Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

10/Jun/2026
कोशीलाई क्षेत्रीय आईटी हब बनाउने लक्ष्यसहित ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक

काठमाडौं । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई काठमाडौंकेन्द्रित अवस्थाबाट विकेन्द्रित गर्दै प्रदेशस्तरमा विस्तार गर्ने उद्देश्यसहित ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक गरिएको छ। कोशी प्रदेशलाई क्षेत्रीय आईटी...

हबका रूपमा विकास गर्ने लक्ष्यसहित तयार गरिएको रणनीतिक दस्ताबेज ‘कोशी रिजनल आईटी हब’ (Koshi Regional IT Hub) मार्फत उक्त अवधारणा अघि सारिएको हो।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कोशी प्रदेशको आयोजनामा तथा क्यान महासंघ मोरङ, सुनसरी र उदयपुर जिल्ला शाखाको सहकार्यमा आयोजित ‘डिजिटल नेपाल विकेन्द्रीकरण संवाद’ कार्यक्रममा उक्त नीतिगत मार्गचित्र सार्वजनिक गरिएको हो।

कार्यक्रम क्यान महासंघ कोशी प्रदेशका अध्यक्ष सन्देश राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी प्रमुख वक्ताका रूपमा सहभागी थिए।

संवाद कार्यक्रममा सहभागी प्रविधि क्षेत्रका नेतृत्वकर्ताहरूले कोशी प्रदेशलाई डिजिटल नवप्रवर्तन, उद्यमशीलता र प्रविधि निर्यातको केन्द्रका रूपमा विकास गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।

क्यान महासंघका केन्द्रीय सचिव ठाकुरकुमार श्रेष्ठले चिरञ्जीवी अधिकारीद्वारा विकसित अवधारणात्मक खाकाको प्रशंसा गर्दै कोशी प्रदेश सरकारसँग समन्वय गरी उक्त मार्गचित्र कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, क्यान महासंघ कोशी प्रदेशका अध्यक्ष सन्देश राईले कोशी क्षेत्र आफैंमा क्षेत्रीय आईटी हब बन्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै सबै सरोकारवालासँग सहकार्यका लागि आफूहरू तयार रहेको बताए।

क्यान महासंघ मोरङका अध्यक्ष सुमितकुमार शाहले नीतिगत पैरवीमार्फत स्थानीय प्रतिभा र प्रविधि स्टार्टअपहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। क्यान महासंघ सुनसरीका अध्यक्ष लोकेन्द्रप्रसाद ढकालले स्थानीय आईटी व्यवसायी तथा उद्यमीको प्रवर्द्धन नै दिगो प्रविधि इकोसिस्टम निर्माणको आधार भएको बताए।

यस्तै, क्यान महासंघ उदयपुरका अध्यक्ष राजन आचार्यले डिजिटल नेपालको विकेन्द्रीकृत अवधारणालाई सफल बनाउन कोशी क्षेत्रमा बलियो सूचना तथा सञ्चार प्रविधि (आईसीटी) आधार निर्माण आवश्यक रहेको धारणा राखे।

रणनीतिक दस्ताबेजअनुसार विराटनगर, इटहरी र धरानलाई एकीकृत प्रविधि कोरिडोरका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। प्रशासनिक पहुँच, सार्वजनिक क्षेत्रको डिजिटल माग, औद्योगिक पूर्वाधार तथा सीमावर्ती व्यापारिक गतिविधिले कोशी प्रदेशलाई सूचना प्रविधि उद्योग विस्तारका लागि उपयुक्त गन्तव्य बनाउने विश्वास व्यक्त गरिएको छ।

दस्ताबेजमा उद्योग तथा व्यवसायमा ईआरपी, अटोमेसन र साइबर सुरक्षासम्बन्धी सेवाको बढ्दो मागलाई अवसरका रूपमा चित्रण गरिएको छ। साथै सीमावर्ती व्यापारले सप्लाइ चेन व्यवस्थापन, लजिस्टिक्स तथा डाटा एनालिटिक्स क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने उल्लेख गरिएको छ।

अभियानको मुख्य उद्देश्य तालिम तथा सेमिनारमा सीमित नरही ‘नेपाल मेड सफ्टवेयर’ उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने रहेको आयोजकहरूले बताएका छन्।

यसका लागि हेल्थ-टेक, एग्रि-टेक, साइबर सुरक्षा तथा कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सार्वजनिक सेवाका क्षेत्रमा विशेष प्राथमिकता दिइने जनाइएको छ।

कार्यक्रममा प्रस्तुत कार्ययोजनाअनुसार आर्थिक वर्ष २०८३/८४ को बजेटपछि मार्गचित्र कार्यान्वयनलाई तीव्रता दिइनेछ। प्रारम्भिक चरणमा १०० दिने कार्ययोजना अन्तर्गत विशेष कार्यदल गठन, स्थानीय आईटी कम्पनी तथा फ्रिलान्सरहरूको तथ्याङ्क संकलन र क्षेत्रीय प्रविधि क्षमताको म्यापिङ गरिनेछ।

क्यान महासंघ कोशी प्रदेशले बहुपक्षीय परामर्श तथा सहकार्यमार्फत डिजिटल नेपालको नयाँ चरणको नेतृत्व गर्न प्रतिबद्ध रहेको जनाएको छ।

Share 35 कोशीलाई क्षेत्रीय आईटी हब बनाउने लक्ष्यसहित ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक
  • Share
      कोशीलाई क्षेत्रीय आईटी हब बनाउने लक्ष्यसहित ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक
      कोशीलाई क्षेत्रीय आईटी हब बनाउने लक्ष्यसहित ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक

      काठमाडौं । नेपालको सूचना प्र�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari