Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

28/May/2026
नेपाल टेलिकमको गणतन्त्र दिवस अफर २०८३ सार्वजनिक, दैनिक १० जीबीसम्म डाटा सहित विशेष प्याकेज

काठमाडौं । नेपाल टेलिकम ले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल सेवाका ग्राहकहरूका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ सार्वजनिक गरेको छ ।

...

कम्पनीले अफरअन्तर्गत ‘अनलिमिटेड लाइट ’ र ‘अनलिमिटेड प्राे’ नामका दुई प्रकारका प्याकेज उपलब्ध गराएको जनाएको छ ।

नेपाल टेलिकमका अनुसार ‘अनलिमिटेड लाइट’ प्याकेज ४९९ रुपैयाँमा उपलब्ध हुनेछ । यसअन्तर्गत ग्राहकले दैनिक ५ जीबी डाटा प्रयोग गर्न सक्नेछन् । दैनिक ५ जीबी सीमा समाप्त भएपछि पनि बाँकी अवधिभर २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी, ‘अनलिमिटेड प्राे’ प्याकेज ६९९ रुपैयाँमा उपलब्ध हुनेछ । यस प्याकेजअन्तर्गत दैनिक १० जीबी डाटा प्रयोग गर्न सकिनेछ । निर्धारित सीमा पूरा भएपछि पनि ग्राहकले ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

दुवै प्याकेजको वैधता अवधि ३० दिनको रहनेछ । ग्राहकहरूले जेठ १४ गतेदेखि जेठ १६ गतेसम्म उक्त अफरअन्तर्गतका प्याकेज खरिद गर्न सक्नेछन् । पोस्टपेड प्रयोगकर्ताको हकमा प्याकेज शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने जनाइएको छ ।

ग्राहकहरूले मोबाइलबाट *1415*11# डायल गरी उक्त अफर सक्रिय गर्न सक्नेछन् । साथै, नेपाल टेलिकम एप मार्फत पनि प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

Share 313 नेपाल टेलिकमको गणतन्त्र दिवस अफर २०८३ सार्वजनिक, दैनिक १० जीबीसम्म डाटा सहित विशेष प्याकेज
  • Share
      नेपाल टेलिकमको गणतन्त्र दिवस अफर २०८३ सार्वजनिक, दैनिक १० जीबीसम्म डाटा सहित विशेष प्याकेज
      नेपाल टेलिकमको गणतन्त्र दिवस अफर २०८३ सार्वजनिक, दैनिक १० जीबीसम्म डाटा सहित विशेष प्याकेज

      काठमाडौं । नेपाल टेलिकम ले गण

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari