Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

11/Nov/2025
नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

काठमाडौं। लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ अब नेपाल प्रिमियर लिगका लागि बिराटनगर किंग्सको अफिसियल एपेरल पार्टनर बनेको छ। यो रोमाञ्चक साझेदारी मार्फत् गुणस्तर, समर्पण र स्थानीय...

प्रतिभाप्रति साझा विश्वास राख्ने दुई गर्विला नेपाली ब्रान्डहरू एक साथ आएका छन्।

डोल्पो आफ्नो उत्कृष्ट डिजाइन, उच्च गुणस्तरीय र पर्फर्मेन्सका लागि उपयुक्त हुने एपेरलका लागि परिचित छ। बिराटनगर किंग्ससँग सहकार्य गर्दै डोल्पोले टिमलाई फील्डमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग गर्ने पर्फर्मेन्स गियर प्रदान गर्नेछ जसले कोशी प्रदेशको गौरवलाई समेत प्रतिबिम्बित गर्नेछ। प्रत्येक जर्सी, ट्रेनिङ किट र अन्य एपेरलहरूले नेपाली उत्कृष्टताको भावना बोक्नेछन्।

“हामी हाम्रो आफ्नो टिमलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं,” डोल्पोका प्रवक्ताले भने। “बिराटनगर किंग्ससँगको साझेदारी मार्फत् हामी नेपाली प्रतिभालाई सघाउन र घरेलू खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौँ। यो केवल एपेरलको सहयोग मात्र होइन, यो त घरेलू उत्पादन र खेलकुदप्रतिको गौरव पनि हो।”

कोशी प्रदेशको प्रतिनिधित्व गर्ने टिम बिराटनगर किंग्सले नेपाल प्रिमियर लिगमा बलियो उपस्थिति जनाउँदै आएको छ। टिमले हालै अन्तर्राष्ट्रिय क्रिकेट स्टार फाफ डु प्लेसिसलाई अनुबन्धन गर्दै बलियो स्क्वायडका साथ उच्चस्तरमा प्रतिस्पर्धा गर्ने संकेत दिएको छ। डोल्पोको समर्थन पाएसँगै अब खेलाडीहरूले प्रत्येक खेलमा आत्मविश्वासका साथ गौरवशाली प्रदर्शन दिनेछन्।

डोल्पो र बिराटनगर किंग्सबीचको यो सहकार्य स्थानीय उत्पादन, उत्साह र प्रतिभाको उत्सव हो। नेपाली ब्रान्ड र खेलकुद टिमहरू एक साथ आएको खण्डमा देशका लागि साँच्चिकै केहि प्रेरणादायी कार्य गर्न सक्छन् भन्ने उदाहरणको रूपमा यस सहकार्यलाई लिन सकिन्छ।

बिराटनगर किंग्सको बारेमा:

बिराटनगर किंग्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज हो। यसको लक्ष्य स्थानीय प्रतिभा उजागर गर्नु, खेल भावनालाई प्रोत्साहन गर्नु र कम्युनिटी तथा फ्यानहरूसँग गहिरो सम्पर्क स्थापित गर्दै कोशी प्रदेशलाई गौरव दिलाउनु हो।

Share 3 नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य
  • Share
      नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य
      नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

      काठमाडौं। लोकप्रिय नेपाली ए�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
  • Share
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
  • Share
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
  • Share
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस साउदी र कतारी रियाल लाई कति

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka