Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

03/May/2026
दुर्गम क्षेत्रमा नेपाल टेलिकमको VSAT सेवा विस्तार, ३८ स्थानमा मोबाइल पहुँच

काठमाडौं। नेपाल टेलिकम ले देशका विकट तथा दुर्गम क्षेत्रहरूमा VSAT (Very Small Aperture Terminal) तथा स्याटेलाइट प्रविधिमार्फत मोबाइल सेवा विस्तार गरेको जनाएको छ।

कम्पनीका अनुसार हालसम्म...

३८ विभिन्न स्थानमा VSAT प्रविधिबाट GSM मोबाइल सेवा सञ्चालनमा ल्याइएको छ। तीमध्ये सबैभन्दा धेरै अर्थात् १४ साइट डोल्पा जिल्लामा रहेका छन्। डोल्पाका विभिन्न गाउँहरूमा सेवा विस्तारसँगै हुम्ला, मुगु, मनाङ, डोलखा, ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, दार्चुला, बाजुरा र जुम्लाका दुर्गम स्थानहरूमा समेत सेवा पुगेको छ।

चालु आर्थिक वर्षमा मात्रै डोल्पा, डोलखा र रसुवाका चार नयाँ स्थानमा स्याटेलाइटमा आधारित GSM सेवा थप गरिएको कम्पनीले जनाएको छ।

भौगोलिक रूपमा दुर्गम र फाइबर नेटवर्क विस्तार गर्न कठिन स्थानहरूमा VSAT प्रविधिलाई विकल्पका रूपमा प्रयोग गरिएको हो। यस्ता क्षेत्रमा उपकरण ढुवानी गर्न हेलिकप्टरसमेत प्रयोग गरिएको कम्पनीले जनाएको छ।

नेपाल टेलिकमका अनुसार यस्ता स्थानमा गरिएको लगानीबाट प्रत्यक्ष व्यावसायिक लाभ नआए पनि ‘राष्ट्रको सञ्चार’ भन्ने उद्देश्य पूरा गर्न सेवा विस्तार गरिएको हो। आगामी दिनमा यस्ता साइटहरूलाई थप आधुनिक प्रविधिमार्फत स्तरोन्नति गर्ने योजना समेत रहेको छ।

यसैबीच, कम्पनीले ब्याकबोन ट्रान्समिशन परियोजना अन्तर्गत अप्टिकल फाइबर नेटवर्क विस्तारलाई पनि तीव्रता दिएको छ। पूर्व–पश्चिम तथा उत्तर–दक्षिण करिडोरसँगै सहरी, अर्ध–सहरी र ग्रामीण क्षेत्रमा उच्च क्षमतायुक्त डाटा सेवा उपलब्ध गराउने लक्ष्यका साथ विभिन्न कार्य भइरहेको जनाइएको छ।

नेटवर्क सुदृढीकरण अन्तर्गत उच्च क्षमताका राउटर, DWDM उपकरण जडान, पुराना प्रणाली स्तरोन्नति तथा वैकल्पिक लिंक स्थापना जस्ता कामहरू भइरहेको छन्। यसले नेटवर्कको स्थायित्व र सेवा निरन्तरतामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

Share 9 दुर्गम क्षेत्रमा नेपाल टेलिकमको VSAT सेवा विस्तार, ३८ स्थानमा मोबाइल पहुँच
  • Share
      दुर्गम क्षेत्रमा नेपाल टेलिकमको VSAT सेवा विस्तार, ३८ स्थानमा मोबाइल पहुँच
      दुर्गम क्षेत्रमा नेपाल टेलिकमको VSAT सेवा विस्तार, ३८ स्थानमा मोबाइल पहुँच

      काठमाडौं। नेपाल टेलिकम ले दे�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar