Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

20/Nov/2025
उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।

महासंघ र विश्वविद्यालय...

बीच बुधबार महासंघ सचिवालयमा पाठ्यक्रम विकास, तालिम कार्यक्रम, र संयुक्त परियोजनाहरूको सम्भाव्यता अध्ययन लगायतका विषयमा काम गर्ने गरि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा महासंघका तर्फबाट अध्यक्ष ढकाल र विश्वविद्यालयका तर्फबाट रजिष्टार डा. सूर्यराज आचार्यले हस्ताक्षर गर्नु भएको छ । पाँच वर्षसम्म कायम रहने सो समझदारी पत्रमा दुवै पक्षले पाठ्यक्रम विकास, संयुक्त अनुसन्धान र नवप्रवर्तन, उद्यमशीलता विकास, विद्यार्थीको इन्टर्नशिप तथा रोजगारीका अवसरहरू सिर्जना गर्ने विषयहरु समावेश गरिएको छ ।

सो अवसरमा बोल्दै महासंघका अध्यक्ष ढकालले युवा जनशक्ति विदेश पलायन भएको अवस्थामा यो समझदारीले देशमा दक्ष जनशक्ति उत्पादन गरि स्वदेश एवं विदेशमा प्रतिष्पर्धी बनाउन सहयोग पुग्ने बताउनु भयो । “ उद्योग–व्यवसायले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न र युवाहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्न यो सहकार्य फलदायी हुनेछ । आउने दिनमा पनि यस्तो सहकार्यका लागि हामी सकारात्मक छौं । ” उहाँले भन्नुभयो ।

विश्वविद्यालयका कुलपति डा. विन्दुनाथ लोहनीले महासंघसंग भएको समझदारीले नेपालको शैक्षिक प्रणालीलाई विश्व बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नु भयो । “हाम्रो लक्ष्य विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानमात्र नभई व्यावहारिक सीप र उद्यमशीलताको भावना प्रदान गर्नु हो । महासंघसँगको सहकार्यले त्यो लक्ष्य प्राप्तिमा ठूलो योगदान दिनेछ भन्ने हाम्रो विश्वास हो ।” डा. लोहनीले भन्नुभयो ।

यस्तै विश्वविद्यालयका उपकुलपति डा.अर्जुन कार्कीले सीपयुक्त, दक्ष र गुणस्तरिय जनशक्ति उत्पादन विश्वविद्यालयको मुख्य उद्धेश्य रहेको उल्लेख गर्दै त्यसको लागि महासंघसंगको सहकार्य सहयोगी हुने बताउनु भयो ।

यस्तै विश्वविद्यालयका रजिष्टार डा. सूर्यराज आचार्यले पुराना विश्वविद्यालयबाट उत्पादित जनशक्तिले बदलिएको समाजको आवश्यकता पूरा गर्न नसकेको अवस्थामा समाज र श्रम बजारको आवश्यक्ता अनुसार जनशक्ति उत्पादन गर्ने लक्ष्य विश्वविद्यालयले लिएको बताउनु भयो ।

गत जेठ महीनामा महासंघ र विश्वविद्यालयबीच विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास, र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन गर्न सकिने लगायतका विषयमा प्रारम्भिक छलफल भएको थियो ।

Share 3 उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच समझदारी पत्रमा हस्ताक्षर
  • Share
      उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच समझदारी पत्रमा हस्ताक्षर
      उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच समझदारी पत्रमा हस्ताक्षर

      काठमाडौँ । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
  • Share
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
  • Share
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस साउदी र कतारी रियाल लाई कति

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
  • Share
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka