Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

18/May/2025
काठमाडौंमा भूमिगत पानी पुनर्भरणको नयाँ पहल: वडामा ११ प्रणाली स्थापना, वार्षिक ८,६२४ किलो लिटर पानी रिचार्ज हुने

काठमाडौं। काठमाडौं उपत्यकाका बासिन्दाहरूको प्रमुख खानेपानी स्रोत भूमिगत पानी हो, जसले ढुंगेधारा, इनार र कुवाहरूमार्फत लामो समयदेखि उपत्यकाको आवश्यकता पूरा गर्दै आएको छ। तर पछिल्लो दुई...

दशकमा अत्यधिक भू–जल दोहन, अव्यवस्थित भवन र सडक निर्माणले भूमिगत पानीको स्तरमा गम्भीर गिरावट आएको छ।

यस समस्याको दीर्घकालीन समाधानस्वरूप, बोटलर्स नेपाल लिमिटेड (बीएनएल) र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआईयूडी) ले काठमाडौं महानगरपालिका वडा नं. २२ र २५ मा भूमिगत पानी पुनर्भरण परियोजना कार्यान्वयन गरेका छन्। सार्वजनिक–निजी–साझेदारी (PPP) मोडेलमा आधारित यो परियोजनामा २०८१ सालमा वडा २५ मा ६ र वडा २२ मा ५ गरी कुल ११ वटा पुनर्भरण प्रणालीहरू स्थापना गरिएको हो।

प्रत्येक प्रणालीमा एक पुनर्भरण कुवा र फिल्टर चेम्बर रहेको छ। कुवाहरूको औसत गहिराइ २० फिट रहेको छ। यी प्रणालीहरूले वार्षिक ८,६२४ किलो लिटर पानी पुनः भू-स्तरमा रिचार्ज गर्ने अनुमान गरिएको छ, जसले स्थानीय भू–जल स्तर स्थिर राख्न मद्दत गर्नेछ।

योजना सम्पन्न भएपछि वडा अध्यक्षहरूलाई उपप्रमुख सुनिता डंगोल, वडा सदस्यहरू तथा स्थानीय समूहहरूको उपस्थितिमा प्रणाली हस्तान्तरण गरिएको हो। डंगोलले भनिन्, “काठमाडौँमा पानी रिचार्जको खाँचो छ, त्यसैले हामी विभिन्न वडामा यस परियोजनालाई विस्तार गर्दैछौं। यसको प्रत्यक्ष लाभ समुदायले अनुभूत गरेपछि यसलाई सफल भनिनेछ।”

यस परियोजनामा संकटा क्लब, ग्वाहाली दाबु, आर्यावलोकितेश्वर सुधार समूह, केल अचाजु गुठी, मछिन्द्र क्लब जस्ता स्थानीय समूहहरूले समेत महत्वपूर्ण सहयोग गरेका थिए।

यो परियोजना रानीबारी (वडा ३), बालाजु पार्क (वडा १६), ठिमी नगरपालिका, ललितपुरको राजदल आर्मी ब्यारेक लगायत विभिन्न क्षेत्रमा सफलतापूर्वक कार्यान्वयन भइसकेको अघिल्ला प्रयासहरूको निरन्तरता हो। यस साझेदारीले हालसम्म वार्षिक १,५६,००० किलो लिटर पानी पुनर्भरण गरिरहेको छ।

कोकाकोला बेभरेज नेपाल आफ्नो पेय पदार्थमार्फत उपभोक्तालाई सेवा दिँदै आएको छ। यसले वाटरएड नेपाल, स्मार्टपानी, सीआईयूडी र सप्लायर्सहरूसँग मिलेर पानी संरक्षण, पुनर्भरण, तथा समुदायको जीवनस्तर सुधार गर्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीले आफूलाई "पानी सकारात्मक" बनाउने लक्ष्य राखेको छ।

यसैगरी, डोको रिसाइक्लर्स र खालीसिसी जस्ता संस्थासँग मिलेर २०३० सम्म बेचिने प्रत्येक बोतल संकलन र पुनःप्रयोग गर्ने लक्ष्यमा पनि कोकाकोला बेभरेज नेपाल क्रियाशील छ।

सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (CIUD) ले मानवकेन्द्रित र दिगो शहरी विकासमा काम गर्दै आएको एक गैरसरकारी संस्था हो। यसले नगरपालिका तथा समुदायसँग सहकार्य गर्दै वातावरण, शिक्षा, र सरसफाइजस्ता क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसले ‘बुक फ्री फ्राइडे’, ‘बालबालिका र वातावरण’ जस्ता परियोजनामार्फत ज्ञान विस्तारको अभियान चलाइरहेको छ।

Share 4 काठमाडौंमा भूमिगत पानी पुनर्भरणको नयाँ पहल: वडामा ११ प्रणाली स्थापना, वार्षिक ८,६२४ किलो लिटर पानी रिचार्ज हुने
  • Share
      काठमाडौंमा भूमिगत पानी पुनर्भरणको नयाँ पहल: वडामा ११ प्रणाली स्थापना, वार्षिक ८,६२४ किलो लिटर पानी रिचार्ज हुने
      काठमाडौंमा भूमिगत पानी पुनर्भरणको नयाँ पहल: वडामा ११ प्रणाली स्थापना, वार्षिक ८,६२४ किलो लिटर पानी रिचार्ज हुने

      काठमाडौं। काठमाडौं उपत्यकाक

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari