Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

21/Sep/2025
लगानीको वातावरण बिग्रन नदिऔं: महासंघ अध्यक्ष ढकाल

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिने तर्फ गम्भीर हुन आग्रह गर्नु भएको छ । भाद्र २३ र...

२४ गते भएको आन्दोलनका क्रममा आागजनी तथा तोडफोड भएका बहुराष्ट्रिय कम्पनी एनसेल तथा चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्सको निरिक्षण गर्दै उहाँले यस्ता घटनाले लगानीको वातावरण बिग्रने अवस्था आएको भन्दै सरोकारवाला सबैलाई गम्भीर हुन आग्रह गर्नुभएको हो ।

उहाँले जेएनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट देशैभरि निजी क्षेत्रका ठूला, मझौला तथा साना उद्योगहरू तथा व्यीक्तको निजी सम्पत्तीमाथि भएको आगजनी र तोडफोड भएको र यसले दैनिक उत्पादन र रोजगारीमा असर परेको बताउनु भयो ।

नेपालमा विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्नका लागि यस्ता घटनाहरूले दीर्घकालीन असर पार्ने अध्यक्ष ढकालले बताउनु भयो । “नेपालमा लगानीको वातावरण बिग्रिने अवस्था आएको छ । यस्ता घटनाहरूले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ । सरकार, राजनीतिक दलहरू र सरोकारवालाहरूलाई लगानीमैत्री वातावरण कायम गर्न आग्रह गर्दछु । ” अध्यक्ष ढकालले भन्नुभयो ।

अध्यक्ष ढकालले नेपालका वैदेशिक लगानी भित्र्याउन तथा आन्तरिक लगानी प्रर्वद्धन गर्न महासंघले निरन्तर पहल गरेपनि यस्ता घटनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय दुवै क्षेत्रमा नकारात्मक सन्देश जाने धारणा राख्नु भयो ।

नेपालको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा निजी क्षेत्रले ८६ प्रतिशत भन्दा बढि योगदान दिएको अवस्थामा लगानीको संरक्षणका लागि उद्योगी व्यवसायीहरूको शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने उहाँले बताउनु भयो । उहाँले यो घटनाले सरकारको समेत राजस्व समेत गुम्ने अवस्था आएको बताउनु भयो ।

महासंघका अध्यक्ष ढकाल सहित उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ कोषाध्यक्ष भरतराज आचार्य र केन्द्रीय सदस्यहरु सैलेन्द्र गुरागाई, डा.राशरण थपलिया, पशुपतिदेव पाण्डे र कमला श्रेष्ठ लगायतले क्षतिग्रस्त संरचनाहरुको निरिक्षण गर्दै आगजनीबाट भएको क्षतिबारे जानकारी लिनुभएको थियो ।

महासंघले यस अघि अर्थमन्त्री तथा गृहमन्त्रीसंग भेट गरेर निजी क्षेत्रले अझै पनि शान्ति सुरक्षाको अनुभूति गर्न नसकिरहेकोले सो को प्रत्याभूति दिन, आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्ती माथी भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नहरूमाथि कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । महासंघले निजी क्षेत्रको संरक्षण, सुरक्षाको प्रत्याभूति र लगानीमैत्री वातावरण सुनिश्चित गर्न सरोकारवाला सबै पक्षलाई आग्रह गर्दै आएको छ ।

Share 3 लगानीको वातावरण बिग्रन नदिऔं: महासंघ अध्यक्ष ढकाल
  • Share
      लगानीको वातावरण बिग्रन नदिऔं: महासंघ अध्यक्ष ढकाल
      लगानीको वातावरण बिग्रन नदिऔं: महासंघ अध्यक्ष ढकाल

      काठमाण्डौं । नेपाल उद्योग वा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 कोशी, गण्डकी र बागमतीमा बदली एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
  • Share
      कोशी, गण्डकी र बागमतीमा बदली एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
      कोशी, गण्डकी र बागमतीमा बदली एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 अमेरिकी डलर र युरोमा सामान्य घटबढ, जान्नुहोस अन्य विदेशी मुद्रा दर
  • Share
      अमेरिकी डलर र युरोमा सामान्य घटबढ, जान्नुहोस अन्य विदेशी मुद्रा दर
      अमेरिकी डलर र युरोमा सामान्य घटबढ, जान्नुहोस अन्य विदेशी मुद्रा दर

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 लगानीको वातावरण बिग्रन नदिऔं: महासंघ अध्यक्ष ढकाल
  • Share
      लगानीको वातावरण बिग्रन नदिऔं: महासंघ अध्यक्ष ढकाल
      लगानीको वातावरण बिग्रन नदिऔं: महासंघ अध्यक्ष ढकाल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 रेडमी नोट १४ सिरिजका लागि विशेष ‘बन्डलिङ योजना’
  • Share
      रेडमी नोट १४ सिरिजका लागि विशेष ‘बन्डलिङ योजना’
      रेडमी नोट १४ सिरिजका लागि विशेष ‘बन्डलिङ योजना’

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Arabikaka