Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

27/Jun/2025
देशभर बदली, गण्डकी र बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। आज शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा, बागमती, लुम्बिनी, मधेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र...

कोशी तथा कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यस वर्षको मनसुन प्रणाली जेठ १५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरी हाल देशभर फैलिएको छ। पछिल्ला दिनहरूमा लगातार सक्रिय रहँदै आएको मनसुनले अधिकांश भागमा वर्षा गराइरहेको छ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार:

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थुप्रै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ।

त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात वा हल्का वर्षाको सम्भावनासमेत रहेको बताइएको छ। वर्षाका कारण बाढी, पहिरो, भूक्षयका सम्भावना बढ्न सक्ने भएकाले जनस्वास्थ्य, कृषि, जलस्रोत, यातायात र दैनिक जनजीवनमा असर पर्न सक्ने चेतावनी दिइएको छ।

Share 15 देशभर बदली, गण्डकी र बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना
  • Share
      देशभर बदली, गण्डकी र बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना
      देशभर बदली, गण्डकी र बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

      काठमाडौं। आज शुक्रबार देशभर �

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar