Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

23/Jun/2025
नेपालमा बीवाईडी डल्फिन २०२५ सार्वजनिक, ३४० किमी रेन्ज र ३० मिनेट चार्ज क्षमता सहित

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले नयाँ संस्करणको बीवाईडी डल्फिन २०२५ सार्वजनिक गरेको छ। नेपालका लागि विद्युतीय ह्याचब्याक बजारको...

नयाँ परिभाषा ल्याउने उद्देश्यसहित आएको यो कारमा उद्योगमै पहिलो पटक प्रयोग गरिएको एलएफपी (लिथियम आइरन फस्फेट) लो भोल्टेज ब्याट्रीको विशेषता छ।

यो ब्याट्री परम्परागत लिड–एसिड ब्याट्रीभन्दा ६ गुणा हल्का र ५ गुणा कम सेल्फ डिस्चार्ज हुने क्षमता राख्दछ। १५ वर्षसम्मको आयुसहितको यो ब्याट्रीमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी दिएको छ। यसले लो–भोल्टेज इनर्जी स्टोरेज र विश्वसनियतामा नयाँ मापदण्ड स्थापित गरेको साइमेक्स इंक प्रा.लि.ले जनाएको छ।

बीवाईडी डल्फिन २०२५ मा बीवाईडी ई–प्लेटफर्म ३.० र सुरक्षित ब्लेड ब्याट्री प्रविधि जडान गरिएको छ, जसले ३४० किमी डब्लुएलटीपी रेन्ज प्रदान गर्छ। डीसी चार्जिङ प्रणालीमार्फत यो गाडीको ब्याट्री ३० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिने छ।

यो संस्करणमा नेपालका विविध भौगोलिक अवस्थालाई मध्यनजर गर्दै स्पोर्टी सस्पेन्सन, एलईडी हेडलाइट्स, सुधारिएको कुलिङ/हीटिङ एसी सिस्टम, मोबाइल फोन एनएफसी की, ब्लुटुथ की, प्यासेन्जर डोर स्विच लगायतका सुविधा थपिएका छन्। साथै, नयाँ एटलान्टिस ग्रे कलरसहित अब तीन विकल्पमा—एटलान्टिस ग्रे, अर्बन ग्रे र स्की ह्वाइटमा उपलब्ध छ।

यस अत्याधुनिक सुविधायुक्त बीवाईडी डल्फिन २०२५ को मूल्य नेपाली बजारमा प्रतिस्पर्धात्मक रुपमा ४१ लाख १५ हजार रुपैयाँ निर्धारण गरिएको छ। साथमा ग्राहकलाई ७ किलोवाटको होम चार्जर निःशुल्क उपलब्ध गराइने छ।

उक्त कार्यक्रममार्फत बीवाईडी डल्फिनको विश्वव्यापी ८ लाख ३० हजार युनिट बिक्री उपलब्धि र नेपालमा २ हजार ४९० युनिट डेलिभरी पुगेको जानकारी पनि दिइयो। नेपालमा बीवाईडी डल्फिन सबैभन्दा धेरै बिक्री हुने ईभी ह्याचब्याक बनिसकेको कम्पनीको दाबी छ।

सो अवसरमा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले टिकाउ मोबिलिटी र हरित भविष्यप्रति कम्पनीको प्रतिबद्धता दोहोर्‍याउनुभयो भने सीईओ साहिल श्रेष्ठले स्वदेशी ऊर्जाको प्रयोग, शून्य उत्सर्जन र सन्तोषजनक ग्राहक सेवाको वाचा गर्नुभयो।

Share 21 नेपालमा बीवाईडी डल्फिन २०२५ सार्वजनिक, ३४० किमी रेन्ज र ३० मिनेट चार्ज क्षमता सहित
  • Share
      नेपालमा बीवाईडी डल्फिन २०२५ सार्वजनिक, ३४० किमी रेन्ज र ३० मिनेट चार्ज क्षमता सहित
      नेपालमा बीवाईडी डल्फिन २०२५ सार्वजनिक, ३४० किमी रेन्ज र ३० मिनेट चार्ज क्षमता सहित

      काठमाडौं । नेपालमा बीवाईडी अ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird