Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

24/May/2025
BITM 2025: नेपाल शान्ति पर्यटनको विश्व केन्द्र बन्छ – पर्यटनमन्त्री

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्तिको पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल पर्यटन बोर्डको...

आयोजनामा शुक्रबारदेखि सुरु भएको बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (BITM) २०२५ को उद्घाटन सत्रमा मन्तव्य दिंदै उनले यस्तो धारणा राखेका हुन्।

मन्त्री पाण्डेले बुद्धको जन्मभूमि लुम्बिनीबाट पुनः शान्तिको सन्देश विश्वभर फैलाउने समय आएको बताउँदै लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ति सहर’को रूपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे। उनले भने, कपिलवस्तु, रामग्राम, देवदह, तिलौराकोटजस्ता बौद्ध सर्किटहरूलाई समेटेर लुम्बिनीलाई विश्वस्तरको गन्तव्य बनाइनेछ।

बौद्ध पर्यटन प्रवर्द्धनका लागि सरकार विशेष सक्रिय रहेको बताउँदै मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालनका लागि पहल भइरहेको जानकारी दिए। त्यस्तै, सडक सञ्जाल तथा भौतिक पूर्वाधार विकासमार्फत तीर्थयात्रु र पर्यटकको सहज आवागमन सुनिश्चित गरिने उनले बताए।

युनेस्को प्रतिनिधिसँग भएको हालको संवाद उल्लेख गर्दै मन्त्री पाण्डेले लुम्बिनीलाई ‘जोखिमयुक्त’ सूचीमा नराख्न आग्रह गरिसकेको बताए। साथै, ऐतिहासिक तिलौराकोट क्षेत्रलाई युनेस्कोको सम्भावित सूचीमा समावेश गर्न सरकारी प्रयास चलिरहेको पनि जानकारी गराए।

उनले BITM जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूले नेपालको अध्यात्मिक पर्यटनलाई विश्व बजारमा स्थापित गर्न सहयोग पुर्‍याउने भन्दै यस्तो कार्यक्रमलाई दीर्घकालीन रणनीतिको अङ्गका रूपमा लिइएको बताए।

Share 12 BITM 2025: नेपाल शान्ति पर्यटनको विश्व केन्द्र बन्छ – पर्यटनमन्त्री
  • Share
      BITM 2025: नेपाल शान्ति पर्यटनको विश्व केन्द्र बन्छ – पर्यटनमन्त्री
      BITM 2025: नेपाल शान्ति पर्यटनको विश्व केन्द्र बन्छ – पर्यटनमन्त्री

      काठमाडौं। संस्कृति, पर्यटन त�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka