Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

12/Jun/2025
IOE र WTO का उच्च नेतृत्वसँग महासंघ अध्यक्षको भेटवार्ता, साना अर्थतन्त्र र बहुपक्षीय व्यापार प्रणालीमा छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले परिवर्तित आर्थिक परिदृष्यमा नेपाल जस्ता साना मुलुकमा लगानी विस्तार एवं बजार पहँुचका विषयमा अन्तरराष्ट्रिय संस्थाहरुसंग छलफल...

गर्नुभएको छ ।

स्विजरल्याण्डको जेनेभामा सम्पन्न ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा रोजगारदाताहरुको अन्तरराष्टिय संगठन इन्टरनेशनल अर्गनाइजेशन अफ इम्पोलयर्स (आइओइ) का महासचिव रोबर्टो स्वारेज सान्तोस तथा डब्ल्यूटीओका उपमहानिर्देशक झाङ शियाङछेन्सँग भएको छुट्टाछुट्टै भेटवार्ताका क्रममा उहाँले नेपाल भित्र भएका लगानीका सभावना र दुवै संस्थाहरुसंगको सहकार्य तथा नेपालको अपेक्षाका बारेमा आफ्ना धारणा राख्नु भएको थियो ।

आइओइका महासचिव रोबर्टो स्वारेज सान्तोससँगको भेटवार्ताका क्रममा उहाँले विकासका चुनौतीहरू पार गर्न तत्काल लगानीको खाँचो रहेको उल्लेख गर्नु भयो । अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्पर्कलाई मजबुत बनाउन र यस क्षेत्रमा प्रयोग भइरहेका उत्कृष्ट अभ्यासहरू नेपालमा भित्र्याउन सहयोग आदान प्रदान गर्न सक्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले पर्यटन, जलविद्युत् र सूचना तथा सञ्चार प्रविधि जस्ता क्षेत्रहरूमा नेपालमा उल्लेखनीय लगानीका अवसरहरू उपलब्ध रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा फैलाउन सहयोग गर्न महासचिव रोबर्टो स्वारेज सान्तोससँगको आग्रह गर्नुभयो । “नेपालमा लगानीका पर्याप्त सम्भावना छन् । भारत र चीनजस्ता दुई विशाल अर्थतन्त्रहरूबीच अवस्थित नेपाल ३ अर्ब जनसंख्याको बजारमा उत्पादन र निर्यातका लागि उपयुक्त स्थान भएकाले अन्तरराष्टिय लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दछु । ” उहाँले भन्नुभयो ।

अध्यक्ष ढकालले आइओइ र महासंघसँगको सहकार्यमार्फत नीति संवाद, सामाजिक संवाद तथा संस्थागत क्षमताको सुदृढीकरणमा दिएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आइओइसँगको सहकार्यले नेपाली रोजगारदाताहरुलाई विश्वव्यापी मञ्चहरूमा आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै तालिम र अनुसन्धान पहुँच बढाएको उल्लेख गर्नुभयो ।

सो अवसरमा बोल्दै आइओइका महासचिव रोबर्टो स्वारेज सान्तोसले महासंघ आइओइको पुरानो र क्रियाशलि सदस्य रहेको उल्लेख गर्दै महासंघले अन्तरराष्ट्रिय स्तरका निर्वाह गरेको भूमिका र सहकार्यको प्रसंशा गर्नु भयो । उहाँले आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि आइओइ सधैं तयार रहेको बताउनु भयो ।

यसैगरी सम्मेलनको क्रममा महासंघका अध्यक्ष ढकालले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का उपमहानिर्देशक झाङ शियाङछेन्सँग पनि बेग्लै भेटवार्ता गर्नुभयो । उक्त भेटमा उहाँले नेपालले अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा भोगिरहेका केही संरचनात्मक चुनौतीहरूबारे चर्चा गर्नुभयो ।

सन् २०२६ सम्म नेपालले अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति गर्ने प्रक्रियाको सन्दर्भमा डब्ल्यूटीओले अन्तरिम अवधिमा शुल्क तथा कोटामुक्त पहुँच कायम राख्ने निर्णयलाई अध्यक्ष ढकालले स्वागत गर्नुभयो । तर, उहाँले नेपाललाई अन्तर्राष्ट्रिय मापदण्डहरू पुरा गर्न सक्ने बनाउने प्रविधि, ज्ञान र स्रोतमा आधारित प्राविधिक सहायता र सन्धिहरू कार्यान्वयनका लागि लचकता उपलब्ध गराउन डब्ल्यूटीओसँग विशेष अनुरोध गर्नुभयो ।

“एलडीसी ग्रयाजुयशनको विषय राष्ट्रिय गौरवको विषय भएपनि निःशुल्क र कोटामुक्त बजार पहुँचजस्ता सुविधाहरू गुम्दा साना तथा मझौला उद्यमहरू विशेष प्रभावित हुने सम्भावना छ । तसर्थ अन्तराष्टिय श्रम संगठन (आइएलओ) र संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालका पक्षमा न्यायोचित र सहयोगमूलक रूपान्तरणको वकालत गर्न म आइओइसँग आग्रह गर्दछु । ढकालले भन्नुभयो । ”

उहाँले विकशित राष्ट्रहरूले कृषि क्षेत्रमा दिने अत्यधिक अनुदानका कारण नेपाली कृषकहरू प्रतिस्पर्धाबाट पछाडि परेको बताउनुभयो । (डब्ल्यूटीओ) अन्तर्गतका स्यानिटरी र फाइटोस्यानिटरी ( एसपीएस) तथा प्राविधिक अवरोध (टीबीटी) सन्धिहरूमा उल्लेखित उच्च मापदण्डहरू पूरा गर्न नेपाली साना उत्पादकहरूलाई कठिन भइरहेको बताउनु भयो । “भन्सार प्रक्रियाको जटिलता, आयात अनुमति तथा कोटाजस्ता गैर–शुल्कीय अवरोधहरूले हाम्रा निर्यातलाई अझै पनि बाधा पुर्‍याइरहेका छन् । ” उहाँले भन्नुभयो । डब्ल्यूटीओको प्रतिबद्धताअनुसार गरिएको भन्सार महसुल कटौतीले सरकारको राजस्व घटाएको, जसले आधारभूत पूर्वाधार, स्वास्थ्य र शिक्षामा लगानी गर्न कठिन बनाएको भन्दै उहाँले थप सहयोगको आवश्यकता औंल्याउनुभयो ।

भेटवार्ताका अवसरमा विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का उपमहानिर्देशक झाङ शियाङछेन्ले डब्ल्यूटीओ नेपालको आर्थिक क्षेत्रको विकास, अन्तररार्ष्िट्रय व्यापार प्रवद्र्धन र क्षमता विस्तारमा निरन्तर सहयोग गर्ने बताउनु भयो । भेटवार्ताका अवसरमा महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठ र महासंघका कार्यकारिणी सदस्य बाबुकाजी कार्कीको पनि सहभागिता रहेको थियो ।

Share 2 IOE र WTO का उच्च नेतृत्वसँग महासंघ अध्यक्षको भेटवार्ता, साना अर्थतन्त्र र बहुपक्षीय व्यापार प्रणालीमा छलफल
  • Share
      IOE र WTO का उच्च नेतृत्वसँग महासंघ अध्यक्षको भेटवार्ता, साना अर्थतन्त्र र बहुपक्षीय व्यापार प्रणालीमा छलफल
      IOE र WTO का उच्च नेतृत्वसँग महासंघ अध्यक्षको भेटवार्ता, साना अर्थतन्त्र र बहुपक्षीय व्यापार प्रणालीमा छलफल

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari