Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

30/May/2026
लाइका टेलिफोटो क्यामेरासहित साओमी 17T नेपाली बजारमा, प्रि–अर्डर खुला

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘साओमी 17T’ सार्वजनिक गर्दै प्रि–अर्डर खुला गरेको छ। प्रिमियम डिजाइन, शक्तिशाली प्रदर्शन तथा लाइका प्रविधिमा...

आधारित क्यामेरा प्रणालीसहित कम्पनीले यो स्मार्टफोन नेपाली उपभोक्तामाझ ल्याएको हो।

कम्पनीका अनुसार साओमी 17T मा लाइकाद्वारा डिजाइन गरिएको ट्रिपल रियर क्यामेरा सेटअप उपलब्ध छ। यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, लाइका अल्ट्राप्योर अप्टिक्स र समिलक्स लेन्स प्रविधि समावेश गरिएको छ, जसले उच्च गुणस्तरका तस्बिर तथा विस्तृत विवरण कैद गर्न सक्षम बनाउँछ। साथै, ५ एक्स टेलिफोटो क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध गराइएको छ।

फोनमा ६.५९ इन्चको १.५के एमोलेड डिस्प्ले रहेको छ, जसले अधिकतम ३,५०० निट्स ब्राइटनेस प्रदान गर्छ। १२० हर्ज रिफ्रेस रेट, ३८४० हर्ज पीडब्लुएम डिमिङ, डीसी डिमिङ तथा साओमी भिजन केयर जस्ता विशेषताले प्रयोगकर्तालाई सहज र सुरक्षित दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

प्रदर्शनतर्फ, साओमी 17T मा ४ न्यानोमिटर प्रविधिमा आधारित मिडियाटेक डाइमेन्सिटी ८५००–अल्ट्रा फ्ल्यागशिप चिपसेट जडान गरिएको छ। गेमिङ तथा उच्च क्षमताका कार्यहरूका लागि कम्पनीले थ्रीडी आइसलुप कुलिङ सिस्टम पनि समावेश गरेको जनाएको छ।

यसमा ६,५०० एमएएच क्षमताको ब्याट्री रहेको छ, जसले ६७ वाट हाइपरचार्ज तथा २२.५ वाट वायर्ड रिभर्स चार्जिङ सपोर्ट गर्छ। अडियो अनुभवलाई थप प्रभावकारी बनाउन डुअल स्टेरियो स्पिकरको सुविधा दिइएको छ।

साओमी 17T मा वाइफाइ 6E, डुअल सिम तथा एनएफसी सपोर्ट उपलब्ध छ। करिब २०० ग्राम तौल रहेको यो स्मार्टफोन आईपी६८ प्रमाणित भएकाले पानीका छिटा तथा धुलोबाट सुरक्षित रहने कम्पनीले जनाएको छ।

यो स्मार्टफोन भायोलेट, ब्लु र ब्ल्याक गरी तीन रंगमा तथा १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ।

कम्पनीले २९ मेदेखि ६ जुन २०२६ सम्म प्रि–अर्डर अवधि निर्धारण गरेको छ। यस अवधिमा प्रि–अर्डर गर्ने ग्राहकले कुल रु. ५,५०० बराबरका उपहार प्राप्त गर्नेछन्। अफरअन्तर्गत रेड्मी बड्स ६ प्ले (मूल्य रु. २,४९९) र साओमी ट्याग (मूल्य रु. २,९९९) निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।

साओमी 17T को नेपाली बजार मूल्य रु. ८९ हजार ९९९ तोकिएको छ।

Share 212 लाइका टेलिफोटो क्यामेरासहित साओमी 17T नेपाली बजारमा, प्रि–अर्डर खुला
  • Share
      लाइका टेलिफोटो क्यामेरासहित साओमी 17T नेपाली बजारमा, प्रि–अर्डर खुला
      लाइका टेलिफोटो क्यामेरासहित साओमी 17T नेपाली बजारमा, प्रि–अर्डर खुला

      काठमाडौं । विश्वव्यापी प्रव�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka