Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

21/Jun/2025
आज देशभर बदली रहने, केही स्थानहरूमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभरको मौसम प्रणालीमा मनसुनी वायुको सक्रियता कायम रहेको छ। नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, बागमती,...

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, यी प्रदेशहरुमध्ये कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। देशको अन्य भू-भागमा समेत आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।

मनसुनी प्रणाली यस वर्ष असारको पहिलो सातादेखि सक्रिय भएसँगै विभिन्न स्थानमा लगातार वर्षा भईरहेको छ। पश्चिमी नेपालमा स्थानीय वायु र भारतको पश्चिम बंगाल क्षेत्रबाट सर्ने न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

मौसम विभागले सम्भावित वर्षाको कारण पहिरो, बाढी, सडक अवरुद्ध, हवाई उडानमा असर तथा सामान्य जनजीवनमा अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा समेत हल्का वर्षा र हिमपातको सम्भावना भएकाले यात्रा वा काममा जानेहरूले पूर्व तयारी गर्न अनुरोध गरिएको छ।

Share 7 आज देशभर बदली रहने, केही स्थानहरूमा भारी वर्षाको सम्भावना
  • Share
      आज देशभर बदली रहने, केही स्थानहरूमा भारी वर्षाको सम्भावना
      आज देशभर बदली रहने, केही स्थानहरूमा भारी वर्षाको सम्भावना

      काठमाडौं। हाल देशभरको मौसम प�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird