ArthaDrishti.com
02/Nov/2025
नेपाल प्रिमियर लिग (NPL) को दोस्रो सिजनका लागि विश्व क्रिकेटका महान खेलाडी फाफ डु प्लेसिस विराटनगर किंग्समा सामेल
काठमाडौं। विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (NPL) को दोस्रो सिजनका लागि विश्व प्रसिद्ध दक्षिणी अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको घोषणा गरेको छ।
फाफ डु प्लेसिस...
“फाफ डु प्लेसिस जस्ता विश्वस्तरीय खेलाडी आउनु बिराटनगर किंग्स र NPL को लागि गर्वको कुरा हो। उनको आगमनले बिराटनगर किंग्स र NPL को लागि आउने दिनमा अन्य विश्वस्तरीय खेलाडी आउन अझ उत्साहित हुनेछन्”- दिपेन्द्र चौधरी (टिम डाइरेक्टर)
“फाफ डु प्लेसिसको आगमनले बिराटनगर किंग्सका खेलाडीहरूलाई उनीसँग ड्रेसिंग रूम, उनको अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवबाट धेरै सिक्ने अवसरका साथै NPL लाई विश्वस्तरमा पुर्याउने विश्वास लिएको छ। अब बिराटनगर किंग्स फाफ डु प्लेसिसको साथमा NPL सिजन टु का लागि नयाँ जोश र आत्मविश्वासका साथ मैदानमा उत्रिने तयारीमा छ।
बिराटनगर किंग्सको बारेमा
बिराटनगर किंग्स नेपाल प्रिमियर लिग (NPL) मा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज टिम हो। टोलीको उद्देश्य स्थानीय प्रतिभालाई उजागर गर्नु, खेलभावना प्रवर्द्धन गर्नु र फ्यान तथा समुदायसँग गहिरो सम्बन्ध स्थापना गर्दै कोशी प्रदेशको गौरव बढाउनु हो।