Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

28/Jan/2026
नेपाल बिल्डकनको एघारौँ संस्करण यहि माघ २२ देखि भृकुटीमण्डपमा

काठमाडौं । नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्धेश्यले विगत एक दशक देखि निरन्तर आयोजना हुँदै आएको अन्तराष्ट्रिय प्रदर्शनी नेपाल बिल्डकनको एघारौँ संस्करण यहि माघ २२...

देखि २५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

राष्ट्रको पहिलो र एक मात्र निर्माण क्षेत्र सँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी बिल्डकनको यो संस्करणमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु सहभागी हुने भएका छन्। २०० भन्दा धेरै स्टलहरु रहने उक्त प्रदर्शनीमा आफ्ना बस्तु तथा सेवाहरु उपभोक्तामाझ प्रदर्शन गर्न पाउँदा सहभागीता जनाउँने व्यवसायी तथा उद्यमीहरु पनि निकै उत्साहित छन्।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लिलेसंयुक्तरुपमा विगत ११ वर्ष देखि निरन्तर रुपमा हरेक वर्ष आयोजना गर्दै आएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यस प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामाग्री तथा प्रविधिहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने साथै अन्तर्राष्ट्रिय बजारमा चलि आएका नविन्तम प्रविधि, सेवा तथा बस्तुहरु नेपालमा भित्राउने अवसर समेत प्रदान हुँदै आएको छ ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका, झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ, फिटिङ्स, कन्सट्रक्सन केमिकल, पीभीसी र युपिभिसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, र सिमेन्ट तथा स्टिल लगायत निर्माणका सम्पूर्ण सामाग्री तथा सेवाहरु पाउन सकिन्छ ।

निर्माण क्षेत्रमा आवद्ध व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवाप्रदायक जस्ता सम्पूर्ण पक्षहरुलाई समेटिएको विशाल व्यवसायिक संजाल निर्माण गर्न सफल यस प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती प्राप्त कम्पनी, व्यवसायी, उत्पादक, वितरक, डिजाईनर, ईन्जिनियर, आर्किटेक्ट एवं निर्माण सँग सम्बन्धित पेशामा आवद्ध व्यक्तिहरुका साथै निजी आवास, व्यापारिक कम्प्लेक्स, व्यवसायिक भवन निर्माण गर्न चाहने व्यक्ति तथा संध संस्थाका र सर्वसाधारणहरुको पनि उल्लेखनीय उपस्थिति रहने छ ।

प्रदर्शनीको मूख्य प्रायोजक फ्लाईबर्ड इन्टेरियर रहेको छ भने पावर्ड बाईमा लुम्बिनी सेरामिक्स (लेमिनार टायल्स) रहेको छ ।

Share 3 नेपाल बिल्डकनको एघारौँ संस्करण यहि माघ २२ देखि भृकुटीमण्डपमा
  • Share
      नेपाल बिल्डकनको एघारौँ संस्करण यहि माघ २२ देखि भृकुटीमण्डपमा
      नेपाल बिल्डकनको एघारौँ संस्करण यहि माघ २२ देखि भृकुटीमण्डपमा

      काठमाडौं । नेपालको समग्र निर�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar