ArthaDrishti.com
05/May/2026
शिक्षामन्त्री पोखरेल र नर्वेकी राजदूतबीच शिक्षा सहकार्यबारे छलफल
काठमाडौं । माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल सँग नेपालका लागि नर्वेका राजदूत डागनी म्योस ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको उक्त...
भेटका क्रममा मन्त्री पोखरेलले नेपालको विद्यालय शिक्षा क्षेत्र—विशेष गरी समावेशिता, समता, ‘फन्डामेन्टल लर्निङ’ तथा ‘क्लाइमेट स्मार्ट एजुकेशन सिस्टम’—मा नर्वे सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले नर्वेको शिक्षा प्रणालीको उत्कृष्टताको प्रशंसा गर्दै नेपालले उक्त प्रणाली र प्रविधिबाट सिक्ने प्रशस्त अवसर रहेको उल्लेख गर्नुभयो। साथै, आवश्यक सहकार्यका लागि मन्त्रालय तयार रहेको उहाँको भनाइ थियो।
त्यसैगरी, राजदूत म्योसले नेपालको विद्यालय शिक्षामा नर्वेले पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपाल सरकारका प्राथमिकताहरूका बारेमा आफू जानकार रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा थप सहकार्य गर्न नर्वे सरकार उत्सुक रहेको धारणा राख्नुभयो।