Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

10/Nov/2025
पर्यटकको स्वागतका लागि तयार छ धनकुटाको 'ओरेन्ज सिटी'

धनकुटा । धनकुटाको राणाकालीन सहर कोप्चे अहिले ओरेन्ज सिटीको रुपमा चिनिएको छ भने पर्यटकको स्वागतका लागि तयार छ ।

पर्यटकको स्वागतका लागि तयार भएको सन्देश दिन...

नेपाल पर्यटन बोर्ड, ईसिमोड, दीगो विकास, सामुदायिक होमस्टे नेटवर्क, हुसाडेक, स्मार्ट पानीले कोप्चे पुनर्जागरण अभियानले कोप्चे फेस्टिभल आयोजना गरिएको हो । धनकुटा नगरपालिकाका स्थानीयको सक्रियता, सामुदायिक प्रतिबद्धता र नगरपालिकासँगको सहकार्यले कोप्चे पुनर्जागरण भइरहेको छ ।

कोप्चे फेस्टिभलको अवसरमा आयोजित सुकुल संवादका क्रममा स्थानीय रामबहादुर श्रेष्ठले कोप्चेबाट सरकारी कार्यालय सरिसकेपछि सहर खालीजस्तै भएको तर, २०७८ जेठतिर गाउँलेले ‘अब केही गर्नैपर्छ’ भन्दै प्रतिबद्धता जनाएपछि परिवर्तनको यात्रा सुरु भएको जानकारी गराए ।

उनले भने, "स्थानीयको एकताबद्ध पहलसँगै कोप्चे फेस्टिभल पहिलोपटक २०७८ मा कोप्चे फेस्टिभलको आयोजना गरिएको थियो । जसले थलिएको समुदायलाई आत्मविश्वास दियो । त्यही वर्ष नगरपालिकाले माथिल्लो कोप्चेलाई पुरस्कार पनि प्रदान गर्‍यो । सुन्तलाको पकेट क्षेत्रका रूपमा चिनिएको धनकुटाको कोप्चेमा रहेका सम्पूर्ण घरहरुमा ‘सुन्तला रंग’ लगाइयो ।" बाटोघाटो सुधार, स्थानीय सिर्जनात्मक कार्यक्रम र सामूहिकतामा आधारित विकासले कोप्चे फेरि गति लिन थालेको छ । स्थानीय युवा गाइड नविन राईले युवाहरू अग्रपंक्तिमा उभिएर पर्यटनमैत्री संरचना र स्वागत संस्कृति विकासमा ठूलो भूमिका खेलेको बताए ।

'ओरेन्ज सिटी' अवलोकनका लागि आएका काठमाडौँ महानगरपालिकाका वडा ५ सदस्य शशी थापाले कोप्चे–हाडिगाउँ अनुभव आदान–प्रदानले विशेष अर्थ राखेको उल्लेख गर्दै 'ओरेन्ज सिटी' का कयौं कुराहरु सिक्ने मौका मिलेको जानकारी गराए ।

उनले भने, “हाडिगाउँ लिच्छविकालीन सहर हो, पुरानो सभ्यता र वास्तुकलालाई जोगाउँदै आधुनिक विकास भइरहेको छ । यस्तै सामुदायिक एकता र स्थानीय सरकारबीचको तादाम्यता कोप्चेसमेतले सिक्न सक्छ ।” उनका अनुसार हाडिगाउँका मिथक, कथा र सांस्कृतिक सम्पदाले पर्यटक आकर्षण बढाइरहेको छ—यही मोडेल कोप्चेसमेतका लागि प्रेरक बन्नेछ ।

नेपाल पर्यटन बोर्डकी वरिष्ठ अधिकृत सिर्जना नेपालीले बोर्ड अब ‘क्वान्टिटी’भन्दा ‘क्वालिटी’–केन्द्रित दिगो पर्यटनतर्फ आफ्ना कार्यक्रमहरु गरिरहेको जानकारी गराएकी छन् । उनले भनिन्, “यूएनडीपीसँग सहकार्य गर्दै हामी दिगो पर्यटनका आधारहरू सुदृढ गरिरहेका छौँ । धनकुटालाई नयाँ गन्तव्यको रुपमा अघि सारिएको उल्लेख गर्दै लन्डनमा भएको वर्ल्ड टुरिजम् मार्टमा समेत धनकुटालाई 'इमरसिभ डेस्टिनेसन' को रुपमा प्रबर्द्धन गरिएको बताएकी हुन् ।

सिएचएनकी प्रतिनिधि पुनम गुप्ताले उदयीमान गन्तव्यको रुपमा रहेको धनकुटाका पर्यटकीय गतिविधिले यहाँका सम्भावनाहरु उजागर गरेको बताएकी छन् । “पहिले पर्यटक धरान आएर फर्किन्थे, धनकुटालाई गन्तव्य नै मानिँदैनथ्यो,” उनले भनिन्, “यहाँको सांस्कृतिक वैभव, प्राकृतिक सुन्दरता र स्थानीयको क्षमता विकासमा ध्यान दिएको पाइएपछि पर्यटक अचानक बढ्न थालेका छन् । दिगो पर्यटनका लागि समुदायको सक्रियता र स्थानीय सरकारको साझेदारी अत्यावश्यक छ।”

सामूहिकता, पहिचान पुनर्स्थापना र पर्यटन–केन्द्रित विकासका कारण आज कोप्चे ‘पनर्जागृत सहर’को नमुना बनेको छ । स्थानीय नेतृत्व, युवाको सहभागिता र संस्थागत सहकार्यको यही संयोजनले धनकुटाको 'ओरेन्ज सिटी' पर्यटकको स्वागतका लागि तयार भएको भएको सन्देश दिएको छ ।

Share 3 पर्यटकको स्वागतका लागि तयार छ धनकुटाको 'ओरेन्ज सिटी'
  • Share
      पर्यटकको स्वागतका लागि तयार छ धनकुटाको 'ओरेन्ज सिटी'
      पर्यटकको स्वागतका लागि तयार छ धनकुटाको 'ओरेन्ज सिटी'

      धनकुटा । धनकुटाको राणाकालीन �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka