Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

19/Sep/2025
देशभर सामान्य बदली, केहि पहाडी र तराई भू-भागमा हल्कादेखि मध्यम वर्षाको संभावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। हाल देशभर सामान्य बदली देखिएको छ। देशको पहाडी भू-भागका...

थोरै र तराई भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना नियमित जाँच गरी सतर्क रहन अनुरोध गरिएको छ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा केही स्थानमा मध्यमदेखि भारी, तराईमा केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति यी क्षेत्रमा हिमाली र पहाडी क्षेत्रमा थोरैदेखि एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्छ। मधेश प्रदेशमा दिउँसो र राति तराईमा थोरै स्थानमा मध्यम वर्षाको जोखिम छ। कर्णाली प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा केही स्थानमा मध्यम र राति एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकोले बाढी र पहिरोको जोखिम बढ्न सक्छ। सर्वसाधारणलाई मौसम अपडेट नियमित जाँच गरी सुरक्षित रहन आग्रह गरिएको छ।

Share 3 देशभर सामान्य बदली, केहि पहाडी र तराई भू-भागमा हल्कादेखि मध्यम वर्षाको संभावना
  • Share
      देशभर सामान्य बदली, केहि पहाडी र तराई भू-भागमा हल्कादेखि मध्यम वर्षाको संभावना
      देशभर सामान्य बदली, केहि पहाडी र तराई भू-भागमा हल्कादेखि मध्यम वर्षाको संभावना

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar