Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

28/Nov/2025
नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा AI पारदर्शिता थप विस्तार

काठमाडौँ। टिकटकले प्लेटफर्ममा देखिने AI–निर्मित कन्टेन्टबारे मानिसहरूले अझ राम्रोसँग बुझ्न, चिन्न र नियन्त्रण गर्न मद्दत गर्ने उद्देश्यले नयाँ अपडेटहरूको श्रृंखला सार्वजनिक गरेको छ। जिम्मेवारीपूर्वक र पारदर्शिताका...

साथ प्रयोग हुँदा AI ले सिर्जनात्मकता बढाउन, खोज–अनुसन्धान सहज बनाउन र सुरक्षालाई बलियो बनाउन मद्दत गर्छ भन्ने टिकटकको विश्वास छ। यहि विश्वासलाई आधार बनाएर ल्याइएका यी अपडेटहरूले समुदायलाई AI सँग कसरी अन्तरक्रिया गर्ने भन्नेबारे अझ स्पष्ट जानकारी र बढी विकल्पहरू दिनेछन्।

अब “Manage Topics” फिचरभित्र AI–निर्मित कन्टेन्टको लागि एउटा नयाँ कन्ट्रोल सेटिङ परीक्षण गरिँदैछ। यस सेटिङमार्फत प्रयोगकर्ताले आफ्नो फर यू फीडमा कति AI–निर्मित कन्टेन्ट देखिने भन्ने कुरा आफैं मिलाउन सक्नेछन्। AI मार्फत बनेका कथावाचन, शिक्षासम्बन्धि क्लिप्स वा क्रिएटिभ कन्टेन्ट हेर्न रुचाउनेले यस्तो सामग्री बढी देखिनेगरी सेट गर्न सक्नेछन्। त्यस्तै, AI कन्टेन्ट धेरै मन नपर्नेहरूले यसलाई सहजै घटाउन सक्नेछन्। यो सुविधा टिकटकलाई विशेष बनाउने विविध र सिर्जनात्मक कन्टेन्ट नहटाईकनै, प्रयोगकर्ताले आफ्नो फिडलाई आफ्नै रुचिअनुसार मिलाउन मद्दत गर्न तयार गरिएको हो। यसले व्यक्तिगत रुचिअनुसार कन्टेन्ट सिफारिस गर्न मद्दत गर्ने कस्टमाइज गर्न मिल्ने कीवर्ड फिल्टरहरू र “not interested” बटन जस्ता अन्य टुलहरूलाई अझ प्रभावकारी बनाउँदै, मानिसहरूले आफूलाई मनपर्ने कुराहरू सजिलै खोज्न र हेर्न सकून् भन्ने उद्देश्य राख्छ।

पारदर्शिता अझ मजबुत बनाउन टिकटकले आफ्नो AI लेबलिङ प्रणालीलाई अझ उन्नत गर्दैछ। प्लेटफर्मले पहिले नै क्रिएटर लेबल, AI डिटेक्शन मोडेल र C2PA कन्टेन्ट क्रिडेन्सियल्स जस्ता विधिहरू प्रयोग गर्दै आएको छ, जसका माध्यमबाट हालसम्म १.३ अर्बभन्दा ज्यादा भिडियोहरू पहिचान गरी लेबल गरिएका छन्। अब, टिकटक “इनभिजिबल वाटरमार्किङ” नामको नयाँ समाधान परीक्षण गर्दैछ।

इनभिजिबल वाटरमार्कहरू टिकटकका प्रणालीहरूले मात्र पढ्न सक्ने मजबूत डिजिटल चिन्ह हुन्, जसलाई अरूले हटाउन अत्यन्त कठिन हुन्छ। यी वाटरमार्कहरू भिडियो एडिट वा रि–पोस्ट गरेपछि पनि कायम रहने भएकाले AI लेबलिङ अझ भरपर्दो र दीर्घकालीन बन्छ। आगामी हप्ताहरूमा टिकटकले AI Editor Pro जस्ता आफ्नै टुलहरूबाट बनेको AI कन्टेन्ट तथा C2PA कन्टेन्ट क्रिडेन्सियल्स सहित अपलोड गरिएको कन्टेन्टमा यस्तो इनभिजिबल वाटरमार्क जोड्न सुरु गर्नेछ।

यसबाहेक, टिकटकले विश्वभर AI शिक्षा विस्तार गर्न २ मिलियन डलरको AI लिटरेसी फण्ड स्थापना गरेको छ। यो कोषले विभिन्न देशका गैर-नाफामुलक संगठन र विशेषज्ञहरूलाई शैक्षिक सामग्री बनाउन सहयोग गर्नेछ। यसले मानिसहरूलाई AI ले कसरी काम गर्छ, AI–निर्मित सामग्री कसरी चिन्ने, र AI सुरक्षित तथा जिम्मेवारीपूर्वक कसरी प्रयोग गर्ने भन्ने कुरा बुझाउन मद्दत गर्छ। दर्जनभन्दा बढी देशका साझेदारहरूले मिडिया लिटरेसी, प्रविधिको सुरक्षित प्रयोग र टिकटकका ट्रान्सपेरेन्सी टुलहरूको बारेमा जनचेतना बढाउने सामग्री तयार गर्नेछन्।

टिकटक यी सबै अपडेटहरू मार्फत आफ्नो समुदायलाई AI को बदलिँदो दुनियालाई आत्मविश्वासका साथ नेभिगेट गर्न सहयोग गर्न चाहन्छ। भविष्यमा पनि AI प्रविधि विकसित हुँदै जाँदा टिकटकले थप टुल र साझेदार कार्यक्रमहरू विस्तार गर्दै प्रयोगकर्ताका लागि सुरक्षित, पारदर्शी र सिर्जनात्मक डिजिटल अनुभवहरू सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

टिकटक छोटा मोबाइल भिडियोहरूको लागि विश्वकै अग्रणी प्लेटफर्म हो। यसको उद्देश्य सिर्जनशीलतालाई प्रेरित गर्नु र मानिसहरूको जीवनमा खुशी ल्याउनु हो।

टिकटकका ग्लोबल मुख्यालयहरू लस एन्जेलस र सिंगापुरमा छन्, र यसका कार्यालयहरू न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सिओल र टोकियोमा रहेका छन्।

Share 3 नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा AI पारदर्शिता थप विस्तार
  • Share
      नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा AI पारदर्शिता थप विस्तार
      नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा AI पारदर्शिता थप विस्तार

      काठमाडौँ। टिकटकले प्लेटफर्म

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka