Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

17/Jun/2025
ग्लोकल टीन हिरो नेपाल २०२५ को आवेदन खुला, किशोरकिशोरीहरूलाई राष्ट्रिय स्तरमा सम्मान गर्ने तयारी

काठमाडौं । नेपालका किशोरकिशोरीहरूका लागि उत्कृष्ट मञ्चको रूपमा स्थापित ग्लोकल टीन हिरो नेपाल २०२५ को ११औं संस्करणका लागि आवेदन खुला गरिएको छ। गोल्छा ग्रुपको शीर्षक प्रायोजनमा...

सञ्चालन हुने यो कार्यक्रम ग्लोकल प्रा.लि. को प्रमुख पहल हो, जसले युवाहरूको सिर्जनशीलता, नेतृत्व क्षमता र सामाजिक योगदानलाई सम्मान गर्नका लागि आयोजना हुँदै आएको छ।

ग्लोकल टीन हिरो केवल अवार्ड समारोह नभई नेपालको भविष्य बोकेका प्रतिभावान युवाहरूलाई नयाँ प्रेरणा, सशक्तिकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउने अभियान हो। २०१५ मा काठमाडौं उपत्यकाबाट सुरु भएको यो अभियान २०१६ देखि देशभर फैलिएको छ भने २०१९, २०२० र २०२२ मा भारत, श्रीलंका र बंगलादेशमा पनि विस्तार भइसकेको छ।

आवेदन प्रक्रिया आजबाट सुरु भई आगामी जुलाई ३०, २०२५ सम्म चल्नेछ। देशभरका १३ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। साथै इच्छुक व्यक्तिले आफूले चिनेका प्रतिभावान किशोरकिशोरीहरूको पनि मनोनयन गर्न सक्ने व्यवस्था गरिएको छ। आवेदन मूल्यांकनपछि उत्कृष्ट ६ फाइनलिस्टहरू चयन गरिनेछन्, जसले अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछन्।

फाइनल मूल्यांकन को जिम्मा प्रतिष्ठित निर्णायक मण्डललाई दिइएको छ, जसमा कोका–कोला नेपालकी राष्ट्रिय निर्देशक चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका राष्ट्रिय निर्देशक डा. घनश्याम गुरुङ, गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा, वैद्य अर्गनाइजेसनका अध्यक्ष सुरज वैद्य, र नेपालका लागि युरोपेली संघका कार्यवाहक प्रमुख थोमस मिलर छन्।

यस वर्ष गोल्छा ग्रुप, युरोपेली संघ, भारतीय दूतावास काठमाडौं, एम्बार्क कलेज, होन्डा, कोका–कोला, डब्लुडब्लुएफ, पञ्चकन्या, केएफसी, टोयोटा, ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, नेपाल पर्यटन बोर्ड, द सोल्टी काठमाडौं, वल्र्डलिंक, हिमालय टिभी एचडी, यती एयरलाइन्स, प्रिज्मा एडभर्टाइजिङ, एनएनक्यू, पिज्जा हट र बेगानी ग्रुप लगायतका संस्थाहरू साझेदार रहेका छन्।

ग्लोकल टीन हिरो नेपाल २०२५ ले नेपाली युवाहरूलाई विश्व मञ्चमा स्थापित गर्न र देशको उज्ज्वल भविष्य निर्माणमा टेवा पु-याउने लक्ष्य लिएको आयोजकले जनाएको छ। इच्छुक किशोरकिशोरीहरूले आफ्नो सामुदायिक योगदान, नवप्रवर्तन र नेतृत्व क्षमता प्रस्तुत गर्दै आवेदन दिन सक्नेछन्।

Share 12 ग्लोकल टीन हिरो नेपाल २०२५ को आवेदन खुला, किशोरकिशोरीहरूलाई राष्ट्रिय स्तरमा सम्मान गर्ने तयारी
  • Share
      ग्लोकल टीन हिरो नेपाल २०२५ को आवेदन खुला, किशोरकिशोरीहरूलाई राष्ट्रिय स्तरमा सम्मान गर्ने तयारी
      ग्लोकल टीन हिरो नेपाल २०२५ को आवेदन खुला, किशोरकिशोरीहरूलाई राष्ट्रिय स्तरमा सम्मान गर्ने तयारी

      काठमाडौं । नेपालका किशोरकिश�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Evautobazar