Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

02/Sep/2025
इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी २०२५ सफलतापूर्वक सम्पन्न

काठमाडौं । भृकुटीमण्डपमा आयोजित नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण आइतबार सम्पन्न भएको छ ।

मिडिया स्पेस...

सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, तथा एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा. लि.ले सयुक्त रुपमा आयोजना गरेको प्रदर्शनीको सहयोगी संस्था नेपाल विद्युत प्राधिकरण तथा नेपाल सौर्य विद्युत उत्पादक संघ रहेका थिए ।

प्रदर्शनीमा विद्युत तथा विद्युतीय क्षेत्रमा आवद्ध विभिन्न कम्पनीका प्रतिनिधिहरु, सरकारी निकायका पदाधिकारीहरु, विदेशी तथा स्वदेशी ब्राण्डका सामाग्रिहरु वितरण गर्न इच्छुक व्यक्ति तथा संस्थाहरु, व्यापारी, उद्योगी, तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

स्वदेशी तथा विदेशी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहको प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस्, हाउस वायरिङ्गका सामाग्री, तार, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ्ग स्टेशन, ब्याट्री, कार्यालयमा प्रयोग हुने विद्युतीय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहेको थियो ।

विद्युतीय उपकरणहरुलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने, विद्युत तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गरिएको थियो ।

नेपालीहरुको महान पर्व बडा दशैंको केहि हप्ता अगाडी आयोजना गरिएको प्रदर्शनीमा ग्राहकहरुले सहज तथा सुलभरुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका सामानहरु खरिद गर्ने मौका पाएका छन् ।

नेपाल इलेक्ट्रिक, पावर, लाइटस् तथा कन्जुमर इलेक्ट्रोनीक्स एंड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा नेपालमा विद्युत, विद्युतीय उपकरण, घरायसी रुपमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गरेको छ ।

विभिन्न विद्युतीय माध्यमहरुको प्रयोगमा वृद्धि गरि मुलुकमा बढ्दो जल विद्युतको उत्पादनको खपतमा वृद्धि गर्दै देशलाई आर्थिक रुपमा सबलिकरण गर्ने एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको काठमाडौँको भृकुटीमण्डपमा आयोजन गरिएको थियो ।

Share 4 इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी २०२५ सफलतापूर्वक सम्पन्न
  • Share
      इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी २०२५ सफलतापूर्वक सम्पन्न
      इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी २०२५ सफलतापूर्वक सम्पन्न

      काठमाडौं । भृकुटीमण्डपमा आय�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka