Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

26/Jun/2025
नेपालमै पहिलोपटक: आइएमई ग्रुपद्वारा डेढ अर्बको लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालन, आयात प्रतिस्थापन र रोजगारीमा ठूलो योगदान

काठमाडौं । नेपालमा निर्माण सामग्री उत्पादनको क्षेत्रमा नयाँ युगको शुरुवात गर्दै आइएमई ग्रुपले डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना गरेको ‘एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग’ आजदेखि सञ्चालनमा...

आएको छ।

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित यो अत्याधुनिक उद्योगको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक विशेष समारोहबीच गरे। उनले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र पूर्ण अटोमेटेड प्रणालीमा आधारित निर्माण सामग्री उत्पादन हुने यस्तो उद्योगको स्थापना नेपालका लागि औद्योगिक उन्नतिका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका संस्थापक चन्द्र प्रसाद ढकालले यो उद्योगले आयात प्रतिस्थापनसँगै निर्माण क्षेत्रमा आत्मनिर्भरता र रोजगारी प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले स्वदेशी स्रोत, सीप र प्रविधिको प्रयोगमार्फत नेपालमै अन्तर्राष्ट्रिय स्तरको उत्पादन सम्भव भएको तथ्यसमेत औंल्याए।

पूर्णतः अटोमेटेड प्रणालीमा सञ्चालन हुने यस उद्योगमा दैनिक ७५ हजार स्क्वायर फिट फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने क्षमता छ। ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएम मोटाइसम्म उपलब्ध यी बोर्डहरू अग्नि–प्रतिरोधी, जल–विरुद्ध प्रतिरोधी, वातावरणमैत्री र दीर्घकालीन टिकाउपनयुक्त छन्।

यी बोर्डहरूको प्रयोग भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचनदेखि आपत्कालीन संरचना निर्माणसम्म विभिन्न प्रयोजनमा सहज रूपमा गर्न सकिन्छ। निर्माणमा इँटा र प्लास्टरको विकल्पका रूपमा समेत उपयोग गर्न सकिने भएकाले समय, लागत र दक्षतामा उच्च प्रभाव पार्ने विश्वास गरिएको छ।

उद्योगमा हाल २०० जना प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न छन्, जसमा ९८% स्थानीय जनशक्ति र ४०% महिला सहभागिता रहेको कम्पनीले जनाएको छ। एभरेष्ट फाइबर सिमेन्ट बोर्डले निकट भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उत्पादन निर्यात गर्ने योजना बनाएको छ।

Share 21 नेपालमै पहिलोपटक: आइएमई ग्रुपद्वारा डेढ अर्बको लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालन, आयात प्रतिस्थापन र रोजगारीमा ठूलो योगदान
  • Share
      नेपालमै पहिलोपटक: आइएमई ग्रुपद्वारा डेढ अर्बको लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालन, आयात प्रतिस्थापन र रोजगारीमा ठूलो योगदान
      नेपालमै पहिलोपटक: आइएमई ग्रुपद्वारा डेढ अर्बको लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालन, आयात प्रतिस्थापन र रोजगारीमा ठूलो योगदान

      काठमाडौं । नेपालमा निर्माण स�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar