Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

21/Dec/2025
नेपाल–भारत पर्यटन सहकार्य सुदृढ गर्न नेपालगञ्जमा क्रस–बोर्डर टुरिज्म कन्क्लेभ

काठमाडौँ । नेपाल–भारतबीच पर्यटन आवागमन सहज बनाउँदै भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिज्म कन्क्लेभ’ शुक्रबारदेखि सुरु भएको छ। नेपाल पर्यटन बोर्डको आयोजना तथा...

नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा सुरु भएको तीनदिने कन्क्लेभमा दुवै देशका पर्यटन व्यवसायी, नीति निर्माता, सुरक्षा निकाय र सरोकारवालाको सहभागिता रहेको छ ।

कन्क्लेभको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमहानगरपालिका प्रमुख विष्टले नेपालगञ्ज धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य रहेको उल्लेख गर्दै भारतीय पर्यटकलाई आकर्षित गर्न स्थानीय तह, निजी क्षेत्र र केन्द्रीय निकायबीच साझा प्रयास आवश्यक रहेको बताए ।

कार्यक्रमको पहिलो प्यानल सत्रमा ‘नेपाल–भारतबीच सीमापार पर्यटन कनेक्टिभिटी सुदृढीकरण’ विषयमा विस्तृत छलफल भएको थियो । प्यानल छलफलमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशी, नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वप्रमुख धवल शम्शेर राणा, बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी र नाट्टा बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देल सहभागी थिए ।

छलफलमा सहभागीहरूले सीमा क्षेत्रमा देखिने अनावश्यक कडाइ, व्यवहारगत समस्या र लामो सुरक्षा जाँच प्रक्रियाले पर्यटकलाई निरुत्साहित गरिरहेका जस्ता समस्याको समाधानका उपायबारे बहस भएको हो । वक्ताहरूले नेपालगञ्ज केवल ट्रान्जिट सहर नभई कर्णाली र सुदूरपश्चिमको प्रवेशद्वार तथा सम्भावनायुक्त पर्यटन हब भएको उल्लेख गर्दै सीमापार अवरोध हटाउन उदार र व्यवहारिक प्रोटोकल आवश्यक रहेकोमा जोड दिए । कन्क्लेभमा भारतीय टुर एण्ड ट्राभल सञ्चालक र पत्रकारहरुको सहभागिता रहेको थियो । भारतीय पक्षका सहभागीहरूले पर्यटकसँग सुरक्षाकर्मीको व्यवहार सुधार गर्न नेपाल–भारत संयुक्त पर्यटन परिषद् गठन गर्न सयझाव दिएका थिए ।

बाँकेका प्रहरी उपरीक्षक जिसीले सीमा सुरक्षाका चुनौती स्वीकार्दै पर्यटकमैत्री प्रहरी सेवा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताए । “यी विषयहरू दशकौँदेखि उठिरहेका छन्, अब ढिलाइ गर्नु हुँदैन,” उनले भने, “सीमामा हुने सुरक्षा जाँच प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको छ । पर्यटकलाई दुःख दिने हाम्रो उद्देश्य होइन, सरोकारवालासँग बसेर समस्या समाधान गर्छौं ।”

नेपाल पर्यटन बोर्डका सीईओ दीपक राज जोशीले बाँके र नेपालगञ्ज क्षेत्रमा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस्ता अन्तरदेशीय कार्यक्रमले प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले नेपाल वेडिङ डेस्टिनेसन र वेलनेस र वाइल्ड-लाइफ टुरिजमका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गरे । केही समयअघि पर्यटकले व्यहोर्दै आएको भुक्तानी प्रणालीको झन्झट पनि हाल सहज भइसकेको बताए ।

नाट्टाका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक श्रीराम सिग्देलले नेपालगञ्जलाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा विकास गर्न सकिने बताउँदै दिल्ली–नेपालगञ्ज प्रत्यक्ष उडानको प्रस्ताव अघि सारे । सीमापार सहकार्य र निरन्तर संवादमार्फत पर्यटनमा देखिएका अवरोध समाधान गर्न सकिने उनको भनाइ थियो । नेपालगन्जका पूर्वमेयर धवल शम्शेर राणाले सीमाका समस्या सहज बनाउने र नेपालगञ्जको वास्तविक पर्यटन सम्भावना उजागर गर्ने दुई मुख्य कार्य अहिलेको आवश्यकता भएको बताए ।

कार्यक्रममा भारतीय टुर अपरेटर शैलेश अग्रवालले हवाई उडानमा तोकिएकोभन्दा बढी शुल्क लिने गरिएको गुनासो गरे भने अर्का टुर अपरेटर मनिराम गुप्ताले भारतबाट नेपाल आउँदा शंकास्पद दृष्टिले हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राखे । हान नेपालका केन्द्रीय सदस्य दीवाकर खनालले पशुपतिनाथ–केदारनाथ, जनकपुर–अयोध्या र लुम्बिनी–बोधगया जस्ता सर्किट विकास गर्न सके धार्मिक पर्यटनमा ठूलो फड्को मार्न सकिने बताए । बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले धर्मको विकाससँगै पर्यटन स्वतः विस्तार हुने धारणा व्यक्त गरे ।

करिब ४० जना भारतीय टुर अपरेटरसहित आयोजित कन्क्लेभमा ३२ वटा स्टल राखिएका छन् । कार्यक्रममा ‘बी–टु–बी’ सत्र, पर्यटन अनुभव आदान–प्रदान, नीतिगत छलफल, सांस्कृतिक कार्यक्रम तथा आइतबार बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारीसमेत समावेश गरिएको छ । नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले सीमापार पर्यटनलाई चलायमान बनाउन ‘क्रस–बोर्डर टुरिज्म कन्क्लेभ’ प्रभावकारी प्लेटफर्म बनेको बताए ।

Share 4 नेपाल–भारत पर्यटन सहकार्य सुदृढ गर्न नेपालगञ्जमा क्रस–बोर्डर टुरिज्म कन्क्लेभ
  • Share
      नेपाल–भारत पर्यटन सहकार्य सुदृढ गर्न नेपालगञ्जमा क्रस–बोर्डर टुरिज्म कन्क्लेभ
      नेपाल–भारत पर्यटन सहकार्य सुदृढ गर्न नेपालगञ्जमा क्रस–बोर्डर टुरिज्म कन्क्लेभ

      काठमाडौँ । नेपाल–भारतबीच प�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari