ArthaDrishti.com
29/Jan/2026
आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस साउदी र कतारी रियाल लाई कति
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबार (जनवरी २९, २०२६) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ (INR) को १००
त्यस्तै अष्ट्रेलियाली डलर (AUD) को १ युनिटको खरिद १०२.५८ र बिक्री १०३.००, क्यानाडाली डलर (CAD) को १ युनिटको खरिद १०७.९७ र बिक्री १०८.४१, सिङ्गापुर डलर (SGD) को १ युनिटको खरिद ११६.१७ र बिक्री ११६.६५ रहेको छ। जापानी यन (JPY) को १० युनिटको खरिद ९.६० र बिक्री ९.६४, चिनियाँ युआन (CNY) को १ युनिटको खरिद २१.१० र बिक्री २१.१९, साउदी रियाल (SAR) को १ युनिटको खरिद ३९.०८ र बिक्री ३९.२४, कतारी रियाल (QAR) को १ युनिटको खरिद ४०.२१ र बिक्री ४०.३८, थाई बाह्त (THB) को १ युनिटको खरिद ४.७१ र बिक्री ४.७३, यूएई दिरहम (AED) को १ युनिटको खरिद ३९.९० र बिक्री ४०.०७, मलेसियाली रिङ्गिट (MYR) को १ युनिटको खरिद ३७.४० र बिक्री ३७.५५ कायम गरिएको छ।
त्यस्तै दक्षिण कोरियाली वन (KRW) को १०० युनिटको खरिद १०.२४ र बिक्री १०.२९, स्वीडिस क्रोनर (SEK) को १ युनिटको खरिद १६.६० र बिक्री १६.६६, डेनिस क्रोनर (DKK) को १ युनिटको खरिद २३.४९ र बिक्री २३.५९, हङकङ डलर (HKD) को १ युनिटको खरिद १८.७८ र बिक्री १८.८६, कुवेती दिनार (KWD) को १ युनिटको खरिद ४८०.९२ र बिक्री ४८२.८९, बह्रिन दिनार (BHD) को १ युनिटको खरिद ३८८.७५ र बिक्री ३९०.३४, तथा ओमानी रियाल (OMR) को १ युनिटको खरिद ३८०.७० र बिक्री ३८२.२६ रहेको छ।
नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंक तथा विनिमय केन्द्रहरूले उद्धृत गर्ने खुल्ला बजार दरहरू फरक हुन सक्ने बताउँदै, अन्तर्राष्ट्रिय व्यापार, रेमिट्यान्स तथा पर्यटन कारोबार गर्नेहरूलाई आवश्यकता अनुसार तुलना गरी कारोबार गर्न र अद्यावधिक जानकारीका लागि आधिकारिक स्रोत हेर्न सुझाव दिएको छ।
ArthaDrishti.com
29/Jan/2026
यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
काठमाडौं। एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपाल यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण सफलतापूर्वक सम्पन्न भएको सगर्व घोषणा गर्दछ। केही महिना अघिदेखि
यामाहा रेजेडआर 125-FI हाइब्रिडले ARAI-प्रमाणित ७१.३३ किमी प्रति लिटर माइलेज दिने क्षमता बोकेको भए पनि, माइलेज लिगले वास्तविक सडकमा यसको प्रदर्शन अझै उत्कृष्ट हुन सक्ने प्रमाणित गरेको छ। अहिलेसम्म एक सहभागीले ८७.२० किमी प्रति लिटरको उत्कृष्ट माइलेज हासिल गरेका छन्, भने अन्य सहभागीहरू पनि विजेता माइलेजको निकै नजिक पुगेका छन्। यसले वास्तविक राइडिङ अवस्थामै पनि कम्पनीले दाबी गरेको आँकडालाई आधिकारिक रूपमै पार गरेको देखाएको छ। यो उपलब्धि केवल कन्ट्रोल गरिएको ट्र्याकमा मात्र सीमित छैन। यामाहा रेजेडआर हाइब्रिडलाई नेपालको विविधतायुक्त भौगोलिक अवस्थाहरूमा कडा परीक्षण गरिएको छ। तराईका समथर सडकदेखि पहाडी उकालो मोडहरूसम्म, हाइवेको पिचदेखि अप्ठ्यारो अफ-रोड ट्रेलसम्म, हरेक अवस्थामा यसको माइलेज उत्कृष्ट रह्यो। विगतका वर्षहरूमा नेपालका ७० भन्दा बढी स्थानमा माइलेज च्यालेन्ज सञ्चालन गरिसकेको अनुभवका साथ यामाहाले इन्धन दक्षतालाई दर्शकहरूले प्रत्यक्ष हेर्न सक्ने प्रतिस्पर्धामा रूपान्तरण गरेको छ, जहाँ ग्राहकहरूले केवल माइलेजको दाबी सुन्ने मात्र होइन, नतिजा आफ्नै आँखाले हेर्न पाएका छन्। सातै प्रदेशलाई समेट्ने गरी सञ्चालन भइरहेको यो लिगले नेपालका प्रमुख शहरहरूमा सफलता हासिल गरिसकेको छ, र अन्तिम चरणका च्यालेन्ज लागि अझै केही शहरहरू बाँकी रहेका छन्।
यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक श्री दीपक कुमार अग्रवालले भने, “माइलेज लिग केवल प्रतियोगिता मात्र होइन, नेपाली राइडरहरूप्रतिको हाम्रो प्रतिबद्धताको उत्सव पनि हो। हामी ल्याबका नतिजाहरूलाई नेपालका वास्तविक सडकमा प्रमाणित गर्दैछौं। हाम्रो चाहना भनेको हरेक रेजेडआर हाइब्रिड राइडरले देशकै सबैभन्दा दक्ष स्कुटर चलाएको गर्व महसुस गर्न सकून् भन्ने हो।”
यस लिगको आकर्षणको रूपमा रहेको यामाहा रेजेडआर 125 FI हाइब्रिड नेपालकै सबैभन्दा धेरै mileage दिने धेरै बिक्री हुने स्कुटर हो र यो आफ्नो सेग्मेन्टमा एकमात्र हाइब्रिड स्कुटर पनि हो। यसमा अत्याधुनिक स्मार्ट मोटर जेनेरेटर (SMG) र अटोमेटिक स्टप एण्ड स्टार्ट प्रणाली प्रयोग गरिएको छ, जसले परम्परागत स्कुटरहरूले दिन नसक्ने शक्ति र माइलेजको उत्कृष्ट सन्तुलन प्रदान गर्दछ।
‘विनर अफ विनर्स’ टाइटलको फाइनल प्रतिस्पर्धा असार २०८३ मा आयोजना हुनेछ, जहाँ विभिन्न क्षेत्रका विजेताहरू अन्तिम स्किल टेस्टका लागि एक ठाउँमा आउने छन्। देशभर थप माइलेज च्यालेन्जहरू हुने भएकाले नयाँ प्रतिस्पर्धीहरूका लागि पनि यो अवसर अझै खुला रहेको छ।
लिगमा सहभागी हुनुहोस्! यसका लागि यामाहा नेपाल सबै यामाहा रेजेडआर हाइब्रिड मालिकहरूलाई नजिकको यामाहा शोरूममा सम्पर्क गर्न आग्रह गर्दछ। के थाहा, तपाईंको शहर नै नेशनल च्याम्पियन छानिने अर्को गन्तव्य पनि हुन सक्छ!
ArthaDrishti.com
29/Jan/2026
अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेण्डा बन्नुपर्ने धारणा राख्नुभएको छ । स्याङ्जामा आयोजित वालिङ महोत्सवको उदघाटन
उहाँले भन्नुभयो– राष्ट्रिय अर्थतन्त्रको विकास अहिलेको पहिलो आवश्यकता हो । देशमा यतिखेर संसदको निर्वाचनको तयारी भइरहेको छ । सबै दलको साझा एजेण्डा आर्थिक विकास बनोस् । म सबै दललाई यही आग्रह गर्न चाहन्छु ।
साथै अध्यक्ष ढकालले यतिखेर राजनीतिक दलहरुले आआफ्ना चुनावी घोषणापत्र लेख्ने तयारी गरिरहेकाले ती घोषणापत्रमा मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सार्दै आएका एजेण्डाहरुलाई समावेश गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले औद्योगिक विकासका माध्यमबाट मुलुकमा आर्थिक विकास गर्न र देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्न निजी क्षेत्रले विगत लामो समयदेखि प्रयास गरिरहेको र यस्तै एजेण्डाहरु राज्यसामु राख्दै आएकाले आगामी निर्वाचनमा पनि ती एजेण्डाले प्राथमिकता पाउनुपर्ने उहाँको तर्क थियो ।
उहाँले जुनसुकै सरकार आएपनि अर्थतन्त्र सबैको साझा एजेण्डा बन्नुपर्ने अडान विगतदेखि नै निजी क्षेत्रले राख्दै आएको, यसका लागि सबै दलहरुलाई एकै मञ्चमा राखेर यस विषयमा महासंघले नै बहस चलाउँदै आएको र आर्थिक विकासका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनको माग गरेको प्रसंग उल्लेख गर्दै अहिले सो आयोगका सुझावहरु पनि कतिपय कार्यान्वयनमा आएका स्मरण गर्नुभयो ।
अध्यक्ष ढकालले देशमा आर्थिक लगानीको वातावरणका लागि अवरोध बनेका कतिपय परम्परागत कानुनहरुको संशोधन देखि महासंघको विधानलाई समय सापेक्ष बनाउने सम्मका काम आफू महासंघको नेतृत्वमा अएपछि सम्पन्न भएका पनि स्मरण गर्नुभयो ।
ArthaDrishti.com
29/Jan/2026
नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव जारी रहेको छ। यस प्रभावले पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने केही स्थानमा
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा पूर्णतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो: तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यी प्रदेशका उच्च हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको छ।
राति: तराईका केही स्थानमा हुस्सु कायम रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।
महाशाखाले तराईमा हुस्सु/कुहिरोका कारण बिहानको समयमा सवारी तथा हवाई यातायातमा सावधानी अपनाउन अनुरोध गरेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातले सडक चिप्लो हुने तथा यात्रामा जोखिम बढ्न सक्ने भएकाले पर्यटक तथा यात्रुहरूलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ। दैनिक जनजीवन, कृषि तथा यातायातमा मौसमको प्रभाव न्यूनीकरण गर्न महाशाखाबाट जारी हुने अद्यावधिक मौसमी सूचना नियमित रूपमा हेर्न अनुरोध गरिएको छ।
ArthaDrishti.com
28/Jan/2026
नेपाल बिल्डकनको एघारौँ संस्करण यहि माघ २२ देखि भृकुटीमण्डपमा
काठमाडौं । नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्धेश्यले विगत एक दशक देखि निरन्तर आयोजना हुँदै आएको अन्तराष्ट्रिय प्रदर्शनी नेपाल बिल्डकनको एघारौँ संस्करण यहि माघ २२
राष्ट्रको पहिलो र एक मात्र निर्माण क्षेत्र सँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी बिल्डकनको यो संस्करणमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु सहभागी हुने भएका छन्। २०० भन्दा धेरै स्टलहरु रहने उक्त प्रदर्शनीमा आफ्ना बस्तु तथा सेवाहरु उपभोक्तामाझ प्रदर्शन गर्न पाउँदा सहभागीता जनाउँने व्यवसायी तथा उद्यमीहरु पनि निकै उत्साहित छन्।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लिलेसंयुक्तरुपमा विगत ११ वर्ष देखि निरन्तर रुपमा हरेक वर्ष आयोजना गर्दै आएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यस प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामाग्री तथा प्रविधिहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने साथै अन्तर्राष्ट्रिय बजारमा चलि आएका नविन्तम प्रविधि, सेवा तथा बस्तुहरु नेपालमा भित्राउने अवसर समेत प्रदान हुँदै आएको छ ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका, झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ, फिटिङ्स, कन्सट्रक्सन केमिकल, पीभीसी र युपिभिसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, र सिमेन्ट तथा स्टिल लगायत निर्माणका सम्पूर्ण सामाग्री तथा सेवाहरु पाउन सकिन्छ ।
निर्माण क्षेत्रमा आवद्ध व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवाप्रदायक जस्ता सम्पूर्ण पक्षहरुलाई समेटिएको विशाल व्यवसायिक संजाल निर्माण गर्न सफल यस प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती प्राप्त कम्पनी, व्यवसायी, उत्पादक, वितरक, डिजाईनर, ईन्जिनियर, आर्किटेक्ट एवं निर्माण सँग सम्बन्धित पेशामा आवद्ध व्यक्तिहरुका साथै निजी आवास, व्यापारिक कम्प्लेक्स, व्यवसायिक भवन निर्माण गर्न चाहने व्यक्ति तथा संध संस्थाका र सर्वसाधारणहरुको पनि उल्लेखनीय उपस्थिति रहने छ ।
प्रदर्शनीको मूख्य प्रायोजक फ्लाईबर्ड इन्टेरियर रहेको छ भने पावर्ड बाईमा लुम्बिनी सेरामिक्स (लेमिनार टायल्स) रहेको छ ।
ArthaDrishti.com
28/Jan/2026
जान्नुहोस आजको विदेशी मुद्रा दर: अमेरिकी डलर १४७.०६ हुँदा अन्यलाई कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबार (जनवरी २८, २०२६) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ (INR) को १००
युरोपेली युरो (EUR) को १ युनिटको खरिद १७४.१३ र बिक्री १७४.८५, बेलायती पाउन्ड स्टर्लिङ (GBP) को १ युनिटको खरिद २००.७६ र बिक्री २०१.५८, स्विस फ्रान्क (CHF) को १ युनिटको खरिद १८८.९९ र बिक्री १८९.७७ तोकिएको छ।
अष्ट्रेलियाली डलर (AUD) को १ युनिटको खरिद १०१.५० र बिक्री १०१.९२, क्यानाडाली डलर (CAD) को १ युनिटको खरिद १०६.८३ र बिक्री १०७.२७, सिङ्गापुर डलर (SGD) को १ युनिटको खरिद ११५.६५ र बिक्री ११६.१२ रहेको छ।
त्यस्तै जापानी येन (JPY) को १० युनिटको खरिद ९.५४ र बिक्री ९.५८, चिनियाँ युआन (CNY) को १ युनिटको खरिद २१.०६ र बिक्री २१.१४, साउदी रियाल (SAR) को १ युनिटको खरिद ३९.०६ र बिक्री ३९.२२, कतारी रियाल (QAR) को १ युनिटको खरिद ४०.१९ र बिक्री ४०.३५, थाई बाह्त (THB) को १ युनिटको खरिद ४.७२ र बिक्री ४.७४, यूएई दिरहम (AED) को १ युनिटको खरिद ३९.८८ र बिक्री ४०.०४, मलेसियाली रिङ्गिट (MYR) को १ युनिटको खरिद ३७.०६ र बिक्री ३७.२१ कायम गरिएको छ।
त्यस्तै दक्षिण कोरियाली वन (KRW) को १०० युनिटको खरिद १०.१५ र बिक्री १०.१९, स्वीडिस क्रोनर (SEK) को १ युनिटको खरिद १६.४२ र बिक्री १६.४९, डेनिस क्रोनर (DKK) को १ युनिटको खरिद २३.३२ र बिक्री २३.४१, हङकङ डलर (HKD) को १ युनिटको खरिद १८.७७ र बिक्री १८.८५, कुवेती दिनार (KWD) को १ युनिटको खरिद ४८०.१२ र बिक्री ४८२.०८, बह्रिन दिनार (BHD) को १ युनिटको खरिद ३८८.४६ र बिक्री ३९०.०५, तथा ओमानी रियाल (OMR) को १ युनिटको खरिद ३८०.४४ र बिक्री ३८२.०० रहेको छ।
नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंक तथा विनिमय केन्द्रहरूले उद्धृत गर्ने खुल्ला बजार दरहरू फरक हुन सक्ने जनाउँदै, अन्तर्राष्ट्रिय व्यापार, रेमिट्यान्स तथा पर्यटन कारोबार गर्नेहरूलाई आवश्यकता अनुसार तुलना गरी कारोबार गर्न र अद्यावधिक जानकारीका लागि आधिकारिक स्रोत हेर्न सुझाव दिएको छ। (स्रोत: नेपाल राष्ट्र बैंक)
ArthaDrishti.com
28/Jan/2026
नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: मध्यम हिमपात/वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसममा व्यापक परिवर्तन देखिएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पूर्णतया बादल लागेको
दिउँसो देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पूर्णतया बादल लाग्ने र बाँकी पहाडी तथा तराईमा साधारणतया बादल लाग्ने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात वा वर्षा हुन सक्छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भागमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशका पहाडी क्षेत्र, मधेश प्रदेशका थोरै स्थान तथा कोशीको तराईका एक-दुई ठाउँमा हल्का वर्षा हुन सक्छ।
राति भने पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना कायम रहेको छ।
मौसमविद्हरूका अनुसार यो प्रणालीले उच्च हिमाली क्षेत्रमा मध्यम हिमपात र पहाडी तथा तराईमा मध्यम वर्षा गराउन सक्ने भएकाले पहिरो, बाढी तथा यातायातमा सम्भावित जोखिम बढ्न सक्छ। यात्रु, स्थानीय बासिन्दा तथा पर्यटकहरूलाई सतर्क रहन र मौसम पूर्वानुमान महाशाखाको नियमित अपडेट हेर्न सुझाव दिइएको छ।
ArthaDrishti.com
27/Jan/2026
टीआईटीएफ २०२६: नेपाली पर्यटन व्यवसायका लागि नयाँ अवसर
काठमाडौं । दक्षिण–पूर्व एशियाली प्रमुख पर्यटन स्रोत बजार थाइल्याण्डमा नेपालको पर्यटन प्रवर्द्धन थप सशक्त बन्दै गएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले बैंककमा सम्पन्न ३१औँ
२२ देखि २५ जनवरी २०२६ सम्म क्विन सिरिकिट नेशनल कन्भेन्सन सेन्टरमा आयोजित चारदिने पर्यटन मेलामा बोर्डले नेपाल एयरलाइन्स तथा नेपालका ११ प्रतिष्ठित ट्राभल तथा ट्रेकिङ कम्पनीसँग मिलेर ‘नेपाल प्याभिलियन’ मार्फत पर्यटन प्रवर्द्धन गरेको हो । मेलामा सहभागी कम्पनीहरूले साहसिक, सांस्कृतिक, आध्यात्मिक तथा प्रकृतिमुखी पर्यटन उत्पादनहरूबारे प्रत्यक्ष जानकारी दिएका थिए ।
थाइल्याण्ड र नेपालबीचको दैनिक प्रत्यक्ष उडान तथा साप्ताहिक २० भन्दा बढी हवाई सेवाले दुई देशबीचको पर्यटन आदान–प्रदानलाई सहज बनाएको छ । यही हवाई पहुँचले थाइ बजारमा नेपालको पर्यटनप्रति चासो बढाउन महत्वपूर्ण भूमिका खेलेको बोर्डको भनाइ छ ।
मेलाका क्रममा लुम्बिनी, हिमाली क्षेत्र, सम्पदा शहरहरू, पदमार्गहरु, साहसिक तथा आध्यात्मिक यात्राका उत्पादनहरूले थाइ पर्यटकहरूलाई आकर्षित गरेको थियो । पर्यटन व्यवसायीसँग प्रत्यक्ष संवादमार्फत सम्भावित यात्रुहरूलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने अवसर मेलाले प्रदान गरेको बोर्डले जनाएको छ ।
पर्यटन प्रवर्द्धनसँगै टीआईटीएफ २०२६ व्यवसाय–देखि–व्यवसाय (बीटुबी) नेटवर्किङका लागि पनि प्रभावकारी प्लेटफर्म बनेको थियो । सहभागी नेपाली कम्पनीहरूले थाइ ट्राभल ट्रेड, टुर अपरेटर तथा सञ्चारमाध्यमका प्रतिनिधिसँग भेटघाट गर्दै नयाँ व्यावसायिक सम्बन्ध स्थापना र भविष्यका सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए ।
टीआईटीएफ २०२६ मा नेपालको उपस्थितिले थाइ बजारमा नेपालको पर्यटन छविलाई थप मजबुत बनाएको, दीर्घकालीन पर्यटन वृद्धिका लागि साझेदारी सुदृढ गरेको र दक्षिण–पूर्व एशियामा नेपालको गन्तव्य पहिचानलाई नयाँ उचाइमा पुर्याउन भूमिका खेलेको बोर्डको विश्वास छ ।
ArthaDrishti.com
27/Jan/2026
अमेरिकी डलर १४७.४१ मा कारोबार हुँदा अन्य लाई कति - जान्नुहोस
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबार (जनवरी २७, २०२६) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ (INR) को १००
युरोपेली युरो (EUR) को १ युनिटको खरिद १७४.०१ र बिक्री १७४.७२, बेलायती पाउन्ड स्टर्लिङ (GBP) को १ युनिटको खरिद २००.६५ र बिक्री २०१.४७, स्विस फ्रान्क (CHF) को १ युनिटको खरिद १८८.७३ र बिक्री १८९.५० तोकिएको छ।
अष्ट्रेलियाली डलर (AUD) को १ युनिटको खरिद १०१.५४ र बिक्री १०१.९६, क्यानाडाली डलर (CAD) को १ युनिटको खरिद १०७.२९ र बिक्री १०७.७२, सिङ्गापुर डलर (SGD) को १ युनिटको खरिद ११५.६५ र बिक्री ११६.१२ रहेको छ।
त्यस्तै जापानी येन (JPY) को १० युनिटको खरिद ९.५५ र बिक्री ९.५९, चिनियाँ युआन (CNY) को १ युनिटको खरिद २१.११ र बिक्री २१.२०, साउदी रियाल (SAR) को १ युनिटको खरिद ३९.१५ र बिक्री ३९.३१, कतारी रियाल (QAR) को १ युनिटको खरिद ४०.२८ र बिक्री ४०.४५, थाई बाह्त (THB) को १ युनिटको खरिद ४.७२ र बिक्री ४.७४, यूएई दिरहम (AED) को १ युनिटको खरिद ३९.९७ र बिक्री ४०.१३, मलेसियाली रिङ्गिट (MYR) को १ युनिटको खरिद ३७.०२ र बिक्री ३७.१७ कायम गरिएको छ।
त्यस्तै दक्षिण कोरियाली वन (KRW) को १०० युनिटको खरिद १०.१७ र बिक्री १०.२२, स्वीडिस क्रोनर (SEK) को १ युनिटको खरिद १६.४० र बिक्री १६.४६, डेनिस क्रोनर (DKK) को १ युनिटको खरिद २३.३० र बिक्री २३.३९, हङकङ डलर (HKD) को १ युनिटको खरिद १८.८३ र बिक्री १८.९०, कुवेती दिनार (KWD) को १ युनिटको खरिद ४८१.२७ र बिक्री ४८३.२३, बह्रिन दिनार (BHD) को १ युनिटको खरिद ३८९.३९ र बिक्री ३९०.९८, तथा ओमानी रियाल (OMR) को १ युनिटको खरिद ३८१.३५ र बिक्री ३८२.९१ रहेको छ।
नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले उद्धृत गर्ने खुल्ला बजार विनिमय दरहरू फरक हुन सक्ने जनाउँदै, अन्तर्राष्ट्रिय व्यापार, रेमिट्यान्स तथा पर्यटन क्षेत्रमा प्रभाव पार्न सक्ने यी दरहरूबारे अद्यावधिक जानकारीका लागि आधिकारिक वेबसाइट हेर्न सुझाव दिएको छ। (स्रोत: नेपाल राष्ट्र बैंक)
ArthaDrishti.com
26/Jan/2026
नेपाल खुला विश्वविद्यालयको ऐतिहासिक प्रथम दीक्षान्त समारोह सम्पन्न: ५४५ विद्यार्थी दीक्षित
काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल खुला विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा कुलपतिका रूपमा सहभागी हुँदै ५४५ जना विद्यार्थीलाई दीक्षित गराउनुभएको छ।
भृकुटीमण्डपमा आयोजित भव्य समारोहमा
२०७३ सालमा स्थापित यो खुला विश्वविद्यालयले २०७४ सालदेखि विभिन्न तहका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। स्नातक, स्नातकोत्तर, पोस्टग्राजुएट डिप्लोमा, एमफिल तथा पीएचडीसम्मका अध्ययनहरू खुला तथा दूर सिकाइ प्रणालीमार्फत प्रदान गर्दै आएको छ। यो विश्वविद्यालयले नेपालभित्र मात्र नभई विदेशमा रहेका नेपाली तथा अन्य विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षाको पहुँच पुर्याउने लक्ष्य राखेको छ।
समारोहका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा हुनुहुन्थ्यो। प्रधानमन्त्री कार्कीले आफ्नो मन्तव्यमा छोटो समयमै विश्वविद्यालयले प्राज्ञिक क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेको बताउँदै आगामी दिनमा थप प्रतिस्पर्धी, रोजगारमूलक, उद्यमशीलता तथा अनुसन्धानमुखी जनशक्ति उत्पादनमा जोड दिनुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “भौतिक रूपमा कक्षामा उपस्थित हुन नसक्ने दूर-दराजका तथा काम-व्यवसायमा व्यस्त विद्यार्थीहरूलाई समयअनुकूल उच्च शिक्षा प्रदान गर्न विश्वविद्यालयले अझ सशक्त भूमिका खेल्नुपर्छ। युवाहरूको बदलिँदो अपेक्षालाई सम्बोधन गर्दै प्रतिभा पलायन रोक्ने र उनीहरूको ज्ञान-सीपलाई राष्ट्रनिर्माणमा प्रयोग गर्ने चुनौती हामीसामु छ।”
प्रधानमन्त्री कार्कीले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूले आर्जित ज्ञान र सीपलाई व्यक्तिगत विकास तथा राष्ट्र निर्माणमा सदुपयोग गर्न आग्रह गर्नुभयो। उहाँले विशेष अनुरोध गर्दै भन्नुभयो:
यो देश हाम्रो हो, हामीले नै बनाउने हो।
हामीले नै यसलाई बस्नलायक बनाउने हो, कोही आएर बनाइदिने छैन।
बेथितिबाट भाग्ने होइन, डटेर सामना गर्नुपर्छ।
सकेसम्म नेपालमै अवसर खोज्नुहोस्, नभए नयाँ अवसर सिर्जना गर्नुहोस्।
जहाँ गए पनि नेपालले गर्व गर्न सक्ने नागरिक बन्नुहोस्।
नेपाल खुला विश्वविद्यालयले खुला तथा दूर शिक्षा प्रणालीमार्फत उच्च शिक्षालाई सर्वसुलभ बनाउने क्रममा महत्वपूर्ण योगदान दिइरहेको छ। यो पहिलो दीक्षान्तले विश्वविद्यालयको यात्रालाई थप उत्साहजनक बनाएको छ। दीक्षित सबै विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!