Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

31/May/2026
नेपालमा सार्वजनिक भयो नयाँ Omoda E5 Pro, 350KM WLTP रेन्ज र 19+ ADAS फिचरसहित

काठमाडौं। नेपालमा Omoda & Jaecoo ब्रान्डको आधिकारिक वितरक SPG Automobiles ले नयाँ Omoda E5 Pro इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। नेपाली बजारमा Omoda E5 को सफल...

यात्रालाई निरन्तरता दिँदै कम्पनीले थप प्रिमियम फिचर, आधुनिक प्रविधि र उन्नत सुरक्षा सुविधासहित नयाँ E5 Pro भेरियन्ट ल्याएको हो।

कम्पनीका अनुसार Omoda E5 ले नेपालमा हालसम्म १,५०० भन्दा बढी युनिट बिक्री गरिसकेको छ। आकर्षक डिजाइन, राम्रो रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण यो नेपाली बजारमा लोकप्रिय इलेक्ट्रिक एसयूभीमध्ये एक बन्न सफल भएको कम्पनीको दाबी छ।

नयाँ Omoda E5 Pro मा 50.7kWh क्षमताको ब्याट्री प्याक जडान गरिएको छ। यसमा 99kW क्षमताको इलेक्ट्रिक मोटर र 288Nm टर्क उपलब्ध छ। कम्पनीका अनुसार यसले एक पटकको पूर्ण चार्जमा 350 किलोमिटर WLTP रेन्ज प्रदान गर्छ।

नेपालका सडक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको यो एसयूभीमा 191mm ग्राउन्ड क्लियरेन्स र 18-इन्च अलोय ह्वील उपलब्ध छन्। यसले शहरी तथा ग्रामीण दुवै सडकमा सहज ड्राइभिङ अनुभव दिने अपेक्षा गरिएको छ।

डिजाइनतर्फ Omoda E5 Pro ले ब्रान्डको फ्युचरिस्टिक डिजाइन भाषालाई निरन्तरता दिएको छ। यसमा बोल्ड फ्रन्ट फेसिया, एरोडाइनामिक प्रोफाइल तथा विशेष Phantom Wing Tail Light समावेश गरिएको छ।

इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, उच्च गुणस्तरका सामग्री, ड्राइभर मसाज सिट, 8 वटा Sony स्पिकरयुक्त अडियो सिस्टम तथा 15.6-इन्चको ठूलो वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले जस्ता प्रिमियम सुविधाहरू प्रदान गरिएको छ।

सुरक्षाको दृष्टिले Omoda E5 Pro मा 19 भन्दा बढी ADAS (Advanced Driver Assistance System) फिचर समावेश छन्। साथै 540-डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणालीले चालकलाई पार्किङ तथा भीडभाडयुक्त क्षेत्रमा थप सहजता र सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ।

मूल्यको कुरा गर्दा, Single Tone भेरियन्टको मूल्य रु. ५१.५९ लाख र Dual Tone भेरियन्टको मूल्य रु. ५१.९९ लाख निर्धारण गरिएको छ।

लन्च अफर अन्तर्गत कम्पनीले पहिलो ५० ग्राहकहरूका लागि रु. ४९.९९ लाखको विशेष मूल्य उपलब्ध गराउने घोषणा गरेको छ। साथै एक वर्षको निःशुल्क Auto Plus Insurance समेत प्रदान गरिने कम्पनीले जनाएको छ।

नयाँ Omoda E5 Pro अब देशभर रहेका आधिकारिक Omoda & Jaecoo शोरूममार्फत बुकिङ तथा थप जानकारीका लागि उपलब्ध रहेको SPG Automobiles ले जनाएको छ।

Share 147 नेपालमा सार्वजनिक भयो नयाँ Omoda E5 Pro, 350KM WLTP रेन्ज र 19+ ADAS फिचरसहित
  • Share
      नेपालमा सार्वजनिक भयो नयाँ Omoda E5 Pro, 350KM WLTP रेन्ज र 19+ ADAS फिचरसहित
      नेपालमा सार्वजनिक भयो नयाँ Omoda E5 Pro, 350KM WLTP रेन्ज र 19+ ADAS फिचरसहित

      काठमाडौं। नेपालमा Omoda & Jaecoo ब्�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka