Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

16/Jun/2026
मोटरसाइकल यात्रामार्फत् पर्यटन प्रवर्द्धन गर्न ‘म्याङ्गो राइड–२०२६’ आयोजना हुँदै

काठमाडौं । मोटरसाइकल यात्राका माध्यमबाट पर्यटन, कृषि प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वलाई एकै सूत्रमा जोड्ने उद्देश्यसहित ‘म्याङ्गो राइड–२०२६’ को नवौं संस्करण आगामी असार ५ देखि ८ गतेसम्म...

सञ्चालन हुने भएको छ।

मोटरसाइकल पर्यटन प्रवर्द्धनमा सक्रिय संस्था द हिमालयन मोटरसाइकल एक्सपिरियन्स (टीएचएमई) ले आयोजना गर्न लागेको उक्त अभियानले नेपालको पर्यटन, कृषि उत्पादन तथा स्थानीय अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ।

सोमबार नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिँदै टीएचएमईका संयोजक अर्जुन थापाले मोटरसाइकल यात्रालाई पर्यटन र कृषि क्षेत्रसँग जोड्दै स्थानीय उत्पादन तथा गन्तव्यहरूको प्रचारप्रसारमा अभियान केन्द्रित रहेको बताए।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले साहसिक तथा खेलकुद गतिविधिलाई पर्यटनसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले नेपालमा राइडिङ पर्यटनको उल्लेखनीय सम्भावना रहेको उल्लेख गर्दै यसलाई अन्तर्राष्ट्रिय बजार, विशेषगरी भारतलगायतका पर्यटन मार्टहरूमा प्रवर्द्धन गर्नुपर्ने बताए।

“काठमाडौं केन्द्रित सोचबाट बाहिर निस्केर देशका विभिन्न गन्तव्यलाई पर्यटनसँग जोड्न आवश्यक छ। राइडर पुग्न सक्ने हरेक स्थान पर्यटन गन्तव्य बन्न सक्छ,” उनले भने।

कार्यक्रमका प्रमुख साझेदार रोयल इन्फिल्ड नेपालका कार्यकारी निर्देशक मेघराज पौडेलले ‘म्याङ्गो राइड’ अहिले एक स्थापित ब्रान्डका रूपमा विकसित भइसकेको बताए। समुदायको सक्रिय सहभागितामा सञ्चालन हुँदै आएको अभियानले मोटरसाइकल यात्रुहरूबीच विशेष पहिचान बनाएको उनको भनाइ थियो।

त्यसैगरी टीएचएमईका सल्लाहकार तथा चलचित्र निर्देशक अमन प्रताप अधिकारीले ‘म्याङ्गो राइड’ लाई केवल मोटरसाइकल यात्रा नभई नेपालको भूगोल, संस्कृति र विविधतालाई नजिकबाट बुझ्ने अवसरका रूपमा व्याख्या गरे। उनले यात्रामा सहभागी भई प्रत्यक्ष अनुभव लिन सबैलाई आग्रह गरे।

सन् २०१५ मा चार जना राइडरबाट सुरु भएको ‘म्याङ्गो राइड’ हाल नेपालका मोटरसाइकल यात्रुहरूको लोकप्रिय वार्षिक अभियानका रूपमा स्थापित भएको छ। अभियानले पर्यटन प्रवर्द्धनसँगै आँप उत्पादन हुने क्षेत्रको प्रचार, आन्तरिक पर्यटन विस्तार, कृषि तथा स्थानीय उद्यमको विकास र सामाजिक उत्तरदायित्वका गतिविधिलाई प्राथमिकता दिँदै आएको छ।

यस वर्षको अभियानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ तथा कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले शुभकामना व्यक्त गरेका छन्।

आयोजकका अनुसार यात्रामा सहभागी राइडरहरूले आँप बगैंचाको अवलोकन गर्ने, स्थानीय कृषकसँग अन्तरक्रिया गर्ने तथा कृषि पर्यटनका सम्भावनाबारे प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर पाउनेछन्।

टीएचएमईले विगत एक दशकदेखि नयाँ पर्यटकीय गन्तव्यको खोज, प्रवर्द्धन र प्रचारका साथै सडक सुरक्षा, ट्राफिक सचेतना, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा सामुदायिक सहयोगसम्बन्धी अभियान सञ्चालन गर्दै आएको छ।

यस वर्षको ‘म्याङ्गो राइड’ काठमाडौंस्थित नेपाल पर्यटन बोर्डबाट सुरु भई कुशीनगर–चितवन–सौराहा–ठोरी–वीरगञ्ज–बर्दिवास–लहान–आँप बगैंचा हुँदै पुनः बर्दिवास–भीमान–हेटौँडा–कुलेखानी मार्ग पार गर्दै काठमाडौंमा समापन हुने कार्यक्रम तय गरिएको छ।

Share 35 मोटरसाइकल यात्रामार्फत् पर्यटन प्रवर्द्धन गर्न ‘म्याङ्गो राइड–२०२६’ आयोजना हुँदै
  • Share
      मोटरसाइकल यात्रामार्फत् पर्यटन प्रवर्द्धन गर्न ‘म्याङ्गो राइड–२०२६’ आयोजना हुँदै
      मोटरसाइकल यात्रामार्फत् पर्यटन प्रवर्द्धन गर्न ‘म्याङ्गो राइड–२०२६’ आयोजना हुँदै

      काठमाडौं  । मोटरसाइकल यात्�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka