Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

28/Nov/2025
सामाजिक सुरक्षा कोषको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाऔं : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्नेमा जोड दिनुभएको छ ।

सिंहदरबारमा...

बिहीबार आयोजित सामाजिक सुरक्षा कोषको ८औँ वार्षिक उत्सव समारोह बोल्दै अध्यक्ष ढकालले कोषको रकमलाई सुरक्षित, दिगो र प्रतिफलमुखी उपयोगमा लैजानु पर्ने बताउनु भयो ।

“नेपालमा संस्थागत रुपमा रहेका यस्ता रकम बैंकको मुद्धतिमा राख्ने गरिएको छ । हालसम्म सामाजिक सुरक्षा कोषमा ९५ अर्ब ६८ करोड रुपैयाँ योगदान संकलन भएको तथ्याङ्क छ । यो रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सके यसबाट देश विकासमा योगदान पुग्छ ।” अध्यक्ष ढकालले भन्नुभयो ।

उहाँले नेपालमा श्रम ऐन २०८४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को कार्यान्वयनसँगै सामाजिक सुरक्षा प्रणाली संस्थागत रूपमा अगाडि बढेको उल्लेख गर्दै कोष मार्फत औपचारिक श्रम बजार विस्तार, सुरक्षित र मर्यादित कार्यस्थल निर्माण तथा त्रिपक्षीय सहकार्य सुदृढ हुँदै गएको बताउनु भयो ।

साथै उहाँले सामाजिक सुरक्षा कोषलाई आगामी वर्षहरूमा डिजिटल सेवा विस्तार, लघु, साना तथा मध्यम उद्योग माथि पर्ने कार्यान्वयनको बोझ कम गर्दै सामाजिक सुरक्षा कोषमा समेटन तथा अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई प्रणालीमा जोड्ने पहल गर्न सुझाव दिनुभयो । अध्यक्ष ढकालले उद्योग–व्यवसायमैत्री सुविधा, तथा अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुसार प्रणाली आधुनिकीकरणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

यसैगरी उहाँले योगदान दर, दर्ता प्रक्रिया तथा दायित्वबारे अझै अस्पष्टता रहेकोले प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेको, योगदानबापत श्रमिकले प्रत्यक्ष लाभ पाएको अनुभूति बढाउनुपर्ने तथा कोषको लगानी संरचना पारदर्शी, सुरक्षित र जोखिम व्यवस्थापनयुक्त हुनुपर्नेमा जोड दिनुभयो ।

महासंघ श्रमिक–कल्याण, सुरक्षित श्रम वातावरण र दिगो आर्थिक विकासका लागि सधैं तत्पर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालको श्रम बजारलाई औपचारिक, सुरक्षित र दिगो बनाउन महासंघले संस्थागत रूपमा योगदान पुर्‍याइरहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

Share 3 सामाजिक सुरक्षा कोषको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाऔं : अध्यक्ष ढकाल
  • Share
      सामाजिक सुरक्षा कोषको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाऔं : अध्यक्ष ढकाल
      सामाजिक सुरक्षा कोषको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाऔं : अध्यक्ष ढकाल

      काठमाडौँ । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird