Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

10/Nov/2025
एमएडब्लू वृद्धि मोटर्सद्वारा इटहरीमा नयाँ नामी भिगो अनावरण

इटहरी । डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा भव्य समारोहका बीच नेपालको सबैभन्दा उन्नत स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो आधिकारिक...

रूपमा अनावरण गर्यो्। अनावरण कार्यक्रम श्री जीवन पराजुली, अध्यक्ष, FNCCI - इटहरी, श्री दीपेन्द्र चौधरी, प्रबन्ध निर्देशक (MD), सिर्जना मोटर्स, श्री सरोज श्रेष्ठ, अध्यक्ष, पूर्वेली यातायात, श्री प्रशन्न पन्त, प्रमुख कार्यकारी अधिकृत, एम. ए. डब्ल्यू वृद्धि मोटर्स, श्री राजेन्द्र सिग्देल, सेल्स प्रमुख, एम. ए. डब्ल्यू वृद्धि मोटर्स, एम. ए. डब्ल्यू वृद्धिका डिलर प्रमुख श्री गोविन्द भुसालले संयुक्त रूपमा सम्पन्न गरे। कार्यक्रममा व्यवसायी, ग्राहक, सञ्चारकर्मी तथा स्थानीय उद्योग-वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

इलेक्ट्रिक एसयुभीको नयाँ मानक

डोंगफेंगको अत्याधुनिक Quantum Architecture Platform मा निर्मित नामी भिगोले बलियो डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट प्रदर्शनका साथ नेपालका मिड-साइज इलेक्ट्रिक एसयुभीको स्तरलाई नयाँ उचाइमा पुर्याटएको छ। यसका Magic Cube Design ले आधुनिक सौन्दर्य र एरोडाइनामिक स्ट्रक्चरलाई संयोजन गरी नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको छ।

प्रदर्शन र दायरा

नामी भिगोमा रहेको 99 kW मोटरले शहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेशन र स्मूथ ड्राइभ प्रदान गर्छ। यसमा दुईवटा ब्याट्री विकल्प उपलब्ध छन्: 44.94 kWh (WLTP रेन्ज 300 km) र 51.87 kWh (WLTP रेन्ज 350 km)। यसले 3C Ultra-Fast DC Charging (167 kW) सपोर्ट गर्दछ जसले ब्याट्रीलाई ३०% देखि ८०% सम्म मात्र १८ मिनेटमा चार्ज गर्न सकिन्छ जसले गर्दा केही मिनेटमै ११५ किमीसम्मको रेन्ज थपिदिन्छ।

सेग्मेन्ट-फर्स्ट फिचरहरू

• Heaven & Earth Tailgate – दुई भागमा खुल्ने टेलगेट, १५० किलोसम्म भार धान्न सक्षम

• बाहिरी मनोरञ्जनका लागि Exterior Music Speaker

• संगीतको ताल र मुडसँगै चल्ने Music-Sync Ambient Lighting

• व्यक्तिगत आरामका लागि मेमोरी र वेलकम सीटहरू

• 3C फास्ट चार्जिंग सिस्टम - झन्झटरहित फास्ट चार्जिङ

श्रेणीमै उत्कृष्ट प्रविधि र सुरक्षा

नामी भिगोमा Level 2 ADAS, 360° क्यामेरा, Adaptive Cruise Control, वायरलेस चार्जिंग र मल्टी-मोड स्टेयारिंग उपलब्ध छ।

भित्री भागमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो-प्रेसर सीटहरू, र पानोरेमिक मोनोरुफ जस्ता सुविधाले प्रिमियम अनुभव प्रदान गर्छन्।

सुरक्षाका लागि कठोर परीक्षण गरिएको जिरो फायर/एक्स्प्लोजन टेस्ट म्याच ब्याट्री सिस्टम, ६८.४% हाइ-स्ट्रेन्थ स्टिल बडी र ६ ओटा एअरब्यागहरूको संयोजन गरिएको छ.

मूल्य र उपलब्धता

नामी भिगो E2 को मूल्य रु. ३८,९९,००० निर्धारण गरिएको छ भने E2+ भेरियन्ट रु. ४१,९९,००० मा उपलब्ध छ।

विशेष प्रारम्भिक अफरअन्तर्गत, भिगो E2 रु. ३७,९९,००० मा र E2+ रु. ४०,९९,००० मा प्राप्त गर्न सकिन्छ।

एमएडब्लू वृद्धि मोटर्सका सीइओ श्री प्रशन्न पन्त भन्छन्, “नामी 01 का एक हजार भन्दा बढी सन्तुष्ट मालिकहरू भएपछि भिगोले हाम्रो दृष्टिकोण थप फराकिलो बनाएको छ, पावर, लक्जरी र बुद्धिमत्ता, आधुनिक नेपाली जीवनशैलीका लागि।”

इटहरी क्षेत्रका लागि श्रीजना मोटर्स अधिकृत नामी डिलर हुनेछ।

“बोल्ड एण्ड बिल्ट फर यू एसयुभी” नाम डिजाइन थिम बोकेको नामी भिगो नेपाली इलेक्ट्रिक मोबिलिटीको भविष्यको प्रतीक हो जहाँ स्टाइल, सुरक्षा र प्रविधि एकसाथ मिलेर अधिक स्मार्ट, अधिक आत्मविश्वासी ड्राइभको अनुभव दिन्छन्।

Share 11 एमएडब्लू वृद्धि मोटर्सद्वारा इटहरीमा नयाँ नामी भिगो अनावरण
  • Share
      एमएडब्लू वृद्धि मोटर्सद्वारा इटहरीमा नयाँ नामी भिगो अनावरण
      एमएडब्लू वृद्धि मोटर्सद्वारा इटहरीमा नयाँ नामी भिगो अनावरण

      इटहरी । डोंगफेंग नामी इलेक्ट�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari