Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

25/Oct/2025
नेपाल प्रिमियर लिग दोस्रो सिजन : सुदूरपश्चिम रोयल्सले स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरे, टिम मजबुत बनाउने अपेक्षा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले न्युजिल्यान्डका अनुभवी अलराउन्डर स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरेको छ। टिमले यो घोषणा गर्दै आफ्नो बलिङ...

र ब्याटिङ दुवै क्षेत्रमा थप शक्ति प्राप्त गरेको बताएको छ।

पहिलो सिजनमा कुगेलेइनले उत्कृष्ट प्रदर्शन गर्दै संयुक्त रूपमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको रूपमा नाम कमाएका थिए। उनको यो पुनरागमनले टिमको आक्रमणकारी शैलीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। सुदूरपश्चिम रोयल्सका टिम मालिक स्वत्रन्त्र प्रताप शाहले यो अनुबन्धलाई टिमको सफलतापूर्ण यात्राको महत्वपूर्ण कदम बताएका छन्।

शाहले भनेः "स्कटको अनुभवले हाम्रो बलिङ आक्रमणलाई थप मजबुत बनाउँछ, साथै उनको अलराउन्ड क्षमताले ब्याटिङ लाइनअपमा पनि महत्वपूर्ण गहिराइ थप्नेछ। हामी पहिलो सिजनमा उनको योगदानबाट लाभान्वित भएका थियौं र दोस्रो सिजनमा पनि उनको नेतृत्वमा टिमले उत्तिकै प्रदर्शन गर्ने विश्वास छ।"

स्कट कुगेलेइनले पनि नेपाल फर्किने अवसर प्राप्त गर्दै खुसी व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत टिम र समर्थकहरूलाई सम्बोधन गर्दै भनेका छन्, "नेपाल प्रिमियर लिगको पहिलो सिजन मेरो लागि अविस्मरणीय रह्यो। सुदूरपश्चिम रोयल्सका समर्थकहरूको उत्साहजनक साथ र टिमको एकताले मलाई सधैं प्रेरित गर्दछ। यस सिजनमा पुनः मैदानमा उत्रेर टिमलाई सफलता दिलाउन योगदान गर्न आतुर छु।"

न्युजिल्यान्डको अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय कुगेलेइनले घरेलु तथा अन्तर्राष्ट्रिय स्तरमा १५० भन्दा बढी विकेट लिएका छन्। उनको दाहिने हातको मध्यम गतिको बलिङ र निच्लोक्रमका ब्याट्सम्यानको रूपमा योगदानले एनपीएल जस्ता टी-२० लिगहरूमा उनलाई लोकप्रिय बनाएको छ। पहिलो सिजनमा उनले सुदूरपश्चिम रोयल्सको लागि १० विकेट लिँदै टिमको प्लेफअफ यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

एनपीएलको दोस्रो सिजन आउँदो नोभेम्बरमा सुरु हुने अपेक्षा गरिएको छ। सुदूरपश्चिम रोयल्सले यसअघि नै अन्य अन्तर्राष्ट्रिय खेलाडीहरूसँग पनि कुराकानी गरिरहेको छ, जसले टिमको स्क्वाडलाई थप सन्तुलित बनाउने छ। क्रिकेटका जानकारहरूका अनुसार, कुगेलेइनको अनुबन्धले सुदूरपश्चिमलाई उपाधि दाबेदार टिमको रूपमा स्थापित गर्न मद्दत गर्नेछ।

यो अनुबन्धसँगै एनपीएलको दोस्रो सिजनप्रति क्रिकेटप्रेमीहरूको उत्साह चर्किएको छ। टिमले आधिकारिक रूपमा यो घोषणा गरेपछि सामाजिक सञ्जालमा समर्थकहरूले बधाई तथा प्रतीक्षा व्यक्त गरेका छन्।

Share 5 नेपाल प्रिमियर लिग दोस्रो सिजन : सुदूरपश्चिम रोयल्सले स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरे, टिम मजबुत बनाउने अपेक्षा
  • Share
      नेपाल प्रिमियर लिग दोस्रो सिजन : सुदूरपश्चिम रोयल्सले स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरे, टिम मजबुत बनाउने अपेक्षा
      नेपाल प्रिमियर लिग दोस्रो सिजन : सुदूरपश्चिम रोयल्सले स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरे, टिम मजबुत बनाउने अपेक्षा

      काठमाडौं। नेपाल प्रिमियर लि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Flybird