Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

26/Jun/2025
नेक्सन भेन्चरको नयाँ शोरुम तिनकुनेमा, LEV-01 को बिक्री सुरु, छिट्टै LEV-X र LEV-5 सार्वजनिक हुने

काठमाडौं। नेपालमा एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले राजधानी काठमाडौंको तिनकुनेमा अत्याधुनिक नयाँ शोरुम संचालनमा ल्याएको छ। कम्पनीले नयाँ शोरुममार्फत एलएस अटोको बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी एलईभी–०१...

को बिक्री सुरु गरेको जानकारी दिएको छ।

एलईभी–०१ मा आधुनिक डिजाइन र उच्च प्रविधिको संयोजन देखिएको छ। यस गाडीमा होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप तथा पछाडि सस्पेन्डेड टेललाइट जस्ता प्रिमियम डिजाइन एलिमेन्टहरू समावेश छन्। इन्टेरियरमा लेदरेट स्टेरिङ व्हील, वायरलेस चार्जिङ प्याड, मल्टिकलर एम्बियन्ट लाइट, प्यानोरामिक सनरूफ, र इलेक्ट्रिक एड्जस्टेबल सिट जस्ता विशेषताहरू उपलब्ध छन्।

गाडीमा १० वटा एयरब्याग, ABS, EBD, ट्र्याक्सन कन्ट्रोल, र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता उन्नत सुरक्षा प्रविधिहरू जडान गरिएको छ। युरो एनक्याप क्र्यास टेस्टमा ५ स्टार सुरक्षा रेटिङ प्राप्त यस गाडीले नेपाली उपभोक्तालाई विश्वस्तरीय सुरक्षा अनुभव दिने विश्वास कम्पनीले व्यक्त गरेको छ।

मूल्य र वारेन्टी

नेक्सन भेन्चरले एलईभी–०१ को स्ट्यान्डर्ड संस्करणको मूल्य ५९ लाख ९५ हजार रुपैयाँ र कम्फर्ट संस्करणको मूल्य ६४ लाख ९५ हजार रुपैयाँ तोकेको छ। साथै यसमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको मोटर तथा ब्याट्री वारेन्टी प्रदान गरिनेछ।

चार्जिङ नेटवर्क र सर्भिस सुविधा

देशभर चार्जिङ स्टेशन विस्तार गर्ने योजनाअनुसार कम्पनीले तीनकुनेस्थित एयरपोर्ट कार्गो टर्मिनल अगाडि पहिलो चार्जिङ स्टेशन संचालनमा ल्याइसकेको छ। यस्तै कालोपुलमा सर्भिस सेन्टर समेत स्थापना गरिएको छ, जसले गाडीको मर्मत तथा सेवा सुविधा उपलब्ध गराउनेछ।

छिट्टै LEV-X र LEV-5 पनि सार्वजनिक हुने

कम्पनीले नयाँ शोरुम उद्घाटनसँगै एलईभी–एक्स (LEV-X) र एलईभी–५ (LEV-5) नामका दुई नयाँ इलेक्ट्रिक एसयूभी मोडलहरू पनि छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।

Share 21 नेक्सन भेन्चरको नयाँ शोरुम तिनकुनेमा, LEV-01 को बिक्री सुरु, छिट्टै LEV-X र LEV-5 सार्वजनिक हुने
  • Share
      नेक्सन भेन्चरको नयाँ शोरुम तिनकुनेमा, LEV-01 को बिक्री सुरु, छिट्टै LEV-X र LEV-5 सार्वजनिक हुने
      नेक्सन भेन्चरको नयाँ शोरुम तिनकुनेमा, LEV-01 को बिक्री सुरु, छिट्टै LEV-X र LEV-5 सार्वजनिक हुने

      काठमाडौं। नेपालमा एलएस अटोक�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka