Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

24/Sep/2025
पाँच हजार अमेरिकी डलर पुरस्कार राशीको २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले शुरू

काठमाडौँ। नेपालमा अत्याधिक रुचाइएको ई-स्पोर्ट्स पब्जीको बहुप्रतिक्षित प्रतियोगिता २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले आधिकारिक रूपमा शुरु भएको छ। प्रतियोगिताको ओपन क्वालिफायर भदौ १० गतेदेखि...

सुरु भएको थियो।

कुल पाँच हजार अमेरिकी डलरको प्रस्कार राशि राखिएको यसपटकको श्रृंखलामा देशभरिबाट ११,००० भन्दा बढी खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको छ। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ टोलीले डिसेम्बर २०२५ मा हुने पब्जी मोबाईल स्टार च्यालेन्ज मा सहभागिता जनाउने अवसर प्राप्त गरेका छन्।

प्रतियोगिताको संरचना र अवधारणा

स्थानीय समुदायलाई ध्यानमा राखेर आयोजना गरिएको यस ई-स्पोर्ट्स प्रतियोगिताले नयाँ पुस्ताका गेमरहरूलाई आफ्नो प्रतिभा देखाउन र प्रतिस्पर्धात्मक अनभव लिन एक वास्तविक प्लेटफर्म उपलब्ध गराएको छ। साथै यस वर्ष पहिलो पटक फ्रान्चाइज स्टाइलको फर्म्याट अपनाइएको छ, जसअन्तर्गत शीर्ष १६ टोलीले राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नुको साथै प्रख्यात गेमिङ क्रिएटर र कन्टेन्ट पर्सनालिटीहरुसँग सहकार्य गर्ने विशेष अवसर समेत पाउनेछन्। यसले प्रतिस्पर्धात्मक अनुशासनलाई इन्फ्लुएन्सर-केन्द्रित सहभागितासँग मिसाउनेछ।

प्रतियोगीहरूको क्षमता, रणनीति र टोलीगत समन्वयलाई परिक्षण गर्न प्रतियोगिता विभिन्न चरणमा विभाजित गरिएको छः

ओपन क्वालिफायरः अगष्ट २६-३१

राउण्ड अफ १२८: सेप्टेम्बर ३-४

राउण्ड अफ ६४: सेप्टेम्बर ५-६

प्ले अफः सेप्टेम्बर १९-२१

समावेशिताको पहलः गर्ल्स ओन्ली शो-म्याच

समावेशिताप्रति ऐतिहासिक कदम चाल्दै पब्जी मोबाईलले यसपटकको फाइनलमा नेपालमै पहिलोपटक गर्ल्स ओन्ली शो-म्याच आयोजना गरेको छ। यस विशेष प्रदर्शनीमा १६ वटा महिला टोलीबीच प्रतिस्पर्धा हुनेछ। सहभागी टोलीहरूले रु. २५,००० नगद पुरस्कार पाउनेछन्। यस कदमले ई-स्पोर्ट्स प्रतिभामा लैंगिक विभेद नहुने सन्देश दिनुका साथै नेपालमा बढ्‌दो गेमिङ समुदायभित्र अझ व्यापक सहभागितालाई प्रोत्साहन गर्ने उ‌द्देश्य बोकेको छ।

नेपालको ई-स्पोर्ट्स भविष्यका लागि प्लेटफर्म

२०२५ पब्जी मोबाईल नेपाल सिरिज केवल एउटा प्रतियोगिता मात्र नभएर नेपाली गेमरहरूको उत्साह, ऊर्जाशीलता र विश्वस्तरमा खेल्ने सम्भावनाको उत्सव हो। प्रतियोगिता अघि बढ्‌दै जाँदा दर्शकहरुले उच्चस्तरीय प्रतिस्पर्धा, रोचक प्रतिद्वन्‌द्वद्दता र नेपाललाई विश्वकै प्रतिष्ठित ई-स्पोर्ट्स प्रतियोगितामा प्रतिनिधित्व गर्न सक्नेछन् । यस प्रतियोगिताले स्थानीय प्रतिभाको विकास, सामुदायिक संलग्नता र ई-स्पोर्ट्सलाई समावेशी तथा एकताबद्ध गर्ने माध्यमका रूपमा प्रोत्साहन गर्ने पब्जी मोबाईलको प्रतिबद्धता पुनः स्थापित गरेको छ।

Share 4 पाँच हजार अमेरिकी डलर पुरस्कार राशीको २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले शुरू
  • Share
      पाँच हजार अमेरिकी डलर पुरस्कार राशीको २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले शुरू
      पाँच हजार अमेरिकी डलर पुरस्कार राशीको २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले शुरू

      काठमाडौँ। नेपालमा अत्याधिक �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka