Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

16/Nov/2025
एमएडब्लू वृद्धि मोटर्सद्वारा बिर्तामोडमा नयाँ नामी भिगो अनावरण

बिर्तामोड । डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले बिर्तामोडमा भव्य समारोहका बीच नेपालको सबैभन्दा उन्नत स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो आधिकारिक...

रूपमा अनावरण गर्यो्। अनावरण कार्यक्रम प्रमुख अतिथि श्री श्रीप्रसाद मैनाली, पूर्व प्रदेश सभा सदस्य , विशेष अतिथि श्री कुमारमणि पोख्रेल, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ-कोशी प्रदेश, श्री एलपी उप्रेती, केन्द्रीय समिति सदस्य, प्याब्सन, श्री दिल्लीराम मैनाली, अध्यक्ष, रोटरी क्लब, श्री विवेक सिकारिया, प्रबन्ध निर्देशक, एमएडब्ल्यू वृद्वि, एमएडब्ल्यू वृद्वि मोटर्सका प्रमुख कार्यकारी अधिकृत श्री प्रशन्न पन्तले संयुक्त रूपमा सम्पन्न गरे। कार्यक्रममा व्यवसायी, ग्राहक, सञ्चारकर्मी तथा स्थानीय उद्योग-वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

इलेक्ट्रिक एसयुभीको नयाँ मानक

डोंगफेंगको अत्याधुनिक Quantum Architecture Platform मा निर्मित नामी भिगोले बलियो डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट प्रदर्शनका साथ नेपालका मिड-साइज इलेक्ट्रिक एसयुभीको स्तरलाई नयाँ उचाइमा पुर्याएको छ। यसका Magic Cube Design ले आधुनिक र एरोडाइनामिक स्ट्रक्चरलाई संयोजन गरी नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको छ।

प्रदर्शन र दायरा

नामी भिगोमा रहेको 99 kW मोटरले शहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेशन र स्मूथ ड्राइभ प्रदान गर्छ। यसमा दुईवटा ब्याट्री विकल्प उपलब्ध छन्: 44.94 kWh (WLTP रेन्ज 300 km) र 51.87 kWh (WLTP रेन्ज 350 km)। यसले 3C Ultra-Fast DC Charging (167 kW) सपोर्ट गर्दछ जसले ब्याट्रीलाई ३०% देखि ८०% सम्म मात्र १८ मिनेटमा चार्ज गर्न सकिन्छ जसले गर्दा केही मिनेटमै ११५ किमीसम्मको रेन्ज थपिदिन्छ।

सेग्मेन्ट-फर्स्ट फिचरहरू

• Heaven & Earth Tailgate – दुई भागमा खुल्ने टेलगेट, १५० किलोसम्म भार धान्न सक्षम

• बाहिरी मनोरञ्जनका लागि Exterior Music Speaker

• संगीतको ताल र मुडसँगै चल्ने Music-Sync Ambient Lighting

• व्यक्तिगत आरामका लागि मेमोरी र वेलकम सीटहरू

• 3C फास्ट चार्जिंग सिस्टम - झन्झटरहित फास्ट चार्जिङ

श्रेणीमै उत्कृष्ट प्रविधि र सुरक्षा

नामी भिगोमा Level 2 ADAS, 360° क्यामेरा, Adaptive Cruise Control, वायरलेस चार्जिंग र मल्टी-मोड स्टेयारिंग उपलब्ध छ।

भित्री भागमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो-प्रेसर सीटहरू, र पानोरेमिक मोनोरुफ जस्ता सुविधाले प्रिमियम अनुभव प्रदान गर्छन्।

सुरक्षाका लागि कठोर परीक्षण गरिएको जिरो फायर/एक्स्प्लोजन टेस्ट म्याच ब्याट्री सिस्टम, ६८.४% हाइ-स्ट्रेन्थ स्टिल बडी र ६ ओटा एअरब्यागहरूको संयोजन गरिएको छ।

मूल्य र उपलब्धता

नामी भिगो E2 को मूल्य रु. ३८,९९,००० निर्धारण गरिएको छ भने E2+ भेरियन्ट रु. ४१,९९,००० मा उपलब्ध छ।

विशेष प्रारम्भिक अफरअन्तर्गत, भिगो E2 रु. ३७,९९,००० मा र E2+ रु. ४०,९९,००० मा प्राप्त गर्न सकिन्छ।

एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक श्री विवेक सिकारिया भन्छन्, “नामी 01 ले देशभरि १,००० भन्दा बढी सन्तुष्ट ग्राहकहरू भएपछि भिगोले हाम्रो दृष्टिकोण थप फराकिलो बनाएको छ। यसको पावर, लक्जरी र स्मार्ट प्रविधि, आजको आधुनिक नेपाली जीवनका लागि एकदमै उपयुक्त छ।”

“बोल्ड एण्ड बिल्ट फर यू एसयुभी” नाम डिजाइन थिम बोकेको नामी भिगो नेपाली इलेक्ट्रिक मोबिलिटीको भविष्यको प्रतीक हो जहाँ स्टाइल, सुरक्षा र प्रविधि एकसाथ मिलेर अधिक स्मार्ट, अधिक आत्मविश्वासी ड्राइभको अनुभव दिन्छन्।

Share 3 एमएडब्लू वृद्धि मोटर्सद्वारा बिर्तामोडमा नयाँ नामी भिगो अनावरण
  • Share
      एमएडब्लू वृद्धि मोटर्सद्वारा बिर्तामोडमा नयाँ नामी भिगो अनावरण
      एमएडब्लू वृद्धि मोटर्सद्वारा बिर्तामोडमा नयाँ नामी भिगो अनावरण

      बिर्तामोड ।  डोंगफेंग नामी �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar