Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

29/Jan/2026
यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

काठमाडौं। एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपाल यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण सफलतापूर्वक सम्पन्न भएको सगर्व घोषणा गर्दछ। केही महिना अघिदेखि...

संचालित प्रतिस्पर्धात्मक माइलेज च्यालेन्जले अब नेपालकै सबैभन्दा दक्ष राइडरको खोजलाई अझ तीव्र बनाउँदै लगेको छ, जसको भव्य ग्रान्ड फिनाले आगामी असार २०८३ मा हुनेछ।

यामाहा रेजेडआर 125-FI हाइब्रिडले ARAI-प्रमाणित ७१.३३ किमी प्रति लिटर माइलेज दिने क्षमता बोकेको भए पनि, माइलेज लिगले वास्तविक सडकमा यसको प्रदर्शन अझै उत्कृष्ट हुन सक्ने प्रमाणित गरेको छ। अहिलेसम्म एक सहभागीले ८७.२० किमी प्रति लिटरको उत्कृष्ट माइलेज हासिल गरेका छन्, भने अन्य सहभागीहरू पनि विजेता माइलेजको निकै नजिक पुगेका छन्। यसले वास्तविक राइडिङ अवस्थामै पनि कम्पनीले दाबी गरेको आँकडालाई आधिकारिक रूपमै पार गरेको देखाएको छ। यो उपलब्धि केवल कन्ट्रोल गरिएको ट्र्याकमा मात्र सीमित छैन। यामाहा रेजेडआर हाइब्रिडलाई नेपालको विविधतायुक्त भौगोलिक अवस्थाहरूमा कडा परीक्षण गरिएको छ। तराईका समथर सडकदेखि पहाडी उकालो मोडहरूसम्म, हाइवेको पिचदेखि अप्ठ्यारो अफ-रोड ट्रेलसम्म, हरेक अवस्थामा यसको माइलेज उत्कृष्ट रह्यो। विगतका वर्षहरूमा नेपालका ७० भन्दा बढी स्थानमा माइलेज च्यालेन्ज सञ्चालन गरिसकेको अनुभवका साथ यामाहाले इन्धन दक्षतालाई दर्शकहरूले प्रत्यक्ष हेर्न सक्ने प्रतिस्पर्धामा रूपान्तरण गरेको छ, जहाँ ग्राहकहरूले केवल माइलेजको दाबी सुन्ने मात्र होइन, नतिजा आफ्नै आँखाले हेर्न पाएका छन्। सातै प्रदेशलाई समेट्ने गरी सञ्चालन भइरहेको यो लिगले नेपालका प्रमुख शहरहरूमा सफलता हासिल गरिसकेको छ, र अन्तिम चरणका च्यालेन्ज लागि अझै केही शहरहरू बाँकी रहेका छन्।

यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक श्री दीपक कुमार अग्रवालले भने, “माइलेज लिग केवल प्रतियोगिता मात्र होइन, नेपाली राइडरहरूप्रतिको हाम्रो प्रतिबद्धताको उत्सव पनि हो। हामी ल्याबका नतिजाहरूलाई नेपालका वास्तविक सडकमा प्रमाणित गर्दैछौं। हाम्रो चाहना भनेको हरेक रेजेडआर हाइब्रिड राइडरले देशकै सबैभन्दा दक्ष स्कुटर चलाएको गर्व महसुस गर्न सकून् भन्ने हो।”

यस लिगको आकर्षणको रूपमा रहेको यामाहा रेजेडआर 125 FI हाइब्रिड नेपालकै सबैभन्दा धेरै mileage दिने धेरै बिक्री हुने स्कुटर हो र यो आफ्नो सेग्मेन्टमा एकमात्र हाइब्रिड स्कुटर पनि हो। यसमा अत्याधुनिक स्मार्ट मोटर जेनेरेटर (SMG) र अटोमेटिक स्टप एण्ड स्टार्ट प्रणाली प्रयोग गरिएको छ, जसले परम्परागत स्कुटरहरूले दिन नसक्ने शक्ति र माइलेजको उत्कृष्ट सन्तुलन प्रदान गर्दछ।

‘विनर अफ विनर्स’ टाइटलको फाइनल प्रतिस्पर्धा असार २०८३ मा आयोजना हुनेछ, जहाँ विभिन्न क्षेत्रका विजेताहरू अन्तिम स्किल टेस्टका लागि एक ठाउँमा आउने छन्। देशभर थप माइलेज च्यालेन्जहरू हुने भएकाले नयाँ प्रतिस्पर्धीहरूका लागि पनि यो अवसर अझै खुला रहेको छ।

लिगमा सहभागी हुनुहोस्! यसका लागि यामाहा नेपाल सबै यामाहा रेजेडआर हाइब्रिड मालिकहरूलाई नजिकको यामाहा शोरूममा सम्पर्क गर्न आग्रह गर्दछ। के थाहा, तपाईंको शहर नै नेशनल च्याम्पियन छानिने अर्को गन्तव्य पनि हुन सक्छ!

Share 3 यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
  • Share
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

      काठमाडौं। एमएडब्लू राइड्स प�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari