Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

10/Oct/2025
विराटनगर किंग्सद्वारा ‘Dream to Play’ क्रिकेट प्रतियोगिता घोषणा, उदयीमान खेलाडीका लागि नयाँ प्लेटफर्म

काठमाडौँ । विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि “Dream to Play Tournament” क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ।

कोशी प्रदेशका पाँच जिल्लाहरू...

झापा, मोरंग, सुनसरी, उदयपुर र इलामका अण्डर–२३ टोलीहरू सहभागी हुने यस प्रतियोगिता टि–ट्वेन्टी फर्म्याटमा खेलाइनेछ। प्रतियोगिता असोज २५ देखि ३० गतेसम्म झापास्थित मेची बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना हुनेछ। प्रतियोगितामा प्रत्येक दिन दुईवटा खेल हुने आयोजकले जानकारी दिएको छ।

विराटनगर किंग्सका निर्देशक दिपेन्द्र चौधरीका अनुसार, यस प्रतियोगिताको उद्देश्य युवा खेलाडीहरूलाई आफ्नो क्रिकेट प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु र व्यावसायिक खेल जीवनतर्फको यात्रा प्रारम्भ गर्न मञ्च तयार गर्नु हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विराटनगर किंग्सको डेभलपमेन्ट स्क्वाडमा चयन गरिनेछ।

चौधरीका अनुसार, डेभलपमेन्ट स्क्वाडमा चयनित खेलाडीहरूले किंग्स टिमसँगै अभ्यास, कौशल विकास तथा व्यावसायिक प्रशिक्षण का अवसर प्राप्त गर्ने छन्। साथै, तीमध्ये एक उत्कृष्ट खेलाडीले आगामी नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सको मुख्य स्क्वाडमा खेल्ने विशेष अवसर पाउनेछन्।

नेपालको राष्ट्रिय टिमले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय क्रिकेट परिषदका प्रतियोगिताहरूमा हासिल गरेको सफलतासँगै देशभर क्रिकेटप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ।

विश्वका प्रतिष्ठित फ्रेन्चाइज लिगहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका राष्ट्रिय खेलाडी सन्दिप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किंग्सले सधैं युवा प्रतिभाको विकास र खेल भावनाको प्रवर्द्धनमा अग्रसर रहने प्रतिबद्धता जनाएको छ।

विराटनगर किंग्सको बारेमा:

बिराटनगर किंग्स नेपाल प्रिमियर लिगमा नेपालको कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रान्चाइज हो। बिराटनगर किंग्सको लक्ष्य स्थानीय प्रतिभा प्रदर्शन गर्नु, खेलभावना प्रवर्द्धन गर्नु र प्रशंसकहरू र कम्युनिटीसँग संलग्न हुनु हो, जसले कोशी प्रदेशको गौरव बढाउने लक्ष्य राखेको छ।

Share 4 विराटनगर किंग्सद्वारा ‘Dream to Play’ क्रिकेट प्रतियोगिता घोषणा, उदयीमान खेलाडीका लागि नयाँ प्लेटफर्म
  • Share
      विराटनगर किंग्सद्वारा ‘Dream to Play’ क्रिकेट प्रतियोगिता घोषणा, उदयीमान खेलाडीका लागि नयाँ प्लेटफर्म
      विराटनगर किंग्सद्वारा ‘Dream to Play’ क्रिकेट प्रतियोगिता घोषणा, उदयीमान खेलाडीका लागि नयाँ प्लेटफर्म

      काठमाडौँ । विराटनगर किंग्सल�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar