Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

27/Jan/2026
टीआईटीएफ २०२६: नेपाली पर्यटन व्यवसायका लागि नयाँ अवसर

काठमाडौं । दक्षिण–पूर्व एशियाली प्रमुख पर्यटन स्रोत बजार थाइल्याण्डमा नेपालको पर्यटन प्रवर्द्धन थप सशक्त बन्दै गएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले बैंककमा सम्पन्न ३१औँ...

थाइ इन्टरनेशनल ट्राभल फेयर (टीआईटीएफ) २०२६ मा सफल सहभागिता जनाउँदै नेपाली पर्यटनको विविधता र सम्भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।

२२ देखि २५ जनवरी २०२६ सम्म क्विन सिरिकिट नेशनल कन्भेन्सन सेन्टरमा आयोजित चारदिने पर्यटन मेलामा बोर्डले नेपाल एयरलाइन्स तथा नेपालका ११ प्रतिष्ठित ट्राभल तथा ट्रेकिङ कम्पनीसँग मिलेर ‘नेपाल प्याभिलियन’ मार्फत पर्यटन प्रवर्द्धन गरेको हो । मेलामा सहभागी कम्पनीहरूले साहसिक, सांस्कृतिक, आध्यात्मिक तथा प्रकृतिमुखी पर्यटन उत्पादनहरूबारे प्रत्यक्ष जानकारी दिएका थिए ।

थाइल्याण्ड र नेपालबीचको दैनिक प्रत्यक्ष उडान तथा साप्ताहिक २० भन्दा बढी हवाई सेवाले दुई देशबीचको पर्यटन आदान–प्रदानलाई सहज बनाएको छ । यही हवाई पहुँचले थाइ बजारमा नेपालको पर्यटनप्रति चासो बढाउन महत्वपूर्ण भूमिका खेलेको बोर्डको भनाइ छ ।

मेलाका क्रममा लुम्बिनी, हिमाली क्षेत्र, सम्पदा शहरहरू, पदमार्गहरु, साहसिक तथा आध्यात्मिक यात्राका उत्पादनहरूले थाइ पर्यटकहरूलाई आकर्षित गरेको थियो । पर्यटन व्यवसायीसँग प्रत्यक्ष संवादमार्फत सम्भावित यात्रुहरूलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने अवसर मेलाले प्रदान गरेको बोर्डले जनाएको छ ।

पर्यटन प्रवर्द्धनसँगै टीआईटीएफ २०२६ व्यवसाय–देखि–व्यवसाय (बीटुबी) नेटवर्किङका लागि पनि प्रभावकारी प्लेटफर्म बनेको थियो । सहभागी नेपाली कम्पनीहरूले थाइ ट्राभल ट्रेड, टुर अपरेटर तथा सञ्चारमाध्यमका प्रतिनिधिसँग भेटघाट गर्दै नयाँ व्यावसायिक सम्बन्ध स्थापना र भविष्यका सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए ।

टीआईटीएफ २०२६ मा नेपालको उपस्थितिले थाइ बजारमा नेपालको पर्यटन छविलाई थप मजबुत बनाएको, दीर्घकालीन पर्यटन वृद्धिका लागि साझेदारी सुदृढ गरेको र दक्षिण–पूर्व एशियामा नेपालको गन्तव्य पहिचानलाई नयाँ उचाइमा पुर्‍याउन भूमिका खेलेको बोर्डको विश्‍वास छ ।

Share 3 टीआईटीएफ २०२६: नेपाली पर्यटन व्यवसायका लागि नयाँ अवसर
  • Share
      टीआईटीएफ २०२६: नेपाली पर्यटन व्यवसायका लागि नयाँ अवसर
      टीआईटीएफ २०२६: नेपाली पर्यटन व्यवसायका लागि नयाँ अवसर

      काठमाडौं । दक्षिण–पूर्व एश�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
  • Share
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
  • Share
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस साउदी र कतारी रियाल लाई कति

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
  • Share
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird