Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

13/Jun/2025
गीताप्रेस नेपालको प्रथम दशकको उत्सव सम्पन्न, नयाँ एप र नेपाली अनुवादित महापुराण विमोचन

काठमाडौं। नेपालमा स्थापित गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंले आफ्नो प्रथम दशकको गौरवमय उत्सव भव्य रूपमा मनाएको छ। कार्यक्रमको अवसरमा श्रीलिङ्ग महापुराण र श्रीमत्स्य महापुराणको नेपाली अनुवाद...

विमोचन गरिएको छ। साथै, गीताप्रेस नेपालको आधिकारिक वेबसाइटहरू (gitapressnepal.org, gitapressnepal.com) र मोबाइल एप्लिकेशन 'Gitapress Nepal' को औपचारिक लञ्च गरिएको छ।

पशुपति क्षेत्रस्थित माधव राज सुमार्गी स्मृति भवनमा आयोजित समारोहमा कार्यक्रमको अध्यक्षता श्री जयकिसन साडाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा गीताप्रेस गोरखपुरका प्रवन्धक डा. श्री लालमणि तिवारी तथा विशिष्ट अतिथिका रूपमा भगवान पशुपतिनाथका मूल भट्ट श्री गणेश रावल भट्ट र मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डन रहनुभएको थियो।

कार्यक्रममा गीताप्रेस नेपालले विगत १० वर्षमा पुर्‍याएको धार्मिक, सांस्कृतिक र आध्यात्मिक योगदानको चर्चा गर्दै अध्यक्ष साडाले भने, “नेपालमा गीताप्रेसको अन्तर्राष्ट्रिय शाखा स्थापना भएको १० वर्ष पूरा भएको छ। अबदेखि मोबाइल एप र वेबसाइटमार्फत नेपाली भाषामा प्रकाशित पुराण, रामायण, उपनिषद्, स्तोत्र, चालिसा र अन्य धार्मिक सामग्रीहरू सर्वसुलभ हुनेछन्।”

गीताप्रेसले सिंगापुर, इन्डोनेसिया, दुबई, अष्ट्रेलिया, अमेरिका लगायतका देशहरूमा समेत पुस्तक वितरण गरिरहेको जानकारी दिइयो। साथै, आगामी दिनमा पशुपति क्षेत्र आसपास गीता भवन निर्माण गरी त्यहाँ थोक तथा खुद्रा पुस्तक विक्री केन्द्र, वितरण कार्यालय, तथा मोबाइल गाडीमार्फत प्रचार-प्रसारको योजना रहेको बताइएको छ।

कार्यक्रममा गीताप्रेस नेपालका उपाध्यक्ष श्री ईश्वरी प्रसाद रिमालले धन्यवाद ज्ञापन गरे भने सञ्चालन श्री यदुनन्दन भारद्वाजले गर्नुभएको थियो।

"घर–घर गीता: हाम्रो अभियान" कार्यक्रम अन्तर्गत हजारौं विद्यार्थीलाई निःशुल्क नेपाली भाषामा सरल गीता वितरण गरिएको जानकारी दिँदै, आगामी दिनमा विभिन्न विद्यालय र गुरुकुलसम्म पुर्याउने लक्ष्य दोहोर्याइएको थियो।

गीताप्रेस नेपालले नेपाली भाषामा ६० भन्दा बढी सत्साहित्यको अनुवाद सम्भव बनाउने विद्वत् व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।

Share 3 गीताप्रेस नेपालको प्रथम दशकको उत्सव सम्पन्न, नयाँ एप र नेपाली अनुवादित महापुराण विमोचन
  • Share
      गीताप्रेस नेपालको प्रथम दशकको उत्सव सम्पन्न, नयाँ एप र नेपाली अनुवादित महापुराण विमोचन
      गीताप्रेस नेपालको प्रथम दशकको उत्सव सम्पन्न, नयाँ एप र नेपाली अनुवादित महापुराण विमोचन

      काठमाडौं। नेपालमा स्थापित ग�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Evautobazar