Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

30/May/2025
हिमालको संरक्षण हाम्रो साझा दायित्व हो : सीईओ जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बोर्डले हिमाली क्षेत्रको संरक्षण, दिगो विकास र पर्वतारोहण संस्कृतिको प्रवर्द्धनमा जोड दिएका छन् ।

७२औँ...

अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा ‘वर्ल्ड समिटर्स समिट–२०२५’ को अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै सीईओ जोशीले भने, “हिमालप्रति जिम्मेवार भावना र साझा उत्तरदायित्वको भावना विकास गर्नु अहिलेको सबभन्दा ठूलो आवश्यकता हो ।”

उनका अनुसार हिमालय क्षेत्र हाल जलवायु परिवर्तन, अत्यधिक पर्यटन, वातावरणीय क्षति र पहाडी समुदायको सामाजिक–आर्थिक असुरक्षाजस्ता जटिल समस्याहरूको चपेटामा परेको छ । उनले थप भने, “यी चुनौतीहरूको समाधानका लागि हामी सबैले ढिलो नगरी साझा प्रयास गर्न जरुरी छ ।”

नेपालले हिमाली पहिचानलाई आत्मसात गर्दै ‘वर्ल्ड समिटर्स समिट’ को आयोजना सुरु गरेको जोशीले बताए । उनका अनुसार हरेक दुई वर्षमा हुने यस शिखर सम्मेलनले अन्तर्राष्ट्रिय र राष्ट्रिय पर्वतारोही, अनुसन्धानकर्ता, नीति निर्माता र सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउनेछ ।

“यो सम्मेलन केवल शिखर आरोहणको उत्सव मात्र होइन, हिमालय क्षेत्रको साहसिक पर्यटन, सांस्कृतिक समृद्धि र पारिस्थितिकीय महत्त्वको संरक्षण र प्रवर्द्धनको अभियान हो,” उनले भने।

सीईओ जोशीले हिमाली समुदायको महत्त्वबारे पनि जोड दिए । उनले थपे, “हिमालका असली संरक्षक त्यहाँका स्थानीय समुदाय हुन् । तिनको अनुभव, आवाज र भविष्यलाई केन्द्रमा राखेर मात्रै हिमालयको दीर्घकालीन संरक्षण सम्भव छ ।”

‘वर्ल्ड समिटर्स समिट’ मार्फत नेपालले ‘जिम्मेवार पर्वतारोहण, साझा दायित्व र प्रकृति तथा समुदायप्रति सम्मान’ को परम्परा विकास गर्ने लक्ष्य लिएको स्पष्ट पारे ।

उनले थप भने, “हामी सबै हिमालहरूले जोडिएका छौं । आउनुहोस्, हिमालको उज्ज्वल भविष्यका लागि एकसाथ अघि बढौँ ।”

नेपाल पर्यटन बोर्डको नेतृत्वमा आयोजित यो सम्मेलनले हिमालप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नयाँ चेतना सिर्जना गर्ने सिईओ जोशीको विश्‍वास छ ।

Share 3 हिमालको संरक्षण हाम्रो साझा दायित्व हो :  सीईओ जोशी
  • Share
      हिमालको संरक्षण हाम्रो साझा दायित्व हो :  सीईओ जोशी
      हिमालको संरक्षण हाम्रो साझा दायित्व हो : सीईओ जोशी

      काठमाडौं । नेपाल पर्यटन बोर्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 1 बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल
  • Share
      बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल
      बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 बजाज अटोले नेपालमा ल्यायो नयाँ इलेक्ट्रिक स्कूटर 'चेतक 3501', १५३ किमिको रेन्ज र अत्याधुनिक फिचरसहित
  • Share
      बजाज अटोले नेपालमा ल्यायो नयाँ इलेक्ट्रिक स्कूटर 'चेतक 3501', १५३ किमिको रेन्ज र अत्याधुनिक फिचरसहित
      बजाज अटोले नेपालमा ल्यायो नयाँ इलेक्ट्रिक स्कूटर 'चेतक 3501', १५३ किमिको रेन्ज र अत्याधुनिक फिचरसहित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५
  • Share
      प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५
      प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 देशभर वर्षा, केही स्थानमा मध्यम देखि भारी वर्षाको सम्भावना
  • Share
      देशभर वर्षा, केही स्थानमा मध्यम देखि भारी वर्षाको सम्भावना
      देशभर वर्षा, केही स्थानमा मध्यम देखि भारी वर्षाको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka