Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

10/Nov/2025
पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा पूर्वाधार विकासका लागि आन्तरिक पूँजी परिचालन आवश्यक रहेको बताउनु भएको छ । काभ्रे उद्योग वाणिज्य...

संघको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष ढकालले सो धारणा राख्नु भएको हो ।

उहाँले देशमा ठूला पूर्वाधार परियोजनाको लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्रै मुख ताकेर नहुने भन्दै देशमै छरिएर रहेको पूँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नु पर्ने बताउनु भयो ।

अध्यक्षका ढकालले त्यसैको लागि महासंघको पहलमा १० अर्ब रुपैंया पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरि काम शुरु गरिएको जानकारी दिँदै यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि पूँजीको अभाव नहुने बताउनु भयो ।

देशको आर्थिक वातावरण सुधार गर्न महासंघ निरन्तर बहस र पैरबी गरिरहेको चर्चा गर्दै अध्यक्ष ढकालले सुशासन, पारदर्शिता, नीतिगत स्थायित्वको विषयलाई महासंघको प्राथमितासाथ उठाएको बताउनु भयो । “ देशमा शान्ति, सुरक्षा र लगानीमैत्री वातावरण सिर्जना हाम्रो साझा प्राथमिकता हो । जेनजी आन्दोलनमा उठेका सुशासन, पारदर्शिताका एजेण्डाहरु महासंघले उठाउँदै आएका एजेण्डाहरु हुन् । उहाँले भन्नुभयो, यद्यपी पछिल्लो जेनजी आन्दोलन र त्यसक्रममा भएका घुसपैठले निजी उद्योग प्रतिष्ठानहरुमा ठूलो क्षति भएको छ । उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएको अवस्था छ । यो अवस्थामा औद्योगिक सुरक्षा र स्थायित्वका लागि कानुनी राज्यको प्रत्याभूति दिलाउनु आवश्यक छ ।”

उहाँले निजी क्षेत्रमाथी भएको आक्रमण र तोडफोडमा संलग्न दोषीलाई कानूनी कारबाही गर्न सरकारसंग माग राखेको र सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिने, नीतिगत सहजता प्रदान गर्ने प्रतिवद्धता जाहेर गरेको बताउनु भयो । “महासंघको आग्रहमा गृह मन्त्रालय सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै सुरक्षा समितिमा उद्योग वाणिज्य संघ अध्यक्ष एवं प्रतिनिधिलाई समावेश गर्ने निर्णय गरेको छ । यसका लागि हामी सरकारलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौ ।” उहाँले भन्नु भयो ।

यस्तै उहाँले महासंघकको पवहलमा लामो समय देखिको टं्रक तथा डेडिकेटेर लाइनको समस्या समाधानको लागि सरकारसंग सहमतीको प्रयास गरेको र यो प्रयाससंगै विद्युतको विषयले दीर्घकालीन समाधान खोज्ने विश्वास लिएको बताउनु भयो ।

अध्यक्ष ढकालले जिल्लानगर वाणिज्य संघहरुको माग अनुरुप विधान संशोधन गरि दुई जना उपाध्यक्षको व्यवस्था गरिएको जानकारी दिंदै यो व्यवस्थाबाट जिल्ला नगर वाणिज्य संघहरुहरु लाधान्वित हुने बताउनु भयो ।

उहाँले सबैको साझा लक्ष्य स्थायी आर्थिक समृद्धि, उत्पादनमा आधारित अर्थतन्त्र, रोजगारी सिर्जना र स्वावलम्बी नेपाल भएकाले यसको सहकार्यका लागि महासंघ सधैं तयार रहको बताउनु भयो ।

Share 3 पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल
  • Share
      पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल
      पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

      काठमाडौँ । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar