Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

27/May/2026
नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन सूचना प्रविधि क्षेत्रमा व्यापक नीतिगत सुधार आवश्यक रहेको बताएका...

छन्।

मंगलबार एक कार्यक्रममा भएको ‘आगामी बजेट र उद्योगी एवं व्यवसायीका साझा मुद्दा’ विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन ।

उनले डिजिटल अर्थतन्त्रलाई बलियो बनाउन सरकार र नेपाल राष्ट्र बैंकले आईटी तथा सफ्टवेयर कम्पनीहरूका लागि विशेष वित्तीय नीति ल्याउनुपर्ने, सार्वजनिक खरिद प्रक्रियामा छुट्टै आईटी खरिद ऐन आवश्यक रहेको र आईटी उद्योगलाई औपचारिक रूपमा ‘उद्योग’को मान्यता दिनुपर्ने बताए।

अधिकारीले आईटी कम्पनीलाई १० वर्षसम्म १ प्रतिशत मात्र संस्थागत कर, निर्यातमा ८ प्रतिशत प्रोत्साहन अनुदान, दक्ष जनशक्तिका लागि व्यक्तिगत आयकर २५ प्रतिशतमा सीमित गर्ने तथा भ्याट फिर्ता प्रक्रियालाई सहज बनाउनुपर्ने सुझाव दिए ।

त्यस्तै, रु. १० करोडसम्मका सरकारी आईटी ठेक्का नेपाली कम्पनीलाई मात्र दिनुपर्ने, ठूला आयोजनामा कम्तीमा ३० प्रतिशत काम स्थानीय कम्पनीलाई अनिवार्य रूपमा दिनुपर्ने र अमेरिका, बेलायत तथा अष्ट्रेलियासँग दोहोरो कर मुक्ति सम्झौता विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

उनले साइबर सुरक्षा, एआई सुशासन, क्लाउड सेवा, डाटा सेन्टर विकास, डिजिटल भुक्तानी प्रणाली र स्टार्टअप इकोसिस्टम सुधारलाई पनि प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै इन्टरनेट तथा टेलिकम क्षेत्रमा लगाइएको उच्च कर घटाउन सरकारसँग माग गरे ।

Share 297 नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी
  • Share
      नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी
      नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

      काठमाडौं । कम्प्युटर एशोसिए�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka