Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

26/May/2025
ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, यात्रामा क्यासब्याकसहित आकर्षक छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा नयाँ ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक गरेको छ। आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत...

सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्तरुपमा कार्डको अनावरण गर्नुभएको हो।

नयाँ कार्डमार्फत यती एअरलाइन्सका यात्रुले पहिलो टिकट खरिद गर्दा शतप्रतिशत क्यासब्याक स्वरुप निःशुल्क टिकटको सुविधा प्राप्त गर्नेछन्। साथै, प्रत्येक टिकट खरिदमा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको छुट पाउनेछन्। कार्डबाहकले चेक–इन र बोर्डिङमा प्राथमिकता सेवा पाउने, सामानको तोकिएको तौलभन्दा ५ केजी बढी लैजाने सुविधा, साथै १०० प्वाइन्ट बोनस प्राप्त गर्ने सुविधा पनि उपलब्ध हुनेछ। बोनस प्वाइन्ट विभिन्न छुट तथा सेवामा प्रयोग गर्न सकिनेछ।

ग्लोबल स्काई क्लब कार्डमार्फत गरिएको हरेक १०० रुपैयाँको कारोबारमा १ माइलेज प्वाइन्ट प्रदान गरिने भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका सीईओ रेग्मीले डिजिटल कारोबारलाई अझ सशक्त बनाउन र ग्राहकको अनुभवलाई अझै सन्तोषजनक बनाउन यो सहकार्यले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। त्यस्तै, यती एअरलाइन्सका सीईओ सापकोटाले यस सहकार्यले दुबै संस्था र ग्राहकवर्गलाई फाइदा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ र युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४ अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मान प्राप्त गरेको छ। देशभर ३५४ शाखा, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा लगायत ११०० भन्दा बढी सेवा केन्द्रमार्फत बैंकले उत्कृष्ट सेवा दिइरहेको छ। यस बैंकले संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार लगायत विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

त्यसैगरी, नेपालका प्रमुख आन्तरिक उडान सेवा प्रदायक यती एअरलाइन्सले ७ वटा एटीआर विमानमार्फत देशका सुगम र दुर्गम क्षेत्रहरूमा सेवा विस्तार गर्दै वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ। बैंक र एअरलाइन्स दुवैको सहकार्यले यात्रु र सेवाग्राहीलाई सहज, सुलभ र डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

Share 6 ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, यात्रामा क्यासब्याकसहित आकर्षक छुट
  • Share
      ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, यात्रामा क्यासब्याकसहित आकर्षक छुट
      ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, यात्रामा क्यासब्याकसहित आकर्षक छुट

      काठमाडौं । ग्लोबल आइएमई बैंक

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Flybird