Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

05/Jun/2025
नाइमा द्वारा मौद्रिक नीति अघि केहि सुझाव: सवारी कर्जामा ८०/२० अनुपात र युआन एलसी खोल्न माग

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (NAIMA) ले आगामी मौद्रिक नीति तयारीको सन्दर्भमा नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका आवश्यकताहरूलाई समेट्दै नेपाल राष्ट्र बैंकलाई महत्वपूर्ण सुझावहरू...

प्रस्तुत गरेको छ।

गभर्नर डा. विश्वनाथ पौडेललाई बधाईसहित पठाइएको उक्त ज्ञापनपत्रमा नाइमाले कर्जा नीतिमा लचकता, युआन एलसी सम्बन्धी समस्या समाधान, र सवारी साधन कर्जाको जोखिम भार कम गर्ने विषयमा पाँच बुँदे सिफारिस राखेको हो।

नाइमाले सवारी खरिदका लागि हालको ५०:५० कर्जा अनुपातलाई परिमार्जन गरी सबै प्रकारका सवारी साधनमा ८०:२० को कर्जा अनुपात लागू गर्न अनुरोध गरेको छ। यसले उपभोक्ता पहुँच वृद्धि, अटो बजार विस्तार र समग्र आर्थिक वृद्धिमा योगदान दिने विश्वास संस्था राख्छ।

त्यस्तै, हाल चीनबाट आयात हुने सवारीहरूमा केवल चिनियाँ कम्पनीको नाममा मात्र युआनमा एलसी खोल्न पाइने प्रावधानले समस्या सिर्जना गरेको उल्लेख गर्दै नाइमाले उत्पादन, ढुवानी र लाभग्राही फरक देशमा भए पनि युआनमा एलसी खोल्न दिने अनुमति दिन माग गरेको छ।

साथै, सवारी कर्जाको जोखिम भार (Risk-Weighted Asset) अहिलेको १०० प्रतिशतबाट घटाएर ७५ प्रतिशत कायम गर्न अनुरोध गरिएको छ। नाइमाका अनुसार, सवारी कर्जा सुरक्षित र पुनर्बिक्री योग्य सम्पत्ति भएकोले जोखिम कम हुने देखिन्छ।

नाइमाले राष्ट्र बैंकको वित्तीय अनुशासन र दिगो विकासमा देखाएको पहलको सराहना गर्दै अटोमोबाइल क्षेत्रको आवाजलाई मौद्रिक नीतिमा समेटिने आशा व्यक्त गरेको छ।

एसोसिएसनले यी सुझावहरू समावेश भएमा अटो व्यवसाय, कर्जा प्रवाह र समग्र आर्थिक सशक्तीकरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।

Share 4 नाइमा द्वारा मौद्रिक नीति अघि केहि सुझाव: सवारी कर्जामा ८०/२० अनुपात र युआन एलसी खोल्न माग
  • Share
      नाइमा द्वारा मौद्रिक नीति अघि केहि सुझाव: सवारी कर्जामा ८०/२० अनुपात र युआन एलसी खोल्न माग
      नाइमा द्वारा मौद्रिक नीति अघि केहि सुझाव: सवारी कर्जामा ८०/२० अनुपात र युआन एलसी खोल्न माग

      काठमाडौं। नेपाल अटोमोबाइल इ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
  • Share
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस साउदी र कतारी रियाल लाई कति

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
  • Share
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
  • Share
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar