Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

01/Jul/2025
सवारी साधनसम्बन्धी प्रस्तावित निर्देशिका : नाडा र यातायात व्यवस्था विभागबीच विस्तृत छलफल

काठमाडौं। नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) र यातायात व्यवस्था विभागबीच सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी प्रस्तावित निर्देशिकाका विषयमा विस्तृत छलफल भएको छ।

नाडाका अध्यक्ष करण चौधरीको...

नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक राजीव पोखरेलसँग मंगलबार काठमाडौंमा भेट गर्दै प्रस्तावित ‘सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२’ का बुँदाहरुबारे विचार–विमर्श गरेको हो।

भेटमा अध्यक्ष चौधरीले निर्देशिका तयार गर्न विभागले गरेको प्रयासको प्रशंसा गर्दै भने, “नीति निर्माण पूर्व सरोकारवालाबीचको संवाद अत्यावश्यक छ। यस्ता निर्देशिकालाई व्यवहारिक र सन्तुलित बनाउन नाडा र विभागबीच सघन छलफल जरुरी छ।”

उपाध्यक्ष राजनबाबु श्रेष्ठले निर्देशिकामा समावेश केही बुँदाहरू थप छलफलसहित पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए। “वास्तविक स्थितिको आधारमा, सिलसिलावार छलफलमार्फत नीतिलाई व्यावहारिक बनाइनुपर्छ,” उनले भने।

महासचिव सुरेन्द्रकुमार उप्रेतीले पनि सरकारको नियमन प्रणाली पारदर्शी र निष्पक्ष हुनुपर्ने धारणा राख्दै नेपालमै बैट्री उत्पादन सुरु भइसकेको जानकारी गराए। उनले सही काम गर्ने उद्योगहरूलाई प्रोत्साहन र अनियमित गतिविधिमा संलग्न हुनेहरूलाई दण्डित गरिनु पर्ने बताए।

छलफलका क्रममा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनको सवारी नीतिबारेको अध्ययनका आधारमा निर्देशिका तयार पार्ने प्रयास भइरहेको जानकारी दिए।

महानिर्देशक पोखरेलले सवारी साधन आयात र उत्पादनमा स्पष्ट नीतिको अभाव रहेको भन्दै, “नाडा जस्ता प्रमुख सरोकारवालासँग सहकार्य गरेर निर्देशिकालाई यथार्थपरक र समन्वित बनाउने हाम्रो लक्ष्य हो,” भन्दै विभागको तयारी अन्तिम चरणमा रहेको बताए।

यो छलफलले नेपालमा सवारी साधन व्यवस्थापनमा स्पष्ट, समन्वित र दीर्घकालीन नीतिगत खाका बनाउन सकारात्मक दिशा दिने अपेक्षा गरिएको छ।

Share 8 सवारी साधनसम्बन्धी प्रस्तावित निर्देशिका : नाडा र यातायात व्यवस्था विभागबीच विस्तृत छलफल
  • Share
      सवारी साधनसम्बन्धी प्रस्तावित निर्देशिका : नाडा र यातायात व्यवस्था विभागबीच विस्तृत छलफल
      सवारी साधनसम्बन्धी प्रस्तावित निर्देशिका : नाडा र यातायात व्यवस्था विभागबीच विस्तृत छलफल

      काठमाडौं। नेपाल अटोमोबाइल्स

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird