Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

14/Jul/2025
जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि हकप्रद शेयर जारी गर्ने

काठमाडौँ। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (JOSHI) ले साउन १५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५...

प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसमा असार ७ गतेसम्म कायम रहेका सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।

जोशीको हकप्रद शेयरमा प्रतिकित्ता १०० रुपैयाँको दरले भदौ ४ गतेसम्म आवेदन दिन सकिने छ। हकप्रद सेयरको बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, काठमाडौँ, जोशी हाइड्रोपावरको कार्यालय नयाँ बानेश्वर, काठमाडौँ र लक्ष्मी सनराइज बैंकको इलाम शाखाबाट समेत आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

Share 3 जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि हकप्रद शेयर जारी गर्ने
  • Share
      जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि हकप्रद शेयर जारी गर्ने
      जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि हकप्रद शेयर जारी गर्ने

      काठमाडौँ। जोशी हाइड्रोपावर �

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari