Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

02/Feb/2026
आर्थिक गणना २०८२ सफल बनाउन सरकारी–निजी साझेदारीमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन सम्बन्धमा उद्योगी व्यवसायीहरुसँग सोमबार महासंघको सचिवालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न...

भएको छ ।

अन्तरक्रियामा सहभागी उद्योगी व्यवसायीहरुले राष्ट्रिय आर्थिक गणना २०८२ सफल बनाउन सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । नेपालभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानहरूको आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण र प्रकाशन गर्ने उद्धेश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन गर्न लागेको हो ।

अन्तरक्रिया कार्यक्रम महासंघका उपाध्यक्ष हेमराज ढकालले राष्ट्रिय आर्थिक गणनाले देशको वास्तविक आर्थिक अवस्था, उद्योग–व्यवसायको अवस्था, लगानीको प्रवृत्ति तथा रोजगारीको यथार्थ तथ्याङ्क उपलब्ध गराउने बताउँदै नीति निर्माणमा यसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रको सक्रिय सहभागिता बिना गणना सफल हुन नसक्ने भन्दै सबै आवश्यक सहयोग र सहकार्यका लागि महासंघ तयार रहेको बताउनु भयो ।

त्यस्तै, तथ्याङ्क कार्यालयका सहसचिव ढुण्डिराज लामिछानेले राष्ट्रिय आर्थिक गणना २०८२ ले औद्योगिक, व्यापारिक तथा सेवा क्षेत्रको विस्तृत तथ्याङ्क संकलन गरी प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले तथ्याङ्कको गोपनीयता सुनिश्चित गरिने स्पष्ट पार्दै व्यवसायीहरूले ढुक्क भएर आवश्यक विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो ।

नेपालमा वि.सं. २०७५ मा प्रथम पटक राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणमा उल्लेखित विभिन्न १८ वटा समूहका आर्थिक एकाईहरू एकै पटक समेटिनेगरि आर्थिक गणना सम्पन्न गरेको थियो । राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणना २०८३ वैशाख २ असार ७ गतेसम्म सञ्चालन गर्न लागेको हो ।

कार्यक्रममा तथ्याङ्क कार्यालयका निर्देशक डा. वेद प्रसाद ढकालले राष्ट्रिय आर्थिक गणना २०८२ को आवश्यकता, उद्देश्य र यसको महत्वबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

राष्ट्रिय आर्थिक गणनाबाट सरकारले तय गर्ने नीति निर्माण र योजना तर्जुमा गर्न तथा नीति मार्फत लिएका लक्ष्यहरूको मापनमा सहयोग गर्ने, कूल गार्हस्थ उत्पादन तथा राष्ट्रिय लेखाका अन्य अनुमानको सुदृढीकरणका लागि आधारभूत तथ्याङ्क उत्पादन गर्ने, राष्ट्रिय लेखाका आधार वर्ष परिवर्तन गर्न आवश्यक तथ्याङ्क उत्पादन गर्ने, आर्थिक तथ्याङ्ककालागि गरिने सबै प्रकारका सर्वेक्षणहरूमा आवश्यक पर्ने नमूना छनौट फ्रेम निर्माण गर्ने, तथ्याङ्कीय व्यवसायिक रजिष्टर निर्माणको लागि आधार निर्माण गर्ने, अनौपचारिक अर्थतन्त्रका सूचकहरू तयार गर्ने लक्ष्य लिएको सो अवसरमा जानकारी दिइयो ।

अन्तरक्रिया कार्यक्रम सहभागी सरोकारवालाहरूले राष्ट्रिय आर्थिक गणनाको प्रभावकारिता, निजी क्षेत्रको सहभागिता, गणना प्रक्रियामा देखिन सक्ने चुनौती तथा सुधारका उपायबारे आ–आफ्ना धारणा राखेका थिए ।

Share 2 आर्थिक गणना २०८२ सफल बनाउन सरकारी–निजी साझेदारीमा जोड
  • Share
      आर्थिक गणना २०८२ सफल बनाउन सरकारी–निजी साझेदारीमा जोड
      आर्थिक गणना २०८२ सफल बनाउन सरकारी–निजी साझेदारीमा जोड

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari