Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

07/Jun/2025
नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं । नेपालका पर्यटन पेशाकर्मीहरुका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा बोर्डको सभाहलमा शुक्रबार संस्कृति,...

पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले चिनियाँ भाषा प्रशिक्षणको सातौं व्याचको औपचारिक उद्घाटन गरेका हुन् ।

नेपालका पर्यटन पेशाकर्मी तथा व्यवसायीहरुलाई लक्षित गर्दै सुरु गरिएको भाषा प्रशिक्षण कार्यक्रमको उद्घघाटन गर्दै मन्त्री पाण्डेले चिनियाँ भाषाको प्रशिक्षण कार्यक्रमले नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुग्‍ने विश्‍वास व्यक्त गरेका छन् । उनले भने, "चिनियाँ भाषाको ज्ञानले नेपाल-चीन सम्बन्धमा सेतुको काम गर्नेछ र यसले पर्यटन प्रबर्द्धनमा टेवा पुग्‍ने विश्‍वास लिएको छु ।"

मन्त्री पाण्डेले भाषिक ज्ञान हुनु भनेको सम्पत्ति थप्‍नुजस्तै भएको उल्लेख गर्दै भने, "जति धेरै भाषिक ज्ञान हासिल गर्न सकियो त्यति नै योग्यता अभिवृद्धि भएको ठान्नुपर्छ । भाषामा दक्ष हुँदा अर्को व्यक्तिसँगको निकटता कायम गर्ने विषयमा सहजता सिर्जना गर्न ठूलो भूमिका निर्वाह गर्छ‌ ।"

मन्त्री पाण्डेले भाषाले सभ्यता, इतिहास र दर्शन बोकेको हनेसमेत बताएका छन् । चिनियाँ भाषाको अनुवादक हुनु भनेको सिपयुक्त जनशक्ति निर्माण हुनु पनि भएको उल्लेख गर्दै उनले थपे, "चिनियाँ भाषाको प्रशिक्षण लिनेहरु सांस्कृतिक दूतको रुपमा काम गर्न सक्नुहुन्छ । यसले पर्यटन विकासमा सहयोग पुर्‍याउने र स्वरोजगार पनि बनाउँछ ।"

मन्त्री पाण्डेले कार्यक्रममा सहभागी चिनियाँहरुलाई नेपालको प्रकृति हेर्नका लागि आह्वान गर्नसमेत आग्रह गरेका छन् । उनले भने, " चीनले नेपाल पर्यटन वर्षसमेत घोषणा गरेकाले म चिनियाँ साथीहरुलाई नेपालको प्रकृति हेर्न आउनका लागि पनि आग्रह गर्दछु । नेपाल जति हेरे पनि पुग्दैन, हेरिरहुँ लाग्छ ।"

जलवायु परिवर्तनका कारण नेपालका हिमालहरुमा हिउँ कम देखिने गरेको उल्लेख गर्दै जलवायु परिवर्तन न्यूनिकरण र अनुकुलनका कामहरु पनि भइरहेको मन्त्री पाण्डेले बताएका छन् ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षगाँठका अवसरमा सातौं भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताएका छन् । उनले भने, "नेपाल आएदेखि म तेस्रो पटक भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटनमा पुगेको छु । नेपाल आउने चिनियाँहरुले आफ्नो भाषामा संवादको अपेक्षा गर्ने भएकोले नेपाली पर्यटनको गुणस्तरमा भाषा प्रशिक्षण कार्यक्रम सहयोगी बन्‍नेछ ।"

राजदूत सोङले चीन विश्व पर्यटन मोडललाई पुनसंरचना गर्ने शक्ति राष्ट्रको रुपमा रहेको उल्लेख गर्दै भने, "नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सामान खरिद गर्न वा पर्यटकीय गन्तव्यहरुको हेर्न मात्र होइन, स्थानीय संस्कृतिको अनुभव गर्न र आफ्नो भाषामा संवाद कायम गर्न चाहन्छन् । चिनियाँ भाषाको ज्ञानले नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुलाई नेपालको ऐतिहासिकता बुझाउन र सेवाको गुणस्तरणलाई दीर्घकालीन उत्कृष्टतामा लैजान सहयोग पुर्‍याउनेछ ।"

चिनियाँ भाषाको ज्ञान हुनु भनेको विश्‍वको सबैभन्दा ठूलो पर्यटन बजारको लाभ हासिल गर्ने सुवर्ण अवसर भएकोसमेत राजदूत सोङले बताएका छन् ।

त्यसैगरी नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मत सिंह ऐरले चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा भएको चिनियाँ भाषा प्रशिक्षण महत्वपूर्ण पहल भएको बताएका छन् । उनले थपे, "हामीले चिनियाँ भाषा प्रशिक्षणको शुभारम्भ गर्नु भनेको भाषिक तालिको सुरुवात मात्र होइन, यो नेपाल-चीनबीचको सम्बन्ध सेतुलाई बलियो बनाउनु पनि हो ।"

निमित्त सिईओ ऐरले चिनियाँ भाषाको प्रशिक्षणले नेपालका पर्यटन पेशाकर्मीको सिप विकास र क्षमता अभिवृद्धि गर्न ठूलो भूमिका खेल्‍नेछ । उनले थपे, "भाषा एक शक्तिशाली माध्यम हो, यसले अवरोधहरू हटाउँछ, विश्वास निर्माण गर्छ र गहिरो सम्बन्धहरू जोड्न मद्दत गर्छ । चिनियाँ भाषा प्रशिक्षणमा गरिएको लगानी- जनस्तरको सम्बन्ध, सेवा प्रवाहको गुणस्तर, र दीर्घकालीन सहकार्यमा गरिएको लगानी हो ।भाषाको ज्ञानले नेपालका पर्यटन व्यवसायी तथा पेशाकर्मीहरु अन्तर्राष्ट्रिय पर्यटन बजारका लागि बलियो प्रतिस्पर्धी बन्‍नेछन् "

नेपालमा चिनियाँ भाषा प्रशिक्षणको विगतका ६ वटा व्याचबाट २४० जना प्रशिक्षित भइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल-चीनबीचको सम्बन्ध बलियो बनाउन नेपालका पर्यटन पेशाकर्मीहरुलाई चिनियाँ भाषा प्रशिक्षण गराउने सहमति भए अनुरुप सन् २०१६ देखि नेपालमा चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सञ्‍चालन भइरहेको छ ।

Share 3 नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु
  • Share
      नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु
      नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

      काठमाडौं । नेपालका पर्यटन पे�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka