Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

29/Dec/2025
एभरेस्ट समिटियर्स समिट २०२६: काठमाडौँमा 'हिमाली नवप्रवर्धन दिगो भविष्यका लागि' थीममा भव्य आयोजना

काठमाडौँ । एभरेस्ट एलायन्स नेपालले "Himalayan Innovation for a Sustainable Future", भन्ने मूल नाराका साथ एभरेस्ट समिटियर्स समिट २०२६ को आयोजना हुने औपचारिक घोषणा गर्दछ ।...

यस समिटले तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीद्वारा गरिएको सगरमाथाको ऐतिहासिक पहिलो आरोहणको स्मरण गर्दै अन्तर्राष्ट्रिय सगरमाथा दिवस अवसर पारि आउदो सन् २०२६, २७ मे का दिन काठमाडौँमा आयोजना हुनेछ ।

पहिलो संस्करणको सफलता माथि आधारित यस समिटमा नेपाल तथा विश्वभरका सगरमाथा आरोहीहरू, नीति-निर्माता, पर्वतारोहण संस्थाहरू, संरक्षण अभियन्ता, पर्यटन व्यवसायी, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारहरू एकै थलोमा भेला हुनेछन् । समिटले पर्वतारोहणको ऐतिहसिक धरोहर, आरोही सुरक्षा, जलवायु परिवर्तन, दिगो र हिमाली पर्यटन अभियानहरूको भविष्यबारे उच्चस्तरीय सवादको मञ्च प्रदान गर्नेछ ।

सन् २०२५ मा Honoring the Legends, Inspiring the Future' भन्ने नारासहित सम्पन्न पहिलो एभरेस्ट समिटियर्स समिट नेपालका पर्वतारोहण कार्यक्रमहरूमध्ये एक ऐतिहासिक तथा प्रभावशाली आयोजनाका रूपमा व्यापक रूपमा चिनिन सफल भएको थियो । उक्त समिटले विश्वभरका सगरमाथा आरोहीहरू, सरकारी प्रतिनिधि, अन्तर्राष्ट्रिय पर्वतारोहण संस्थाहरू, संरक्षण विज्ञ, पर्यटन क्षेत्रका सरोकारबाला तथा सञ्चार माध्यमलाई एकत्रित गर्दै अर्थपूर्ण नीतिगत छलफल, अन्तर्राष्ट्रिय सहकार्य सुदृढीकरण तथा विश्वव्यापी पर्वतीय संरक्षणमा नेपालको नेतृत्वलाई थप सुदृढ बनाएको थियो, जसबाट दोस्रो संस्करणका लागि बलियो आधार तयार गरेको छ ।

एभरेस्ट एलायन्स नेपालले एभरेस्ट समिटियर्स समिट २०२६ लाई केवल स्मरणमा सीमित नराखी, सगरमाथा आरोहीहरूको सम्मान, प्रत्यक्ष आरोहण अनुभवहरूको संरक्षण, अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन तथा नैतिक र समुदाय-केन्द्रित पर्वतीय पर्यटनको प्रवर्धन गर्ने दूरदर्शी समिटका रूपमा परिकल्पना गरेको छ । एकदिने यस समिटमा मुख्य वक्तव्य, विशेषज्ञ प्यानल तथा नीतिगत संवादहरू समावेश हुनेछन्, जसमा हिमनदी पग्लिने समस्या, फोहोर व्यवस्थापन, आरोहीहरुका सम्बृद्धी, अभियान सुरक्षा तथा नीतिगत सुधार जस्ता उच्च हिमाली क्षेत्रका ज्वलन्त चुनौतीहरूबारे छलफल हुनेछ । साथै, सगरमाथालाई साझा विश्व सम्पदा मान्दै सामूहिक संरक्षणको आवश्यकता पुनः पुष्टि गरिनेछ ।

समिटका सत्रहरू सगरमाथा आरोहीहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू र संस्थागत नेतृत्वद्वारा सञ्चालन गरिनेछन् । एभरेस्ट समिटियर्स समिट २०२६ मानव सहनशीलता, सहकार्य र प्रकृक्तिप्रतिको सम्मानको प्रतीक हुनेछ, जहाँ नेपाल तथा विश्वभरका आरोहण र संरक्षण समुदायका सहभागिता रहने अपेक्षा गरिएको छ ।

एभरेस्ट एलायन्स नेपालले सरकारी निकायहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, पर्वतारोहण महासंघहरू, शैक्षिक संस्थाहरू, प्रायोजकहरू, विश्वव्यापी आरोहण समुदाय तथा सञ्चार माध्यमलाई हिमालयको दिगो भविष्यका लागि एभरेस्ट समिटियर्स समिट २०२६ लाई एक ऐतिहासिक विश्वस्तरीय कार्यक्रम बनाउन सहकार्य गर्न हार्दिक आमन्त्रण गर्दछ । यसका साथै, एभरेस्ट एलायन्स नेपालले एभरेस्ट समिटियर्स समिट २०२६ मा सहभागिताका लागि विश्वभरका सगरमाथा आरोहीहरू तथा यस ऐतिहासिक कार्यक्रमको अनुभव लिन इच्छुक सम्पूर्ण सहभागिहरूका लागि दतां प्रक्रिया औपचारिक रूपमा खुला गरिएको जानकारी पनि गराउदछ ।

एभरेस्ट एलायन्स नेपाल, सगरमाथा आरोहीहरू तथा पर्वतीय पेशेवरहरूको राष्ट्रिय सामूहिक मञ्च हो, जसले सगरमाथाको विरासत संरक्षणमा काम गर्दै आएको छ। संस्थाले आरोही सुरक्षा, वातावरणीय दिगोपन, नैतिक पर्वतारोहण अभ्यास तथा विश्वव्यापी पर्वतारोहण र हिमाली संरक्षणमा नेपालको नेतृत्व सुद्धीकरणका लागि पैरवी गर्दछ ।

Share 3 एभरेस्ट समिटियर्स समिट २०२६: काठमाडौँमा 'हिमाली नवप्रवर्धन दिगो भविष्यका लागि' थीममा भव्य आयोजना
  • Share
      एभरेस्ट समिटियर्स समिट २०२६: काठमाडौँमा 'हिमाली नवप्रवर्धन दिगो भविष्यका लागि' थीममा भव्य आयोजना
      एभरेस्ट समिटियर्स समिट २०२६: काठमाडौँमा 'हिमाली नवप्रवर्धन दिगो भविष्यका लागि' थीममा भव्य आयोजना

      काठमाडौँ । एभरेस्ट एलायन्स न�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird