Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

01/Jun/2026
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुला, भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने देशकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ का लागि स्टल बुकिङ खुला गरेको...

छ।

नाडाका अनुसार आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म आयोजना हुने अटो शोका लागि जेठ १८ गतेदेखि २६ गतेसम्म स्टल बुकिङ खुला गरिएको हो।

नाडा अटो शोले नेपालका सवारीसाधन उत्पादक, आयातकर्ता, वितरक, पार्टपुर्जा व्यवसायी, वित्तीय सेवा प्रदायक तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि र सेवाहरू प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दै आएको छ।

आयोजकका अनुसार यस वर्षको प्रदर्शनीमा हजारौं अवलोकनकर्ता, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। अटोमोबाइल उद्योगको नवीनतम प्रविधि, विद्युतीय सवारीसाधन, वित्तीय सेवा तथा अन्य सम्बन्धित उत्पादनहरू प्रदर्शनीका मुख्य आकर्षण रहनेछन्।

स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरणहरू प्रदर्शनी व्यवस्थापक कम्पनी ग्लोबल एक्सपोजिसन मार्फत प्राप्त गर्न सकिने नाडाले जनाएको छ।

नाडाले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण कम्पनी तथा संस्थाहरूलाई समयमै स्टल बुकिङ सुनिश्चित गरी देशकै प्रतिष्ठित अटो प्रदर्शनीमा सहभागिता जनाउन आग्रह गरेको छ।

Share 286 नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुला, भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने
  • Share
      नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुला, भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने
      नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुला, भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

      काठमाडौं । नेपाल अटोमोबाइल्�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka