Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

20/Jun/2025
नेपाली स्वादलाई विश्वभर पुर्याउने Himalayan Crisp Hamro Fries को अभियान : आत्मनिर्भरता र गुणस्तरमा जोड

काठमाडौं। स्वदेशी उत्पादनलाई विश्वस्तरीय बनाउने लक्ष्यसहित ‘Himalayan Crisp Hamro Fries’ ब्रान्डले नेपाली बजारमा फरक पहिचान बनाउने तयारी गरेको छ। कम्पनीले रूपन्देहीमा २ अरब रुपैयाँको ठूलो लगानीमा...

अत्याधुनिक प्लान्ट स्थापित गरी, २,००० मेट्रिक टन उत्पादन क्षमताको अत्याधुनिक प्लान्ट सञ्चालनमा ल्याएको छ। अन्तर्राष्ट्रिय खाद्य गुणस्तर प्रमाणपत्र (FDA) समेत प्राप्त गरेको यस ब्रान्डले स्वस्थ, गुणस्तरीय र स्वदेशी आलुजन्य परिकार उपभोक्तासमक्ष पुर्‍याउने दाबी गरेको छ।

कम्पनीका अनुसार, नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फ्रेन्च फ्राइज उपलब्ध गराउने मात्र होइन, नेपालकै स्वादलाई विश्व बजारमा स्थापित गर्ने उद्देश्य रहेको छ। "हामी केवल नेपालमा सीमित छैनौं, हाम्रो लक्ष्य विश्व बजार हो। जब विश्वभर फ्रेन्च फ्राइजको चर्चा हुन्छ, तब ‘Himalayan Crisp Hamro Fries’ को नाम अग्रस्थानमा आउनुपर्छ," कम्पनीले जनाएको छ।

कम्पनीले उत्पादनको आधारभूत कच्चा पदार्थ आलुको स्थायी आपूर्तिका लागि पाँच एकड क्षेत्रफलमा विशेष प्रजातिको आलु खेती गरिरहेको छ। यसको साथै देशभर ५ वटा डिष्ट्रीब्युटर, १२ चेन रेष्टुरेन्ट, १५० सप्लायर्स, ४०० भन्दा बढी रेष्टुरेन्ट, १७१ मोर्डन मार्टमार्फत उत्पादन पुर्‍याइएको छ। भारतको उत्तराखण्डस्थित पाल फ्रोजन ग्रुपमार्फत भारतीय बजारमा समेत कम्पनीको फ्रेन्च फ्राइज निर्यात भइसकेको छ।

यस ठूलो लगानी र आधुनिक प्रविधिसँगै कम्पनीले २००० मेट्रिक टन उत्पादन क्षमता स्थापना गरेको छ, जुन नेपालमै पहिलोपटक यस्तो व्यावसायिक स्तरको सुविधा हो। १०० भन्दा बढी दक्ष जनशक्तिको सशक्त टिम कम्पनीको सफल उत्पादन र विस्तारमा जुटेको छ।

Himalayan Crisp Hamro Fries ले नेपाललाई खाद्य सुरक्षामा आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। कम्पनीले आफ्ना उत्पादन विश्व बजारमा पुर्‍याउन USA Food Quality Certified (FDA) गुणस्तर अपनाएको छ, जसले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सशक्त बनाउने विश्वास लिएको छ।

कम्पनीको दीर्घकालीन योजना खाद्य अनुसन्धान तथा प्रविधिमा समेत आत्मनिर्भरता हासिल गर्दै, नेपालकै पहिलो विश्वस्तरीय फ्रेन्च फ्राइज ब्रान्ड बनाउने रहेको छ।

Share 12 नेपाली स्वादलाई विश्वभर पुर्याउने Himalayan Crisp Hamro Fries को अभियान : आत्मनिर्भरता र गुणस्तरमा जोड
  • Share
      नेपाली स्वादलाई विश्वभर पुर्याउने Himalayan Crisp Hamro Fries को अभियान : आत्मनिर्भरता र गुणस्तरमा जोड
      नेपाली स्वादलाई विश्वभर पुर्याउने Himalayan Crisp Hamro Fries को अभियान : आत्मनिर्भरता र गुणस्तरमा जोड

      काठमाडौं। स्वदेशी उत्पादनला

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Flybird