Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

22/Dec/2025
लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि रुपन्देहीमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

काठमाडौँ । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई सशक्त बनाउने उद्देश्यले लुम्बिनीमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय...

विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको सहकार्यमा सोमबारदेखि दुईदिने तालिम सुरु भएको हो ।

क्यामेराको लेन्समार्फत लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यलाई विश्वसामु चिनाउने उद्देश्यले तालिम आयोजना गरिएको एसटीपीका प्रबन्धक धर्मराज दवाडीले जानकारी गराएका छन् । उनले भने, “लुम्बिनी केवल बुद्ध जन्मस्थल मात्र होइन । यहाँ संस्कृति, इतिहास, प्रकृति र समुदायका थुप्रै पर्यटन कथा छन् । ती कथालाई प्रभावकारी तस्बिरमार्फत प्रस्तुत गर्न फोटो पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ । दिगो पर्यटन विकासमा मिडियाको भूमिका झनै निर्णायक बन्दै गएकोले पर्यटनका सम्भावनाहरू उजागर गरी स्थानीय गन्तव्यलाई ग्लोबल बजारसम्म पुर्‍याउने यो तालिम प्रभावकारी हुने विश्वास लिएको छु ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्डको रूपमा व्याख्या गर्दै सिकाइ निरन्तर प्रक्रिया भएको बताए । “तपाईंहरूले आज लुम्बिनी, कपिलवस्तु, पाल्पा, नवलपरासी वा बर्दियाका कथा जसरी क्यामेरामा उतार्नुहुन्छ, ती तस्बिरहरूले नेपाललाई विश्व पर्यटन नक्सामा अझ मजबुत रूपमा स्थापित गर्नेछन्,” उनले भने, "यो तालिम लुम्बिनी प्रदेशका ओझेलमा परेका गन्तव्य, संस्कृति र समुदायका कथालाई प्रभावकारी ढंगले प्रस्तुत गर्न सहयोगी हुनेछ ।"

तालिममा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन पत्रकारिताको आधार, बोर्डको प्रवर्द्धन रणनीति र दृश्य कथाको प्रभावकारिताबारे प्रशिक्षण दिए । त्यसैगरी अर्का प्रशिक्षक सुनिल चुडामणि बज्राचार्यले फोटो पत्रकारिताको इतिहास, प्राविधिक पक्ष, फोटो फिचर र तस्बिर कथाको संरचनाबारे प्रशिक्षण दिए ।

तालिमको दोस्रो दिन सहभागीहरूलाई तस्बिर कथाको व्यवहारिक अभ्यास गराउँदै फिल्ड भिजिट पनि गराइने छ । तालिममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका करिब ३० जना फोटो तथा पर्यटन पत्रकारको सहभागिता रहेको छ ।

यस प्रशिक्षणले लुम्बिनी प्रदेशका नयाँ र स्थापित पर्यटकीय गन्तव्यहरूको दृश्य अभिलेखन, गन्तव्य ब्रान्डिङ र स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने तालिम संयोजक तथा एनएफपीजेका कोषाध्यक्ष प्रदीप श्रेष्ठको विश्वास छ ।

Share 4 लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि रुपन्देहीमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु
  • Share
      लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि रुपन्देहीमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु
      लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि रुपन्देहीमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

      काठमाडौँ । लुम्बिनी प्रदेशक�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar