर्छ भन्ने आवाज उठेको भए मध्यपूर्वका राष्ट्रहरु यो अवस्थामा पुग्न नसक्ने बताउँदै उनले नेपालको खनिज पदार्थलाई पनि आर्थिक उन्नयनका लागि निर्यात गर्न पछि हट्न नहुने बताए । यस्तै निजी क्षेत्रले भनेबमोजिम सेजको भाडामा सहजीकरण, अन्तर्राष्ट्रिय सभा हल निर्माणलगायतका मागहरु बजेटमार्फत सम्बोधन भएको उनले बताए ।

उनले कार्यक्रममा बोल्दै निजी क्षेत्रका धेरैजसो सुझावहरु समेटिएपनि केहि सुझावहरु भने नसमेटिएको पनि बताए । जलविद्युतको पीपीए, टेक एन्ड पेलगायतका बिषयहरु बजेटमा राखिँदा यसले निजी क्षेत्रलाई केहि असहजीकरण गर्ने निश्चित भएको उनले बताए । यसले विदेशी लगानीकर्ता भित्र्याउन र बैंकहरुलाई फाईनान्स गर्न समस्या निम्त्याउने उनले बताए ।

बजेटमा पर्यटन क्षेत्रलाई अघि बढाउनेगरी सीमा क्षेत्रका होटलहरुका लागि गरिएको विदेशी मुद्राको थ्रेसहोल्ड हटाएपछि केहि सहजीकरण पक्कै हुने पक्कै भएको उनले बताए । यो बजेटमार्फत केहि सहजीकरण भएपछि पर्यटन क्षेत्र पनि उत्साहित बनेको उनले बताए ।

बजेटमा धेरैजसो बुँदाहरु राम्रै आएपनि कार्यान्वयनमा चुक्दा समस्या आउने गरेको उनले बताए । धौवादी फलाम खानीको उदाहरण दिँदै उनले यसको कुरा हरेक बजेटमा समेटिने भएपनि कार्यान्वयनमा जान नसक्दा लगानीकर्तासँगै नागरिकहरु पनि निराश हुनुपर्ने अवस्था आएको उनले बताए ।

‘टेक एन्ड पे’ को कुराले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न नदिनेजस्तो संकेत गरेपनि जलविद्युत क्षेत्रमा समस्या निम्त्याउने उनले बताए । बजेटमा आएका कुरालाई कार्यान्वयन गरी सुशासन कायम गर्न सकिएको खण्डमा मात्रै बजेटले दिएको मार्गनिर्देश पूरा बताउँदै उनले बजेटमार्फत लिईएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हाँसिल गर्न सम्भव हुने बताए ।

3 निजी क्षेत्रमैत्री बजेट आयो: कार्यान्वयनमा चुक्नुभएन – चन्द्र ढकाल
  • Share
      message-button
      निजी क्षेत्रमैत्री बजेट आयो: कार्यान्वयनमा चुक्नुभएन – चन्द्र ढकाल

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

10/Jun/2025
एसियन लाइफ इन्सुरेन्सको लाभांश घोषणा

काठमाडौँ। एसियन लाइफ इन्सुरेन्सले ५.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

यस कम्पनीको आइतबार (जेठ २५ गते) बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई...

५.१० प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद घोषणा गरेको हो।

उक्त प्रस्ताव बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ। यसअघि २०७९-८० मा कम्पनीले सेयरधनीलाई ८.१६ प्रतिशत लाभांश वितरण गरेको थियो।

3 एसियन लाइफ इन्सुरेन्सको लाभांश घोषणा
  • Share
      message-button
      एसियन लाइफ इन्सुरेन्सको लाभांश घोषणा

      काठमाडौँ।  एसियन लाइफ इन्स�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

30/May/2025
हिमालको संरक्षण हाम्रो साझा दायित्व हो : सीईओ जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बोर्डले हिमाली क्षेत्रको संरक्षण, दिगो विकास र पर्वतारोहण संस्कृतिको प्रवर्द्धनमा जोड दिएका छन् ।

७२औँ...

अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा ‘वर्ल्ड समिटर्स समिट–२०२५’ को अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै सीईओ जोशीले भने, “हिमालप्रति जिम्मेवार भावना र साझा उत्तरदायित्वको भावना विकास गर्नु अहिलेको सबभन्दा ठूलो आवश्यकता हो ।”

उनका अनुसार हिमालय क्षेत्र हाल जलवायु परिवर्तन, अत्यधिक पर्यटन, वातावरणीय क्षति र पहाडी समुदायको सामाजिक–आर्थिक असुरक्षाजस्ता जटिल समस्याहरूको चपेटामा परेको छ । उनले थप भने, “यी चुनौतीहरूको समाधानका लागि हामी सबैले ढिलो नगरी साझा प्रयास गर्न जरुरी छ ।”

नेपालले हिमाली पहिचानलाई आत्मसात गर्दै ‘वर्ल्ड समिटर्स समिट’ को आयोजना सुरु गरेको जोशीले बताए । उनका अनुसार हरेक दुई वर्षमा हुने यस शिखर सम्मेलनले अन्तर्राष्ट्रिय र राष्ट्रिय पर्वतारोही, अनुसन्धानकर्ता, नीति निर्माता र सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउनेछ ।

“यो सम्मेलन केवल शिखर आरोहणको उत्सव मात्र होइन, हिमालय क्षेत्रको साहसिक पर्यटन, सांस्कृतिक समृद्धि र पारिस्थितिकीय महत्त्वको संरक्षण र प्रवर्द्धनको अभियान हो,” उनले भने।

सीईओ जोशीले हिमाली समुदायको महत्त्वबारे पनि जोड दिए । उनले थपे, “हिमालका असली संरक्षक त्यहाँका स्थानीय समुदाय हुन् । तिनको अनुभव, आवाज र भविष्यलाई केन्द्रमा राखेर मात्रै हिमालयको दीर्घकालीन संरक्षण सम्भव छ ।”

‘वर्ल्ड समिटर्स समिट’ मार्फत नेपालले ‘जिम्मेवार पर्वतारोहण, साझा दायित्व र प्रकृति तथा समुदायप्रति सम्मान’ को परम्परा विकास गर्ने लक्ष्य लिएको स्पष्ट पारे ।

उनले थप भने, “हामी सबै हिमालहरूले जोडिएका छौं । आउनुहोस्, हिमालको उज्ज्वल भविष्यका लागि एकसाथ अघि बढौँ ।”

नेपाल पर्यटन बोर्डको नेतृत्वमा आयोजित यो सम्मेलनले हिमालप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नयाँ चेतना सिर्जना गर्ने सिईओ जोशीको विश्‍वास छ ।

3 हिमालको संरक्षण हाम्रो साझा दायित्व हो :  सीईओ जोशी
  • Share
      message-button
      हिमालको संरक्षण हाम्रो साझा दायित्व हो : सीईओ जोशी

      काठमाडौं । नेपाल पर्यटन बोर्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

21/Jul/2025
आज यी चार प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहँदा सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।

जल तथा मौसम...

विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

यसैगरी आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

2 आज यी चार प्रदेशमा भारी बर्षाको सम्भावना
  • Share
      message-button
      आज यी चार प्रदेशमा भारी बर्षाको सम्भावना

      काठमाडौँ। हाल देशभर मनसुनी व�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

06/Jun/2025
नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक: अमेरिकी डलर घट्यो, युरो र पाउन्डमा वृद्धि

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्यमा गिरावट देखिएको छ भने युरो, पाउन्ड स्टर्लिङ र...

अष्ट्रेलियन डलरको मूल्यमा सामान्य वृद्धि भएको छ।

आज अमेरिकी डलरको खरिद दर १३६.९७ रुपैयाँ र बिक्री दर १३७.५७ रुपैयाँ रहेको छ, जुन हिजोको दरभन्दा थोरै कम हो। युरोको खरिद दर १५६.४५ रुपैयाँ र बिक्री दर १५७.१३ रुपैयाँ रहेको छ, जुन हिजोको दरभन्दा थोरै बढी हो। पाउन्ड स्टर्लिङको खरिद दर १८५.८७ रुपैयाँ र बिक्री दर १८६.६८ रुपैयाँ रहेको छ, जुन हिजोको दरभन्दा थोरै बढी हो।

अष्ट्रेलियन डलरको खरिद दर ८९.१४ रुपैयाँ र बिक्री दर ८९.५३ रुपैयाँ रहेको छ, जुन हिजोको दरभन्दा थोरै बढी हो। क्यानाडियन डलरको खरिद दर १००.२५ रुपैयाँ र बिक्री दर १००.६९ रुपैयाँ रहेको छ। स्विस फ्राङ्कको खरिद दर १६७.१२ रुपैयाँ र बिक्री दर १६७.८५ रुपैयाँ रहेको छ।

चिनियाँ युआनको खरिद दर १९.०८ रुपैयाँ र बिक्री दर १९.१६ रुपैयाँ रहेको छ। जापानी येनको खरिद दर ९.५६ रुपैयाँ र बिक्री दर ९.६१ रुपैयाँ रहेको छ (१० येनको दरमा)।

नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ कि यी दरहरू आवश्यकतानुसार परिवर्तन हुन सक्छन्। बैंकहरूले प्रदान गर्ने दरहरूमा केही फरक हुन सक्छ, र नवीनतम जानकारीका लागि राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा हेर्न अनुरोध गरिएको छ ।

5 नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक: अमेरिकी डलर घट्यो, युरो र पाउन्डमा वृद्धि
  • Share
      message-button
      नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक: अमेरिकी डलर घट्यो, युरो र पाउन्डमा वृद्धि

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

20/May/2025
आजको मौसम: तराईमा गर्मी, कोशी र गण्डकीमा चट्याङसहित वर्षा

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव छ। आज कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भू–भागमा...

आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश र लुम्बिनीका तराई क्षेत्रमा मौसम आंशिक बदलीदेखि सफा रहनेछ, तर दिउँसो गर्मी बढ्न सक्छ।

उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ। हाल कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतयाबदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग् सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।

3 आजको मौसम: तराईमा गर्मी, कोशी र गण्डकीमा चट्याङसहित वर्षा
  • Share
      message-button
      आजको मौसम: तराईमा गर्मी, कोशी र गण्डकीमा चट्याङसहित वर्षा

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

21/Jun/2025
काठमाडौंमा ‘अटो पार्लर’ सञ्चालनमा : अब विद्युतीय गाडीका सम्पूर्ण प्रिमियम एसेसरिज एकै छानामुनि उपलब्ध

काठमाडौं । विद्युतीय गाडीका लागि आवश्यक सम्पूर्ण प्रिमियम एसेसरिजहरू अब एकै ठाउँमा पाउन सकिने भएको छ। काठमाडौंको कालोपुलमा इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी ‘अटो पार्लर प्रालि’ सञ्चालनमा...

आएको छ।

कम्पनीले विभिन्न ब्राण्डका विद्युतीय गाडी (ईभी) हरूका प्रिमियम एसेसरिजहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तरमा उपलब्ध गराउने जनाएको छ। साथै, अटो पार्लरले दिगो तथा स्वच्छ यातायात प्रणालीको प्रवर्द्धनमा योगदान दिने लक्ष्य राखेको प्रबन्ध निर्देशक राजिब केसीले जानकारी दिनुभयो।

केसीका अनुसार अटो पार्लरले हालका लागि बीवाईडी डल्फिन, बीवाईडी एट्टो–थ्री, एमजी फोर, दीपल, आयोन–वाई, नामी, एक्सपेङ जी–सिक्स, लिप मोटर, ओमोडा, ओरा गुड क्याट लगायत चर्चित चिनियाँ विद्युतीय गाडीहरूको एसेसरिज उपलब्ध गराएको छ। भविष्यमा नेपाली बजारमा प्रचलनमा आउने अन्य ब्रान्डका एसेसरिजहरू समेत थपिने बताइएको छ।

अटो पार्लरमा मिरर कभर, डोर ह्याण्डल कभर, ह्याण्डल बाउल, सिट कभर, स्टेरिङ कभर, नेभिगेसन ग्लास प्रोटेक्टर, डोर सिल गार्ड, मोटर एण्ड ब्याट्री प्रोटेक्शन प्लेट, रनिङ बोर्ड, जेन्युइन ३६० क्यामेरा जस्ता अत्याधुनिक एसेसरिजहरू उपलब्ध छन्। साथै, आन्तरिक दहन इन्जिन (आईसीई) सवारी साधनका लागि आवश्यक एसेसोरिज पनि राखिएको छ।

ग्राहकलाई उपयुक्त एसेसोरिज छनोट गर्न प्राविधिक सहयोग पनि प्रदान गरिने बताइएको छ। गाडी तथा मोटरसाइकल पार्किङको पर्याप्त सुविधा सहित सञ्चालनमा ल्याइएको अटो पार्लरमा ग्राहकले आफूलाई चाहिएको एसेसरिज सुचारु रूपमा छानेर तत्कालै फिटिङ गराउन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यस नयाँ प्रयासले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग र सम्बन्धित सेवा क्षेत्रमा थप सहजता र विकास ल्याउने अपेक्षा गरिएको छ।

21 काठमाडौंमा ‘अटो पार्लर’ सञ्चालनमा : अब विद्युतीय गाडीका सम्पूर्ण प्रिमियम एसेसरिज एकै छानामुनि उपलब्ध
  • Share
      message-button
      काठमाडौंमा ‘अटो पार्लर’ सञ्चालनमा : अब विद्युतीय गाडीका सम्पूर्ण प्रिमियम एसेसरिज एकै छानामुनि उपलब्ध

      काठमाडौं । विद्युतीय गाडीका �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

17/Jun/2025
ग्लोकल टीन हिरो नेपाल २०२५ को आवेदन खुला, किशोरकिशोरीहरूलाई राष्ट्रिय स्तरमा सम्मान गर्ने तयारी

काठमाडौं । नेपालका किशोरकिशोरीहरूका लागि उत्कृष्ट मञ्चको रूपमा स्थापित ग्लोकल टीन हिरो नेपाल २०२५ को ११औं संस्करणका लागि आवेदन खुला गरिएको छ। गोल्छा ग्रुपको शीर्षक प्रायोजनमा...

सञ्चालन हुने यो कार्यक्रम ग्लोकल प्रा.लि. को प्रमुख पहल हो, जसले युवाहरूको सिर्जनशीलता, नेतृत्व क्षमता र सामाजिक योगदानलाई सम्मान गर्नका लागि आयोजना हुँदै आएको छ।

ग्लोकल टीन हिरो केवल अवार्ड समारोह नभई नेपालको भविष्य बोकेका प्रतिभावान युवाहरूलाई नयाँ प्रेरणा, सशक्तिकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउने अभियान हो। २०१५ मा काठमाडौं उपत्यकाबाट सुरु भएको यो अभियान २०१६ देखि देशभर फैलिएको छ भने २०१९, २०२० र २०२२ मा भारत, श्रीलंका र बंगलादेशमा पनि विस्तार भइसकेको छ।

आवेदन प्रक्रिया आजबाट सुरु भई आगामी जुलाई ३०, २०२५ सम्म चल्नेछ। देशभरका १३ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। साथै इच्छुक व्यक्तिले आफूले चिनेका प्रतिभावान किशोरकिशोरीहरूको पनि मनोनयन गर्न सक्ने व्यवस्था गरिएको छ। आवेदन मूल्यांकनपछि उत्कृष्ट ६ फाइनलिस्टहरू चयन गरिनेछन्, जसले अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछन्।

फाइनल मूल्यांकन को जिम्मा प्रतिष्ठित निर्णायक मण्डललाई दिइएको छ, जसमा कोका–कोला नेपालकी राष्ट्रिय निर्देशक चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका राष्ट्रिय निर्देशक डा. घनश्याम गुरुङ, गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा, वैद्य अर्गनाइजेसनका अध्यक्ष सुरज वैद्य, र नेपालका लागि युरोपेली संघका कार्यवाहक प्रमुख थोमस मिलर छन्।

यस वर्ष गोल्छा ग्रुप, युरोपेली संघ, भारतीय दूतावास काठमाडौं, एम्बार्क कलेज, होन्डा, कोका–कोला, डब्लुडब्लुएफ, पञ्चकन्या, केएफसी, टोयोटा, ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, नेपाल पर्यटन बोर्ड, द सोल्टी काठमाडौं, वल्र्डलिंक, हिमालय टिभी एचडी, यती एयरलाइन्स, प्रिज्मा एडभर्टाइजिङ, एनएनक्यू, पिज्जा हट र बेगानी ग्रुप लगायतका संस्थाहरू साझेदार रहेका छन्।

ग्लोकल टीन हिरो नेपाल २०२५ ले नेपाली युवाहरूलाई विश्व मञ्चमा स्थापित गर्न र देशको उज्ज्वल भविष्य निर्माणमा टेवा पु-याउने लक्ष्य लिएको आयोजकले जनाएको छ। इच्छुक किशोरकिशोरीहरूले आफ्नो सामुदायिक योगदान, नवप्रवर्तन र नेतृत्व क्षमता प्रस्तुत गर्दै आवेदन दिन सक्नेछन्।

12 ग्लोकल टीन हिरो नेपाल २०२५ को आवेदन खुला, किशोरकिशोरीहरूलाई राष्ट्रिय स्तरमा सम्मान गर्ने तयारी
  • Share
      message-button
      ग्लोकल टीन हिरो नेपाल २०२५ को आवेदन खुला, किशोरकिशोरीहरूलाई राष्ट्रिय स्तरमा सम्मान गर्ने तयारी

      काठमाडौं । नेपालका किशोरकिश�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

10/Jul/2025
YADEA E8S Pro स्कुटरमा ऐतिहासिक छुट, नेपाली ग्राहकका लागि विशेष अफर

काठमाडौं । लगातार आठ वर्षसम्म विश्वको नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड बन्न सफल YADEA ले आफ्नो उपलब्धिलाई सम्झनलायक बनाउन नेपाली बजारमा एक विशेष अफर ल्याएको छ।...

कम्पनीको नेपालका लागि आधिकारिक वितरक Kuzu Nepal Pvt. Ltd. ले YADEA E8S Pro स्कुटरको मूल्यमा ठूलो छुटसहित नयाँ अफर घोषणा गरेको हो। यस अन्तर्गत, पूर्व मूल्य रु. २,३०,००० रहेको स्कुटर अहिले सीमित अवधिका लागि रु. १,८५,००० मा उपलब्ध हुनेछ।

यो स्कुटर आफ्नो सेग्मेन्टमै सुविधायुक्त, स्टाइलिस् र स्मार्ट प्रविधियुक्त स्कुटरको रूपमा चिनिएको छ। YADEA E8S Pro मा ७२V ३८Ah ग्राफिन ब्याट्री, ३०००W सम्मको शक्तिशाली मोटर, एक पटकको चार्जमा १५० किलोमिटरसम्मको दायरा, १२ इञ्चका आकर्षक अलोय रिम, हाइड्रोलिक सस्पेन्सन, र ३२ लिटरको अन्डर-सीट स्टोरेज सुविधा रहेको छ।

यसमा रहेको चम्किलो डिजिटल ड्यासबोर्ड, स्मार्ट इन्डिकेटरहरू, शून्य ध्वनि, शून्य धुवाँ र न्यूनतम मर्मत खर्चको विशेषता यसलाई स्मार्ट यात्राको उत्कृष्ट विकल्प बनाउँछ। YADEA ले ग्राहकप्रतिको आभारस्वरूप स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकलाई YADEA ब्राण्डको हेल्मेट, रेनकोट र पेन पनि उपहारमा दिने घोषणा गरेको छ।

YADEA नेपालका प्रतिनिधिले भनेका छन्, हामीले विश्वव्यापी रूपमा पाएको सफलताको श्रेय हाम्रा विश्वासिलो ग्राहकहरूलाई जान्छ। यो अफर उनीहरू प्रति हाम्रो कृतज्ञता हो।

यो विशेष अफर सीमित स्टकका लागि मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकहरूले नजिकको YADEA शोरूममा तुरुन्त सम्पर्क गर्न सक्नेछन्। स्मार्ट इलेक्ट्रिक मोबिलिटी रोज्ने सोच भएका लागि YADEA E8S Pro अहिलेको उत्कृष्ट अवसर बन्न सक्छ।

3 YADEA E8S Pro स्कुटरमा ऐतिहासिक छुट, नेपाली ग्राहकका लागि विशेष अफर
  • Share
      message-button
      YADEA E8S Pro स्कुटरमा ऐतिहासिक छुट, नेपाली ग्राहकका लागि विशेष अफर

      काठमाडौं । लगातार आठ वर्षसम्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

03/Aug/2025
आज कुन-कुन स्थानमा छ वर्षाको सम्भावना

काठमाडौँ । आज आइतबार देशभर आकाश आंशिकदेखि पूर्ण रूपमा बदली हुने देखिएको छ। मौसम पूर्वानुमान अनुसार हिमाली, पहाडी तथा तराई तीनै भू-भागहरूमा अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित...

मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जानकारी गराएको छ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत सबै प्रदेशका हिमाली र पहाडी भूभागमा दिउँसो सामान्य बदली रहनेछ। यी क्षेत्रमा धेरै स्थानमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। तराई भूभागहरूमा पनि दिनभर आकाश बदली रहँदै ठूलो मात्रामा वर्षा हुने देखिएको छ।

रातिको समयमा समेत अधिकांश भूभागमा बदली रहँदै धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने अनुमान गरिएको छ। केही स्थानमा तीव्र वर्षा पनि हुनसक्ने भएकाले बाढी, पहिरो तथा सडक अबरुद्धजस्ता सम्भावित जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

3 आज कुन-कुन स्थानमा छ वर्षाको सम्भावना
  • Share
      message-button
      आज कुन-कुन स्थानमा छ वर्षाको सम्भावना

      काठमाडौँ । आज आइतबार देशभर आक

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

03/Jul/2025
पर्यटन क्षेत्रका चुनौतीबारे संसदीय समितिलाई बोर्डको ब्रिफिङ

काठमाडौं । नेपाल पर्यटन बोर्डले मुलुकको पर्यटन क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई जानकारी गराएको छ ।

सिंहदरबारस्थित समितिको...

सभाहलमा बुधबार भएको बैठका बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालको पर्यटनको वर्तमान अवस्था, वार्षिक प्रगती, भावी रणनीति, समस्या र चुनौतीबारे ब्रिफिङ गरेका छन् । बोर्डका सीईओ जोशीले भने, "हालको आर्थिक वर्ष २०८१/८२ मा ९३.३५ करोड रुपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि १३२ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य हामीले राखेका छौं ।"

पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले अमेरिका, युरोप, चीन, भारत, बङ्गलादेश, दक्षिण–पूर्व एशिया, र मध्यपूर्वका विभिन्न सहरहरूमा गरी २५ अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको सीईओ जोशीले जानकारी गराएका हुन् । ती मेलामा सहभागी ३३३ भन्दा बढी नेपाली पर्यटन व्यवसायी कम्पनीहरूले नेपालको पर्यटन उत्पादन र सेवाहरूलाई प्रवर्द्धन गरेका थिए ।

विदेशस्थित नेपाली दूतावासहरूसँग सहकार्य गर्दै १५ वटा गन्तव्य प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गरेको र यसले नेपालको दिगो पर्यटन विकासमा कूटनीतिक नियोगहरूको भूमिका थप प्रभावकारी बनाएको सीईओ जोशीले जानकारी गराएका हुन् ।

बोर्डले '४५ गन्तव्य स्तरीकरण कार्यक्रम' सँगै, होमस्टे व्यवस्थापन, होटल व्यवस्थापन, ट्रेकिङ, र्‍याफ्टिङ, प्रकृति गाइड तालिम, भाषा तालिम, प्याकेज निर्माण र डिजिटल मार्केटिङसम्बन्धी तालिमहरू सञ्चालन गरेको जनाइएको छ । यससँगै पर्यटन जनशक्ति विकासमा समेत ध्यान दिइएको सीईओ जोशीले बताए ।

नेपालमा आयोजना गरिएका ४० स्थानीय कार्यक्रमहरू, जस्तै सांस्कृतिक पर्व, परिकार महोत्सव, साहसिक पर्यटन उत्सवहरूले आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको पनि सीईओ जोशीले जानकारी गराएका हुन् । साथै, कुम्भमेलाका अवसरमा भारतीय पर्यटक लक्षित विशेष प्रचार अभियानहरू सञ्चालन गरिएको थियो ।

सीईओ जोशीले नेपालको पर्यटन विकासमा केही संरचनागत र प्रणालीगत चुनौतीहरू कायमै रहेकोसमेत जानकारी गराएका हुन् । उनले भने, "आधारभूत पूर्वाधारको अभाव, स्पष्ट रणनीति नभएको गन्तव्य प्रवर्द्धन, दक्ष जनशक्तिको अभाव, स्वास्थ्य तथा सुरक्षाको चासो, मौसममा आधारित पर्यटन प्रवृत्ति, संस्थागत दिगोपनाको कमजोरी, नीति–निर्माणमा अस्थिरता, र गुणस्तरीय उत्पादनको अभाव आदि प्रमुख चुनौतीहरू हुन्।"

साथै, अन्तर्राष्ट्रिय स्तरमा उदीयमान प्रतियोगिता र पर्यटकको बदलिँदो मनोविज्ञानको प्रभाव पनि नेपालले ध्यानपूर्वक अवलम्बन गर्नुपर्ने विषय भएको बोर्डका सीईओ जोशीले बताए । पर्यटन बोर्डले नयाँ दृष्टिकोण प्रस्तुत गर्दै नेपाललाई "विश्वकै सबैभन्दा अनुभवमूलक र जीवनभर सम्झनलायक गन्तव्य"को रूपमा स्थापित गर्ने योजना अघि सारेको छ । बोर्डले एसियाली बजारमा माग वृद्धि र परम्परागत बजारको संरक्षण, डिजिटल क्षमतामा वृद्ध‍ि, गुणस्तरीय लगानी प्रोत्साहन र गन्तव्य विविधीकरण, पर्यटन उत्पादनको सुधार र नियामकीय सुधार, श्रम, सीप र प्रादेशिक सहभागिता विस्तार, उद्योगको लचिलोपन, उत्पादकत्व र गुणस्तर अभिवृद्धि, वातावरणीय उत्तरदायित्व र दिगोपनाको सुनिश्चितता र प्रदेशहरूको पर्यटन सम्भावना उजागर गर्ने रणनीतिक आधारस्तम्भ अवलम्बन गरेको सीईओ जोशीले जानकारी गराएका हुन् ।

'पर्यटन सडक पूर्वाधार आयोजना' अन्तर्गत काठमाडौं–पोखरा, नारायणघाट–बुटवल, धुलिखेल–रामेछाप, रसुवा–केरुङ, बुटवल–पाल्पा–पोखरा आदि मार्गहरूमा सुधार गर्नुपर्ने सीईओ जोशीले बताए । हवाइ सेवा सुधारमा सिधा अन्तर्राष्ट्रिय उडान, हेलिकप्टर सञ्चालन सहजता, गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अधिकतम प्रयोग, र हवाइ खेलकुद प्रवर्द्धनको लक्ष्य बोर्डले लिएको छ ।

पर्यटन बोर्डको दीर्घकालीन योजनाअनुसार आगामी वर्षहरूमा नेपालमा वार्षिक २५ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने, १४ लाख रोजगारी सिर्जना गर्ने र २.५ खर्ब रुपैयाँको पर्यटन आम्दानी प्राप्त गर्ने लक्ष्य बोर्डले राखेको छ ।

समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले पर्यटन बोर्डले गरिरहेका गतिविधिहरुको प्रशंसा गर्दै मन्त्रालय नीतिगत र संरचनागत सुधारका काममा लागिरहेको बताएका हुन् । नेपालको पर्यटनमा लगानी बढाउनका लागि निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले भने, "पर्यटन बोर्डका माध्यमबाट निजी क्षेत्रलाई सहजीकरण गर्ने काममा लागिरहेका छौं । उहाँहरु पनि बोर्डको सहजीकरणबाट विश्वस्त र उत्साहित हुनुहुन्छ । पर्यटन बोर्ड थिंक ट्यांक पनि हो । त्यसकारण बोर्ड थप रणनीतिक तवरमा अघि बढ्नेछ भन्नेमा विश्वस्त छु ।

त्यसैगरी समितिका सदस्यहरु एनपी साउद, उदय शमशेर जबरा, धवल शमशेर राणा, प्रेम सुवाल, भिम आचार्य, शिशिर खनाललगायतले नेपालको पर्यटन प्रबर्द्धनमा देखिएका चुनौतीहरु समाधान गर्न समितिले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

समितिका सभापति राजकिशोर यादवले पर्यटन बोर्डले आफ्ना समस्याहरुलाई प्राथमिकिकरण गरेर ल्याउन आग्रह गर्दै खरिद नियमावली, पूर्वाधार विकास तथा सडक र हवाई यातायात सहज बनाउन सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

3 पर्यटन क्षेत्रका चुनौतीबारे संसदीय समितिलाई बोर्डको ब्रिफिङ
  • Share
      message-button
      पर्यटन क्षेत्रका चुनौतीबारे संसदीय समितिलाई बोर्डको ब्रिफिङ

      काठमाडौं । नेपाल पर्यटन बोर्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

26/Jun/2025
मिस नेपाल २०२५ को आवेदन खुला: चार शीर्ष उपाधिका लागि असार २६ सम्म आवेदन, फिनाले भदौ १४ मा

काठमाडौं। नेपालकै सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२५ को लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था दि हिडेन ट्रेजरले मंगलबार काठमाडौंमा आयोजना गरिएको विशेष कार्यक्रममार्फत...

देश तथा विदेशमा रहेका इच्छुक नेपाली युवतीहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको हो।

यस वर्षको मिस नेपाल प्रतियोगितामा चार प्रमुख उपाधिका विजेता चयन गरिनेछन् – मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोस्मो। नेपालले मिस कोस्मो इन्टरनेशनलमा पहिलोपटक सहभागिता जनाउने भएको छ, जसले प्रतियोगितालाई अन्तर्राष्ट्रिय रुपमा थप व्यापक बनाएको आयोजकको भनाइ छ।

प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौ १४ गते (२०२५ अगस्ट ३०) मा गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टर मा आयोजना गरिनेछ। कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने आयोजकले जानकारी दिएको छ।

मिस नेपाल बन्ने मापदण्ड

मिस नेपाल बन्न इच्छुक युवतीहरूको उमेर १८ देखि २७ वर्ष र न्यूनतम उचाइ ५ फिट ३ इन्च हुनु अनिवार्य छ। साथै, नेपाली नागरिकता भएको हुनुपर्छ। आवेदन निःशुल्क राखिएको छ भने अन्तिम अडिसन असार २८ गते (जुलाई १२) काठमाडौंमा हुनेछ।

मिस नेपालको अन्तर्राष्ट्रिय उपस्थिति

यसअघि मिस नेपाल विजेताहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई उत्कृष्ट रुपमा प्रतिनिधित्व गर्दै आएका छन्। मिस नेपाल इन्टरनेशनल २०२४ करुणा रावत, मिस नेपाल अर्थ २०२४ सुमना केसी र मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधानले जापान, फिलिपिन्स र भारतमा भाग लिएर नेपाललाई विश्वमञ्चमा चिनाएका थिए।

विविध शहरमा अडिसन र अभियान

प्रतियोगिताको खोजी काठमाडौंसहित विर्तामोड, नेपालगञ्ज र जनकपुर जस्ता प्रमुख शहरहरूमा गरिनेछ। साथै, काठमाडौंका १० वटा कलेजहरूमा मिस नेपाल याक्टिभेसन च्याम्पियन पनि सञ्चालन गरिने दि हिडेन ट्रेजरले जनाएको छ।

25 मिस नेपाल २०२५ को आवेदन खुला: चार शीर्ष उपाधिका लागि असार २६ सम्म आवेदन, फिनाले भदौ १४ मा
  • Share
      message-button
      मिस नेपाल २०२५ को आवेदन खुला: चार शीर्ष उपाधिका लागि असार २६ सम्म आवेदन, फिनाले भदौ १४ मा

      काठमाडौं। नेपालकै सबैभन्दा �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

03/Jun/2025
आजको सुनचाँदी दर: सुनमा ठूलो वृद्धि, चाँदीले पनि तोड्यो अघिल्लो रेकर्ड

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। पछिल्ला केही दिनको स्थिरतापछि आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ।

२४ क्यारेटको फाइन...

गोल्ड (९९९९ शुद्धता) प्रति तोला आज रु १,९२,७०० पुगेको छ, जुन हिजोको तुलनामा रु २,९०० ले बढी हो। त्यस्तै, चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धिसहित नयाँ दर रु २,०४५ प्रति तोला कायम भएको छ।

सुनचाँदी व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा आएको तीव्र वृद्धि, अमेरिकी डलरको दरमा परिवर्तन र घरेलु बजारमा माग बढेकाले नेपाली बजारमा पनि मूल्यमा उछाल आएको हो।

यसरी सुन र चाँदी दुवैको मूल्य उकालो लागेपछि उपभोक्ताले सावधानीपूर्वक खरिद निर्णय लिनु पर्ने देखिन्छ। व्यवसायीहरूले बजार स्थिर नहुन्जेल दैनिक दर जाँच गरी खरिद गर्न सुझाव दिएका छन्।

4 आजको सुनचाँदी दर: सुनमा ठूलो वृद्धि, चाँदीले पनि तोड्यो अघिल्लो रेकर्ड
  • Share
      message-button
      आजको सुनचाँदी दर: सुनमा ठूलो वृद्धि, चाँदीले पनि तोड्यो अघिल्लो रेकर्ड

      काठमाडौं। नेपाल सुनचाँदी व्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

03/Jun/2025
Midea मासिक लक्की ड्र २०८२ सम्पन्न, काठमाडौंका बलराम कार्कीले जिते वाशिङ मेसिन

काठमाडौं। विश्वप्रसिद्ध होम अप्लायन्सेस ब्रान्ड Midea ले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सुरु गरेको “New Era of Smart Living” योजना अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम...

सफलतापूर्वक सम्पन्न भएको छ। लक्की ड्र १२ जेठ २०८२ मा Midea नेपालको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (Facebook Live) द्वारा सम्पन्न गरिएको हो।

उक्त मासिक लक्की ड्र अन्तर्गत काठमाडौं निवासी श्री बलराम कार्की विजेता घोषित भएका छन्। उनले Midea ब्रान्डको ८ केजी वाशिङ मेसिन जित्न सफल भएका हुन्। कार्कीले चौधरी समूह अन्तर्गतको आधिकारिक Midea डिलरमार्फत उत्पादन खरिद गरी QR कोड स्क्यान गरेर योजना दर्ता गरेका थिए, जसले उनलाई लक्की ड्रमा स्वतः सहभागी बनायो।

Midea एक अग्रणी अन्तर्राष्ट्रिय ब्रान्ड हो, जसले २०० भन्दा बढी देशमा आफ्नो उपस्थिति जमाइसकेको छ। नेपालमा Midea ब्रान्ड अन्तर्गत रेफ्रिजेरेटर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, राइस कुकर, वाटर प्युरीफायर, रुम हिटर, डिशवाशर, भ्याकुम क्लिनरजस्ता स्मार्ट होम अप्लायन्सेस उपलब्ध छन्।

Midea ब्रान्डका उत्पादकहरू ऊर्जा दक्ष, प्रयोगमा सहज र नवीन प्रविधिमा आधारित छन्, जसले नेपाली उपभोक्तालाई स्मार्ट जीवनशैलीमा प्रवेश गराउन सहयोग पुर्‍याइरहेका छन्।

नेपालमा Midea उत्पादनहरूको आधिकारिक वितरण चौधरी समूह अन्तर्गतको CG Electronics ले गर्दै आएको छ। देशव्यापी रूपमा सञ्जाल विस्तार गरिसकेको CG Electronics ले Midea ब्रान्डलाई प्रत्येक नेपाली घरसम्म पुर्‍याउने लक्ष्य लिएको छ।

Midea नेपालले आगामी महिनाहरूमा पनि यस्तै लक्की ड्र कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ। उपभोक्ताहरूले Midea उत्पाद खरिद गरी QR कोड स्क्यान गरेर आगामी ड्रहरूमा पनि सहभागी हुन सक्नेछन्।

4 Midea मासिक लक्की ड्र २०८२ सम्पन्न, काठमाडौंका बलराम कार्कीले जिते वाशिङ मेसिन
  • Share
      message-button
      Midea मासिक लक्की ड्र २०८२ सम्पन्न, काठमाडौंका बलराम कार्कीले जिते वाशिङ मेसिन

      काठमाडौं। विश्वप्रसिद्ध होम

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

03/Jul/2025
सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै हिम स्टार उर्जा कम्पनी

काठमाडौँ। हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ७ करोड ७३ लाख ९७...

हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७३ हजार ९५० कित्ता शेयर निष्कासन गर्ने भएको हो।

यसमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा नबिकेमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर मार्फत आवेदन दिन सकिनेछ।

हिम स्टार उर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि आइपीओ बिक्री खुला गरिसकेको छ।

8 सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै हिम स्टार उर्जा कम्पनी
  • Share
      message-button
      सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै हिम स्टार उर्जा कम्पनी

      काठमाडौँ।  हिम स्टार उर्जा �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

17/May/2025
यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौँ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।

यिनै...

प्रणालीको प्रभावले हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

3 यस्तो रहनेछ आज देशभरको मौसम
  • Share
      message-button
      यस्तो रहनेछ आज देशभरको मौसम

      काठमाडौँ।  हाल देशमा पश्चि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

02/Jul/2025
“एलडीसी” स्तरोन्नती पछि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणको आवश्यकतामाथी महासंघ अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (एलडीसी) बाट स्तरोन्नती पछि पनि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणहरूको लागि विश्व समुदायसँग...

आग्रह गर्नु भएको छ ।

मंगलबार स्पेनको सेभिल्लास्थित फाइब्स सेभिल्ला प्रदर्शनी र सम्मेलन केन्द्रमा आयोजित “सशक्तिकरणका लागि लचिलोपनः दिगो एलडीसी स्तरोन्नतीका लागि जलवायु–स्मार्ट वित्तीयकरण ” (Empowering Resilience: Climate-Smart Financing for Sustainable LDC Graduation) कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नु भएको हो ।

अध्यक्ष ढकालले सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नती हुने विषय नेपालका लागि उपलब्धिसंगै चुनौतीपूर्ण रहेको पनि बताउनु भयो । उहाँले नेपालको एलडीसी स्तरोन्नती लागि तीन मापदण्डमध्ये दुई पूरा भएको भए पनि प्रति व्यक्ति आय स्तर र जलवायु परिवर्तनको प्रभावप्रति उच्च जोखिममा रहेको उल्लेख गर्नुभयो । “नेपालमा धरै अवसरहरू छन् । देशको ४० हजार मेगावाटभन्दा बढीको जलविद्युत सम्भावना छ । विश्वस्तरीय साहसिक पर्यटन गन्तव्यका रुपमा नेपाल परिचित छ । डिजिटल तथा सूचना प्रविधि सेवाहरूमा युवाहरुको सहभागिता बढ्दो छ । तर यो सम्भावनालाई वास्तविकतामा परिणत गर्न बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणको आवश्यकता छ । ” उहाँले भन्नु भयो ।

नेपालको वित्तीय आवश्यकता ठूलो र बढ्दो क्रममा रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसका लागि विश्वसमुदायसंग सहयोग र सहकार्यका लागि आग्रह गर्नु भयो । “सरकारको राष्ट्रिय अनुकूलन योजनाले सन् २०५० सम्म जलवायु अनुकूलनका लागि करिब ४७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ, जुन वार्षिक रूपमा लगभग १.३ अर्ब डलर हो । उहाँले भन्नुभयो, साथै, दिगो विकास लक्ष्यहरू प्राप्त गर्न नेपालले प्रत्येक वर्ष जीडीपीको करिब ११ प्रतिशतको वित्तीय अन्तरको सामना गरिरहेको छ ।”

उहाँले नेपालको कर राजस्व कुल ग्राहस्थ उत्पादनको (जीडीपी) को २०% बाट १६% मा झरेको तथा हरित र दिगो क्षेत्रमा निजी क्षेत्रको लगानी अझै प्रारम्भिक चरणमा रहको उल्लेख गर्दै नेपालको लागि विकास साझेदार, क्षेत्रीय समकक्षी र दीर्घकालीन लगानीकर्ताहरूको सहयोग आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष ढकालले यी चुनौतीहरूका बावजुद पनि नेपालमा थुप्रै सकारात्मक प्रगतिहरू भएको धारणा राख्नु भयो । उहाँले महासंघको पहलमा, नेपाल सरकारले देशको व्यापार र लगानी वातावरण सुधार गर्न ३० भन्दा बढी कानून संशोधन गरेको, द्विपक्षीय लगानी सम्झौताको ढाँचा पनि अनुमोदन गरिएको जानकारी दिंदै यसले लगानीमैत्री वातावरण बन्दै गएको बताउनु भयो ।

एलडीसी स्तरोन्नतीले अन्तर्राष्ट्रिय समर्थनको अन्त्य नभई नयाँ प्रकारको साझेदारीको सुरुवात हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ढकालले नेपालजस्ता देशहरूलाई आर्थिक लचिलोपन निर्माण गर्न, स्वच्छ ऊर्जामा लगानी गर्न तथा जलवायु परिवर्तनले निम्त्याउने जोखिमहरू कम गर्ने दिशामा सहयोग गर्न विश्व समुदायलाई आग्रह गर्नुभयो ।

उहाँले यसका लागि आवश्यक सहयोग र सहकार्यका लागि नेपालको निजी क्षेत्रको छाता संस्थाको तर्फबाट आफुहरु तयार रहेको समेत बताउनु भयो ।

कार्यक्रममा विश्वभरका नीति निर्माता, विकास साझेदार, निजी क्षेत्रका नेताहरू र विशेषज्ञहरूसंग एलडीसीहरूमा जलवायु लचिलोपन र दिगो विकासका लागि वित्तीय चुनौती र अवसरहरूबारे छलफल भएको थियो ।

7 “एलडीसी” स्तरोन्नती पछि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणको आवश्यकतामाथी महासंघ अध्यक्ष ढकालको जोड
  • Share
      message-button
      “एलडीसी” स्तरोन्नती पछि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणको आवश्यकतामाथी महासंघ अध्यक्ष ढकालको जोड

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

31/Jul/2025
आजको विदेशी मुद्राको विनिमय दर डलर, युरो र पाउण्डमा हल्का वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार, अमेरिकी डलर देखिएको छ भने युरो र पाउण्ड स्टर्लिङको दरमा सामान्य...

वृद्धि देखिएको छ।

आज अमेरिकी डलरको खरिद दर रु १३९.५८ र बिक्री दर रु १४०.१८ कायम गरिएको छ। युरोको खरिद दर रु १६०.९४ र बिक्री दर रु १६१.६३ रहेको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिद दर रु १८६.४९ र बिक्री दर रु १८७.२९ रहेको छ।

त्यस्तै स्विस फ्राङ्क खरिद रु १७३.०७, बिक्री रु १७३.८१, अष्ट्रेलियन डलर खरिद रु ९०.५८, बिक्री रु ९०.९७, क्यानाडेली डलर खरिद रु १०१.२२, बिक्री रु १०१.६६, सिङ्गापुर डलर खरिद रु १०८.२६, बिक्री रु १०८.७३ रहेको छ ।

जापानी येन (१० इकाई) खरिद रु ९.४२, बिक्री रु ९.४६, चिनियाँ युआन खरिद रु १९.४४, बिक्री रु १९.५२, साउदी रियाल खरिद रु ३७.२१, बिक्री रु ३७.३७, कतारी रियाल खरिद रु ३८.२९, बिक्री रु ३८.४६, युएई दिराम खरिद रु ३८.००, बिक्री रु ३८.१६ र थाई भाट खरिद रु ४.३०, बिक्री रु ४.३१ रहेको छ।

त्यस्तै मलेसियन रिङ्गिट खरिद रु ३२.९२, बिक्री रु ३३.०६, दक्षिण कोरियन वोन (१०० इकाई) खरिद रु १०.०९, बिक्री रु १०.१४, स्विडिश क्रोनर खरिद रु १४.४५, बिक्री रु १४.५१, डेनिश क्रोनर खरिद रु २१.५७, बिक्री रु २१.६६, हङकङ डलर खरिद रु १७.७८, बिक्री रु १७.८६ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।

3 आजको विदेशी मुद्राको विनिमय दर डलर, युरो र पाउण्डमा हल्का वृद्धि
  • Share
      message-button
      आजको विदेशी मुद्राको विनिमय दर डलर, युरो र पाउण्डमा हल्का वृद्धि

      काठमाडौं । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

14/May/2025
मलेसियामा नेपाली श्रमिकको रोजगारीमा सिण्डिकेट खडा गर्न खोजिएको आरोप, वैदेशिक रोजगार व्यवसायी संघको कडा विरोध

काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङले मलेसियामा रोजगारीका लागि प्रस्तावित सिण्डिकेटलाई कुनै पनि हालतमा स्वीकार नगर्ने दृढ अडान व्यक्त गरेका छन्। बुधबार...

आयोजित सिण्डिकेटविरुद्धको खबरदारी तथा विरोध कार्यक्रममा बोल्दै उनले सिण्डिकेटको प्रयासलाई कडाइका साथ अस्वीकार गर्ने र त्यसविरुद्ध आवश्यक कदम चाल्ने बताए।

उनले भने, मलेसियामा सिण्डिकेट लाद्ने प्रयास हामीलाई कुनै पनि हालतमा मान्य हुँदैन। यदि जबरजस्ती सिण्डिकेट थोपरिन खोजियो भने, हामी त्यसलाई जुन बाटोबाट आए पनि त्यही बाटो फर्काउन तयार छौं। यदि कसैसँग सिण्डिकेटसम्बन्धी कुनै तथ्य वा प्रमाण छ भने हामीलाई उपलब्ध गराउनुहोस्, हामी आवश्यक ठाउँमा पुगेर आवाज उठाउँछौं।

अध्यक्ष गुरुङले आफूलाई प्राप्त जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने र सिण्डिकेट तोड्नका लागि कानुनी तथा व्यावहारिक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए।

यसै क्रममा, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले मलेसियामा कार्यरत संस्था र व्यक्तिहरूलाई सिण्डिकेटविरुद्ध एकजुट भएर लाग्न आह्वान गरे। उनले मलेसियाबाट सुरु भएको सिण्डिकेटको प्रभाव क्रमशः अन्य देशहरूमा पनि फैलिन सक्ने चेतावनी दिँदै यसले वैदेशिक रोजगार व्यवसायीहरूलाई पलायन हुने अवस्थामा पुर्‍याउन सक्ने बताए।

8 मलेसियामा नेपाली श्रमिकको रोजगारीमा सिण्डिकेट खडा गर्न खोजिएको आरोप, वैदेशिक रोजगार व्यवसायी संघको कडा विरोध
  • Share
      message-button
      मलेसियामा नेपाली श्रमिकको रोजगारीमा सिण्डिकेट खडा गर्न खोजिएको आरोप, वैदेशिक रोजगार व्यवसायी संघको कडा विरोध

      काठमाडौँ। नेपाल वैदेशिक रोज�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

14/Jul/2025
सुनचाँदीको भाउ बढ्यो, अब कति पर्ला तोलालाई?

काठमाडौँ। आज अर्थात सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख...

९३ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर २३ सय १५ रुपैयाँ कायम भएको छ। यसअघि आइतबार चाँदी प्रतितोला २२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

5 सुनचाँदीको भाउ बढ्यो, अब कति पर्ला तोलालाई?
  • Share
      message-button
      सुनचाँदीको भाउ बढ्यो, अब कति पर्ला तोलालाई?

      काठमाडौँ। आज अर्थात सोमबार न�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

21/Jun/2025
महासंघ र आइएफसीद्धारा “इएसजी” कार्यशाला सम्पन्न, दिगो भविष्यको लागि इएसजी अपरिहार्य : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दीगो भविष्यका लागि वातावरणीय, सामाजिक र सुशासन (इएसजी) अपरिहार्य भएको बताउनु भएको छ । नेपाल उद्योग...

वाणिज्य महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यशालामा बोल्दै अध्यक्ष ढकालले सो धारणा राख्नु भएको हो ।

सो अवसरमा बोल्दै महासंघका अध्यक्ष ढकालले इएसजी अब ट्रेन्डमात्र नभई व्यवसायको दिगो भविष्य तर्फको अनिवार्य बाटो भएको बताउनु् भयो । उहाँले नेपालजस्ता उदीयमान अर्थतन्त्रका लागि यो नयाँ अवसरको ढोका खोल्ने माध्यम भएको समेत बताउनु भयो । “वर्तमान समयमा इएसजी मापदण्डप्रतिको सचेततना महत्वपूर्ण बन्दै गएको छ । इएसजी जोखिम व्यवस्थापनका लगि अपरिहार्य छ । नेपालमा सुरु भएको यो परियोजनाले नेपाली व्यवसायहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पार्न सहयोग पुर्‍याउनेछ । ” उहाँले भन्नुभयो ।

महासंघले हालसम्म छुट्टाछुट्टै ढंगले वातावरणीय स्थायित्व, सामाजिक पहल तथा सुशासनको क्षेत्रमा काम गरिरहेको भए पनि अब यो ढाँचामार्फत् ती सबै पहलहरूलाई एकीकृत गर्ने दिशामा अगाडि बढ्ने योजना बनाएको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंकले अपनाएको पर्यावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन निर्देशिकालाई पनि महासंघले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै अध्यक्ष ढकालले ३० भन्दा बढी कानूनमा सरकारले गरेको संशोधनले स्वदेशी तथा विदेशी लगानी पवद्र्धन हुने अपेक्षा गरिएको बताउनु भयो ।

कार्यशालामा सहभागीलाई सर्भेक्षण मार्फत इएसजी सम्बन्धी आवश्यक तालिम र क्षमता विकासका कार्यक्रमहरू पहिचान गरिने जानकारी दिइएको थियो । महासंघले यस लगत्तै कोशी प्रदेशमा पनि इएसजी कार्यशाला आयोजना भएको छ । सरोकारवालाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, नीति निर्माताहरू तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहेको कार्यशालामा वातावरण, समाज र सुशासन सम्बन्धी विषयहरूलाई समग्र रूपमा एकीकृत गर्नुपर्नेमा जोड दिइएको थियो ।

7 महासंघ र आइएफसीद्धारा “इएसजी” कार्यशाला सम्पन्न, दिगो भविष्यको लागि इएसजी अपरिहार्य : महासंघ अध्यक्ष ढकाल
  • Share
      message-button
      महासंघ र आइएफसीद्धारा “इएसजी” कार्यशाला सम्पन्न, दिगो भविष्यको लागि इएसजी अपरिहार्य : महासंघ अध्यक्ष ढकाल

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

31/May/2025
रियल स्टेट व्यवसायको विकास अर्थतन्त्रको मेरुदण्ड : व्यवसायी दीपक मलहोत्रा

काठमाडौं। रियल स्टेट व्यवसायी दीपक मलहोत्राले संघीय बजेटमा रियलस्टेट व्यवसायको माग समेटिएको भन्दै सकारात्मक प्रतिक्रिया दिनुभएको छ। उहाँका अनुसार बजेटमा करिब ७०–८० प्रतिशत माग समेटिनुले व्यवसायीको...

आत्मविश्वास बढाएको छ।

व्यवसायी मलहोत्राले भन्नुभयो, “रियल स्टेट व्यवसाय चलायमान नभई अर्थतन्त्रको विकास सम्भव छैन। यो बजेटले त्यसको महत्त्वलाई बुझेको देखिन्छ।” उहाँले बजेटमा रियल स्टेटमा हदबन्दी बढाउने कुरालाई निकै सराहनीय भएको बताउनुभयो।

मलहोत्राले बजेटमा रियल स्टेट क्षेत्रमा भएका सुधारात्मक कदमहरूले व्यवसायलाई थप चलायमान बनाउने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले बजेटले निजी क्षेत्रको मागलाई प्राथमिकतामा राखेर सकारात्मक सन्देश दिएको भन्दै सरकारलाई धन्यवाद दिनुभएको छ।

7 रियल स्टेट व्यवसायको विकास अर्थतन्त्रको मेरुदण्ड : व्यवसायी दीपक मलहोत्रा
  • Share
      message-button
      रियल स्टेट व्यवसायको विकास अर्थतन्त्रको मेरुदण्ड : व्यवसायी दीपक मलहोत्रा

      काठमाडौं। रियल स्टेट व्यवसा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

26/Jun/2025
नेक्सन भेन्चरको नयाँ शोरुम तिनकुनेमा, LEV-01 को बिक्री सुरु, छिट्टै LEV-X र LEV-5 सार्वजनिक हुने

काठमाडौं। नेपालमा एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले राजधानी काठमाडौंको तिनकुनेमा अत्याधुनिक नयाँ शोरुम संचालनमा ल्याएको छ। कम्पनीले नयाँ शोरुममार्फत एलएस अटोको बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी एलईभी–०१...

को बिक्री सुरु गरेको जानकारी दिएको छ।

एलईभी–०१ मा आधुनिक डिजाइन र उच्च प्रविधिको संयोजन देखिएको छ। यस गाडीमा होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप तथा पछाडि सस्पेन्डेड टेललाइट जस्ता प्रिमियम डिजाइन एलिमेन्टहरू समावेश छन्। इन्टेरियरमा लेदरेट स्टेरिङ व्हील, वायरलेस चार्जिङ प्याड, मल्टिकलर एम्बियन्ट लाइट, प्यानोरामिक सनरूफ, र इलेक्ट्रिक एड्जस्टेबल सिट जस्ता विशेषताहरू उपलब्ध छन्।

गाडीमा १० वटा एयरब्याग, ABS, EBD, ट्र्याक्सन कन्ट्रोल, र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता उन्नत सुरक्षा प्रविधिहरू जडान गरिएको छ। युरो एनक्याप क्र्यास टेस्टमा ५ स्टार सुरक्षा रेटिङ प्राप्त यस गाडीले नेपाली उपभोक्तालाई विश्वस्तरीय सुरक्षा अनुभव दिने विश्वास कम्पनीले व्यक्त गरेको छ।

मूल्य र वारेन्टी

नेक्सन भेन्चरले एलईभी–०१ को स्ट्यान्डर्ड संस्करणको मूल्य ५९ लाख ९५ हजार रुपैयाँ र कम्फर्ट संस्करणको मूल्य ६४ लाख ९५ हजार रुपैयाँ तोकेको छ। साथै यसमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको मोटर तथा ब्याट्री वारेन्टी प्रदान गरिनेछ।

चार्जिङ नेटवर्क र सर्भिस सुविधा

देशभर चार्जिङ स्टेशन विस्तार गर्ने योजनाअनुसार कम्पनीले तीनकुनेस्थित एयरपोर्ट कार्गो टर्मिनल अगाडि पहिलो चार्जिङ स्टेशन संचालनमा ल्याइसकेको छ। यस्तै कालोपुलमा सर्भिस सेन्टर समेत स्थापना गरिएको छ, जसले गाडीको मर्मत तथा सेवा सुविधा उपलब्ध गराउनेछ।

छिट्टै LEV-X र LEV-5 पनि सार्वजनिक हुने

कम्पनीले नयाँ शोरुम उद्घाटनसँगै एलईभी–एक्स (LEV-X) र एलईभी–५ (LEV-5) नामका दुई नयाँ इलेक्ट्रिक एसयूभी मोडलहरू पनि छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।

21 नेक्सन भेन्चरको नयाँ शोरुम तिनकुनेमा, LEV-01 को बिक्री सुरु, छिट्टै LEV-X र LEV-5 सार्वजनिक हुने
  • Share
      message-button
      नेक्सन भेन्चरको नयाँ शोरुम तिनकुनेमा, LEV-01 को बिक्री सुरु, छिट्टै LEV-X र LEV-5 सार्वजनिक हुने

      काठमाडौं। नेपालमा एलएस अटोक�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

30/May/2025
यसबर्षको कर नीतिमा भएका मुख्य परिवर्तन – यी वस्तुहरूमा बढी प्रभाव

काठमाडौँ। सरकारले आर्थिक विधेयक २०८२ मार्फत विभिन्न वस्तुहरूको करका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त...

बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताए।

बजेटको नयाँ व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टले विशेष उद्योगसरह आयकर र विधुत महसुल छुट पाएका छन्। सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट दिइएको छ। नेपालमा बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशतमात्र आयकर लाग्ने व्यवस्था पनि सरकारले गरेको छ।

सरकारले रु १० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई पाँच वर्षसम्म आयकर नलिने भएको छ। त्यस्तै, प्राङ्गारिक र प्राकृतिक मल उत्पादनका लागि मिल मिसिनरी तथा उपकरण पैठारी गर्दा लाग्ने भन्सार महसुल हटाइएको छभने यसमा लाग्ने अन्य सबै खालका कर तथा महसुल खारेज गरिएको छ।

फुटबल, क्रिकेट तथा बहुउद्देश्यीय रङ्गशालाको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने यन्त्र, उपकरण तथा खेल सामग्रीको आयातमा एक प्रतिशतमात्र भन्सार लगाउने व्यवस्था ल्याइएको छभने ग्रीन हाइड्रोजन उत्पादन गर्ने उद्योगका लागि मिसिनरी उपकरण आयातमा सबै किसिमका कर छुट दिइएको छ। ग्रीन हाइड्रोजन उत्पादकलाई पाँच वर्षसम्म आयकर छुट दिने व्यवस्था पनि बजेटमा राखिएको छ।

विधुतीय सवारीसाधनको चार्जिङ मेसिन उत्पादन तथा एसेम्बलिङ गर्ने उद्योग स्थापनाका लागि आवश्यक पर्ने उपकरण आयात गर्दा एक प्रतिशत भन्सार महसुलबाहेक अरू कुनै पनि प्रकारका कर लाग्ने छैनन्। साथै, यस्ता उद्योगलाई पाँच वर्षसम्म आयकर छुट दिइएको छ। डिजिटल भुक्तानीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरिएको छ। त्यस्तै, खाद्यान्न, गेडागुडी, फलफूल लगायत वनस्पतिजन्य, पशुजन्य तथा दूधजन्य पदार्थमा भन्सार विन्दुमा लाग्दै आएको अग्रिम आयकर खारेज गरिएको छ। श्रवणशक्ति कमजोर भएका व्यक्तिका लागि आवश्यक पर्ने श्रवणयन्त्रमा लाग्ने मूल्य अभिवृद्धि कर पनि खारेज गरिएको छ।

राजस्व छुट सुविधामा पैठारी गर्न पाउने बिरामी बोक्ने एम्बुलेन्समा विद्यमान रु १६ लाखको मूल्य सीमा हटाइएको छ। बीस वर्षभन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक तथा निजी सवारीसाधनको लगत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम दुई वर्षको आयकर बुझाएमा बाँकी आयकर छुट दिने व्यवस्था सरकारले ल्याएको छ।

मदिरा, वियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि भएको छभने विद्यमान अन्तःशुल्क दरमा पनि वृद्धि भएको छ। स्वास्थ्य जोखिम करको दायरा विस्तार गरिएको छ।

अन्तःशुल्कमा परिवर्तन

घरपालुवा चराहरू (पोल्ट्री)को ताजा (फ्रेस), चिस्याइएको वा हिमीकृत (फ्रोजन) मासुमा १५ प्रतिशत अन्तःशुल्क लगाइएको छ भने खुद्रा बिक्रीका लागि राखिएका कुकुर वा बिरालोको खानाको अन्तःशुल्क १० प्रतिशतबाट बढाएर २० प्रतिशत बनाइएको छ। त्यस्तै, अम्रिसोमा १० प्रतिशत अन्तःशुल्क लगाइएको छ।

सुर्तीजन्य पदार्थको अन्तःशुल्क बढाइएको छ। फिल्टर नभएको चुरोट तथा सिगारको अन्तःशुल्क प्रतिएम रु ७ सय ५५ रहेकामा त्यसलाई बढाएर रु ७ सय ७८ बनाइएको छ। फिल्टर भएको ७० मिलीमिटरसम्म लम्बाइको चुरोटको प्रतिएम अन्तःशुल्क रु १ हजार ७४० रहेकामा त्यसलाई बढाएर रु १ हजार ७९२ बनाइएको छ। त्यस्तै, ७० भन्दा बढी र ७५ मिलीमिटरभन्दा कम लम्बाइको चुरोटको प्रतिएम रु २ हजार ३७० बाट रु २ हजार ४४१ पुर्याइएको छ।

काठको धुलो, सिमेन्ट र विभिन्न बाइन्डिङ केमिकल्स मिश्रण गरी बनेका विभिन्न मोटाइका बोर्डहरूको अन्तःशुल्क पाँच प्रतिशतबाट बढाएर १० प्रतिशत बनाइएको छ। त्यस्तै, निर्माण वा सिभिल इन्जिनियरिङका लागि पूर्वनिर्मित संरचनात्मक अवयवहरूको पनि अन्तःशुल्क पाँच प्रतिशतबाट १० प्रतिशत बनाइएको छ। कर्कटपाता, ब्रेक लाइलिङ प्याडहरूको अन्तःशुल्क पाँच प्रतिशतबाट १० प्रतिशत बनाइएको छ।

भन्सार दरमा परिवर्तन

सुकाएको अङ्गुर (किसमिस) सार्क मुलुकका लागि सात दशमलव २५ प्रतिशत र अन्य मुलुकबाट आयात गर्दा १५ प्रतिशत भन्सार लाग्ने गरेकामा त्यसलाई घटाएर सार्क मुलुकका लागि छ प्रतिशत र अन्य मुलुकका लागि १० प्रतिशत कायम गरिएको छ।

चुकुन्दरको चिनी सार्क मुलुकबाट ६ प्रतिशत र अन्य मुलुकका ल्याउँदा ३० प्रतिशत भन्सार लाग्ने गरेकामा सार्क मुलुकका लागि लाग्ने भन्सार यथावत राखिएको छ भने अन्य मुलुकका लागि भन्सार घटाएर १५ प्रतिशत लाग्ने व्यवस्था कायम गरिएको छ। त्यस्तै, सक्खर गुँड, भेली, गुँडगट्टा, खाँडसारी चिनी, उखुको अन्य चिनी, मिश्रीको भन्सार ३० प्रतिशत लाग्ने गरेकामा त्यसलाई घटाएर १५ प्रतिशत बनाइएको छ। ‘फ्रुटपल्स’को भन्सार बढाएर १० प्रतिशतबाट १५ प्रतिशत बनाइएको छ। त्यस्तै, सुप, ब्रोथ र सोका लागि चाहिने वस्तुको भन्सार महसुल २० प्रतिशत रहेकामा त्यसलाई बढाएर ३० प्रतिशत बनाइएको छ।

सुर्तीरहित सुगन्धित सुपारीको प्रतिकिलो रु १०० भन्सार लाग्ने गरेकामा त्यसलाई परिमार्जन गरी ४० प्रतिशत भन्सार लाग्ने व्यवस्था ल्याइएको छ। त्यस्तै, इनर्जी ड्रिङ्समा प्रतिलिटर रु १०० का दरले भन्सार लाग्दै आएकामा अब ४० प्रतिशत लाग्ने व्यवस्था गरिएको छ। हल्का पेय पदार्थ, बास्नायुक्त दूधका पेय पदार्थको भन्सार पनि ४० प्रतिशत कायम गरिएको छ।

पेय पदार्थ र अल्कोहलजन्य वस्तुमा यसअघि प्रतिलिटर बराबर निश्चित रकम भन्सार दर तोकिएकामा त्यसलाई संशोधन गरिएको छ। जौँबाट बनेको बियर आयातमा प्रतिलिटर रु २०० का दरले भन्सार लाग्ने गरेकामा त्यसलाई संशोधन गरी ८० प्रतिशत भन्सार लाग्ने व्यवस्था ल्याइएको छ।

ताजा अङ्गुरको वाइन र अल्कोहल हाली सुरक्षित गरिएको ‘फोर्टिफाइड वाइन’, ‘स्पार्किङ वाइन’को भन्सार प्रतिलिटर रु ३०० रहेकामा अब ८० प्रतिशत लाग्ने व्यवस्था आर्थिक विधेयकमा राखिएको छ। छ्याङ (कन्ट्री वियर), सेम्पेन, सेरी, मिड, पेरी, साइडरको भन्सार ४० बाट बढाएर ८० प्रतिशत बनाइएको छ।

त्यस्तै, ८० प्रतिशत घनत्व अल्कोहल शक्ति वा सोभन्दा माथि अल्कोहल भएको ‘अन्डिनेचर्ड इथाइल अल्कोहल’ र जुनसुकै अल्कोहल भएको ‘डिनेचर्ड इथाइल अल्कोहल’ तथा अन्य स्प्रिटको भन्सार प्रतिलिटर रु ६० लाग्ने गरेकामा त्यसलाई अब ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको छ। यसअघि ब्राण्डीको आयातमा प्रतिलिटर रु एक हजार ५०० सय भन्सार दर रहेकामा अब ८० प्रतिशत कायम गरिएको छ। त्यस्तै अरु विभिन्न खालका अल्कोहलजन्य पदार्थमा १०० प्रतिशत भन्सार लाग्ने गरी आर्थिक विधेयक ल्याइएको छ।

सिगार र चुरोटको प्रति एक हजार खिल्लीको भन्सार रु ९ हजार रहेकामा त्यसलाई बढाएर रु ११ हजार पुर्याइएको छ। तयारी बिँडी, फिल्टर भएको विभिन्न लम्बाइको चुरोट र सिगारमा प्रतिहजार खिल्ली रु चार हजार ५०० भन्सार लाग्दै आएकामा त्यसलाई बढाएर प्रतिहजार खिल्ली रु पाँच हजार ५०० बनाइएको छ। चुरोट तथा बिँडीका लागि प्रशोधित सुर्तीको भन्सार ३० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्याइएको छ।

इकोजिन वा अन्य चुन मिश्रित स्मारक वा भवन बनाउने ढुङ्गा र एलावास्टर ९स्फटिक ढुङ्गा०को ३० रहेको भन्सार दरलाई घटाएर २० प्रतिशत कायम गरिएको छ। त्यसैगरी, कपडाबाट बनेको भित्ता ढाक्ने वालपेपर (वाल कभरिङ) विभिन्न बुट्टा कुँदिएको भित्तामा टाँस्ने कागज वा प्लास्टिक वालपेपरमा सार्क मुलुकबाहेक अन्यबाट आयात गर्दा यसअघि १५ प्रतिशत भन्सार लाग्दै आएकामा बढाएर २० प्रतिशत बनाइएको छ।

ट्रिमिङ भएको टोपीको भन्सार १५ प्रतिशतबाट २० प्रतिशत बनाइएको छ। काठको धुलो, सिमेन्ट र विभिन्न वाइन्डिङ केमिकल्स मिश्रण गरी बनेको सङ्घार, फ्याक, झिङ्गटी तथा बोर्डहरू सार्कबाहेक मुलुकबाट आयात गर्दा २० प्रतिशत लाग्ने गरेकामा घटाएर १५ प्रतिशत बनाइएको छ।

सिमेन्ट क्रङ्क्रिट वा कृत्रिम ढुङ्गाका सामान आयात गर्दा सार्क मुलुकका लागि सात दशमलव २५ बाट घटाएर छ प्रतिशत र सार्कबाहेकका मुलुकका लागि १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ। विभिन्न निर्माण उपकरण जस्तै, खामो गाड्ने (पाइल ड्राइभर) खामो उखेल्ने (पाइल एक्सट्र्याक्टर) छिद्रण गर्ने (बोरिङ) लगायतका उपकरणमा पाँच प्रतिशत भन्सार लाग्दै आएकामा एक प्रतिशतमा झारिएको छ।

छुट तथा सहुलियत

अन्तःशुल्कको जरिवाना र विलम्ब शुल्क मिनाहासम्बन्धी विशेष व्यवस्था ल्याइएको छ। २०८१ चैत मसान्तसम्म बुझाउनुपर्ने अन्तःशुल्क र विलम्ब शुल्कको ५० प्रतिशत हुने रकम आगामी पुस मसान्तसम्म बुझाएमा जरिवाना र बाँकी विलम्ब शुल्क मिनाहा गर्ने आर्थिक विधेयकमा उल्लेख छ।

त्यस्तै, दर्ता हुन बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक तथा हवाई टिकट बिक्री गर्ने व्यक्ति मूल्य अभिवृद्धि करमा दर्ता भई विसं २०८० कात्तिक १ गतेदेखिको मूअकर आगामी असोज मसान्तसम्म दाखिला गरेमा सोमा लाग्ने ब्याज, जरिवाना र थप दस्तुर मिनाहा गर्ने नीति सरकारले लिएको छ।

आय विवरण पेस नगरेका करदातालाई पनि छुटको व्यवस्था आर्थिक विधेयकमार्फत ल्याइएको छ। यसअघिका कुनै पनि आर्थिक वर्षको आय विवरण नबुझाएको भए त्यस्तो विवरण पेस गरी आगामी पुस मसान्तसम्म आयकर बुझाउन सकिने छ।

4 यसबर्षको कर नीतिमा भएका मुख्य परिवर्तन – यी वस्तुहरूमा बढी प्रभाव
  • Share
      message-button
      यसबर्षको कर नीतिमा भएका मुख्य परिवर्तन – यी वस्तुहरूमा बढी प्रभाव

      काठमाडौँ। सरकारले आर्थिक वि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

18/Jul/2025
आज यी पाँच प्रदेमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशमा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको...

आसपासमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ महाखाले जनाएको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरिको पनि सम्भावना रहेको छ।

सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने तथा हावाहुरीले समेत आंशिक असर पुर्याउन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

3 आज यी पाँच प्रदेमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • Share
      message-button
      आज यी पाँच प्रदेमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

      काठमाडौँ। हाल देशभर मनसुनी व�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

04/Jun/2025
आज पनि बढ्यो सुनको मूल्य, चाँदी २,०७५ मा

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधवारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। पछिल्लो केही दिनदेखि निरन्तर रूपमा बढ्दै आएको सुनको मूल्य आज थप वृद्धि भएको...

छ।

आज २४ क्यारेटको फाइन गोल्ड (9999 शुद्धता) प्रति तोला रु १,९३,२०० मा कारोबार भइरहेको छ। यो दर हिजोको तुलनामा रु ५०० ले बढेको हो। चाँदीको मूल्य पनि आज वृद्धि भई प्रति तोला रु २,०७५ पुगेको छ, जुन हिजोको भन्दा रु ३० ले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको स्थिर वृद्धिको प्रभाव नेपाली बजारमा प्रत्यक्ष देखिएको हो। साथसाथै, मागमा आएको चाप र डलरको भाउले पनि नेपाली बजारमा मूल्य उकास्न भूमिका खेलेको व्यवसायीहरू बताउँछन्।

विवाह–बिहेको सिजन, लगानी प्रवृत्ति, तथा सुनचाँदीलाई सुरक्षित सम्पत्ति मानिने प्रवृत्तिका कारण नेपाली बजारमा सुनको माग अझै बढ्ने अनुमान गरिएको छ।

सुनचाँदी खरिद गर्ने उपभोक्तालाई व्यवसायीहरूले नियमित दरको जानकारी लिएर मात्रै किनमेल गर्न सुझाव दिएका छन्।

6 आज पनि बढ्यो सुनको मूल्य, चाँदी २,०७५ मा
  • Share
      message-button
      आज पनि बढ्यो सुनको मूल्य, चाँदी २,०७५ मा

      काठमाडौं। नेपाल सुनचाँदी व्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

26/May/2025
बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट सम्पन्न : लुम्बिनीलाई केन्द्र बनाएर बौद्ध पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं। नेपाल पर्यटन बोर्डले आयोजना गरेको बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) मा लुम्बिनीलाई केन्द्र बनाएर बौद्ध पर्यटन प्रवद्र्धन गर्ने विषयमा जोड दिइएको छ ।

काठमाडौंमा शुक्रबारदेखि...

सुरु भएको बीआईटीएम आइतबार एक विशेष समारोहका साथ लुम्बिनीमा सम्पन्न भएको छ । तीन दिनसम्म चलेको यस अन्तर्राष्ट्रिय मेलाले बौद्ध धर्ममा आस्था राख्ने मुलुकहरूबीच आपसी सहकार्यलाई बलियो बनाउने पर्यटन बोर्डले जनाएको छ ।

नेपाल एसोसिएसन अफ नेपाल टुर एण्ड ट्राभल एजेन्ट (नाटा) को सहकार्यमा बोर्डले आयोजना गरेको यस कार्यक्रमको समापन समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले पर्यटनको दायरा फराकिलो बनाउने र अर्थतन्त्रमा योगदान पुर्‍याउने उद्देश्यका साथ महत्त्वपूर्ण पहलहरू अघि बढाइरहेको जानकारी गराएका छन् । उनले भने, “बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वभर चिनाउँदै, हामीले पर्यटन प्रवर्द्धनमार्फत प्रदेशको आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएका छौं।” मुख्यमन्त्री आचार्यले पर्यटन पूर्वाधार निर्माण, मौलिक भेषभूषा र सांस्कृतिक वैभवको प्रवर्द्धन, लुम्बिनी केन्द्रित बुद्ध सर्किटको निर्माण, कालीगण्डकी कोरिडोरको प्रचार, प्रमुख सडक र विमानस्थलहरूमा बहुभाषिक डिजिटल सूचना बोर्ड स्थापना जस्ता योजनालाई सरकारको प्राथमिकतामा राखिएको स्पष्ट पारेका छन् । “बुद्ध सर्किटको योजनाबद्ध विकासका लागि लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छ,” उनले भने।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले लुम्बिनी नेपालको गौरवस्थल भएको उल्लेख गर्दै प्रदेश सरकार यसलाई आर्थिक समृद्धिको आधार बनाउन लागि परेको बताए । “हामीले प्रचारप्रसारमा अझै जोड दिनुपर्छ,” मन्त्री न्यौपानेले भने, “पर्यटकको बसाई लम्ब्याउने उपायहरूमा काम भइरहेको छ, र यसका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरिरहेको छ ।” उनले लुम्बिनी विमानस्थलको नियमित उडान सुनिश्चित गर्नु जरुरी भएको उल्लेख गर्दै बुद्ध बाहुल्य देशहरूबाट सिधा उडान व्यवस्था गर्न आवश्यक पहल भइरहेको जानकारी दिएका छन् ।

कार्यक्रममा सहभागी म्यानमार ट्राभल एशोसिएसनका अध्यक्ष क्याए बोह्ने नाइङले बौद्ध

सहभागी हुन पाउँदा अत्यन्त खुसी लागेको प्रतिक्रिया दिए। उनले भने, “यहाँको अनुभव निकै प्रेरणादायक रह्यो। पर्यटन र बुद्ध धर्म प्रवर्द्धनका लागि हामी सँगै हिँड्न चाहन्छौं।” उनले नेपाल र म्यानमारबीच धार्मिक पर्यटनका क्षेत्रमा सहकार्यको सम्भावना अझ बलियो हुने विश्वास व्यक्त गरे।

नेपाली पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले यो कार्यक्रम केवल पर्यटन व्यापारको प्रवर्द्धनका लागि नभई क्षेत्रीय सहकार्यका लागि समेत ऐतिहासिक अवसर भएको बताए। “भारतको ट्राभल एन्ड टुर अपरेटर एशोसिएसनसँग काठमाडौंमा‌भएको उद्घाटन समारोहमा समझदारी भएको थियो,” थपलियाले भने, “आज म्यानमार ट्राभल एजेन्सीसँग पनि सम्झौता सम्पन्न भयो, जुन क्षेत्रीय सहकार्यको बलियो आधार हो ।” उनले चीनको प्रख्यात ३१८ रुट लुम्बिनीसँग जोडिएको स्मरण गर्दै त्यसले बौद्ध पर्यटनको सम्भावना अझ बढाएको बताए ।

बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टमा नेपालसहित भारत, म्यानमार, भुटान, श्रीलंका, थाइल्याण्ड, चीन, जापानलगायतका देशका पर्यटन व्यवसायी, बौद्ध धर्मगुरु, अध्येता र सरकारी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रमलर पर्यटन क्षेत्रको गुणात्मक वृद्धि, सांस्कृतिक सम्बन्ध विस्तार र अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्न उल्लेखनीय योगदान पुर्‍याउने बोर्डले जनाएको छ ।

5 बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट सम्पन्न : लुम्बिनीलाई केन्द्र बनाएर बौद्ध पर्यटन प्रवर्द्धनमा जोड
  • Share
      message-button
      बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट सम्पन्न : लुम्बिनीलाई केन्द्र बनाएर बौद्ध पर्यटन प्रवर्द्धनमा जोड

      काठमाडौं। नेपाल पर्यटन बोर्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

27/Jul/2025
आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया...

बदली रहनेछ। देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा र मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसका साथै राती देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

3 आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • Share
      message-button
      आज यी स्थानमा भारी वर्षाको सम्भावना

      काठमाडौँ। हाल देशभर मनसुनी व�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

18/Jul/2025
एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई सीआईपीबाट सम्मानित

काठमाडौँ। एनआईसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित भएका छन्।

मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष...

योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले बुधबार उनलाई सम्मान गरेको हो।

नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ।

6 एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई सीआईपीबाट सम्मानित
  • Share
      message-button
      एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई सीआईपीबाट सम्मानित

      काठमाडौँ। एनआईसी एसिया बैंक�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

09/Jun/2025
११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालद्वारा लगानी सहजीकरण र औपचारिकीकरणको प्रगतिबारे विशेष प्रस्तुति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताउनु भएको छ । स्वीट्जरल्याण्डको जिनेभामा...

आयोजित ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालले गरेको पछिल्ला सुधारहरु प्रस्तुत गर्नुभयो ।

सम्मेलनका क्रममा रोजगारदाताहरुको तर्पmबाट सोमबार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरकाबारे विश्व समुदायलाई जानकारी गराउनुभयो ।

सम्मेलनमा विश्वका करिब १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधिहरु सहभागी छन् । नेपालमा रोजगारदाताको संस्थाको रुपमा रहेको महासंघका अध्यक्ष ढकालले नीतिगत सुधारसंगै नेपालको भौगर्भिक विविधता एवं भौगोलिक अवस्थितिले लगानीको पर्याप्त अवसर रहेको जानकारी गराउनुभयो ।

महासंघको आग्रहमा करिब ३० वटा लगानी सम्वद्ध कानुनमा परिमार्जन गरिएको र द्धिपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराउँदै अध्यक्ष ढकालले नेपालमा अवसर खोज्न सहभागीहरुमा आग्रह गर्नुभयो । ‘नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको छ,’ उहाँले भन्नुभयो, ‘तर पनि भारत चीन लगायतका मुलुकमा नेपाली उत्पादनको भन्सार रहीत सुविधा कायमै रहने हुँदा नेपालमा थप अवसर कायमै रहनेछ ।’ उहाँले नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत, पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना र अवसरहरु रहेको बताउनुभयो ।

यसैगरी अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले गरिरहेको प्रयासको विश्व मञ्चमा प्रसंशा भएकोमा अध्यक्ष ढकालले खुशी व्यक्त गर्नुभयो । औपचारिक अर्थतन्त्र विस्तारका लागि नवीन सोच सहित काम गरेकोमा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले नेपाल, जिम्बाव्वे, कोट डे भाँ, युरुग्वे र नामिबियाको प्रसंशा गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।

नेपालको अर्थतन्त्रको औचारिकीकरणका लागि महासंघ, ट्रेड युनियन र सरकारले समिति बनाएर काम गरिरहेको समेत अध्यक्ष ढकालले बताउनु भयो ।

यस्तै अध्यक्ष ढकालले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र जलवायु वित्तमा अन्तर्राष्ट्रिय सहभागिताका लागि आग्रह गर्नुभयो ।

हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नभएपनि नेपालका हिमाल पग्लिँदै गएको तथा हिमाल संरक्षणमा नेपालले खेलेको भूमिकाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउँदै उहाँले पहाडी र टापु राष्ट्रहरूका लागि बजार पहुँच, वित्तीय सहायता र विकास सहयोगमा विशेष समर्थनको आवश्यकतामा जोड दिनु भयो ।

सम्मेलनमा अध्यक्ष ढकालले महासंघ सम्मानजनक रोजगारी सिर्जना र आर्थिक बृद्धिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्नुका साथै लगानीकर्ताहरूलाई सहयोग गर्न महासंघले एफडीआई सहायता डेस्क स्थापना गरेको समेत जानकारी दिनुभयो । यस्तै उहाँले कामदारहरूसँग द्विपक्षीय सहकार्यलाई सुदृढ गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको बताउनु भयो ।

अध्यक्ष ढकालले महासंघ नेपाल र विश्वको लागि राम्रो आर्थिक भविष्य निर्माण गर्न विश्वव्यापी साझेदारहरूसँग काम गर्न तयार रहेको समेत बताउनु भयो ।

5 ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालद्वारा लगानी सहजीकरण र औपचारिकीकरणको प्रगतिबारे विशेष प्रस्तुति
  • Share
      message-button
      ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालद्वारा लगानी सहजीकरण र औपचारिकीकरणको प्रगतिबारे विशेष प्रस्तुति

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

09/Jul/2025
रसुवा जिल्लामा आएको प्राकृतिक विप‌द्धति गहिरो समवेदना

काठमाडौँ । रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढी तथा पहिरोले जनजीवनमा पुऱ्याएको अपुरणीय क्षतिले हामीलाई अत्यन्त दुःखी बनाएको छ। यस विपद्‌ले धेरै परिवारको जीवन, घर, व्यवसाय,...

र आशा एकैचोटि बगाएको छ। पीडितहरुप्रति हामी गहिरो समवेदना प्रकट गर्दै, यो कठिन घडीमा उनीहरुलाई शक्ति, धैर्य, र पुनःस्थापनाको आशा मिलोस भन्ने कामना गर्दछौं।

यो घटनाले केवल मानवीय क्षति मात्र होइन, देशको आर्थिक प्रणालीमा पनि गम्भीर असर पुऱ्याएको छ। नेपाल भित्रिने सवारीसाधनमध्ये ६० प्रतिशतभन्दा बढी उत्तरी नाकाबाट आउने हुँदा रसुवागढी नाकास्थित मितेरी पुल पूर्ण रुपमा भत्किनुले आपूर्ति प्रणालीमा ठूलो अवरोध सिर्जना भएको छ। चिनियाँ भन्सारबाट क्लियर भएका गाडीहरु अझै नेपाल प्रवेश गर्न सकेका छैनन्। चाडपर्व नजिकिंदै गर्दा यस्तो अवस्था अझ गम्भीर बनेको छ।

यस सन्दर्भमा, हामी नेपाल सरकार र सम्बन्धित निकायहरूलाई रसुवा जिल्लामा आएको विपद्‌को तत्काल उद्धार राहत, पुनःस्थापना, र पूर्वाधार पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन अनुरोध गर्दछौँ। तात्कालिक रुपमा गरिहाल्नुपर्ने कैयाँ आवश्यकताहरुको सन्दर्भमा NAIMA ले निर्वाह गर्न सक्ने समन्वयकारी भूमिकाका लागि हामी सधैँ तत्पर रहेको जानकारी गराउँदछु।

5 रसुवा जिल्लामा आएको प्राकृतिक विप‌द्धति गहिरो समवेदना
  • Share
      message-button
      रसुवा जिल्लामा आएको प्राकृतिक विप‌द्धति गहिरो समवेदना

      काठमाडौँ । रसुवा जिल्लामा हा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

26/May/2025
एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा

काठमाडौं। टेलिटक प्रा.लि.ले आज एचएमडीको नवीनतम स्मार्टफोन ‘एचएमडी क्रेस्ट म्याक्स फाइभजी (HMD Crest Max 5G)’ नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधियुक्त यस स्मार्टफोनमा उत्कृष्ट प्रदर्शन,...

उन्नत क्यामरा प्रणाली, र सजिलै मर्मत गर्न मिल्ने प्रयोगकर्ता-अनुकूल डिजाइन समावेश गरिएको छ।

एचएमडीले विकास गरेको यो डिभाइस विशेषगरी दिगो प्रविधि र दीर्घकालीन प्रयोगका लागि तयार पारिएको हो, जसले नेपाली उपभोक्ताहरूलाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

टेलिटकका अनुसार, एचएमडी क्रेस्ट म्याक्स फाइभजी नवीनतम प्रविधिसँग सुसज्जित हुनुका साथै नेपाली बजारको आवश्यकता र चाहनालाई मध्यनजर गरी तयार पारिएको हो। स्मार्टफोनको डिजाइन, प्रदर्शन र मर्मतको सहजता यसलाई नेपाली उपभोक्ताका लागि एक उत्कृष्ट विकल्प बनाउनेछ।

मुख्य विशेषताहरू:

• अत्याधुनिक क्यामरा प्रणाली: HMD Crest Max 5G स्मार्टफोन ट्रिपल रियर क्यामरा सेटअपले सुसज्जित छ, जसमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामरा, ५ मेगापिक्सेलको अल्ट्रा-वाइड लेन्स, र २ मेगापिक्सेलको म्याक्रो सेन्सर समावेश छन्। यी क्यामराहरूले विभिन्न कोणबाट स्पष्ट र विस्तृत तस्वीर खिच्न सक्षम बनाउँछन्। अगाडिको ५० मेगापिक्सेल हाई-रेजोल्युशन फ्रन्ट क्यामराले उत्कृष्ट सेल्फी र भिडियो कल अनुभव प्रदान गर्छ, जसले सामाजिक सञ्जालमा सामग्री सिर्जनालाई थप सशक्त बनाउँछ।

• उच्चगुणस्तरीय डिस्प्ले: यो स्मार्टफोनमा ६.६७ इन्चको Full HD+ OLED डिस्प्ले छ, जसले जीवन्त रङहरू, गहिरो ब्ल्याक लेभल र उत्कृष्ट कन्ट्रास्ट प्रदान गर्छ। चाहे तपाईँ भिडियो हेर्नुहोस्, गेम खेल्नुहोस् वा सामाजिक सञ्जाल ब्राउज गर्नुहोस्—यसको डिस्प्लेले सधैं आकर्षक भिजुअल अनुभव दिन्छ।

• उत्कृष्ट कार्यसम्पादन क्षमता: यो डिभाइस यूनिसक T760 5G प्रोसेसरद्वारा संचालित छ र यसमा Android 14 अपरेटिङ सिस्टम प्रयोग गरिएको छ। ८ जीबी र्याम र २५६ जीबी स्टोरेजले मल्टिटास्किङ तथा भारी एप्स चलाउन सहज बनाउँछ। माइक्रोएसडी कार्डद्वारा स्टोरेज थप विस्तार गर्न सकिने सुविधा पनि छ, जसले प्रयोगकर्तालाई लचिलोपन दिन्छ।

• लामो समय टिक्ने शक्तिशाली ब्याट्री: HMD Crest Max 5G मा ५,००० एमएएच क्षमताको ब्याट्री छ, जुन ३३W फास्ट चार्जिङ सपोर्टसहित आउँछ। C-to-C केबलद्वारा चार्ज गर्न सकिने यो ब्याट्री ८०० चार्जिङ साइकलसम्म टिक्न सक्ने गरी डिजाइन गरिएको छ, जसले प्रयोगकर्तालाई बारम्बार चार्ज गर्नुपर्ने झन्झटबाट मुक्त बनाउँछ।

• सजिलो मर्मत सम्भाव्यता (Repairability): "Repairability 1.0" को अवधारणा ल्याउँदै HMD Global ले वातावरणीय दिगोपनमा जोड दिएको छ। प्रयोगकर्ताहरूले डिभाइसको ब्याक कभर, ब्याट्री, डिस्प्ले वा चार्जिङ पोर्ट जस्ता भागहरू आफैंले सजिलै फेर्न सक्ने व्यवस्था गरिएको छ। यसले न केवल उपकरणको आयु बढाउँछ, तर इलेक्ट्रोनिक फोहोर घटाउनेतर्फ पनि महत्वपूर्ण योगदान पुर्‍याउँछ।

• समग्र मूल्य प्रस्ताव: HMD Crest Max 5G ले नवप्रविधि, सशक्त प्रदर्शन, आकर्षक डिजाइन, र वातावरणमैत्री विशेषताहरूको संयोजनमार्फत प्रयोगकर्ताहरूलाई भरपर्दो र दीगो स्मार्टफोन अनुभव प्रदान गर्छ। यो स्मार्टफोन विशेषगरी ती प्रयोगकर्ताका लागि उपयुक्त छ जो स्टाइल, कार्यसम्पादन र जिम्मेवार प्रविधिको सन्तुलन खोजिरहेका छन्।

एचएमडी ग्लोबलका भारत तथा एशिया-प्रशान्त क्षेत्रका उपाध्यक्ष रवि कुँवरले भने:

“एचएमडी क्रेस्ट म्याक्स ५जीको प्रस्तुतिसँगै हामी हाम्रो पहिलो स्मार्टफोन मात्रै सार्वजनिक गरिरहेका छैनौं, हामी नयाँ सोच, नवप्रवर्तन र मानव-केंद्रित प्रविधिको युगको थालनी गर्दैछौं। यो लन्च हामीले अपनाउन चाहेको दृष्टिकोणको प्रतिबिम्ब हो—जहाँ रचनात्मकता, दिगोपन र उत्कृष्ट प्रयोगकर्ता अनुभवलाई प्रविधिको मुटुमा राखिन्छ।

एचएमडी क्रेस्ट म्याक्स ५जी हाम्रो दर्शनअनुसार डिजाइन गरिएको स्मार्टफोन हो, जसले संसारभरका स्टाइलप्रेमी र प्रविधिमैत्री प्रयोगकर्ताहरूलाई आकर्षित गर्नेछ। यसको परिष्कृत डिजाइन, अत्याधुनिक प्रविधि, र वातावरणमैत्री सोचका साथ, यो फोन नयाँ पुस्ताका लागि उत्तम संयोजन हो।

आजका जेनेरेशन जेड उपभोक्ताहरू न केवल स्मार्ट र फास्ट डिभाइस खोज्छन्, उनीहरू मूल्य, डिजाइन र ब्राण्डको उद्देश्यप्रति पनि सचेत छन्। एचएमडीमा, हामी यस्तो प्रविधि निर्माणमा विश्वास गर्छौं जसले प्रयोगकर्ताको आवश्यकतालाई मात्र होइन, भविष्यलाई पनि ध्यानमा राख्छ। क्रेस्ट म्याक्स ५जी हाम्रो लक्ष्यतर्फको एक ठोस कदम हो—जहाँ प्रविधि केवल प्रयोगको कुरा होइन, एक जिम्मेवार र दिगो भविष्य निर्माणको साझेदार पनि हो।

हाम्रो प्रतिबद्धता भनेको हरेक बजारमा उपभोक्ताहरूका आवश्यकतालाई बुझ्नु, र उनीहरूको जीवनशैलीमा थप सहजता, कनेक्टिभिटी र विश्वास ल्याउने समाधान उपलब्ध गराउनु हो। एचएमडी क्रेस्ट म्याक्स ५जीले त्यो यात्राको नयाँ अध्याय सुरु गरेको छ।”

उपलब्धता:

एचएमडी क्रेस्ट म्याक्स ५जी अब आकर्षक डीप पर्पल रङमा नेपाली बजारमा उपलब्ध छ। यस स्मार्टफोनको ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य नेपाली रुपैयाँ २२,९९९ निर्धारण गरिएको छ। ग्राहकहरूले यो उपकरणलाई देशभरका आधिकारिक खुद्रा विक्रेताहरू मार्फत सजिलै प्राप्त गर्न सक्नेछन्। साथै, सुविधाजनक अनलाइन शपिङ प्लेटफर्महरूबाट पनि यो मोडेल खरिद गर्न सकिनेछ।

4 एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा
  • Share
      message-button
      एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा

      काठमाडौं। टेलिटक प्रा.लि.ले आ

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

15/Jul/2025
आज कुन देशको मुद्रा कति रूपैयाँमा साटिन्छन्? यस्तो छ विनिमय दर?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १९ पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा रहेको छ।

यस्तैगरी, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ४२ पैसा र बिक्रीदर १०० रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २० पैसा र बिक्रीदर १०७ रुपैयाँ ६७ पैसा रहेको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५६ पैसा र बिक्रीदर १६१ रुपैयाँ २६ पैसा, युके पाउण्डस्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७३ रुपैयाँ १६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६१ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, अनुसार थाइभाट एकको खरिददर ४ रुपैयाँ २४ पैसा र बिक्रीदर ४ रुपैयाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा रहेको छ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५८ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

4 आज कुन देशको मुद्रा कति रूपैयाँमा साटिन्छन्? यस्तो छ विनिमय दर?
  • Share
      message-button
      आज कुन देशको मुद्रा कति रूपैयाँमा साटिन्छन्? यस्तो छ विनिमय दर?

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

04/Jul/2025
बेष्ट फाइनान्सको २८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ। बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २८औँ वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ।

बुधवार भएको साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा उपयुक्त...

बैंक तथा वित्तीय संस्थासंग गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने लगायतका प्रस्ताव पारित गरेको छ।

साधारण सभाले प्रा.डा.रामजी गौतम, सुशीला खनाल, रामचन्द्र देवकोटा, खिमलाल पौड्याल, रामलाल श्रेष्ठ र विष्णुप्रसाद ज्ञवालीलाई निर्विरोध सञ्चालक समितिमा निर्वाचित गरेको छ।

संस्थाले आफ्ना शेयरधनी, ग्राहक, नियामक निकाय तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी र नवीनतम् सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ।

3 बेष्ट फाइनान्सको २८औं वार्षिक साधारण सभा सम्पन्न
  • Share
      message-button
      बेष्ट फाइनान्सको २८औं वार्षिक साधारण सभा सम्पन्न

      काठमाडौँ। बेष्ट फाइनान्स कम�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

25/Jun/2025
आजको विदेशी मुद्राको विनिमय दर, कुनको मूल्य कति?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा रहेको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७० रुपैयाँ ३६ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९ पैसा र बिक्रीदर १०० रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा रहेको छ।

यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८३ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ २० पैसा र बिक्रीदर चार रुपैयाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा रहेको छ।

त्यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३६ पैसा र बिक्रीदर २१ रुपैयाँ ४६ पैसा रहेको छ।

हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४५० रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५८ रुपैयाँ ८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

13 आजको विदेशी मुद्राको विनिमय दर, कुनको मूल्य कति?
  • Share
      message-button
      आजको विदेशी मुद्राको विनिमय दर, कुनको मूल्य कति?

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

14/May/2025
बढ्यो सुनको भाउ, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख...

८५ हजार ३ सय रुपैयाँ पुगेको छ।

महासङ्घले दिएको जानकारी अनुसार मंगलबार तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँले बढेर नयाँ दर कायम भएको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य स्थिर रहँदा पनि नेपाली बजारमा मागको कारण थोरै उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।

यता, चाँदीको मूल्य भने आज ओरालो लागेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

पछिल्लो समय विश्व बजारमा सुनको मूल्यमा स्थिरता देखिएको छ भने चाँदीको मूल्यमा भने थोरै घटबढ भइरहेको छ। व्यवसायीहरूले सुन र चाँदी दुवैमा बजारको माग आपूर्ति र अन्तर्राष्ट्रिय बजारको उतारचढाव अनुसार परिवर्तन हुने जानकारी दिएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दैनिक रूपमा विदेशी बजार दर र स्थानीय बजारको स्थिति हेरी सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

6 बढ्यो सुनको भाउ, चाँदीको मूल्यमा सामान्य गिरावट
  • Share
      message-button
      बढ्यो सुनको भाउ, चाँदीको मूल्यमा सामान्य गिरावट

      काठमाडौं। नेपाली बजारमा बुध�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

01/Aug/2025
सवारी आयात र EV नीति सम्बन्धी सवारी निर्देशिका २०८२ मा नाडा र विभागको छलफल

काठमाडौँ। सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी नयाँ निर्देशिका २०८२ का विषयमा राष्ट्रिय अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)ले गहिरो चासो व्यक्त गर्दै यातायात व्यवस्था विभागसँग औपचारिक...

छलफल गरेको छ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक राजिव पोखरेलसँग भेट गरी, प्रस्तावित निर्देशिकाका विविध बुँदाहरूमा विस्तृतरूपमा चर्चा गरेको हो। छलफलमा विशेषगरी विद्युतीय सवारीसाधनको वारेन्टी, ग्यारेन्टी, अधिकृत सर्भिस सेन्टरको व्यवस्था, चार्जिङ स्टेसन पूर्वाधार, इम्बोस्ड नम्बर प्लेट अनिवार्यता, प्रयोग भइसकेका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन, र दस्तावेज प्रमाणीकरणसम्बन्धी विषयहरू उठान गरिएको थियो।

यसबाहेक, मोटर क्षमताका आधारमा भन्सार महसुल निर्धारण, सवारीको सिट संख्या विवाद, ट्याक्सी व्यवसायीका समस्या, र ट्याक्सीमा प्रयोग हुने गाडीको मूल्य निर्धारण लगायतका विषयमा समेत चिन्ता व्यक्त गरिएको थियो।

अध्यक्ष चौधरीले यस्ता गम्भीर विषयहरूलाई बुँदागत रूपमा नाडामा पुनः छलफल गरी विभागलाई सुझाव पठाउने प्रतिबद्धता जनाउँदै, विभागले छलफलमा बोलाएकोमा आभार व्यक्त गरे। उपाध्यक्ष राजनबाबु श्रेष्ठले भने, “निर्देशिकामा उल्लेखित केही बुँदाहरू नेपालको वर्तमान परिस्थितिमा व्यावहारिक छैनन्। यस्ता विषयहरूमा अझ गहिरो छलफल आवश्यक छ।”

विभागका महानिर्देशक पोखरेलले नेपालमा सवारी आयात र व्यवस्थापनका लागि स्पष्ट नीति नभएको स्थितिमा निर्देशन ल्याउन लागिएको बताए। उनले भने, “सरकार अब व्यवसायीहरूको पूरकको रूपमा अगाडि बढ्न चाहन्छ। निजी क्षेत्रको योगदान आर्थिक विकासमा महत्वपूर्ण छ।”

नाडाका अध्यक्ष चौधरीले सवारीसाधन परीक्षण (टेस्टिङ) फेसिलिटीको व्यवस्था सम्बन्धी प्रस्ताव राखेका थिए, जसमा विभागले सकारात्मक प्रतिक्रिया जनाउँदै तीन वटा मुख्य क्षेत्रमा नाडासँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताएको छ।

छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले हालको सवारी आयात प्रक्रियाबारे विस्तृत जानकारी दिएका थिए। बैठकमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, कार्य समिति सदस्य यमुना श्रेष्ठ र महासचिव सरुनेन्द्र प्रधान पनि सहभागी थिए।

4 सवारी आयात र EV नीति सम्बन्धी सवारी निर्देशिका २०८२ मा नाडा र विभागको छलफल
  • Share
      message-button
      सवारी आयात र EV नीति सम्बन्धी सवारी निर्देशिका २०८२ मा नाडा र विभागको छलफल

      काठमाडौँ। सवारी साधन आयात, उत

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

13/May/2025
युवाहरूको लागि आर्थिक स्वतन्त्रता: बचत, लगानी र वित्तीय साक्षरताको मन्त्र

के तपाईंले कहिल्यै सोच्नुभएको छ, आफ्नो सपनाको बाइक किन्न वा विदेश घुम्न पैसा कहाँबाट आउँछ? वा, ३० वर्ष नपुग्दै आर्थिक रूपमा स्वतन्त्र हुने बाटो के हो?...

जवाफ हो—वित्तीय साक्षरता।

नेपालका युवाहरूले सही समयमा पैसाको व्यवस्थापन सिके भने, आर्थिक स्वतन्त्रता कुनै टाढाको सपना होइन। यहाँ हामी पैसा बचत गर्ने, लगानी गर्ने, र बजेट बनाउने सजिला तरिकाहरूबारे चर्चा गर्नेछौं।

#१. बचत: सानो कदम, ठूलो परिणाम

नेपालमा धेरै युवाहरू आफ्नो जागिरको पहिलो तलब पाउँदा उत्साहित हुन्छन्। तर, तलब आउनासाथ नयाँ फोन किन्ने वा साथीहरूसँग रमाइलो गर्ने लोभमा पैसा सकिन्छ। बचत गर्नु भनेको भविष्यको लागि आफैंलाई उपहार दिनु हो।

- सुझाव: आफ्नो मासिक आम्दानीको कम्तीमा १०-२०% बचत गर्नुहोस्।

- कसरी? बैंकमा बचत खाता खोल्नुहोस् वा नेपालमा उपलब्ध "सहकारी" मा सानो रकम जम्मा गर्नुहोस्।

- उदाहरण: यदि तपाईंको मासिक तलब २५,००० छ भने, ५,००० बचत गर्नुहोस्। एक वर्षमा ६०,००० जम्मा हुन्छ, जुन तपाईंको आपतकालीन कोष बन्न सक्छ।

प्रश्न: तपाईंले यो महिना कति बचत गर्नुभयो?

# २. लगानी: पैसाले पैसा कमाओस्

बचतले तपाईंको पैसा सुरक्षित राख्छ, तर लगानीले त्यसलाई बढाउँछ। नेपालमा सेयर बजार र म्युचुअल फन्ड युवाहरूमाझ लोकप्रिय हुँदैछन्।

- सेयर बजार: नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा सेयर किनबेच गर्न सकिन्छ। तर, यसमा जोखिम हुन्छ। त्यसैले, पहिले राम्रो कम्पनीहरू (जस्तै: नेपाल टेलिकम, एनएमबी बैंक) बारे अध्ययन गर्नुहोस्। डिम्याट खाता खोलेर सानो रकमबाट सुरु गर्न सकिन्छ।

- म्युचुअल फन्ड: यो सेयर बजारभन्दा कम जोखिमपूर्ण हुन्छ। नेपालमा एनआईसी एसिया, सानिमा, वा सिद्धार्थ म्युचुअल फन्ड जस्ता विकल्पहरू छन्। मासिक १,००० बाट पनि लगानी सुरु गर्न सकिन्छ।

- सुझाव: लगानी गर्नुअघि वित्तीय सल्लाहकारसँग कुरा गर्नुहोस् र आफ्नो जोखिम वहन गर्ने क्षमता जाँच्नुहोस्।

उदाहरण: २२ वर्षीया स्मृति, जो काठमाडौंमा जागिर गर्छिन्,ले मासिक २,००० म्युचुअल फन्डमा लगानी गर्छिन्। ५ वर्षमा उनको लगानी दोब्बर हुने सम्भावना छ।

# ३. बजेट: पैसाको नक्सा बनाऔं

बजेट बनाउनु भनेको पैसाको योजना बनाउनु हो। नेपालमा धेरै युवाहरूले बजेट बनाउँदैनन्, जसले गर्दा महिनाको अन्त्यमा खल्ती रित्तो हुन्छ।

- कसरी बनाउने?

- आफ्नो मासिक आम्दानी र खर्चको सूची बनाउनुहोस्।

- खर्चलाई तीन भागमा बाँड्नुहोस्: आवश्यक (भाडा, खाना), बचत/लगानी, र मनोरञ्जन।

- ५०-३०-२० नियम प्रयोग गर्नुहोस्: ५०% आवश्यक खर्च, ३०% बचत/लगानी, २०% मनोरञ्जन।

- उपकरण: नेपालमा उपलब्ध "मनी म्यानेजर" जस्ता मोबाइल एपले बजेट ट्र्याक गर्न सजिलो बनाउँछ।

उदाहरण: रोहन, एक कलेज विद्यार्थी,ले आफ्नो मासिक खर्चको बजेट बनाए। उनले क्याफेमा अनावश्यक खर्च घटाएर मासिक २,००० बचत गर्न थाले।

# ४. किन वित्तीय साक्षरता?

नेपालमा वित्तीय साक्षरता अझै कम छ। धेरै युवाहरूलाई सेयर बजार, म्युचुअल फन्ड, वा कर प्रणालीबारे थाहा हुँदैन। वित्तीय साक्षरताले तपाईंलाई:

- आर्थिक निर्णयहरूमा आत्मविश्वास दिन्छ।

- ऋणको पासोबाट जोगाउँछ।

- भविष्यको लागि तयार गर्छ।

# तपाईंको पहिलो कदम

आजै सानो कदम चाल्नुहोस्। मासिक १,००० बचत गर्नुहोस्, बजेट बनाउनुहोस्, वा सेयर बजारबारे किताब पढ्नुहोस्। नेपालमा धेरै अनलाइन प्लेटफर्मले सेयर बजार सिक्न सजिलो बनाएका छन्।

प्रश्न: तपाईंको आर्थिक स्वतन्त्रताको पहिलो कदम के हुनेछ? हामीलाई कमेन्टमा बताउनुहोस्!

आर्थिक स्वतन्त्रता कुनै जादु होइन, यो तपाईंको सानो प्रयासको फल हो। युवा उमेरमै वित्तीय साक्षरता अपनाउनुहोस्, र आफ्नो सपनालाई वास्तविकतामा बदल्नुहोस्!

17 युवाहरूको लागि आर्थिक स्वतन्त्रता: बचत, लगानी र वित्तीय साक्षरताको मन्त्र
  • Share
      message-button
      युवाहरूको लागि आर्थिक स्वतन्त्रता: बचत, लगानी र वित्तीय साक्षरताको मन्त्र

      के तपाईंले कहिल्यै सोच्नुभए�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

04/Jul/2025
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ८० पैसा रहेको छ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ र बिक्रीदर १०७ रुपैयाँ ४७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

2 यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
  • Share
      message-button
      यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

15/Jun/2025
ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविधुत आयोजनामा लगानी

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविधुत आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

यस आयोजनाको प्रवर्द्धक कम्पनी सौर्य होल्डिङ प्रा.लि....

र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेश अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेश अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङ प्रा.लि.का प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका थिए। ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समय सिमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन वृद्धि भई निर्यात प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

ताप्लेजुङ्ग जिल्लाको माथिल्लो मेवा खोलामा निमार्ण हुने ३१.९२ मेगावाट क्षमताको यस जलविधुत आयोजनाको अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ। यो आयोजना निर्माण सुरू भएको मितिबाट ३ वर्ष भित्र सम्पन्न हुने छ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे। साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ।

ग्लोबल आइएमई बैंक देशको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ्ग सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

4 ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविधुत आयोजनामा लगानी
  • Share
      message-button
      ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविधुत आयोजनामा लगानी

      काठमाडौँ। ग्लोबल आइएमई बैंक �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

09/May/2025
Discussion Held to Boost Nepal–China Trade and Investment; FNCCI President Dhakal Urges Chinese Investors to Invest in Nepal

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानीको प्रशस्त सम्भावना रहेकोले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेको छ । शुक्रवार काठमाडौंमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा...

महासंघको नेतृत्वले नेपालको पर्यटन, जलविद्युत, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारी साधन जस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको जानकारी दिंदै लगानीको लागि आग्रह गरेको हो ।

नेपाल स्थित चिनीयाँ तथा बंगलादेशी दुतावासका प्रतिनिधी तथा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागि हुन नेपाल आएको दुवै देशको प्रतिनिधिमण्डललाई स्वागत गर्दै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । “चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । नेपालमा पर्यटन, उर्जा कृषि तथा आइटी जस्ता क्षेत्रमा प्रशस्त सम्भावना छ । ती क्षेत्रमा लगानी गर्न म यहाँहरुलाई आग्रह गर्दछु । ” अध्यक्ष ढकालले भन्नुभयो ।

अध्यक्ष ढकालले नेपालमा लगानीका लागि थुप्रै नीतिगत सुधारहरू भएको र लगानी गर्न चाहने व्यवसायीहरुका लागि सहजकिरण गर्न महासंघ तयार रहेको समेत बताउनु भयो । यस्तै उहाँले नेपाल अन्तरराष्ट्रिय व्यापार मेलामा चीनको निरन्तर सहभागिताको लागि आभार व्यक्त गर्दै मेला केवल वस्तु तथा सेवाको खरिद बिक्रीको स्थलमात्र नभएर आपसी सहकार्य र व्यापार प्रवद्र्धनको उपर्युक्त माध्यम भएको बताउनु भयो ।

यसैबीच नेपाल–चीन आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय व्यापार असन्तुलन न्यूनीकरण, संयुक्त लगानीका सम्भावनाका बारेमा महासंघमा चिनीयाँ प्रतिनिधीमण्डलसंग छलफल भएको छ । छलफलका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल–चीन सम्बन्धले व्यापार, लगानी, र सहकार्यका लागि ठूलो सम्भावना बोकेको चर्चा गर्दै नेपाली उत्पादनको बजार पहुँच र निर्यात तथा सीमापार व्यापारमा चीनको सहयोग आवश्यक रहेको बताउनु भयो ।

चीनको वाणिज्य मन्त्रालय अन्र्तगतको चाइना ट्रेड ब्यूरोका महानिर्देशक लिउ डायन समले नेपालका विभिन्न क्षेत्रमा चिनीयाँ लगानी भइरहको र अन्य क्षेत्रमा समेत लगानी गर्न तथा दुई देशबीचको व्यापार सम्बनधलाई थप राम्रो बाउन आफुहरु सधै तयार रहेको बताउनु भयो । उहाँले दुई देशबीचको सीमापार व्यापारलाई सहज बनाउन र नेपालको पर्यटन प्रवद्र्धनका लागि थप सहयोग आदान–प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेपाल स्थित चिनीयाँ दुतावासका इकोनोमिक एण्ड कर्मश सेक्सनका सेकेन्ड सेक्रेटरी लि चाउले नेपालको व्यवासाय प्रर्वद्धन तथा चिनीयाँ सहयोगका लागि द्तावास सधैं सकारात्मक रहेको बताउनु भयो ।

छलफलका क्रममा महासंघका उपाध्यक्ष हेमराज शर्माले नेपालको उद्योग तथा व्यवसाय प्रवद्र्धनमा चीनीयाँ प्रविधि, पुँजी र अनुभवले महत्वपूर्ण योगदान दिने बताउँदै त्यसको लागि चिनीयाँ पक्षको सहयोग आवश्यक रहेको बताउनु भयो । यस्तै अर्का उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेकोले यस क्षेत्रमा सहकार्य र लगानीका लागि आग्रह गर्नुभयो । यस्तै महासंघका केन्द्रीय सदस्य एवं व्यापार मेला समितिका सभापनि उमेश डालमियाले चीनमा आयोजना हुने मेलामा नेपाली व्यवसायीहरुको सहभगिताको लागि थप सहयोग एवं सहकार्यका लागि चिनीयाँ पक्षलाई आग्रह गर्नुभयो ।

वैशाख २५ गते देखि सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागि हुन यति बेला चिनीयाँ र बंगलादेशी व्यवसायीको समुह नेपालमा रहेको छ । मेलामा शुक्रवार करिब ५ हजार दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जानकारी दिएको छ ।

17 Discussion Held to Boost Nepal–China Trade and Investment; FNCCI President Dhakal Urges Chinese Investors to Invest in Nepal
  • Share
      message-button
      Discussion Held to Boost Nepal–China Trade and Investment; FNCCI President Dhakal Urges Chinese Investors to Invest in Nepal

      काठमाडौं ।  नेपाल उद्योग वा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

11/May/2025
आज अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौ। नेपाल राष्ट्र बैंकले आज अर्थात बैशाख २८ गते (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ १ सयको खरिद दर...

१६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ३० पैसा र बिक्री दर १३६ रुपैयाँ ९० पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १५३ रुपैयाा ३९ पैसा र बिक्री दर १५४ रुपैयाँ ७ पैसा रहेको छ। बेलायती पाउन्ड एकको खरिद दर १८० रुपैयाँ ९७ पैसा र बिक्री दर १८१ रुपैयाँ ७७ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १६४ रुपैयाँ ९ पैसा र बिक्री दर १६६ रुपैयाँ ८१ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २७ पैसा र बिक्री दर ८७ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९४ पैसा र बिक्री दर ९८ रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३९ पैसा र बिक्री दर ३७ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

5 आज अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति?
  • Share
      message-button
      आज अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति?

      काठमाडौ। नेपाल राष्ट्र बैंक�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

13/May/2025
अमेरिकी डलर, जापानी येन, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मङ्गलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार,भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर...

१६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ३० पैसा र बिक्री दर १३६ रुपैयाँ ९० पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १५१ रुपैयाँ २७ पैसा र बिक्री दर १५१ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिद दर १७९ रुपैयाँ ४० पैसा र बिक्री दर १८० रुपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १६१ रुपैयाँ ३७ पैसा र बिक्री दर १६२ रुपैयाँ ८ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १३ पैसा र बिक्री दर ८७ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५० पैसा र बिक्री दर ९७ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रुपैयाँ ३२ पैसा र बिक्री दर १०४ रुपैयाँ ७८ पैसा रहेको छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ २० पैसा र बिक्री दर ९ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९२ पैसा र बिक्री दर १९ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३९ पैसा र बिक्री दर ३७ रुपैयाँ ५६ पैसा रहेको छ।

थाई भाट एकको खरिद दर ४ रुपैयाँ ७ पैसा र बिक्री दर ४ रुपैयाँ ९ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ११ पैसा र बिक्री दर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ७२ पैसा र बिक्री दर ३१ रुपैयाँ ८६ पैसा रहेको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६० पैसा र बिक्री दर ९ रुपैयाँ ६४ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ ८९ पैसा र बिक्री दर १३ रुपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ २८ पैसा र बिक्री दर २० रुपैयाँ ३७ पैसा रहेको छ।

हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ४९ पैसा र बिक्री दर १७ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिद दर ४४३ रुपैयाँ १८ पैसा र बिक्री दर ४४५ रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६३ रुपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रुपैयाँ ५ पैसा र बिक्री दर ३५५ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

2 अमेरिकी डलर, जापानी येन, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज?
  • Share
      message-button
      अमेरिकी डलर, जापानी येन, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज?

      काठमाडौँ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

14/Jul/2025
जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि हकप्रद शेयर जारी गर्ने

काठमाडौँ। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (JOSHI) ले साउन १५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५...

प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसमा असार ७ गतेसम्म कायम रहेका सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।

जोशीको हकप्रद शेयरमा प्रतिकित्ता १०० रुपैयाँको दरले भदौ ४ गतेसम्म आवेदन दिन सकिने छ। हकप्रद सेयरको बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, काठमाडौँ, जोशी हाइड्रोपावरको कार्यालय नयाँ बानेश्वर, काठमाडौँ र लक्ष्मी सनराइज बैंकको इलाम शाखाबाट समेत आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

3 जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि हकप्रद शेयर जारी गर्ने
  • Share
      message-button
      जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि हकप्रद शेयर जारी गर्ने

      काठमाडौँ। जोशी हाइड्रोपावर �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

24/May/2025
सगरमाथा आरोहीहरूको ऐतिहासिक भेला: एभरेस्ट समिटियर्स समिट २०२५ मा १६ देशका १७७ भन्दा बढी सहभागी

काठमाडौं। सगरमाथा आरोहण गरिसकेका विश्वभरका पर्वतारोहीहरू पहिलोपटक एउटै मञ्चमा जम्मा हुने ऐतिहासिक कार्यक्रम “एभरेस्ट समिटियर्स समिट २०२५” मा १६ देशका १७७ भन्दा बढी अनुभवी आरोहीहरूको सहभागिता...

सुनिश्चित भएको छ। एभरेस्ट एलायन्स नेपाल द्वारा आयोजित यो भव्य सम्मेलनले नेपाललाई सुरक्षित र दिगो पर्वतारोहण गन्तव्यको रूपमा विश्वमा चिनाउने महत्त्वपूर्ण प्रयासको रूपमा हेरिएको छ।

उक्त सम्मेलनमा भारत, अमेरिका, चीन, अष्ट्रेलिया, बेलायत, नर्वे, मोरक्को, यूएई, सिङ्गापुर, इरान लगायतका मुलुकका प्रसिद्ध आरोहीहरूको सहभागिता रहनेछ। सम्मेलनको प्रमुख उद्देश्य आरोहण अनुभूति, वातावरण संरक्षण, जलवायु संकट, महिला सहभागिता र नवीनतम प्रविधिबारे अन्तरक्रिया तथा साझा सिकाइको अवसर प्रदान गर्नु हो।

समिटको विशेष आकर्षणमा सन् १९५३ मा सर एडमण्ड हिलारीसँगै पहिलो पटक सगरमाथा आरोहण गरेका जीवित किंवदन्ती श्री कान्छा शेर्पालाई “लाइफटाइम एचिभमेन्ट अवार्ड” द्वारा सम्मान गर्ने कार्यक्रम रहेको छ। यसैगरी ICIMOD, IUCN, WWF, ZSL, NTNC जस्ता संस्थाहरूको सहभागिता रहने प्यानल छलफलमा वातावरणीय संरक्षण र उत्तरदायी पर्यटनबारे विशेष सन्देश प्रवाह गरिनेछ।

साँस्कृतिक महोत्सव, चित्रकला प्रदर्शनी, पर्वतीय जीवनशैली झल्काउने कार्की प्रदर्शनी, हिमाली हस्तकला तथा उपकरणहरू प्रदर्शनी, र स्थानीय उत्पादनको प्रवर्द्धनसमेत गरिने कार्यक्रममा नाम्चे, खुम्बु, कास्की, म्याग्दी लगायतका हिमाली क्षेत्रहरूको सहभागिता हुनेछ।

एभरेस्ट समिटियर्स समिट २०२५ ले केवल अनुभव साटासाट होइन, नेपालमा बढ्दो पर्यावरणीय संकटप्रति अन्तर्राष्ट्रिय सहकार्य र सचेतना अभिवृद्धि गर्ने दिशामा सशक्त सन्देश दिनेछ।

यो सम्मेलन "सपना, संघर्ष र सफलताको संगम" बन्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

19 सगरमाथा आरोहीहरूको ऐतिहासिक भेला: एभरेस्ट समिटियर्स समिट २०२५ मा १६ देशका १७७ भन्दा बढी सहभागी
  • Share
      message-button
      सगरमाथा आरोहीहरूको ऐतिहासिक भेला: एभरेस्ट समिटियर्स समिट २०२५ मा १६ देशका १७७ भन्दा बढी सहभागी

      काठमाडौं। सगरमाथा आरोहण गरि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

13/May/2025
आज यी स्थानहरूमा वर्षाको सम्भावना, मौसम विभागको पूर्वानुमान यस्तो छ

काठमाडौँ। पश्चिमी तथा स्थानीय वायुका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार...

बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली छ।

दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

2 आज यी स्थानहरूमा वर्षाको सम्भावना, मौसम विभागको पूर्वानुमान यस्तो छ
  • Share
      message-button
      आज यी स्थानहरूमा वर्षाको सम्भावना, मौसम विभागको पूर्वानुमान यस्तो छ

      काठमाडौँ। पश्चिमी तथा स्थान�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

20/Jul/2025
देशभर मनसुनी वायु सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं | हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको नजिकै रहेकाले विभिन्न क्षेत्रमा वर्षाको सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

छ।

आज बिहान देशका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी प्रदेशहरूमा मौसम आंशिक बदली रहँदै आएको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसोदेखि रातिसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

सम्भावित भारी वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्छ। तराई तथा शहरी क्षेत्रहरूमा डुबानको सम्भावना छ। ठूला तथा साना नदी-नालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी गर्न महाशाखाको आग्रह छ।

3 देशभर मनसुनी वायु सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • Share
      message-button
      देशभर मनसुनी वायु सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

      काठमाडौं | हाल देशभर मनसुनी व�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

16/Jun/2025
थोरै लगानीमा आकर्षक र बलियो घर कसरी बनाउने? हेर्नुहोस् यस्ता छन् केही टिप्सहरू

घर सबै मानिसहरूको जीवनसँग जोडिएको चीज हो जुन जीवनभरको कमाइ नै खर्च गरेर बनाउनुपर्ने हुन्छ। आजभोली घर बनाउँन बजारमा निर्माण सामग्रीहरूको भाउन पनि बढेको पाइन्छ।...

त्यसैले आजको लेखमा सस्तो र सरल किसिमले थोरै लगानीमा घर कसरी बनाउँ सकिन्छ भन्ने बारे आजको लेखमा उल्लेख गर्नेछौँ।

जति धेरै सम्पति भएपनि उसको इच्छा भने सँधै न्यूनतम मुल्यमा गुणस्तरीय सामान पाउँनु हो। घरको लागि आवश्यक सामाग्री होस वा व्यतिगत सामान सबैले कम मुल्यमा उच्च गुणस्तरीय सामानको खोजी गर्छन्। तर, मूल्य पनि कम सामान पनि राम्रो के यो सम्भव छ? घर बनाउने बेलामा पनि यस्ता कुराहरू बारम्बार आउने गर्दछन्। सबै मानिसको चाहना नै हुन्छ कम खर्चमै आकर्षक र बलियो घर बनाउने। त्यसैले यहाँ कम लागतमा घर बनाउनका लागि केहि उपायहरू बारे चर्चा गरिएको छ।

घर बनाउने सामानको छनोट

घरको सम्पूर्ण खर्चको ६५ प्रतिशत खर्च घर बनाउने सामानमा लाग्छ। यसैले, भान्सा कोठाका सामान, बिजुलीका सामान, पाइप, काठ, सिलिङमा प्रयोग गरिने सामान, सजावटका सामान र अन्य सामान सस्तोमै गुणस्तरीय पाइने ठाउँमा खरीद गर्नुपर्छ।

एउटै गुणस्तरका सामान पनि ठाउँअनुसार महँगो अर्थात भाउ फरक पर्ने भएकाले बजारभाउ बुझेर मात्र खरीद गर्नु राम्रो हुन्छ। देखिने र आवश्यक ठाउँमा महँगो सामान प्रयोग गरे पनि नदेखिने र अनावश्यक स्थानमा कम मूल्यका बलिया सामान प्रयोग गरेर खर्च घटाउन सकिन्छ।

ठेकेदारको छनोट

निजी घरहरू निर्माण गर्दा पनि नाफाखोर ठेकेदारका कारण लागत बढ्न सक्छ। त्यसैले, घरको लागतअनुसारको काम गर्न सही ठेकेदारको छनोट महत्त्वपूर्ण हुन्छ। ठेकेदार इमानदार र अनुभवी भएमा निर्माण सामग्रीको सदुपयोग हुनुका साथै व्यवस्थापन पनि राम्रो हुन्छ। यसबाट कम खर्चमै पनि गुणस्तरीय काम गर्न सकिन्छ।

नक्साको चयन

सबैभन्दा पहिला नक्सा (डिजाइन) मा ध्यान दिनुपर्छ। कत्रो, कस्तो र कुन किसिमको घर बनाउने र कति लागत लाग्ने भन्ने नक्सा बनाउँदा नै तय गर्नुपर्दछ। आफ्नो जग्गाको साइजअनुसार उपयुक्त र सबै ठाउँको सदुपयोग हुने किसिमले घरको नक्सा इञ्जिनीयरलाई बनाउन लगाउनुपर्छ।

पछि डिजाइन परिवर्तन नगर्ने

कतिपय मानिस घर बनाइसकेपछि त्यसको भित्र निर्माण गर्ने भान्साकोठा, सुत्नेकोठा, बाथरूम आदिको डिजाइन परिवर्तन गर्दछन्। यसले गर्दा डिजाइन खर्च बढ्ने, कामदार खर्च बढी हुने, घरको क्षमता फरक हुने र त्यसको निर्माण महँगो पर्छ। त्यसैले, पहिले नै सही डिजाइन छनोट गरी सोहीबमोजिम निर्माण गर्नु उपयुक्त हुन्छ।

वर्गाकार आकारमा बनाउने

अन्य घरभन्दा वर्गाकार घर बनाउँदा धेरै सस्तो पर्ने विशेषज्ञहरू बताउछन्। आयताकार घरको भन्दा वर्गाकार घरको निर्माण लागत १५ देखि २० प्रतिशतसम्म कम पर्ने इञ्जिनीयरहरू बताउँछन्। साथै, एक तलाको ठूलो घर र त्यसमा कोठाहरू बनाउनुको सट्टा दुई तलाको सानो घर निर्माण गर्दा २५ प्रतिशत लागत खर्च कम लाग्ने बताइन्छ।

वालहरू कम बनाउने

घर निर्माण गर्दा भित्रपट्टि कम सङ्ख्यामा वाल राख्दा फाइदा हुन्छ। बाहिरी वालको दाँजोमा भित्री वालको मोटाइ पनि पातलो बनाउनु राम्रो हुन्छ। यसले घरमा ठाउँ बढी उपलब्ध हुन्छ भने खर्च पनि कम लाग्छ। साथै, घरमा भर्याङका खुट्किला ज्यादा घुमाउरा तथा धेरैको सट्टा चुस्त र कम बनाउनुपर्छ। यसले लागत र ठाउँ दुवै बचत गर्न सकिन्छ भने घरलाई भद्दा देखिनबाट पनि जोगाउँछ।

3 थोरै लगानीमा आकर्षक र बलियो घर कसरी बनाउने? हेर्नुहोस् यस्ता छन् केही टिप्सहरू
  • Share
      message-button
      थोरै लगानीमा आकर्षक र बलियो घर कसरी बनाउने? हेर्नुहोस् यस्ता छन् केही टिप्सहरू

       घर सबै मानिसहरूको जीवनसँग �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

19/Jul/2025
अर्थतन्त्र सुदृढिकरणका लागि औपचारिक प्रणालीमा जोड दिनु आवश्यक: महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको अर्थतन्त्र सदृढिकरणका लागि औपचारिक अर्थतन्त्रमा जोड दिनु पर्ने बताउनु भएको छ ।

नेपाल उद्योग वाणिज्य...

महासंघको आयोजना तथा अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा काठमाडौंमा सञ्चारकर्मीहरुका लागि आयोजित औपचारिकीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दिगो विकासका लागि अनौपचारिक अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा समाहित गर्नु पर्ने बताउनु भयो । उहाँले व्यवसाय दर्ता प्रक्रियालाई सरल र डिजिटल बनाउन, कर प्रणालीलाई पारदर्शी र व्यवसायमैत्री बनाउन, अनौपचारिक क्षेत्रलाई औपचारिक बनाउन सहुलियत र प्रशिक्षण प्रदान गर्न र महिला, युवा तथा ग्रामीण उद्यमहरूका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनु भयो ।

“औपचारिकीकरण निजी क्षेत्रका लागि मात्र नभई समग्र राष्ट्रिय अर्थतन्त्रका लागि आवश्यक छ । औपचारिकीकरण केवल प्रशासनिक प्रक्रिया मात्र होइन, यो दिगो, समावेशी र प्रतिस्पर्धी अर्थतन्त्रको आधारशिला हो । यो अब विकल्प नभई आवश्यकता हो । उहाँले भन्नुभयो , औपचारिकीकरणले व्यवसायलाई कानसनी सुरक्षा ,वित्तयि पहँच,श्रम अधिकार,कर प्रणालीमा स्पष्टता र दीगो आथिृक बृद्धिको आधार प्रदान गर्दछ ।

महासंघका उपाध्यक्ष हेमराज ढकालले महासंघले औपचारिकीकरणका पहलहरूलाई निरन्तर साथ दिँदै आएको र यो विषयमा थप प्रभावकारी कदम चाल्न सरकार, निजी क्षेत्र, र अन्य सरोकारवाला समुदायबीच सहकार्य आवश्यक रहेको बताउनु भयो ।

महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले यो छलफलले औपचारिकीकरणको विषयलाई थप स्पष्ट बनाउने उल्लेख गर्दै सरोकारवाहरुको संयुक्त प्रयासले मात्रै नेपालको अर्थतन्त्रलाई औपचारिक र समृद्ध बनाउन सकिने धारणा राख्नु भयो ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सरक्षा मन्त्रालयका सहसचिव एवं राष्ट्रिय औपचारिकिकरण समितिका अध्यक्ष प्रदीप कुमार कोइरालाले औपचारिककरणका लागि समितिले प्रभावकारी ढंगले काम गरिरहेको र यो निरन्तर भईरहने प्रक्रिया भएको बताउनु भयो । उहाँले श्रम क्षेत्रमा देखिएको अनौपचारिकिरणलाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोषमा सहभागितालाई जोड दिइएको पनि बताउनु भयो ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव महेश दाहालले औपचारिक तथा अनौपचारिक अर्थतन्त्रका बारेमा, श्रम रोजगार तथा सामाजिक सरक्षा मन्त्रालयका उपसचिव गगन विष्ट र अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) नेपालका राष्ट्रिय कार्यक्रम संयोजक सौरभ शाहले औपचारिकीकरणमा नेपालले गरिरहेका प्रयासहरु र यसको राष्ट्रिय तथा अन्तराष्टिय प्रभाव , महासंघका महानिर्देशक गोकर्ण अवस्थिले औपचारिकिकरणको लागि महासंघले गरिरहेका पहल र यसको प्रभावकारिता तथा औपचारिककरणका विषयमा सञ्चारमाध्यको भूमिकाका विषयमा पत्रकार मोदनाथ ढकालले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

3 अर्थतन्त्र सुदृढिकरणका लागि औपचारिक प्रणालीमा जोड दिनु आवश्यक: महासंघ अध्यक्ष ढकाल
  • Share
      message-button
      अर्थतन्त्र सुदृढिकरणका लागि औपचारिक प्रणालीमा जोड दिनु आवश्यक: महासंघ अध्यक्ष ढकाल

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

22/May/2025
विदेशी मुद्रा बजारमा उतारचढाव, नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरीद दर १३६.७३ रुपैयाँ र बिक्री दर १३७.३३ रुपैयाँ निर्धारण...

गरिएको छ। यूरोपियन यूरोको खरीद दर १५५.०३ रुपैयाँ र बिक्री दर १५५.७१ रुपैयाँ रहेको छ।

ब्रिटिश पाउण्ड स्टर्लिङको खरीद दर १८३.३६ रुपैयाँ र बिक्री दर १८४.१७ रुपैयाँ छ। स्विस फ्राङ्कको खरीद दर १६५.९० रुपैयाँ र बिक्री दर १६६.६३ रुपैयाँ निर्धारण गरिएको छ। अष्ट्रेलियन डलरको खरीद दर ८८.१४ रुपैयाँ र बिक्री दर ८८.५३ रुपैयाँ रहेको छ।

क्यानाडियन डलरको खरीद दर ९८.५० रुपैयाँ र बिक्री दर ९८.९३ रुपैयाँ छ। सिंगापुर डलरको खरीद दर १०६.०७ रुपैयाँ र बिक्री दर १०६.५३ रुपैयाँ निर्धारण गरिएको छ। जापानी येनको खरीद दर ९.५२ रुपैयाँ र बिक्री दर ९.५६ रुपैयाँ (१० येन बराबर) रहेको छ।

चिनियाँ युआनको खरीद दर १८.९८ रुपैयाँ र बिक्री दर १९.०६ रुपैयाँ छ। साउदी रियालको खरीद दर ३६.४४ रुपैयाँ र बिक्री दर ३६.६० रुपैयाँ निर्धारण गरिएको छ।

नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ कि बैंकहरूले खुला बजारमा उद्धृत गर्ने विनिमय दरहरू फरक हुन सक्छन्। त्यसैले, वास्तविक कारोबार गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट अद्यावधिक दरहरू प्राप्त गर्न सल्लाह दिइएको छ।

5 विदेशी मुद्रा बजारमा उतारचढाव, नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ दर
  • Share
      message-button
      विदेशी मुद्रा बजारमा उतारचढाव, नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ दर

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

14/May/2025
आज प्रतिनिधिसभामा भूमि सम्बन्धी विधेयक पेश हुँदै, प्रमुख बुँदाहरू के के छन्?

काठमाडौँ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्नेछ। बैठकमा मङ्गलबार सुरू भएको आगामी आर्थिक वर्ष २०८२–०८३ का...

लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ।

यसअघि यही बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रियसभाबाट आइतबार बहुमतले पारित भएको थियो।

यस्तै, बुधबारको बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने कार्यसूची छ।

यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्ने छन्।

3 आज प्रतिनिधिसभामा भूमि सम्बन्धी विधेयक पेश हुँदै, प्रमुख बुँदाहरू के के छन्?
  • Share
      message-button
      आज प्रतिनिधिसभामा भूमि सम्बन्धी विधेयक पेश हुँदै, प्रमुख बुँदाहरू के के छन्?

      काठमाडौँ।  संघीय संसद अन्त�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

13/Jul/2025
आज २१२औँ भानु जयन्ती, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती। आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

वि.सं. १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुम्दी...

रम्घा भन्ने ठाउँमा भानु भक्त आचार्यको जन्म परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो।

ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो।

नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुन् जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिव्यक्त गरेको हुन्। त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा लय हालेर पाठ गरिन्छ।

भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए।

‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो। यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत कृति छन्। कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’।

आदिकवि आचार्यको निधन वि.सं. १९२५ असोजमा भएको थियो। भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ।

5 आज २१२औँ भानु जयन्ती, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
  • Share
      message-button
      आज २१२औँ भानु जयन्ती, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

      काठमाडौँ। नेपाली साहित्यका �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

19/Jun/2025
आजको विदेशी मुद्रा विनिमय दर अपडेट: अमेरिकी डलर र युरो स्थिर, पाउण्डमा वृद्धि

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। प्रमुख मुद्राहरू पहिलो तहमा स्थिर र भरोसायोग्य रहेको देखिन्छ। अमेरिकी डलरको खरिद...

दर रु १३८.०७ र बिक्री दर रु १३८.६७ रहेको छ 

। युरोको खरिद रु १५८.७३ र बिक्री रु १५९.४२ कायम छ । बेलायती पाउण्ड स्टर्लिङको खरिद दर रु १८५.६० र बिक्री दर रु १८६.४१ कायम भएको छ ।

अन्य प्रमुख मुद्राहरू जस्तै अष्ट्रेलियन डलर खरिद रु ८९.६५ / रु ९०.०४, क्यानाडेली डलर रु १०१.०४ / रु १०१.४८, स्विस फ्रैंक रु १६८.७८ / रु १६९.५१, सिंगापुर डलर रु १०७.४१ / रु १०७.८८, जापानी येन (१० युनिट) रु ९.५३ / रु ९.५७, र चिनियाँ युआन रु १९.२१ / रु १९.२९ कायम भएको छ ।

सोही अनुसार, भारतको मुद्रा भारतीय रुपैयाँ १०० युनिट बराबर खरिद रु १६०.०० र बिक्री रु १६०.१५ मा कारोबार भइरहेको छ । यसका अतिरिक्त, साउदी रियाल रु ३६.८० / रु ३६.९६, कतारी रियाल रु ३७.८८ / रु ३८.०४, थाइ बाह्त रु ४.२३ / रु ४.२५, यूएई दिरहम रु ३७.६० / रु ३७.७६, मलेसियाली रिङ्गिट रु ३२.४८ / रु ३२.६२, दक्षिण कोरियाली वोन रु १०.०४ / रु १०.०८, स्विडेन क्रोना रु १४.४१ / रु १४.४७, डेनिश क्रोना रु २१.२८ / रु २१.३७, हङकङ डलर रु १७.५९ / रु १७.६७, कुवैती दिनार रु ४५०.७५ / रु ४५२.७१, बहरेनी दिनार रु ३६६.११ / रु ३६७.७०, र ओमानि रियाल रु ३५८.६० / रु ३६०.१६ रहेको छ ।निर्धारण भएको छ ।

नेपाल राष्ट्र बैंकले यो विनिमय दर नियमित रूपमा अपडेट गर्दै आएको छ र बैंकहरूले यसलाई आधिकारिक निर्देशनका रूपमा अपनाउने गर्छन्। उपभोक्ताहरूलाई सल्लाह दिइएको छ कि ठूला कारोबार गर्दा वा विदेश भ्रमण तयारी गर्दा, आजकै आधिकारिक दर हेरेर मात्र मस्यौदा गर्नुपर्नेछ।

11 आजको विदेशी मुद्रा विनिमय दर अपडेट: अमेरिकी डलर र युरो स्थिर, पाउण्डमा वृद्धि
  • Share
      message-button
      आजको विदेशी मुद्रा विनिमय दर अपडेट: अमेरिकी डलर र युरो स्थिर, पाउण्डमा वृद्धि

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

04/Jul/2025
चार यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ।

शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार...

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपात पनि हुनसक्ने सम्भावना रहेको छ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

3 चार यी प्रदेशमा आज भारी वर्षाको सम्भावना
  • Share
      message-button
      चार यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

      काठमाडौँ। हाल देशभर मनसुनी व�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

01/Jun/2025
अटोमोबाइल व्यवसायको स्थायित्व र विद्युतीय सवारी साधनमा प्रोत्साहनको स्वागत, तर आईसीई र हाइब्रिड सवारीप्रति बजेट मौन: नाइमाको प्रतिक्रिया

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले सरकारले संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यलाई स्वागत गर्दै अटोमोबाइल व्यवसायको दीर्घकालीन विकासमा...

जोड दिएको छ। नाइमाले बजेटमा विद्युतीय सवारी साधन र चार्जिङ मेसिन उत्पादन उद्योगलाई प्राथमिकता दिइएकोमा सकारात्मक प्रतिक्रिया जनाउँदै यसलाई वातावरण संरक्षण र दिगो विकासतर्फको प्रतिबद्धताको पुष्टि भनेको छ।

नाइमाले चार्जिङ मेसिन उत्पादन तथा एसेम्बलिङ्गका लागि १ प्रतिशत मात्र भन्सार महसुलको व्यवस्था र देशभर सवारी फिटनेस केन्द्र स्थापना नीतिलाई व्यवसाय विस्तारका लागि सकारात्मक पाटोको रूपमा औँल्याएको छ। यसले निजी क्षेत्रको सहभागिता सुदृढ गर्दै दक्षता अभिवृद्धि र पूर्वाधारको दिगोपनमा टेवा पुर्याउने नाइमाको विश्वास छ।

यद्यपि, नाइमाले बजेटले अझै महत्वपूर्ण विषयलाई सम्बोधन नगरेको भन्दै केही नीतिगत कमजोरी औँल्याएको छ। संस्थाले आन्तरिक दहन इन्जिन (ICE) सवारी साधनमा課 रहेको अत्यधिक करलाई पुनःसंरचना गरी आम सर्वसाधारणको पहुँचमा ल्याउनुपर्ने माग गरेको छ। साथै, विश्वभर लोकप्रिय बन्दै गइरहेका हाइब्रिड र प्लग–इन हाइब्रिड सवारी साधनमा कुनै प्रोत्साहन नदेखिएको भन्दै निराशा व्यक्त गरेको छ।

एसेम्बलिङ्ग र उत्पादन क्षमताको विस्तारका लागि कर प्रोत्साहन नहुनुले ‘मेक इन नेपाल’ अभियानलाई पछाडि पार्ने नाइमाको भनाइ छ। व्यवसाय स्थायित्वको अभावले विगतमा जस्तै अस्थिरता ल्याउने भन्दै नाइमाले दीर्घकालीन र दीगो नीतिका लागि सरकारलाई आग्रह गरेको छ।

नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले अटोमोबाइल क्षेत्र देशको आर्थिक वृद्धिको इन्धन भएको उल्लेख गर्दै दीर्घकालीन स्थिर नीति निर्माण र निजी क्षेत्रलाई प्रोत्साहन दिने व्यवस्था अपरिहार्य रहेको बताउनुभयो। नाइमाले आगामी दिनमा आईसीई सवारी साधन, हाइब्रिड प्रवर्द्धन र ‘मेक इन नेपाल’ अभियानलाई समेत बजेटले सम्बोधन गर्ने आशा व्यक्त गरेको छ।

5 अटोमोबाइल व्यवसायको स्थायित्व र विद्युतीय सवारी साधनमा प्रोत्साहनको स्वागत, तर आईसीई र हाइब्रिड सवारीप्रति बजेट मौन: नाइमाको प्रतिक्रिया
  • Share
      message-button
      अटोमोबाइल व्यवसायको स्थायित्व र विद्युतीय सवारी साधनमा प्रोत्साहनको स्वागत, तर आईसीई र हाइब्रिड सवारीप्रति बजेट मौन: नाइमाको प्रतिक्रिया

      काठमाडौं। नेपाल अटोमोबाइल इ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

02/Jun/2025
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो: पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा

काठमाडौं। नेपाल आयल निगमले १८ गतेबाट लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले...

मूल्य वृद्धि गर्ने निर्णय गरेको छ।

यससँगै अब पेट्रोल, डिजेल र मट्टितेलको मूल्य क्रमशः रु १५९ र रु १४३ प्रतिलिटर पुग्नेछ। निगमका अनुसार, पछिल्लो अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो।

यसैबीच, हवाइ इन्धनको मूल्य भने आन्तरिक उडानतर्फ प्रतिलिटर ३ रुपैयाँले र अन्तर्राष्ट्रिय उडानतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ। आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको कारण हवाइ इन्धनको मूल्य समायोजन गरिएको बताएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढावका कारण नेपालमा पनि नियमित रूपमा मूल्य परिवर्तन भइरहेको छ।

3 पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो: पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा
  • Share
      message-button
      पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो: पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा

      काठमाडौं। नेपाल आयल निगमले १�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

20/Jul/2025
हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ। हिमालयन बैंक लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत असार ३२ देखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँको...

१०० रुपैयाँ अंकित दरमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको थियो।

एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम सम्पूर्ण कित्ता सम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले एफपीओ जारी गरेको हो।

हाल बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ।

सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको सार्वजनिक निष्कासन गरेको हो। एफपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्नेछ।

3 हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
  • Share
      message-button
      हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

      काठमाडौँ। हिमालयन बैंक लिमि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

29/Jun/2025
प्रधानमन्त्री ओली र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता, बजेट र नीतिगत सुधारमा छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा हालै कार्यान्वयनमा आएका निजी क्षेत्रसँग सम्बद्ध व्यवस्थाहरूमा सुधारका लागि प्रधानमन्त्री...

केपी शर्मा ओलीसमक्ष आग्रह गर्नु भएको छ ।

शनिवार भएको भेटमा आव ०८२/८३ को बजेटमा अध्यक्ष ढकालले महासंघले उठाउँदै आएका व्यवस्थाहरु समेटिएकोमा धन्यवाद ज्ञापन गर्दै बजेटका केही प्रावधान र हालै कार्यान्वयनमा आएका नीतिगत व्यवस्थाले उद्यम व्यवसायमा असर देखिएको हुँदा आवश्यक सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो । भेटका क्रममा प्रधानमन्त्री ओलीले निजी क्षेत्र मैत्री व्यवसायिक वातावरण बनाउन आप्‌mनो सरकार प्रयत्नशील रहेको र महासंघका सुझावलाई सकारात्मक रुपमा लिएको वताउनुभयो ।

यसैबीच महासंघका अध्यक्ष ढकालले आइतवार उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेट गरि आव ०८२/८३ को बजेटमा महासंघका सुझावहरुका बारेमा ध्यानाकर्षण गराउनु भएको छ ।

अध्यक्ष ढकालले प्रधानमन्त्री समक्ष पेश गर्नुभएको सुझावमा हवाई टिकट र हिरा जवाहरातमा लगाइएको मूल्य अभिवृद्धि कर, जलविद्युतमा दिइदै आइएको सुविधा, सवारी साधनमा लागु भएको युरो ५,६ को व्यवस्था, मेला महोत्सव, एमआरपी, वनस्पतिजन्य वस्तुको आयात निर्यात समेटिएका छन ।

महासंले सुन चाँदी व्यवसायमा लगाइएको मुल्य अभिवृद्धिकर र विस्तार गरिएको विलासिता कर हटाउनका लागि आग्रह गर्नुभयो । यसैगरि, टिकटमा यसअघिबाटै लाग्दै आएको मुल्यअभिवृद्धिकर र पाँचतारे होटल तथा रिसोर्टहरूमा २% विलाशिता कर नेपाल महंगो पर्यटकीय गन्तव्य बनेकोमा अध्यक्ष ढकालले ध्यानाकर्षण गराउनुभयो । यस व्यवस्थाले अन्य मुलुकबाट टिकट लिने प्रचलन बढेकाले दोहोरो प्रभाव परेको छ ।

यस्तै वन तथा वातावरण मन्त्रालयद्धारा हालै लागू गरिएको यूरो–५ र ६ मापदण्डले सवारी साधन र स्पेयर पाट्र्स आयातमा अवरोध भएकोले पुरानै मापदण्ड (यूरो–३) मा अर्डर भैसकेका सामान ल्याउने व्यवस्थाका लागि पनि आग्रह गरिएको छ । भारतमा १० हजार मेगावाट बिद्युत निर्यातको सम्झौता भैसकेको र बंगलादेशमा समेत विद्युत निर्यात प्रारम्भ भएको अवस्थामा यस क्षेत्रमा प्रदान गरिएको छुटले समग्र पुर्वाधार क्षेत्रमै गुणात्मक सुधार हुन सहयोग पुग्ने भएकोले विद्युत आयोजना निर्माण गर्न २०८२ सम्म दिइएको हालको कर छुट सम्वन्धि व्यवस्थालाई २०९२ सम्म बढाउन अनुरोध गरिएको छ ।

यस्तै विद्युत खरिद सम्झौतामा स्पष्टता माग गर्दै रन अफ रिभर आयोजनाको ’टेक एण्ड पे’ नीतिले लगानीमा अन्योल भएको भन्दै सरकारद्धारा गरिएको परिमार्जित व्यवस्थालाई थप स्पष्ट पार्नु आवश्यक रहेको पनि महासंघको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघसंग आवद्ध १३० भन्दा बढी जिल्ला नगर उद्योग वाणिज्य संघहरुले बिगत २ दशकदेखि स्थानीय मेला महोत्सव आयोजना गरी स्थानीय उत्पादन र पहिचानको बजारीकरणको साथै आर्थिक गतिविधिमा टेवा पुर्‍याँउदै आएको अवस्थामा पछिल्लो समयमा केही स्थानिय तहबाट मेला महोत्सवहरु ठेक्का पट्टामा सञ्चालन गर्ने प्रवृति बढ्दै गएकाले उद्योग वाणिज्य संघहरूले मात्र मेला–महोत्सव आयोजना गर्न पाउने व्यवस्थालाई निरन्तरता दिनेबारे पहलका लागि पनि महासंघले माग गरेको छ ।

भारतीय गुणस्तर मापदण्ड र पोर्टल समस्याले स्टिलजन्य वस्तुको प्रभावित निर्यात सहजीकरण तथा बजेटमा कच्चा पदार्थभन्दा अन्तिम वस्तुमा बढि महसुल लगाइएका वस्तुहरुको दरवन्दी समायोजनका लागि पनि महासंघले आग्रह गरेको छ । यस्तै स्वदेशी र आयातित वस्तुमा अनिवार्य एमआरपी लेबल लगाउने व्यवस्थालाई निजी क्षेत्रसँग छलफल गरेर कार्यान्वयन गर्न माग गरेको छ भने पुष्प व्यवसायमा सहजीकरणका लागि वनस्पतिजन्य वस्तुको आयात–निर्यातमा शत्रुजीव जोखिम विश्लेषण (पीआरए) प्रक्रियालाई सरल र लागत–प्रभावी बनाउन अनुरोध गरिएको छ ।

महासंघले यी मागहरू सम्बोधन भएमा लगानी प्रवद्र्धन, रोजगारी सृजना र आर्थिक सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको महासंघका अध्यक्ष ढकालले बताउनु भयो । अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको सहकार्यबाट सुधारोन्मुख अर्थतन्त्रले गति लिने बताउनु भयो ।

8 प्रधानमन्त्री ओली र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता, बजेट र नीतिगत सुधारमा छलफल
  • Share
      message-button
      प्रधानमन्त्री ओली र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता, बजेट र नीतिगत सुधारमा छलफल

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

15/Jul/2025
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी,...

बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भाग तथा मधेश प्रदेशको केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

3 यी प्रदेशमा आज भारी वर्षाको सम्भावना
  • Share
      message-button
      यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

      काठमाडौँ। मनसुनको न्यूनचापी

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

12/Jun/2025
IOE र WTO का उच्च नेतृत्वसँग महासंघ अध्यक्षको भेटवार्ता, साना अर्थतन्त्र र बहुपक्षीय व्यापार प्रणालीमा छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले परिवर्तित आर्थिक परिदृष्यमा नेपाल जस्ता साना मुलुकमा लगानी विस्तार एवं बजार पहँुचका विषयमा अन्तरराष्ट्रिय संस्थाहरुसंग छलफल...

गर्नुभएको छ ।

स्विजरल्याण्डको जेनेभामा सम्पन्न ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा रोजगारदाताहरुको अन्तरराष्टिय संगठन इन्टरनेशनल अर्गनाइजेशन अफ इम्पोलयर्स (आइओइ) का महासचिव रोबर्टो स्वारेज सान्तोस तथा डब्ल्यूटीओका उपमहानिर्देशक झाङ शियाङछेन्सँग भएको छुट्टाछुट्टै भेटवार्ताका क्रममा उहाँले नेपाल भित्र भएका लगानीका सभावना र दुवै संस्थाहरुसंगको सहकार्य तथा नेपालको अपेक्षाका बारेमा आफ्ना धारणा राख्नु भएको थियो ।

आइओइका महासचिव रोबर्टो स्वारेज सान्तोससँगको भेटवार्ताका क्रममा उहाँले विकासका चुनौतीहरू पार गर्न तत्काल लगानीको खाँचो रहेको उल्लेख गर्नु भयो । अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्पर्कलाई मजबुत बनाउन र यस क्षेत्रमा प्रयोग भइरहेका उत्कृष्ट अभ्यासहरू नेपालमा भित्र्याउन सहयोग आदान प्रदान गर्न सक्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले पर्यटन, जलविद्युत् र सूचना तथा सञ्चार प्रविधि जस्ता क्षेत्रहरूमा नेपालमा उल्लेखनीय लगानीका अवसरहरू उपलब्ध रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा फैलाउन सहयोग गर्न महासचिव रोबर्टो स्वारेज सान्तोससँगको आग्रह गर्नुभयो । “नेपालमा लगानीका पर्याप्त सम्भावना छन् । भारत र चीनजस्ता दुई विशाल अर्थतन्त्रहरूबीच अवस्थित नेपाल ३ अर्ब जनसंख्याको बजारमा उत्पादन र निर्यातका लागि उपयुक्त स्थान भएकाले अन्तरराष्टिय लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दछु । ” उहाँले भन्नुभयो ।

अध्यक्ष ढकालले आइओइ र महासंघसँगको सहकार्यमार्फत नीति संवाद, सामाजिक संवाद तथा संस्थागत क्षमताको सुदृढीकरणमा दिएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आइओइसँगको सहकार्यले नेपाली रोजगारदाताहरुलाई विश्वव्यापी मञ्चहरूमा आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै तालिम र अनुसन्धान पहुँच बढाएको उल्लेख गर्नुभयो ।

सो अवसरमा बोल्दै आइओइका महासचिव रोबर्टो स्वारेज सान्तोसले महासंघ आइओइको पुरानो र क्रियाशलि सदस्य रहेको उल्लेख गर्दै महासंघले अन्तरराष्ट्रिय स्तरका निर्वाह गरेको भूमिका र सहकार्यको प्रसंशा गर्नु भयो । उहाँले आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि आइओइ सधैं तयार रहेको बताउनु भयो ।

यसैगरी सम्मेलनको क्रममा महासंघका अध्यक्ष ढकालले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का उपमहानिर्देशक झाङ शियाङछेन्सँग पनि बेग्लै भेटवार्ता गर्नुभयो । उक्त भेटमा उहाँले नेपालले अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा भोगिरहेका केही संरचनात्मक चुनौतीहरूबारे चर्चा गर्नुभयो ।

सन् २०२६ सम्म नेपालले अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति गर्ने प्रक्रियाको सन्दर्भमा डब्ल्यूटीओले अन्तरिम अवधिमा शुल्क तथा कोटामुक्त पहुँच कायम राख्ने निर्णयलाई अध्यक्ष ढकालले स्वागत गर्नुभयो । तर, उहाँले नेपाललाई अन्तर्राष्ट्रिय मापदण्डहरू पुरा गर्न सक्ने बनाउने प्रविधि, ज्ञान र स्रोतमा आधारित प्राविधिक सहायता र सन्धिहरू कार्यान्वयनका लागि लचकता उपलब्ध गराउन डब्ल्यूटीओसँग विशेष अनुरोध गर्नुभयो ।

“एलडीसी ग्रयाजुयशनको विषय राष्ट्रिय गौरवको विषय भएपनि निःशुल्क र कोटामुक्त बजार पहुँचजस्ता सुविधाहरू गुम्दा साना तथा मझौला उद्यमहरू विशेष प्रभावित हुने सम्भावना छ । तसर्थ अन्तराष्टिय श्रम संगठन (आइएलओ) र संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालका पक्षमा न्यायोचित र सहयोगमूलक रूपान्तरणको वकालत गर्न म आइओइसँग आग्रह गर्दछु । ढकालले भन्नुभयो । ”

उहाँले विकशित राष्ट्रहरूले कृषि क्षेत्रमा दिने अत्यधिक अनुदानका कारण नेपाली कृषकहरू प्रतिस्पर्धाबाट पछाडि परेको बताउनुभयो । (डब्ल्यूटीओ) अन्तर्गतका स्यानिटरी र फाइटोस्यानिटरी ( एसपीएस) तथा प्राविधिक अवरोध (टीबीटी) सन्धिहरूमा उल्लेखित उच्च मापदण्डहरू पूरा गर्न नेपाली साना उत्पादकहरूलाई कठिन भइरहेको बताउनु भयो । “भन्सार प्रक्रियाको जटिलता, आयात अनुमति तथा कोटाजस्ता गैर–शुल्कीय अवरोधहरूले हाम्रा निर्यातलाई अझै पनि बाधा पुर्‍याइरहेका छन् । ” उहाँले भन्नुभयो । डब्ल्यूटीओको प्रतिबद्धताअनुसार गरिएको भन्सार महसुल कटौतीले सरकारको राजस्व घटाएको, जसले आधारभूत पूर्वाधार, स्वास्थ्य र शिक्षामा लगानी गर्न कठिन बनाएको भन्दै उहाँले थप सहयोगको आवश्यकता औंल्याउनुभयो ।

भेटवार्ताका अवसरमा विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का उपमहानिर्देशक झाङ शियाङछेन्ले डब्ल्यूटीओ नेपालको आर्थिक क्षेत्रको विकास, अन्तररार्ष्िट्रय व्यापार प्रवद्र्धन र क्षमता विस्तारमा निरन्तर सहयोग गर्ने बताउनु भयो । भेटवार्ताका अवसरमा महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठ र महासंघका कार्यकारिणी सदस्य बाबुकाजी कार्कीको पनि सहभागिता रहेको थियो ।

2 IOE र WTO का उच्च नेतृत्वसँग महासंघ अध्यक्षको भेटवार्ता, साना अर्थतन्त्र र बहुपक्षीय व्यापार प्रणालीमा छलफल
  • Share
      message-button
      IOE र WTO का उच्च नेतृत्वसँग महासंघ अध्यक्षको भेटवार्ता, साना अर्थतन्त्र र बहुपक्षीय व्यापार प्रणालीमा छलफल

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

08/Jul/2025
रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह

काठमाडौं। हालै रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोले जनधनमा ठूलो क्षति पुर्‍याउनुका साथै नेपालको प्रमुख व्यापारिक नाका – केरुङ–रसुवागढी हुँदै हुने अटोमोबाइल आयात प्रणालीमा गम्भीर...

असर पुर्‍याएको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले जनाएको छ।

बाढीले भन्सार परिसरमा निर्माणाधीन सुख्खा बन्दरगाह र पार्किङमा रहेका कन्टेनरहरू समेत बगाएको छ। यस घटनाबाट उत्पन्न भयावह परिस्थितिलाई लिएर नाडाका अध्यक्ष करण चौधरीले संयमता अपनाउन सम्पूर्णमा आग्रह गरेका छन्।

"पीडितहरूको घर, व्यवसाय र जीवनशैलीमा आएको विनाश असहनीय छ। यस संकटको घडीमा हामी गहिरो समवेदना र ऐक्यबद्धता प्रकट गर्दछौं," अध्यक्ष चौधरीद्वारा जारी वक्तव्यमा भनिएको छ।

नाडाले अटोमोबाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूसँग सधैं साथ रहने प्रतिबद्धता जनाएको छ। अध्यक्ष चौधरीले भने, “यदि यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने कृपया जानकारी गराइदिनुहोस्।”

नाडाले संकटको यस घडीमा सबैलाई सहकार्य, सहानुभूति र सहयोगका साथ अगाडि बढ्न आग्रह गरेको छ।

3 रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह  परिस्थितिमा संयमित रहन आग्रह
  • Share
      message-button
      रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह

      काठमाडौं। हालै रसुवा जिल्ला�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

30/Jun/2025
ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्डधारी तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताका लागि होटल तथा रिसोर्टमा विशेष छुट योजना सार्वजनिक गरेको छ। बैंकले आइएमई हस्पिटालिटी र...

इला कम्फर्ट एण्ड रिसोर्ट प्रा.लि.सँग सम्झौता गर्दै ग्राहकलाई १५ प्रतिशतसम्मको छुट दिने योजना सुरु गरेको हो।

सम्झौताअनुसार, ग्लोबल आइएमई बैंकका डेबिट वा क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटी अन्तर्गत सञ्चालित होटल, रिसोर्ट र मौलाकाली केबलकारमा छुट पाउनेछन्। होटल तथा रिसोर्टहरूमा १५ प्रतिशतसम्म र केबलकार टिकटमा १० प्रतिशत छुट प्रदान गरिनेछ।

उक्त समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका हुन्।

आइएमई समूहले काठमाडौंको लाजिम्पाटस्थित ‘होटल ले हिमालय’ र ‘साके एण्ड फेङ रेस्टुरेन्ट’, बागलुङको ‘इला कम्फर्ट’, गैंडाकोटको ‘इला होटल एण्ड रिसोर्ट मौलाकाली’, पोखराको ‘लेकसाइट रिट्रीट’ जस्ता प्रख्यात होटल तथा रिसोर्टहरू सञ्चालन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा दिँदै आएको छ।

ग्राहक हितलाई प्राथमिकता दिँदै विभिन्न समय सान्दर्भिक योजनाहरू ल्याउँदै आएको ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो निजी वाणिज्य बैंक हो। बैंकसँग हाल ३५२ शाखा, ३८५ एटीएम, १५८ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन काउण्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय छन्।

बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्टताको पहिचान बनाउँदै आएको छ। ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ र ‘युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४’ बाट सम्मानित यस बैंकले देशभर तथा विदेशबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ।

ग्राहक सुविधालाई निरन्तरता दिँदै बैंकले आगामी दिनहरूमा थप आकर्षक अफरहरू ल्याउने प्रतिबद्धता जनाएको छ।

9 ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट
  • Share
      message-button
      ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट

      काठमाडौं । ग्लोबल आइएमई बैंक

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

07/Jun/2025
नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं । नेपालका पर्यटन पेशाकर्मीहरुका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा बोर्डको सभाहलमा शुक्रबार संस्कृति,...

पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले चिनियाँ भाषा प्रशिक्षणको सातौं व्याचको औपचारिक उद्घाटन गरेका हुन् ।

नेपालका पर्यटन पेशाकर्मी तथा व्यवसायीहरुलाई लक्षित गर्दै सुरु गरिएको भाषा प्रशिक्षण कार्यक्रमको उद्घघाटन गर्दै मन्त्री पाण्डेले चिनियाँ भाषाको प्रशिक्षण कार्यक्रमले नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुग्‍ने विश्‍वास व्यक्त गरेका छन् । उनले भने, "चिनियाँ भाषाको ज्ञानले नेपाल-चीन सम्बन्धमा सेतुको काम गर्नेछ र यसले पर्यटन प्रबर्द्धनमा टेवा पुग्‍ने विश्‍वास लिएको छु ।"

मन्त्री पाण्डेले भाषिक ज्ञान हुनु भनेको सम्पत्ति थप्‍नुजस्तै भएको उल्लेख गर्दै भने, "जति धेरै भाषिक ज्ञान हासिल गर्न सकियो त्यति नै योग्यता अभिवृद्धि भएको ठान्नुपर्छ । भाषामा दक्ष हुँदा अर्को व्यक्तिसँगको निकटता कायम गर्ने विषयमा सहजता सिर्जना गर्न ठूलो भूमिका निर्वाह गर्छ‌ ।"

मन्त्री पाण्डेले भाषाले सभ्यता, इतिहास र दर्शन बोकेको हनेसमेत बताएका छन् । चिनियाँ भाषाको अनुवादक हुनु भनेको सिपयुक्त जनशक्ति निर्माण हुनु पनि भएको उल्लेख गर्दै उनले थपे, "चिनियाँ भाषाको प्रशिक्षण लिनेहरु सांस्कृतिक दूतको रुपमा काम गर्न सक्नुहुन्छ । यसले पर्यटन विकासमा सहयोग पुर्‍याउने र स्वरोजगार पनि बनाउँछ ।"

मन्त्री पाण्डेले कार्यक्रममा सहभागी चिनियाँहरुलाई नेपालको प्रकृति हेर्नका लागि आह्वान गर्नसमेत आग्रह गरेका छन् । उनले भने, " चीनले नेपाल पर्यटन वर्षसमेत घोषणा गरेकाले म चिनियाँ साथीहरुलाई नेपालको प्रकृति हेर्न आउनका लागि पनि आग्रह गर्दछु । नेपाल जति हेरे पनि पुग्दैन, हेरिरहुँ लाग्छ ।"

जलवायु परिवर्तनका कारण नेपालका हिमालहरुमा हिउँ कम देखिने गरेको उल्लेख गर्दै जलवायु परिवर्तन न्यूनिकरण र अनुकुलनका कामहरु पनि भइरहेको मन्त्री पाण्डेले बताएका छन् ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षगाँठका अवसरमा सातौं भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताएका छन् । उनले भने, "नेपाल आएदेखि म तेस्रो पटक भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटनमा पुगेको छु । नेपाल आउने चिनियाँहरुले आफ्नो भाषामा संवादको अपेक्षा गर्ने भएकोले नेपाली पर्यटनको गुणस्तरमा भाषा प्रशिक्षण कार्यक्रम सहयोगी बन्‍नेछ ।"

राजदूत सोङले चीन विश्व पर्यटन मोडललाई पुनसंरचना गर्ने शक्ति राष्ट्रको रुपमा रहेको उल्लेख गर्दै भने, "नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सामान खरिद गर्न वा पर्यटकीय गन्तव्यहरुको हेर्न मात्र होइन, स्थानीय संस्कृतिको अनुभव गर्न र आफ्नो भाषामा संवाद कायम गर्न चाहन्छन् । चिनियाँ भाषाको ज्ञानले नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुलाई नेपालको ऐतिहासिकता बुझाउन र सेवाको गुणस्तरणलाई दीर्घकालीन उत्कृष्टतामा लैजान सहयोग पुर्‍याउनेछ ।"

चिनियाँ भाषाको ज्ञान हुनु भनेको विश्‍वको सबैभन्दा ठूलो पर्यटन बजारको लाभ हासिल गर्ने सुवर्ण अवसर भएकोसमेत राजदूत सोङले बताएका छन् ।

त्यसैगरी नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मत सिंह ऐरले चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा भएको चिनियाँ भाषा प्रशिक्षण महत्वपूर्ण पहल भएको बताएका छन् । उनले थपे, "हामीले चिनियाँ भाषा प्रशिक्षणको शुभारम्भ गर्नु भनेको भाषिक तालिको सुरुवात मात्र होइन, यो नेपाल-चीनबीचको सम्बन्ध सेतुलाई बलियो बनाउनु पनि हो ।"

निमित्त सिईओ ऐरले चिनियाँ भाषाको प्रशिक्षणले नेपालका पर्यटन पेशाकर्मीको सिप विकास र क्षमता अभिवृद्धि गर्न ठूलो भूमिका खेल्‍नेछ । उनले थपे, "भाषा एक शक्तिशाली माध्यम हो, यसले अवरोधहरू हटाउँछ, विश्वास निर्माण गर्छ र गहिरो सम्बन्धहरू जोड्न मद्दत गर्छ । चिनियाँ भाषा प्रशिक्षणमा गरिएको लगानी- जनस्तरको सम्बन्ध, सेवा प्रवाहको गुणस्तर, र दीर्घकालीन सहकार्यमा गरिएको लगानी हो ।भाषाको ज्ञानले नेपालका पर्यटन व्यवसायी तथा पेशाकर्मीहरु अन्तर्राष्ट्रिय पर्यटन बजारका लागि बलियो प्रतिस्पर्धी बन्‍नेछन् "

नेपालमा चिनियाँ भाषा प्रशिक्षणको विगतका ६ वटा व्याचबाट २४० जना प्रशिक्षित भइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल-चीनबीचको सम्बन्ध बलियो बनाउन नेपालका पर्यटन पेशाकर्मीहरुलाई चिनियाँ भाषा प्रशिक्षण गराउने सहमति भए अनुरुप सन् २०१६ देखि नेपालमा चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सञ्‍चालन भइरहेको छ ।

3 नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु
  • Share
      message-button
      नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

      काठमाडौं । नेपालका पर्यटन पे�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

21/Jul/2025
आज कुन देशको मुद्राको विनिमय दर कति?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ रुपैयाँ रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा रहेको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८५ रुपैयाँ २३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २२ पैसा र बिक्रीदर १०० रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ र बिक्रीदर १०७ रुपैयाँ ४७ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, थाइ भाट एकको खरिददर ४ रुपैयाँ २५ पैसा र बिक्रीदर ४ रुपैयाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५३ पैसा रहेको छ।

यसैगरी साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २३ पैसा र बिक्रीदर १४ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४२ पैसा र बिक्रीदर २१ रुपैयाँ ५१ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

3 आज कुन देशको मुद्राको विनिमय दर कति?
  • Share
      message-button
      आज कुन देशको मुद्राको विनिमय दर कति?

      काठमाडौँ। नेपाल राष्ट्र बैङ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

24/Jun/2025
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ। मनसुनी वायुको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका...

एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एकदुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको पनि सम्भावना छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

5 यी प्रदेशमा आज भारी वर्षाको सम्भावना
  • Share
      message-button
      यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

      काठमाडौँ। मनसुनी वायुको प्र�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

01/Jun/2025
आजको विदेशी विनिमय दर: अमेरिकी डलर रु १३७.२३, भारतीय रुपैयाँ स्थिर, युरो र पाउण्डमा सामान्य उतारचढाव

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ। जारी दर अनुसार अमेरिकी डलरको खरिद दर रु १३६.६३ र बिक्री दर रु...

१३७.२३ रहेको छ। भारतीय रुपैयाँको दर भने १०० युनिटको लागि खरिदमा रु १६०.०० र बिक्रीमा रु १६०.१५ कायम भएको छ। युरोपेली युरोको खरिद दर रु १५४.८३ र बिक्री दर रु १५५.५१ रहेको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिद दर रु १८४.११ र बिक्री दर रु १८४.९२ मा कारोबार भइरहेको छ।

अन्य प्रमुख मुद्राको विनिमय दर पनि स्थिर देखिएको छ। अष्ट्रेलियन डलरको खरिद दर रु ८७.७३ र बिक्री दर रु ८८.१२ रहेको छ। क्यानाडियन डलर रु ९८.९३ खरिद दर र रु ९९.३७ बिक्री दरमा कारोबार भइरहेको छ। जापानी येन १० युनिटको खरिद दर रु ९.४९ र बिक्री दर रु ९.५३ मा रहेको छ। चिनियाँ युआनको खरिद दर रु १८.९९ र बिक्री दर रु १९.०७ कायम छ।

विदेशी मुद्राको कारोबारमा संलग्न व्यवसायीहरू र सेवाग्राहीलाई नेपाल राष्ट्र बैंकले सटही दर नियमित रूपमा जाँच्न आग्रह गरेको छ। अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर केही घटेको छ भने युरो र पाउण्डमा सामान्य उतारचढाव देखिएको छ। भारतीय रिजर्भ बैंक (RBI) ले छिमेकी मुलुकहरूलाई भारतीय रुपैयाँमा ऋण दिनुपर्ने नीति अघि सारेको सन्दर्भमा पनि नेपाली मुद्रा बजारमा त्यसको प्रभाव पर्ने सम्भावना रहन्छ।

नेपालको विदेशी मुद्रा बजारमा दैनिक सटही कारोबार सहज र पारदर्शी राख्न नेपाल राष्ट्र बैंकले दरमा नियमित अद्यावधिक गर्ने जनाएको छ। विदेशी विनिमय दरमा आएको यी परिवर्तनहरूले नेपालका आयातकर्ता, निर्यातकर्ता र अन्तर्राष्ट्रिय कारोबारमा संलग्न व्यवसायीहरूलाई प्रत्यक्ष असर पार्ने अपेक्षा गरिएको छ।

5 आजको विदेशी विनिमय दर: अमेरिकी डलर रु १३७.२३, भारतीय रुपैयाँ स्थिर, युरो र पाउण्डमा सामान्य उतारचढाव
  • Share
      message-button
      आजको विदेशी विनिमय दर: अमेरिकी डलर रु १३७.२३, भारतीय रुपैयाँ स्थिर, युरो र पाउण्डमा सामान्य उतारचढाव

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

13/Jun/2025
आज कुन देशको मुद्रालाई कति पर्ला?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज शुक्रबा (जेठ ३० गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७...

पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २६ पैसा र बिक्रीदर १०० रुपैयाँ ७० पैसा कायम गरिएको छ।

त्यस्तै, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३३ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा तोकिएको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ २२ पैसा र बिक्रीदर ४ रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४ रुपैयाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ २४ पैसा र बिक्रीदर २१ रुपैयाँ २३ पैसा तोकिएको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६४ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ५३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ।

3 आज कुन देशको मुद्रालाई कति पर्ला?
  • Share
      message-button
      आज कुन देशको मुद्रालाई कति पर्ला?

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

06/Jun/2025
चाँदीको मूल्य रु ७५ ले बढ्यो, सुन स्थिर: जेठ २३, २०८२

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार का लागि नेपालको आन्तरिक बजारमा सुन र चाँदीको मूल्य सार्वजनिक गरेको छ। महासंघका अनुसार ९९.९९ शुद्ध सुन (फाइन गोल्ड)...

को मूल्य प्रतितोला रु १,९३,७०० कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु २,१५० तोकिएको छ।

हिजो बिहीबारको तुलनामा सुनको मूल्य स्थिर रहेको छ, कुनै वृद्धि वा कमी नभएको महासंघले जनाएको छ। तर, चाँदीको मूल्यमा भने रु ७५ को वृद्धि भएको छ। हिजो चाँदीको मूल्य प्रतितोला रु २,०७५ रहेको थियो। यो वृद्धिसँगै चाँदीको बजारमा पनि केही चहलपहल देखिएको छ।

महासंघक अनुसार विश्व बुलियन बजारमा सुनको मूल्यमा देखिएको स्थिरता र स्थानीय मागका कारण नेपालमा सुनको मूल्य उच्च रहनु स्वाभाविक भएको व्यवसायीहरूले बताएका छन्। सुनको स्थिर मूल्य र चाँदीको मूल्यमा भएको वृद्धिले लगानीकर्ता र खरिदकर्ताहरूको ध्यानाकर्षण गरेको छ।

3 चाँदीको मूल्य रु ७५ ले बढ्यो, सुन स्थिर: जेठ २३, २०८२
  • Share
      message-button
      चाँदीको मूल्य रु ७५ ले बढ्यो, सुन स्थिर: जेठ २३, २०८२

      काठमाडौं। नेपाल सुनचाँदी व्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

26/May/2025
नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट”

काठमाडौँ । एमएडब्ल्यू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेसका लागि "इज अन वालेट " को घोषणा गरेको छ। जेठ ११ देखि जेठ १५ गतेसम्म बजेट घोषणा...

अगाडी चल्ने यो अफरमा ग्राहकहरूले नामी र सेरेस उत्कृष्ट मूल्यमा पाउन्नेछन । यो अफर नेपालभरका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालन भइरहेको छ, जसमा ग्राहकहरूलाई नयाँ ईभी मोडलहरू अनुभव गर्ने, विशेष अफर र सुविधाहरूको लाभ लिने, र इलेक्ट्रिकमा स्विच गर्न अझ सजिलो बनाउनेछ ।

यो सीमित अवधिको अफरको लाभ लिने ग्राहकहरूले आफ्नो अनुभवलाई अझ उत्कृष्ट बनाउन डिजाइन गरिएका विशेष सुविधाहरूको प्राप्त गर्नेछन्। यसमा चार्जिंगका लागि 7 kW + 3.5 kW चार्जर, एक वर्षको अटो-प्लस बीमा, र एक वर्षको सवारी कर समावेश छन्। थप रूपमा, ग्राहकहरूले निःशुल्क एसेसरीज , प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार, र हरेक बुकिङमा माउन्टेन फ्लाईट प्राप्त गर्नेछन्।

उत्साह थप्दै, चार भाग्यशाली ग्राहकहरूले अन्नपूर्ण बेस क्याम्पमा हेलिकप्टर राइड जित्ने अवसर पनि पाउनेछन्।

यो अफर सीमित समयको लागि मात्र मान्य छ। इच्छुक ग्राहकहरूलाई मूल्य बढ्नु अघि आफ्नो नजिकको नामी र सेरेसको शोरूम वा अधिकृत डिलरमा गई यी विशेष सुविधाहरूको लाभ लिन सक्नेछन् ।

7 नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो  “इज अन वालेट”
  • Share
      message-button
      नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट”

      काठमाडौँ । एमएडब्ल्यू वृद्ध�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

08/Jul/2025
नेपालमा सार्वजनिक भयो नयाँ TVS Jupiter 110 – स्मार्ट फिचर, प्रिमियम डिजाइन र उच्च माइलेजसहित

काठमाडौँ। दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माणमा विश्वभर अग्रणी कम्पनी TVS ले नेपालमा नयाँ स्कुटर TVS Jupiter 110 सार्वजनिक गरेको छ। अत्याधुनिक इन्जिन, उत्कृष्ट प्रविधि, आकर्षक...

डिजाइन र परिवारमैत्री सुविधा समावेश गरिएको यस स्मार्ट स्कुटरको वितरण जिम्मा जगदम्बा मोटर्स ले लिएको छ।

सिंगल सिलिन्डर 113.3cc इन्जिनयुक्त TVS Jupiter 110 ले 6500 rpm मा 5.9 kW पावर र 5000 rpm मा 9.8 Nm टर्क उत्पादन गर्छ। स्मार्ट इग्निसन सिस्टम, IGO Assist टेक्नोलोजी, र Integrated Starter Generator (ISG) प्रविधिले १०% बढी माइलेज प्रदान गर्छ। यसमा १५ वटा सेग्मेन्टमै पहिलो र १४ उत्कृष्ट विशेषताहरू छन्—जसले Jupiter 110 लाई आफ्नो वर्गको अगुवा बनाउँछ।

सुविधा र सुरक्षाको समन्वय

– डुअल हेल्मेट अन्डर-सिट स्टोरेज (३३ लिटर)

– अगाडिबाट इन्धन भरिने सुविधा

– रियल टाइम माइलेज, Voice Assist, OTA अपडेटसहितको SMARTXONNECT™ ब्लुटुथ डिजिटल क्लस्टर

– "Find Me", "Follow Me", Turn Signal Reset, Emergency Brake Warning, MetalMaxx Body

– लामो सिट, फराकिलो फुटबोर्ड स्पेस, आरामदायी यात्रा

Jupiter 110 मा इनफिनिटी एलईडी ल्याम्प, आकर्षक पियानो ब्ल्याक फिनिश, टेलिस्कोपिक सस्पेन्सन र १२ इन्च पाङ्ग्राको संयोजनले सौन्दर्य र सन्तुलन दुवै दिएको छ। E-Z सेन्टर स्ट्यान्ड, USB चार्जिङ पोर्ट, स्मार्ट स्टार्ट–स्टप फङ्सनले शहरभित्रको यात्रा अझ सहज बनाउँछ।

MetalMaxx संरचना, Follow Me Headlamp, Emergency Brake Warning, र स्किड कन्ट्रोल जस्ता सुविधाले स्कुटरलाई सुरक्षा र स्थायित्वमा अग्रणी बनाएको छ।

TVS Jupiter 110 स्कुटर Dawn Blue Matte रंगमा, रु २,५७,९०० को प्रारम्भिक मूल्यमा Disa SXC भेरियन्ट मा उपलब्ध छ। यो स्कुटर नेपालभरका सबै TVS शोरूमहरूमा खरिद गर्न सकिन्छ।

TVS ब्रान्डको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स ले नेपालभर उत्कृष्ट डिलरशिप नेटवर्कमार्फत बिक्री, सेवा र स्पेयर पार्ट्स सुनिश्चित गर्दै आइरहेको छ। कम्पनीको ग्राहक–केन्द्रित दृष्टिकोण, सुरक्षा अभियानहरू, प्राविधिक तालिम, र वातावरणमैत्री अवधारणामा आधारित सञ्चालनले TVS लाई नेपाली उपभोक्ताबीच भरपर्दो ब्रान्डको रूपमा स्थापित गरेको छ।

4 नेपालमा सार्वजनिक भयो नयाँ TVS Jupiter 110 – स्मार्ट फिचर, प्रिमियम डिजाइन र उच्च माइलेजसहित
  • Share
      message-button
      नेपालमा सार्वजनिक भयो नयाँ TVS Jupiter 110 – स्मार्ट फिचर, प्रिमियम डिजाइन र उच्च माइलेजसहित

      काठमाडौँ।  दुई तथा तीन पाङ्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

14/Jun/2025
आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य वृद्धि

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको दर अघिल्ला दिनको तुलनामा स्थिर देखिएको छ। अमेरिकी डलर...

एक युनिटको खरिद दर रु १३७.४४ र बिक्री दर रु १३८.०४ निर्धारण गरिएको छ।

त्यसैगरी युरोपियन युरोको विनिमय दरमा भने सामान्य वृद्धि देखिएको छ। युरोको खरिद दर रु १५८.०३ र बिक्री दर रु १५८.७२ कायम गरिएको छ। बेलायती पाउण्ड स्टर्लिङ्गको दरमा पनि सकारात्मक परिवर्तन देखिएको छ, खरिद दर रु १८५.९६ र बिक्री दर रु १८६.७७ कायम रहेको छ।

अष्ट्रेलियन डलरको खरिद दर रु ८८.९४ र बिक्री दर रु ८९.३३ रहेको छ भने सिंगापुर डलरको खरिद दर रु १०७.०१ र बिक्री दर रु १०७.४८ कायम गरिएको छ। जापानी येन १० युनिटको खरिद दर रु ९.५२ र बिक्री दर रु ९.५६ रहेको छ। चिनियाँ युआनको खरिद दर रु १९.१३ र बिक्री दर रु १९.२२ तोकिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको यो दर अनुसार नेपाली बजारमा प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूमा कुनै ठूलो उतारचढाव देखिएको छैन। डलर स्थिर रहँदा युरो र पाउण्डमा थोरै वृद्धि भएको देखिन्छ, जसले विशेष गरी आयात गर्ने व्यवसाय र विदेशमा अध्ययन वा यात्राको तयारी गरिरहेका व्यक्तिहरूका लागि अर्थपूर्ण सन्देश दिन्छ।

विनिमय दर दैनिक रुपमा परिवर्तन हुने भएकाले बैंक तथा विनिमय संस्थाहरूको आधिकारिक जानकारी लिएर मात्र कारोबार गर्न नेपाल राष्ट्र बैंकले उपभोक्ताहरूलाई सुझाएको छ।

3 आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य वृद्धि
  • Share
      message-button
      आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य वृद्धि

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

11/May/2025
Economic Transformation Not Possible Without Private Sector Motivation: FNCCI President Dhakal

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित पूर्व बजेट अन्तरक्रिया कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई उत्प्रेरित नगरी देशको आर्थिक रूपान्तरण सम्भव नहुने धारणा राखेका...

छन्। उनले आगामी बजेट नीतिगत स्पष्टता, स्थायित्व, सुशासन र निजी क्षेत्रको सहभागितामार्फत आर्थिक गतिविधिलाई तीव्र बनाउनुपर्ने आवश्यकता औंल्याए।

अध्यक्ष ढकालले पूँजीगत खर्चको न्यूनतम उपयोग र सरकारी लगानीको अल्छीपनले गर्दा आर्थिक वृद्धिमा अपेक्षित प्रगति नभएको उल्लेख गरे। उनका अनुसार विगतमा विनियोजित पूँजीगत बजेटको मात्र १७ प्रतिशत जति खर्च हुने गरेको छ, जसमा पनि ६० प्रतिशत खर्च आर्थिक वर्षको अन्त्यतिर मात्र हुने प्रवृत्ति कायम रहेको छ।

अध्यक्ष ढकालले भन्नुभयो, “योजना अनुसार नीतिगत स्थिरता, सुशासन, सार्वजनिक सेवाको गुणस्तर वृद्धि, लगानीमैत्री वातावरण निर्माण, कर सुधारजस्ता विषयलाई बजेटले प्राथमिकतामा राख्नुपर्छ।"

महासंघले बजेटमार्फत उत्पादनशील उद्योगहरूलाई आयकरमा पाँच वर्षसम्म ५ प्रतिशत छुट दिने व्यवस्था गर्नुपर्ने, मुनाफाको ४० प्रतिशत वा सोभन्दा बढी पुनः लगानी गरेमा आयकर छुटको व्यवस्था गर्नुपर्ने, विदेशी लगानी आकर्षित गर्न एकीकृत कानून ल्याउनुपर्ने र स्टार्टअप तथा युवालाई प्रवर्द्धन गर्न सहज पूँजी पहुँच सुनिश्चित गर्नुपर्ने सिफारिश गरेको छ।

महासंघको अध्ययन अनुसार हाल मुलुकको कुल रोजगारको ८६ प्रतिशत र सकल गार्हस्थ उत्पादनको ८१ प्रतिशत योगदान निजी क्षेत्रबाट भइरहेको छ। तर, नीति निर्माणमा निजी क्षेत्रको समुचित प्रतिनिधित्व नहुनु र प्रक्रियागत झमेलाले लगानीकर्ताको मनोबल कमजोर बनाएको अध्यक्ष ढकालको भनाइ छ।

उनले साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण कर्जा र बीमा सुविधा दिनुपर्ने र वैदेशिक रोजगारबाट फर्किने युवालाई स्वदेशमै रोजगारी सृजना गर्ने कार्यक्रम अगाडि बढाउनुपर्ने धारणा राखे।

उहाँले बजेटले पूँजीगत खर्च वृद्धि र निजी क्षेत्रलाई प्रोत्साहन दिने नीति अवलम्बन गर्नुपर्ने धारणा राख्नुभएको थियो। कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थिति रहेको थियो।

अन्ततः उनले सरकार, निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्यमा मात्र आर्थिक सुधार र समावेशी वृद्धि सम्भव हुने उल्लेख गर्दै लगानीमैत्री, प्रतिस्पर्धी, पारदर्शी र नीति स्थायित्वयुक्त वातावरण निर्माणमा बजेट केन्द्रित हुनुपर्नेमा जोड दिए।

18 Economic Transformation Not Possible Without Private Sector Motivation: FNCCI President Dhakal
  • Share
      message-button
      Economic Transformation Not Possible Without Private Sector Motivation: FNCCI President Dhakal

      काठमाडौँ । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

10/Jul/2025
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जल तथा...

मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ। कोशी, वाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। सातै प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकीभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ भने उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ।

सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन अनुरोध गरेको छ।

4 आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
  • Share
      message-button
      आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

      काठमाडौँ। हाल देशभर मनसुनी व�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

20/Jun/2025
नेपाली स्वादलाई विश्वभर पुर्याउने Himalayan Crisp Hamro Fries को अभियान : आत्मनिर्भरता र गुणस्तरमा जोड

काठमाडौं। स्वदेशी उत्पादनलाई विश्वस्तरीय बनाउने लक्ष्यसहित ‘Himalayan Crisp Hamro Fries’ ब्रान्डले नेपाली बजारमा फरक पहिचान बनाउने तयारी गरेको छ। कम्पनीले रूपन्देहीमा २ अरब रुपैयाँको ठूलो लगानीमा...

अत्याधुनिक प्लान्ट स्थापित गरी, २,००० मेट्रिक टन उत्पादन क्षमताको अत्याधुनिक प्लान्ट सञ्चालनमा ल्याएको छ। अन्तर्राष्ट्रिय खाद्य गुणस्तर प्रमाणपत्र (FDA) समेत प्राप्त गरेको यस ब्रान्डले स्वस्थ, गुणस्तरीय र स्वदेशी आलुजन्य परिकार उपभोक्तासमक्ष पुर्‍याउने दाबी गरेको छ।

कम्पनीका अनुसार, नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फ्रेन्च फ्राइज उपलब्ध गराउने मात्र होइन, नेपालकै स्वादलाई विश्व बजारमा स्थापित गर्ने उद्देश्य रहेको छ। "हामी केवल नेपालमा सीमित छैनौं, हाम्रो लक्ष्य विश्व बजार हो। जब विश्वभर फ्रेन्च फ्राइजको चर्चा हुन्छ, तब ‘Himalayan Crisp Hamro Fries’ को नाम अग्रस्थानमा आउनुपर्छ," कम्पनीले जनाएको छ।

कम्पनीले उत्पादनको आधारभूत कच्चा पदार्थ आलुको स्थायी आपूर्तिका लागि पाँच एकड क्षेत्रफलमा विशेष प्रजातिको आलु खेती गरिरहेको छ। यसको साथै देशभर ५ वटा डिष्ट्रीब्युटर, १२ चेन रेष्टुरेन्ट, १५० सप्लायर्स, ४०० भन्दा बढी रेष्टुरेन्ट, १७१ मोर्डन मार्टमार्फत उत्पादन पुर्‍याइएको छ। भारतको उत्तराखण्डस्थित पाल फ्रोजन ग्रुपमार्फत भारतीय बजारमा समेत कम्पनीको फ्रेन्च फ्राइज निर्यात भइसकेको छ।

यस ठूलो लगानी र आधुनिक प्रविधिसँगै कम्पनीले २००० मेट्रिक टन उत्पादन क्षमता स्थापना गरेको छ, जुन नेपालमै पहिलोपटक यस्तो व्यावसायिक स्तरको सुविधा हो। १०० भन्दा बढी दक्ष जनशक्तिको सशक्त टिम कम्पनीको सफल उत्पादन र विस्तारमा जुटेको छ।

Himalayan Crisp Hamro Fries ले नेपाललाई खाद्य सुरक्षामा आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। कम्पनीले आफ्ना उत्पादन विश्व बजारमा पुर्‍याउन USA Food Quality Certified (FDA) गुणस्तर अपनाएको छ, जसले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सशक्त बनाउने विश्वास लिएको छ।

कम्पनीको दीर्घकालीन योजना खाद्य अनुसन्धान तथा प्रविधिमा समेत आत्मनिर्भरता हासिल गर्दै, नेपालकै पहिलो विश्वस्तरीय फ्रेन्च फ्राइज ब्रान्ड बनाउने रहेको छ।

12 नेपाली स्वादलाई विश्वभर पुर्याउने Himalayan Crisp Hamro Fries को अभियान : आत्मनिर्भरता र गुणस्तरमा जोड
  • Share
      message-button
      नेपाली स्वादलाई विश्वभर पुर्याउने Himalayan Crisp Hamro Fries को अभियान : आत्मनिर्भरता र गुणस्तरमा जोड

      काठमाडौं। स्वदेशी उत्पादनला

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

24/May/2025
BITM 2025: नेपाल केवल गन्तव्य होइन, आत्मा र शान्तिको यात्रा हो – दीपकराज जोशी

काठमाडौं। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (CEO) दीपकराज जोशीले नेपाललाई विश्वको सबैभन्दा प्रामाणिक आध्यात्मिक गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुद्धिस्ट इन्टरनेशनल ट्राभल...

मार्ट (BITM) २०२५ को उद्घाटन सत्रमा बोल्दै उनले नेपालको आध्यात्मिक गहिराइ, बौद्ध सम्पदा र सांस्कृतिक विविधता विश्वका लागि शान्तिको सन्देशवाहक हुने दाबी गरे।

जोशीले BITM जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूलाई साझा प्रतिबद्धता र सार्थक सहकार्य" को प्रतीकका रूपमा चित्रण गरे। उनले भने, “नेपाल यात्रा गन्तव्यमा पुग्ने भौगोलिक पथ मात्रै होइन, यो आत्मा र शान्तिको यात्राको प्रारम्भ हो।

उनले बौद्ध ध्यान केन्द्र, सांस्कृतिक सम्पदा, हिमाली ऊर्जा र शान्त वातावरणलाई नेपालको मौलिक पहिचानको रूपमा अघि सार्दै ती तत्वले विदेशी पाहुनालाई गहिरो अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे।

जोशीले नेपाललाई आध्यात्मिक पुनर्जागरणको केन्द्र बनाउने उद्देश्यले बौद्ध सर्किट, लुम्बिनी क्षेत्र विकास, अन्तर्राष्ट्रिय साझेदारी विस्तार, र दिगो पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार, नेपाल अब केवल हेर्ने गन्तव्य होइन, अनुभूत हुने देश बन्ने बाटोमा छ।

“नेपाल विश्वको सबैभन्दा आध्यात्मिक यात्राको सुरुवात बिन्दु हो,” जोशीले भने, “हामी यो देशलाई यात्रुहरूका लागि गहिरो आत्मिक यात्रा दिने स्थल बनाउने छौं।”

कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय प्रतिनिधिहरू र पर्यटन व्यवसायीसमक्ष उनले नेपाल पर्यटन बोर्डको रणनीतिमा 'दिगोपन', 'सांस्कृतिक गहिराइ' र 'मानव–प्रकृति सहकार्य' लाई केन्द्रमा राखिएको जानकारी गराए।

9 BITM 2025: नेपाल केवल गन्तव्य होइन, आत्मा र शान्तिको यात्रा हो – दीपकराज जोशी
  • Share
      message-button
      BITM 2025: नेपाल केवल गन्तव्य होइन, आत्मा र शान्तिको यात्रा हो – दीपकराज जोशी

      काठमाडौं। नेपाल पर्यटन बोर्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

22/May/2025
युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा महिलाहरूका लागि सिलाई–कटाई तालिम सम्पन्न, ४२ जना महिलालाई प्रमाणपत्र वितरण

काठमाडौँ । युनाइटेड सिमेन्ट्स लिमिटेड र धुनिवेशी नगरपालिका वडा नं. ९ को सहकार्यमा सञ्चालित निशुल्क तीन महिने आधारभूत र दुई महिने एडभान्स् सिलाई–कटाई तालिम कार्यक्रमको समापन...

तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। तालिममा सहभागी भएका ४२ जना स्थानीय महिलाहरूले प्रमाणपत्र प्राप्त गरेका छन्।

धुनिवेशी नगरपालिका वडा नं. ९, जुगेडीस्थित केएल दुगड समूह अन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरेको हो। २०८१ मंसिर १६ गतेदेखि २०८२ वैशाख २२ गतेसम्म सञ्चालन गरिएको तालिमले महिलाहरूको आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका महाप्रबन्धक हरि कुमार उप्रेतीले व्यवसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने नीति अन्तर्गत यस्तो तालिमले महिलामा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका अवसर सृजना गर्ने उल्लेख गर्नुभयो।

त्यस्तै, कार्यक्रमका सभापति तथा वडा अध्यक्ष श्री माधव प्रसाद सिलवालले तालिमबाट महिलाहरूको जीवनस्तर सुधार र आर्थिक सशक्तीकरण हुने आशा व्यक्त गर्दै युनाइटेड सिमेन्ट्सलाई धन्यवाद दिनुभयो। प्रमुख अतिथि नगर प्रमुख श्री बालकृष्ण आचार्यको उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानीय स्तरमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरियो।

युनाइटेड सिमेन्ट्स लिमिटेडले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

6 युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा महिलाहरूका लागि सिलाई–कटाई तालिम सम्पन्न, ४२ जना महिलालाई प्रमाणपत्र वितरण
  • Share
      message-button
      युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा महिलाहरूका लागि सिलाई–कटाई तालिम सम्पन्न, ४२ जना महिलालाई प्रमाणपत्र वितरण

      काठमाडौँ ।  युनाइटेड सिमेन�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

31/Jul/2025
बाफिया जस्ताको त्यस्तै पारित भएमा आर्थिक गतिविधि नै प्रभावित हुने : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित हुने बताउनु भएको...

छ ।

नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले मंगलवार काठमाडौंमा आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिती विषयक कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्नु भएको हो । उहाँले ऐनमा संशोधनको प्रस्ताव अनुसार जस्ताको त्यस्तै पारित भएमा आर्थिक गतिविधिमा गम्भीर असर पर्ने बताउनु भयो ।

बाफियासँग सम्बन्धि ऐन संशोधन गर्न प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुट्याउने प्रस्ताव गरिएको अवस्थामा यो विषयलाई गम्भीर रुपमा लिनु पर्ने उहाँको धारणा थियो । “व्यवसायी र बैंकर छुट्याउने भन्ने जुन विषय छ । यसले अर्थतन्त्रमा समस्या पार्न सक्छ । एकातिर प्रमोटरलाई उत्तरदायी बनाउने भन्दै ५१ प्रतिशत शेयर संस्थापकलाई दिने भनिएको छ । यसबाहेक, सम्बद्ध पक्ष भनेर परिभाषित गरिएको छ । यो व्यवस्थाअनुसार १ प्रतिशतभन्दा बढी शेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने हो भने सबैजसो उद्योगधन्दा व्यवसाय बन्द हुने जोखिम छन् । ” अध्यक्ष ढकालले भन्नु भयो । यस्तै उहाँले आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प नभएको बताउनु भएको छ । महासंघका सुझाव अनुसार उच्चस्तरिय आर्थिक आयोग गठन, आयोगको सुझाव अनुसार विभिन्न ३० वटा कानूनहरुको संशोधन र बजेटमा निजी क्षेत्रलाई प्राथमिकता दिने जस्ता विषयले निजी क्षेत्र उत्साहित भएको अध्यक्ष ढकालले बताउनु भयो ।

“देशको आर्थिक समृद्धिका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण आवश्यक छ भनेर हामीले भन्दै आएका थियौं । वर्तमान सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेस सम्मिलित सरकारले गरेका नीतिगत सुधारहरुको प्रयासहरु स्वागतयोग्य छन । आ.व २०८२/८३ को बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको सम्वाहक मानि आर्थिक सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएको छ । यसबाट महासंघ आशावादी र उत्साहित भएको छ ।” उहाँले भन्नुभयो ।

नेपालमा पर्याप्त सम्भावना भएकोले यी सम्भावनाबाटै आर्थिक समृद्धिको खाका कोर्न सकिने बताउँदै अध्यक्ष ढकालले नकारात्मक सोचबाट सकारात्मकताको दिशामा जानु पर्ने तर्क गर्नुभयो । “अहिले सरकारले धेरै नीतिगत सुधार गरेको छ ; हामीसंग इतिहासमै सबैभन्दा बढि विप्रेषण आएको छ; विदेशी मुद्राको सञ्चिति राम्रो छ ; बैंकको व्याजदर घटेको छ ; यो अवस्थामा लगानीको वातावरण छ । यो सबै कुरालाई सकारात्मक रुपमा लिनु पर्दछ ।” उहाँले भन्नुभयो ।

यस्तै उहाँले देश विकाको लागि आन्तरिक तथा बाह्य पूँजी परिचालन आवश्यक रहेकोमा जोड दिंदै विकाको लागि आन्तरिक पूँजी परिचालन गर्ने सोच सहित महासंघको नेतृत्वमा १० अर्ब रुपैयाँको नेपाल पब्लिक लिमिटेड कम्पनी स्थापना गरि विभिन्न क्षेत्रमा लगानी गरिएको समेत जानकारी दिनुभयो ।

3 बाफिया जस्ताको त्यस्तै पारित भएमा आर्थिक गतिविधि नै प्रभावित हुने : अध्यक्ष ढकाल
  • Share
      message-button
      बाफिया जस्ताको त्यस्तै पारित भएमा आर्थिक गतिविधि नै प्रभावित हुने : अध्यक्ष ढकाल

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

26/May/2025
नेपालमा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, जान्नुहोस कसको मुल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (जेठ १२) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जारी दरअनुसार अमेरिकी डलर (USD) को खरिद दर १३६.०५...

रुपैयाँ र बिक्री दर १३६.६५ रुपैयाँ रहेको छ। यस्तै, यूरोपियन यूरो (EUR) को खरिद दर १५४.६२ रुपैयाँ र बिक्री दर १५५.३० रुपैयाँ पुगेको छ। बेलायती पाउन्ड स्टर्लिङ (GBP) को खरिद दर १८४.१८ रुपैयाँ र बिक्री दर १८४.९९ रुपैयाँ कायम भएको छ।

स्वीस फ्राङ्क (CHF) को खरिद दर १६५.६४ रुपैयाँ र बिक्री दर १६६.३७ रुपैयाँ रहेको छ भने अष्ट्रेलियन डलर (AUD) को खरिद दर ८८.३६ रुपैयाँ र बिक्री दर ८८.७५ रुपैयाँ रहेको छ। क्यानाडियन डलर (CAD) को खरिद दर ९९.०२ रुपैयाँ र बिक्री दर ९९.४६ रुपैयाँमा कारोबार भइरहेको छ। सिंगापुर डलर (SGD) १०५.९३ रुपैयाँ खरिद दर र १०६.४० रुपैयाँ बिक्री दरमा कारोबार भएको छ। जापानी येन (JPY) १० युनिटको खरिद दर ९.५४ रुपैयाँ र बिक्री दर ९.५९ रुपैयाँमा रहेको छ। चिनियाँ युआन (CNY) को खरिद दर १८.९५ रुपैयाँ र बिक्री दर १९.०३ रुपैयाँ रहेको छ।

यस्तै, साउदी रियाल (SAR) को खरिद दर ३६.२७ रुपैयाँ र बिक्री दर ३६.४३ रुपैयाँ रहेको छ भने कतारी रियाल (QAR) को खरिद दर ३७.३३ रुपैयाँ र बिक्री दर ३७.४९ रुपैयाँमा कारोबार भएको छ। थाई भाट (THB) को खरिद दर ४.१९ रुपैयाँ र बिक्री दर ४.२० रुपैयाँ रहेको छ। युएई दिराम (AED) को खरिद दर ३७.०४ रुपैयाँ र बिक्री दर ३७.२० रुपैयाँ कायम भएको छ।

कुवेती दिनार (KWD) को खरिद दर ४४४.०३ रुपैयाँ र बिक्री दर ४४५.९९ रुपैयाँ रहेको छ भने बहराइन दिनार (BHD) को खरिद दर ३६०.८८ रुपैयाँ र बिक्री दर ३६२.४७ रुपैयाँमा रहेको छ। ओमानी रियाल (OMR) को खरिद दर ३५३.८४ रुपैयाँ र बिक्री दर ३५५.४० रुपैयाँ कायम भएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको यो दर जानकारीको लागि मात्र भएको र वास्तविक कारोबार दरमा बैंकहरूबीच केही फरक हुन सक्ने जनाएको छ।

4 नेपालमा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, जान्नुहोस कसको मुल्य कति ?
  • Share
      message-button
      नेपालमा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, जान्नुहोस कसको मुल्य कति ?

      काठमाडौं । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

20/Jun/2025
देशभर मनसुनी वायुको प्रभाव, अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल नेपालभर मनसुनी वायु सक्रिय रहँदा देशका अधिकांश भू-भागमा आंशिकदेखि साधारण बदलीको अवस्था रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भागमा र...

लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ। साथै, देशको पश्चिम भू-भागमा पश्चिमी वायु र स्थानीय वायुले समेत आंशिक प्रभाव जमाएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

साथै भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव पनि नेपालमा परिरहेको छ। हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताइएको छ।

यस वर्ष नेपालमा मनसुनको आगमन मिति २०८२ साल जेठ १५ गते मा कोशी प्रदेशबाट भएको हो। हालसम्म यो प्रणाली कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रसम्म फैलिसकेको छ।

मौसमविद्हरूका अनुसार आगामी २४ घण्टासम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका केहि भागहरूमा भारी वर्षा समेत हुनसक्ने पूर्वानुमान गरिएको छ।

5 देशभर मनसुनी वायुको प्रभाव, अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा
  • Share
      message-button
      देशभर मनसुनी वायुको प्रभाव, अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा

      काठमाडौं । हाल नेपालभर मनसुन�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

12/May/2025
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर र भारतीय रुपैयाँको दर स्थिर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार आज भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री...

दर १६० रुपैयाँ १५ पैसा कायम भएको छ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ३० पैसा र बिक्री दर १३६ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिद दर १५३ रुपैयाँ ३१ पैसा र बिक्री दर १५३ रुपैयाँ ९९ पैसा कायम गरिएको छ।

युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १८१ रुपैयाँ ३५ पैसा र बिक्री दर १८२ रुपैयाँ १५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६३ रुपैयाँ ९३ पैसा र बिक्री दर १६४ रुपैयाँ ६५ पैसा रहेको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४० पैसा र बिक्री दर ८७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७९ पैसा र बिक्री दर ९८ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०५ रुपैयाँ र बिक्री दर १०५ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३८ पैसा र बिक्री दर ९ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा, साउदी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३९ पैसा र बिक्री दर ३७ रुपैयाँ ५६ पैसा रहेको छ।

थाई भाट एकको खरिद दर ४ रुपैयाँ १३ पैसा र बिक्री दर ४ रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ११ पैसा र बिक्री दर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ७२ पैसा र बिक्री दर ३१ रुपैयाँ ८६ पैसा कायम गरिएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७६ पैसा र बिक्री दर ९ रुपैयाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ४ पैसा र बिक्री दर १४ रुपैयाँ १० पैसा, डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ५५ पैसा र बिक्री दर २० रुपैयाँ ६४ पैसा रहेको छ।

हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ५२ पैसा र बिक्री दर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रुपैयाँ ३० पैसा र बिक्री दर ४४६ रुपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६३ रुपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रुपैयाँ ४९ पैसा र बिक्री दर ३५६ रुपैयाँ ५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा समेत संशोधन गर्न सकिने जनाएको छ।

2 नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर र भारतीय रुपैयाँको दर स्थिर
  • Share
      message-button
      नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर र भारतीय रुपैयाँको दर स्थिर

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

23/Jun/2025
आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्प्स बिच सहकार्य आवश्यकः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) बिच...

बलियो सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौँको चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापारः अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रियात्मक कार्यशालामा बोल्दै महासंघ अध्यक्ष ढकालले नेपालले आफ्‌नो आर्थिक कूटनीतिलाई बढाउदै विकास र सम्मृद्धिमा फड्को मार्न विश्वका महत्वपूर्ण ६४ देशका अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । ढकाल अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन) का डिन समेत हुनुहुन्छ ।

“सरकार र एचसीसीएन नेपालबिच विश्वास र साझेदारीको सहकार्य आवश्यक रहेको छ । राज्यले अनररी कन्सुलर कर्प्सलाई अवैतनिक र औपचारिक दूतको रुपमा मात्र होइन आर्थिक कूटनीतिज्ञको रूपमा व्यवहार र उपयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

ढकालका अनुसार वाणिज्यदूतहरु व्यापार, पर्यटन, लगानी र आर्थिक सहकार्यमा पहिल्यै सक्रिय रहेका छन् र उनीहरूले सरकारको खर्च बिना आफ्‌नै स्रोत, समय र सञ्जाल प्रयोग गरेर नेपाललाई विदेशमा प्रवद्र्धन गरिरहेका छन् ।

उहाँले वाणिज्यदूतहरुलाई नेपाल र विश्व अर्थतन्त्रबीचको पुलको रूपमा उपयोग गर्न सकिने उल्लेख गर्नुभयो ।

त्यस्तै, भूकम्प, बाढी र अन्य संकटको बेला वाणिज्यदूतहरुले प्रतिनिधित्व गर्ने देशहरूले नेपाललाई सहयोग उल्लेख गर्दै यसले वाणिज्यदूहरुमार्फत उनीहरुले र्प्रतिनिधित्व गर्ने देशहरुसँग भविष्यमा गरिने सहकार्य अझ मजबुत बनाउन सक्ने बताउनुभयो ।

परराष्ट्र मन्त्रालयले हालै गठन गरेको आर्थिक कूटनीति विभागको स्वागत गर्दै ढकालले यसले सरकार, अनररी कन्सुलर कर्पस् नेपाल, निजी क्षेत्र र कूटनीतिक निकायबिच अझ राम्रो समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “आर्थिक कूटनीति केवल व्यापारमा सीमित छैन । यो रोजगार, प्रविधि, ब्राण्डिङ, पर्यटन लगायत धेरै क्षेत्रसँग जोडिएको छ,” उहाँले भन्नुभयो ।

निजी क्षेत्रले नेपालको कुल गार्हस्थ उत्पादनको ८१ प्रतिशतभन्दा बढी योगदान गर्ने र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने तथ्य प्रस्तुत गर्दै ढकालले निजी क्षेत्रलाई आर्थिक सहयोग चाहिएको नभई सम्मान, पहिचान र निर्णय प्रक्रियामा स्थान चाहिएको स्पष्ट गर्नुभयो ।

भारत, चीन र यूएई लगायतका मुलुकमा प्रधानमन्त्रीको भ्रमणको बेला आयोजना गरिएका व्यापार सम्मेलनहरूले लगानी र आर्थिक सहकार्यमा नयाँ ढोका खोल्ने काम गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले आर्थिक कूटनीति विभागसँगको सहकार्यले आगामी दिनमा अझ धेरै, व्यवस्थित र प्रभावकारी रुपमा यस किसिमका कार्यक्रमहरु आयोजना गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

11 आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्प्स  बिच सहकार्य आवश्यकः अध्यक्ष ढकाल
  • Share
      message-button
      आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्प्स बिच सहकार्य आवश्यकः अध्यक्ष ढकाल

       काठमाडौं । नेपाल उद्योग वा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

26/May/2025
काठमाडौंसहित देशभर आंशिक बदली, हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशभर आंशिक बदलीको अवस्था कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज सोमबार, जेठ १२ गते, काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का बादल लागिरहेको...

छ भने दिउँसो र साँझतिर हल्का वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशका केही ठाउँहरूमा आंशिक बदली र हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपातको पनि सम्भावना रहेको छ। काठमाडौं उपत्यकाको तापक्रम २६ देखि २८ डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरमा मेघगर्जन/चट्याङ सहित हल्का बर्षा भइरहेको छ। हाल मनसुनको अवस्थाः बंगालको खाडिको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू-भागतर्फ मनसुन अगाडि बढने क्रममा रहेको छ।

यस्तै, पश्चिमी तथा मध्य क्षेत्रका पहाडी भू–भागमा बेलुकातिर मेघगर्जनसहितको वर्षा पनि हुनसक्ने मौसमविद्हरूको भनाइ छ। मौसममा आएको यस्ता उतारचढावले दैनिक जीवनयापन र सवारी आवागमनमा केही असर पार्नसक्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

5 काठमाडौंसहित देशभर आंशिक बदली, हल्का वर्षाको सम्भावना
  • Share
      message-button
      काठमाडौंसहित देशभर आंशिक बदली, हल्का वर्षाको सम्भावना

      काठमाडौँ । देशभर आंशिक बदलीक�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

04/Jul/2025
बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नु भएको छ ।

बेलायत–नेपाल चेम्बर अफ कमर्स र नेपाल...

दूतावास, लन्डनको संयुक्त आयोजनामा लण्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको बताउँदै बेलायती व्यवसायीहरुलाई लगानीको लागि आग्रह गर्नु भएको हो ।

नेपाल र बेलायतबीचको आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित लण्डन स्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा दुवै देशका व्यापारी, लगानीकर्ता र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रममा विशेष सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल र बेलायत बचि २ सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको, गोरखा सैनिकहरू भर्ति, विकास सहयोग, शिक्षा र व्यापारमा बेलायतको ठूलो योगदान रहेको चर्चा गर्दै दुई देशबीचको यो सम्बन्धलाई व्यापार र लगानीमार्फत थप उचाइमा पुर्‍याउनु पर्ने बताउनु भयो ।

नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहको चर्चा गर्दै उहाँले नेपालको रणनीतिक भौगोलिक अवस्थिती, युवा र दक्ष जनशक्ति, कम श्रम लागत, र विस्तार भइरहेको मध्यम वर्गले लगानीमैत्री वातावरण निर्माण गरेको बताउनु भयो ।

“नेपालमा जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको छ । नेपालसंग ४० हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्न सक्ने क्षमता छ । स्वच्छ र हरित ऊर्जा भविष्य हो, र हामी बेलायती कम्पनीहरूलाई यी अवसरमा सहभागी हुन आमन्त्रण गर्छौं ।” अध्यक्ष ढकालले भन्नु भयो ।

सूचना प्रविधिमा नेपाली युवाको सीप र दक्षताले नेपाललाई आउटसोर्सिङ र डिजिटल सेवाको प्रतिस्पर्धी हब बनाउन सकिने बताउँदै अध्यक्ष ढकालले लगानीकर्तालाई नेपालमा लगानीको लागि आवश्यक सहजीकरण र स्थिर वातावरण प्रदान गर्न महासंघ प्रतिवद्ध रहेको बताउनु भयो ।

नेपाल र बेलायतबीचको सम्बन्धलाई प्रगाढ बनाउन बेलायतस्थित नेपाली समुदायले खेलेको भूमिका सराहनीय रहेको चर्चा गर्दै अध्यक्ष ढकालले नेपाली उत्पादनको बजारिकरण, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा नेपाली समुदायले थप योगदान दिनसक्ने बताउनु भयो । कार्यक्रमले दुवै देशबीच व्यापार, लगानी र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।

3 बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
  • Share
      message-button
      बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

23/May/2025
पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गर्नु भएको छ ।

संस्कृति पर्यटन तथा...

नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा आज देखि काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टको उद्घाटनका अवसरमा बोल्दै उहाँले कनेक्टिभिटीका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिनुभयो ।

मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले मार्टलाई थप परिष्कृत गर्न र नेपालको लागि ब्रान्डको रूपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो । “हाम्रा दुई छिमेकी देशहरू भारत र चीनमा बौद्ध अनुयायीहरूको संख्या ठूलो छ । उनीहरू पनि यहाँ आउन इच्छुक देखिन्छन् । हामीले तिनीहरूलाई ल्याउनको लागि तदनुसार ब्रान्डिङ र प्याकेजहरू तयार गर्नुपर्छ ।” उहाँले भन्नुभयो ।

उहाँले बौद्ध पर्यटन प्रवद्र्धनका लागि नेपालको लुम्बिनी सहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थलहरू तथा भारतमा रहेका तीर्थस्थलहरूसँग जोडेर बौद्ध सर्किट विकास गर्नु पर्ने बताउनु भयो । अध्यक्ष ढकालले विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई कम्तिमा एक पटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुपर्छ भन्ने सन्देश दिन तथा सोही अनुरुप पर्यटक आगमन बढाउन सकेमा नेपालको पर्यटनको सम्पूर्ण आयाम परिवर्तन गर्न सकिने धारणा राख्नु भयो ।

अर्बौंको लागतमा गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपनि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेकोले विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न ठोस पहल गर्न सरकारसंग आग्रह गर्नुभयो । “गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सम्भावना र सोही विमानस्थललाई हेरेर निजी क्षेत्रले ठूलो लगानी गरेको छ । तर, विमानस्थल सञ्चालनमा नआउँदा लगानी गुम्ने जोखिम बढेको छ । यो कुरा पोखरा विमानस्थलमा पनि लागू हुन्छ । यसप्रति सरकार संवेदनशील हुन आवश्यक छ ।” उहाँले भन्नु भयो ।

बिआईटीएमले लुम्बिनीमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको बसाई लम्ब्याउन र लुम्बिनीलाई एक महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पनि मद्दत गर्ने धारणा राख्नु भयो ।

“लुम्बिनीको आध्यात्मिक वातावरण ध्यान कक्षाहरू प्रदान गर्नको लागि उपयुक्त छ । आजको द्रुत गतिको संसारमा, धेरै मानिसहरू शान्ति, सजगता र दैनिक तनावबाट विश्राम खोजिरहेका छन् । लुम्बिनीले स्वास्थ्य पर्यटनको लागि आदर्श शान्त वातावरण प्रदान गर्दछ । हामी विभिन्न प्रकारका कल्याण कार्यक्रमहरू विकास गर्न सक्छौं । ” अध्यक्ष ढकालले भन्नु भयो ।

उहाँले नेपालको हवाई भाडा महँगो रहेको र सरकारले टिकटमा भ्याट लगाउँदा भाडा थप महँगो भएको बताउँदै यसमा समीक्षा गर्न आग्रह गर्नुभयो ।

नेपाललाई विवाह, बैठक र सम्मेलन पर्यटनको लागि गन्तव्यको रूपमा विकास गर्न सकिने धारणा राख्दै उहाँले नेपालको सीमावर्ती क्षेत्रहरूमा लगभग १५ करोड भारतीयहरू मध्यम वर्गमा प्रवेश गरेको अवस्थामा भारतीय पर्यटकहरूले नेपाल आउँदा २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन सक्ने प्रावधानलाई परिमार्जन गर्न र अन्य देशहरूबाट आउने पर्यटकहरूले जस्तै नेपालमा मान्य हुने ५ हजार अमेरिकी डलरसम्मको मुद्रा ल्याउन पाउने व्यवस्था गरिनुपर्ने सुझाव दिनुभयो ।

नेपालमा पर्यटनको विशाल सम्भावनालाई ध्यानमा राख्दै, सरकार र निजी क्षेत्रले मिलेर यसबाट लाभ उठाउन सक्ने उल्लेख गर्दै अध्यक्ष ढकालले विदेशी लगानीकर्ताहरूलाई पनि नेपालमा पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना भएकोले लगानी गर्न आग्रह गर्नुभयो ।

8 पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह
  • Share
      message-button
      पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

09/Jul/2025
विदेशी मुद्राको आजको दर : डलर, युरो, पाउण्ड, रियालदेखि युआनसम्मको नयाँ अपडेट

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बुधबारको दरअनुसार अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७...

रुपैयाँ ४२ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५४ पैसा र बिक्रीदर १६१ रुपैयाँ २४ पैसा रहेको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६१ पैसा छ।

स्वीस फ्रयाङ्कको खरिददर १७१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४१ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा तोकिएको छ।

क्यानेडियन डलरको दर पनि स्थिर देखिएको छ – खरिददर १०० रुपैयाँ २५ पैसा र बिक्रीदर १०० रुपैयाँ ६९ पैसा। सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४९ पैसा छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा कायम छ।

साउदी रियालको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा छ। कतारी रियालको दर पनि सोहीअनुसार खरिदमा ३७ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३७ रुपैयाँ ७१ पैसा छ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ २१ पैसा र बिक्रीदर ४ रुपैयाँ २३ पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा रहेको छ।

त्यस्तै, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा छ। दक्षिण कोरियन वोन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा कायम गरिएको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७ रुपैयाँ ५१ पैसा छ भने स्वीडिस क्रोनरको खरिददर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४४ पैसा छ।

यसैगरी डेनिस क्रोनरको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६१ पैसा, बहराइन दिनारको खरिददर ३६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५४ पैसा, ओमानी रियालको खरिददर ३५५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ९४ पैसा छ।

कुवेती दिनार आजको लागि सबैभन्दा उच्च मूल्यको मुद्रा हो जसको खरिददर ४४७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८३ पैसा कायम गरिएको छ।

5 विदेशी मुद्राको आजको दर : डलर, युरो, पाउण्ड, रियालदेखि युआनसम्मको नयाँ अपडेट
  • Share
      message-button
      विदेशी मुद्राको आजको दर : डलर, युरो, पाउण्ड, रियालदेखि युआनसम्मको नयाँ अपडेट

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

18/Jul/2025
अमेरिकी डलरको मूल्य बढ्दा सस्तियो युरोदेखि अष्ट्रेलियन डलरसम्म, कुनको मूल्य कति?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिदर १६० रुपैयाँ र बिक्रीदर १६०...

रुपैयाँ १५ पैसा रहेको।

अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ १२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७० रुपैयाँ ७५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा रहेको छ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०० रुपैया २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०७ रुपैयाँ २५ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा,थाई भाट एकको खरिददर ४ रुपैयाँ २२ पैसा र बिक्रीदर ४ रुपैयाँ २४ पैसा रहेको छ।

यसैगरी, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६ पैसा र बिक्रीदर १४ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३२ पैसा र बिक्रीदर २१ रुपैयाँ ४१ पैसा रहेको छ।

त्यस्तै,हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६६ रुपैयाँ १० पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुयैयाँ ९५ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

5 अमेरिकी डलरको मूल्य बढ्दा सस्तियो युरोदेखि अष्ट्रेलियन डलरसम्म, कुनको मूल्य कति?
  • Share
      message-button
      अमेरिकी डलरको मूल्य बढ्दा सस्तियो युरोदेखि अष्ट्रेलियन डलरसम्म, कुनको मूल्य कति?

      काठमाडौँ। नेपाल राष्ट्र बैङ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

21/Jun/2025
अमेरिकी डलर स्थिर: जान्नुहोस आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज शनिवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार विभिन्न प्रमुख मुद्राहरुको खरिद तथा बिक्रीदर निम्न छन् भारतीय रुपैयाँ (INR,...

१०० एकाई): खरिद रु १६० रुपैयाँ र बिक्री रु १६० रुपैयाँ १५ पैसा ।

अमेरिकी डलर एकको खरिददर रु १३८ रुपैयाँ २४ पैसा र बिक्री रु १३८ रुपैयाँ ८४ पैसा , युरो एकको खरिददर रु १५९ रुपैयाँ २० पैसा र बिक्री रु १५९ रुपैयाँ ८९ पैसा, बेलायती पाउण्ड GBP एकको खरिददर खरिद रु १८६ रुपैयाँ ५१ पैसा र बिक्री रु १८७ रुपैयाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर रु १६९ रुपैयाँ ७ पैसा र बिक्री रु १६९ रुपैयाँ ८० पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर रु ८९ रुपैयाँ ६४ पैसा र बिक्री रु ९० रुपैयाँ ०३ पैसा, क्यानाडेली डलर एकको खरिददर रु १०० रुपैयाँ ८६ पैसा र बिक्री रु १०१ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर रु १०७ रुपैयाँ ५८ पैसा र बिक्री रु १०८ रुपैयाँ ०५ पैसा, जापानी येन एकको खरिददर रु ९ रुपैयाँ ५० पैसा र बिक्री रु ९ रुपैयाँ ५४ पैसा रहेको छ।

त्यसैगरी, चिनियाँ युआन एकको खरिददर रु १९ रुपैयाँ २५ पैसा र बिक्री रु १९ रुपैयाँ ३४ पैसा, साउदी रियाल एकको खरिददर रु ३६ रुपैयाँ ८४ पैसा र बिक्री रु ३७ रुपैयाँ शून्य पैसा, कतारी रियाल एकको खरिददर रु ३७ रुपैयाँ ९२ पैसा र बिक्री रु ३८ रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनेर एकको खरिददर रु १४ रुपैयाँ ३२ पैसा र बिक्री रु १४ रुपैयाँ ३८ पैसा, मलेसियाली रिङ्गिट एकको खरिददर रु ३२ रुपैयाँ ५१ पैसा र बिक्री रु ३२ रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर रु ४५१ रुपैयाँ ४० पैसा र बिक्री रु ४५३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

6 अमेरिकी डलर स्थिर: जान्नुहोस आजको विदेशी मुद्राको विनिमय दर
  • Share
      message-button
      अमेरिकी डलर स्थिर: जान्नुहोस आजको विदेशी मुद्राको विनिमय दर

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

13/May/2025
सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन खुला, कसरी आवेदन गर्ने? जान्नुहोस् प्रक्रिया

काठमाडौँ। सन नेपाल लाइफ इन्सुरेन्सको २७ प्रतिशत हकप्रद सेयरमा आज वैशाख ३० गते मंगलबारदेखि आवेदन दिन सकिनेछ।

यस कम्पनीले १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६...

हजार ३२० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको छ।

यस कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, वैशाख ४ गतेसम्म कायम सेयरधनीले यस कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन्। यो हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ।

सन नेपालको हकप्रद सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रूपैयाँ पुग्नेछ।

16 सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन खुला, कसरी आवेदन गर्ने? जान्नुहोस् प्रक्रिया
  • Share
      message-button
      सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन खुला, कसरी आवेदन गर्ने? जान्नुहोस् प्रक्रिया

      काठमाडौँ। सन नेपाल लाइफ इन्स�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

25/Jul/2025
अमेरिकी डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैयाँ १५ पैसा र...

बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३३ पैसा र बिक्री दर १०१ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०८ रुपैयाँ र बिक्री दर १०८ रुपैयाँ ४७ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैयाँ १ पैसा रहेको छ।

युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

3 अमेरिकी डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति?
  • Share
      message-button
      अमेरिकी डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति?

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

21/May/2025
पश्चिमी वायु र बङ्गालको खाडीको प्रभाव: कोशी, बागमती र गण्डकीका पहाडमा वर्षाको सम्भावना
काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल नेपालमा पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ।

यस प्रभावका कारण आज कोशी, बागमती, र...

गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। धरान र कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना विभागले जनाएको छ।

त्यस्तै, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सफा रहने देखिएको छ। यद्यपि दिउँसोको समयमा ती क्षेत्रहरूमा तापक्रम बढ्ने भएकाले गर्मी महसुस हुन सक्छ।

काठमाडौं उपत्यकाको आजको तापक्रम न्यूनतम १७ डिग्री सेल्सियस र अधिकतम २६ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ।

विभागले नागरिकहरूलाई सम्भावित मेघगर्जन, चट्याङ र वर्षाप्रति सतर्क रहन अनुरोध गरेको छ।

8 पश्चिमी वायु र बङ्गालको खाडीको प्रभाव: कोशी, बागमती र गण्डकीका पहाडमा वर्षाको सम्भावना
  • Share
      message-button
      पश्चिमी वायु र बङ्गालको खाडीको प्रभाव: कोशी, बागमती र गण्डकीका पहाडमा वर्षाको सम्भावना

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

17/Jun/2025
अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ...

१५ पैसा रहेको छ।

आज अमेरिकी डलर घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ १ पैसा रहेको छ।

यस्तैगरी, आज युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७९ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ १६ पैसा रहेको छ।

राष्ट्र बैंकले आज क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ २३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८२ पैसा,जापानी येन १० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा रहेको छ।

आज साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७ रुपैयाँ ८६ पैसा रहेको छ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ २३ पैसा र बिक्रीदर ४ रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४ रुपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३३ पैसा र बिक्रीदर २१ रुपैयाँ ४३ पैसा रहेको छ।

हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ २७ पैसा र बिक्रीदर ४५१ रुपैयाँ २३ पैसा,बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

4 अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
  • Share
      message-button
      अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

      काठमाडौँ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

27/Jun/2025
डोङफेङ नामीद्वारा नेपालभरका लागि “फाइभ स्टार अफर”को घोषणा

काठमाडौं। नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धि‍ले “नामी फाइभ स्टार अफर” सार्वजनिक गरेको छ। यो विशेष र सीमित अवधिको अफर नेपालभरका सबै नामी शोरूमहरूमा...

उपलब्ध हुनेछ। यस अफरमार्फत ग्राहकहरूले नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा अतिरिक्त लाभहरू पाउनेछन्, जसले उनीहरूको खरिद अनुभवलाई झनै मूल्यवान र लाभदायक बनाउनेछ।

नामी फाइभ स्टार अफरले ग्राहकहरूलाई आकर्षित गर्ने पाँचवटा विशेष सुविधाहरू प्रदान गर्दछ। यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, 7kW + 3.5kW चार्जर, अटो प्लस बीमा, चालु आर्थिक वर्षका लागि निःशुल्क सडक कर र निःशुल्क एक्सेसरिजहरू प्राप्त गर्नेछन्। विद्युतीय सवारीप्रतिको रुचि बढ्दो क्रममा रहेको वर्तमान परिवेशमा नामी इभी स्मार्ट सहरियाहरूका लागि सुलभ र आधुनिक विकल्प बन्न पुगेको छ। यी पाँच लाभहरूका कारण नामी खरिद गर्नु अहिलेसम्मकै बुद्धिमानी र लाभदायक निर्णय बन्ने पक्का छ।

बढ्दो विद्युतीय सवारी बजारमा नामी लोकप्रिय छनोट बनेको छ। बेस्ट-इन-क्लास फिचरहरू, इम्प्रेसिभ ड्राइभिङ रेञ्ज र स्मार्ट मूल्यका कारण यो धेरै ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल भएको हो। सुपथ मूल्यमा लक्जरी, आधुनिक डिजाइन र प्रविधिको सुन्दर संयोजन पस्कन सक्ने क्षमताले नामीलाई विद्युतीय सवारी चाहनेहरूको नजरमा झनै विश्वसनीय बनाएको छ।

यी सीमित अवधिका अफरहरूको फाइदा लिन र झन्झटरहित तरिकाले आफ्नो सवारी अपग्रेड गर्नका लागि ग्राहकहरूलाई आफू नजिकको डोङफेङ शोरूममा चाँडोभन्दा चाँडो पुग्न प्रोत्साहन गरिन्छ।

13 डोङफेङ नामीद्वारा नेपालभरका लागि “फाइभ स्टार अफर”को घोषणा
  • Share
      message-button
      डोङफेङ नामीद्वारा नेपालभरका लागि “फाइभ स्टार अफर”को घोषणा

      काठमाडौं। नेपालका लागि डोङफ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

12/May/2025
देशभर आंशिक बदली, पहाडी भेगमा हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ। देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै अरब सागरबाट भित्रिरहेको...

जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकोले देशको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ।

महाशाखाका अनुसार अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

त्यस्तै, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना देखिएको छ। मौसमविद्हरूले वर्षा, चट्याङ्ग र हावाहुरीका कारण जनजीवन, कृषि तथा यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

3 देशभर आंशिक बदली, पहाडी भेगमा हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना
  • Share
      message-button
      देशभर आंशिक बदली, पहाडी भेगमा हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना

      काठमाडौँ। देशभर हाल पश्चिमी �

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

09/Jun/2025
क्लासिकटेकले सुरु गर्यो नयाँ डिलर पार्टनर योजना, मोबाइल एपमार्फत शून्य लगानीमा मासिक आम्दानीको सम्भावना

काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेक प्रालिले नेपालभर आफ्ना सेवा विस्तार गर्न डिलर पार्टनर योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार उक्त योजनाअन्तर्गत अब इच्छुक व्यक्ति वा...

समूहले कुनै पनि प्रारम्भिक लगानी बिना मोबाइल एपमार्फत डिलरको रूपमा काम गर्न सक्नेछन्।

कम्पनीले "डिलर पार्टनर एप" नामक विशेष मोबाइल एप सञ्चालनमा ल्याएको छ, जसबाट कुनै पनि प्रयोगकर्ताले ग्राहकलाई इन्टरनेट वा टिभी सेवा जोडेर प्रत्यक्ष कमिसन आम्दानी गर्न सक्ने व्यवस्था गरिएको छ। कम्पनीले दिएको जानकारीअनुसार सफल जडानमा डिलरले रु १,४०० सम्म कमिशन प्राप्त गर्नेछन्।

क्लासिकटेकको दावी अनुसार, यस्ता जडानहरूबाट मासिकरूपमा रु २०,००० सम्मको नियमित आम्दानी सम्भव हुने अनुमान गरिएको छ। तर कम्पनीले यो आँकडा संभाव्यता आधारित भएको जनाउँदै वास्तविक आम्दानी प्रयास, क्षेत्र र जडानको संख्यामा निर्भर हुने स्पष्ट पारेको छ।

कम्पनिका अनुसार यो योजना डिजिटल माध्यमबाट स्वरोजगार सिर्जना गर्ने नयाँ प्रयासका रूपमा लिएको बताएका छन्। तर, यस्ता योजनामा सहभागी हुनेहरूले सेवा सर्तहरू ध्यानपूर्वक पढ्नुपर्ने र कम्पनीको आधिकारिक स्रोतबाट नै जानकारी लिनु पर्ने सुझाव दिएका छन्।

यस योजनामा सहभागी हुन इच्छुकहरूले Google Play Store वा App Store मार्फत ‘Dealer Partner App’ डाउनलोड गरी केवाईसी (KYC) प्रक्रिया पूरा गर्नु पर्नेछ। भेरिफिकेसन पछि मात्र प्रयोगकर्ताले एपमार्फत काम गर्न पाउनेछन्।

क्लासिकटेकले भने देशभर सेवा विस्तार गर्न यस्तो योजना ल्याइएको बताउँदै देशका सबै प्रमुख शहर र ग्रामीण क्षेत्रका लागि नयाँ डिलरहरू चाहिएको जानकारी दिएको छ।

6 क्लासिकटेकले सुरु गर्यो नयाँ डिलर पार्टनर योजना, मोबाइल एपमार्फत शून्य लगानीमा मासिक आम्दानीको सम्भावना
  • Share
      message-button
      क्लासिकटेकले सुरु गर्यो नयाँ डिलर पार्टनर योजना, मोबाइल एपमार्फत शून्य लगानीमा मासिक आम्दानीको सम्भावना

      काठमाडौं। इन्टरनेट सेवा प्र�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

13/Jun/2025
निफ्रा ग्रीन इनर्जी बोन्ड ६% २०८८/८९ को बाँडफाँड सम्पन्न, तोकिएको भन्दा ३.८ गुणा बढी आवेदन

काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्काशन गरेको "निफ्रा ग्रीन इनर्जी बोन्ड ६% २०८८/८९ नामको...

हरित उर्जा ऋणपत्रको बाँडफाँड आज २०८२ जेष्ठ २९ गते एनआइएमवि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा सफलतापूर्वक बाँडफाँड सम्पन्न भएको छ ।

रु.५ अर्व रकम बराबरको यस हरित ऋणपत्रका लागि उत्साहजनक रुपमा ३.८ गुणा भन्दा बढी आवेदन प्राप्त भएको छ। जसले नेपाली बजारको वित्तीय दृष्टिकोण प्रति उच्च विश्वास प्रतिविम्वित गर्दछ । कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रवन्धकत्वमा मिति २०८२/०२/१८ गते देखि २०८२/०२/२५ गतेसम्म निष्काशन गरिएको थियो । उक्त निष्काशनमा विभिन्न संघ संस्था तथा सर्वसाधारणहरु मार्फत उत्साहजनक सहभागिता रहेको छ ।

एनआइएमबि एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री शिवान्त बहादुर पाँडे भन्नुहुन्छ

"नेपालको पहिलो हरित उर्जा ऋणपत्रको सार्वजनिक निष्काशनलाई सफलतापूर्वक सम्पन्न गर्न पाउनु हाम्रो लागि निकै गर्वको कुरा हो। यो पहल नविनता र दुरदर्शितामा आधारि हाम्रो सिद्धान्तको स्वभाविक विस्तार हो । एनआइएमवि एस क्यापिटलको तर्फबाट हामी यस्तो ऐतिहासिक पहलमा अग्रसर हुन पाएकोमा उत्साहित छौं । आगामी दिनहरुमा अझै यस्ता अर्थपूर्ण परियोजनाहरु लिएर आउने विश्वास दिलाउन चाहन्छौं ।"

७ वर्षको अवधि रहि वार्षिक ६ प्रतिशत व्याजदर भएको यस ऋणपत्र नेपालमै पहिलो पटक सार्वजनिक रुपमा जारी गरिएको हरित उजां ऋणपत्र रहेको छ। यस हरित उर्जा ऋणपत्र निष्काशनको कार्य सम्पन्न भैसकेको सन्दर्भमा यस प्रकृयामा सहयोग पुर्याउने नेपाल सरकार, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग, विदेशी दातृ निकायहरु, ग्लोवल ग्रीन ग्रोथ इन्ष्टिच्युट र कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी, कम्पनीका सहयोगीहरु तथा पत्रकार वृत्त लगायत सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै बाँडफाँड कार्यक्रम सम्पन्न भएको थियो ।

5 निफ्रा ग्रीन इनर्जी बोन्ड ६% २०८८/८९ को बाँडफाँड सम्पन्न, तोकिएको भन्दा ३.८ गुणा बढी आवेदन
  • Share
      message-button
      निफ्रा ग्रीन इनर्जी बोन्ड ६% २०८८/८९ को बाँडफाँड सम्पन्न, तोकिएको भन्दा ३.८ गुणा बढी आवेदन

      काठमाडौँ । एनआइएमबि एस क्याप�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

24/May/2025
BITM 2025: नेपाल शान्ति पर्यटनको विश्व केन्द्र बन्छ – पर्यटनमन्त्री

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्तिको पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल पर्यटन बोर्डको...

आयोजनामा शुक्रबारदेखि सुरु भएको बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (BITM) २०२५ को उद्घाटन सत्रमा मन्तव्य दिंदै उनले यस्तो धारणा राखेका हुन्।

मन्त्री पाण्डेले बुद्धको जन्मभूमि लुम्बिनीबाट पुनः शान्तिको सन्देश विश्वभर फैलाउने समय आएको बताउँदै लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ति सहर’को रूपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे। उनले भने, कपिलवस्तु, रामग्राम, देवदह, तिलौराकोटजस्ता बौद्ध सर्किटहरूलाई समेटेर लुम्बिनीलाई विश्वस्तरको गन्तव्य बनाइनेछ।

बौद्ध पर्यटन प्रवर्द्धनका लागि सरकार विशेष सक्रिय रहेको बताउँदै मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालनका लागि पहल भइरहेको जानकारी दिए। त्यस्तै, सडक सञ्जाल तथा भौतिक पूर्वाधार विकासमार्फत तीर्थयात्रु र पर्यटकको सहज आवागमन सुनिश्चित गरिने उनले बताए।

युनेस्को प्रतिनिधिसँग भएको हालको संवाद उल्लेख गर्दै मन्त्री पाण्डेले लुम्बिनीलाई ‘जोखिमयुक्त’ सूचीमा नराख्न आग्रह गरिसकेको बताए। साथै, ऐतिहासिक तिलौराकोट क्षेत्रलाई युनेस्कोको सम्भावित सूचीमा समावेश गर्न सरकारी प्रयास चलिरहेको पनि जानकारी गराए।

उनले BITM जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूले नेपालको अध्यात्मिक पर्यटनलाई विश्व बजारमा स्थापित गर्न सहयोग पुर्‍याउने भन्दै यस्तो कार्यक्रमलाई दीर्घकालीन रणनीतिको अङ्गका रूपमा लिइएको बताए।

12 BITM 2025: नेपाल शान्ति पर्यटनको विश्व केन्द्र बन्छ – पर्यटनमन्त्री
  • Share
      message-button
      BITM 2025: नेपाल शान्ति पर्यटनको विश्व केन्द्र बन्छ – पर्यटनमन्त्री

      काठमाडौं। संस्कृति, पर्यटन त�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

28/Jun/2025
यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ 3S शोरुमको उद्घाटन

काठमाडौं। यामाहा नेपालले काठमाडौँको गोंगबुमा नयाँ 3S फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) भएको शोरुम ‘मोटो क्राफ्ट्स प्रा. लि.’ को उद्घाटन गरेको छ। प्रमुख अतिथि, टोखा...

नगरपालिकाका मेयर श्री प्रकाश अधिकारी एवम् विशेष अतिथिहरू एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका समूह निर्देशक श्री गोपाल कुमार अग्रवाल र एमएडब्ल्यू राइड्स प्रा. लि. का कार्यकारी निर्देशक तथा सीईओ श्री दीपक कुमार अग्रवालको उपस्थितिमा शोरुमको औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा टोखा वडा नम्बर ९ का वडा अध्यक्ष श्री रामभक्त घिमिरेलाई अतिथीका रूपमा स्वागत गरिएको थियो

आधुनिक पूर्वाधार र दक्ष टिम सहितको मोटो क्राफ्ट्स प्रा. लि. ले अब यामाहाको विश्वसनीय 3s अनुभव एकै छानामुनि उपलब्ध गराउने छ, जहाँ ग्राहकहरूले बिस्तृत सेल्स कन्सल्टेसन र भरपर्दो आफ्टर सेल्स सर्भिस लिन र सक्कली स्पेयर पार्ट्सहरू एकै स्थानमा पाउन सक्नेछन्।

कार्यक्रममा बोल्दै श्री गोपालकुमार अग्रवालले भन्नुभयो, “यामाहा पर्फर्मेन्स, भरपर्दो प्रविधि र इनोभेसनसँग जोडिएको ब्रान्ड हो। गोंगबुमा मोटो क्राफ्ट्स प्रा. लि. सुरु गरेर हामीले नयाँ शोरुममात्र खोलेका छैनौँ, बरू यामाहाका प्रत्येक ग्राहकसम्म पुग्ने गरी हाम्रो उत्कृष्टताको प्रतिबद्धता फैलाईरहेका छौं। हामी सधैं पार्टनर र समुदायसँगै अगाडि बढ्नमा विश्वास गर्छौं र यो शोरुम त्यसैको प्रतिबिम्ब हो।”

त्यस्तै, कार्यक्रममा आफ्नो धारणा राख्दै एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ श्री दीपककुमार अग्रवालले भन्नुभयो, “गोंगबुमा नयाँ 3S शोरुम सुरु गर्नु भनेको हामीले यामाहाका उत्कृष्ट उत्पादन र सेवाहरू ग्राहकको नजिक पुर्‍याउने प्रयासकै अर्को कदम हो। हामी सधैं ग्राहक सेवा, पूर्वाधार र प्राविधिक क्षमतामा उच्च मापदण्ड कायम गर्दै नेटवर्क विस्तारमा अग्रसर रहनेछौं।”

मोटो क्राफ्ट्स प्रा. लि.का कार्यकारी निर्देशक श्री सुरोज न्हेम्हाफुकीले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भने, “मोटो क्राफ्ट्सबाट हामी उच्च गुणस्तरका यामाहा दुई पाङ्ग्रे सवारी साधनको बिक्री मात्र नभई भरपर्दो आफ्टर सेल्स सर्भिस मार्फत पनि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न समर्पित छौं। हाम्रो लक्ष्य भनेको सेल्सदेखि सर्भिस हुँदै हरेक चरणमा ग्राहक सन्तुष्टि सुनिश्चित गरेर प्रत्येक राइडरसँग दीर्घकालीन विश्वास निर्माण गर्नु हो।”

यस नयाँ शोरुमको शुभारम्भसँगै यामाहा नेपालले आफ्नो डिलर नेटवर्क अझ सशक्त बनाएको छ। अब गोंगबु र आसपासका ग्राहकले सजिलै यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिस र स्पेयर पार्ट्स पाउन सक्नेछन्।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले भरपर्दो प्रविधि, इनोभेसन र ग्राहक सन्तुष्टिको प्रतिबद्धता मार्फत नेपाली दुईपांग्रे बजारको अगुवाइ गर्दै आएको छ।

3 यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ 3S शोरुमको उद्घाटन
  • Share
      message-button
      यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ 3S शोरुमको उद्घाटन

      काठमाडौं। यामाहा नेपालले का�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

25/May/2025
आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलरको दर १३६.६५ रुपैयाँ, युरो र पाउन्ड स्टर्लिङ्गमा पनि बढोत्तरी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार, २०८२ जेठ ११ गतेका लागि तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार १ अमेरिकी डलरको खरिद दर १३६.०५ रुपैयाँ र बिक्री...

दर १३६.६५ रुपैयाँ कायम भएको छ। युरोपेली युरोको खरिद दर १५४.५१ रुपैयाँ र बिक्री दर १५५.१९ रुपैयाँ पुगेको छ भने बेलायती पाउन्ड स्टर्लिङ्गको खरिद दर १८३.६७ रुपैयाँ र बिक्री दर १८४.४८ रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, स्वीस फ्र्याङ्क १६४.८५ रुपैयाँमा खरिद र १६५.५८ रुपैयाँमा बिक्री भइरहेको छ। अष्ट्रेलियन डलर ८७.९४ रुपैयाँमा खरिद र ८८.३३ रुपैयाँमा बिक्री भइरहेको छ। क्यानाडियन डलरको खरिद दर ९८.५० रुपैयाँ र बिक्री दर ९८.९३ रुपैयाँमा छ।

जापानी येन (१० येन) को खरिद दर ९.५० रुपैयाँ र बिक्री दर ९.५४ रुपैयाँ छ भने चिनियाँ युआनको खरिद दर १८.९४ रुपैयाँ र बिक्री दर १९.०२ रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार यी दरहरू बैंकहरूले आ-आफ्नो लेनदेन दरमा केही फरक हुन सक्छन्। मुद्रा सटही गर्दा ग्राहकहरूले नयाँ दरको जानकारी लिन सल्लाह दिइएको छ।

5 आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलरको दर १३६.६५ रुपैयाँ, युरो र पाउन्ड स्टर्लिङ्गमा पनि बढोत्तरी
  • Share
      message-button
      आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलरको दर १३६.६५ रुपैयाँ, युरो र पाउन्ड स्टर्लिङ्गमा पनि बढोत्तरी

      काठमाडौं । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

23/Jul/2025
डलर रु १३७.९० मा स्थिर, यूरो–पाउण्डमा सानोतिनो उतार–चढाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलरको खरिददर रु १३७.९० र बिक्रीदर रु १३८.५० कायम गरिएको छ ।

अन्य मुद्राहरूमा स्वीस...

फ्राङ्कको खरिद-दर रु १७२.९८ र बिक्रीदर रु १७३.७३, अस्ट्रेलियन डलर रु ८९.८१/९०.२१, क्यानेडियन डलर रु १००.८१/१०१.२५ र सिंगापुर डलर रु १०७.५९/१०८.०६ रहेको छ । जापनिज येन १० एकाइ खरिददर रु ९.३५ र बिक्रीदर रु ९.३९ भएको छ भने चिनियाँ युआन रु १९.२२/१९.३० मा कारोबार भइरहेको छ।

खाडी तथा अन्य क्षेत्रीय मुद्राहरूमा यूएई दिराम रु ३७.५४/३७.७१, साउदी रियाल रु ३६.७६/३६.९२, कतारी रियाल रु ३७.८३/३८.०० तथा थाई भाट रु ४.२७/४.२९ कायम गरिएको छ ।

हङकङ डलर रु १७.५७/१७.६४, मलेशियन रिङ्गेट रु ३२.५९/३२.७३ र दक्षिण कोरियन वन (१०० एकाइ) रु ९.९४/९.९९ मा रहेको छ ।

यी विनिमय दरहरू राष्ट्र बैंकले आज पुष्टि गरेको ‘खुला बजार दर’ अनुसार तय गरिएको हो, जुन सम्बन्धित बैंक तथा वित्तीय संस्था बीचको वास्तविक कारोबारमा आधारित हुन सक्छ।

3 डलर रु १३७.९० मा स्थिर, यूरो–पाउण्डमा सानोतिनो उतार–चढाव
  • Share
      message-button
      डलर रु १३७.९० मा स्थिर, यूरो–पाउण्डमा सानोतिनो उतार–चढाव

      काठमाडौँ । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

22/Jun/2025
आज देशभर आंशिकदेखि मध्यम वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी

काठमाडौँ । हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।...

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस वर्षको मनसुन प्रणाली असार १५ गतेदेखि नेपालमा प्रवेश गरेको थियो, जसले गर्दा देशका अधिकांश भागहरूमा निरन्तर वर्षाको क्रम जारी छ। मनसुनको प्रभावले गर्दा उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा समेत हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि मौसम विभागले सतर्कता अपनाउन सुझाव दिएको छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले सडक, हवाई सेवा, कृषिकर्म तथा स्वास्थ्य क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरिएको छ।

नदी तथा खोलानालाहरूमा पानीको सतह उच्च हुन सक्ने भएकाले बाढीपहिरोको जोखिमसमेत रहन सक्ने सम्भावना रहेको छ। तराई क्षेत्रका केही भू-भागमा आकस्मिक वर्षाका कारण डुबानको जोखिम पनि रहेको जानकारी दिइएको छ।

4 आज देशभर आंशिकदेखि मध्यम वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • Share
      message-button
      आज देशभर आंशिकदेखि मध्यम वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी

      काठमाडौँ । हाल देशभर आंशिकदे�

  • Message

    Send Message

  • Call
  • Whatsapp
ArthaDrishti.com

ArthaDrishti.com

16/May/2025
एनआई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता र तालिम कार्यक्रम सम्पन्न

काठमाडौँ। एनआईसी एसिया लघुवित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा वैशाख २९ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

स्थानीय जनप्रतिनिधि टेक नारायण महतो तथा मगरकोट...

उपप्रदेश कार्यालयका अनुगमन अधिकृत भुवनराज भट्टको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

सो कार्यक्रममा शाखाका शाखा प्रमुख गोपाल सुनार लगायत कर्मचारीहरूको पनि उपस्थिति थियो। उक्त कार्यक्रममा करिब ४० जना महिला सदस्यहरूको सहभागीता रहेको थियो।

यसैगरी लघुवित्तको बाङ्गेसिमल शाखाद्वारा पनि वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा लघुवित्तका कर्णाली प्रदेश प्रमुख नवराज सिंह, उप प्रदेश कार्यालय बाङ्गेसीमलका अनुगमन अधिकृत गणेश पुन मगर लगायत बाङ्गेसीमल शाखामा कार्यरत कर्मचारीसहित ५५ जना सदस्यको सहभागिता रहेको थियो।

लघुवित्तको बेस्तडा शाखा दैलेखले ३ दिने आधारभूत बाख्रापालन तालिम कार्यक्रम सम्पन्न गरेको छ।

वैशाख २७ देखि २९ सम्म चलेको तालिममा सहभागी सम्पुर्ण सदस्यहरुले सकारात्मक प्रतिक्रिया दिँदै तालिमले आगामी दिनमा महत्वपूर्ण भुमिका खेल्ने धारणा व्यक्त गरे।

कार्यक्रममा भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, उपाध्यक्ष मिना कुमारी खड्का, पशु प्राविधिक प्रशिक्षक गणेश राज जोशी, बिनेश परियारलगायतको उपस्थिति थियो।

12 एनआई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता र तालिम कार्यक्रम सम्पन्न
  • Share
      message-button
      एनआई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता र तालिम कार्यक्रम सम्पन्न

      काठमाडौँ। एनआईसी एसिया लघुव�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka